-बाबुराम न्यौपाने-
कुनै पनि स्थानको आफ्नो पहिचान हुन्छ। कुनै पनि भाषाको आफ्नै महिमा हुन्छ। त्यसका निर्धारित उच्चारण मान्यताहरू स्थापित भएका हुन्छन् ।यसमाथिको लापरबाही अमान्य र हास्यास्पद ठहिरन्छ।त्यसलाई बिगारेर बोल्यो भने सम्बन्धित स्थानमा बस्नेहरूलाई चित्त बुझ्दैन। त्यो सुन्नेहरूलाई पनि त्यति पाच्य र सहज नलाग्न सक्छ। नेपाललाई ‘निप्पल’ भन्यो रे भनेर खबरहरू अनलाइन समाचारहरूमा आइरहेका अवस्थामा अमेरिकी राष्ट्पतिको व्यापक आलोचना भइरहेको वर्तमान माहौलमा मलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूको स्थान विशेषको उच्चारणको बारेमा केही खट्केको कुरा माथि थोरै बोल्न मन लाग्यो।यसलाई कसैले व्यक्तिगत रूपमा नलिइदिनु होला भनेर अनुरोध गर्न चाहन्छु।कसैको अज्ञानता अथवा निर्दोषिताको खिल्ली उडाउन यो लेख लेखिएको होइन भन्ने कुरा पनि अवगत गराउन चाहन्छु।
अर्काको देखासिकी गर्नमा रमाउने हामी राम्रा र सही कुराको देखासिकी गर्नमा त्यति चासो दिन्नौ कि भन्ने भान मलाई छ। यदि तपाईँले पोखरालाई ‘पोख्यारा’ भन्नुभयो भने कस्तो सुनिएला? विराट नगरलाई ‘बिर्याटनगर’ र काठमाडौँ लाई ‘क्याठम्यान्डू’ भन्नुभयो भने सुन्ने मान्छे अलमलमा पर्ला कि नपर्ला?
अमेरिकामा बर्सौदेखि बसोबास गर्दै आइरहेका नेपालीहरूले पनि यहाँका राज्य र सहरहरूको नाम गलत ढङ्गले गर्ने गरेको पाइन्छ। उदाहरणको लागि म बस्दै आएको अमेरिकाको राज्य र सहरको नामको उच्चारण नब्बे प्रतिशत भन्दा बढी नेपालीहरूले गलत ढङ्गले गरेको पाइन्छ। म बस्दै आएको राज्यलाई नर्थ क्यारोलाइना (North Carolina) भनेर उच्चारण गरियो भने अमेरिका वा विश्वको कुनै पनि कुनामा बस्ने र सामान्य भौगोलिक ज्ञान भएको व्यक्तिले सजिलै बुझ्दछ। तर नेपाली समुदायका अधिकांशले यसलाई ‘नर्थ क्यारोलिना’ भनेर उच्चारण गर्ने गरेको पाइन्छ। नेपालमा स्नातकोत्तर उपाधि हासिल गरेर अमेरिका छिरेकाहरू कतिपय पनि यही हुलमा मिसिन्छन्।
म बस्ने सानो नगर (town) नर्थ क्यारोलाइना राज्यको ‘केरी’ (Cary) हो। यसलाई हरेकजसो नेपालीहरू ‘क्यारी’ भनेर उच्चारण गर्ने गर्छन्। यसको नजिकै मरिसभिल (Morrisville) नामक अर्को सानो नगर छ जसलाई धेरै नेपाली र भारतीयहरू ‘मोरिसभिल’ भन्दछन् जहाँ लगभग पचास प्रतिशत भन्दा बढी नेपाली र भारतीय मूलका बासिन्दाहरू बसोबास गर्छन्।
यस्तै नर्थ क्यारोलाइनाको राजधानी सहर Raleigh को उचित उच्चारण ‘राले’ हो। तर प्रशस्तै नेपालीहरू तथा भारतीय मित्रहरू निर्धक्क ‘र्याले’ भनिदिन्छन्। लाग्छ कि यो ससाना बालबालिकाको र्याल पुछ्ने टालो हो। कतिपयले त यसलाई नेपालका कुनाकाप्चामा रहेका ‘रयले’ खेतहरूलाई जस्तै उच्चारण गर्छन्। नर्थ क्यारोलाइनाकै सबैभन्दा ठूलो सहर Charlotte लाई ‘चारलोट’ भनेर सम्बोधन गर्नेहरूको बहुमत छ। खासमा यसको सही उच्चारण शार्लट हो।
अब हेर्नोस् एउटा नेपालीले एउटा अलिअलि नेपाली बुझ्ने गोरेसित संवाद गर्दै गर्दा आफ्नो बारेमा यसरी व्याख्या गर्यो भने त्यो गोरेलाई कुरा बुझ्न कति हम्मे हम्मे पर्ला- “म ‘नर्थ क्यारोलिना’को ‘क्यारी’ मा बस्छु र ‘चारलोट’मा काम गर्छु। कामको सिलसिलामा म प्रायजसो ‘मिचिगन’ राज्य का विभिन्न ठाउँमा डुल्छु।“ ( I live in Cary in North Carolina and work in Charlotte. I have to travel to various parts of Michigan in connection with my work)।
यदि उच्चारणलाई मतलब नराख्ने हो भने यो संवादमा कुनै समस्या छैन। तर उच्चारणलाई ख्याल राख्ने हो भने यहाँनेर व्यापक समस्या देखिन्छ।
मेरा एक जना शुभराज रानाभाट नाम गरेका मित्र अहिले टेक्सस राज्यको एल पासो सहरमा भाषा र सञ्चार विषयमा पिएचडी गर्दैहुनुहुन्छ। उहाँ भन्दै हुनुहुन्थ्यो एक जना अहिले नेपालको त्रिभुवन विश्वविद्यालयमा जमेका शिक्षक अमेरिकामा विधावारिधी गर्दैगर्दा सिकाइ सहायक (Teaching Assistant) भएर अध्यापन गरिरहेको बेला विद्यार्थी दीर्घाबाट कसैले साथीसित प्रश्न सोधेको सुनेछन्। एउटा विद्यार्थीले अर्कोसँग सोध्दै थियो रे-“होइन, यो मान्छे अङ्ग्रेजी बोलिरहेको छ कि अर्कै भाषा?”
अमेरिकामा बसेर अनलाइन पत्रकारिता गर्ने अधिकतम पत्रकारहरूको भाषागत हविगत हेर्यो भने पनि लाजै लाग्ने खालको देखिन्छ। एउटा अनलाइन पत्रिकामा छापिएको एउटा सानो समाचारको भाषा स्तर हेर्यो भने त्यो बुझिन्छ।उदाहरणको लागि म एउटा समाचारमा प्रयोग भएका शब्दहरू उल्लेख गर्न चाहन्छु – वर्षिय, वर्षिया, चुँनिदा, टेक्सास, टेक्सस, डलास (Dallas भन्न खोजिएको),डिसिपिलिन्, सोशल, उदेश्य, इन्टरटेनमेन, सौदर्य, ब्यावस्थापन, सन्तोस, क्षतिजा, फस्ट रनरअफ…। अरु त अरु, एउटा शब्दमा समेत फरक हिज्जे (टेक्सास, टेक्सस, वर्षिय, वर्षिया)
अमेरिकाजस्तो विशाल देशमा बसेर अनलाइन पत्रकारिता गर्ने तर करेसाबारीको बाहेक ब्लग प्रकाशित गर्न नसक्नेहरू भन्दा महान् अरू को नै होला र यो धर्तीमा उफ्?
वेबसाइट(website) शब्दलाई त ९० प्रतिशत पत्रकारहरूले ‘वेभ साइट’ (wavesite) लेख्ने कुरा सबैलाई थाहै छ।
यहाँ भन्न खोजिएको कुरा के हो भने गलत हिज्जे, उच्चारण र लवजले भाषाको अस्मितामाथि धावा बोल्छन्। यसको सुन्दरतामाथि आक्रमण गर्छन्। अमेरिकामा बसेपछि कम्तिमा फुर्सदको बेलामा स्थानीय टेलिभिजन हेर्यो भने पनि धेरै स्थानको उच्चारण कसरी गर्ने भन्ने थाहा हुन्छ। हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूले यो कुरालाई मनन् गर्नुभएमा विभिन्न महादेशका आप्रवासी र रैथाने अमेरिकीहरूसितको सम्वाद अझै प्रभावकारी तथा फलदायी हुन्थ्यो भन्ने मलाई लाग्छ।
अनौठो कुरा त के भने नि इल्लिनोइ राज्यको सिकागो (Chicago) सहरलाई ‘चिकागो’ भनेर नेपाली समुदायले उच्चारण गरेको विरलै सुन्न पाइन्छ। तर त्यही सिएचआइ (…chi…) हिज्जे भएको मिसिगन (Michigan) राज्यलाई मिचिगन भनेर हुर्मत लिएको पाइन्छ। त्यसैग सिएच(Ch…) हिज्जे भएको शार्लट (Charlotte) सहर पनि यो नेपाली जनजिब्रोको सिकार भएर ‘चारलोट’ मा परिणत हुन बाध्य हुन्छ। आर्केन्स (Arkansas) राज्यलाई ‘आर्कान्सास’ भनेर सम्बोधन गर्ने नेपाली र भारतीयहरूको जमात विशाल छ। आयोआ (Iowa) राज्यको राजधानी सहर डे मोईन (Des Moines) त सिधा सिधा ‘डेस मोईन्स’ उच्चरित हुने भैगो। एरिजोना राज्यको राजधानी फिनिक्स (Phoenix) त ‘फोइनिक्स’ हुनु कुनै अचम्मको कुरा भयो र?
जन्मदिवसमा केक काट्नदेखि पौडी पोखरी छेउमा बिबिक्यु गर्नसम्म सिक्नेहरूले कम्तिमा प्रचलित स्थानविशेषको उच्चारण राम्रोसित गर्न सिकेमा राम्रो हुन्थ्यो कि? भनिन्छ नि एक दुई पटकको गल्ती गल्ती हुन्छ र क्ष्यम्य पनि हुन्छ। त्यो भन्दा पछिको गल्ती मूर्खता कहलाउँछ। एनआरएनले राज्यस्तरमा वा आवश्यकता हेरेर ससाना नगरहरूमा कम्तिमा एकादुइ सूचनामूलक कार्यक्रम राखेर नवागन्तुक वा पुराना हरूलाई अवगत गराए राम्रो हुन्थ्यो नि।
बाबुराम नाम गरेकाहरु प्राय समस्या पर्यो कि भूमिगत हुदा रहेछन , यत्रो कमेन्टको जवाब दिने हिम्मत गर्नुपर्यो नि !!!!
Baburam जी,
लेख केहि हद सम्म ज्ञानप्रदक नै छ तर लेख को पर चाही आलु (तपयिकै अंग्रेजी मा भन्नु पर्दा third class क्या ) आलु…सबै कुरा माथि साथीभाई ले भनिसक्नु भो. मा चाही येस्सो १-२ वटा कुरो, त्यो पनि इन्टरनेट तिर हेरेर लेख्दैछु है, के गर्नु तपाई जस्तो (आलु) धुरन्धर परियन अंग्रेजी मा 🙂 🙂 🙂
१. https://www.thefreedictionary.com/Arkansas (आर्केन्स भन्दैनत)
२. https://www.thefreedictionary.com/charlotte (शार्लट बोल्दैनत)
३. “I live in Cary in North Carolina and work in Charlotte” भन्दा ” I live in Cary, North Carolina and work in Charlotte” better पो हो कि?
४. “मेरा एक जना शुभराज रानाभाट नाम गरेका मित्र अहिले टेक्सस राज्यको एल पासो सहरमा भाषा र सञ्चार विषयमा पिएचडी गर्दैहुनुहुन्छ। उहाँ भन्दै हुनुहुन्थ्यो एक जना अहिले नेपालको त्रिभुवन विश्वविद्यालयमा जमेका शिक्षक अमेरिकामा विधावारिधी गर्दैगर्दा सिकाइ सहायक (Teaching Assistant) भएर अध्यापन गरिरहेको बेला विद्यार्थी दीर्घाबाट कसैले साथीसित प्रश्न सोधेको सुनेछन्। एउटा विद्यार्थीले अर्कोसँग सोध्दै थियो रे-“होइन, यो मान्छे अङ्ग्रेजी बोलिरहेको छ कि अर्कै भाषा?”
त्यो teaching assistant तिनै तपाई जस्तै अंग्रेजी मा धुरन्धर शुभराज रानाभाट नै पो हुन् कि?
५. Kentucky, USA को Louisville (pronounced as लुइभील) vs Texas, USA ko Lewisville ( लुइसभील”)… ज्ञाता आफै हुनुहुञ्छ, analysis आफै गर्नु होला.
६. अन्तिम मा.. तपाई लै अमेरिचन ले पक्कै “ब्याबूर्याम” भन्छन होला (न्यौपाने तिर त जादै नजाम, k bhanlan bhanlan)….aba तपयिले भेट्ने नेपाली लाई “मलाई बाबुराम नभन्नुस, मेरो नाम को correct pronounciation “ब्याबूर्याम” हो, तेसै मलाई अब देखि “ब्याबूर्याम” भन्नुस भनेर भन्नुहोला.
7. माथि साथीहरुले भने जस्तै, मैले पनि येस्सो तपियिको औरेजी दक्छेता [your short video in English 🙂 🙂 🙂 ] सुन्ने अलौकिक मौका पाए धान्ने हुने थिए.
जाँदा जाँदै….
ठाउं अनुसार चल्नु पर्छ, सिक्नु पर्छ, तेस्मा संकै छैन, तर अरुलाई सिकाउने नाम मा आफु बडी नै जान्ने हुन खोज्दा फेरि फेरि पनि आलु यानी third class (sorry है तपाई कै औरेजी क्या )
हुन नखोज्नुस..
As I said at the beginning, there are some really good stuffs in it, but the way you presented it is awful.
Vicky Dev,
USA
ललितपुरको एउटा एकदम सबैले सुनेको ठाँउ छ “कोपुण्डोल” तर सबैजनाले “कुपण्डोल” भन्छन। न्यौपाने महोदय सायद उतै अमेरिका तीर न जन्मिनु भएको भए उहाँले पनि त्यही भन्नु हुन्थ्यो होला। भन्नु भाको भए तपाईंलाई न देखे न चिने पनि तपाईंलाई सम्झेर मलाई मरी मरी हाँस्न मन लाग्यो। अंग्रेजीको त्यस्तै दम्भ भए आउनुहोस् महोदय ठाउँको नाममा होइन अङ्ग्रेजी ग्रम्मरमा संवाद गरुम। इच्छा र आँट छ भने यो मेरो कमेन्टलाई रिप्लाई गर्नुहोस। होइन भने नेपाली के जातिको बेलायती भुकाई न गर्नुहोस। तपाईंलाई भगवानले सद्बुद्धि दिउन्।
वाहियात l कुन चाही लवज लाइ अमेरिकन लवज भन्ने हो बाबुराम ? एकपल्ट आफुले ईंग्लिश बोलेको केहि मिनेटको भिडिओ पोस्ट गर्नु नि | त्यस्तै हो भने काठमाडौँ (ये:) का कतिपय रैथाने स्थानहरुको गैर नेवा: नामोकरण लाइ चाही के भन्ने नि? अनि नेवा: लाइ नेवार भनेको चाही के हो त?
Ho yo sahi problem, ho tara kun vasha bata yo thauko naam rakheko thaha chha hola uha barista jyu lai ? French vasha bata rakheko vaya chahi french le yasari nai boldoraichha, yaha dherai sabda rakna sakchhu “champagne” “champion” champignon” merci” “dimanche” yi sabdaharu afai youtube athawa googlebata hernu hola thaha hunechha barista jyu.
लेखक महासयलाई अमेरिकामा बसेको र अरु भन्दा अलि बढी जान्ने भएको रबाफ दिन मन लागेछ I म पनि अमेरिका बसेको ११ बर्ष भयो खै केहि समस्या भए जस्तो त मलाई लाग्दैन त I म पनि ठुलै अस्पतालमा काम गर्छु त I म पनि यो बिषयलाई ठुलो मुद्दा नबनाए कै राम्रो देख्छु I सिकाउनु राम्रो कुरा हो खिल्ली उदाउनु मपाई हो I
Dear Baburam ji
I appreciate you for pointing out some commonly mispronounced words. However, I would like to request you to broaden your mindset a little bit more. The “melting pot” paradigm on which your article is based expects that every migrant culture need to assimilate into the dominant culture for example every person migrating to the US needs to speak like “white” Americans, they need to eat like Americans, they need to dress up like Americans. There are inherent problems in this “melting pot” mentality, hence, the new paradigm shift is moving away from “melting pot” society to “multi-culture” society where people maintain their own culture but live peacefully and integrate into the society without changing themselves. Italian, Chinese, Indian, Latino, Nepalese maintain their own culture even though they are integrated into the US society. And yes, they will have their own accents while speaking English. That is what makes a society truly multi-culture and rich. That is what makes a place interesting to live. Just imagine, if every one of us speaks in exactly the same way, don’t you think the world will be a very boring place to live in? The world is interesting now because everyone speaks their own language and when they speak English (or any other language for that matter) they still carry some accent.
I have personally lived and worked in 6 different countries, so I really do not know what accent I have when I speak English. Does that make me a bad communicator? Not necessarily ! As long as you can articulate well and present your ideas well, accent really does not matter. Yes, the listener needs to be able to comprehend what you are saying, but that is it. As long as the listener can comprehend what you are saying, little bit of accent makes it only more interesting.
Yes, I agree with you, we need to try to pronounce correctly as much as possible. But please do not make fun of other people if they have little accent. Think of a following scenario:
A bahun makes fun of a newar friend when he speaks Nepali. That bahun went to India, and his Indian friends made fun of him when he tried to speak Hindi. Those Indian friends were ridiculed in the US for having heavy Indian accent when speaking English.
Where does this end? What would have been better than above scenario is each one of us appreciate the other for trying a different language !!
Chicago को उच्चारण शिकागो हो सिकागो हैन , सान्ति र शान्ति मा भिन्नता भए जस्तै | अ*ग्रेजी मा पातलो स र मोटो स को बिचमा ठुलो भिन्नता छ. सिट र शिट (sit, shit) मा फरक भए जस्तै |
पुर्बी नेपाल र पश्चिम नेपाल मै बोलिने एऊटै नेपाली शब्द उच्चारण त् मिल्न सक्दैन भने बिदेसी भाषा सबैले शुद्द बोल्ने पर्छ भन्ने के छ र ? बेलायत मा पनि बट (But ) लाई स्कटिस हरुले बो उच्चारण गर्छ इन्डियन हरुले इम्पोर्टटेन्ट (Important )लाई इम्पार्टटेन्ट उच्चारण गर्छ तर पनि चलेकै छ यसलाई ठुलो मुद्दा बनाउनु जरुरि लागेंन
Sometime ago I read an article in Time magazine that says if you learn second language after 10 years of age, your pronunciation never be close to native speakers. Whatever you try to pronounce it goes to default. For example, if you say Sam’s Club, it becomes Shyam’s Club because you have been using the word ‘Shyam’ for years and it is a default word for you.
So don’t worry if some people pronounce it incorrectly. If other people did not understand, “write in a paper”. That’s what I do.
अर्का देशको सहरको नामको बारेमा किन एत्रो गलफत्ती. आफ्नो देशको बारेमा सोचौ |
हाहा, नेपाल मा भएको ठाउँ हरुको उच्चारण बिगार्ने ले अंग्रेजी को ध्वास देखाउन पर्ने /
शुभराज रानाभाट र बाबुराम न्यौपानेज्युहरूलाई आफूले अङ्ग्रेजी बोलेको २-२ मिनेट को भिडियो वा अडियो यु-ट्युबमा अपलोड गर्नुहुन र त्यो सुनेर यही लेख फेरि पढ्न अनुरोध गर्दछु। मिल्छ भने यतै शेयर गर्नुहोला, हामी पनि सुनौला; अनि बहस पनि गरौंला. अलिक शिक्षित (डिग्री भएका मात्र होइन) र गतिलो काम गर्नेहरूसंग सम्पर्क नभएको बुझियो.
It should be noted that there is no consistency in English pronunciatios.
It is अर्कंसा state vs आर्कंसस river and both are spelled arkansas.
Should it be इराक or आइराक? Americans themselves have botched the pronunciations of words for their convenience. And how about the accent that southerens have?
So stop being judgemental about how someone pronounces a word.
होइन आज को कान्तिपुर मा पनि येही विचार छापिएको छ त ! https://www.kantipurdaily.com/bibidha/2018/09/28/153811768202667273.html
ब्लग मा र पत्रिका मा एकै पल्ट उही विचार पहिले नदेखेको हुनाले चासो राखेको i एसको नियम चाही थाहा भएन !! कसै ले येसो बताइदिनु हुन्छ कि ?
प्रसंग हो कि , कलाकारिता ? तपाइको यो लेख मा भनेका कुरा र तारानाथ सर्मा को यो अन्तर्वार्ता मा भनेको कुरो ठ्याक्कै मिल्छ त् |
https://www.youtube.com/watch?v=4fdyw3jqj1M
आफू पनि चिप्लिनुभएछ
chicago is pronounced as शिकागो not सिकागो
अरु पनि छ
कसैको आलोचना गरेर भन्दा “Most common pronunciation mistakes” भनेर राख्न पनि त सकिन्थ्यो
Arko kura you mentioned 90% of the journalists write wevsite insted of website: I demand proof for this. They might pronounce website as wevsite but not write.
म नेपालमा बसेर त झन् के थाहा पाउनु र ? सिकागो त सुनेको थिएँ र भन्नेले भनेको अनुसार मिचिगन नै सुनाउँथे, त्यस्तै थियो क्यारोलिना पनि अब आफैलाई शुद्धीकरण गरियो ।
यो नेपाली को गल्ति हैन, अंग्रेजी भाषा कै कमजोरी हो, अंग्रेजी मा एकै शव्दलाई कैयौ प्रकारले पढ्न सकिन्छ उदाहरण तल पेश गर्नेछु ! लौ नेपाली ले गल्ति गरे रे ! नया पुस्ता लाई यो कुरा सिकाइरहन नपर्ला ! उमेर पुगिसकेका र अंग्रेजी सामान्य मात्र जानेकाले यसप्रकार को गल्ति गर्नु सामान्य हो ! यो भयो नेपालीका कुरा !
अब आउनुस अमेरिकन कै कुरा गरौ, उ काठमाडौँ बाट पोखरा जादैछ बाटोमा Malekhu मा खान खान रोक्यो, अब उसले मलेखु पनि पढ्न सक्छ, वा मेलखु पनि पढ्न सक्छ , के यसलाई हाँसो को रुपमा लिने ? उनीहरु काठमाडौँ स्पष्ट भन्दैनन प्राय क्याटम्यानडु भन्छन, त्यो सुनेर मरिमरि हास्ने ?
म लण्डन मा बस्छु यहाँ southall नजिक RUISLIP ROAD छ, जसको उच्चारण रायस्लिप रोड हुन्छ , कुनै नया मान्छे म कहाँ आउँदा रुइस्लिप रोड भएर आए भन्छ, नेपाली मात्र हैन यहिका गोरा (ब्रिटिशले समेत), यसलाई के भन्ने !
यहाँ Gloucester road (ग्लाउस्टर रोड)पनि छ जसलाई नया मान्छेले प्राय ग्लाउसेस्टर भनिदिन्छन !
एउटा गोराले RAMA लाई के के भन्नसक्छ उदाहरण हेरौ !
राम , रमा , रामा , रम इत्यादि ! कुनचाहिं सहि हो ? But (बट) तर Put (पुट) किन ?
उच्चारण सिक्न सके राम्रै हो, मरिहत्ते गर्नुपर्दैन ! गोराहरु को नेपाली उच्चारण सुनेर हामी रमाइलो मान्छौ, उनीहरुको खिल्ली उडाउने काम गर्दैनौ , उनीहरुले पनि त्यसै गर्न सक्नुपर्छ !
न्यौपाने जी को अलि बढी नै दम्भ देखियो यो लेखमा, केहि सिकाउने हैन खिल्ली उडाउने स्तर को नै लेख भन्नुपर्ला यसलाई !
केहि समय अघि एकजना नेपालीले करेसा बारीको बारेमा लेखेको मैले पनि पढेको थिए, उनको काम पनि न्यौपाने जी लाई मन परेनछ, जसले जे जान्छ त्यहि सिकाउने र लेख्ने हो, तपाइले जे जान्नु भो त्यहि लेख्नु भो, अरुले गरेका कुरालाई पनि सम्मान गर्न सिक्नुहोस !
म तपाई जति विद्वान हैन, अब मैले लेखेको मा पनि कतिपय ब्याकरण र उच्चारण गल्ति हुन पुग्यो होला त्यसकालागि अग्रिम माफी चाहन्छु !
कुरो सहि हो सके सम्म सहि उच्चारण गर्नु राम्रो हो तर आफ्नो लवज अनुसार को भेरिएसन हुनु अपराध नै होइन | एस्तो भेरिएसन अबुझ र अशिक्षित नेपाली ले मात्र गर्दैन शिक्षित अमेरिकन ले पनि गर्दछन | जस्तै नेपाललाई उनि हरुले मारी काटे पनि नेपाल भन्दैनन , नेफाल भन्छन | रोल्पालाई रोल्फा नै भन्छन | अमेरिकन को वर्णमालामा प उच्चारण छैन भन्ने पनि होइन | तेस्तै ओस्लो (नर्वे) शहर नजिकै SKI भन्ने ठाउं छ | यो ठाउं लाइ बाबु रामजी ले के भनेर उच्चारण गर्नु हुन्छ ?
यो सबै सत-प्रतिसत सहि उच्चारण गर्न मलाई अमेरिका मा बस्नु पर्दैन, नेपाल मै बसेर अमेरिका को काम गर्छु र थाहा छ कुन ठाउ लाई कसरि उचार्रण गरिन्छ भनेर .
Nice Analysis- I was mistaken with some of the above pronunciation some of mine own, some repeated what I heard. Will try to improve. Thank you for pointing out.
बाबुरामजी कुरा सहि हो | अब तपाईंलाई केहि प्रश्न गर्छु है त:
१) काठमाडौँमा बस्नु भएको छ भने, असन त जानु नै भएको होला | के तपाईं ले कहिले असन को सहि उचारण (नेपाल भाषामा) के हो भनेर कहिले विचार गर्नु भएको छ? असन हैन असं हो सहि उचारण |
२) त्यसै गरि चिकंमुगल हैन चिकंमु हो |
३) गठान्मुग हो गठेन्मुगल हैन |
अरु धेरै उदहारण छन् | आफ्ना गल्तिहरु पनि स्वीकार्ने कि ?
यहाँले पनि ‘बिबिक्यु’ लेख्दिनु भएछ, बारबेक्यु लेख्दा उचित हुन्थेन र |
खोइ मैले त मिसिगन भन्ने सुन्छु….