Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हामीले जस्तो फ्री विज्ञापन पाउने कुन शहर होला? तर पर्यटकहरुलाई हाम्रो पुस्ताको देखाउने के?

Posted on December 19, 2018 by mysansar

– विश्व पौडेल –

हामीले जस्तो फ्री विज्ञापन पाउने कुन शहर होला?

गएको केही वर्षदेखि लोन्ली प्लानेट लगायत धेरै ट्राभल गाइडहरु, वेबसाइटहरुले हाम्रो मुलुकलाई घुम्नै पर्ने लिस्टमा राखेको राख्यैछन्। भर्खरै पनि सिएनएनमा लोन्ली प्लानेटको सन् २०१९ को घुम्नुपर्ने सहरको सूचीमा नेपालको काठमाडौँ पाँचौमा भएको खबर आयो। यति धेरै फ्री विज्ञापन त कमै देशले पाउँछन् होला।


विदेशी संस्थाहरु र विदेशी पर्यटकहरुको यो सद्भाव साँच्चै अनमोल छ। गएको तीन वर्षमा हाम्रो पर्यटक आगमन दर लगभग वार्षिक २०% ले बढेको छ र यही दरमा बढ्यो भने अर्को चार वर्षमा २० लाख पर्यटक आउनेछन्। तिनलाई हामीले के देखाउने?

पुर्खाले बनाएका कुराहरु छँदैछन्: १५०० वर्ष पुराना ललितपुरका बहालहरु, तीन शहरका दरबार स्क्वायरहरु, स्वयम्भू र पशुपतिनाथ टप ड्र रहनेछन्।

अब हाम्रो पुस्ताको योगदान पनि सोचौँ।

साना, तर सरकारले चाहेमा तीन चार वर्षभित्र सक्ने कामहरु के हुनसक्छन्?

टुँडिखेलमा सिमेन्ट थुपार्ने कि त्यसलाई एक सुन्दर ठाउँको रुपमा विकसित गर्ने? काठमाडौंमा फराकिला फुटपाथ बनाउने कि नबनाउने? हरिहर भवनमा बसेका मन्त्रीहरु साइकल चढेर रमाउँदै सिंहदरवार जानसक्ने बनाउने कि?

त्यसबाहेक सडक छेउका घरहरु अति कुरुप छन्। बेलामा रङ पनि लगाउँदैनन्। क्यालिफोर्नियाको बर्कली शहरमा भएको एउटा नियम मलाई खुब मन पर्थ्यो। त्यहाँ घर बनाउनु अघि त्यो घर निर्माणले कुन अर्थमा त्यो ठाउँको सुन्दरता बढाउँछ भनेर उत्तर दिनुपर्दो रहेछ। चोकमा सडकमा भएका घरहरुको positive र negative externality दुबै हुने भएकोले ती घर कस्तो बन्छन् भन्ने कुरामा समाजको चासो हुनुपर्छ।

अाइडियल्ली, पर्यटकहरुले हेर्ने हाम्रो देश यस्तो बनोस जहाँँ राष्ट्रपति, प्रधानमन्त्रीहरु पनि हाँस्दै बाटोमा हिँडुन्, कफी खाउन्, अफिस जाउन्, साइकल मन लागे साइकल चढुन्। शहर कलात्मक होस। राजनीति सहिष्णु होस्। जनतालाई दास जस्तो बनाएर घण्टौ जाम पारेर सवारी गर्ने प्रथा हटोस्। पर्यटकलाई देख्ने बित्तिकै कसैले नठगुन्। समाज सहिष्णु देखियोस्, कसैले कसैलाई जात र सम्प्रदायको आधारमा नहेपोस्।

एकपटक प्रकृतिको सुन्दरता हेर्न आएका पर्यटक अर्कोपटक हाम्रो समाज मात्र हेर्न, यहाँँ बसेर हामीसँग डुल्न, फेरि आउन्। सुन्दर हिमाल र पहाडलाई जस्तै हामी र हाम्रो समाजलाई पनि सम्झिउन्।

(पौडेलको फेसबुक स्टायटसबाट साभार। यो विषयमा तपाईँको के राय छ? तपाईँका पनि केही सुझाव भए तल कमेन्टमा लेख्न सक्नुहुन्छ)

4 thoughts on “हामीले जस्तो फ्री विज्ञापन पाउने कुन शहर होला? तर पर्यटकहरुलाई हाम्रो पुस्ताको देखाउने के?”

  1. madan bajracharya says:
    December 25, 2018 at 7:05 am

    हाम्रो नेपाल हामि नेपालि राम्रो भयको विदेशीले देखायको कुरा पनि आज व्यंग बनेको छ आफु मानशिक रुपमा दरिद्र, अपाङ्ग भयकोले नेपाल र नेपालीलाई घिचार्दै लछार्दै पछार्दै आफु जस्तै बनाउन लागि परेकोले नेताहरुको निमित/

    यो कुरामा मलाई यक जना हाम्रो टोलको हेर्दा महा दरिद्र देखिने महाधनि व्यक्तिको याद आउँछ/ नेपालको उहिले शान्त भवन अस्पताल रहेको दरवार टोखा अस्पताल रहेको दरवार लगायत ७ वटा दरवारहरुको मालिक उ थियो/ती दरवारहरु बाहेक उसको हाम्रै टोलमा पनि ठुलै घर जग्गाहरु छ र अन्त पनिछ; सम्पति उसले घरको भकारीमा समेत राख्नु पर्थ्यो तेसैले उसलाई सबैले भकारि साहु भन्थ्यो/ तेस्ले गतिलो लुगा पनि लगाउन्दैन, थोत्रो साईकल चलायर दिन भरि डुलेर तरकारी पनि साँझ तिर नबिकेकोले फर्काउन लागेकोले सस्तोमा बेचेको किन्छन/ तर उसले मागेको ब्याज दियो भने जति भने पनि सापटी दिन्छन/ उसलाई देख्नेले कसैले उ नेपालकै धनिहरु मध्य हुन् सक्छ भनेर कल्पना पनि गर्न सक्दैन/ तर उसको बाहिरि लुगा उसले चलाउने साइकल र किन्ने नबिकेको तरकारी मात्रै देख्नेले उसलाई “दरिद्र” नै देख्छ तर के उ दरिद्र हो?

    त् यस्तै प्रश्न जवर्जस्ती नेपाललाई दरिद्र र भारत आश्रित बनाउन खोजेकोमा गर्न सकिन्छ/ हाम्रो नेपाल बिस्वकै मलिलो माटो र खेत भयको देस हो तर हामि भारतमा नबिकेको तरकारी किन्न बाध्य बनायको छ/ बिस्व्मै दोश्रो ठुलो जल विद्युतको भण्डार छ हामि सिट तर भारतले बिजुली नदिय तेल नदिय टुकी समेत बाल्न नसक्ने बनायको छ/ नेपालको सबै नदीहरुमा भारतको बाँध बनाउन नदिय पानि सम्पूर्ण नेपालको पानि सितैमा नदिय नेपालको तराईलाई नै दुवाउन सक्ने बाँध सडकको नाममा बनाउंदै छ/ तापनि हामि नेपाल र नेपालीलाई भारतले मिचे पनि आफ्नो कुर्सीलाई जोगावास भन्ने नेताहरुको कारण हामि नेपालि भकारी साहु जस्तै ……/

    Reply
  2. Narayan Pahari says:
    December 21, 2018 at 6:59 am

    राम्रो लेख रैछ।कस्तुरीले बास्ना कता बसायो भनेर दौडिरहन्छ तर आफ्नै बृणा बसाएको थाहा पाउदैन।सबै नेपालीले एकदिन नेपाल स्वर्ग रैछ भनेर थाहा पाएर देशबिदशबाट फर्केर यसलाई संरक्षण गर्ने र नबुझ्नेलाई बुझाउने दिन आउछ।

    Reply
  3. sahas says:
    December 19, 2018 at 1:25 pm

    मित्र बिस्व, (पौडेल बाट होईन है) :
    एउटा प्रस्न: बेर्केर्ली को कुरा गर्दै हुनुहुन्छ : आफु चाही कत्तिको घुम घाम गर्नेमा पर्यो नि अमेरिकामा ? साथीहरुको ठाउँ खोज्ने बस्न को लागि अनि सामुहिक रुपमा खाना खाने त्यहाँ पैसा बचाउनको लागि हो भने यस्त्रो खोक्रो कुरा नगरे कै राम्रो |

    काठमाडौँ (ये:) को ईतिहास र सभ्यता को बारेमा राम्रो गरि बुझु अनि किन अहिले यस्तो भएको पनि |

    अर्को कुरा : हामीलाई यस्ता घन्टौ लगाएर बियरको बोत्तल सिध्याने बाहिरि पर्यटक चाहिएको छैन न त त्यस्तो आन्तरिक नै, जो दुबैले यो सहरको मर्म लाइ बुझ्दैन |

    Reply
  4. Shankar says:
    December 19, 2018 at 7:27 am

    नेपालि लाइ ज्ञान आउँन बर्क्ली सहर नै घुम्न पर्ने रहेछ | साढे तिन करोड नेपालि लाइ १ चोटी अमेरिका लेउन पायो भने मात्र तपाइँ ले चाहे जस्तो होला | नत्र नेपाल मा बसेर त् ,खान न पाउञ्जेल बाम , खान पाएपछि हाम |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme