– सुमन रन्जित –
तपाईँहरुमध्ये धेरैले एक वर्षअघि अमेरिकामा एक नेपालीलाई यौन दुर्व्यवहारको केस लागेको समाचार पढ्नुभएको होला। अमेरिकाको ओरेगन राज्यमा तेक्वान्दो प्रशिक्षण दिइरहेका शुद्धोदन रन्जित मेरा मामा हुन्। प्रशिक्षण लिने तीन छात्रालाई अनुचित छोएको आरोप लागेपछि यौन दुर्व्यवहारको केसमा ५१ वर्षीय रन्जितविरुद्ध वासिङटन काउन्टीमा मुद्दा चलेको थियो। यो समाचार नेपालका अधिकांश मिडियाले लेखेका थिए। गएको शुक्रबार अदालतले उनलाई सबै आरोपमा सफाइ दियो। तर कुनै पनि मिडियाले यसबारे समाचार लेखेको देखिनँ। आरोप लगाउँदा समाचार लेख्ने, सफाइ पाउँदा लेख्नु पर्दैन?
के हो केस?
रन्जितमाथि १५ वटा यौन दुर्व्यवहारको चार्ज लागेको थियो। त्यसमध्ये १२ वटा फर्स्ट डिग्रीका थिए। यसमा दोषी ठहरिए उनी कम्तिमा २५ वर्ष जेल बस्नु पर्ने हुन्थ्यो।
सन् २०१७ मा उनी पक्राउ परे पनि घटना भने सन् २०१२ देखि सन् २०१५ को बीचमा भएको भनिएको थियो। पीडित भनिएका छात्राहरु १४ वर्ष मुनिका थिए।
सुरुमा उनको लागि धरौटी ७ लाख ५० हजार अमेरिकी डलर तोकिएको थियो। रन्जितका वकिलले धरौटी रकम ५० हजार वा १ लाख डलर गर्न अनुरोध गरेका थिए। रन्जितले सबै आरोपलाई अस्वीकार गरेको, तेक्वान्दो कम्युनिटीका उनी सम्माननीय सदस्य रहेको र नजिकका साथी र परिवारले पनि उनको राम्रो चरित्र रहेको बताउने गरेको तर्क दिएपछि न्यायाधीशले धरौटी रकम घटाएर २ लाख ५० हजार डलर बनाएका थिए।
वासिङटन काउन्टीको जिल्ला अटोर्नीको कार्यालयले धरौटी घटाउन नहुने भनेका थिए। पीडितका परिवारले पनि उनलाई जेलमै राख्नु पर्ने तर्क गरेका थिए।
तर न्यायाधीशले धरौटी घटाउने निर्णय गरेपछि परिवारले धरौटी बुझाएपछि रन्जित थुना मुक्त भएका थिए। यद्यपि उनले अदालतले राखेका शर्तहरु पूरा गर्नुपरेको थियो। शर्त अनुसार उनले पीडित, उनीहरुको परिवार र साक्षीहरुसित सम्पर्क गर्न नपाउने, नाबालगहरुसित सम्पर्क राख्न नपाउने, अल्कोहल, ड्रग्स र हतियार राख्न नपाउने, पासपोर्ट पनि बुझाउनु पर्ने थियो।
लगभग एक वर्षपछि अदालतले उनलाई सफाइ दिएको हो। आरोप लाग्दा समाचार बनाउनेहरुले सफाइ पाउँदा पनि समाचार लेखिदिए पीडितले न्याय पाउँथे नि।
सुमन जीले ब्यक्त गर्नु भएको कुरा मनासिब हो । तर सुमनजीलाई पनि आफ्नै मामाको केस भएको कारणले मात्रै लेख लेख्न जांगर लागेको हो भन्न नसकिने चै होइन । मैले गलत भनेको होईन । तर हतार हतारमा धारणा बनाईहाल्ने र कसैको सामाजिक बदनामी गरिहाल्ने छुस्के कामका लागि नेपालीहरू सदैब अग्रणी छौं । मुद्दा चल्दैमा कोही दोषी भै हाल्दैन, तर सबैको लागि हामी त्यसरी नै सोच्छौं त ? सोच्दैनौ । जब आफैलाई वा आफ्नालाई पर्छ, तव मात्र हाम्रो चेत खुल्छ, त्यो पनि नितान्त अस्थाइ रुपमा खुल्छ र बन्द भइ पनि हाल्छ ।
शुद्धोदन रन्जितले अदालतबाट सफाई पाउनु भएकोमा बधाइ छ । आफ्नै मनको अदालतमा परख गर्दा कतै कमजोरी भएको थियो कि जस्तो लाग्छ भने, भबिष्यमा त्यस्ता कमजोरीलाई सच्याएर जीबन अगाडि बढाउन सफल हुनुहोस्, शुभकामना ।
मदन जी , कृपया यो कुरामा राजनिती नामिसौं होला. यो पोस्ट को उदेश्य सामाजिक न्याय को लागि वकालत मात्रै हो . अन्यथा नसोच्नु होला.
नेपालमै बस्ने धेरैलाई बिदेसियको नेपालि प्रति अलि होईन धेरैनै इर्स्या डाह पूर्वाग्रहमात्र छ/उहाहरु यो पनि बुझ्न चाहनु हुन् कि नेपालमै उहाहरुले काम पाउन सकेन र किन बिदेशमा राम्रै पढेकाहरू पनि नेपाल फर्किन सकेनन/ तर यति त् ठोकेरै भन्न सकिन्छ कि जजसले बिदेशियाको नेपालि प्रति इर्स्या डाह बा पूर्वाग्रह राख्दै आयको छ तिनीहरुले विदेश बात नेपालि फर्कन सक्ने अवस्थाको बिकाशको निमित सिन्का पनि भाँचेको छैन/ यदिउहाहरु यसो नभयको भय उहाहरुले निम्न अवाज त् पक्कै उठाउने थियो:
०१.गिरिजाले मधेशाबादिको सिफारिसमा नेपाली भयको कुनै प्रमाण नै नभयका पनि नागरिकता दिलाउने प्रमानानै नभयका लाई पनि नेपालि नागरिकता दिने “४२लाख नेपाली नागरिकता महादान यग्य” गर्दा २५ लाख भन्दा बढी भारतीयले समेत नेपालि नागरिकता लियको कुरा बारम्बार उठिनै रहेको छ/जन्मले नेपालीले पाउने रोजगारी र राज्य बात पाउने अवशर के उनीहरुले हडपेको छैन?
०२. नेपालमा ३५ बर्ष नाघेकाले सरकारी र सरकारी स्वामित्व भयको कहिँ पनि नोकरी नपाउने कानुन छ/ उच्च सिछ्याको निमित बिदेशा जानेको उमेर सबैको कमसे कम २०/ २२ बर्ष त् नाघिसकेकी हुन्छ/ तेस्तो नेपालीमा १० हजारमा ९९९९ जनाले बिदेशमा पढ्ने बस्ने खर्छ उनीहरुको नेपाल बस्ने परिबारले पुर्याउन सक्दैन त्आ उनीहरु बिदेशमा आफै काम खोज्दै पढ्ने बस्ने खर्च मिलाउनु पर्छ/ तेसरी पद्ध्दा उनीहरुको मास्टरी सिध्याउन्दा सिध्याउन्दै उनीहरु उमेरको ३५ बर्ष पनि बिदेशमै सिध्याईसकेको हुन्छ/ त् ३५ पुग्ने लागेको बा पुगेका नेपाल फर्केमा कसले उनीहरुको निमित रोजगारीको ब्यबस्था गर्छ?
०३. फेरी नेपालमा कोहि फर्की हाले पनि दसौ बर्ष बिदेशमा पढेका खस समुदाय बाहिरकाले नेपालमा नोकरी पाउन लिखित परिच्छ्या दिंदा जस्तो सुद्ध नेपालि लेख्न जान्नु पर्छ त्यो जानेकै हुँदैन/ नेपालको लोकसेवाको जाँचमा त् खस भासा सुद्ध लेख्न नजानी त् कोहि पास हुने सक्दैन/