Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दराज अनलाइन सपिङको तीतो अनुभव : आफ्नै रकम उकास्‍न पनि डेलिभरी चार्जको फन्दा

Posted on March 5, 2019 by mysansar

-आशिष शर्मा-

मैले ५ फेब्रुअरी मा अनलाइन सपिङ साइट दराजबाट एउटा सामान किनेको थिएँ। सामानको मोल डेलिभरीसहित जम्मा रु. १ सय ९९ थियो। सामान डिफेक्टिभ भएकोले नियम अनुसार किनेको ७ दिनभित्र मैले त्यो सामान फिर्ता गरिदिएँ।

मलाई दराजले रु १ सय ९९ को भौचर इमेलमा पठायो। ल ठीकै छ नि त यो भौचर त रकम जस्तै भयो। त्यही प्रयोग गरेर अरु बेला सामान किनौँला नि भन्ने सोचेँ।

अस्ति शनिबार जब मैले एउटा सामान किन्नको लागि त्यो भौचर प्रयोग गर्न खोजेँ, तब पो थाहा भयो यसको फन्दा।

त्यति बेला त्यो भौचरले जम्मा रु १ सय ४५ मात्रै लियो जबकि टोटल बिल रु. १ सय ९० को थियो। दराज कस्टमर केयरसँग कुरा गर्दा उनीहरुले मेरो त्यो रु १ सय ९९ को भौचरले डेलिभरी चार्ज नसमेट्ने बताए।

भन्नुको मतलब के भने नि, त्यो १९९ रुपैयाँ लिनका लागि मैले दराजबाट अर्को सामान किन्नु पर्ने रे। अनि फेरि डेलिभरी चार्ज तिर्नु पर्ने रे।

मेरो आफ्नै पैसा निकाल्न दराजलाई मैले फेरि रु. ५० तिरेर अर्को सामान किन्नु पर्ने।

स्मरण रहोस् , दराजले कमाउने भनेकै डेलिभरीबाट हो। फिर्ता गरेको बहानामा फेरि अर्को समान किन्न लगाउनु र त्यसमा रु ५० लिनु के यो सरासर ठगी होइन? मसँग रु १९९ को भौचर छ भने त्यसलाई सामान + डेलिभरी सहितको हुन आउने टोटलमा प्रयोग गर्न किन नपाउने मैले?

मेरो जस्तो समस्यामा अरु धेरै साथी हुनुहुन्छ होला। उहाँहरुले पनि यसबारे बोल्नु भए हुन्थ्यो। यसो गर्दा अरुलाई सजग हुन मद्दत पुग्छ।

[यो ब्लग माइसंसारको युजर सबमिटेड कन्टेन्ट हो। तपाईँ पनि आफ्ना गुनासो, आफ्ना कुरा यसरी माइसंसारबाट बाँड्न चाहनु हुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

4 thoughts on “दराज अनलाइन सपिङको तीतो अनुभव : आफ्नै रकम उकास्‍न पनि डेलिभरी चार्जको फन्दा”

  1. madan bajracharya says:
    March 7, 2019 at 12:22 am

    म पनि कहिले कहिले ओन लाइन बात सामान किन्छु/ तेस्तो सामानमा डेलिभरी चार्ज कति लाग्छ र त्यो समेत तिरेरै सामान किनिन्छ/अनलाइन बात बेच्नेले स्पस्ट सिट उसले बेचेको समान किन्नेले नपायमा बा खराव निक्लेमा फर्काउन सकिन्छ सकिंदैन र फ़र्काउन्दा किन्नेले तिरेको डेलिभरी चार्ज पनि फिर्ता हुन्छ बा हुँदैन भनेर लेखेकै हुन्छ/ यो बाहेक दराजले पनि ग्राहकले किनेको सामान नपायमा बा बेच्नेले उचित कारणले फिर्ता गरेको सामानको मोल र डेलिभरी चार्ज फिर्ता नदियमा “दराजले तिर्ने बा नतिर्ने” पनि लेखेकै हुन्छ/ तेसैले लेखकज्युले दराज बात सामान किन्नु अघि ती सर्त हरु हेरेको पढेको थियो बा थियन?

    यदि बिक्रेताले किन्नेले सामान फ़र्काउन्दा डेलिभरी चार्ज पनि फिर्ता दिने भनेको रहेछ भने किन्नेले त्यो रकम पुन दावी गर्न सक्छ र उजुरी पनि गर्न सक्छ/ तर ग्राहकले समान फ़र्काउन्दा डेलिभरी चार्ज फिर्ता नहुने लेखेको छ भने त् गल्ति आफ्नै भयो/

    Reply
  2. Kumar says:
    March 6, 2019 at 7:25 pm

    प्रोपेर म्यानेजमेन्ट छैन.
    कस्टमर केयर छैन
    ओर्डेर गरेको सामान छैन.
    ठग्ने बाहेक केहि छैन नेपाल को अनलाइन पसलको.
    दिक्क लाग्दो छ नेपालको अनलाइन सपिङ्ग.

    Reply
  3. Suman Gaudel says:
    March 6, 2019 at 3:42 pm

    मेरो साथि को पनि येस्तै नमिठो अनुभव छ दराज अनलाइन संग .

    Reply
  4. prem says:
    March 5, 2019 at 11:17 pm

    विभिन्न बहाना बनाएर ग्राहकलाइ झुक्क्याउनु भनेको यिनीहरुले दूरदर्शी सोच लिएका छैनन् भन्ने हो | पश्चिमा मुलुकमा जो कम्पनि ग्राहकको बिश्वास जित्न सफल हुन्छ, त्यहि कम्पनि मात्र फ़स्टाउछ | ठग्नेहरुले क्षणिक फाइदा त लेलान तर भविस्य बिगार्छन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme