Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एयरलाइन्सको अनलाइन टिकट किन्दा भएको अलमल

Posted on April 11, 2019 by mysansar

-संकल्प पोख्रेल-

प्रविधिको प्रयोग बढेसँगै घरै बसेर आफ्नो काम फत्ते गर्न सजिलो भएको छ। इसेवाको म पुरानै ग्राहक हुँ। इसेवाका अधिकतम सेवाहरु प्रयोग गर्दै आइरहेको छु। यसको सजिलो पक्ष धेरै छ भने असजिलो पक्ष पनि छ।

असजिलो पक्ष यो हो कि इसेवामा सबै बैंकबाट रकम ट्रान्सफर गर्न पाइँदैन। उदाहरण नेपाल इन्भेष्टमेन्ट बैंक हो। अरू पनि होलान्। त्यस्तै बेला बेलामा कुनै सर्भिस डाउन हुने त नेपालको परिप्रेक्ष्यमा खासै महत्त्व नराख्ला, त्यही हो, अप कति खेर हुन्छ भन्ने महत्त्वपूर्ण हुन्छ।

भर्खरै एउटा अर्को असजिलो महसूस गरेँ। इसेवाको सर्भिसमार्फत् मैले एक जनाको बुद्ध एयरको टिकट काटेँ। ३ हजार ६५० रुपैयाँको टिकट किन्दा ८७ रुपैयाँ ८४ पैसा क्यासब्याक आयो।
सञ्जोगवश टिकट क्यान्सिल गर्नुपर्ने भयो।

अब सुरु भयो आपत्।

आपत् किन भन्दा जुन निकायबाट बुक गरेको हो, त्यो निकायबाटै क्यान्सिल गर्न पाइँदैन। इसेवावाट खरिद वा बुक गरे पछि इसेवाबाटै क्यान्सिल गर्न पाउनु पर्ने हो, तर त्यसो हुँदैन।

त्यसैले मैले बुद्ध एयरमा नै सम्पर्क गरी क्यान्सिलको अनुरोध गरेँ। उताबाट जवाफ आयो तपाईँको टिकट क्यान्सिलेसन चार्ज १० प्रतिशत लाग्छ। मैले हुन्छ भनेँ।

स्मरण रहोस् यो १० प्रतिशत भनेको फेयर चार्ज २४४० को १० प्रतिशत अर्थात् २४४ हो।

NPR FARE 2440 FSC 1010 PSC 200 TOTAL 3650 यसरी टिकटको मूल्य निर्धारण गरिएको हुन्छ।

अब मैले फिर्ता पाउने हुन्छ 3650 बाट १०प्रतिशत घटाएर अर्थात् 244 – मैले पाएको क्यासब्याक 87.84 = 3318.16

तर मेरो एकाउन्टमा 3,259.60 मात्र आयो अर्थात 58.56 कम।

अब सुरू भयो मेरो विमति। अनि मैले फेसबुक च्याटमार्फत् कुरा सुरु गरेँ। उनीहरूले भन्न थाले- एयरलाइन्सले जति काटेर दियो, त्यति नै हामीले फिर्ता गरिसक्यौँ।

अनि मैले मेरो हिसाब मिलेन, लौ कसरी त्यति भयो भन्नुस् भन्दा उनीहरूको जवाफ हुन्थ्यो त्यही। त्यस दाबीलाई सत्य प्रमाणित गर्न उनीहरूले उनीहरुलाई बुद्ध एयरले कटाएको स्क्रिनसट पठाए त्यो नै मेरो लागि चुरोको कुरो सम्म पुग्ने साधन बन्यो।

अनि मैले भनेँ, साधारण भाषामा, यदि दुई जना भएर एक जनालाई रु १०० मा दुबैको संयुक्त सामान बेचेर दुबै जनाले ५०/५० लिए अब त्यो सामान मन परेन भनेर फिर्ता गर्न त्यो मान्छे आयो भने पहिलोले मात्र १०० तिर्ने दायित्व हुन्छ र?

मतलब के भएछ भने, बुद्धले दिएको कमिसन १४६.४० रहेछ। त्यसमध्येबाट मलाई ८७.८४ दिइएको थियो भने इसेवाले ५८.५६ राखेको थियो। अब टिकट क्यान्सिल गर्दा बुद्धले पूरै १४६.४० कटायो। भने पछि मैले पाएको कमिसन मैले र उनीहरूले पाएको उनीहरुले फिर्ता गर्नुपर्ने ठाउँमा मेरैबाट पूरै घटाएछन्।

यसरी मैले पूरै हिसाब गरेर बताएपछि एक जनाले मलाई फोन गर्नुभयो। मैले उहाँलाई माथिको हिसाब बताएपछि फाइनान्स टिमसँग कुरा गर्छु भन्नु भयो र खबर गर्छु भन्नु भो। केही दिन कुरेँ, फोन आएन। फेरि च्याटमा कुरा सुरु भयो।

अब अर्को पर्नु भो होला। उहाँले पुनः माथिकै बुद्धले घटाएको काटेर अरू जम्मा गरिसकियोवाला जवाफ आयो। मैले अस्ति मसँग कुरा गर्ने को हो, उहाँसँग धेरै कुरा भएको छ। ल त्यसको जवाफ चाहियो भने पछि एकै छिन कुराए। पछि मेरो बाँकी रकम फिर्ता आयो।

फेरि मैले सोधेँ, के यो सिस्टमनै सच्चियो वा मैले धेरै कचकच गरेर यो पालि दिऊँ न त भनेर मात्र दिइएको हो भन्दा कुनै चित्त बुझ्दो जवाफ आएन। अनि मैले भनेँ, यदि सिस्टम नै सच्चिएको हो भने तपाँईहरुलाई फाइदै हुन्छ। किनभने यो बिषयमा म ब्लग लेख्दैछु हैन अरूलाई चैँ मलाई जस्तो ब्यवहार फेरि पनि हुन्छ भने यो ब्लगले सबैलाई फाइदा गर्ला।

2 thoughts on “एयरलाइन्सको अनलाइन टिकट किन्दा भएको अलमल”

  1. Kusum Shrestha says:
    April 19, 2019 at 9:54 am

    एउटा सचेत नागरिक को दयित्तो पुरा गर्नु भएकोमा धन्यवाद/ सबै जना तपाई जस्तै जागरुक भैदिए देश को मुहार फेरिन समय लाग्दैन/ नभए त यहाँ आम जनता लाई कसले कहाँ कुन तरिकाले लुटीराछन् भन्ने कुरा धेरै लै हेक्का छैन / येति गहन विश्लेषण गर्ने बौद्धिक क्षेमता सबै मा हुदैन पनि/

    Reply
  2. Rajendra Dhakal says:
    April 19, 2019 at 1:12 am

    यो सारै जानकारी मुलक लाग्यो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme