Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के तपाईसँग ‘मोडर्न लभ’को अनुभव छ ?

Posted on December 21, 2016December 20, 2016 by mysansar

– नवराज कुँवर –

के तपाईसँग ‘मोडर्न लभ’को अनुभव छ ? प्रश्न पढ्नेवित्तिकै तपाईको मनले यो पंक्तिकारलाई एउटा जवाफको झट्टारो पक्कै हान्यो । तिमी सँग मात्र छ त ?

तपाईको मनले यो जवाफ दियो/दिएन तपाईको कुरा भयो । तर यो प्रश्नले प्रेम वा पहिलो प्रेम अथवा दिएको (तपाईले दिएको भए) पाएको (कसैबाट पाएको भए) ‘धोका’ पक्कै तपाईको स्मृतिमा ल्याइदियो ।

संसारका जो सुकै मानिस वा प्राणी प्रेमबाट अछुतो छैन । नपत्याए भर्खरै सुत्केरी भएको ‘आमा कुखुरा’को एउटा चल्ला समाएर देखाउनुस् । यसर्थ सबै प्रेमसँग समिप नै हुन्छन् । यसको अर्थ तपाई पनि प्रेमबाट अछुतो पक्कै हुनुहुन्न ।

विवाह गर्नुभयो ? गर्नुभयो भने पनि तपाईसँग प्रेमको अनुभव त होला । गर्नुभएको छैन भने त झन् धेरै नै होला । बेला भएको छैन भने सुरु त पक्कै भयो होला वा हुन लागेको त होला नि हैन ?

पंक्तिकारको यो कुराले तपाईप्रति ’खै के खै के’ भन्ने मनमा पारिसक्यो होला । तर पंक्तिकारले तपाईसँग आधुनिक प्रेमको अनुभूति सम्झाउन खोजिरहेछ । तर त्योभन्दा अघि म तपाईलाई हामीभन्दा दुईपुस्ताअघिको लभतिर फर्काउन चाहान्छु ।

हजुरआमाको गाउँ पल्लोपट्टि हजुरबुवाको वारी । हुन त मेरो प्यारो हजुरबुबा अहिले हामीसँग हुनुहुन्न तर मलाई सानामा उहाँले सुनाउनुहुन्थ्यो, उहाँहरुको लभस्टोरी । गोठालामा देखादेख भयो । मेलापातमा भेट भयो । तर बोलचाल भने भएको थिएन । हजुरबुबा १४ वर्षको हुनुहुन्थ्यो रे अनि हजुरआमा १२ वर्षकी । लभ परेछ । तर त्यतिबेला साइनोबेगरका समान उमेरका केटाकेटी बोलेमात्र पनि ‘बात’ लाग्थ्यो रे । हजुरबुबा र हजुरआमाको ‘डीप लभ’ सफल बनाउन हजुरबुबाले हजुरआमालाई हातमा पकडेर तान्नुभएछ (बुढापाकाहरु घिसारेको भन्छन् सोध्नुहोला) ।

त्यसपछि के भयो ? त्यसपछि के भयो भन्ने प्रश्न पनि सोध्ने हो ? त्यसपछि केहि नभएको भए पंक्तिकारको यो ‘मोडर्न लभ आर्टिकल’ तपाई पढ्न पाउनुहुन्थ्यो ?

उतिबेला लभ प¥यो भने सिधै विवाह । मन प¥यो भने उसलाई घिसारिसकेपछि बल्ल घर ल्याएर लभ गर्न पाइन्थ्यो । तपाई भन्नुहोला, ‘मुनामदन तिम्रै हजुबुबाको पालामा लेखेको त हो नि ।’ तर त्यो मलाई थाहा भएन । यही प्रश्न तपाईलाई गर्नु छ भने उत्तरका लागि देवकोटा हजुरबुबा बाँचेर आउनुपर्छ । त्यो काल्पनिक कथा थियो ।

अब बुवा आमाको पालामा हेरौँ । पंक्तिकारको बुवाआमाको पनि ‘लभम्यारिज’ हो । मन परापर भएपछि भाग्नुभएको रे । खै ‘डेटिङ–सेटिङ’ गाको कुरा हामी बाउछोराको कुरा हुँदा बुवाले कहिले भन्नुभएन । अरु कसैबाट पनि सुनिएन पनि ।
अब अहिलेका कुरा । हुन त पंक्तिकारसँग पनि लभको अनुभव नभएको हैन । तर पनि ‘रियल लभ’को अनुभूति छैन । मोडर्न लभको अनुभव भने राम्रोसँग छ । अनुभव गर्न आफैले गर्नुपर्दैन । छेउमै घटेका घटनाले पनि अनुभव दिलाउँछन् । अहिले तपाई आफ्नो नजिकको साथीलाई नियालेर अध्ययन गर्नुहोस् । तपाई केटा भएपनि केटी भएपनि । तपाईको कुरा छाड्नुस् । तपाईका साथीहरुलाई मात्र पढ्नुहोस् । निकै अध्ययनपछि तपाईले छातिमा हात राखेर भन्नुपर्छ के तपाईको साथीसँग एउटामात्र गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्ड रहेछ ?

आजभोली केटा÷केटी मन प¥यो, ’आइ लाइक यू’ भनिदियो सकियो । ’आइलभ यू, आइ कान्ट लिभ विदाउट यू, यू आर माई हर्ट, लाइफ, यू आर माइन्’ भनिदिनुभयो भने त तपाई ’फिल इन द ब्लाङक’सम्मै सफल हुन सक्नुहुन्छ । हैन भने शनिबार पशुपतिको श्लेषमान्तक जंगल, स्यम्भूनाथ, गोदावरी, ह्वाइटगुम्बा जानुहोला । पूर्वतिर हुनुहुन्छ भने इटहरीको तालतलैया, इन्द्रपुरको बेतना, भेडेटार,अनि त्यो धरानमाथीको जंगलतिर पनि हेर्न नछुटाउनुहोला । यसो बाटो परेका बेला हेर्नुहोला भन्नमात्र खोजेको । त्यहाँ देख्नुहुनेछ तपाईले ’इन्द्रलोक र स्वर्गलोक’को मजा कसरी लिइरहेका हुन्छन् ’मोडर्न’ लभका प्रेयर्सहरुले ।

यति कुरा पढिसक्दा तपाईले पनि पक्कै केही डेटिङहरु सम्झनुभयो होला । अहिलेका युवाहरु लभलाई लाईफ भन्छन्, गर्लफ्रेण्डलाई ‘वाइफ’ भन्छन् । अझ पंक्तिमा हेर्नुहोस् आजकालका लभरहरुको ‘कन्सेप्चुयल लभमाइन्ड’ कस्तो हुन्छ ।

’लभ इज अ ग्याम्बल
सेक्स इज अ गेम
वान नाइट अफ प्लेजर
नाइन मन्थस् अफ गेन
वान नाइट इन हस्पिटल
जुनियर्स निड्स अ नेम’

मुभि, रोमान्स, डेटिङ, आइसक्रिम, रुपैयाँ आज ’गेन फर द लभ’ भएका छन् । पैसासँग लभ दाँजिएको छ । तपाईले अनुभव गर्नुभएको छैन भने पक्कै अनुभव त्यो बेला गर्नुहुनेछ जब तपाईको लभसँग पैसा जोडिन्छ । अनि तपाईले भन्नुहुने छ ओ ’इट्स मोडर्न लभ’ । म त भन्छु ’लभ इज अ फिलिङ’। माया गर्छु भन्दैमा लभ हुँदैन । व्यवहारमा हुन्छ लभ । यो संसारको कुनै वस्तुसँग पनि तुलना हुन सक्दैन । तर अहिले यी सब कुरा गर्यो भने एकदमै पुरानो विचारधाराको व्यक्तिमा गन्छन् । तपाई के भन्नुहुन्छ कुन्नि ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme