Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फिल्म नदेखाउने तर टिकट बेच्‍ने एफक्युब हल

Posted on October 24, 2018October 26, 2018 by mysansar


-प्रसन्न-
मंगलबार काठमाडौँको एफक्युब हलमा साँझ सवा ७ बजेको फिल्म हेर्नका लागि मैले अनलाइनबाट टिकट किनेँ। अनलाइनबाटै टिकटको भुक्तानसमेत गरेँ। तर हलले त आज सवा ७ बजेको शो छैन पो भन्यो। पैसा भुक्तान भइसकेको थियो, तर उनीहरुले पैसा फिर्ता दिन चाहेनन्। म जस्तै यसरी अरु पनि कति ठगिएका होलान्।

अपडेट : एफक्युबले माफी माग्यो
यो ब्लग प्रकाशन भएपछि एफक्युब सिनेमाजका कस्टुमर सर्भिस म्यानेजर रामहरि कोइरालाले माफी मागेका छन्। यही ब्लगमा कमेन्ट गर्दै उनले टेक्निकल एररका कारण यसो भएको स्पष्टीकरण दिएका छन्। उनको कमेन्ट जस्ताको तस्तै

सर्ब प्रथम कस्टुमर सर्विस मेनेजर को हैसियत ले म सर्बप्रथम प्रसन्न जी ले भोग्नु भएको दुक्ख लाइ भित्रि मन देखि नै माफी माग्छु तर टेक्निकल इरोर को कारण ले शो टाइम चेन्ज गर्नु पर्ने भएको ले र शो मा कुनै टिकेट न बिकेको अवस्था मा हामी ले चेन्ज गर्ने प्रोसेस को १-२ मिनेट को बीच मा वहा ले टिकेट काट्नु भयेछ समस्या त्यै बाट आयो.
तर जब समस्या देखियो हामी तेइ बेला देखि नै प्रसन्न जी संग निरन्तर सम्पर्क मा बसेका छौ. वहा लाइ हामी ले अप्सन दिएका थियोउ हजुर अर्को कुनै शो हेर्नु हुन्छ कि टिकेट को पैसा फिर्ता लैजानु हुन्छ भन्दा वहा ले बुध बार को राति को शो हेर्ने इच्छा देखाउनु भयो र सोहि अनुरुप हामि ले वहा लाइ वहा को टाइम अनुकुल शो देखायौ
शो हेरी सके पछि पनि हामी ले वहा लाइ हामि ले आज फोन गर्योउ वहा हाम्रो सर्विस देखि निक्कै नै खुसि हुनु हुन्छ
तेसैले मा ढुक्क संग संग टिकेट काट्न र हाम्रो सिनेमा मा एफ क्युब सिनेमास मा मुभी हेर्न आउन अनुरोध गर्दछु

रामहरी कोइराला
कस्टुमर सर्विस मेनेजर
एफ क्युब सिनेमाज

5 thoughts on “फिल्म नदेखाउने तर टिकट बेच्‍ने एफक्युब हल”

  1. gyanendra says:
    October 26, 2018 at 10:32 am

    लाजको पोको रहेछौ रामहरी तिमि .. ठगि धन्दा बन्द गर

    Reply
  2. Ramhari koirala says:
    October 25, 2018 at 4:30 pm

    टेक्निकल इरोर लाइ लिएर सम्पूर्ण हल लाइ नै दोष लगाउनु अलि गलत भयो कि ????

    सर्ब प्रथम कस्टुमर सर्विस मेनेजर को हैसियत ले म सर्बप्रथम प्रसन्न जी ले भोग्नु भएको दुक्ख लाइ भित्रि मन देखि नै माफी माग्छु तर टेक्निकल इरोर को कारण ले शो टाइम चेन्ज गर्नु पर्ने भएको ले र शो मा कुनै टिकेट न बिकेको अवस्था मा हामी ले चेन्ज गर्ने प्रोसेस को १-२ मिनेट को बीच मा वहा ले टिकेट काट्नु भयेछ समस्या त्यै बाट आयो.
    तर जब समस्या देखियो हामी तेइ बेला देखि नै प्रसन्न जी संग निरन्तर सम्पर्क मा बसेका छौ. वहा लाइ हामी ले अप्सन दिएका थियोउ हजुर अर्को कुनै शो हेर्नु हुन्छ कि टिकेट को पैसा फिर्ता लैजानु हुन्छ भन्दा वहा ले बुध बार को राति को शो हेर्ने इच्छा देखाउनु भयो र सोहि अनुरुप हामि ले वहा लाइ वहा को टाइम अनुकुल शो देखायौ
    शो हेरी सके पछि पनि हामी ले वहा लाइ हामि ले आज फोन गर्योउ वहा हाम्रो सर्विस देखि निक्कै नै खुसि हुनु हुन्छ
    तेसैले मा ढुक्क संग संग टिकेट काट्न र हाम्रो सिनेमा मा एफ क्युब सिनेमास मा मुभी हेर्न आउन अनुरोध गर्दछु

    रामहरी कोइराला
    कस्टुमर सर्विस मेनेजर
    एफ क्युब सिनेमाज

    Reply
  3. shovakhar baral says:
    October 25, 2018 at 11:42 am

    दशैं अगाडी छक्का पन्जाकै टिकट मैले पनि अनलाइन बाट बुक गरेको थिए fcube मै। fcube को website बाट नै बुक गर्दा esewa को एकाउन्टमा पैसा काट्यो तर अनलाइनमा
    टिकट नै generate हुदैन । esewa लाइ कल गरेको घरि बुटवल बाट कल गर्छन घरि राति नौ बजे सम्म समस्या समाधान हुन्छ भन्छन् । टिकट अर्को दिनको थियो त्यसैले एक पटक fcube मै कल गरे उतै बाट बुक गरिदियो र सजिलो भयो। fcube को सिस्टम अपरेटर एक नम्बरको अल्छी जस्तो छ । कि त अनलाइन मा बूकिंग सिस्टम राख्नु भएन कि त जनतालाइ दुख दिनु भएन। कामै नभको जस्तो गराउछन आम मान्छेलाइ ।

    Reply
  4. ramzi says:
    October 25, 2018 at 4:17 am

    This is NEPAL, Malebolence place!!!!!! everyone wants money without bearing any responsiblity. It rampant everywhere from parking to shopping, eatery to groceries,it’s universal. The country where IdoIt are ruler, broker mediate, thugs direct and scholar serve.

    Reply
  5. Shankar says:
    October 25, 2018 at 12:53 am

    प्रसन्न जी
    प्रमाण सहित नेपाल प्रहरी मा जादा कसो होला?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme