-रन्जु मार्ग-
पिएले हातभरि पत्रिका लिएर आएर उनको अगाडि राखिदिंदै भने-
‘पत्र छ हजुर।’
“कस्तो पत्र?”
“खै ‘खुलापत्र’ भनेका छन्।”
“खुलापत्र,अनि पत्रिकामा?”
“हो, आजभोलि यस्ता पत्रहरू त बारम्बार आइरहेका छन्।
“शायद ,हजुरप्रति आशा र भरोसा भएर होला।”
“अनि पढ्यौ त?”
“पढें हजुर।”
“के लेखेका रहेछन्?”
“खै, भन्न त उहाँहरूले शुभचिन्तक हौं भनेर लेखेका छन्। तर ….!”
“तर के ?”
“वाक्यैपिच्छे विरोध गरेका छन्।”
“विरोध ?,काम गर्दा सधै कहाँ प्रशंशा मात्र पाइन्छ र?”
“हजुरले यो गर्नु भएन,त्यो गर्नु भएन भनेर गुनासो मात्र पोखेका छन्।”
“स्वाभाविकै हो गुनासो पोख्नु। यसमा मेरो केही पनि आपत्ति छैन।”
“तर उहाँहरू त अर्कै विचारधाराको हुनुहुँदो रहेछ |”
“अर्कै विचारधारा हुनेहरूले त खण्डन गर्ने हो नि!”
“खै,यी सबै कुरा म कहाँ बुझ्छु र ?”
“अनि अरू के के लेखेका रहेछन् ?”
“तपाईं जत्तिकै पढेलेखेकाहरू अब त देशमा धेरै भइसके भनेर लेखेका छन्।”
” ए। उहाँहरू अहिले कहाँ हुनुहुँदो रहेछ ?”
“विदेशमा।”
“उहाँहरुलाई लेखिदिनुस-”
“के लेखिदिउँ हजुर ?”
“विदेशमा बसेर डिग्रीको प्रमाण-पत्र मात्र गनेर देश विकास हुँदैन। आफूले पाएको डिग्रीलाई मैलेजस्तै झोलामा हालेर आफ्नै देश फ़र्कनूस भनेर !!”
+
पिए हो कि उसको अफिसको चिया पकाउने मान्छे हो पिए ले हात भरि पत्रिका लिएर हजुर हजुर गर्नु पर्ने
प्रमाणपत्र झोलामा हालेर फर्क भन्नेले किन पिएलाई नोकरलाई गर्ने शब्द प्रयोग गरेको होला? जस्तै पिएले ‘पत्र छ हजुर।’ भन्नु र ……ले “कस्तो पत्र?” I mean so confusing.