Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जापानमा नेपालीहरुले देखाएको बहादुरी भाइरल

Posted on August 28, 2018 by mysansar


जापानको राजधानी टोक्योस्थित एउटा नेपाली रेस्टुरेन्टमा नेपालीहरुले देखाएको बहादुरी सामाजिक सञ्जालमा भाइरल भएको छ। टोक्योको सिन्जुकु भन्ने ठाउँमा रहेको टोक्यो रोधी क्लबमा कार्यक्रम हुँदै गर्दा कुर्सी हानाहान गरेर नेपालीहरुले बहादुरी देखाएका हुन्। टोक्योको सबैभन्दा ठूलो हबमध्येको एक सिन्जुकुलाई नेपाली टाउन पनि भनिन्छ। किनभने त्यहाँ नेपालीहरु धेरै नै छन्। आइतबार त्यहाँ एनआरएन फेस्टिभल भएको थियो। खानपान, नाचगान चलिरहेको थियो। स्टेजबाट गायकगायिकाहरु ‘आगे आगे तोपैको गोला..’ गाइरहेका थिए, यत्तिकैमा लफडा सुरु भयो। सुरुमा हात र खुट्टामात्र चलेको थियो। पछि त कुर्सी उचालेर हानाहानसमेत हुन थाल्यो।

यो सब दृश्य भने त्यहीँ भएका अरु रमितेहरुले स्मार्टफोनबाट खिचिरहेका थिए। भिडियोमा के कारणले झगडा भएको भन्ने चाहिँ थाहा हुन्न।

विदेशमा नेपालीहरुले देखाएको रमिता भने चाखलाग्दो भएर होला, सामाजिक सञ्जालमा भाइरल भएको छ।

13 thoughts on “जापानमा नेपालीहरुले देखाएको बहादुरी भाइरल”

  1. Babu says:
    September 2, 2018 at 7:08 am

    उपस्थित सबै जना झगडा गर्न नै आएको जस्तो छ. मदिरा सेवन अत्यधिक गरे पछि येस्तै हुने त हो. यो प्रोग्राम मदिरा बिक्रि गर्न नै आयोजना गरेको जस्तो छ. सबै नेपाली एस्ता हुदैनन् , कृपया जेनरलाइज नगर्नुस. यी मान्छे हरु जहाँ गएपनि येस्तै हुन्. बाँकि नेपाली हरु राम्रा छन्. नेपाली र नेपाली झगडा गरेर नेपाल को केहि बेइज्जत भएको छैन. तर एस्तो प्रकृति को मान्छे हरु लाई पुलिस लाई रिपोर्ट गरेर कानुनि कारबाही गराउनै पर्छ.

    Reply
  2. D. K. Nepali says:
    August 31, 2018 at 12:53 am

    म पनि नेपालीहरुको सभा सम्मेलनमा जाने गर्थे I तर अचेल जान छोडेको धेरै बर्ष भैसक्यो I यस्तै झगडा मात्र हुने भएर I हाम्रो नेपाली दाजु भाइहरुको धेरै जसो यस्तै झगडा भैरहन्छ I कहिले बुझ्न सकिएन किन भनेर…, तर कृपया कमाउनको लागि जसले जस्तो काम गरे पनि कमसेकम काम त गरेर खाएको छ I कामको सबैले सम्मान गरौ I धन्यबाद !

    Reply
  3. madan bajracharya says:
    August 30, 2018 at 11:24 pm

    अपराध अपराध नै हो चाहे जसले गरोस तेसैले यक जनाले जापानको प्रहरीलाई रिपोर्टिंग गरे राम्रो/

    Reply
  4. Sonam says:
    August 30, 2018 at 7:45 am

    नेपालि बिर हुनाले बुद्धु छन् चुद्धु भएकै कारण बिर छन् किन यस्तो हर्कत गर्छन नेपालीहरु लज्जाको बिषय हो यो।

    Reply
  5. Resham says:
    August 29, 2018 at 10:17 pm

    हैट नेपालीको बेज्जत / जापान जस्तो देशमा गएर नेपालीको त बेज्जत गरे / जापान सरकारले देश निकाला गरयो भने चाल पाउलान /

    Reply
  6. Max Thapa says:
    August 29, 2018 at 6:36 pm

    क्याबात बहादुरहरु, नेपाली भनेर राम्ररी चिनायछौ , जहाँ गएपनि मति र गति कहिले पनि सुध्रिने भएन अनि अरुले हेप्न पाउने नै भए नि |

    Reply
  7. shekhar says:
    August 29, 2018 at 6:03 pm

    खाते हरु न हुन्.जहाँ गय पनि पारा आइए हाल्छ.बेइज्जत देश को /

    Reply
  8. राजेश बाबु श्रेष्ठ, says:
    August 29, 2018 at 1:40 pm

    .१००% सहि Coments, धेरै राम्रो लागेको, सारै चित्त बुझ्यो …………

    १) संसारको जुन देशमा पनि जब नेपाली थोरै हुन्छन्, केही दलाल बाहेक सबै नै दाइ -भाई र दिदी-बहिनी जस्तै नै हुन्छन | अनि जब नेपालीको संख्या बढ्छ, जहाँ पनि यहि पारा हुन्छ | यो नेपालीको १००% बास्तबिक अन्तराष्ट्रिय परिचय नै हो

    २) एन आर एन मा राजनीति गर्नेहरु जापानमा मात्रै होइन सब ठाउमा येस्तै हो| देशको बदनाम गर्ने काम यसरि नै गर्छन| मानब तस्करी देखि भय भरका छद्म कागज बनाउने काम गर्छन| त्यसैले अलि भलादमीहरु एन आर एन बाट टाढै बस्छन| नेपालको राजनीति बिदेशमा आयात गर्ने फोहोरी खेलमा यिनीहरु दङ्ग पर्छन| उदेक लाग्दो छ अवस्था

    Reply
  9. Sunil, London says:
    August 29, 2018 at 1:37 pm

    “नेपाली संस्कार” जहाँ गएपनि यस्तै हो ! जापान मात्र हैन अमेरिका , वेलायत , अस्ट्रेलिया जहाँ जानुस यस प्रकारका घटना हुनु सामान्य हो ! रक्सि खाएर कुटपिट होहल्ला र राजनीति गर्ने निहुमा लात , मुक्का , कुर्सि हानाहान भएन भने “कार्यक्रम” नै खल्लो वा के नपुगे के नपुगे जस्तो हुने !!!!
    देश को नाम उच्च राख्न यस प्रकारका घटना घटाउदै गरौ ! Keep it Up !!!!

    Reply
  10. कपिल श्रेष्ट says:
    August 29, 2018 at 10:16 am

    “पाखे” ले “साके” sake खान पाएको / एक पेग खाँदा तीन पेग जस्तो लागी गो /

    “साप्पोरो” खान पाएको , आर्का को “पुर्पुरो” मा कुर्सी ठटाउन पुगी हाल्यो

    “आचिखान” बुद्धि भएका ले “कीरिन इचिबान” पिउन पाएका / हान्ने गोरु जस्तै भै हाले

    यी अभागी हरु को कर्म मा “सन्तोरी” santory खाएर “सन्तोषी” भएर बस्ने लेखेकै छैन

    अझ महंगो “यामाज़ाकी” yamazaki घिचेका भए त अझ घमासान गरेर “यम” राज कहाँ “जाकि” हाल्थे होला यी असत्ती हरु

    हरे …. हेर ई दौरा न सौरा का खल्ती हरु जति विकसित ठाउं मा पुगे पनि आखिर भाँडा मजुवा न परे …. भाँडा मजुवा प्रवृत्ति कहाँ जान्छ र ?

    Reply
  11. समिर says:
    August 29, 2018 at 9:45 am

    संसारको जुन देशमा पनि जब नेपाली थोरै हुन्छन्, केही दलाल बाहेक सबै नै दाइ -भाई र दिदी-बहिनी जस्तै नै हुन्छन | अनि जब नेपालीको संख्या बढ्छ, जहाँ पनि यहि पारा हुन्छ | यो नेपालीको १००% बास्तबिक अन्तराष्ट्रिय परिचय नै हो |

    Reply
  12. D Gurung says:
    August 29, 2018 at 3:06 am

    एन आर एन मा राजनीति गर्नेहरु जापानमा मात्रै होइन सब ठाउमा येस्तै हो| देशको बदनाम गर्ने काम यसरि नै गर्छन| मानब तस्करी देखि भय भरका छद्म कागज बनाउने काम गर्छन| त्यसैले अलि भलादमीहरु एन आर एन बाट टाढै बस्छन| नेपालको राजनीति बिदेशमा आयात गर्ने फोहोरी खेलमा यिनीहरु दङ्ग पर्छन| उदेक लाग्दो छ अवस्था|

    Reply
  13. मुकेश यादव says:
    August 29, 2018 at 1:10 am

    जपान अनी कोरीया मा दिन को १२ घण्टा एक सूर ले उसिनेको अण्डा छोडाउने , लगातार फेक्ट्री मा उही गूइये काम बार बार करने अनि नेपाल आएर रवाफ देखाउने ,

    अनि कोरीयन या जपानी मालिक को अगाडि खिसिक्क हाँसेर मल लप लप चाटेको जस्तो मुख लगाएर आफ्नै नेपाली हरुको कुरा लगाएर आफु चाहिं मालिक को पाल्तु कुकुर जस्तो हुन खोजने….

    अनि उही काम बार बार बार दोहरयेर तेहरेयेर करे पछि बोर लाग्दो हो / अनि के करने त् ? जांड घिचने , राजनीति बकने अनि निहुँ खोजेर फाइट करने

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme