-राजेन्द्र थापा-
• ठूलो मिडिया : शक्तिमान
• दुलो मिडिया:- अर्काको समाचार दुलोबाट छिरेर टाँसुवा
• फूलो मिडिया: राम्रो सङ्ग नदेखिकनै सब देखेझैं गरुवा
• धूलो मिडिया: जस्का रिपोर्टरसङ्ग बस चढ्ने पैसा पनि नहुने कारण सडकमा धुलो खन्चुवा
• कुलो मिडिया: बांझा नेता, पार्टी र प्रहरी हाकिमहरुलाई सिंचाई गरेर हिरो फुलाउवा
• चुलो मिडिया:- जसरी भए नि जुगाड गरेर साँझ बोतल इन्धनले पेट चुलो बालुवा
• डुलो मिडिया: खवर बटुल्न सधैँ कष्टकर डुलुवा
• मुलो मिडिया: थोरै मुला खाए नि धेरै डकारुवा
• भुलो मिडिया: आफै बिपक्षमा छाप्छ आफै भुल्छ र अर्को दिन ठिक उल्टो पक्षमा छापुवा
• हुलो मिडिया: मिडियामा हुलदङ्गा गरुवा
• घुलो मिडिया : जस्तो रङ्ग तेस्तैमा घुलुवा
• छुलो मिडिया: साथी को कुरा सम्पादकलाई लाउंदै हिंडुवा
• झुलो मिडिया: कहिले अरुलाई त्रस्त झुलाउने कहिले आफै मस्त झुल्ने झुलुवा
(थापाको फेसबुकबाट साभार)
घुलो मिडया : जोसंग पनि घुलमिल भएर चिया पसलमै बसेर समाचार संकलन गर्न सक्ने ।
टुलो मिडिया : घटनाक्रमलाई टुलु टुलु हेर्ने तर खबर बनाउन नसक्ने ।
तुलो मिडिया : खबरलाई तुलोमा तौलेझैं नापतौल गरेर प्रकाशन प्रसारण गर्ने ।
लुलो मिडिया : अपुषुट खबर छाप्ने वा प्रसारण गर्ने ।
अनि लाष्टमा
***ुलो मिडिया : खाली छाडा र यौनका विषयमा लेख्ने ******* जस्तो मिडिया ।