Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूकम्प र पहिरो गएको ठाउँमा चीनले बनाइदिएको सडकको फोटो

Posted on January 6, 2017 by mysansar

– शुभक महतो –

भूकम्प, भोटेकोशीमा आएको बाढी र पहिरोेका कारण क्षतिग्रस्त अरनिको राजमार्ग अन्र्तगत बार्‍हबिसे कोदारी सडकखण्ड चीन सरकारको सहयोगमा मर्मत पूरा भएको छ। २०७१ साउन १७ गते जुरेमा आएको भिषण पहिरो, २०७२ बैशाख १२ गते र २९ गते आएको भूकम्प र २०७३ साउन २१ गते भोटेकोशी नदीमा बाढी आएको थियो। त्यसपछि अरनिको राजमार्ग अन्तर्गत जुरेदेखि तातोपानीसम्मको अघिकांश भागमा सडक बगाएको थियो भने कति भागमा पहिरो गएको थियो। यसले गर्दा जोखिमपूर्वक त्यस क्षेत्रमा हलुका सवारी साधन कहिले बन्द त कहिले सञ्चालनमा आइरहेको थियो। तर, पछिल्लो पटक चीन सरकारको सहयोगमा जुरेदेखि तातोपानीसम्मको अधिकांश भागको सडक निर्माण भएको छ। हेरौँ फोटोहरु

3 thoughts on “भूकम्प र पहिरो गएको ठाउँमा चीनले बनाइदिएको सडकको फोटो”

  1. Santoindi says:
    January 6, 2017 at 4:50 am

    जय चीन सरकार
    जे होस् येति बाटो त बन्यो, मान्छे हरुले सुबिधा का साथ हिड्न त पाए ..हाम्रो लागि येही ठुलो र खुसि को कुरा हो
    हाम्रो नालायक मन्त्रि हरु बाट त यो काम जुगाउ जुग सम्म पनि सम्भब थिएन
    पोलिटिकल हिसाब मा जो जस्तो भएपनि मैले त चीन को गुण गान गाउछु किन भने धेरै बिकास निर्माण को काम हरु चीन ले गर्दा सम्भब भाको छ .अझ राम्रो सम्बन्ध हुदै जाने हो भने देश मा रेल आउन पनि धेरै समय छैन …खालि काले धोति हरुको जुत्ता चाट्न छोड्न पर्छ …धोति हरु बाट धोका बाहेक अरु केहि छैन .. नेपाली माथि गको कैले पनि हेर्न सक्दैन तिनीहरुले ..

    Reply
  2. Gaire Jhabindra says:
    January 5, 2017 at 7:36 pm

    एतिका चाइना ले नेपाल मा काम गरेको फोटो न हालौ कतै रन्जीत रे लाई हर्टाट्याक होला।।।।।

    Reply
  3. Shankar says:
    January 6, 2017 at 12:55 am

    प्रचण्ड को नया नेपाल
    ——
    चीन ले बाटो बनाइदिने , इन्डिया ले खानेकुरा पठाइदिने
    हाम्रो मन्त्रीहरु सरकारी खर्च मा संसार टुर गर्ने
    नेताहरु सरकारी ढुकुटी उपचार को नाउमा लुट्ने ,
    लुट्न न पाउने नेताहरु जनताको मुक्ति आन्दोलन गर्ने सधै जसो
    सरकारी कर्मचारी घुस खान मा व्यस्त
    टिचर काँ टिप्न पाइन्छ , बिद्द्यार्थी कता ठिटा ठिटी पाइन्छ ?
    बुजुर्ग गाउले तास मा व्यस्त , गाउले नेता सिंहदरबार ,बल्खु ,सानेपा , पेरिस डाडा चाकडीमा
    बेरोजगार युवा बिदेसिने , बयस्क बाठा नेपालि जग्गा दलाली मा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme