Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिभी बन्द हुँदा नेपाली खुसी किन, दुःखी किन?

Posted on February 26, 2017 by mysansar

सिनेटरद्वय अर्कान्सासका टम कटन र जर्जियाका डेविड पर्डयुले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले माथिल्लो सदन (सिनेट) मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका छन्। विधेयकमा डाइभर्सिटी भिसा (डीभी) बन्द गर्नुपर्ने पनि उल्लेख छ। सन् २०१२ मा पनि दर्ता भएर असफल भएको यस्तो विधेयक यो पटक के हुन्छ त्यो त समयले बताउला तर डीभी बन्द हुन लाग्यो भनेर खुशी वा दुःखी हुनुपर्ने कारण के हो त्यो भने मैले बुझ्न सकेको छैन।

डिभी चिट्ठाको सुविधा नभएका देशहरु विशेष गरेर भारतीय मूलका व्यक्तिहरुलाई यो चिट्ठाको कारण धेरै नेपालीहरु अमेरिका आएकोमा निकै ठूलो डाहा थियो। तर अब यो चिट्ठा बन्द हुन लाग्यो भनेर खुशी हुने नेपालीहरुको मनोविज्ञान बडो गजबको छ। डिभी परेको कारणले मात्र अमेरिका आउन पाएका नेपालीहरु पनि खुशी देखिन्छन्। किनकि उनीहरुलाई अब म त आइहालेँ, अरु आउन पाओस् कि नपाओस् मलाई के मतलब भन्ने विचार हुनसक्छ। अर्कोतर्फ जो नेपाल मै छन्, अब यो चिट्ठा बन्द भयो भने हाम्रो त अमेरिका आउने बाटो नै बन्द हुनसक्छ भनेर निरर्थक चिन्ता गर्ने पनि छन्।

अनेकौ तिकडम गरेर र आफ्नो पेशाको सदुपयोग वा दुरुपयोग गरेर अमेरिका आएका र नेपालमा केही माखो मार्न नसकेको तर यहाँ आएर सानोतिनो जिविका गरेर जीवन चलाउनेहरुको त भुँइमा खुट्टा छैन। उनीहरु आफूलाई खानदानी अमेरिकन जस्तो सम्झिन्छन् र अब अमेरिकामा नेपालीहरुको संख्या धेरै भएको कारण यो प्रक्रिया बन्द हुनुपर्ने विचार राख्छन्। त्यस्ता महा मानवहरुलाई मेरो एउटा प्रश्न छ – के तिमीहरुलाई यो चिट्ठा पर्नुभन्दा पहिले अमेरिका आएका व्यक्तिहरुले यस्तै विचार राखेको भए कस्तो लाग्थ्यो होला? यद्यपि उनीहरुले जे जस्तो विचार राखे पनि यो प्रक्रिया बन्द गर्ने वा निरन्तरता दिने भन्ने विषयमा निर्णय गर्ने हैसियत उनीहरुको छैन। हुने कुरा पनि भएन।

विभिन्न उपाय गरेर यहाँ भित्रिएका करिब ९० प्रतिशत नेपालीहरुको गुजारा हामीले नेपालमा सानो काम भनेर हेला गरेको काम गरेर बितेको छ र म पनि यसको अपवाद होइन। यहाँको व्यवस्था नै राम्रो भएको कारणले जस्तो काम गरे पनि बाँचिने कारणले मात्र यहाँका सबै व्यक्ति हरु सुखी जस्तो लागेको हो। सामाजिक सन्जालमा गगनचुम्बी घरहरुलाई पछाडि पारेर र समुन्द्रको किनारमा खिचेको फोटो अपलोड गरेको भरमा यहाँ कसैको पनि हैसियतको निर्णय गर्न सकिँदैन। कमसेकम नेपाली मूलका व्यक्तिहरुको लागि। आफूले काम गर्ने ठाउँमा भुइँ पुछेको, चर्पी सफा गरेको आदि जस्ता फोटोहरु पनि अपलोड गर्ने साहस गरे त्यो व्यक्तिलाई धन्यवाद दिन सकिन्छ। नगण्य रुपमा उच्च पदमा काम गरेर बसेका नेपालीहरु पनि यहाँ नभएको होइन। तर उनीहरुको आफ्नै समूह हुन्छ। उनीहरु त्यो समुह मै रमाउँछन् र आफ्नो बारेमा अरु अपरिचितसँग त्यति खुल्न चाहँदैनन्। सबैभन्दा कठिन कागजपत्रविहिनहरुको छ, उनीहरु आफ्नो योग्यता अनुसारको काम गर्नबाट जति वन्चित छन् त्यति नै तलबबाट पनि ठगिन्छन्। भनेको समयमा कतै जान नपाउने र हरदम के होला कस्तो होला भनेर त्रास लिएर बस्नुपर्ने भएकोले उनीहरुको जीवन अफ्टेरो नै छ। चाहे उसले जतिसुकै म खुशी छु, मलाई त कुनै डर लागेको छैन भनेर किन झुट नबोलोस्।

अन्तमा यो विधेयक सदनबाट पारित भएर डिभी चिट्ठा बन्द गर्ने कानुन नै बन्यो भने पनि सन् २०१८ सम्म यो प्रक्रिया बन्द हुँदैन र यो विषयलाई लिएर खुशी वा दुःखी हुनुपर्ने कारण छैन। मेरो विचारमा अब नेपालीहरुको संख्या बढी भयो, त्यो कारणले नेपालीहरुलाई आउन बन्द गर्नुपर्छ भन्ने कुनै नैतिकता र अधिकार छैन, कमसेकम डिभी कै कारणले मात्र अमेरिका आउन पाएका व्यक्तिहरुले।

जाँदाजाँदै, मेरो एउटा परिचित आफ्नो निलो रंगको अमेरिकी राहदानी देखाउदै सँधै मलाई भन्ने गर्छ – यो राहदानी लिएर म विश्वको १४० देशमा निर्वाध घुम्न सक्छु। ऊ र ऊ जस्ता खानदानी अमेरिकनहरुलाई मेरो प्रश्न – घुम्न त सक्छौ तर घुम्न जाने कहिले? ज्यालादारी काम छोडेर? काम बन्द त डलर पनि बन्द।

21 thoughts on “डिभी बन्द हुँदा नेपाली खुसी किन, दुःखी किन?”

  1. राकेश says:
    February 28, 2017 at 11:38 pm

    जस्तो आफ्नो हैसियत वा सोच उस्तै लेख | अमेरिका छिरे पनि सोच चै उही खुरापाती , कमसेकम देश छोडे पछि तेस्त सोच पनि उतै छोडे हुनी हो नि |

    Reply
  2. SRS says:
    February 28, 2017 at 8:27 pm

    Completely agree with the writer here.
    America ma duita type of group chan. Euta siddha, ramro tarika le garera khane, arko kasaile chuna sakdaina ma ta America ma aayera baseko bhanne. Euta kura sabai le bujhna jaruri cha, America aayera matrai kei hudaina. Yaha jasto manche le pani pet palna sakcha, khana sakchan. Dui char paisa kamayo bhandai ma furti dina ni jarurat dekhinna. Timile kun hisab le paisa kamako chau, din raat kaam garera. Euta ghar ma 20 jana manche kochiyera basera. Tyesto dukkha garera kamako paisa ma furti dina suhauda ni suhaudaina. Kamayo timro lagi kamayo. Same goes with educated so called some people as well. Sabai testai hunchan bhanne ni chaina feri. I have seen some people who have really reached in good position but have never show off or anything. Namra swabhav khula bichar bhayeko haru pani chan. Afule afailai kamaune ho, j garey pani ma matrai khatra yeso uso bhanne mentality chai nepali haru le tyagnu parcha. Aru lai hochhyaune, afu bhanda dhila ako haru le kei garey bhaney sahana nasakne prabiti pani dherai nepali haru ma chha. Bichar ramro rakhau, aru lai beijjat garne prabidi le garda pani dherai nepali haru ko jamghat dherai kum huna thaleko cha. “ghamanda” ra “garva” bhanney kura haru farak huncha. “garva” garau “ghamanda” haina.

    Reply
  3. Karbir says:
    February 28, 2017 at 7:54 pm

    There wont be any difference living abroad or in Nepal after 15 years. Things are changing so quickly everywhere. Unfortunately we have shitty political leaders otherwise could have gone so far.

    Reply
  4. Chandra says:
    February 28, 2017 at 2:44 pm

    Kuro ta thikai ho, tara Chitthe haru le Nepali kai nam badnam banayeko pani mahanubhav lai abagat ta hola ni! Ma sanga pani auta gajadi Chitthe kam garyhyo, mula chittha ko bhar ma aaune le bishwa bijeta jasto garna khijne kya!

    Reply
  5. Vishal says:
    February 28, 2017 at 11:43 am

    Wow! Feel so GREAT to read this!

    Reply
  6. Binod says:
    February 27, 2017 at 10:50 pm

    सहि कुरा हो .

    Reply
  7. Gaurab Nepali "Oodaaseen" says:
    February 27, 2017 at 9:18 pm

    काम पईनस बुढी पाडा के कनैस भनेको येही हो ! धर्म नाश भट्टी दास को अधिकतम सोचाई येन्हा भन्दा अरु केहि हुन्छर !

    Reply
  8. Nischal Rai says:
    February 27, 2017 at 6:44 am

    हईट, सारै गाँठी कुरा गर्नु भो नबीन जी !

    Reply
  9. jitu rana says:
    February 26, 2017 at 11:42 pm

    घुम्न जान काम बन्द गर्न गर्दैन साथी

    Reply
    1. Samyog says:
      March 2, 2017 at 11:09 pm

      गर्दा हुन्छा नेपाल मा पनि किन नहुनु. तर हजार जना कुरा काट्ने निस्किन्छन . यहाँ अमेरिका मा कसैले कुरा कत्दैना , कुरा काट्ने फुर्सत नै छैन कसैलाई . सबै ब्यस्त छन् काम मा.

      Reply
  10. Ashok says:
    February 26, 2017 at 11:02 pm

    Kati garib mansikta tapaiko. Kunai Nepali America garyara arthik rupma sabal huncha ani afno ghar pariwar lai sahayog garcha bhane tyo thulo kura ho. Kaam kaile pani sano thulo hunna yo sab banauneta timi jasto daridra le ho. Aruko khuc ma khuc hina sika. Tesma timro pani bhalai huncha.

    Reply
    1. Dr. Banita Thapa says:
      February 27, 2017 at 6:33 pm

      दलिद्र मानसिकता को कुरा होइन असोक जी ,नवीन जी को बिचारमा जुन काम नेपालमा नगर्ने मान्छेले यो देसमा आएर गरेको देखेर भनेको मात्र हो, यदी कुनै काम सानो वा ठुलो हुदैन भने त्यो काम नेपालमा पनि गर्दा के फरक पर्छ?

      Reply
  11. Shankar says:
    February 26, 2017 at 10:19 pm

    नेपाल बाट अमेरिका आउँन पाएका , न पाएर पिल्सेका , बा आउँन नचाहेका , बा देश मा बसेर माखो चै न मार्ने देश भक्तिको टाउको दुख्ने गफ दिने मानिस हरुको स्वाभाब को कुरा न गरम | तर जे भए पनि संसार लुटेर , अरुको देश मा प्रजातन्त्र को नाउमा मनपरी तन्त्र , ग्रिह्युद्द घुसारेर , जाल झेल गरेर , आफु धनि भएका खैरेको देश मा नेपालि हरु आउँन पाउनु , यिनीहरुले गरेको बिकास बाट केहि सिक्नु धेरै राम्रो कुरा हो | यो डी भी बन्द भएको खण्ड मा मा दुख चै मान्न पर्छ | किनकि आफुले अबसर न पाए पनि धेरैको भलाइ भएको चै पक्कै नै हो |
    नेपालि हरु देश बिदेस घुमे , उतै बसे , बा उता बाट टेक्नोलोजी देश मा ल्याए जे गरे पनि नेपाल र नेपालि लाइ कुनै न कुनै रुप मा फाइदा नै पुगेको हुन्छ | यो सबै नेपालि ले खुसि मान्न पर्छ ( भलै लाल बाबु पण्डित को भिन्न तर्क छ )| नेपालि युवा हरु देश विदेश घुमेर , देखेर आज देश लाइ फाइदा पनि त् पुगेको छ , कृषि फारम , बाख्रा पालान , भैसी पालन , तरकारी खेति कति मौलाएको छ | म लाइ अमेरिका यहि , हंगकंग पनि यहि भन्नेले पनि कमसेकम थाह त् पाएछ नि गर्यो भने त्यहा जस्तो यहा पनि हुन्छ |

    Reply
  12. Lesh N. Yadav says:
    February 26, 2017 at 10:18 pm

    Reality of Nepalese

    Reply
  13. Arjun Kumar Sharma says:
    February 26, 2017 at 4:16 pm

    स्वदेश प्रेममा दु:ख होला तर दुखित होइदैन, बिदेश मोह परित्याग गरौं ।

    Reply
  14. Ang Babu Sherpa says:
    February 26, 2017 at 3:56 pm

    Aba Americako khandhani billionaire lai matra gancha tapaie nabin jie millionaire ta Kati katie chan Nepali yaha ayera kam garcha maile dhekheko

    Reply
  15. Narayan Thapaliya says:
    February 26, 2017 at 3:05 pm

    Kam banda ta $$$ ni banda…..yo line le jhatka hanyo bessari

    Reply
  16. nabin says:
    February 26, 2017 at 8:16 pm

    Sahi Ho Chhoto Mitho,

    Reply
  17. Shrestha Cityzen Nawaraj says:
    February 26, 2017 at 2:22 pm

    Dv banda hune bidehak senet bata pass vae sakeko ho ra?

    Reply
  18. Shrestha Cityzen Nawaraj says:
    February 26, 2017 at 2:22 pm

    Dv banda hune bidehak senet bata pass vae sakeko ho ra?

    Reply
    1. सन्तोष प्रसाद पौडेल says:
      February 26, 2017 at 6:15 pm

      chaina sir bhako

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme