Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : गाईको मासु

Posted on February 25, 2017 by mysansar

घाँटीमा बीफ स्टेक अड्किएर टेक्सासमा एक नेपाली युवकको मृत्यु

मुख्य पृष्ठमै नभए पनि प्रायजसो सबै प्रमुख दैनिक र अनलाइन न्युज पोर्टलहरुमा यो खबर विभिन्न शीर्षकमा छापियो। केही अमेरिकी साइटहरुले पनि यो घटनालाई आफ्नो वेबपेजमा ठाउँ दिए। ती अम्रिकन पेजहरुमा प्रतिक्रिया भने लगभग शून्य थियो – बाहेक एक जसमा एक उत्तर भारतीय मूलको कमेण्ट्कर्ताको प्रतिक्रिया देख्न सकिन्थ्यो। उसको आसय थियो – “हिन्दु भएर गाईको मासु खाने पापीलाई ठीक्क पर्‍यो!”

उता नेपाली खबर पत्रिका— दुवै अनलाइन र अफलाइन मध्ये कतिले बिफ स्टेकको सट्टा ‘मासुको टुक्रा’ भन्ने युफेमिजम प्रयोग गरेर पनि छापे। तर शीर्षकमा मात्र। भित्र त लुकाएर के फाइदा?

अनलाइन न्युजसाइट र तिनको फेसबुक पेजमा प्रतिक्रियाहरु मिश्रित थिए। धेरैले स्वाभाविक रुपमा समवेदना नै पोखे – RIP लेखेर , भलै यसको पूरा अर्थ के हो भनेर कमेन्ट गर्ने आधाभन्दा कमलाई थाहा होला।

त्यसपछि, फेरि स्वभाविक रुपमा, ती उत्तरभारतीयको कमेन्टको आसयसँग मिल्ने, छोटो/लामो, श्लील/अश्लील, शुद्ध नेपाली/ अति अशुद्ध अंग्रेजी (RIP ENGLISH) सबै थरिका प्रतिक्रियाहरु। अर्थात् ‘हिन्दु भएर कसरी गाईको मासु खान सकेको, छि छि छि ?’; ‘त्यस्तो घृणित काम गरेको भएर पाप लागेको !’ ; ‘घोर कलियुग !’ ; ‘विदेशमा भयो भन्दैमा आफ्नो रितिसंस्कृतिलाई लात मार्ने ?’ ;आदि….

कतिले त यसलाई आफ्नै आमाको मासु खाए बराबर भनेर सम्म लेखे।

अनि अर्कोथरी कमेण्ट्कारीहरुको चाहीँ भिन्न राय थियो। उनीहरुको लागि गाईको मासु खानु भनेको कुनै पाप हैन, नितान्त व्यक्तिगत इच्छाको कुरा हो भन्ने थियो। कतिले एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि नेपालीहरु न्यूनतम मानवीय समवेदनालाई बिर्सेर धर्मको नाममा बनाइएका फाल्तु नियम पछाडि दौडिन्छन् भनेर लेखे। यस्तो प्रतिक्रिया गर्ने मध्ये बहुसंख्यक हाम्रा मतवाली, जनजाति मित्रहरु थिए। तर एक, दुई अजासु ब्राम्हण मूलकै भाइहरुले पनि वैदिक समयमा हिन्दुहरुले गाईको मासु खाने गरेको र वेदमै गाईको मासुको फाइदाहरु उल्लेख भएको कुरा लिङ्कसमेत राखेर आफ्नो प्रतिक्रिया दिए।

****
ज्योतिष पं. माधवराज पाण्डेय ट्विटर र फेसबुकमा खुब झुल्किन्छन र उनका पछौटेहरु (फलोवर) पनि उल्लेख्य छन्। सुरुमा भुकम्प गएताका केही अनुमान सहितको पोस्टहरुले उनलाई हिट बनाएको भएता पनि पछि आएर उनको हिन्दु धर्म, हिन्दुत्व र नाकाबन्दी ताकाको रास्ट्रवादी भावनाले ओतप्रोत पोस्ट, ट्वीट तथा प्रतिक्रियाहरुले उनलाई चर्चित बनायो। हिन्दु धर्मको कुनै पाटो माथि अलिकति पनि आँच आउने घटना कतै भयो कि त्यसको कडा प्रतिक्रिया उनको पेजहरूमा देख्न सकिन्थ्यो।

हालसालै एक चर्चित नेपाली नायिकाले कुनै अरबी धनाढ्यसँग बिहे गरेर मुसलमान धर्म अंगालेको प्रसंगलाई पण्डित पाण्डेयले प्रत्युत्तरको रूपमा कडा आलोचनात्मक पोस्ट फेसबुक र ट्विटरमा एकसाथ गरे। हिजोसम्म अस्वाभाविक प्रतिभा र अलौकिक सुन्दरताको मिश्रण ती मोडल/नायिकाको जुनसुकै पोस्ट पनि शेयर र रिट्विट गर्नेहरुले पनि उसैलाई छि छि भन्दै ज्योतिषज्युको पोस्ट शेयर र रिट्विट गरे। समग्रमा भन्नु पर्दा हल्काफूलका हैन खूँखार सेलिब्रिटी नै हुन् हाम्रा माधवराज बाजे।

माथिको घट्नाबारे थाहा पाएपछि उनको फेसबुक र ट्विटरको भित्ता कसरि भरिने हो, हाम्ले एकछिनमा सजिलै थाहा पाउँछम्।

****
सुरुमा यो खबर आफ्नो पार्टनरले फोनमा सुनाउँदा हिमालयन भिगन रेस्टुरेन्टका टीका श्रेष्ठ ‘वैष्णव’ लाई विश्वास लागेन। ग्राहक अलि कम हुन थालेपछि एक दक्षिण भारतीय वेटरलाई रेस्टुरेण्ट्को जिम्मा लगाई अस्पतालतिर दौडिए।

खबर दुःखद, अझ त्योभन्दा पनि बढी अपत्यारिलो भए पनि सही रहेछ। त्यो घाँटीमा मासु अड्किएर मर्ने १८ वर्षको फुच्चे अरु कोही नभएर सनातन नै थियो। सनातन पाण्डेय , एक वर्ष अगाडि उनैले स्पन्सर गरेर अमेरिका झिकाएका। ज्योतिष बाजेको कुनै कुरा उनले कहिले टारेका थिएनन्।

28 thoughts on “कथा : गाईको मासु”

  1. deep says:
    March 8, 2017 at 8:03 am

    Actually It occurs to me that nobody has a pure sense of “culture” it is a discipline which binds its followers to stop hate crime one of the popular song in Hindi is “Mahazab nahi sikhata aapas mein Bair rakhana” No Dharma says keep good relation with all and don’t hurt animals, In Santana dharma it is said don,t eat meat it is just to stop animal killing and but to some it appears stupidity of Hindus because they are other faith followers, they say they are fool in this 21 st century they are thinking about this all. But if you see in some religion which are only abide to eat HALAL meat then what is it…..

    Don’t blame religion its a faith.

    There would not be any temple,Stuppa,church,gurudwara,majsid and any praying place where we all bow our head if there was no faith upon GOD. generator, operator, Destroyer [Bhramha, Bishnu, Mahesh] [Jesus][Allaha][wahey GURU][Buddha]

    Thank you come out of radical thinking the world is so beauty full respect every bodies faith.

    Reply
  2. अनुप थापा says:
    March 2, 2017 at 1:22 am

    हैट!काल आएपछि मान्छे मरेरै छोड्छ हो।कोही गाईको मासु अडकेर मरे।कोही कुखुराको मासु अड्किएर मरे।कति त भात अड्केर पनि मरेका छन।पानी पिउदा त मरेका छन अरुको के कुरा गर्नु।यस्तो कुरोलाई धर्मसंग जोडेर हिर्नु हुँदैन।

    Reply
  3. lok says:
    March 1, 2017 at 10:23 pm

    कथा प्रस्तुति राम्रो लाग्यो। लेख्दै जानुस्, शुभकामना।

    Reply
  4. Deep Sharma says:
    February 26, 2017 at 8:55 am

    मित्रहरु यो त एउटा सत्य जस्तै लाग्ने एउटा काल्पनिक कथा हो। कथा र त्यस भित्रको पात्र, परिवेश र प्रस्तुति एकदमै गज्जबको छ।

    अनि यो कथा भित्र छिर्ने लिंकको तल लेखिएका प्रतिक्रियाहरुले चैं हामी नेपालीहरुको दरिद्र ज्ञानलाई नाङ्गै पारेकोछ।

    #दिमागखराब!#@!*

    Reply
  5. Laxmi Chhetri says:
    February 26, 2017 at 4:45 am

    Khanu khayepo Hunxar Chano Khayepa6i

    Reply
  6. Kiran Poudel says:
    February 26, 2017 at 3:55 am

    गाईको मासु खाएको होईन वीफ खाएको हो ।

    Reply
  7. Shankar says:
    February 26, 2017 at 9:04 am

    हिन्दु धर्म मान्ने नेपालि दाजु भाइ ले मन लागे जति आफ्नो धर्म को व्याख्या गरम |
    गाइ लाइ माता पनि मानम | पुजा पनि गरम | तर फेरी आर्को हिन्दु ले नै गाइको मासु लाइ खानेकुरा मानेर खाएको छ भने तेती बिबादको बिसय न बनाउदा जाति होला |
    स्वास्थ मा राम्रो न राम्रो जे भए पनि जसले खान्छ उसैले बेहोर्छ , स्वर्ग , नर्क जहा जाने भएपनि जो खान्छ , उही जान्छ अरुलाई के को आपती ?
    के खाने , कुन बेला हग्ने त्यो मान्छेको पर्सनल कुरा भएँन र भन्या ?
    यो कुनै बिबादको बिसय नै बनाइनु हुन्न | आफुलाई गाइ आमा , गोरु बा मान्न मुन लागे माने भो , अरुमा जबर्जस्ति किन लाद्ने ?
    हामि मुसलमान को धार्मिक कट्टरता बाट येत्रो बिबाद जन्मेको देख्दा देख्दै त्यहि बाटो किन हिड्ने ?
    तर खानेकुरो को बिसय उठी सकेपछि सम्झन पर्ने कुरा
    हामीले खानेकुरा मा प्रोटिन ,कार्बोहाइद्रेत को मात्रा हेरेर र फाइबर युक्त खाना येक्सर्साइज कति गरिन्छ को हिसाब ले खानु पर्छ | यो भात मात्र धेरै खाने हानिकारक हो |

    Reply
  8. Naina Acharya says:
    February 26, 2017 at 2:17 am

    dharma le nakhanu vandaina.. manche le banako dharma.. Afu ramro hunu .. dnt blame culture, custom

    Reply
  9. Sewak Raj Subedi says:
    February 26, 2017 at 1:54 am

    Fyaknu ko ni haad huncha ni , steak kahile ghatima adkincha machha ho ra ghatima adkinu lai . Waiyat

    Reply
    1. Chams Chamling says:
      February 26, 2017 at 5:39 am

      माछा पनि नभनुँ न साथी। माछा पनि काँडा सङ खाने होईन क्यारे। खाना खाने क्रम मा कुनै कारणवश मृत्यु हुदैमा परिकार लाई दोष दिनु मिल्दैन। jpt news

      Reply
  10. Sudin Acharya says:
    February 26, 2017 at 1:32 am

    I think eating cow can be personal choice. …i know lot of friend who r hindu and eat steak……..i have no problum its there choice. ..

    Reply
  11. Anil Shy says:
    February 26, 2017 at 12:30 am

    this is story not a news please check status before commenting0

    Reply
  12. Om Bahadur Kuwar says:
    February 25, 2017 at 11:26 pm

    cow vaneko mata hun ani afno aama ko masu khane budhi vrasta …byakti…kaal ako rx..

    Reply
  13. Bj Bir says:
    February 25, 2017 at 6:53 pm

    त्यसो त पानी खाएर पनि मरेकाछन

    Reply
  14. Angchhiring Sherpa says:
    February 25, 2017 at 5:24 pm

    Whatever the reason it’s sad news, rip.

    Reply
  15. Dhurba Kharel says:
    February 25, 2017 at 3:15 pm

    Waiyat fake news ,fake fake

    Reply
    1. Manish says:
      March 2, 2017 at 10:03 pm

      its just a story not news

      Reply
  16. Amod Ghimire says:
    February 25, 2017 at 3:10 pm

    हामी गाई को पिसाब लाई अमृत भनेर खान्छौ विदेशी हरु गाई को मासू खाई कहा पूगि सके

    Reply
    1. Rjan R Zann says:
      February 26, 2017 at 1:48 am

      कहाँ पुगे

      Reply
      1. Ramesh Bhandari says:
        March 2, 2017 at 6:04 am

        मंगल ग्रह मा

        Reply
  17. Bijaya Paudel says:
    February 25, 2017 at 3:01 pm

    हैन त्यस्ले हिन्दु धर्म त्यागिसकेको पनि त हुन सक्छ के सबै नेपाली हिन्दु नै छन त

    Reply
    1. Om Bahadur Kuwar says:
      February 25, 2017 at 11:28 pm

      sir …bastab ma dharma tyagnu vaneko anusasan hin hunu ho …bt janmida ta christian wa muslim ta vayara janmiyana hola gri hami npli ko kx vanw bani dekhashekhi garne bani x …dharma change garnu pahila dharma ko history hearnu parx ….

      Reply
    2. Santosh Sangpang Rai says:
      February 26, 2017 at 4:34 am

      मैले हिन्दु धर्मलाइ अपमान गर्न खोजेको होइन तर नेपालमा बसोबास गर्ने जति सबै हिन्दु हो भनेर सोच्नु मुर्खता हो चेतना भया

      Reply
  18. अर्पण जुलियेट says:
    February 25, 2017 at 2:34 pm

    Steak house ma gayera khayecha bhetecha

    Reply
  19. Kormoch Ruben says:
    February 25, 2017 at 2:00 pm

    नहुनू परने तर भयछः छी पाजी सनातन मूला

    Reply
  20. Suraj Jii says:
    February 25, 2017 at 1:54 pm

    Pachne kura kana parcha…

    Reply
  21. Om Prakash Khanal says:
    February 25, 2017 at 1:50 pm

    एउटा नेपाली हिन्दु भएर गाइको मासु खान्छ भने यस्तै हुन्छ

    Reply
  22. Ken Delsandesh says:
    February 25, 2017 at 1:40 pm

    Ramro katha. But contains reality

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme