-पुण्यप्रसाद धमला-
मलाई पछिल्लो घटनाक्रम र परिस्थितिले आजभन्दा ७ वर्ष अघिको त्यो दिन स्मरण गराएको छ। २०६८ असोज १९ गते, विजया दशमीको टीकाको दिन। यही दिन हो जतिबेला मैले राष्ट्र प्रमुखको हैसियतमा पूर्व राष्ट्रपति डा. रामबरण यादवसँग दशैको टीका ग्रहण गरेको थिएँ।
सञ्चार कर्ममा लागेको मान्छे, चाहेर पनि सबै चाडपर्व हाम्रा लागि रहर मात्रै बन्दैनन्, कतिपय चाड आफन्त र आफ्नाबाटै टाढै रहेर मनाउनुपर्ने हुन्छ। दशैँमा घर जान नपाएपनि राष्ट्र प्रमुखको हातबाट टीका थाप्न पाएकोमा मख्ख थिएँ। थुप्रै आफन्त र साथीभाइले बधाई दिएका थिए, मलाई पनि राष्ट्रपतिसँग टीका थाप्ने इच्छा छ, खै सबैको इच्छा कहाँ पुरा हुन्छ र पनि भनेका थिए।
सात वर्ष अघि, पहिलो राष्ट्रपतिबाट टीका थाप्नेहरुको भीड निक्कै ठूलो थियो। त्यो दिनको झण्डै आधा दिन जति राष्ट्रपतिको सरकारी निवास शितल निवासमै बिताएको थिएँ, मैले। किनकि विशिष्ट व्यक्तिहरुको राष्ट्रपतिसँगको टीका ग्रहणको दृश्यांकन गरेर खबर पस्कनुपर्ने जिम्मेवारी मेरो काँधमा थियो।
त्यो टीकामा मैले विभेद पटक्कै देखिनँ। उभिएर वा बसेर आफ्नु अनुकूलता अनुसार टीका ग्रहण गरिएको थियो। त्यो दिन कसैलाई पनि कुर्सी थिएन।
विगत स्मरण गरिरहँदा वर्तमानले भने कताकता मलाई गिज्याइरहेको छ। कारण राष्ट्रपतिको टीका विभेद र सर्वत्र भैरहेको चर्चा परिचर्चा र हिजो मेरो मानस पटलमा घुमिरहेको छ। राष्ट्रपति कार्यालय र सरकारले टीकामा उठेको प्रश्नमा जवाफ नदिइरहँदा मेरो मनले आफैलाई सोधिरहेको छ– घुँडा टेक्ने दोषी कि टेकाउन बाध्य पार्ने ?
हैन, दृश्य पनि गजब कै छन्, नातागोता, प्रधानमन्त्री मन्त्रीगण केही विशिष्टले कुर्सी पाएका छन्, आसन पनि गज्जबकै छ। तर प्रहरी प्रमुख, पूर्व विशिष्ट अनि केही नेतागण घुँडा धसेर टीका ग्रहण गर्ने। अति नै बेमेल बाहिरिएको छ। विभेद झल्किएको छ।
अहँ, यति हुँदा पनि राष्ट्रपति कार्यालय बोल्दैन, सरकार बोल्दैन। मेरो अन्तरआत्माले जवाफ मागिरहेको छ, गणतन्त्र र राष्ट्र प्रमुखको गरिमा नै घटाउने लज्जाबोध किन भैरहेको छ?
हिजो मलाई राष्ट्रपतिबाट टीका लगाउन पाए हुन्थ्यो नि, खै कसरी आउला र मौका भन्नेहरु नै अहिले भन्न थालेका छन् – नव सामन्तहरुसँग टीका लगाउनु परेको छैन। तन्त्र फेरिएपनि प्रवृत्ति फेरिएनछ। सार्वभौम सत्ता जनातामा निहित भनिएपनि पारा उहि राजा र रैती जस्तै। मलाई बुज्रुक ठानेर जवाफ खोजिरहेका छन् मेरा आफन्त र साथीभाइहरु। तर म नाजवाफ छु । मेरो मन बोलिरहेका छ, म जस्तै हजारौँ सामाजिक सञ्जालमा बोलिरहेका छन् । तर अहँ न राष्ट्रपति कार्यालय बोल्छ न सरकार नै।
लोक हँसाउने म जस्ता धेरैको स्वाभिमान गिराउने हदैसम्मको लज्जाबोध अब दोहोरिनु हुन्न । बाहिर केही नबोले पनि घुँडा टेक्नेहरुको आत्मा यसैगरि बोलिरहेको होला ? मनमनै भित्रभित्रै । बश, मेरो भन्नु पनि यति हो, राष्ट्रपति पद र संस्थाको गरिमा बचाउनुपर्छ।
मित्र शंकर ज्यु
तपाईंको कुरामा केहि भन्नु अघि रास्ट्रपति चुप रहेको बारेमा/ उहाको पद अधिकार उपस्थ्तिती सबै अलंकारिक भयकोले उहाले सदन र सराकरको कुनै पनि कुरामा “सदर” बाहेक अरु केहि गर्ने पाउंदैन, हो उहालाई असन्तुस्टी भयमा लिखितमा सदर गरेर मुख बात बोलि चाहि ननिकाल्न सक्नु हुन्छ/ त् यदि उहिले गिरिजाले राजालाई झुक्याउन नागरिकता बिधेकलाई राजाले पनि हुन् भन्न नपाउने आर्थिक विधेक भनेर नेपाल पसे जत्ति सबै बिहारीले समेत नागरिकता पाउन सक्ने कानुन बनाउन खोजे जस्तै अहिलेकाले पनि तेस्तै कुकार्य गरेमा पनि अहिलेको अलंकारिक रुपमा मात्रै प्रतिस्थापना गरेको रास्ट्रपति ज्युले “सदर”बाहेक अर्को केहि गर्न सक्ने भनेकै “:छु” बस्नु” हो/ रास्ट्रपति जस्तो देसको सबै भन्दा उच्च संबैधानिक पदलाई पनि सदनमा पार्टीको व्हिप लाग्ने सांसद जस्तै मात्र किन प्रतिस्थापन गरे भन्ने प्रशनको उतार सायद हामीले नचितायको र नचाहेको संबैधानिक बा देसको सार्वभौम सत्तामा आंच आउने गल्ति भय पछि मात्रै पाउँछ होला/
अब तपाइंको कुरामा, यो सहि मानेमा लोकतन्त्रनै हो भने:
०१. नागरिकहरुको भोट बात चुनेको सांसदहरुको संख्या भन्दा पार्तिआले समानुपातिक कोत्तमा नियुक्त गरेकाहरु बढी नहुनु पर्ने थियो/
०२. सांसदहरु नागरिकको मत र चाहनाको प्रतिनिधित्व गर्ने भयकोले पार्टीका ठुला नेताहरुको कोठे सहमतिमै सदनमा ल्याप्चे ठोक्न बाध्य हुनु नपर्ने थियो/
०३. लोकतन्त्रको मान्यता अनुसार नागरिकहरु नेता सांसद मन्त्रि मात्रै किन देसको प्रधानमन्त्रीको निमित पनि सम्मानीय हुनु पर्ने थियो, तर…!!!
०४. लोकतन्त्रनै भयको भय देसको संबिधान कानुन आम नागरिकहरुको लागि मात्रै बाध्यात्मक राजनैतिक नेता र पार्टीको निमित……. त् हुनु नपर्ने थियो/
त् शंकर ज्यु अहिले हाम्रो देसमा कस्तो तन्त्र र कस्तो सरकार चल्दै छ त्यो जसरि बने बा चले पनि कसरि सहि मानेमा लोकतन्त्र हुन्छ बनेर मैले त् बुझ्न सकेन/ मेरो बिचारमा यो ठुला नेताहरु को कोठे-तन्त्र हो र कोठे निर्णय लादेर सदन र सरकार चलाउने नेताहरु पनि “लोक” नै हुने भयकोले यो लोकतन्त्र हो भने मेरो भन्नु केहि छैन/
नेपालि जनता लाइ यो भ्रम हुनुहुन्न , यो सहिमाने मा प्रजातन्त्र बा गणतन्त्र हो | किनकि पात्र फेरिए , प्रबृत्ति उही छ |कुनै गरिब ,इमान्दार ले चुनाब जित्ने सम्भाबना छ ? छैन , किनभने सामान्यतया चुनाब जित्न
१) गुण्डा पाल्नु पर्छ
२) पैसा बेस्करी खर्च गर्नु पर्छ
त्यो भन्दा पहिले टिकट पाउन नेताको तलुवा चाट, पार्टीलाई चन्दा बुझा , लेन देन मा सहमत भए राजदुत हुन् पाइन्छ | यो त् इन्डिया को प्रजान्त्रिक मोडेल भन्दा पनि खत्तम मोडेल हो |
देश तेसैमा मा चलिरहेछ |
यथार्थमा यहा सांसद मा जान , नेपाल को संबिधान , नीति नियम बनाउन माडे हरु , समाज मा स्थापित गाउ घर ,टोल का धनि मानि हरु , डन हरुको बाटो खुलेको छ |
यो प्रचण्डको पथ हो कि ? देउवाको समाज बाद हो कि ओली माकुनेको साम्यवाद ?
अब प्रजातान्त्रिक पार्टी हरु र अरु त् टाप टिपे मात्र हुन् , जाहा ताल पर्छ त्यहा टिप्न छिरिहाले | देखाउन को लागि उनीहरु सग पनि पार्टी छ , एजेन्डा छ | पद न पाको बेला तेही एजेण्डा मा खोक्ने गर्छ |
लोक हसाउने बारे के वास्ता र? फोटो राख्न पाए पुगो| लज्जावोध भन्ने चिज नै नहुदो रहेछ आफुले खान र मोज गर्न पाएपछि सरकारी खर्चमा|
अब काम न धाम, राष्ट्रपति कतार के कामले जानू?
जे होस्, ओली सरकार लगातार असफलतामा लम्किरहेछ, लम्किरहेछ| प्याट्ट ग्यास बाल्नुस र बिल तिर्नुस भन्थे, अहिले आएर भाका फेरिसक्यो ओलीज्युले|
ओली कसरि तल झरोस र खाउँ भनेर प्रचण्ड मुख आँ गरेर बसिरहेको छ|
मुलुकको वास्ता गर्ने कोही छैन|
कम्युनिष्ट होइन, कम निष्ठा हो भन्थे साइला बा’ले| अहिले बुझियो, ठिकै भन्नु भएको रहेछ|
देख्दा पनि अति नै लाज लागेर आउने | धेरैले यही गर्न नपाएर राजतन्त्र हटाएको भन्दा पनि हुने | नेताजति सबै राजा कर्मचारी जति रैती भैरहेका छन् अहिले |