– नवीन पौडेल – विदेशमा बसोबास गर्ने ८० लाख नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित भएको गैरआवासीय नेपाली संघ (एनआरएन)लाई राजनीति तथा जातीय संस्थाको छायाँ पर्न नदिने परिकल्पना गरिएको छ। तर यो त सब भन्ने कुरा न हो। एनआरएनलाई राजनीतिक आहालमा डुबाउने प्रयत्न दिनप्रतिदिन भएका छन्। एनआरएनकै सक्रिय अभियन्ताहरु र नेताहरुको पार्टीगत स्वार्थका कारण एनआरएनलाई राजनीतिकरण… Continue reading
Author: mysansar
अनलाइन सपिङमा अविश्वास यसकारण
-पुष्पेन्द्र खड्का- विगत केही वर्षदेखि नेपालमा पनि अनलाइन सपिङ्ग गर्ने चलन बढेको छ। तर अहिलेसम्म पनि अनलाइन सपिङ्गले उपभोक्ताको खासै विस्वास जित्न सकेको देखिँदैन। किन त? कारण धेरै होलान्। ती मध्ये केही खोतल्ने प्रयास गर्दैछु| विगत केही दिनदेखि फेसबुकमा एउटा फोटोले धेरै चर्चा बटुलेको छ। माथिको यही फोटो हेरेर यो ब्लग लेख्न मन लाग्यो। अनलाइन… Continue reading
सामुदायिक वनको शल्यक्रिया
कृष्ण रिमाल नेपालले अवलम्वन गरेको नीति मध्ये सोच अनुरुपको सफलता पाएको नीति सामदायिक वन नीति मा नेपाल सफल भएको छ। दक्षिण एसियाका बगलांदेश भारत जस्ता अरु थुप्रै देशले यो नीतिको कपी पेस्ट गरेका छन। हरियो वन नेपालको धन भन्ने मुल मर्मका साथ स्थापित यो नीतिमा अब केहि सधार गर्नुपर्ने बेला आएको छ। म मेरो समुदायको… Continue reading
प्रायश्चित
– आकाश,अस्ट्रिया – समय साह्रै बलवान छ। त्यही समयलाई जित्न नसकेर म यो विदेशी भूमिमा बली चढे। म आफ्नो प्राण भन्दा पनि माया गर्ने मेरी धर्म पत्नीलाई धोका दिई र मेरी सानी छोरीको मुखमा काली पोती यहाँ अर्काको लोग्ने र बाउ बने। यहाँ बसोबास गर्न पाउने कागजपत्र कै कारण मैले बिहे गरे पनि, मैले यो… Continue reading
ह्रदयेन्द्र- हुन नसकेका ‘बेबी किङ’ यस्ता भएछन्
नेपालमा गणतन्त्र स्थापना हुनुअघि नवयुवराजका रुपमा चिनिने र बेलाबेलामा बेबी किङका रुपमा चर्चामा ल्याइने ह्रदयेन्द्र शाह हिजो १८ वर्ष पुगेका छन्। राजतन्त्र कायम रहँदा उनी राजगद्दीका दोस्रो नम्बरका उत्तराधिकारी थिए। २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदले पास गरेको नयाँ कानुनमा राजाको जेठो सन्तान गद्दीको उत्तराधिकारी हुने व्यवस्था गरिएपछि उनको गद्दी उत्तराधिकारी हक खोसिएको थियो। अर्थात् नेपालमा… Continue reading
आज गथांमुगः भूतप्रेत, तन्त्र साधनाको रहस्यमय दिन
मंगलबार काठमाडौँ उपत्यकामा गथांमुगः चाड मनाइँदैछ। यो दिन फलामको औँठी, लैँचा (मेहन्दी) लगाइन्छ र भूतको पुत्ला जलाइन्छ। आजको रात तन्त्रमन्त्रको कुविद्या सिक्नेहरु औँलामा मैनबत्ती बालेर आउँछन् भन्ने कथा ठूलाले सुनाउँदा सानोमा खुब डर लाग्थ्यो। भूतप्रेतको कुरा अहिले अलि अपाच्य लागे पनि यो हाम्रो परम्पराले स्वीकारेको विषय हो। पश्चिमी संस्कृतिमा पनि भूतप्रेतकै हालोइन पर्व मनाउने गरिन्छ।… Continue reading
लोकसेवा आयोगले के सोधेको यस्तो प्रश्न? यस्तो हुन्छ किरातको अर्थ?
– अशोक राई – नेपालको संविधानले लोकसेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्वीकारेको छ। लोक सेवा आयोगले प्रश्नपत्र बनाउने, परिमार्जन गर्ने, उत्तर पुस्तिका परीक्षण, अन्तर्वार्ता, मनोवैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माण लगायतका कामका लागि सम्वन्धित शाखाले सम्बन्धित विषयका आवश्यक संख्यामा दक्षहरुको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरुको सूची राख्दै आएको… Continue reading
कतै ‘दाइहरु’को डर, कतै ‘बैनी’ आतंक तर यताको टिभीमा अर्कै समस्या
-बीपी साह- पत्रकार बिनु सुवेदीले सेतोपाटीमा लेखेको ‘दाइहरुको डर’ ब्लग चर्चित बनेको छ। कोटभित्र राखिएको ‘दाइ’ शब्दले दाजुबहिनीको पवित्र सम्बन्ध हैन, युवतीको शरीरमा कुदृष्टि राख्ने भोको बोकोलाई इङ्गित गरेको छ। नाम उल्लेख नभएका १८ जना पुरुष पत्रकार तथा गैरपत्रकारलाई उनले आफ्नो ब्लगमा समेटेकी छिन्। भावुक बनाउने र पुरुष पत्रकारलाई लज्जित बनाउने उक्त ब्लगलाई काउन्टर दिन… Continue reading
नामै नसुन्या पत्रिकालाई किन बाँड्ने राज्यकोषबाट लाखौँ रुपैयाँ?
-मदनमणि अधिकारी- दुनियाँका खबर साप्ताहिक नामको पत्रिका कहिले देख्नुभएको छ? दिव्य चक्षु साप्ताहिक कहिल्यै पढ्नुभएको छ? अग्नि वाण पाक्षिक नाम सुन्नुभा छ? समय सन्दर्भ पाक्षिक पसलमा कतै देख्नुभा छ? तपाईँले नसुनेको, नपढेको भएर के गर्नु, यी काठमाडौँबाट प्रकाशित हुने ‘क’ वर्गका पत्रिका हुन्। तपाईँलाई सुसूचित गरेको नाममा सरकारले यी पत्रिकाहरुलाई मासिक २६ हजार २५० रुपैयाँ… Continue reading
…अनि मेरो कविताको किताब ‘बेस्ट सेलर’ बनिछाड्यो
-राजु- लामो समयको अन्तराल पछि आफूले पढेको स्कुलको वार्षिकोत्सव समारोहमा कविता वाचन गर्ने अवसर पाउँदा आज मलाइ निकै खुशी लागिरहेको छ । तर आज म सामान्य व्यक्तिको रुपमा हैन, प्रख्यात कविको रुपमा यहाँ उभिएको छु । कविता लेख्न त्यति सजिलो कहाँ छ र ? मैले पनि निकै दु:ख गरेर अहिलेको यो प्रख्याति कमाएको हुँ ।… Continue reading
यस्तो छ राष्ट्रिय कविता महोत्सवमा पहिलो भएको कविता : परदेश गएका पतिको नाममा
६२ औं राष्ट्रिय कविता महोत्सवमा हेम प्रभासको कविता पहिलो भएको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको प्रतियोगितामा धादिङ घर भएका हेम प्रभासको कविता सर्वोत्कृष्ट भएको हो। कविताको शीर्षक ‘परदेश गएका पतिको नाममा’ हो। कविता यस्तो छ- मेरो हजुर मैले यी आँखाहरुमा हजुरलाई सजाएकी छु, हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन।
किन एक्लिए ‘शक्तिशाली’ प्रधानमन्त्री : सुधीर शर्माको विश्लेषणमा चार दृष्टान्त
झट्ट हेर्दा प्रधानमन्त्री केपी शर्मा ओली अझै ‘सर्वशक्तिमान’ देखिन्छन् । तर मेरो विचारमा उनी विस्तारै घेरिन र एक्लिन थालिसकेका छन्, आफैंभित्र र बाहिरबाट, मूलतः आफ्नै कारणले । हालैका केही दृष्टान्त : • सडक : असार ४ गतेको मण्डला-प्रदर्शन जति ठूलो थियो, त्यसभन्दा ठूलो त्यसले दिएको सन्देश हो । गैरराजनीतिक मुद्दामा जनता यसरी सडकमा आउन थाल्नु… Continue reading
कथा : लिपिस्टिकको दाग
– शुषमा मानन्धर – ऊ लुगामा साबुन दल्दै थिई । उसका आँखा, श्रीमानलाई मनपर्ने कमिजमाथिको दागमा प¥यो । त्यहाँ, ओठको बान्की देखिने गरी रातो लिपस्टिकको दाग लागेको थियो । त्यसरी लिपस्टिकै लाग्ने गरी ऊ श्रीमानसँग कहिल्यै टाँसिएकी थिइन । उसलाई झनक्क रीस उठ्यो । पछिल्लो पटक उनले त्यो कमिज कहिले लगाएका थिए, उसले सम्झन खोजी… Continue reading
कोलकातामा ट्रान्जिटमा रहेको थाइ एयरको विमानभित्र रहेका नेपालीलाई समेत दुःख दिएको थियो भारतले
– मदन बज्राचार्य – सडकको बाटोबाट भारत पुगेका नेपालीहरुलाई हवाईमार्गबाट फर्कन नदिएको घटना भर्खरै सुन्नमा आयो। भारतस्थित नेपाली दूतावासले समेत ट्विट गरेर त्यसो भएको पुष्टि गर्यो। खासमा यस्तो निर्णय दिल्लीको गोप्य कोठाको गोप्य निर्देशन नभई हुनै नसक्ने कुरा हो। विमानस्थलमा कार्यरत उच्च भन्दा उच्च तहको कर्मचारीले पनि नीति बनाउन सक्दैन। यो घटनाभन्दा पहिला सडकबाट गएका… Continue reading
यो देशमा नीतिको सट्टा नेताको बारेमा मात्र छलफल हुन्छ भन्दै सांसदले सहरको ठाउँमा गाउँ राख्न गरेको प्रस्ताव यस्तो छ
-प्रदीप गिरि- उर्दु भाषा लेख्दा माथि यसो चन्द्रबिन्दु हाल्नुभो भने त्यही शब्दको अर्थ ‘खुदा’ लाग्छ। चन्द्रबिन्दु हटाइदिनुभो भने त्यही शब्दको अर्थ ‘जुदा’ लाग्छ। एउटाको अर्थ God, एउटाको अर्थ Separate। यस बजेटमा थुप्रा कुरा छन् जसलाई म ठीक भन्छु, थुप्रा कुरा छन् जसलाई म बेठीक भन्छु। त्यता म जान्नँ। यसमा एउटा कुरा छ, मैले वर्षौँदेखि भन्दै… Continue reading
जयशंकर भारतमा विदेशमन्त्री : चिन्ता हैन पाठ सिकौँ
भारतीय विदेश मन्त्रीमा एस. जयशंकरको नियुक्तिले नेपाली मिडियामा र सामाजिक सञ्जालमा देखा परेका चिन्ताको तरङ्ग विगत पहिल्याउँदा विभिन्न दृष्टिकोणमा जायजै होलान्। उनी हाम्रा कूटनीतिक र परराष्ट्र सेवामा रहेका कतिपय दहीचिउरे जस्ता बिना होमवर्क नै आउने खालका भने पटक्कै होइनन्। उनको नियुक्ति नेपाल लक्षित होइन भन्ने कतिपय टिप्पणीकारहरूले खुलाएका छन्। जयशंकर समय र अनुभवले खारिएका एक… Continue reading
व्यङ्ग्य : मानार्थ पिएचडी अनि सुशासनको प्रमाणपत्र
—राजु अधिकारी- बच्चा बेला उनलाई स्कूल जान र पढ्न पटक्कै रुचि हुँदैनथ्यो। त्यति बेला गाउँमा नजिकै स्कुल पनि थिएन अनि पढ्ने चलन पनि त्यति थिएन। शहरतिर उनका उमेरका अरूहरूले पढ्दै गर्दा उनको अधिकांश समय चाहिँ गाउँका भीरपाखाहरुमा घाँस दाउरा काटेर बित्यो। पढाइ भन्दा उनलाई त्यही रमाइलो लाग्थ्यो, त्यसो गर्दा स्कुल नजानको लागि बहाना पनि मिल्थ्यो।… Continue reading
भाजपा Vs कन्हैया ?
-टेक भट्ट, ओहयो (अमेरिका)- खासमा यो शीर्षक नै मिलेको छैन। कुनै एक साधारण वा भर्खरमात्रै विविध कारणले चर्चा पाएका व्यक्तिको संसार कै ठूलो पार्टीसँग दाजेर नि विश्लेषण गर्न मिल्छ र? अथवा तीनपटक गुजरातका मुख्यमन्त्री भएका र हालका प्रधानमन्त्रीसँग उनलाई तौलन मिल्छ? मिले पनि, नमिले पनि यो तुलना त भइरहेको छ नै, यसको मतलब के कन्हैयाले… Continue reading
विदेशका नेपाली रेस्टुरेन्टहरुमा नेपालीले गर्छन् नेपालीको श्रम शोषण
-हेल्सिन्गिन सानोमात- सुमनले केही महिना काम गरेपछि छुट्टी पाउन थाले। नझुक्किनुस् छुट्टीको अर्थ आराम हैन, सुमनको लागि छुट्टीको अर्थ सात घण्टा मात्र काम गर्नु पर्ने दिनहरु हुन्। साधारणतया कामको शिफ्ट बिहान ९ बजेतिर सुरु भएर राति करिब दश बजे रेष्टुरेण्ट बन्द भएपछि मात्र सकिन्थ्यो। कहिलेकाहिँ हप्तामा ८० घण्टा सम्मको पनि काम हुन्थ्यो। सप्ताहन्त र चाड… Continue reading
एयरलाइन्सको अनलाइन टिकट किन्दा भएको अलमल
-संकल्प पोख्रेल- प्रविधिको प्रयोग बढेसँगै घरै बसेर आफ्नो काम फत्ते गर्न सजिलो भएको छ। इसेवाको म पुरानै ग्राहक हुँ। इसेवाका अधिकतम सेवाहरु प्रयोग गर्दै आइरहेको छु। यसको सजिलो पक्ष धेरै छ भने असजिलो पक्ष पनि छ। असजिलो पक्ष यो हो कि इसेवामा सबै बैंकबाट रकम ट्रान्सफर गर्न पाइँदैन। उदाहरण नेपाल इन्भेष्टमेन्ट बैंक हो। अरू पनि… Continue reading