Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कठालो समात्ने फिल्मी पत्रकारले झापड खाँदा मच्चिएको रडाको

Posted on January 24, 2019January 24, 2019 by mysansar


फिल्मी पत्रकारहरुको एक खेमा अहिले आन्दोलनमा छन्। उनीहरु चेतावनी दिइरहेका छन्- हामी फलानो हलमा गरिने कुनै पनि कार्यक्रममा सहभागी हुँदैनौँ। चलचित्र पत्रकार संघ, नेपालको लेटरप्याडमा एउटा प्रेस विज्ञप्ति पनि सार्वजनिक भयो। जसमा भनिएको छ- ‘हलका कर्मचारीले उनीमाथि हातपात गर्नु समाचार सम्प्रेषणमा अवरोध साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो। हलका कर्मचारीको यस्तो ज्यादतीप्रति संघ घोर निन्दासहित कडा शब्दमा भत्सर्ना गर्दछ।’

समाचार सम्प्रेषणमा अवरोध साथै प्रेस स्वतन्त्रतामाथि नै सानोतिनो हैन ठाडो नै हस्तक्षेप गर्ने गरी हलका कर्मचारीले के गरेका रहेछन् भनेर जान्न खोजेँ। यसैक्रममा न्युजफिल्मी नामको युट्युब च्यानलमा यस्तो भेटियो।

कुरो माघ ९ गते बुधबारको रहेछ। कमलादीको क्युज सिनेमा हलमा शुभ लभ फिल्मले प्रेसमिटको आयोजना गरेको रहेछ। समिर बलामी नामका फिल्म पत्रकार पनि त्यहाँ पुगेका रहेछन्।

हलका कर्मचारीहरुले पत्रकारहरुलाई माथि नबसी अलि तल बस्न भनेका रहेछन्। पत्रकारलाई त्यसो भन्ने भनेर पारा चढेछ पत्रकारको। त्यसपछि जे भयो, भिडियोमा देखिन्छ। सबभन्दा पहिला त पत्रकारले नै हलका एक कर्मचारीलाई कठालो समातेर तानेको देखिन्छ।

त्यसअनुसार सुरुमा उत्तेजक काम त पत्रकारले नै गरेको देखिन्छ। आफ्नो कठालो समातेर तानेपछि हलवाला कर्मचारीको पनि पारो तातेछ। ल खा त भनेर पत्रकारको गालामा झापड बजाइदिइ हाले।

पत्रकार पनि के कम, झम्टिन गए। तर दुवै पक्षले तानातान गरेर छुटाए।

दुई पक्ष नै उत्तेजित भएका थिए। दुवै पक्ष भड्किएका थिए। हलवालाले राम्रो मुखले तल गएर बसिदिनुस् भनेको भए हुन्थ्यो। पत्रकारले त्यसरी कठालो समातेर तान्न हुने थिएन। हलवालाले पनि झापड बजाइदिइहाल्न हुन्थेन। जे भयो त्यो भइसकेको थियो। कुरो यत्तिकैमा टुङ्ग्याइदिएको भए हुन्थ्यो।

यही घटनालाई अतिरञ्जित गरेर समाचार सम्प्रेषणमा अवरोध गरेको अनि प्रेस स्वतन्त्रतामा ठाडो हस्तक्षेप भन्दै विज्ञप्ति जारी गरिरहनु जरुरी पक्कै पनि थिएन।

त्यसमाथि त्यही दिन हलवालालाई माफी माग्न लगाइसकेर पनि पछि फेरि विज्ञप्तिमार्फत् क्यूज सिनेमा हल र ‘शुभ लभ’ फिल्मले अब उप्रान्त गर्ने प्रेसमिटहरुमा संघसँग आवद्ध सम्पूर्ण चलचित्र पत्रकारहरु सहभागी हुन नसक्ने चेतावनी दिनु हास्यास्पद छ।

क्युज सिनेमा हल दर्शकको खासै चाप नहुने हल भएकोले बुक गरेर यही हलमा फिल्म क्षेत्रका धेरै कार्यक्रम हुने गर्छन्। भोलि पनि केही कार्यक्रम हुन लागेका थिए यही हलमा। तर आफू कठालो समात्ने अनि आफै बहिस्कार गर्ने पत्रकारहरुको दबाबका कारण कार्यक्रम रद्द भएको बुझिएको छ।

अब उनीहरुको माग के त ?

अब पत्रकारहरुको विज्ञप्ति अलि परिमार्जित भएर यस्तो आउन सक्ला-

-कठालो समात्न पाउने पत्रकारहरुको स्वतन्त्रताको कदर गर।
-पत्रकारहरुले जे पनि गर्न पाउनु पर्छ।
-पत्रकारहरुले एउटा गालामा हिर्काउँदा अर्को गाला थाप्नु पर्छ।
-पत्रकारहरुलाई जहाँ पनि बस्न दिन पाउनु पर्छ।
-पत्रकारहरुलाई जे पनि गर्न पाउने लाइसेन्स दिनुपर्छ।

यस्तो थियो आज आएको विज्ञप्ति

6 thoughts on “कठालो समात्ने फिल्मी पत्रकारले झापड खाँदा मच्चिएको रडाको”

  1. DAVE says:
    January 30, 2019 at 2:44 am

    राम्रो व्यक्ति को नराम्रो र नराम्रो व्यक्तिको राम्रो समाचार लेखेर पैसा कमाउने बाटो लै नेपाल मा पत्रकार भानिचा
    नेपाल सरकार मा धेरै नराम्रो मान्छे भएको हुनाले , इनिहरु अत्यावश्यक छ . हाम्रो सरकार र फटाहा हरु इनिहरु बिना चल्ने सक्दैन, त्यहि भएर इनिहरु को चुरी फुरी बढेको हो.

    Reply
  2. Ashal Nagarik says:
    January 25, 2019 at 10:31 pm

    नेपालमा पत्रकारहरुको ज्याद्दती धेरै भयो! यो भिडियोमा छर्लंग देखिन्छ पत्रकारले गल्ति गरेर काण्ड गरेको, थुक्क लाज नभाको/पचाको पत्रकार साले!

    Reply
  3. Pradeep MS says:
    January 25, 2019 at 11:42 am

    Video मा सबै कुरा छर्लंगै छ, सबैले बुझ्ने गरि छ, तर YouTube पत्रकार अनि के जातिको सचिब भनाउँदाको दरिद्र मानसिकता हेर्नु त !
    थुक्क !!!

    Reply
  4. Sunny Shrestha says:
    January 25, 2019 at 6:18 am

    दुध को दुध पानि को पानि छुट्टिने गरि सफा छ ! हात हाल्ने त्यो पत्रकार हो पहिला. कठालो समात्ने भनेको पनि हात ले नै हो ! हात पहिला हाल्ने आफु अनि जिमु हरु हात हाल्यो भनेर रोइ कराई गर्ने !! कलम हात मा छ भन्दैमा तेस्को दुरू प्रयोग गर्ने ! म भएको भए त अझ नक आउट हुने गरि हान्थे होला येस्ता पत्रुकार हरु लाइ साला.

    Reply
  5. देबेन्द्र बस्नेत says:
    January 25, 2019 at 4:34 am

    पत्रकार हरु नै खाते हो। नेपाल का अधिकान्श पत्रकार भ्रष्ट छन । अझ youTube च्यानल का पत्रकार भनाउदा हरु त येति खुरफाती छन् कि भिडियो को भ्युज बढाएर पैसा कमाउन जे पनि भन्छन र जे पनि गर्छन् ।

    Reply
  6. Sam says:
    January 25, 2019 at 2:07 am

    एउटा ले माफी माग्यो भन्दै मा अर्को को गल्ति छैन भन्ने प्रमणित हुदैन कि ? दुवै को गल्ति देखिन्छ | हलवाला ले माफी मगीसक्यो अब पालो पत्रकार वाला को | के संघ को काम पत्रकार को बचाऊ गर्ने मात्रै हो ? पत्रकार लाइ जवाफदेही बनाउने अनि अनुसाशन पालना गराउने जिम्मेवारी पनि त निभाउनु पर्ला नि संघले.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme