– डा. सन्देश दाहाल –
माफ गर्नुहोला, धर्तीका सबै जीव जनावर जस्तै मेरो हृदयमा भेडाको लागि पनि ठुलो सम्मान छ। यहाँ भेडा केवल प्रतीकको रुपमा प्रयोग गरिएको हो। बच्चा बेलामा सुनेको अत्यन्तै घतलाग्दो कथा छ, जुन मलाई आजसम्म घरी घरी बिभिन्न प्रसंगमा बारम्बार याद आइरहन्छ। एउटा ब्राह्मणको घरमा एउटा बिरालो रहेछ, जसले नछोपेको खानेकुरामा जुठो हालेर दिक्क लगाउने रहेछ। अरु बेला त ठिकै छ, पितृ श्राद्धमा पितृ भोगमा समेत जुठो हालिदिएर त्यो बिरालोले ति ब्राह्मणलाइ दिक्क पारेको रहेछ। सारै गार्हो गराउन थालेपछी उसले कम्तिमा श्राद्धको दिन उक्त बिरालोलाई डोरीले बाँधेर कर्मकाण्ड गर्ने मण्डपको छेउको रुखमा बाँधेर श्राद्ध गर्ने रहेछन। उनले त्यसरी श्राद्ध गरेको उनको छोराले देखेको रहेछ। पछी उनको मृत्यु भयो। घरको बिरालो पनि मर्यो। त्यसपछि छोरोले उनको श्राद्ध गर्नुपर्यो। श्राद्ध गर्नेबेलामा उसले घरको बिरालो मरेको भएर छिमेकीको बिरालो समाएर त्यहि मण्डप छेउको रुखमा बाँधेर श्राद्ध गर्न लागेछ। कर्मकाण्ड जान्ने, तर त्यसको पछाडीको कारण र तर्क नबुझ्ने हो भने मानिस बिरालो बाँधेर श्राद्द गर्ने भेंडा भन्दा गतिलो हुँदैन।
यो प्रसंग मैले प्रोभिजनल सर्टिफिकेटसंग जोड्न खोजेको हो। प्रोभिजनलको अर्थ भनेको अस्थायी भन्ने हो। कसैले बिश्वबिद्यालयको परीक्षा पास गरेको छ, तर ओरिजिनल सर्टिफिकेट बनिसकेको नहुन्जेल विद्यार्थीले परीक्षा पास गरेको हो है भन्ने प्रमाण स्वरूप दिने सर्टिफिकेट नै प्रोभिजनल सर्टिफिकेट हो। त्यसैले यसको उपयोगिता ओरिजिनल सर्टिफिकेट नबनुन्जेल सम्मका लागि हो। ओरिजिनल सर्टिफिकेट प्राय दिक्षान्त समारोह पश्चात दिने चलन हुन्छ। हामीले प्रमाण पत्र प्रमाणीकरण गर्ने देखि कुनै जागिरको लागि आबेदन दिंदा प्राय सबै ठाउँमा प्रोभिजनल सर्टिफिकेट मागिन्छ। यस्तै केहि घटना भएका छन्, जुन उल्लेख गर्नु अत्यन्तै रोमान्चक र दुखलाग्दा छन्। रोमान्चक यस मानेमा कि
भेंडाको दर्शन कस्ता कस्ता ठाउँमा हुन्छ भनेर हो । दुख यस मानेमा हो कि कर्मकाण्डी भेंडाहरुले शिक्षित जनतालाई दुख दिएको अर्थमा।
म डाक्टर भएकोले यस्ता दुइ डाक्टरको नै प्रसंग उल्लेख गर्न चाहन्छु, जुन मेरा सहकर्मी मित्रले भोग्नु भएको हो। एकजना डाक्टर मित्र बिदेशमा एमबिबिएस सकेर नेपाल आउनुभएछ। सबैलाई थाहा छ, एमबिबिएस पढिसकेपछि काउन्सिलको परिक्षा पास गरेर लाइसेन्स नलिई काम गर्न पाइन्न। बिदेशमा पढेको विश्वविद्यालयले विद्यार्थीलाई पछी दुख हुन्छ भनेर प्रोभिजनल नदिएर ओरिजिनल सर्टिफिकेट नै दिएर पठाएको रहेछ। आम सरोकारका बिषयहरुमा विदेशीहरुको सुझबुझ र भिजन अलि राम्रो नै हुन्छ हाम्रो भन्दा, तेसैले उनीहरु विकशित छन्, हामी दिनदिनै ओरालो लाग्ने क्रममा छौं। उनले फारम भरे अनलाइनबाट मेडिकल काउन्सिलको। अनलाइन निबेदनमा प्रोभिजनल सर्टिफिकेट अपलोड गर्ने भनेको छ। उनले ओरिजिनल सर्टिफिकेट नै पेस गरे। परीक्षा हुने केहि दिन अगाडी काउन्सिलको फोन आयो, ‘तपाईंको प्रोभिजनल सर्टिफिकेट अपलोड भा छैन, छिटो गरिदिनु नत्र परिक्षामा बस्न पाइन्न।’ उनले सयौं पटक ओरिजिनल सर्टिफिकेट भएकोलाई प्रोभिजनल सर्टिफिकेट चाहिन्न भनेर बुझाउन कोशिश गरे, तर सकेनन। विदेशीले चाहिं प्रोभिजनल मात्र दिएर पठाउँदा पछी ओरिजिनल लिन गार्हो र खर्चिलो हुन्छ भनेर सदाशयतापुर्वक ओरिजिनल दिएर पठाए, भने नेपालमा चाहिं भेडाहरुले प्रोभिजनल पेस नगरे परीक्षा दिन नपाउने कुरा बताए ।
अर्को प्रसंगमा नेपाली सेनाले डाक्टरको दरबन्दी प्रकाशित गर्यो। एकजना डाक्टरले फारम बुझाउने निधो गरे। फारम भरे, अनि आफ्ना सबै सर्टिफिकेट फोटोकपी गरेर एटेस्ट गरेर बुझाए। सर्टिफिकेट बुझाउने ठाउँमा बसेका सेनाका महोदयले सर्टिफिकेट हेरे (उनि सेनाको खरिदार तहको हुनुपर्छ, प्राय फारम लिने त्यहि तहका हुन्छन)। सबै सर्टिफिकेट हेरिसकेर उनले यसो मुन्टो उठाएर बोले,”डाक्साब, एसएलसीको प्रोभिजनल त छैन त?’ डाक्टरले भने,’ओरिजिनल सर्टिफिकेट छ त, ओरिजिनल नै छ भने प्रोभिजनल (अस्थायी) सर्टिफिकेट किन चाहियो?’ ति फारममा बसेका महोदयले मान्ने त कुरै भएन। अन्त्यमा केहि उपाय नलागेर ति डाक्साबले ‘सेनाको जागिर आँफै खानुहोस’ भनेर हिंड्नु पर्यो। यस्ता कति प्रसंग छन् कति। ओरिजिनलले नभएर मैले नै प्रोभिजनलको कपि कति ठाउँमा बुझाएको छु (धन्न म संग प्रोभिजनलको कपि सुरक्षित छन्, नत्र यस्ता भेंडाको चक्करमा कति दुख पाइँदो हो)।
शिक्षा भनेको जीवन पद्दति हो न कि सर्टिफिकेटको थुप्रो। माथिका दुइ प्रसंगका फारम बुझ्ने कर्मचारीहरु कम्ति आइए पास हुन्। नेपालको आइए पासलाइ प्रोभिजनल र ओरिजिनल सर्टिफिकेटको फरक र उपयोगिता थाहा छैन भने हाम्रो आइए तहको शिक्षा कुन हदको छ सहजै अनुमान लगाउन सकिन्छ। यो भन्दा ज्यादा समस्याको कुरा चाहिं के हो भने नीति निर्माण तहमा बसेका त बिशेषज्ञ तहका हुन् नि, उनीहरुले आबेदनको सूचना निकाल्दा प्रोभिजनल भनेको ठाउँमा “प्रोभिजनल वा ओरिजिनल” सर्टिफिकेट भनेर किन ननिकालेका होलान? कि उनीहरुलाई पनि यो थाहा छैन? देशको शिक्षालाई जीवन उपयोगी नबनाएर कर्मकाण्डी बनाइयो भने यसको उत्पादन बैज्ञानिक वा विद्वान नभएर बिरालो बाँधेर श्राद्द गर्ने भेंडा मात्र हुने निश्चित छ। सबैले बेलैमा मनन गरौं।
दाहाल बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल बिर्तामोड झापाका शल्य चिकित्सक (सर्जन) हुन्।
लाटो देश को होस् बा बाठो देश को भेडा को मासु बार्बेक्यु गर्नुस र अलिकति वाइन , मुलाको टुक्रा , हरियो खुर्सानी , भुजिया |
तेस्पछि देशलाई कसरि बनाउने बिचार गर्नुस | तेसै दिमागलाई सास्ती न दिनुस |
पंचायत र राजाको काल देखि , प्रजातन्त्र आयो, गणतन्त्र आयो तर भ्रास्ताचार गएँन | अब जनताले पिउने सिवाय कुनै उपाय छ ?
Please note that bnc is only a hospital not a medical college. It’s provisional.
घत लाग्दो .
सार्है चित्त बुज्यो। भेडा जनता भेडा देश
भ्रष्ट्चार घटाउने र हटाउने बारे सुधार सुधार कसरि ल्याउने त?
सुधार ल्याउने कल्ले? सरकारी जागिर खाएर र जनताको पैसामा आफ्नै बाउको बीरता जस्तै धाक लाउने प्रबित्ति जबसम्म टुटाईदैन तब सम्म सुधार नहोला| भेडाको नायकेहरु झोला भर्नमा मस्त छन| ओली सरकारले आमुल परिवर्तन ल्याउला भन्ने क्षीण आशा थियो| अहिले सम्मको क्रिया कलाप र कर्तुत देखेर त्यो पनि निभ्यो|
सरकारी कर्मचारी देख्यो कि त्यो भ्रष्टचारी, नत्र भए कामचोर घामतपुवा वा भ्रष्ट, असक्षम, कामचोर सबै| सौ मा करिब ९०% त्यस्ता छन| कसरि हुन्छ देशको प्रगति त्यो हालतमा?
ए बाबा अहिलेको जमानामा ५० हजार भन्दा बढी पियन के लाई चाइयो ब्युरोक्रेसीमा? अहिले आएर पियन भन्न पनि नपाईने रे| कार्यालय सहायक भन्न पर्ने रे| हाकिमले पानी ल्याउन पनि अह्राउन पर्ने बन्द गर्नु पर्यो| कार्य पद्धति बदल्नु पर्यो| खोई आधुनिकरण? मन्त्रि परिषदको बैठकमा ल्यापटप अघि मन्त्रि बस्दैमा भयो त आधुनिकरण?
भ्रष्टचारीलाई कीरा परोस भनेर सरापेर मात्र भएन| परिवारलाई नै सामाजिक वहिष्कार गर्नपर्यो| भ्रष्टचारको रकममा पालिएका हुर्के बढेका पढेका हरुलाई चेतना खुलाईदिन पर्यो| बाऊले गरेको पाप छोरा छोरीलाई लाग्दैन भन्नु ठिकै हो तर वुद्धि आएपछि पनि त्यस्तो भ्रष्ट सुविधा लिईरहनु भएन, चेतना भया भन्या त्यहि हो| बाउको तलब ४०,००० मासिक छ, खर्च गरिराछान लाखौ रुपिया| यो त माध्यमिक तहका विद्यार्थीले पनि बुझ्ने क्षमता राखेका हुन्छन|
भर्ष्ट्चारिलाई वाहिर जान भिसा दिन हुँदैन| कति आय र श्रोत पनि खुलाउन पर्यो|
थोरै चेन्ज पनि सुधारका लक्षण हुन् तर हामी यो मुलुकमा त्यो बाटोमा पुगिसकेका छौ, थोरै परिवर्तनले काम लाग्दैन| आमुल परिवर्तन नै हुनपर्छ| त्यसले मानसिकतालाई पनि समेट्न पर्छ|
होला त त्यस्ता नेता माईका लाल नेपालमा जसले आमुल परिवर्तन ल्याउन आँट गर्लान?
हाल र विगतका नेतृत्व पंक्तिमा रहेकाहरुबाट उक्त चेन्ज कसैबाट अपेक्षा गर्न सकिदैन| स्वयम्, परिवार, नाता र पार्टी महारोगले ग्रस्त छन सबै| आफ्नै भकारी भर्न व्यस्त छन|
अब यो चेन्ज चै भेडाहरु बाटै शुरुआत हुनपर्छ| सबै भन्दा पहिलो चेन्ज: भेडाबाट विवेकशील प्राणी मान्छे भएर|
जो भ्रष्ट छन, कामचोर र ठग छन वा आधा मात्र प्रमाण पाइए पनि घर घरमा गएर रातारात लेबल लगाईदिने| के को लेबल लगाईदिने हो त्यो विचार पुर्याउन पर्छ| जो ठिक समयमा अड्डा आएर काम गर्दैनन् वा सेवा ग्राहीलाई दुख दिन्छन, एउटा टोली नै बनाएर त्यस्ताको पर्दा फास सार्बजनिक गरिदिन पर्छ| सार्बजनिक रुपमा एकचोटी सबैलाई सचेत गराउने र यसलाई पनि वास्ता नगरे पछि कारवाही गर्नपर्छ| जसले काम गर्दैनन् उसलाई पनि निगरानीमा राखेर अदालतमा उजुरी दिने|
निस्पक्ष र काम गरौ, देशलाई माया गर्ने, आमुल सुधार चाहने मेडिया कर्मीलाई पनि साथ् लिनपर्छ|
भोलि कारवाही हुनासाथ हेर्नुहोला कसरि चेन्ज आउनेछ|