Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्पेनको नेपाली दूतावासको केटाकेटी कुटनीति

Posted on February 7, 2019 by mysansar


-सन्तोष न्यौपाने/बेल्जियम-

लामो प्रयासपछि युरोपियन देश स्पेनमा नेपाली दुतावासको स्थापना भयो। दुतावास खडा गर्न त्यहाँका नेपालीहरुले वर्षौ संघर्ष गरे। प्रत्येक परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझायो। अन्ततः संघर्ष पछिको सफलता स्पेनका नेपालीहरुले प्राप्त गरे। तर अहिले कागलाई बेल पाक्यो हर्ष न विस्मात झैँ भएको छ।

दुतावास स्थापनापछि राप्रपा कोटाबाट भरतबहादुर रायमाझी नियुक्ति भए। तर नियुक्ति पछि पनि परराष्ट्र कै कर्मचारीको कारण उनलाई तत्काल स्पेन आउन बाट रोकियो र मन्त्रालयमै हाजिर गरेर बस्ने काम गरे। जब स्पेन आए, तब कर्मचारी र स्पेनका नेपालीको राजनीतिक कोपभाजनमा परे। जसको कारण सरकारको राजदूत फिर्ता बोलाउने कार्यमा थप बल पुग्यो।

अहिले कार्यवाहक बनेका हरिहरकान्त पौडेल विगतमा कतार र इजरायलमा काम गरिसकेका हुन्। पौडेलको कतार र इजरायलमा काम गर्दाको रेपुटेसन राम्रो थिएन।

कार्यवाहक राजदूत पौडेलको स्पेन बसाइँ पनि विवादित बन्दै गएको छ। दूतावासका गोप्य सूचना र डाटा मिडियामा सार्वजनिक भएका छन्। पछिल्लो पटक फेसबुक स्टाटसमा आएको दूतावासको एक पाने विज्ञप्तिले झन् पदीय दायित्वलाई स्खलित बनाएको छ। परराष्ट्रका प्रवक्ता र पौडेलको राम्रो सम्बन्धका कारण उनीमाथि कारबाही हुन सकेको छैन।

इजरायलमा लामो समय पत्रकारितामा कार्यरत एक सहकर्मीले नाम नलेख्ने सर्तमा भने -“पौडेललाई कूटनीति अलि थाहा छैन। आर्थिक फाइदाको लागि उनी जे गर्न पनि तयार छन्।” उनका अनुसार इजरायलमा उनको छवि गतिलो छैन।

विज्ञप्ति आएपछि युरोपमा रहेका केही दूतावासमा कार्यरत कर्मचारीलाई यस बारेमा जिज्ञासा तेर्साएको थिएँ। यसै बारेमा नेपाली दूतावास डेनमार्कमा कार्यरत उपनियोग प्रमुख द्रोणनाथ अर्यालले विज्ञप्ति निकाल्न नहुने भन्ने होइन तर यो कार्य गलत भएको बताए। उनले यसरी विज्ञप्ति निकाल्दा अरू दूतावासको छवि माथि आँच आउन सक्ने बताए।

अर्याल मात्रै होइन अरू कुटनीतिक नियोगका कर्मचारी पनि यो कार्यदेखि असन्तुष्ट नै देखिन्छन्। उनीहरूको एउटै आवाज छ सानो सानो कुराहरूमा, समाचारहरुमा असन्तुष्ट जनाउनु मूर्खता हो। कुटनीतिक मर्यादा नाघेर अगाडि बढ्नु हुँदैन।

यसै क्रममा विज्ञप्ति निकाल्ने स्पेन स्थित नेपाली दुतावासका कार्यवाहक राजदूत हरीहरकान्त पौडेलले भने -“के गर्ने त, सहयोगी सम्झेको साथीहरुले संस्थाको बदनाम हुने प्रकारका सामाग्री पोष्ट गरेपछि। संस्थाको प्रतिरक्षा गरेको मात्र हो। सामान्य व्यक्तिको स्टाटस भए खण्डन गरिरहनु पर्ने थिएन तर उच्च र सम्मानित ब्यक्तिको वालबाट आएपछि सोच्न पर्ने भयो। हामीले संस्थाको प्रतिरक्षा गर्नै पर्ने अवस्था आएर हो। यसलाई धेरै नकारात्मक नलिउँ सर।”

1 thought on “स्पेनको नेपाली दूतावासको केटाकेटी कुटनीति”

  1. प्रबल says:
    February 8, 2019 at 10:57 am

    परराष्ट्रका र राजदुतावासका कर्मचारीहरु भन्या नेपालीले तिरेको करमा मोज गर्नेहरु हुन्|
    जिब्रो नचपाई सिधा कुरो भन्न पर्दा राजदुतावास भनेकै कुनै निश्चित दुई तीन जातको जागिर खाने थलो हो| सबै उपलब्धि शुन्य छन्|देशलाई त्यस्ताहरु नहुदा पनि केहि फरक पर्दैन| नभएकै जाति|
    राजदुत र राजदुतावासको सट्टा श्रम सहचारी वा अवैतनिक कन्सुलर राखे काम पुग्छ|
    समवेदना र वधाई पनि छुट्याउन पर्ने जस्ता गम्भीर बिषयमा समेत ध्यान पुर्याउन नसक्ने कर्मचारी रहेछन भन्ने हालैको प्रकरणले प्रष्ट पारेको छ|
    राजनैतिक पार्टीको कोटामा एनआरएनको एजेन्डा लिएकालाई पनि राजदुत नियुक्ति गरिएको छ| सासूलाई र सालीलाई पनि राजदुत| सुजाता मन्त्रि हुँदा झन् गर्नु नगर्नु गरे|
    प्रा. सुरेन्द्र केसीले संधै भन्ने गरेको के भने दलाललाई पनि राजदुत नियुक्ति गरेपछि मुलुकको हैसियत घटने भयो|
    स्पेनको राजदुतावासबाट त्यति उग्र बिग्यप्ति जारी गर्नु पर्ने कामै थिएन| उनीहरुलाई तुरन्तै कारवाही हुनपर्छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme