Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन : प्रभु वन्दना

Posted on October 29, 2016October 29, 2016 by mysansar

subik
ल प्रभु हजुरको आगमनमा सार्बजनिक बिदा ठोकियो !
पबित्र ती चरणमा, कोटी कोटी पापी यो शिर ढोगियो !!
अब त … अब त …
बस हजुरले भनेको ठाउँ मा कलम चलाउला !
जनता मारियो, देश मारियो, बिस्तारै जलाउला !!
….

हाम्रो त मन्दिर पनि हजुर, देउता पनि हजुर !
हजुरकै इसारामा छम छमि नाचुला बनेर मयुर !!
तेही त हो नि..
हाम्रो जुत्ता सिपाहीले बोक्छन, म बोकुला खराउ हजुरको !
कुर्ची मात्रै मेरो हो, आसनमा त सधै राखुला खराउ हजुरको !!
….
हजुर भन्नुस मात्रै, एक चिरा तराई होइन, पुरै काक्रो चडाउला !
भाई भाई, बाबु छोरा, जाति जाति, सबैलाई लडाउला !!
बस .. बस …
हजुरलाई रिझाउनु नै त मेरो आदर्श. मेरो कर्म हो !
आफ्नो त स्वर्ग नै दक्क्षिन, स्वर्ग जानुनै ठुलो धर्म हो !!
…….
खोला नाला, बन जडीबुटी, पहाड हिमाल सबै हजुरको !
आखा मेरा – हेराई हजुरको ओठ मेरा- आवाज हजुरको !!
सबै गरे बापत …. प्रभु
एउटई सानो अनुरोध मेरो, सधै सत्तामा बस्न पाउ !
जनता रोउन या मरुन, म सधै भुडी फुलाएर हास्न पाउ !!
…….
जुका जस्तै सत्तामा टसिनु, टासिएर चुस्नु रगत देशको !
ओर्लनु र फेरी चड्नु हजुरको इसारामा, अनि चुस्नु रगत देशको !!
हो प्रभु….साच्चै प्रभु ….
सारै मजा पो त हुन्छ, हजुरले खेलाउने यो खेलमा !
एउटै प्रार्थना, मेरै जित बनाइदिनु हर जाल झेलमा !!
….
ल प्रभु हजुरको आगमनमा सार्बजनिक बिदा ठोकियो !
पबित्र ति चरणमा, कोटी कोटी पापी यो शिर ढोगियो !!
अब त … अब त …
बस हजुरले भनेको ठाउँ मा कलम चलाउला !
जनता मारियो, देश मारियो, बिस्तारै जलाउला !!

कविता : विष्णु पि खनाल/कार्टुन : सुबिक कार्की

1 thought on “कार्टुन : प्रभु वन्दना”

  1. Shankar says:
    October 29, 2016 at 2:11 pm

    लौरो हो भनौ भने टेक्न न मिल्ने ,
    डोरी भनौ भने बाध्न न मिल्ने ,
    देश को प्रधान मन्त्रि भन्छन सबैले
    देशी राजदुत ले बोलेको पनि नाघ्न न मिल्ने |

    बोक्सी ले मंतारेर छाडेको मुसा ,
    बाघ बनेर आफ्नै घर , बस्ति सखाप पार्यो ,
    मन्त्र को प्रभाब सकियो
    फेरी मुसी को मुसा
    जाता गएपनि छाया संगै पिजडा ,
    आफनै कार्यकर्ताको नजर मा हिजडा
    अन्तरास्ट्रिय अदालत , बादर मुडेको भुत
    अब केहि गर्न सक्दैनस तैले
    एक गिलास लोकल खाएर सुत|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme