Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

५० लाख सुजाताको लागि ठूलो रकम हैन, तर लोभको औषधि हुँदैन

Posted on November 15, 2016November 15, 2016 by mysansar

1karod
-सुनील गौतम-

अहिले नेपाली राजनीतिमा अर्को एउटा “हट केक” समाचार बनेको छ सुजाता कोइरालाको क्यान्सर! मैले नेपाली छापाहरुमा पढे अनुसार सुजाता दिदीले आफ्नो क्यान्सरको उपचार गर्नका लागि आफ्नो जग्गा बेच्ने योजना गरेकी थिइन् रे। तर शेरबहादुर देउबा र बिमलेन्द्र निधिले उनलाई जग्गा बेचेर इलाज गर्नु हुँदैन, हामी प्रचण्ड जीलाई भनेर सरकारबाट इलाज खर्चको व्यवस्था गर्छौ भनेछन्। अब सुजाता दिदीले उनीहरुका कुरा किन नमान्नु? हालै मात्रै पूर्व राष्ट्रपति रामवरण यादवले पनि १ करोड इलाज खर्च बुझेकै हुन्। अरु नेपाली नेता र मन्त्रीहरुले पनि उपचार खर्च लिइरहेकै हुन्।

मन्त्रिपरिषदले आफ्नो अनुपस्थितिमा ५० लाख उपचार खर्च दिने निर्णय गर्यो भन्ने स्वास्थ्य मन्त्री गगन थापाको तर्क छ। के साँच्चै नै उनलाई यो कुरा थाहा थिएन? उनले त अबदेखि कसैलाई पनि १५ लाख भन्दा एक पैसा पनि बढी उपचार खर्च नदिने नियम नै पास गर्न लागेका थिए त। तर हाल आएर उनलाई आफ्नो बोली आफैलाई गोली हुनपुग्यो। नेपालमा कति खेर के हुन्छ कसलाई थाहा, बिचरा गगनबाट जमिनमा उत्रे एकैछिनमा !!!!

सुजाता दिदीको क्यान्सरले त गगन भाइलाई पनि तान्ला जस्तो छ त। सामाजिक संजालमा उनको राजिनामा माग्नेको लहर नै चलेको छ। तर राजीनामाले समस्या समाधान गर्दैन बरु उनी नभएपछि झन् विकृति बढ्छ, हाल सरकारमा उनको आवश्यकता छ भन्ने तर्क उनको पक्षबाट दिइँदैछन्। मैले नबुझेको कुरा चै के भने हालसम्म यति जनाले इलाज खर्च डकारी सके तर कसैको विरोध भएको सुन्या छैन, हाम्री सुजाता दिदीलाई चाही भूतले खाजा खाने बेलामा क्यान्सर भएको हो त? पुरुषले त विरोध गरे, गरे, महिलाहरु समेत अनुचित भाषा प्रयोग गर्दैछन उनको विरुद्ध। एकजना महिला ले त …….मा खटिरा आयो भन्दैमा ५० लाख उपचार खर्च लिनुलाई लोकतन्त्र भन्ने भनेर ट्विट नै गरिछन्। कांग्रेस पार्टीकै सांसदहरुले समेत विरोध गर्दैछन्। के गिरिजाप्रसादले देश बिगारेको रिस सुजातामाथि पोखिएको त हैन? नत्र भने करोडौँ उपचार खर्च लिनेको विरोध नहुनु उनको चाही जाबो ५० लाख मा नै “चिरहरण” किन?
15086248_10211372003833763_158938048_n
सुजाताको लागि ५० लाख भनेको कुनै ठूलो रकम हैन, त्यति पैसाको जोहो गर्नु उनका लागि बायाँ हात को खेल हो तर लोभको औषधि हुँदैन। उनलाई यौटा सल्लाह दिन चाहन्छु। यत्रो गालि बेइज्जति सहेर त्यो पैसा नलिनुहोस्। उक्त पैसा तुरुन्त फिर्ता गरेर इमान्दारिता देखाउनुहोस् र टाउको उठाएर बाँच्नुहोस्। ताकि यस घटनाबाट अरुले पनि पाठ सिकुन् र यौटा राम्रो कामको सुरुवात तपाईँबाट भयो भन्ने सन्देश सबैतिर जाओस र बिचरा गगन थापाको राजनीतिक करिअर नै समाप्त नहोस् !

7 thoughts on “५० लाख सुजाताको लागि ठूलो रकम हैन, तर लोभको औषधि हुँदैन”

  1. डा. सुरज श्रेष्ठ says:
    November 19, 2016 at 6:55 am

    यस स्तम्भमा प्रकाशित नेताहरुलाई औषधों उपचार खर्च छ करोड़ जति देखिन्छ । नेपाल सरकारले राज्यकोष जथाभावी बाटने काम नेपाली सर्व साधारणलाई स्वीकार्य हुनै सक्दैन । बहुसंख्यक नेपालीहरुमा साधारण रोग उपचार गर्ने क्षमता सम्म न भएको राष्ट्रीय र अन्तरराष्ट्रीय निकायबाट बेला बेलामा जानकारी गराईएको छ ।

    नेपालको बार्षिक बजेट लगभग ९०,००० करोड (नौ खर्ब) पुगी सकेको छ । यस बजेटबाट छ करोड घटाउदा हाम्रो बार्षिक बजेट ८९,९९४ करोड हुन्छ । नेताहरुलाई जथाभावी दिईएको छ करोड औषधोउपचार हाम्रो बार्षिक बजेटको ०.००६६% हुन्छ । मेरो अभिप्राय: नेपालको बार्षिक बजेटको तुलनामा नेताहरुलाई औषधोउपचार दान दिईएको छ करोड रकम नगण्य भन्ने होईन । अवश्यपनि यो एक दुरुपयोग हो ।

    म के निवेदन गर्न चाहन्छु भने नेपालको बार्षिक बजेटबाट लगभग १०,००० (दश हजार) करोड कामै न भई समाप्त हुन्छ वा सार्है निम्नस्तरको काम गरेर सकिन्छ । यस्तो राष्ट्रघाती भ्रष्ट्राचार सबै स्तरकबाट बिरोध गरी रकम असुल उपर र नियन्त्रण गर्नु नितान्त आवश्यक छ ।

    डा. सुरज श्रेष्ठ

    Reply
  2. Shandy says:
    November 16, 2016 at 11:20 am

    होइन कतै उपचार खर्च १ करोड ६२ लाख लेख्ने ( क प् ओली ) कतै १ करोड २६ लाख लेख्ने ! हल्का कुरा मिलेन!

    Reply
  3. मन कु राई says:
    November 16, 2016 at 3:38 am

    सहि सत्य र राम्रो टिप्णी हाल सम्म्कै राम्र नेता भनेर ज जनता माझ चिनियेका गगन थापा लाई खाउ भने दिन भरिको सिकार नखाउ भने के को अनुहार भने जस्तै मा पुरायो

    Reply
  4. pashupati says:
    November 16, 2016 at 12:34 am

    सुजाताले आफ्नो उपचार गर्न सक्दिनन भने, अरु ३ करोड नेपालीले सक्लान् ? यो कार्य ऊनीको दरिद्रता हो कि आवश्यकता हो? यदि यो उनिको आवश्यक नै हो भने, हामी नेपालीलाई मौका दिनुहोस्, gofund मार्फत ५० लाखको जिम्मेवारी लेनेछौ। र नेपाल सरकारको रकममा आखा, नदिन सबै नेताकार्यकर्ता लाई अनुरोध छ।

    Pashupati

    Reply
  5. Suraj adhikari says:
    November 15, 2016 at 7:07 pm

    Afnai Party ko Bhai le 15 Lakh ko upachar kharcha pass garna layeko bela ma Didi le sahayog garnu parne ho! tara desh lai desh nai namanne haru lai k bhanu ra khoi!!!

    Reply
  6. subardan khadka says:
    November 15, 2016 at 5:06 pm

    तेसै नेपाल गरिब भाको त हैन सबै ले खानु पर्ने भएर तै चुप मई चुप
    लुटेका छन् जनता को दुख पसिना को कमाई चोर भ्रस्ट नेताहरुले खै कहीले सम्म हो यस्तो

    Reply
  7. Indisanto says:
    November 15, 2016 at 12:29 pm

    सबै जना ले किन एस्तो गालि गरेको होला हाम्रो सुजाता दिदि लाई..अब cancer नै भएपछि पनि बिचरा ५० लाख लेर उपचार गर्न न पाउन त…रोग पनि सानो तिनो लागेको bhaye पो सानो खर्च ले पुगोस त..बरु बिचरा तेती खर्च ले निको हुन्छ कि हुदैन, हैन भने सबै जनता मिलेर भएपनि सहयोग गरेर cancer त ठिक बनाउन पर्यो नि…
    अब बाबु बाजे को पाला देखि लागेको बानि, देश र जनता को ढुकुटी न चलाई कन रोग नै निको नभए पछि के गरुन त…रहर ले होइन के बाध्यता हो दिदि को…सबै ले बुझ्न पर्यो..
    लाज को पसारो…पनि भनि हाल्न नमिल्ने अवस्था…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme