-मदनमणि अधिकारी- दुनियाँका खबर साप्ताहिक नामको पत्रिका कहिले देख्नुभएको छ? दिव्य चक्षु साप्ताहिक कहिल्यै पढ्नुभएको छ? अग्नि वाण पाक्षिक नाम सुन्नुभा छ? समय सन्दर्भ पाक्षिक पसलमा कतै देख्नुभा छ? तपाईँले नसुनेको, नपढेको भएर के गर्नु, यी काठमाडौँबाट प्रकाशित हुने ‘क’ वर्गका पत्रिका हुन्। तपाईँलाई सुसूचित गरेको नाममा सरकारले यी पत्रिकाहरुलाई मासिक २६ हजार २५० रुपैयाँ… Continue reading
Author: mysansar
…अनि मेरो कविताको किताब ‘बेस्ट सेलर’ बनिछाड्यो
-राजु- लामो समयको अन्तराल पछि आफूले पढेको स्कुलको वार्षिकोत्सव समारोहमा कविता वाचन गर्ने अवसर पाउँदा आज मलाइ निकै खुशी लागिरहेको छ । तर आज म सामान्य व्यक्तिको रुपमा हैन, प्रख्यात कविको रुपमा यहाँ उभिएको छु । कविता लेख्न त्यति सजिलो कहाँ छ र ? मैले पनि निकै दु:ख गरेर अहिलेको यो प्रख्याति कमाएको हुँ ।… Continue reading
यस्तो छ राष्ट्रिय कविता महोत्सवमा पहिलो भएको कविता : परदेश गएका पतिको नाममा
६२ औं राष्ट्रिय कविता महोत्सवमा हेम प्रभासको कविता पहिलो भएको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको प्रतियोगितामा धादिङ घर भएका हेम प्रभासको कविता सर्वोत्कृष्ट भएको हो। कविताको शीर्षक ‘परदेश गएका पतिको नाममा’ हो। कविता यस्तो छ- मेरो हजुर मैले यी आँखाहरुमा हजुरलाई सजाएकी छु, हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन।
किन एक्लिए ‘शक्तिशाली’ प्रधानमन्त्री : सुधीर शर्माको विश्लेषणमा चार दृष्टान्त
झट्ट हेर्दा प्रधानमन्त्री केपी शर्मा ओली अझै ‘सर्वशक्तिमान’ देखिन्छन् । तर मेरो विचारमा उनी विस्तारै घेरिन र एक्लिन थालिसकेका छन्, आफैंभित्र र बाहिरबाट, मूलतः आफ्नै कारणले । हालैका केही दृष्टान्त : • सडक : असार ४ गतेको मण्डला-प्रदर्शन जति ठूलो थियो, त्यसभन्दा ठूलो त्यसले दिएको सन्देश हो । गैरराजनीतिक मुद्दामा जनता यसरी सडकमा आउन थाल्नु… Continue reading
कथा : लिपिस्टिकको दाग
– शुषमा मानन्धर – ऊ लुगामा साबुन दल्दै थिई । उसका आँखा, श्रीमानलाई मनपर्ने कमिजमाथिको दागमा प¥यो । त्यहाँ, ओठको बान्की देखिने गरी रातो लिपस्टिकको दाग लागेको थियो । त्यसरी लिपस्टिकै लाग्ने गरी ऊ श्रीमानसँग कहिल्यै टाँसिएकी थिइन । उसलाई झनक्क रीस उठ्यो । पछिल्लो पटक उनले त्यो कमिज कहिले लगाएका थिए, उसले सम्झन खोजी… Continue reading
कोलकातामा ट्रान्जिटमा रहेको थाइ एयरको विमानभित्र रहेका नेपालीलाई समेत दुःख दिएको थियो भारतले
– मदन बज्राचार्य – सडकको बाटोबाट भारत पुगेका नेपालीहरुलाई हवाईमार्गबाट फर्कन नदिएको घटना भर्खरै सुन्नमा आयो। भारतस्थित नेपाली दूतावासले समेत ट्विट गरेर त्यसो भएको पुष्टि गर्यो। खासमा यस्तो निर्णय दिल्लीको गोप्य कोठाको गोप्य निर्देशन नभई हुनै नसक्ने कुरा हो। विमानस्थलमा कार्यरत उच्च भन्दा उच्च तहको कर्मचारीले पनि नीति बनाउन सक्दैन। यो घटनाभन्दा पहिला सडकबाट गएका… Continue reading
यो देशमा नीतिको सट्टा नेताको बारेमा मात्र छलफल हुन्छ भन्दै सांसदले सहरको ठाउँमा गाउँ राख्न गरेको प्रस्ताव यस्तो छ
-प्रदीप गिरि- उर्दु भाषा लेख्दा माथि यसो चन्द्रबिन्दु हाल्नुभो भने त्यही शब्दको अर्थ ‘खुदा’ लाग्छ। चन्द्रबिन्दु हटाइदिनुभो भने त्यही शब्दको अर्थ ‘जुदा’ लाग्छ। एउटाको अर्थ God, एउटाको अर्थ Separate। यस बजेटमा थुप्रा कुरा छन् जसलाई म ठीक भन्छु, थुप्रा कुरा छन् जसलाई म बेठीक भन्छु। त्यता म जान्नँ। यसमा एउटा कुरा छ, मैले वर्षौँदेखि भन्दै… Continue reading
जयशंकर भारतमा विदेशमन्त्री : चिन्ता हैन पाठ सिकौँ
भारतीय विदेश मन्त्रीमा एस. जयशंकरको नियुक्तिले नेपाली मिडियामा र सामाजिक सञ्जालमा देखा परेका चिन्ताको तरङ्ग विगत पहिल्याउँदा विभिन्न दृष्टिकोणमा जायजै होलान्। उनी हाम्रा कूटनीतिक र परराष्ट्र सेवामा रहेका कतिपय दहीचिउरे जस्ता बिना होमवर्क नै आउने खालका भने पटक्कै होइनन्। उनको नियुक्ति नेपाल लक्षित होइन भन्ने कतिपय टिप्पणीकारहरूले खुलाएका छन्। जयशंकर समय र अनुभवले खारिएका एक… Continue reading
व्यङ्ग्य : मानार्थ पिएचडी अनि सुशासनको प्रमाणपत्र
—राजु अधिकारी- बच्चा बेला उनलाई स्कूल जान र पढ्न पटक्कै रुचि हुँदैनथ्यो। त्यति बेला गाउँमा नजिकै स्कुल पनि थिएन अनि पढ्ने चलन पनि त्यति थिएन। शहरतिर उनका उमेरका अरूहरूले पढ्दै गर्दा उनको अधिकांश समय चाहिँ गाउँका भीरपाखाहरुमा घाँस दाउरा काटेर बित्यो। पढाइ भन्दा उनलाई त्यही रमाइलो लाग्थ्यो, त्यसो गर्दा स्कुल नजानको लागि बहाना पनि मिल्थ्यो।… Continue reading
भाजपा Vs कन्हैया ?
-टेक भट्ट, ओहयो (अमेरिका)- खासमा यो शीर्षक नै मिलेको छैन। कुनै एक साधारण वा भर्खरमात्रै विविध कारणले चर्चा पाएका व्यक्तिको संसार कै ठूलो पार्टीसँग दाजेर नि विश्लेषण गर्न मिल्छ र? अथवा तीनपटक गुजरातका मुख्यमन्त्री भएका र हालका प्रधानमन्त्रीसँग उनलाई तौलन मिल्छ? मिले पनि, नमिले पनि यो तुलना त भइरहेको छ नै, यसको मतलब के कन्हैयाले… Continue reading
विदेशका नेपाली रेस्टुरेन्टहरुमा नेपालीले गर्छन् नेपालीको श्रम शोषण
-हेल्सिन्गिन सानोमात- सुमनले केही महिना काम गरेपछि छुट्टी पाउन थाले। नझुक्किनुस् छुट्टीको अर्थ आराम हैन, सुमनको लागि छुट्टीको अर्थ सात घण्टा मात्र काम गर्नु पर्ने दिनहरु हुन्। साधारणतया कामको शिफ्ट बिहान ९ बजेतिर सुरु भएर राति करिब दश बजे रेष्टुरेण्ट बन्द भएपछि मात्र सकिन्थ्यो। कहिलेकाहिँ हप्तामा ८० घण्टा सम्मको पनि काम हुन्थ्यो। सप्ताहन्त र चाड… Continue reading
एयरलाइन्सको अनलाइन टिकट किन्दा भएको अलमल
-संकल्प पोख्रेल- प्रविधिको प्रयोग बढेसँगै घरै बसेर आफ्नो काम फत्ते गर्न सजिलो भएको छ। इसेवाको म पुरानै ग्राहक हुँ। इसेवाका अधिकतम सेवाहरु प्रयोग गर्दै आइरहेको छु। यसको सजिलो पक्ष धेरै छ भने असजिलो पक्ष पनि छ। असजिलो पक्ष यो हो कि इसेवामा सबै बैंकबाट रकम ट्रान्सफर गर्न पाइँदैन। उदाहरण नेपाल इन्भेष्टमेन्ट बैंक हो। अरू पनि… Continue reading
रामपुरमा हिजो प्राध्यापकलाई कालोमोसो र जुत्ताको मालाले सम्झाएको त्यो घटना
बिहीबार सोसल मिडियामा एउटा फोटो निकै भाइरल भयो। रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायका एक प्राध्यापकलाई विद्यार्थीले ३० दिनमा सकाउनुपर्ने कोर्ष ४ दिनमा हचुवाको भरमा पढाएर सिद्दाएको आरोप लगाउँदै कालो मोसो दले र जुत्ताको माला लगाइदिए। यो घटनाले पुरानो कुरा सम्झाइदिएको भन्दै राम लोहनीले राखेको फेसबुक स्टायटस- झन्डै पन्ध्र वर्षअघिको कुरा। भाषाविज्ञान विभागमा… Continue reading
मिडियाका १३ प्रकार
-राजेन्द्र थापा- • ठूलो मिडिया : शक्तिमान • दुलो मिडिया:- अर्काको समाचार दुलोबाट छिरेर टाँसुवा • फूलो मिडिया: राम्रो सङ्ग नदेखिकनै सब देखेझैं गरुवा
लघुकथा : ग्लानी
– ऋचा लुइँटेल – हामी बसेको घर नजिकै जमिन्दार छिमेकी थिए। उनीहरुका सामु हाम्रो हैसियत भनेको दिनदुःखी, बिचरा। जमिन्दारको जेठो छोरो इन्जिनियर अस्ट्रेलिया। दुई छोरी अमेरिका। कान्छो छोरो जापान। बूढाबूढी सधैं सुकिला। जमिन्दार बज्यैले लगाउने जस्तो सारी आमालाई किनिदिन खोजेको, के सकिन्थ्यो। हामीले वर्ष दिन जहानैलाई लुगा किन्न पुग्ने पैसाभन्दा महँगो सारी लाउँथिन बज्यै। कानमा… Continue reading
दराज अनलाइन सपिङको तीतो अनुभव : आफ्नै रकम उकास्न पनि डेलिभरी चार्जको फन्दा
-आशिष शर्मा- मैले ५ फेब्रुअरी मा अनलाइन सपिङ साइट दराजबाट एउटा सामान किनेको थिएँ। सामानको मोल डेलिभरीसहित जम्मा रु. १ सय ९९ थियो। सामान डिफेक्टिभ भएकोले नियम अनुसार किनेको ७ दिनभित्र मैले त्यो सामान फिर्ता गरिदिएँ। मलाई दराजले रु १ सय ९९ को भौचर इमेलमा पठायो। ल ठीकै छ नि त यो भौचर त रकम… Continue reading
अमेरिकामा नेपाली भाडा मात्रै माँझ्छन् त ?
-क्षितिजराज लोहनी- ‘अमेरिकाको जीवन साह्रै कष्टकर, हप्ताको ६ दिन घोटीएर काम अनि बाँकी एक दिन लुगा धुनमै सकिने । नेपालीहरू तल्लो स्तर को काम पाउँछन् । महिनाको कमाइ भाडा तिर्नै ठिक्क । सधैँ अभावमा बस्छन् नेपाली ।’ अमेरिका आएका नेपालीका बारेमा नेपालीले नै गर्ने औसत टिप्पणी हुन् यी । म अमेरिका आएको ९ वर्षमा हरेक… Continue reading
फागुन ७ स्मृति : यसरी भारतीय सेना उतारेर लगिएको थियो राजा त्रिभुवनलाई भारत
२००७ साल कात्तिक २२ गते राजा त्रिभुवन नारायणहिटी दरबारबाट भागेर भारतीय दूतावासमा शरण लिँदादेखि दिल्ली भगाउँदासम्म भारत सरकारको प्रत्यक्ष सहयोग थियो। विमानस्थलसमेत नभएको काठमाडौँबाट राजालाई भारत भगाउनु सहज थिएन। यो ‘षड्यन्त्र’ मा सहभागी अनेक पात्रमध्ये बीएल शर्माले आफ्नो अनुभव यसरी सुनाएका छन्- राजा भगाउन विमानस्थल निर्माण त्यतिबेला नेपालमा जहाज चलेको थिएन। राजालाई कसरी भारत पठाउने… Continue reading
स्पेनको नेपाली दूतावासको केटाकेटी कुटनीति
-सन्तोष न्यौपाने/बेल्जियम- लामो प्रयासपछि युरोपियन देश स्पेनमा नेपाली दुतावासको स्थापना भयो। दुतावास खडा गर्न त्यहाँका नेपालीहरुले वर्षौ संघर्ष गरे। प्रत्येक परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझायो। अन्ततः संघर्ष पछिको सफलता स्पेनका नेपालीहरुले प्राप्त गरे। तर अहिले कागलाई बेल पाक्यो हर्ष न विस्मात झैँ भएको छ। दुतावास स्थापनापछि राप्रपा कोटाबाट भरतबहादुर रायमाझी नियुक्ति भए। तर नियुक्ति पछि… Continue reading
जब कलाकार युरोपको कागज बनाउन लुके…
-सन्तोष न्यौपाने, बेल्जियम- केही समय अगाडि तमु समाज बेल्जियमले ल्होसारको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गर्यो जसको नारा थियो “शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ,परम्परा हराए मान्छे(जाती)हराउँछ । तर विडम्बना यो नारामा भनेजस्तै कार्यक्रममा आएका कलाकार नै हराएका छन् । अर्थात् कार्यक्रम पछि उनीहरू नेपाल नफर्की अर्कै देशमा युरोपमा बस्ने कागजात बनाउन पुगेका… Continue reading