-रामचन्द्र भट्ट- केही वर्ष अघिसम्म नेपालमा एउटा छाप थियो–’डलर त अमेरिकामा कति कमाइन्छ, कति। रुखमा टिपे जसरी डलर टिप्न पाइन्छ होला त्यहाँ छ।’ अहिले यो छाप अलिकति फेरिएको छ। अहिले चाँही अमेरिकामा आइफोनको रुख हुन्छ। अनि आइफोन बोटमा टिप्न पाइन्छ। म जुन ठाउँमा बस्छु (सिलिकन भ्याली) मै छ आइफोनको मुख्यालय। भ्यालीका विभिन्न काउन्टीमध्य कुपरटिनोमा छ… Continue reading
Author: mysansar
कठालो समात्ने फिल्मी पत्रकारले झापड खाँदा मच्चिएको रडाको
फिल्मी पत्रकारहरुको एक खेमा अहिले आन्दोलनमा छन्। उनीहरु चेतावनी दिइरहेका छन्- हामी फलानो हलमा गरिने कुनै पनि कार्यक्रममा सहभागी हुँदैनौँ। चलचित्र पत्रकार संघ, नेपालको लेटरप्याडमा एउटा प्रेस विज्ञप्ति पनि सार्वजनिक भयो। जसमा भनिएको छ- ‘हलका कर्मचारीले उनीमाथि हातपात गर्नु समाचार सम्प्रेषणमा अवरोध साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो। हलका कर्मचारीको यस्तो ज्यादतीप्रति संघ घोर निन्दासहित… Continue reading
सपनामा निर्मला : पापमोचन
-राजु अधिकारी – एक जना व्यापारीको घरमा अतिथि बनेर टन्न मार्सीको भात खाएर आएर मस्त सुतेका उनलाई राति सपनामा निर्मला पन्तले तर्साइन। च्यातिएका लुगा, रक्ताम्य शरीर अनि लथालिङ्ग कपालकी निर्मलाले सपनामा उनलाई भन्दै थिइन- ‘मलाइ न्याय चाहियो। मलाइ थाहा छ, तिमीले नै मेरो बलात्कारी र हत्यारालाई लुकाएर राखेका छौ। यदि तिमीले मलाइ न्याय दिएनौ भने… Continue reading
हामीले जस्तो फ्री विज्ञापन पाउने कुन शहर होला? तर पर्यटकहरुलाई हाम्रो पुस्ताको देखाउने के?
– विश्व पौडेल – हामीले जस्तो फ्री विज्ञापन पाउने कुन शहर होला? गएको केही वर्षदेखि लोन्ली प्लानेट लगायत धेरै ट्राभल गाइडहरु, वेबसाइटहरुले हाम्रो मुलुकलाई घुम्नै पर्ने लिस्टमा राखेको राख्यैछन्। भर्खरै पनि सिएनएनमा लोन्ली प्लानेटको सन् २०१९ को घुम्नुपर्ने सहरको सूचीमा नेपालको काठमाडौँ पाँचौमा भएको खबर आयो। यति धेरै फ्री विज्ञापन त कमै देशले पाउँछन् होला।
राज्य सञ्चालकले बुझ पचाएको कुरा : ऋण गरेर घिउ खाएको ज्यान मलामीलाई भारी मात्र
-सरोज भुसाल- सामान्यतया एक जना मान्छे तब मात्र सफल भएको महशुस हुन्छ जब उसले कमाएको पैसाले काम गरेर पैसा कमाउन थाल्छ। यस्को पनि एउटा प्रक्रिया हुँदो रहेछ। एउटा कामदार (employee)परिश्रम गरेर पैसा जम्मा गर्छ, त्यो पैसा लगानी गरेर एउटा उधोग वा ब्यवसाय गर्छ त्यसमा पनि आफै खटेर काम गर्छ (self employee) स्वरोजगार हुन्छ। एवं रितले… Continue reading
मदन भण्डारी स्वर्गबाट नेपाल फर्केर आएर हेर्ने हो भने…
-राजु अधिकारी- नेपाल विकसित र सम्बृद्ध नभए सम्म हेर्न नजाने प्रण गरेर बसेका जननेता मदन भण्डारी आफ्नो देहावसान भएको पच्चीस वर्ष पछि अब त अवश्य पनि नेपाल विकसित भयो होला भनेर एक दिन आफूले कल्पना गरेको सुन्दर शान्त अनि विकसित नेपालको यात्रा गर्न निस्केछन्। आफूले देखेको सपना अनुसार पच्चीस वर्षमा त नेपाल संसारकै समृद्ध राष्ट्र… Continue reading
निर्मलाका बाबु र आमाबारे धेरैले थाहा नपाएका कुरा
-अमृता लम्साल- सामाजिक सञ्जालमा #JusticeForNirmala अभियान चलाइरहेको समूहबाट कञ्चनपुर गएर निर्मला पन्तको बलात्कार/हत्याका दोषीलाई न्यायको कठघरामा उभ्याउनका लागि धर्ना बसेको निर्मलाको परिवार भेटेर हामी लाश पाइएको ठाउँ आदि हेर्दै निर्मलाको घर पुग्यौँ। त्यहाँ, निर्मलाकी दिदी र बहिनीसँग सामान्य भेटघाट गर्यौँ। निर्मलाकी आमा दूर्गादेवी पन्तले आफ्नै घरको बरन्डा मै काठको टेबुलमाथि राखेर पानीपुरीको व्यापार गर्दिरहिछन्। त्यो… Continue reading
नेताहरु विदेश आउँदा रक्सी र चिकन चिल्ली खाएर दोहोरो नागरिकता पाउनु पर्छ भन्ने, अहिले बल अदालतमा फ्याँक्ने !
-आर. क्षेत्री- नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ। संविधानको व्यवस्था अनुसार कानुन बनाउन सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिसकेको छ र यसमा दफावार छलफल भइसकेको छ। विधेयक पारित भएपछि कानुन बनेर लागू हुन्छ। तर गैर आवासीय नेपाली नागरिकता भनेको चाहीँ अझै बुझ्न सकिनँ मैले। खासमा त्यसलाई आइ.डी.… Continue reading
सिस्नुपानीको देउसी भैलो : सरकारलाई खबरदारी कि चाकडी?
-रविन्द्र प्याकुरेल- सिस्नुपानी नेपाल नामको एउटा संस्थाले देउसी भैलोलाई एक्सटेन्डेड भर्सन अफ गाईजात्रा बनाएको धेरै भइसक्यो। बरु यसपालि गाईजात्रा प्रज्ञा भवनमा भएको थिएन, सिस्नुपानी देउसी चाहिँ भयो। अचम्म के छ भने यो गाईजात्रा पाराको व्यङ्ग्यात्मक देउसी हेर्न सबै विशिष्ट उपस्थित हुन्छन्। यसपालि प्रधानमन्त्री बिरामी भएर मात्रै उपस्थित हुन सकेनन्। नभए सबका सब भिआइपी अरु काम… Continue reading
गुगलको लुगा लगाउँदै बाबुरामले सरकारमाथि लगाएका आठ आरोप : प्रमको स्वभाव फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी
गुगलको लोगो भएको लुगा लगाएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ शक्ति नेपालको काठमाडौँमा भएको महाधिवेशन आयोजक समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा’समसामयिक राजनीति र नेकपाको सरकारको समीक्षा’ उपशीर्षकमा वर्तमान नेकपा सरकारप्रति कडा प्रहार गरिएको छ। नेकपासँगै पार्टी एकीकरण हुन लागेको भए पनि चुनावको सिटको विषयमा कुरा नमिलेपछि एकता भाँडिएको थियो। पढ्नुस्… Continue reading
अमेरिकामा नेपालीलाई यौन दुर्व्यवहारको केस : आरोप लाग्दा सबले समाचार लेख्ने, सफाइ पाउँदा लेख्नु पर्दैन?
– सुमन रन्जित – तपाईँहरुमध्ये धेरैले एक वर्षअघि अमेरिकामा एक नेपालीलाई यौन दुर्व्यवहारको केस लागेको समाचार पढ्नुभएको होला। अमेरिकाको ओरेगन राज्यमा तेक्वान्दो प्रशिक्षण दिइरहेका शुद्धोदन रन्जित मेरा मामा हुन्। प्रशिक्षण लिने तीन छात्रालाई अनुचित छोएको आरोप लागेपछि यौन दुर्व्यवहारको केसमा ५१ वर्षीय रन्जितविरुद्ध वासिङटन काउन्टीमा मुद्दा चलेको थियो। यो समाचार नेपालका अधिकांश मिडियाले लेखेका थिए।… Continue reading
राष्ट्रपतिको टीका : यतिविघ्न हुँदा पनि किन राष्ट्रपति कार्यालय चुप?
-पुण्यप्रसाद धमला- मलाई पछिल्लो घटनाक्रम र परिस्थितिले आजभन्दा ७ वर्ष अघिको त्यो दिन स्मरण गराएको छ। २०६८ असोज १९ गते, विजया दशमीको टीकाको दिन। यही दिन हो जतिबेला मैले राष्ट्र प्रमुखको हैसियतमा पूर्व राष्ट्रपति डा. रामबरण यादवसँग दशैको टीका ग्रहण गरेको थिएँ। सञ्चार कर्ममा लागेको मान्छे, चाहेर पनि सबै चाडपर्व हाम्रा लागि रहर मात्रै बन्दैनन्,… Continue reading
कथा : सपनीमा दसैँ
– झलक पौडेल – ” आफ्नै गाउँ फर्की आए ” भन्ने एउटा पुरानो नेपाली फिल्मको धुनले म बियुझीए । मेरो पाँच बर्से छोरोले खासै नेपाली बोल्न नजाने नि , हामी दशैको लागि नेपाल जाँदै छौ भने पछि उसले मम्मीलाई भनेर आलरमको घण्टी चेन्ज गरेको रहेछ । मेरो छोरो यही जर्मनीमा नै जन्मेको । उ अझ… Continue reading
श्रीलंकामा शुक्रबारे सरप्राइज : दुई जनाले नै भन्छन् मै हुँ प्रधानमन्त्री
नेपालमा शुक्रबार शुक्रबार पारेर ठूल्ठूला घटना हुने गर्थ्यो। सीताको देश नेपालमा त्यस्तो नभएको धेरै भए पनि रावणको देश लंकामा भने आज त्यस्तै सबैलाई अचम्ममा पार्ने घटना भइदियो। अहिलेको अवस्थामा त्यहाँ दुई जनाले आफू प्रधानमन्त्री भएको दावी गरिरहेका छन्। एक जना हुन् रणिल विक्रमसिंघे, अर्का हुन् पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे। दुवैले आफ्नो ट्विटरमा श्रीलंकाका प्रधानमन्त्री लेखेका… Continue reading
फिल्म नदेखाउने तर टिकट बेच्ने एफक्युब हल
-प्रसन्न- मंगलबार काठमाडौँको एफक्युब हलमा साँझ सवा ७ बजेको फिल्म हेर्नका लागि मैले अनलाइनबाट टिकट किनेँ। अनलाइनबाटै टिकटको भुक्तानसमेत गरेँ। तर हलले त आज सवा ७ बजेको शो छैन पो भन्यो। पैसा भुक्तान भइसकेको थियो, तर उनीहरुले पैसा फिर्ता दिन चाहेनन्। म जस्तै यसरी अरु पनि कति ठगिएका होलान्।
मेरो बलात्कार भएको छ
-शुषमा मानन्धर- “मेरो बलात्कार भएको छ ।” कुरा सुनेर पहिले त ऊ निकै झस्की । नपत्याएझैँ मेरो अनुहार हेरी। “चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा र निधार खुम्च्याउँदै निहुरिएर भनी, “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ, अझ उसमाथि तिमीजस्तो स्मार्टको?” “तिमीसँग कहिल्यै झूठ बोलेको छु र? त्यही बताउन त आज यहाँ बोलाएको हुँ। के ममाथि… Continue reading
कथा : बलिको बोकाको पुकारा
-राजु अधिकारी – आज उसको मर्ने दिन। उसलाई सबै थाहा छ, उसले सबै कुरा बुझ्छ तर ऊ बोल्न र आफ्ना भावनाहरू अन्य माध्यमबाट व्यक्त गर्न असमर्थ छ। पशु हुनुको सजाय त्यही हो। जतिसुकै पिडा भए पनि जतिसुकै छटपटी भए पनि उसको त्यो पिडा र छटपटी कसैले बुझ्न सक्दैन या बुझ्न चाहँदैन। पाँच दिन अगाडी मात्रै… Continue reading
लाटो देशमा भेडा : प्रोभिजनल कि ओरिजिनल सर्टिफिकेट
– डा. सन्देश दाहाल – माफ गर्नुहोला, धर्तीका सबै जीव जनावर जस्तै मेरो हृदयमा भेडाको लागि पनि ठुलो सम्मान छ। यहाँ भेडा केवल प्रतीकको रुपमा प्रयोग गरिएको हो। बच्चा बेलामा सुनेको अत्यन्तै घतलाग्दो कथा छ, जुन मलाई आजसम्म घरी घरी बिभिन्न प्रसंगमा बारम्बार याद आइरहन्छ। एउटा ब्राह्मणको घरमा एउटा बिरालो रहेछ, जसले नछोपेको खानेकुरामा जुठो… Continue reading
कथा : माछो माछो- भ्यागुतो
-राजु अधिकारी- एक दिन हापुर खोलामा माछा मार्न जाँदा माझी माइलोले खोलाको रहमा बडेमानको माछो देख्यो। हापुर खोलो त्यति ठुलो थिएन त्यसैले त्यहाँ त्यति ठुला माछा पाइन्नथे। चरिंगा, सेताला र सैयाँ नै त्यहाँका मुख्य माछा थिए अनि कहिलेकाही बाम माछाले पनि दर्शन दिन्थे। त्यसैले उसले त्यो रहमा त्यति ठुलो माछो पहिले कहिले देखेको थिएन। त्यति… Continue reading
कर्पोरेट रवि : हङकङमा ७ सय डलर नतिरी देख्नै पाएनन् कसैले
नेताहरुले आफ्ना गुनासाहरु नसुनिदिँदा विरक्तिएका सर्वसाधारण एउटा सुटबुटमा ठाँट्टिएर टेलिभिजनमा प्रस्तुत हुने ठिटोलाई असाध्यै विश्वास गर्छन्। विश्वकै शक्तिशाली देश अमेरिकामा त्यहीँको नागरिक भएर लोभलाग्दो जीवन बिताउन सक्ने अवसरलाई चटक्क छोडेर सर्वसाधारणका ती गुनासाहरुलाई सशक्त ढंगले सम्बन्धित ठाउँहरुमा पुर्याउँदै जाली, फटाहा र भ्रष्टाचारीहरुको दोहोलो काढ्दै आइरहेका छन् जनताका छोरा रवि लामिछाने। उनै रवि हङकङसम्म आइपुग्दा जनताको… Continue reading