Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेलो नेपालले हुम्लावासीलाई दिएको पीडा

Posted on November 17, 2016November 17, 2016 by mysansar

– राजु आचार्य –

hellonepal मोबाइल थन्काएको दुई वर्ष पुग्न लाग्यो। तैपनि काम गर्योह कि भनेर बेला-बेलामा मोबाइल खोली राख्छन्, लिमी गाविसका बासिन्दाहरु। हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटबाट ६-७ दिनमा पुगिने यो ठाउँमा पहिलो पटक मोबाइल आउँदा कम्ता खुसि थिएनन् उनीहरु। तर खुसी धेरै समय टिक्न पाएन।

२०१३ मा मोबाइल कम्पनी ‘हेलो नेपाल’बाट घरमा सम्पर्क गरेका अनुसन्धानकर्मी यादव घिमिरेले सन् २०१६ मा त्यसो गर्न पाएनन्। बरु उनले ७ दिनदेखि बिग्रेको नेपाल टेलिकमको भिस्याट बनेपछि सम्पर्क गरे। उनले भने ‘ अरु ठाउँमा सुविधा थपिँदै जान्छ तर यहाँ भने भएको मोबाइलको पनि यस्तो हालत छ।’ टेलिकमको भिस्याट प्रणालीको एक एक वटा फोन तिनै वटा गाउँमा राखिएको छ, जुन महँगो छ र नियमित पनि छैन।

हुम्लाको लिमीमा रहेको मोबाइल टावर
हुम्लाको लिमीमा रहेको मोबाइल टावर

‘कयौँ पटक गुनासो गरियो, जिल्लाका ठूला बडालाई जानकारी पनि छ, मोबाइल कम्पनीलाई पनि थाहा छ, दुर्गम भने पछि यसरी हेप्छन’ स्थानीय हाल्जी गाउँ निवासी पाल्जोर लामाले बताए।

स्थानीय पासांग लामाले भने ‘आजभोलि त मोबाइलको टावरतिर हेर्न पनि मन लाग्दैन’। लिमि गाविसको हाल्जी गाउँमा राखिएको उक्त टावरले दुइ वर्षअघिसम्म तिल, हाल्जी, जांग गाउँ (१८० घरधुरी) लगायत छेउ छाउमा सुविधा दिएको थियो। उक्त टावर भवन वरिपरी अहिले घाँसले छोपेको छ ।

सन् २००९ मा सुरु भएको अजयराज सुमार्गीको मोबाइल सेवा प्रदायक कम्पनी ‘हेल्लो नेपाल’ ले हुम्ला सहित मध्य-पश्चिमका १५ जिल्लामा सेवा उपलब्ध गराइरहेको छ। दुर्गमबाट सेवा सुरु गरेको सो कम्पनीको शुरुमा सबैले प्रशंसा गरेका थिए। तर स्थानीयले भने सन् २००९ देखि सुरु भएको यसको सेवा भरपर्दो नभएको गुनासो गरेका छन्। ‘ पहिला त ठिकठीकै थियो तर अहिले आवाज नबुझिने, पैसा पनि बढी काट्ने गर्दछ, सुबिधा राम्रो छैन’ हुम्लाका स्थानिय युवा बिनोद शाहीले गुनासो गरे।

यो बीचमा सुमार्गीले हेलो नेपाल एनसेलको तत्कालीन माउ कम्पनी टेलियासोनेरालाई बेचेर पछि विवाद भएपछि पुनः उसैबाट सस्तोमा खरिद गरेर मनग्य कमाए। तर नेपालकै सेवाको हालत भने यस्तो छ।

दुई वर्षसम्म सेवा अवरुद्ध हुँदा पनि किन नबनाएको होला भनेर सोध्नका लागि हेल्लो नेपालको कल सेन्टर (९६३८२०३३३३) मा प्रयास गर्दा सम्पर्क हुन सकेन। नयाँ बानेश्वरको मुक्तिश्री टावरका एक कर्मचारीलाई भेटियो। तर नाम चैँ लेख्न पाइँदैन है भन्ने शर्त राखेर यस्तो भने ‘डलर सटही सुविधाको लागि नेपाल दूरसंचार प्राधिकरणले पत्र नलेखेको हुनाले सेवा अवरुद्ध भएको हो। उक्त पत्र राष्ट्र बैंकमा बुझाई सकेपछि हंगकंगस्थित सेटेलाइट उपलब्ध गराउने संस्थालाई रकम भुक्तानी गर्न सकिने समेत बताए। यसको लागि प्रयास जारी छ, सबै कुरा सहज रुपले अगाडि बढे पनि लिमीमा फोनले काम गर्न अझै थप २ महिना लाग्छ।’

दुई दुई वर्षसम्म सेवा अवरुद्ध हुँदा पनि सञ्चालन गर्न नतात्ने कम्पनी, समस्या हो भने समाधान गर्न अघि नसर्ने नियामक निकाय देख्दा हाम्रो देशको हालत प्रष्ट हुन्न र? कोही छ हुम्लाको यो दुःख हेरिदिने?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme