Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेताहरु विदेश आउँदा रक्सी र चिकन चिल्ली खाएर दोहोरो नागरिकता पाउनु पर्छ भन्ने, अहिले बल अदालतमा फ्याँक्ने !

Posted on November 18, 2018 by mysansar

-आर. क्षेत्री-

नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ। संविधानको व्यवस्था अनुसार कानुन बनाउन सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिसकेको छ र यसमा दफावार छलफल भइसकेको छ। विधेयक पारित भएपछि कानुन बनेर लागू हुन्छ।

तर गैर आवासीय नेपाली नागरिकता भनेको चाहीँ अझै बुझ्न सकिनँ मैले। खासमा त्यसलाई आइ.डी. कार्ड भन्नु वेश हुनेछ। यो नागरिकता शब्द नै हट्नु पर्छ। एन.आर.एन. कार्ड अनिवार्य गराउनु, धेरै झमेला नगरिकन। हाल विभिन्न किसिमका डकुमेन्ट पासपोर्ट, नागरिकता आदि दूतावासमा बुझाउनु पर्ने अनि एनआरएन कार्ड पाउने भनिएको छ। तर यस्तो कार्ड लिनेहरु अझै नगण्य छन भन्ने सुनिएको छ। खोजेको चाहिँ के हो त?

एनारेन कार्ड लिनु पनि उत्साहित नहुने, नेपाली नागरिकता पनि छोड्नु नमान्ने, विदेशी नागरिकता त झन् ज्यान गए नछोड्ने। अनि खोजेको के त ?

अलि-अलि बुझे अनुसार नेपाल फर्किंदा वा नेपालमा जति मन लागे बस्नुको लागि भिसा फीस तिर्नु नपरोस्।

नेपालमा सम्पत्ति, व्यापार, व्यवसाय, घर जग्गा सबैको अधिकार त्यो एनआरएन कार्डले दिनु पर्छ। कुरै सकियो। अब जसले एनआरएन कार्ड लिए (लिनै पर्छ), उनले ब्रिटिश, अमेरिकन वा अरु कुनै देशको (सार्क राष्ट्र बाहेकका मुलुकको) पासपोर्ट र त्यो एन-आर-एन कार्ड पनि संगै बोकेर नेपाल जाने हो; त्यो कार्ड अध्यागमनमा देखाए पछि नेपाल छिर्ने फ्री भिसा जति बस्न मन लागेको हो त्यतिको दिने (विदेशी पासपोर्टमा ड्याम्म छाप हान्दिने) व्यवस्था गरिदिने।

झगडा सकिएन र?

त्यो नेपालको नागरिकता जस्तै भै गयो नि। अब जे जति नेपालमा गर्नु छ, नागरिकता प्रमाणपत्र ल्याउ भन्ने कार्यालयले एन-आर-एन-कार्ड भए पुग्छ भन्नु पर्‍यो।

उदाहरणको लागि यु.के.मा रेसिडेन्स परमिट पहिले-पहिले पासपोर्टमा छाप हानेर वा स्टिकर टाँसेर दिन्थ्यो। पछि छुट्टै बायोमेट्रिक कार्ड बनाएर पासपोर्ट संगसंगै बोकेर हिँड्नु पर्ने बनायो। कलेजमा पढ्नु, जागिर खोज्नु वा सरकारी निजी सबै खाले कामको लागि त्यो कार्ड हेरेर काम हुन्छ। त्यस्तै एन-आर-एन कार्ड र विदेशी पासपोर्ट संगै बोक्नु अनिवार्य गरेमा यो विवादले केही समाधान पाउने छ।

नत्र नेपालका नेताहरु विदेश आउँदा रक्सी र चिकेन चिल्ली खाएर एन-आर-एन नागरिकता जसरि पनि पाउनु पर्छ तपाईंहरुले, हामी नेपाल सरकारलाई दवाव दिन्छौं, भनेर भाषण फलाकेर स्वदेश फर्किन्छन अनि बल चाहि अदालतको आँगनमा फ्याँकी दिन्छन्।

यस्तो जाबो सजिलो कुरा पनि सुल्झाउनु नसक्नुलाइ अब के भन्ने?

(दोहोरो नागरिकतासम्बन्धी रिट सर्वोच्च अदालतको ५ न्यायाधीशको संवैधानिक इजलासले खारेज गरेपछि सार्वजनिक भएको आदेशको पूर्ण पाठको ब्लगमा आएको कमेन्टको सम्पादित स्वरुप)

सम्बन्धित डकुमेन्ट
प्रतिनिधि सभामा दर्ता भएको नागरिकता ऐन संशोधन गर्ने विधेयक

6 thoughts on “नेताहरु विदेश आउँदा रक्सी र चिकन चिल्ली खाएर दोहोरो नागरिकता पाउनु पर्छ भन्ने, अहिले बल अदालतमा फ्याँक्ने !”

  1. आर. क्षेत्री says:
    November 22, 2018 at 2:14 am

    एन.आर.एन कार्ड लिएर नेपाल जाँदा टुरिस्ट भिसा फ्री पाइदो रहेछ, यो बल्ल थाहा भयो । तर यो कार्ड अति महँगो रैछ, यू.के.मा £३६५ पर्दो रहेछ अर्थात ५० हजार रुपियाँ भन्दा बढी । १० वर्षलाइ चल्ने; अर्थात वर्षको £३६ पर्यो | एक वर्षमा औसत १ पल्ट नेपाल गैयेला र १ महीना बसियेला | बरु सीधै टुरिस्ट भिसा किन्दा पो सस्तो पर्ने रैछ | मुकेश यादवको कमेन्ट पनि सही जस्तो देखियो, तर यादवको भाषा अलिक अश्लील भयो; यो ब्लग सिभिलाइज मानिसले पनि पढ्ने गर्दछन यादवजी | त्यसैले कडा लेखौं तर श्लील भाषामा |

    Reply
  2. madan bajracharya says:
    November 20, 2018 at 11:27 pm

    जन्म सिद्ध नेपालि नागरिकता पायको नेपालीहरु बिदेसिन बाध्य भयको राज्यले तिनीहरुको रॉजगारिको बन्दोबस्त र पेसा सुरछ्या गर्न नसकेकोले हो भने तिनीहरुले विदेशको नागरिकता लियामा आजीवन उपचार सेवा पाउने र नेपालमै बसेर बिदेशी मुद्रामा पाउने पेन्सन पाउन मात्रै हो/ यो बाहेक बिदेशमा पढेका युवाहरु नेपाल फर्कन चाहेर पनि फरकन नसकेको कारण निम्न छन्:
    ०१. नेपाल बात कसै गरेर बिदेशमा पढ्न गयका छोरा छोरीको निमित चाहिने आबस्यक खर्च नेपालमा बसेको आमाबाउले पुर्याउन सक्दैन,उनीहरु त्याहा आफै कमायार पधाई सकाउनु पर्छ/ बिदेशमा जाने नेपालि विद्यार्थीको औसत उमेर २३/२४ बर्ष भन्दा कम हुँदैन/ त्याहा उनीहरुले आफै कमायर पढाई सकाउन्दा धेरैको उमेर ३५को हाराहारीमा पुगी सकेको हुन्छ/ नेपालमा ३५ बर्ष पुगेकाले स्थाई नोकरी नपाउने कानुन छ/ त् कसरि फर्कने तिनीहरु बिदेशमा पाई रहेको काम छोडेर नेपाल फर्केर बेरोजगार हुन्?
    ०२. बिदेशमा पधेका बिशेष गरेर नेपालि नै मातृ भाषा नभयको जनजाति आदिबाशी नेपालीले बोल्ने लेख्ने नेपालि नेपालमै बसेको नेपालीनै मातृ भाषा भयाकाको जस्तै सुद्ध हुँदैन. त् उनीहरुले योग्यता र बिषय बस्तुमा जति सुक्कै निपुण र योग्य भय पनि नेपालि भाषा सुद्ध लेख्न बोल्न नजाने पासी नहुने लोकसेवाको जांच र लोकसेवाले निर्धारण गरे अनुसार लिने गैर सरकारी संस्थान कम्पनीको जांच पास गर्न सक्दैन/ त्….

    अब किन विदेशको पनि नागरिकता लियको जन्म सिद्ध नेपालीले नेपालको नागरिकता दियन भन्ने सवालमा/ भर्खरै समाचारमा आयको छ कि गिरिजाको पाला देखिने भारतीयहरुलाई उनीहरुको भारतीय नागरिकता नत्यागे पनि नेपालको अंगिकृत नागरिकता दिंदै आयको रहेछ र अब तिनीहरुले भारतीय नागरिकता त्यागेको प्रमाण पेश गर्नु पर्ने कानुन बन्न लागेकोमा मधेशबादी दलहरुले बिरोध गर्दैछ र भारतीय नागरिकता नत्यागे पनि उनीहरुले नेपालको अंगिकृत नागरिकता लिन पाउने ब्यबस्था निरन्तर हुनु पर्ने भन्दै आयको छ/
    नेपालीले बिदेशमा पाउने नागरिकता नाम मात्रको नागरिकता हो/ त्याहाको कानुन नमाने बा कुनै गम्भर अपाराध गरेमा त्यो नागरिकता खोसिन सक्छ/ त् तेस्तो नागरिकता लियाकोमा नेपालको नागरिकता खारेजी हुनु के जायज हो/ भारतीयले चाहि उनीहरुको भारतीय नागरिकता गोजीमा राखेर नेपालको अंगिकृत नागरिकता दिलाउने नेपालीले चाहि विदेशको अंगिकृत नागरिकता लियमा नेपालीनै नरहने; यस्तो किन?
    नेपालको नागरिकता सम्भंदित कानुन र ब्यबस्था हेर्दा नेपालीहरु दोश्रो दर्जाको नागरिक र भारतीयहरु पहिलो दर्जाको नागरिक भयको स्पस्ट अनुभूति हुन्छ/ यस्तो कुराको सुरुवात गर्ने गराउने भारतको बिहारमा जन्मेको र तेही हुर्केको गिरिजा जसले आफु पनि मधेसिनै भयको भनेको पनि थियो त्यो नेपालको प्रधान मन्त्रि बने पछिनै हुन्ने थालेको हो/ अव त्यो त् भै सके, के अव पनि बिहारी नेपालको बिशिस्ट नागरिक हुने नागरिकता सम्भंदित सोच र कानुननै निरन्तर रही रहने सहि हो?

    Reply
  3. मुकेश यादव says:
    November 20, 2018 at 9:26 am

    चिकन र बंगुर घिचने नेता को कुरा के ? यी त् राष्ट्र घाती हुन् / झुठा फरेबी चोर हरु

    नेपाल कै तराई मा जनम भएर नेपाल लाई करम भूमि मानेर दिन रात मिहिनेत करने हामरा तराई वासी दाजु भाइ दिदी बहिनि को के हाल छ ? जोक करने खिल्ली उडाउने , मनु मखु मर्स्या भनेर जोक करने ? सिमा हुन्छ नि कायरता को / के मधेश का राष्ट्प्रेमी जनता नेपाली होइनन् ?
    मलाई यसै कुरा मा गर्व छ कि हामरा नयाँ पिढी का युवा नेपाली हरु ले यस्तो संकीर्ण सोचाइ त्यागी सके / ३० वर्ष मुनिका नेपाली जनता बाहुन नेवार मधेसी जनजाती सबै हामी नेपाली हौं भनने सोच मा छन् /
    रहयो कुहिएको सोचाइ राखने बुढा खाडा / तीन मा पनि धरै लाइ छोरा छोरी ले परिवर्तन करी सके /
    हाम्रो एकता नै हामरो शक्ति हो /

    Reply
  4. ram she says:
    November 20, 2018 at 2:18 am

    म एक बिदेशी भैसकेको नेपाली हु र म,मेरो १७ बर्ष को कलिलो उमेर मा गाउको घरको चलन, आफ्नै घरको आर्थिक परिस्थिती र साथी भाइको लहैलह मा बिदेशियेको थिए/ जब म १८ बर्ष सम्म विदेश मा दुक्ख गरेर आफ्नो जन्मभुमी र आफ्नै परिवार संग नेपाल बस्ने सपना लियेर नेपाल फर्किए/ म लाइ आफ्नो देश त बोवंसो नै बोवंसो भएको जंगल जस्तो लाग्यो/ मैले नेपालमा मेरो आफ्नै passport दलाल नलगाये सम्म renew गर्न सकिन/ त्याह त भर्ष्टचार मा जेल पसेर निस्को नेता, ठुला दुइ नम्बरी र डन हरुलाई ठुला ठुला माला लगाइदियेर जय जयकार गरेर नगर परिक्रम गराउने चलन रहेछ र इमान्दारी लाइ पागल निकम्माको सुचीमा राखिदो रहेछ/ जस्तै Dr गोबिन्द KC र शुशीला कार्की/ कुलमान घिशिंग लाई कुट पिट र बर्खास्तगर्न खोजे/ खैत जनताको समर्थन उनीहरु प्रति ? निर्मला पन्त को हत्यारा अझ पत्ता लगाउन सकेको छैन/ के बहालवाला PM को भन्दा पनि हत्त्यारा को पहुच माथीछ? जबकी PM सोयम ले म निर्मलको अविभावकहु न्याय अवस्य मिल्छ भनेको थिय/ हाम्रा जनता हरु चैत्ते नेताले सडक मा न उतारे सम्म हामी जतिनै अन्याय मा परे पनि सहेर बस्दो रहेछौ/ हुन पनि माथी पहुच नभएको मान्छेको केहि काम बन्दैन रहेछ र म मर्कामा परे मेरो हुनुपर्ने काम भयेन भनेर उजुरी गर्छु भने पनि उजुरी लिने कोही हुदैन रहेछ/ उल्टै हाकिम हरुले ‘मेरो मा आउने हो यस्तो कुरा लियेर तल गयेर मिलाउनुहोस’ भन्दोरहेछन/ यस्तो राम्रो स्वोर्ग जस्तो नेपालमा हामी नेपाली धेरै जसो राक्षेस अनि सैतान जस्तो प्रवृतिको मान्छे हरु रहेछौ/ नेता को त कुरै न गरौ तिनी हरु आफ्नो स्वार्थ मा लिप्त भयेरैनहो देशको यो दशा भएको नत्र भने चुनाब हरुवा मन्तरी र प्रधान मन्त्री हुदैन थिय/ हाम्रा नेता हरु विदेश आयो भने हामी लाइ झुठा आस्वासन दिने र बिदेशी ले कहाँ घुमाउछ, के मोठो भोज खुवाउछ र के उपहार दिन्छ भन्ने आश मा हुन्छन र विदेश मा रहेका नेपाली हरु उनि हरु संग selfie खिच्न र केहि बोल्न पाए मक्ख पर्छन/ म बाध्यताले बिदेशी भय पनि मेरो जन्मभुमी लाइ सदा आमा सरि माया र सम्मान गर्दछु/ मरे भने पनि जन्म भुमी मै गाडिन पाउ भन्ने इक्ष्या राख्दछु/ तुल बहादुर पुन VC को नेपाल मा मर्ने इक्ष्य भय जस्तो/ मेरो सन्तान ले नेपाल लाइ मातृभूमि ठान्ने कुरा पनि आयेन र नेपाल गयेर बस्ने त झन कुरै भयेन/ त्यसकारण म लाइ त नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरे अनुसार कानुन विधेयक पारित भएर कानुन लागू भय हुन्छ र दस्तुर तिरेर भय पनि आफुले चाहेको अवधि भरि लाइ सजिलै संग भिसा उपलब्ध हुन सके पुगछ/ तर अरु NRN को के चाहना छ खै कुन्नि?

    Reply
  5. विवेक says:
    November 19, 2018 at 9:45 pm

    के हो दोहरो नागरिकता भन्या?
    दोहरो होस् कि तेहरो, संबिधानमा व्यवस्था भएपछी दिनपर्यो दोहरो नागरिकत्ता| राजनैतिक अधिकार रहितको|
    यत्रो लफडा किन भने एनआरएनलाई राजनैतिक अधिकार सहितको चाहियो रे| भोट हाल्ने, नेता बन्ने र पद ओगट्ने|
    हिजसम्म एनआरएन भन्दै पछि दौडनेलाई समेत सरकारले राजदुत बनाइदिए पछि अरुको पनि राजनैतिक आकांक्षा बढ्नु स्वाभाविक हो|
    दोहरो नागरिकता भनेछी पासपोर्ट पनि नागरिकको हैसियतमा दिनपर्ने भयो|
    अलरेडी अर्को मुलुकको पासपोर्ट वाहकलाई नेपाली पासपोर्ट लिएर कुन मुलुकमा ट्राभल गर्नु छ र?
    क्षेत्रिज्युले भन्नुभए जस्तै एउटा छुट्टै एनारेंन कार्ड वा बोकेकै बिदेशी पासपोर्टमा छाप लगाइदिए सक्किगो नि|
    त्यसैले आर्थिक, सामाजिक, सांस्कृतिक इत्यादि अधिकार प्रदान गरे भैगो| तर राजनैतिक अधिकार दिन मिल्दैन| अहँ, मिल्दै मिल्दैन|
    आर्थिक अधिकारले मुलुकको नियम कानुन अनुसार लगानी गर्ने, चल अचल सम्पति खरिद गर्ने, राख्ने, व्यवहार गर्ने र नागरिक सरह आवत जावत र बसोबासो गर्न पुगेपछि किन भोट हाल्ने र नेता हुन पर्यो?
    दारु, चिकन चिल्ली, ट्राभल स्पोंसोर, ल्याप्टप, मोबाइलको उदारता र आफ्ना छोरा छोरी नाता आफन्त टन्नै बिदेशमा पठाए पछि नेपालमा त खत्तम पार्यो पार्यो अझ विदेशमा गएर पनि लुटु र सुविधा भोग गरु भन्ने मानसिकता नदेखाएको नेपाली जनताले बुझेका छन्|
    त्यतिले नपुगेर सरकारी सेवा र छात्रवृत्तिमा विदेश जाने जनशक्ति बढाउँन वा यु एन संस्थामा सरकारी कर्मचारीको हैसियतमा जागिर पड्काउने र फर्केर आउने त कुरै छैन, वाध्यता भन्दै अझ उल्टो राजनैतिक अधिकार माग्ने?
    नेपाललाई हृदयबाट माया गर्ने र सेवा गर्न चाहने नेपालीलाई उक्त एनारेंन कार्ड राजनैतिक अधिकार रहितको भए पुग्छ|

    Reply
  6. मुकेश यादव says:
    November 18, 2018 at 12:08 pm

    विर्सेर पनि यो nrn card नलिनु होला / बरु २५ डलर तिरेर २हप्ता को बस बस्नुस / बडी बस्नु परे टुरिस्ट भिसा लम्ब्याउनुस / nrn को वाख्या यी चा मिकने हरू ले गरेका छैनन् /
    nrn कार्ड लिनु भनेको आफ्नो पासपोर्ट नम्बर र आफ्नो बेलिविस्तार यी ठग चा मिकने हरु लाइ उपलब्ध गराउनु मात्र हो /

    यी ठग चा मिकने हरु एरपोर्ट र सबैतिर कसरी घिचन पाइन्छ, कसरि ठग्न पाइन्छ भनी सडके वेश्या सरह र्याल काढेर बसेका छन / बरु वेश्या को पनि इमान्दारिता छ / यी यी ठग चा मिकने हरु वेश्या भन्दा गए गुज्रेका छन

    nrn कार्ड भनेको कुनै कानुनी प्रवाधान नभएको खोस्टा टोइलेट पेपर मात्र हो / अनि यो कागज लिन सिर्फ तपाई ले यी यी ठग चा मिकने हरु लाइ आफ्नो सारा बेली विस्तार बुझौउनु परने छ

    यस्तरी घिचेर पनि यी ठग चा मिकने हरु को लास गडन ३ फिट को जमिन ठगि लिन्छन यी गिद्ध हरु

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme