Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एअरपोर्टका दयालु चोरलाई सलाम गर्दै भन्न चाहन्छु – एयरपोर्ट अझै सुरक्षित छैन, सावधान!

Posted on December 19, 2016December 19, 2016 by mysansar

– सुबिक कार्की –


ती चोरलाई सलाम किनकि तिनले मेरा निकन DSLR क्यामेरा, २ TB को हार्ड डिस्क, पेन ड्राइभहरु, साँचो, किताब र केही लुगाफाटा चोरेनन् । केवल नगद र हेडफोन मात्र चोरे । यति चोर्नेले अरु बाँकी सामान पनि चोर्न सक्थे । लगेज नै गायब गर्न पनि सक्थे। तर गरेनन्। तसर्थ दयागरी नचोर्दिएको यत्रो महत्वपूर्ण सामानका लागि सधन्यवाद सलाम छ ।

गत १६ डिसेम्बर, शुक्रबार बिहान ओमानको मस्कट विमानस्थलमा काठमाडौँ उड्ने ट्रान्जिट थियो ओमान एयरकै । काठमाडौँ जाने विमान भरिभराउ भएकोले क्याविन/ह्याण्ड लगेजहरु छाडिदिनुस् अनि काठमाडौँमै लिनुहोला भनी हल्का दवावसहितको विनम्र अनुरोध पछि ठिकै छ किन भीड गर्नु त भनेर हामी तीन जनाको परिवारको तीनवटा ह्याण्ड लगेज मध्ये दुईवटा छाडिदियौं ।

पहिलेपनि अरु एयरलाइन्समा यस्तोमा परिएको थियो र प्लेनबाट ओर्लने बित्तिकै ह्याण्ड क्यारी त्यहिँ थमाईदिन्थे सबै सहि सलामत हुन्थ्यो । अहिलेपनि त्यहि बुझाई रह्यो । तर यसपटक धोका खाइयो । ओर्लने बित्तिकै खोई त ह्याण्ड लगेज भनेर सोद्धा विमान कर्मचारीले अरु लगेजसँगै तलै बेल्टमा आउँछ भने । लौ त भनि Xray मिसिनमा लगेज स्क्रिन गर्ने कर्मचारीले कम्प्यूटर हैन कि आफ्नो मोबाईलको स्क्रिनमै आखाँ टाँसेको हेर्दै कानेखुशी गर्दै बेल्ट तिर लाग्यौं । सदा झैं लगेजहरु आउन ढिलै भयो । सँगैका साथीले हाम्रा सुटकेश खोल्न पो थाले कि क्या हो भन्दै व्यंगपनि गरे । के गर्थे ? अहिले त सुध्रिसके नी भन्दै हाँसियो । तर वास्तवमै हामीले त्यसो भन्दा ती कर्मचारी हाम्रा लगेज खोलेर हेर्दै रहेछन् भन्ने पछि बुझियो । सबै लगेजहरु आएपछि हिँडियो घर तिर ।

घर नपुग्दै बिचमा केही पर्ला वा ट्याक्सी भाडा तिर्नु पर्ला कि भनी हामी जोईपोईले खाम भित्र २/३ हजार २/३ हजार नेपाली रुपियाँ र थोरै विदेशी मुद्रा पनि हाली ह्याण्ड लगेज भित्र पनि फस्नर लगाउने पकेट भित्र राखेका थियौं । घरबाटै हामीलाई लिन बाआमा आएका हुनाले ट्याक्सी भाडा तिर्न लगेजबाट बीचमा पैसा झिक्नु परेन । पछि साँझमा बाहिर निस्कन नेपाली पैसा झिक्नु पर्यो भनी लगेज खोली हेर्दा त झसँगै भइयो। खाम त च्यात्तिएको र रित्तो । पत्नीले झिकिन् कि भनी सोच्दै अरु क्रमशः खोल्छु त सब फस्नरहरु खुल्लै छन् ।

क्यामेराको झोलाको खिप पनि खुल्लै छ, त्यो भित्रको दायाँवायाँ अनि अगाडि पट्टीका फस्नरहरु पनि सब खुल्ला छन् । मोबाइलको हेडसेट राखेको स्यानो व्याग पनि रित्तो र ह्वांगै थियो । मनमा चीसो पस्यो र उनको व्याग पनि खोलेर हेर्दा त सबै लुगाफाटा छन् खाम चैं रित्तो । धन्न सुनको गहना भएको व्याग चैं हामीसँगै भएकोमा परेछ । जे होस, फस्नर खुल्लै भएपनि सबै सामान गायब थिएनन् । महत्वपूर्ण डकुमेन्ट र डिजिटल क्यामेरा फोन चलाउन थालेदेखिका वर्षौं अघिदेखिका फोटोहरु र डकुमेन्ट राखिएको हार्डडिस्क, पेन ड्राइभ, क्यामेरा आदि बाँकि रहेको देखेर चैं अलि राहत भयो ।
तर पनि आफ्नै मूर्खतालाई धिक्कार्नु सिवाय मैले गर्ने के ? त्यो फिर्ता आउने सवालै थिएन । मेरो २/४ हजारको लागि कसले खोजबिन गरिदिने? ह्याण्ड क्यारी आफूसँगै रहने त हो नि भनेर ताल्चा पनि लगाइएन । अर्कोतिर यस्तो घटना घटेको नसुनिएको धेरै भएकोले त्यस्तो केही नहोला भनी विश्वास गरियो ।

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो हुनु भनेको साह्रै नै गम्भीर र सम्वेदनशील विषय हुनुपर्ने हो । तर पनि किन यो यस्तो घटनाबाट कहिल्यै मुक्त हुन सक्तैन ? एक त विदेश बसेर नेपाल आउँदा एयरपोर्ट छिरेदेखिनै टिठलाग्दो अवस्था देखिन्छ अर्को तिर यस्तो घटना घट्दा झन मनै भाँचिन्छ । नेपालीले त यस्तै हो भनेर चित्त बुझाउलान् । विदेशीले के सन्देश लैजालान् ? तिनले अरुलाई नेपाल भ्रमण गर्न सिफारिस गर्लान् त?

मेरो दुईवटा ब्यागमध्ये दुईवटैमा यस्तो घटना घट्यो भने दिनहुँ यस्ता घटना कति घट्दा हुन् ? तर बाहिर सधैं आउँदैनन् होला पनि किनकि थोरै पैसा वा सामानको लागि उजूरी गरेर उल्टै समय र पैसा खेर फाल्न कोही चाँहदैन। नेपालको प्रशासन सबैले बुझेकै छन् । ती गुमाएको पैसा र सामानको त माया मारियो नै अरु बचेको मै धन्य सम्झिदै अब अरुलाई यस्तो नपरोस् भनी केही गर्न सकिन्छ भनी सोच्दा पहिलो कर्तव्य त सम्बन्धित निकायमा खबर गरिदिनु नै उचित ठानी त्रिविविका महाप्रवन्धकको फोन नं. थाहा भएको ले भोलिपल्ट वहाँलाई फोन गरेर यो घटनाको जानकारी गराएँ । वहाँले भन्नुभयो- त्यस्तो महत्वपूर्ण चिजहरु नराख्नु भनेर लेखेकै हुन्छ तपाईले गलत गर्नु भयो । घटना ओमान सेक्टरमै पनि भएको हुन सक्छ।

तैपनि म बुझ्नेछु भनी जवाफ दिनु भयो । लौ ठिकै छ मैले त गुमाएँ तर भविष्यमा यस्तो नहोस भनी तपाईको तर्फबाट आवश्यक कार्वाहि चैं गर्नुहोला भनी फोन राखेँ । तर पनि मलाई चैं काठमाडौँमै यस्तो भएको हुनुपर्छ भन्ने विश्वास लाग्छ । कदाचित त्रिविवि निकायले काठमाडौँमा भएको हैन भन्ने प्रमाणित गरिदिनु भए माफी माग्नेछु।

हुन त ठूल्ठूला यस्ता घटनाको ईतिहास भएको हाम्रो एयरपोर्टमा यो घटना यहाँका हाकिमहरुलाई ‘जाबो’ नै लाग्ला । तरपनि सानै भएपनि आफनो कमाई यसरी दिनदहाडै सरकारी निकायबाटै लुटिँदा, चोरिँदा, वा डाँका मारिँदा भने साह्रै चित्त दुख्दो रहेछ । कसैको एउटा सामान खसेको भए त कसको हो भनी एनाउन्स गरेर बुझाइदिनु पर्नेमा उल्टो लगेज भित्रका ससाना पकेट र हरेक व्यागका हरेक फस्नरहरु खोलिएको देखेर यी कर्मचारी सम्झँदा मात्रपनि घिन लागेर आउँछ । यसले देखाउँछ कुन हदसम्मको कर्तूत गर्न पछि पर्दैनन् हाम्रा दाजूभाई । मुख्य निशाना त पैसा नै हुँदो रहेछ तर अरु सामान नचोरिएकोमा आश्चर्यचकित भएँ । सबै सामान लिए भाँडभैलो मच्चिने वा पक्डिने सम्भावना बढि हुने भएकोले होला नगद र सानातिना मात्र निशाना बनाउने । जे होस् एक माघले जाडो नजाने रैछ भोली फेरी त्यहि बाटो हिँड्नु छ, उता महाप्रवन्धकज्यूले छानविन गर्दैगर्नुहोला, यसैबिच मेरो भोगाईको आधारमा अहिलेलाई

केही सुझावः

यात्रुलाईः
– आफ्नो थैलीको मुख राम्ररी बाँध्नु अरुलाई दोष नलगाउनु भन्ने भनाई त भनाई मै सिमित बनाईदिएको इतिहास हाम्रो एयरपोर्टमा छ । जे होस् मैले त थोरै रकम गुमाएर ठूलो पाठ सिकेँ तरपनि अरुलाई यस्तो नपरोस भनेर अन्त जे गरेनी नेपाल आउँदा चैं सकभर एउटा ह्याण्डक्यारी बनाउने र एयरलाईन्सले अनुरोध गरेपनि सकभर आफ्नै साथ राख्ने । छाड्नै परे नगद र मूल्यवान सामान आफूसँगै राख्ने । हुन त सबैभन्दा महत्वपूर्ण सरसामाननै ह्याण्ड लगेजमा राखिएको हुन्छ तैपनि चोरिएमा धेरै बिस्मात नलागोस ।

– लगेज बेल्टबाट ब्याग कलेक्ट गरेपछि तुरुन्त बाहिर ननिस्ँकदै खोलेरै चेक गर्ने ताकि केहि हराएको रहेछ भने तुरुन्तै शिकायत गर्न सकियोस ।
सरकार एयरपोर्ट निकायलाईः

– सरकारले यस्ता कामदारलाई पर्याप्त तलब देओस ता कि तिनले अर्काको सुटकेश फोर्न नपरोस (एयरलाईन्सका कर्मचारी हुन भने एयरलाईन्सले दिनु पयो) हुन त मानसिकता नै लोभी र दरिद्र भएसम्म जति तलव बढाएपनि यस्तै हो तर पनि न्यून चाँहि हुनेछ भन्ने अपेक्षा छ, जसले नेपालको एयरपोर्ट अरु बदनाम हुनबाट जोगाउने छ ।

– सुनिन्छ अरु मुलुकमा यस्ता ठाँउहरु सीसी क्यामेराको निगरानीमा हुन्छन् । यस्तो व्यवस्था यता पनि गरियोस् । त्यस्तो व्यवस्था नहुन्जेल, प्लेन भित्र देखि बेल्टमा लगेज आउँदासम्म सुटकेश खोलेर भित्रका हरेका सामान र व्यागहरु हेर्न खोतल्न भ्याउने ठाउँमा निगरानी सुरक्षा कर्मचारी खटाउने र त्यस्ता कर्मचारी रोटेट गरिराख्ने ता कि ती बिचमै मिलिभगत नहोस् ।

एयरलाइन्सलाईः
– एयरलाइन्सलेपनि एक व्यक्ति एक ह्याण्ड लगेज दिनै पर्दछ, यो पनि त उनीहरुको नियममा लेखेकै हुन्छ । सम्भवतः एउटा सिटको लागि एउटा क्याविन लगेज अट्ने गरी नै निर्माण गरिएको हुन्छ क्यारे । कि हराएको सामानको जिम्मा लिनु पर्‍यो ।

तैपनि सबैको ह्याण्डक्यारी नअट्ने अवस्था आएर लगेजतिर पठाउनु परे महत्वपूर्ण र मूल्यवान सामान नगद चैं झिकेर आफूसँग राख्न सावधानी गराउने । टिकटमा लेखेकै हुन्छ नी भनेर नपन्छिने । ती कर्मचारीले त्यत्ति सावधानी गराईदिएको भए यसरी हराउनु पर्ने थिएन भन्ने लाग्छ मलाई ।

सबलाई मुख्य सन्देशः एयरपोर्ट अझै सुरक्षित छैन । आफूले सावधानी अपनाउनु नै श्रेयस्कर छ ।

14 thoughts on “एअरपोर्टका दयालु चोरलाई सलाम गर्दै भन्न चाहन्छु – एयरपोर्ट अझै सुरक्षित छैन, सावधान!”

  1. Suman says:
    December 21, 2016 at 9:27 am

    देश् चलाउने नेता हरू नै चोर vayepachhi अरु लाइ के bhanne

    Reply
  2. cRIS says:
    December 21, 2016 at 6:32 am

    2 Years ago, I was taking someone’s parcel, Mobile Charger (PowerBank) to Nepal and it was stolen by the bag handlers at TIA.

    Reply
  3. Sanjay says:
    December 20, 2016 at 3:05 pm

    I also lost my non- functional mobile phone at TIA. I was thinking of repairing it at Kathmandu but bloody f*****rs stole it!

    Reply
  4. arjun dahal says:
    December 20, 2016 at 7:21 am

    मेरो ल्यप्टप पनि खाए डाकाहरुले पोहोर साल । ।

    Reply
  5. Dhruba Rimal says:
    December 20, 2016 at 1:25 am

    I happens to me a month ago aswell….

    Reply
  6. bijay says:
    December 19, 2016 at 8:45 pm

    नेपाल् आउने हवाइजहाजमा मात्र किन handcarry लगेज लाइ चेकिन गरन लगाइन्छ ? के नेपाल भनेको जता तातै चोरले र्भरिएको देश् हो ?

    Reply
  7. Bishal Gautam says:
    December 19, 2016 at 9:55 am

    nepal samaj dmiloo parne neta haru aafno sortha herchan tar janta ko suracha ko lagi airpot ma sexcurity sysyemajmut hos secure nagarik ko lagi cc kamara rule tites hos airpot ma nigrani garne nikaya hubu paryoo

    Reply
  8. Bishnu Adhikari says:
    December 19, 2016 at 9:41 am

    good bless airport

    Reply
  9. Surya says:
    December 19, 2016 at 2:22 pm

    Thank for your new , The same problem ( 500GB Hard Drive) lost it was face by Me on Oman Airlines.

    Now onwards please be aware those are traveling from same route.

    Reply
  10. Tamang Bishal says:
    December 19, 2016 at 8:08 am

    Hami kati imandar chhau hagi. Biswama yestai yestai bhanera hamro marketing gariraheka hunchhau vitra imandarita kuhi sakeko chha aba purai ganayera chatachhulla huna baki chha. Ajhai hami. Bhanna choddainau nepal sundar desh sanskriti ko dhani desh imandar janata bahadur budda janmeko ani sagarmatha ko desh ani euta gore kale rate tuplukka airport ma pugchha euta rumal bathroom ma chhodepachhi bipatta. Yehi hudai dekhidai aayeko chha yatharthata. Dukhi aatma

    Reply
  11. Rajendra M Singh says:
    December 19, 2016 at 1:16 pm

    नेपाल एयरपोर्टले कस्टम फी कम अथवा केहि नलिने भए एयरपोर्टको हॉलत टेस्ट भइएको भुझन सकिन्छ | तर थुप्रै आमदानी हुन्छ एयरपोर्टमा | एउटा टी.वी लवुदा तन्ना कस्टम फी तिर्नु पर्छ |
    तर जाबो टॉयलेटमा पेपर त रखना सक्दैन के भन्ने, सी.सी.कैमरा / आई.पी. कैमरा को त कुरा पराई जावोस |

    Reply
  12. Ram Rana says:
    December 19, 2016 at 5:42 am

    धन्न अलिकति चाेरेछन कतिका त चप्पल पनि चाेरेका छन पछि एसाे ईयरपाेर्टमा काम गर्ने काे श्रीमती ले लगाए काे पाे देखिन्छ।

    Reply
  13. Thokar Suraj Tamang says:
    December 19, 2016 at 5:37 am

    Kasri aafai shabhadani garnu bag ko saman gojema halnu asmbha …birodh garnu parchha

    Reply
  14. Mitra Sharma says:
    December 19, 2016 at 5:19 am

    सबलाई मुख्य सन्देशः एयरपोर्ट अझै सुरक्षित छैन । आफूले सावधानी अपनाउनु नै श्रेयस्कर छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme