-हेल्सिन्गिन सानोमात-
सुमनले केही महिना काम गरेपछि छुट्टी पाउन थाले। नझुक्किनुस् छुट्टीको अर्थ आराम हैन, सुमनको लागि छुट्टीको अर्थ सात घण्टा मात्र काम गर्नु पर्ने दिनहरु हुन्।
साधारणतया कामको शिफ्ट बिहान ९ बजेतिर सुरु भएर राति करिब दश बजे रेष्टुरेण्ट बन्द भएपछि मात्र सकिन्थ्यो। कहिलेकाहिँ हप्तामा ८० घण्टा सम्मको पनि काम हुन्थ्यो। सप्ताहन्त र चाड पर्व विशेष बिदाहरुमा दिनको काम १६ घण्टासम्म पनि लम्बिन्थ्यो।
नेपालीहरु यसलाई लामो काम भन्दछन् ।
सुमन र अन्य दुई जना माउन्ट शेर्पा नामक लोकप्रिय रेष्टुरेण्टमा काम गर्दथे।
सुमनलाई कुनै किसिमको ज्याला तिर्ने गरिएको थिएन । करारनामा मुताबिकको तलब नोर्देया बैंकको खातामा तिर्ने गरिन्थ्यो तर त्यो खाता रेष्टुरेण्ट मालिकहरुको नियन्त्रणमा हुने गर्दथ्यो।
सुमनले यो शोषण साढे एक वर्षसम्म सहे। त्यसपछि उसले एउटा असाधारण कदम चाले र कुओपियोको प्रहरी कार्यालयमा उजुरी गर्न पुगे।
यो घटना दुई वर्ष पहिले घटेको थियो। गत डिसेम्बरमा पोह्योस सावोको जिल्ला अदालतले रेष्टुरेण्ट माउन्ट शेर्पाको मालिक पूर्ण अधिकारीलाई तीन गम्भीर कर छली र तीन मानब तस्करीका अपराधका लागि एक वर्ष आठ महिना को जेल सजाय करार गरेको थियो।
सुमनको मालिकलाई तोकेको सजायको फैसला दुर्लभ प्रकृतिको थियो तर यस्तो खालको शोषण भने फिनल्याण्डमा सामान्य छ।
हेल्सिन्गिन सानोमातले गरेको छानबिनका अनुसार फिनिशहरु माझ लोकप्रिय नेपाली रेष्टुरेण्टहरुका अध्याँरा पाटाहरु पनि छन् जुन यस अघि सार्बजनिक भएको थिएन । रेष्टुरेण्टहरुमा सामान्यतया कामदारहरुलाई काम गराइने अबधि दिनको १६ घण्टा सम्म पनि लम्बिन सक्दछ।
रेष्टुरेण्टमा काम गर्न आएका नेपाली कामदारहरुले काम पाउनको लागि पनि पैसा तिर्नु पर्ने हुन्छ र यहि कारण काम गरे वापत पाउनु पर्ने तलब प्राय: शुन्य बराबर हुने गर्दछ।
हेल्सिन्गिन सानोमातले पाँच महिनाको अवधिमा उन्नाईस जना नेपालीहरु र एक जना भारतीयको अन्तर्वार्ता लिएको थियो, जसमध्ये १५ जनाले नेपाली रेष्टुरेण्टमा काम गर्दछन् । यिनीहरुसँग फिनल्याण्डका विभिन्न क्षेत्रस्थित १० भन्दा बढी बेग्लाबेग्लै रेष्टुरेण्टहरुमा धेरै वर्ष काम गरेको अनुभव छ।
अन्तर्वार्ता दिने व्यक्तिहरु आफ्नो काम गुमाउने र त्यसको नतिजा स्वरूप फिनल्याण्डको बसोबास अनुमति पनि गुमाउने त्रासले यो लेखमा आफ्नो नाम खुलाउन चाहदैनन् । यिनीहरु मध्ये केहि व्यक्तिहरु आफ्नो र आफ्ना परिवारका सुरक्षा प्रति चिन्तित छन्।
नेपालीहरुका भनाईहरु धेरै अर्थमा समान छन् । यिनीहरुका भनाई अनुसार प्राय सबै रेष्टुरेण्टहरुको काम गराउने तौर-तरिकाहरु एकै किसिमका छन् : काम कानूनको दायराभन्दा माथि र एकदमै धेरै गराइन्छ तर कानून अनुसारको पारिश्रमिक भने अत्यन्त न्युन दिइन्छ।
एन जना कूकले आफू फिनल्याण्ड आएपछि हरेक दिन १४ घण्टा काम गर्ने र एक दिन पनि छुट्टी नपाउने कुरा बताए। अतिरिक्त काम र ओभर -टाइम बापतका तलबहरु दिइँदैन थियो र महिनामा एक हजार युरो भन्दा कम पैसा हात लाग्दथ्यो । यस मध्ये आधा पैसा मालिकलाई काम दिए बापतको ऋण स्वरूप भुक्तान गर्नु पर्दथ्यो।
“जब मैले आफ्नो अवस्था बारे गुनासो गरे मालिकले मलाइ नेपाल फर्काइदिने धम्की दिए।”
अर्को अन्तर्वार्ता दिने व्यक्ति भन्छन् कि उनले एक वर्षको अवधिमा हर दिन १३ घण्टा काम गरे र तलब स्वरूप मात्र केहि सय युरो प्रति महिना पाउंथे । उसको तलब यति कम थियो कि पैसा जोगाउनको लागि उनी भाँडा माझ्ने साबुनले नुहाउने गर्दथे।
आफ्नी श्रीमती मञ्जु शर्मासँग देवी शर्माको फोटो । उनी १९८० दशकमा फिनल्याण्ड आएका हुन् र उनलाई रेष्टुरेण्ट मालिकहरु बिचका सबभन्दा प्रभावशाली व्यक्ति मानिन्छ। (KUVA: VALTTERI HEINONEN / HS)
लगभग सबै अन्तरवार्ता दिने व्यक्तिहरुले फिनल्याण्डमा ल्याइदिए बापत आफ्नो मालिकलाई पैसा तिर्नु परेको बताएका छन्। तिरिएको रकम ५००० देखि १५००० युरो सम्मको थियो।
फिनल्याण्डमा उनीहरुको अवस्था अति जर्जर छ । कामदारहरु अक्सर साँघुरो कोठामा अरु रेष्टुरेण्टका कामदार हरुसँग मिलेर सुत्ने गर्दछन । हेल्सिन्गिन सानोमातलाई अन्तरवार्ता दिने एउटा व्यक्तिले दुई कोठाको फ्ल्याटमा आफु अरु ६ जनासँग बाँडेर बस्ने गरेको बताएको छ।
विभिन्न शहरहरुमा बसोवास गर्दै आएका केही अन्तर्वार्ता दिने व्यक्तिहरुका भनाई अनुसार उनीहरुका मालिकहरुले उनीहरुकोको राहदानी आफ्नो नियन्त्रणमा राखेका थिए । धेरै जसो व्यक्तिहरुका अनुसार बिरामी भएको अवस्था अथवा चोट पटक लागेको अवस्थामा पनि काममा जानु नै पर्ने हुन्छ।
हेल्सिन्गिन सानोमातको यो छानबिन लगभग २० वटा रेष्टुरेण्टहरुमा आधारित छ। अन्तरवार्ता दिनेहरुका भनाई अनुसार यो समस्या अझ बृहत छ। तथापि हेल्सिन्गिन सानोमातसँग सबै नेपाली रेष्टुरेण्टहरुको प्रमाण भने छैन।
उनीहरु माथि गरिने शोषणबारे नेपालीहरु आफैँ भन्न चाहन्छन् । यो विषयसँग सम्बन्धित यहाँको सरकारी निकायले यस विरुद्ध केही कदम चालोस भन्ने उद्देश्यका साथ उनीहरुले यी कुराहरु हेल्सिन्गिन सानोमातलाई बताएका हुन् ।
यो लेखको लागि अन्तर्वार्ता दिने एक व्यक्ति फिनल्याण्डमा यस्तो शोषण यति धेरै वर्षसम्म कसरी चलिरहन सक्यो भनेर अचम्म पर्छन्। अर्को व्यक्ति जो वर्षौ नेपाली रेष्टुरेण्टको भान्छामा काम गर्दै आएका छन् र उनी भन्छन् अन्य धेरै कूकहरुको अबस्था अझै जटिल छ।
हेमराज शर्मा रेष्टुरेण्ट मालिकहरु बिचका प्रभावशाली व्यक्तिहरु मध्यमा एक मानिन्छ। (KUVA: HEIDI PIIROINEN / HS)
“हामी चाहान्छौं की फिनल्याण्ड सरकारले यसको विरुद्ध कदम चालोस, किनकि यी अपराधिक क्रियाकलापहरु सुनियोजित तरिकाले हुने गरेको छ।”
फिनल्याण्डमा नेपाली रेष्टुरेण्टहरु तुलनात्मक रुपमा नै धेरै छन् ।
फिनल्याण्डमा पहिलो नेपाली रेष्टुरेण्ट हेलसिन्कीको कल्लियोको कोल्मोस्लिन्यामा १९९३ मा खोलिएको थियो । त्यो रेष्टुरेण्टको नाम हिमालया थियो। रेष्टुरेण्ट खोल्ने व्यक्तिको नाम थियो देवी शर्मा ।
उनी १९८० को दशकमा हेमराज शर्मासँग फिनल्याण्ड आएका थिए। यिनीहरु दुवै जना नेपालको एक गरिब ग्रामिण क्षेत्र गुल्मीबाट आएका थिए।
आजकल यिनीहरु हेलसिन्की वरिपरिका धेरै रेष्टुरेण्टहरुका मालिक बनेका छन्।
हेल्सिन्गिन सानोमातलाई अन्तरवार्ता दिने सम्पूर्ण व्यक्तिहरुका अनुसार यिनीहरुका ब्यापारका थुप्रै अधेंरा पाटाहरु छन्। अन्तरवार्ता दिनेहरु सबैले एकै मत राख्दछन् कि देवी शर्मा नै नेपाली रेष्टुरेण्टहरुका मालिकहरुको संजालको केन्द्रीय व्यक्ति हुन्। हेमराज शर्मालाई यो संजालको दोश्रो प्रभावशाली व्यक्तिको रुपमा मानिन्छ ।
यी दुई जना आए पश्चात सत्कार रेष्टुरेण्टका मालिक राम अर्याल फिनल्याण्ड आइपुगेका हुन् र उनी हेमराजका काकाका छोरा हुन्।
रेष्टुरेण्टका अग्रगामीहरू देवी, हेमराज शर्मा र उनीहरु पछि अन्य व्यक्तिहरुले गुल्मीबाट आफ्ना आफन्तीहरुलाइ कामदारका रुपमा फिनल्याण्ड ल्याएका हुन्। त्यसपछि आफन्तीका आफन्तीहरु र अन्य नेपालीहरु ल्याइएका हुन्।
गत वर्ष नेपाली टि. भी. मा दिएको अन्तर्वार्तामा देवी शर्माले निकै शानका साथ आफूले फिनल्याण्डमा १५०० नेपालीहरु ल्याएको कुरा बताएका थिए।
अप्रत्यक्ष रुपमा शर्माले पक्कै पनि विगतका वर्षहरुमा सयौं नेपालीहरु ल्याएको हुनु पर्दछ। उनका धेरै कामदारहरुले पछि गएर आफ्नै रेष्टुरेण्ट खोलेका छन् र ती रेष्टुरेण्टहरुमा पनि कामदारहरु नेपालबाटै ल्याइएका छन् ।
हेल्सिन्गिन सानोमातले पाएको जानकारी अनुसार देवी शर्मा र उनको श्रीमती मञ्जु शर्मालाई मानब-तस्करीको अपराधमा हेलसिन्कीको प्रहरीले शंका गरेको छ। यो छानबिन देवी शर्माको रेष्टुरेण्ट र उनको घरेलु कामदारसँग सम्बन्धित छ।
देवी शर्माले यो छानबिनको क्रम चलिरहेको कुरा स्वीकार गरेता पनि देवी र मञ्जु शर्मा दुवैले यो छानबिन आधार बिहिन भएको बताउँछन्।
हेल्सिन्गिन सानोमात देवी र मञ्जु शर्मालाई हेलसिन्कीमा भेट्न गएको थियो। अन्तर्वार्तामा देवी शर्माले उनको घरेलु कामदारको बकवास कुराको कारणले प्रहरी छानबिन सुरु भएको बताएको छ।
एउटा नेपाली कूकको ओछ्यान। यो फ्ल्याट एउटा नेपाली रेष्टुरेण्ट मालिकको हो र यो फ्ल्याटमा धेरै कूकहरु सुतेका छन् । कूकहरुलाई प्राय: यसरी नै सुताइने चलन छ।
“मैले उद्यमीको रुपमा धेरै लामो समयदेखि काम गर्दै आएको छु र धेरै कामदारहरु ल्याएको छु । नेपाली कर तिर्नेहरुको माझ म एक नम्बरमा आउँछु। यो मान्छेहरुको म प्रति को डाहा मात्र हो।”
हेल्सिन्गिन सानोमातले पत्ता लगाए अनुसार रेष्टुरेण्टका मालिकहरु एक अर्कासँग सम्पर्कमा रहन्छन् र एकदमै सुनियोजित तरिकाले उनीहरुको ब्यापार संचालित छ । एउटा राम्रो उधारण स्वरूप नेपालीहरु भन्छन् की यदि कुनै एउटा कामदारले कुनै सरकारी निकायको मान्छेसँग आफ्नो बारेमा उजुरी गरेको खण्डमा त्यसको नतिजा स्वरूप त्यो कामदारले कुनै पनि नेपाली तथा अन्य दक्षिण एशियाली रेष्टुरेण्टहरुमा काम पाउन अति नै मुस्किल हुन जान्छ ।
हेल्सिन्गिन सानोमातलाई अन्तरवार्ता दिने एक व्यक्तिका (जसले रेष्टुरेण्टहरुको अबस्था बारेमा खबर राखेका छन्) अनुसार रेष्टुरेण्ट मालिकहरुले रेष्टुरेण्ट सम्बन्धि जानकारीहरु एक अर्का बिच आदान प्रदान गर्ने गर्दछन् ।
“यदि कोहि प्रहरीमा उजुरी गर्न गएको खण्डमा सो व्यक्ति यो रेष्टुरेण्ट मालिकहरुको कार्टेलको नजरबाट बिस्थापित हुन जान्छ ।”
सुमन भन्छन्, त्यो व्यक्तिले नेपाली रेष्टुरेण्ट अथवा दक्षिण एसियाली रेष्टुरेण्टहरुमा काम पाउन असम्भव हुन्छ।
सत्कार नामक रेष्टुरेण्ट राम अर्यालले संचालन गरेका हुन् र उनी नेपाली रेष्टुरेण्टका अग्रगामी मध्य एक हुन् । (KUVA: HEIDI PIIROINEN / HS)
“रेष्टुरेण्टका मालिकहरु माफिया सरह काम गर्दछन्। यिनीहरु एक अर्काका नातेदार पर्दछन् र कामदारहरुलाई शोषण गर्ने विषयमा एक अर्कालाई सहयोग गर्दछन्। ”
फिनिशहरु बिच लोकप्रिय नेपाली रेष्टुरेण्ट मध्ये अधिक चाहिं ३० जना जतिको स्वामित्वमा चलेका छन् । धेरै जसो यी रेष्टुरेण्टका मालिकहरु एकै क्षेत्र गुल्मीबाट आएका हुन् । तिनीहरुका बिचमा नजिकको नाता सम्बन्ध र आर्थिक समन्वयता छ ।
रेष्टुरेण्टहरुमा गरिने शोषणका बारेमा जानकारी प्रहरीलाई पनि छ।
पूर्बी फिनल्याण्ड प्रहरी विभागका अपराध – कमिशनर मिन्ना इम्मोनेनका अनुसार रेष्टुरेण्टका मालिकहरुले आफ्ना कामदारहरुलाई र उनका नेपालमा रहेका परिवारहरुलाई समेत गम्भिर धम्की दिने गरेका छन्।
इम्मोनेनका अनुसार रेष्टुरेण्टका मालिकहरु एक नजिकको संजालमा रहन्छन्, एक अर्कासँग समन्वय गर्छन् र कामदारहरुलाई कसरी कजाउने र आधिकारिक निकायलाई के- कस्तो जानकारी दिने भन्ने बारेमा छलफल गर्छन्।
केहि नेपालीहरुले भनेका छन् की उनीहरुका मालिकले उनीहरुलाई अर्कै रेष्टुरेण्टमा काम गर्न पठाएका छन् । अन्तर्वार्ता दिने एक व्यक्तिले यो पनि भनेका छन् की उनलाई कामको लागि अर्कै शहरमा पनि पठाएका थिए।
इम्मोनेनले भनेका छन् की केहि फिनल्याण्ड आउने व्यक्तिहरुलाई फिनल्याण्डको जिबिकाको बारेमा झूठा जानकारीहरु दिइएको हुन्छन् ।
“केहिलाई भने यदि तिमीले दास सरह काम गरेको खण्डमा केहि वर्षपछि आफ्नै रेष्टुरेण्ट खोल्न सक्छौ र यी सबै कष्टहरुबाट छुट्कारा पाउँन सक्छौ भनिएको हुन्छ।”
देवी र मञ्जु शर्माले रेष्टुरेण्टका मालिकहरु बिच कामदारहरुलाई कजाउने र रेष्टुरेण्ट संचालन सम्बन्धि विषयहरुमा हुने समन्वयको कुरा नकार्छन् । देवी शर्मा भन्छन् की रेष्टुरेण्टका मालिकहरु कोहि कामदार काममा राख्न लायक छ की छैन भन्ने विषयमा कुरा गर्छन् ।
“फिनल्याण्डमा पनि यस्तै हुन्छ। फिन्निश कम्पनीहरुले पनि कुनै मान्छे विश्वास गर्न लायक छ छैन भनेर जाँचबुझ गर्छन्। ”
शर्माका भनाई अनुसार उनी रेष्टुरेण्टहरुमा हुने शोषणको बारेमा लगाएको आरोपमा विश्वास गर्दैनन्।
“यदि मालिकहरुले कामदारलाई पैसा दिदैन भने किन उसले छ बर्ष सम्म एकै ठाउंमा काम गर्छ र दुई महिनामा नै काम छोड्दैन ? उ सिधै किन प्रहरीकोमा उजुरी गर्दैन ?”
शर्माका अनुसार उनी त्यो मान्छेलाई आफ्नो कामदारको रुपमा राख्दैन जसले प्रहरीमा पिडित भएको उजुरी गरेको हुन्छ किनकि यी आरोपहरु झूठा हुन् र यस्तो शोषण हुने गरेका छैन ।
हेमराज शर्मा र राम अर्यालले पनि रेष्टुरेण्टको संचालनका विषयमा समन्वय हुने कुरा नकार्छन् । उनीहरुले शोषणको बारेमा पत्रिकामा पढेको तर यसको बारेमा अरु केहि जानकारी नभएको बताउंछन्।
सुमन अन्तमा फिनिश रेष्टुरेण्टमा काम पाउन सफल भए । यो काम कुनै दिन सकिन सक्छ भन्ने डर उसलाई छ। यदि यस्तो अवस्था आईपरेको खण्डमा उ नेपाल फर्किनु पर्ने हुन सक्छ । कामदारहरुको समस्याहरु उजागर नहुनुको मुख्य कारण यहि डर हो ।
फिनल्याण्डमा उनीहरुको कामको सुनिश्चितताको आधारमा मात्र कूकहरुले फिनल्याण्डको प्रबास अनुमति पाउँछन् । यदि काम गयो भने उनीहरु आफ्नो देशमा फर्किनु पर्ने हुन सक्छ ।
यदि कामको अबस्थाबारे गुनासो गर्यो भने मालिकहरुले कामबाट निकालिदिने धम्कि दिन्छन् । स्थाई बसोबासको अनुमति पाएपछि मात्र कामदारहरु यो चंगुलबाट मुक्ति पाउँछन् ।
यदि कामदारले आफ्नो परिवार फिनल्याण्डमा ल्याएको छ भने उनीहरुको अबस्था अझै दयनिय हुन्छ, किनकि परिवारलाई फिनल्याण्डमा राख्नको लागि एउटा निश्चित परिधिको आय हुनु जरुरी छ र यो परिधि निकै नै उच्च छ ।
केहि कामदारहरु एकदमै असहाय अवस्थामा छन् र उनीहरुमा यसको लागि मद्दत माग्न सक्ने क्षमता पनि छैन। कामको कारण भाषा पढ्ने समय हुन्न र यदि पढ्न जान खोजेको खण्डमा पनि मालिकहरुले त्यसलाई बन्देज लगाउने कोशिश गर्दछन्।
धेरै मान्छेहरु आफू माथि भइरहेको शोषणको बारेमा कुरा गर्न पनि चाहँदैनन् किनकी शोषकहरु उनीहरुका आफन्तीहरु हुन्। नेपालीहरुका अनुसार रेष्टुरेण्टका मालिकहरुले प्रहरी र अपराध पिडित सहायता संस्था अथवा भिक्टिम सप्पोर्ट फिनल्याण्ड पनि मालिकहरुकै पक्षमा रहेको हल्लाहरु समेत फैलाएका छन्।
मानव तस्करीको कारवाहीमा परेका रेष्टुरेण्ट मालिकको घरको ओछ्यान मुनि भेटिएको नगदी रकम । (KUVA: प्रहरी सामग्री ।)
गत सात वर्षको अवधिमा २६० जना रेष्टुरेण्टका कामदारहरु नेपालबाट फिनल्याण्ड आएका छन् र यसमध्ये अधिक कूकको रुपमा आएका छन् ।
नेपालबाट विदेश पलान हुनुको कारण अति साधारण छ।
“मानिसहरु यहाँ राम्रो जीवन जिउने अपेक्षामा आउँदछन्”, कुओपियोमा काम गरेका सुमन भन्छन्।
नेपाल संसारको सबैभन्दा गरिब मुलुक मध्येमा एक पर्छ र धेरैले फिनल्याण्डबाट आफ्नो परिवारको जिविकोपार्जन गर्न नेपालमा पैसा पठाउनु पर्ने हुन्छ ।
जब सम्पूर्ण परिवारका सदस्यहरुले फिनल्याण्डमा स्थायी रुपमा बसोबास गर्ने अनुमति पाउंछन् तब कूकको कठिन काम बन्द गर्न सक्ने र फिनल्याण्डको सामाजिक सुरक्षामा बाँच्न पाउने मौका बारेमा धेरै कूकहरु विश्वस्त छन्।
हेल्सिन्गिन सानोमातलाई अन्तरवार्ता दिने एक व्यक्ति भन्छन् की उसले यो सब शोषणहरु सहँदै आएको छ ताकी उसको परिवारका सदस्यहरुले फिनल्याण्डमा पढ्न पाउन् र राम्रो जिन्दगी जिउन पाउन् ।
कूकहरुका अनुसार सुमनमाथि घटेका घटनाहरु एक पछि अर्को गर्दै अन्य कूकहरुमाथि पनि घटी नै रहेका छन्।
काम पाउनको लागि पैसा तिर्नु नै पर्ने हुन्छ, जुन पैसा रेष्टुरेण्टको मालिकहरुलाई जान्छ । यसो -कसो एक दम नजिकका एक दुई नाता बाहेक यो पैसा तिर्नु पर्ने नियम सबैमा लागु हुन्छ, हेल्सिन्गिन सानोमातलाई अन्तरवार्ता दिने व्यक्तिहरु भन्छन् ।
कहिलेकाहिँ रेष्टुरेण्टका मालिकहरुलाई काम दिए वापत तिर्नु पर्ने रकम उनीहरुलाई ऋणको रुपमा भुक्तान गर्नु पर्ने हुन्छ । यस्तो भएको खण्डमा ऋणको सम्पूर्ण रकम भुक्तानी नभए सम्म बिना तलब काम गर्नु पर्ने हुन्छ।
हेल्सिन्गिन सानोमातलाई अन्तरवार्ता दिने धेरै व्यक्तिहरुका अनुसार रेष्टुरेण्टका मालिकहरुले थप पैसा कमाउने ध्येयले कामदारहरु सजिलैसँग यता उता काम गर्न पठाउने र हेरफेर गर्ने गर्दछन्।
“यसरी हेरफेर गरेपछि लगातार रूपमा नयाँ कामदारहरु ल्याउन सकिन्छ र त्यो कामदारबाट फेरी पैसा असुल गर्न सकिन्छ” एक नेपाली भन्छन्।
पूर्वी-फिनल्याण्ड प्रहरी कार्यालयका ईम्मोनेन तथा केन्द्रिय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी निरिक्षक तुइया हियतानियमी भन्छन् की हेल्सिन्गिन सानोमातले उजागर गरे अनुसारको शोषणहरु नेपाली रेष्टुरेण्टमा अति व्यापक छन्।
“कामदारहरुले यहाँ आउनका लागि धेरै ठूलो रकम तिर्ने गरेका छन्। त्यसपछि उनीहरुलाई अति मार्मिक अवस्थामा राखिन्छ र अति नै धेरै मात्रामा काम गराईन्छ। पिडितहरुले आफ्नो अवस्था बारेमा भन्ने आँट गर्न सक्दैनन्।” हियतानियमी भन्छन् ।
हेल्सिन्गिन सानोमातले पत्ता लगाए अनुसार काम सुरु गरेको पहिलो वर्ष कामदारहरुको लागि एकदमै कठिन हुने गर्दछ ।
एउटा नेपाली भन्छन् की महिनामा एक दिनको छुट्टी बिना उसले दुई बर्ष सम्म महिनामा ३०० घण्टा सम्म काम गरेको थियो। त्यो व्यक्ति देवी शर्माको राताकातुमा अवस्थित हिमालय रेष्टुरेण्टमा काम गर्थे।
देवी शर्माले उसको रेष्टुरेण्टमा शोषण भएको छ भन्ने कुरा नकार्छन्।
नेपालीहरुको करारनामामा कामदारहरुको तलब कानून बमोजिम कर अघि लगभग १८०० युरो हुने गरेको छ तर केहि कामदारहरुले आफ्नो तलब आफ्नो मालिकलाई फिर्ता गर्नु पर्ने हुन्छ।
केही कूकहरुले काम सुरु गरेको पहिलो वर्षमा पटक्कै तलब पाएको हुदैंन। केहिलाई भने केहि सय अथवा केहि हजार युरो यसो कसो कहिलेकहिं दिने गरिएको छ ।
कुनै कुनै ठाउँमा मालिकले कामदारहरुको बैंक कार्ड र नेट बैंक कोडहरु पनि आफ्नो नियन्त्रणमा राख्ने गरेका छन्।
कसै-कसैले करारनामामा जनाइएको मासिक तलब मात्रै पाउने गरेका छन् र यो हिसाबले घण्टाको तलब एकदमै न्यून हुन जान्छ किनकी उनीहरुले महिनामा २५० देखि ३०० घण्टा सम्म काम गर्ने गर्दछन्, नेपालीहरु भन्छन् ।
उनीहरुलाई तिरिने तलब रेष्टुरेण्ट क्षेत्रका मानिसहरुले साधारण रुपमा पाउनु पर्ने तलब भन्दा एक दम फरक किसिमको छ । उदाहरणको लागि २५० घण्टा महिनामा काम गर्ने कूकले पाम (PAM) को सम्झौता अनुसार महिनाको तलब ३६३७ युरो पाउनु पर्ने हुन्छ ।
जब फिनल्याण्डमा लामो समय बसोबास गरिन्छ त्यसपछि प्राय: थोरै घण्टा काम गर्नुपर्ने अबस्थामा आईपुगिन्छ र त्यति बेला आफ्नो जिवनस्तर नेपालको भन्दा राम्रो भैसकेको हुन्छ।
एक जना नेपाली भन्छन् की कामदारले जति धेरै फिनल्याण्डको नियम कानूनको बारे जानेका हुन्छन् र फिनिश वा अंग्रेजी बोल्न जानका हुन्छन्, त्यस्कै आधारमा उनीहरु प्रतिको ब्यबहार बदलिन्छ र राम्रो ब्यबहार सुरु हुन थाल्छ।
जसरी नेपालबाट फिनल्याण्डमा कामदारहरु ल्याइन्छ त्यसरी नै फिनल्याण्डबाट नेपाल तर्फ पैसा पठाइन्छ।
शोषण मार्फत रेष्टुरेण्ट क्षेत्रमा धेरै ठूलो आर्थिक आर्जन हुन्छ र कालो धनको चलखेल हुन्छ। हेल्सिन्गिन सानोमातलाई अन्तरवार्ता दिने धेरै व्यक्तिहरुले यो चलखेल आफ्नै आँखा अगाडी हुने गरेको बताउँछन्।
देवी शर्माको रेष्टुरेण्टमा र उनको घरमा घरेलु कामदारको रुपमा काम गरेकी लक्ष्मीले हेल्सिन्गिन सानोमातलाई दिएको जानकारी अनुसार नगदी पैसा महिनामा बीस हजार सम्म पनि हुने गर्दछ।
शर्मा आफ्नो रेष्टुरेण्टमा कालो धनको चलखेल हुने कुरा नकार्छन् ।
नगदी पैसाको अधिकतम भाग नेपाल पठाइन्छ। नेपालीहरुका भनाई अनुसार उनीहरुका नजिकका व्यक्तिहरु जब नेपाल जान्छन्, उनीहरु मार्फत यो नगदी पैसा नेपाल पठाइन्छ।
शर्माको घरमा कामदारको रुपमा काम गरेकी व्यक्तिले दुई पटक नेपालमा पैसा बोकेर गएको बताएका छन्। शर्मा यो कुरा नकार्छन्।
यो समस्या नेपाली रेष्टुरेण्टहरु माझ मात्र सिमित छैन र धेरै जसो दक्षिण एसियाली तथा चाइनिज रेष्टुरेण्टहरुमा पनि देखिन्छन्।
कहिले काहिँ मात्र यो शोषण सतही रुपमा देखा पर्ने गरेको छ। पछिल्ला वर्षहरुमा फिनल्याण्डमा मानब तस्करी गरे वापत भियतनामी, बंगलादेशी र भारतिय रेष्टुरेण्टका मालिकहरुलाई कानूनी कार्यबाही गरिएका थिए।
विगत वर्षहरुमा नेपालीहरुसँग सम्बन्धित कानूनी कार्यबाही जम्मा दुई जनालाई गरिएको थियो।
रेष्टुरेण्टहरुको अन्वेषणको जिम्मेवारी सरकारी निकाय आलुएहालिन्तो भिरास्तो(AVI) अन्तर्गत रहन्छ र यो निकायले कामको अबस्था र सुरक्षाको निरिक्षण र निगरानी राख्ने काम गर्दछ ।
दक्षिणी-फिनल्याण्डको आलुएहालिन्तो भिरास्तोको निरिक्षक कात्या-पिया येनुका भनाई अनुसार निकायका निरिक्षकहरुले गहिरो रूपमा निरिक्षण गर्ने मौका पाउदैनन् किनकी रेष्टुरेण्टका मालिकहरुले प्राय: निरिक्षकहरु आउनु अगाभै सब तयारी गरिसकेका हुन्छन्।
कामदारहरुले समस्याको बारेमा भन्दैनन् । निरिक्षक आएको खण्डमा के भन्नु पर्छ भन्ने कुरा सबै कामदारलाई सिकाएको हुन्छ।
फिन्निशहरुले नेपाली रेष्टुरेण्टहरुबाट हजारौं खानाहरु किन्छन्। रेष्टुरेण्टहरुमा गरिने कामदारहरु प्रतिको ब्यापक शोषणलाई मनन गर्दा उपभोक्ताले यी रेष्टुरेण्टहरुमा खाना खाने बारेमा सोच्नु पर्ने अवस्था आउंछ।
यदि खाना खान बन्द गर्ने हो भने त्यसमा आश्रित कामदारहरुको काम जान सक्ने अवस्था आउन सक्छ र कूकहरुलाई समस्या आई पर्न सक्छ । अर्को तर्फबाट विचार गर्ने हो भने यदि खाना खान गएको खण्डमा कामदारहरुको शोषणलाई समर्थन गरेको हुन जानेछ-यो प्रश्नको उत्तर सजिलो छैन ।
बेइमान ब्यबसायका संचालकहरुले इमान्दार ब्यबसायीहरुलाई हानी पुर्याउंछ। नयाँ रेष्टुरेण्टहरु लगातार रुपमा खोलिँदै छन्। गत महिनामा मात्र पनि नयाँ नेपाली रेष्टुरेण्टहरु फिनल्याण्डका विभिन्न भागहरुमा धेरै नै खोलिएका भेटिन्छन् ।
सुमन फिनल्याण्डमा करिब चार वर्ष पहिले आएका थिए । उनी नेपाल फर्कन चाहंदैनन्। त्यहाँ जे पनि हुन सक्छ, उनी भन्छन्।
“नेपालमा एक दुइ हजार युरो दिएर मलाई मार्न लगाउन पनि सक्छन्। ”
सुमनले आफ्नो पूर्व मलिकको नजिकको व्यक्तिहरुबाट धम्किपूर्ण संदेशहरु पाएका छन् ।
कुओपियोमा माउन्ट शेर्पाका मालिकले आफ्नो ब्यापार चलाइरहेको छ । मानब तस्करीको पिडित मध्ये एक जना अझै पनि त्यो रेष्टुरेण्टमा काम गर्छन् । केहि हप्ता पहिले सरकारी निकायले त्यो रेष्टुरेण्टमा फेरी छापा मारेको थियो।
ठगिएको सुमनको तलब सुमनले फिर्ता पाएनन् । प्रहरीले रेष्टुरेण्टको मालिकको जाय-ज्यथाबाट २००,००० युरो भन्दा बढी रकम जफत गरेको थियो तर कर निकायले पिडितहरुले क्षतिपूर्ति पाउनु भन्दा पहिले नै आफ्नो भाग सहित यो रकम लिएर गईसकेको थियो।
यो महिनामा सुमनले १६७.२५ युरो पहिलो क्षतिपूर्ति रकम स्वरूप प्राप्त गरेका छन्।
(यो सामाग्री फिनल्यान्डको मिडिया हेल्सिन्गिन सानोमातमा प्रकाशित खोजमूलक सामाग्रीको नेपाली अनुवाद हो। ओरिजिनल सामाग्री यहाँ छ। )
(के तपाईं फिनल्यान्डमा हुनुहुन्छ? के तपाईँलाई काममा शोषण गरिएको छ र यसको बारेमा जानकारी लिन चाहनु हुन्छ? आफ्नो अधिकार र अधिकार पाउनको लागि चाल्न सकिने कदमहरुका बारेमा गोप्य रूपमा जानकारी लिन चाहनु हुन्छ भने अपराध पिडित सहायता संस्था अथवा भिक्टिम सप्पोर्ट फिनल्याण्ड(RIKU), [email protected] मा इमेल अथवा ०४० ६३० ९६६९ नम्बरमा मेस्सेज गर्न सक्नुहुन्छ। यो सुबिधा निशुल्क उपलब्ध हुनेछ)
साथीहरु यहाँ अष्ट्रियामा पनि यस्तै यस्तै नै छ. केही अघि एउटा गान्धी भनेर चिनिने इण्डियन मूलको अष्ट्रियनले कन्स्ट्रक्शनको गाह्रो काम गरे बापत एक जना नेपाली केहर सिंहलाई कुनै अर्को इण्डियनकोमा पठाएर एम्प्लोयरले € १० दिए पनि सिंहको हातमा € ५ पारेर अर्को € ५ प्रति घण्टा पचाएको पुरानो कथा सम्झना भयो. यो त एउटा उदाहरण मात्र भयो यस्ता सयौ कथा कुथुङ्गग्राहरुले बजार भरिएको छ.
Same in Australia
Cleaning job taking $27 per hour as middle man and giving $17 to students! Sydney
Perth where ever you go not paying for trial by Nepalese restaurant!
आफैमा रमाउने आफु सिट भयकै कुरामा रमाउने नेपालीको माझ आज जसको शरीर मा आफु पालेको छ तेसैलाई बिताउने सताउने रोगको कितानु जस्तै पनि पलाउन थालेको छ नेपालि समाजमा/भनिन्छ जसको शरीरमा आफु पाल्छ तेसैलाई सताउने रोगको कितानु गलत संसर्ग बात कसैको शरीरमा अतिक्रमित हुन्छ/ यो कुरा नेपालि भयर नेपालिलाईनै सताउने बर्गमा पनि लागु हुन्छ/
को बाट कहा बात यस्ता कुसंगतिहरु नेपालीको माझ हुले भन्ने कुरामा आज सबैले सोच्ने पर्ने भयको छ/ व्यक्तिको परिबार बात प्रभावित हुन्छ/ परिबार समाज बात अनि समाज राजनीति बात प्रभावित हुन्छन/ यक समय यस्तो पनि थियो जुन बेला झैँ झगडा गर्दा पनि रगत निक्लने चोट लागेमा बा मात्र ढुंगा हाने पनि रगत निक्लिने गरि पिटे ढुंगा हाने भनेर ठुलै कानुन लाग्थ्यो/ तर अहिले तेसो छैनन् सानो काण्ड गरे ठुलो कानुन लाग्छ ठुलो काण्ड गरे उन्मुक्ति पाइन्छ यदि पहुचावाला पार्तिवाला झंदावालालाई भागबण्डा पुर्याउन सकेमा/ यहि कुराले नेपालीलाई नेपालीले ठग्ने लुट्नेहरु प्रोत्शाहित हुँदै गयकोहो/
नेपालमा जे गर्नु हुँदैन त्यो उहिले देखि गर्दै आयकोलाई कानुन रखवालाहरुलेनै ……गर्दै आयको धेरै उदाहरनहरु छन्/ अहिले कुरा नेपालीको रेस्टुरेन्टमा नेपालि नोकरलाई भयको शोसनको कुरा उठेको छ/ कुनै बारेमा कुरा उठ्नुको तात्पर्य तेस्को निदान गर्नको निमित नै हुन्छ/ त्यो अब कुरा उठ्छ नेपालि भयर नेपालिलाईनै सोषण हुने कुरा सानो सानो कुरा बात सुरु गर्ने कि ठुलो ठुलो कुराहरु बात/
नेपालमा नेपालि भयर पनि नेपालिलाईनै शोसन गर्ने हुने ठुलो ठुलो काण्ड गर्ने हरु त् पार्टी पहुँच भयकाहरुनै हुन्/ अब तिनीहरु बात नेपालि माथिको शोसनको अन्त होस् भन्नु त् कसाईको अगाडी काटिन लागेको खसी रोयो नकात्नुस भन्नु जत्तिकै मात्रै हुन्छ/ तेसैले नेपालि शोसित हुने ठुलो ठुलो काण्डको बारेमा अब बोल्नु लेख्नुको कुनै अर्थनै छैन/ किनभने नेपालि बात नेपालि शोसित पिडित हुने कुरामा “ठुलै लाई आया” भन्नु पर्ने अबस्था नआय सम्म यहा केहि हुने वाला छैन/ उदाहरण अहिले नागरिक मर्ने गरि बम हानेकोमा बिप्लवलाइ… गरेको होईन पहुँचवाला प्रचान्द्रलाई ढाकि दियाकोमा भयकैले मात्र हो; त्यो पनि सजाय्नै दिन होईन आफ्नो अगाडी झुकाउन मात्रै/
त् किन उठे होला त्यो तुच्चे रेस्तुरेंतामा तुच्चे नेपालि मालिकले त्याहा काम गर्ने फुच्चे नेपालीलाई शोसन गरेको झिनो कुरा? यदि यस्तो कुरामा पनि कार्यवाही गराउनकै निमित यो कुरा उठेको हो भने कुरा यसरि उठाउनुस “पहाडी नेपाली रेस्टुरेन्ट मालिकले मधेसीमुलको कथित नेपाली नोकरलाई शोसन गरे भनेर कुरा उठाउनुस अनि हेर्नुस सबै नेता र तिनका दलहरुको नेताहरु समेत तछाड मछाड हुँदै …….; जसरि महाभूकम्पले बर्सौं सम्म पिडित भयका पहाडी नेपालीको छेउ सम्म पनि नपुग्ने सुको पनि सहयोग नगर्ने पार्तिकाहरु अहिले २५ लाख करोड बोक्दै हुरीले पिडित भयको मधेसी मुलको सहयोग गर्न तछाड मछाड गर्दै ……/
बेला बेलामा संचार माध्यममा (कहिलेकाही संसद भवनमा नै) सुनिने बिरोध को स्वर – भाडाका टटु , गोर्खा भर्ति बन्द गर्नु पर्छ आदि इत्यादी तर ठोकेरै भन्ने हो भने साधारण लेख पढ गर्न जान्ने नेपाली नागरिकले एउटा बिदेसी सेनामा पाइने सेवा सुबिधा, तलब भतता, सेवा निवृत्त पछिका आकर्षक पेन्सन, औषधि उपचार, गास बास कपास को ग्यारेन्टी सायदै अन्य कुनै बैदेशिक रोजगार बाट कहिँ कतै आज को दिन सम्म पाइएको सुनिएको छैन तर पनि रास्ट्रियता को नाम मा बकम्फुसे नारा लगाएर बिदेसीले नेपाली लाइ दास बनाएको मा बिरोध गर्दै गोर्खा भर्ति बन्द गराउन केहि समुदाय कम्मर कसेर लागि परेका छन् तर यहा नेपालीले नेपालीलाई दास बनाउन तिनै समुदाय बिरोध होइन आफै लागि परेका छन् धर्म को नाम मा मानवता बेच्ने यस्ता ढोगी हरु बाट उन्मुक्ति पाउन नेपाली समाज लाइ अझै बर्षौ लाग्ने छ
यो समस्या जापानमा झन् भिषण छ| जापान जस्तो महँगो ठाउँमा महिनाको ५०,०००-१,००,००० तलब दिएर दिनको १२-१४ घण्टा काम गराऊछन्| १बर्ष मा मुस्किलले ४-५ दिन बिदा पाउछन्| तेही कामदारलाइ याहा ल्याउन साहुले १०लाख रुपैया खाएको हुन्छ| मतलब पहिलो बर्ष कामदार(कुक)बाट लिएको पैसा उसैलाई तलबको रुपमा दिन्छन| जापानमा जताकतै नेपाली रेस्टुरेन्ट खुल्नुको कारण नान र बटरचिकेन बेच्नलाइ मात्र हैन, बिदेशी खानाको सेफले पाउने स्किलड लेबरभन्ने भिसाको दुरुपयोग गरेर नेपालीनै लुट्ने धन्दा जमाएका नेपाली पनि धेरै छन्|
एस्तो पक्कै पनि हुने गर्छ |
फिनल्याण्डमा त बसेको छुइन म, तर तेस्कै छिमेकि देश स्वीडेनमा बिशेस गरि दक्षिण एशियालि रेस्तुरांत हरुमा कामदार हरु पनि त्यतै बाट हुन्छन, र उनीहरुलै cash in hand (तलब हातमै दिने ) गर्छन ताकि थोरै पैसा दिएको कुनै प्रमाण नरहोस् , र सरकारी निकाए लाई जानकारी पनि नहोश|
के गर्नु, कामदारहरु सबै दुख गरेर गएको हुन्छन, बैकल्पिक उपाए पनि हुदैन, त्यसैले उनीहरु चुप्प्चाप भएर बस्न बाध्य हुन्छन|
अरे यो त् भुस को ढेर मा राइ का दाना खोजने जसतो भयो / यसता प्रकार का शोषण त् कैयौं साल देखी जारि छ / अरे शिक्षण संस्था मा प्रोफेसर ले महिला विद्यार्थी माथि शोषण , डान्स बार मा शोषण , अफिस मा शोषण
भुस के ढेर मे राई का दाना, रंग बिरंगा बैल सयाना
दूजे पहेर मे टूटता तारा पानी पे गिरता सबका पारा ना
ना मिली है ना मिली है ना मिली है ना
ना सोच ना खोज उड़ गई है जगह तोप
अरे तोप तोप तोप उड़ गई है जगह तोप
तोप तोप तोप उड़ गई है जगह तोप
ये कोहरा सब्र का हाथ ताली
हाए कोहरा सब्र का हाथ ताली
मानो राता तोहरी लाई है ना रे ना
ना मिली है ना मिली है ना मिली है ना
ना मिली है ना मिली है ना मिली है ना
बतियाती हाथो की लकिरा महल दुवारे खड़ा फकीरा
घात लगाले रात जगाले सूरज का सब घोडा भगाले
घात लगाले रात जगाले सूरज का सब घोडा भगाले
धरले चाहे भूत की धोती पा ले अश्वत खाना का मोती
पानी मे, पानी मे माती मे काठी मे जिया के जोड़ मे
आँखों की बाती मे आकाश खुल्ले मे मन की गाठी मे
बतियाती हाथो की लकिरा महल दुवारे खड़ा फकीरा
भरी दुपहरी नाचे मयूरा नाचे रे नाचे रे नाचे रे नाचे
बतियाती हाथो की लकिरा महल दुवारे खड़ा फकीरा
बतियाती हाथो की लकिरा महल दुवारे खड़ा फकीरा
भरी दुपहरी नाचे मयूरा लफ्ज़ टक है नाम हमुरा ना
ना मिली है ना मिली है ना मिली है ना
ना मिली है ना मिली है ना मिली है ना
अरे ना मिली है ना मिली है ना मिली है ना
ना मिली है ना मिली है ना मिली है ना, हा हा हा
पीडक र पीडित सबै ठाउँ, जात जाति वर्ग आदिमा हुन्छ| त्यसमा कुनै दुइमत छैन|
तर यहा पीडकहरु बाजेहरु र नातेदारहरु पर्न जानु के संयोग मात्र मान्न सकिन्छ? त्यही पनि गुल्मी बाट ‘रे| कसैले त पीण्ड र बैकुण्ठ भन्ने चिजको यही लोकमा ख्याल गर्नुपर्यो|
सम्पुर्ण नेपालको प्रशासन, राजनीति र कार्यन्वयन त्यही ढाचामा चुर्लुम्म डुबेको छ| भनेछी त्यस्ताहरु विदेशमा पनि उस्तै गुण छर्दा रहेछन, फ़ैलाउदा रहेछन| घाम डुब्न पनि हिच्किच गर्ने ठाउँमा समेत गएर औंसी पो मान्दा रहेछ| नेपाल सही दिशामा जान नसकेको कारण एउटा निश्चित जातको हालीमुहाली संधै रहदै आएकोले हो भन्ने कुरोमा पनि दुइमत नहोला, यो छर्लंगै छ| अहिले मुलुकले छलाङ्ग मारेको भए पनि उनीहरुलाई नै श्रेय दिईन्थ्यो| कसको सबै सयन्त्रमा हालीमुहाली रहदै आएको छ गत दशकौ देखि?
बर्षेनी हजारौ चेलीहरु बिदेशमा बिक्रि हुन्छन| लाखौ युवा रोजगारको लागि विदेश जानपर्ने स्थिति छ| यो हिज देखि मात्र भएको होइन, दशकौ देखिको असफल नीतिको परिणाम हो|
सुकिलामुकिलालाई लज्जावोध छैन| उपल्लो तहमा रहेकाहरु बाह्र सत्ताईस गर्न खप्पीस छन् |
मेडियाको ताल पनि त्यही हो, कर्पोरेट इण्टेरेस्ट| एउतै जातिको हालीमुहाली|
साँचो कुरा बोल्दा कसले पो सुन्छ र?