Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राज्य सञ्चालकले बुझ पचाएको कुरा : ऋण गरेर घिउ खाएको ज्यान मलामीलाई भारी मात्र

Posted on December 11, 2018 by mysansar

-सरोज भुसाल-

सामान्यतया एक जना मान्छे तब मात्र सफल भएको महशुस हुन्छ जब उसले कमाएको पैसाले काम गरेर पैसा कमाउन थाल्छ। यस्को पनि एउटा प्रक्रिया हुँदो रहेछ। एउटा कामदार (employee)परिश्रम गरेर पैसा जम्मा गर्छ, त्यो पैसा लगानी गरेर एउटा उधोग वा ब्यवसाय गर्छ त्यसमा पनि आफै खटेर काम गर्छ (self employee) स्वरोजगार हुन्छ। एवं रितले पैसा कमाउँदै गएपछि व्यापार वा उद्योग बढाउँदै लान्छ। त्यसपछि आफू प्रत्यक्ष काम गर्न भन्दा पनि ब्यवस्थापन गर्न तिर लाग्छ।

ब्यापार कसरी बढाउने, बजारीकरण कसरी गर्ने, उत्पादन कसरी बढाउने भन्ने कुरामा आफ्नो श्रम शक्ति खर्च गर्छ। यतिबेला ऊ बल्ल ब्यापारी (business man) हुन्छ।

आफ्नो श्रम, बुद्धि र ब्यवस्थापनले ब्यापार वा उद्योगमा सफल भइसकेपछि, ऊसँग प्रशस्त पैसा हुन्छ। त्यो पैसालाई फेरि अरू कुनै काममा लगाउँछ अथवा ऊ लगानी कर्ता (investor) हुन्छ। जब पैसालाई लगानी गर्छ, त्यति बेला उसले केही गर्नै पर्दैन। किनकि पैसाले नै स्वयं पैसा कमाउन थाल्छ। त्यतिबेला बल्ल उसले आफूलाई मन लागेको जस्तो खर्च गर्न शुरु गर्छ। चाहेको जस्तो घर, गाडी लगायत थुप्रै विलासिताका सामान जोड्न थाल्छ।

त्यसो गर्दा उस्को ब्यापार, व्यवसाय र उद्योगलाई केही फरक पर्दैन। उसले त्यसो गर्दा स्वाभाविक लाग्छ, त्यसो गरेको उस्लाई सुहाउँछ। यसरी एक ब्यक्ति सफल ब्यापारी वा उद्यमी बन्छ। यदि त्यो ब्यक्तिले श्रमिक हुँदै वा स्वरोजगार हुँदै विलासिताका सामान जोड्यो भने ऊ ऋणमा पर्ने पक्का हुन्छ, माथि उठ्नै सक्दैन।

यही कुरा देशको लागि पनि लागू हुन्छ। नेपालमा सरकार चलाउनेहरूले अहिलेसम्म ऋण गरेर विलासी बन्ने गरेका छन्। देखिने गरी केही कामै (श्रम) गरेको छैन, देश सधैँ परनिर्भर छ (स्वावलम्बी छैन), मजदुर-किसानहरूको सम्मान छैन, धनी गरीबको ठुलो अन्तर छ (व्यवस्थापन छैन) तर राज्यबाट सुविधा चाहि Investor ले जस्तो गर्न खोज्यो भने के होला?

अहिलेसम्म कुनै पनि नेता वा राज्य संचालकहरू जनताका प्रिय हुन नसक्नु र देश विकसित हुन नसक्नुको प्रमुख कारण नै यही हो। देश विकसित र जनता सुखी र खुसी भएपछी राज्यबाट नेताहरूले सुविधा लिए पनि सुहाउँछ र जनताबाट विरोध पनि हुँदैन। हैन भने ऋण गरेर घिउ खाएको ज्यान मलामीलाई भारी मात्र हुन्छ।

सबै राज्य संचालकहरूले बुझ पचाएको कुरा यही हो।

12/09/2018

4 thoughts on “राज्य सञ्चालकले बुझ पचाएको कुरा : ऋण गरेर घिउ खाएको ज्यान मलामीलाई भारी मात्र”

  1. प्रविण खत्री says:
    December 12, 2018 at 2:11 pm

    ठुला मान्छेले सुविधा लिनु नौलो कुरा होईन तर नेपालको सन्दर्भमा केहि महिना पहिलेसम्म प्रधानमन्त्री फेरिन्थे । जायजै हो प्रधानमन्त्री फेरिएपछि गृह, रक्षा, अर्थ गर्दै ६०/७० जना मन्त्री पनि फेरिनेनै भए । एकपटक पदमा पुगेपछि पदमुक्त भईसक्दा पनि विभिन्न सुविधाको नाममा राज्यकोषको दोहन नरोकिने रहेछ किन भने नेपालमा भु.पु. भईसकेपछि पनि सुविधा दिईराख्‍नु पर्ने कानून बनेको रहेछ । अब जनताको लागि जनताले चुनेका जनप्रतिनिधिहरुले बनाएको संविधान र त्यहि संविधान अन्तरगत रहेर बनेका विभिन्न कानूनले दिएका कुरालाई नाजायज भन्ने कुरा पनि भएन ।
    फेरी नेपालमा जुनकुकै ब्यवस्था आएपनि वा जस्तोसुकै कानून बनेपनि सरकार चलाउने मान्छेहरु कहिल्यै फेरिएनन् । पालैपाली उनिहरुनै आँउछन् । पञ्चायतकालमा पनि यहि नेताहरु थिए, बहुदलमा पनि यिनै थिए, राजाको प्रत्यक्ष शासनकालमा पनि यिनै थिए, अहिले गणतन्त्रमा पनि यिनिहरुनै छन् । खाली म्यूजिकल चियर खेलमा जस्तै पालै पालो पदमा बस्ने मात्र हुन् । ब्यवस्था मात्र बदलेर भएर ब्यक्ति बदल्नु पर्‍यो अनि केही हुन्छ कि ।

    Reply
  2. madan bajracharya says:
    December 11, 2018 at 11:38 pm

    ऋण लागेको मुलुकको आजिवन घर/आवास र घरमा चाहिने सोफा पलंग मेच टेबल,बिजुली किचनमा चाहिने (खाना पनि भनेर स्पस्ट मात्रै भनेको छैन तर…) ,चालक सहितको गाडी पेट्रोल, मोबिल र मर्मत खर्च र अनि कर्मचारी कर्मचारीहरु समेत रास्त्रकै कोष बात असुल्ने लिने नेताहरु रास्त्रकै निमित भार मात्रै होईन बोक्ने त् के घिचार्ण पनि नसकिने भारि भयो/ चुनावमा नागरिकहरुले नचुने पनि मन्त्रि प्रधान मन्त्रि र दलको नेता बन्न पाउने अनि उनीहरुको खर्च चाहि नगरिक र रास्त्रले ऋण लियर पनि बेहोर्ने!!!/ दलहरुको कोत्ता बा सिफारिशमा नियुक्त भयकाले रास्ट्र बात पाउने तलब भत्ता बात दलहरुले म्यान पावर एजेन्टले नेपालीलाई विदेशमा रोजगारी मिलाई दियकोले भनेर फिस लिय जस्तै “लेभि” उथाउञ्छन/ म्यान पावरले बिदेशमा रोजगारी मिलायकोमा के कति लिन पाउञ्छन भनेर कानुन नियम छ तर दलकोले के कति लेभि लिन पाउने हो तेस्को बारेमा ….; यस्तो किन? रास्ट्र को कोष बात रास्ट्र सेवकले लिने तलव भत्ता कानुनले ब्यब्स्थतित गरेकोछ र तेसरी पायको तलव भत्तामा कर पनि तिर्नु पर्छ/ रास्ट्रको कोष बात आजिवन असल्ने रकममा र दलहरुले उठाउने लेभिमा कर तिर्नु पर्दैन?

    रास्ट्र सेवक भनेको कर्मचारीहरु मात्रै होइनन सांसद मन्त्रि प्रधान मन्त्रि र रास्ट्रपति पनि हुन्/ त् …….यस्तो किन? इनिहरुको यस्तो प्रविति के कुरामा उहिलेको दरवारिया तन्त्र भन्दा इनिहरुको …फरक भयो?

    Reply
  3. bibek says:
    December 11, 2018 at 10:41 am

    तपाई ले रिच डाड र पॊर डाड को youtube संस्करण लाई copy +paste गर्नु भएछ . धन्यवाद

    Reply
  4. Shankar says:
    December 11, 2018 at 8:35 am

    पंचायत गयो, बहुदल आयो, फेरी गणतन्त्र आयो | पुराना नेता देश लुटेर गए , नया नेता आए फेरी लुट्दैछ| प्रविन गुरुङ को हत्या पछी पारस लाइ कारबाही माग गर्दै दर्बार मा हस्त्यक्ष्यर पठाउने रबिन्द्र अधिकारि आज बिमान बडी काण्ड गरेर आफै झन् ठुलो भ्रास्ताचारी बन्यो |

    सबै कुरीतिको मूल जढ़ भनेको भ्रस्ट कर्मचारी तन्त्र , जुन पंचायत काल देखि उही छ | एउटा सामान्य खरदार को पनि राजधानीमा भ्यब्य घर हुन्छ , कसरि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme