Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : फेसबुकको लभ

Posted on February 4, 2017February 4, 2017 by mysansar

-प्रकाश गिरी-

सिरकमुनि मुन्टो लुकाएरै फेसबुकको ‘न्युज फिड’मा दुई-तीन किलोमिटर मर्निङ्-वाक गरीसकेको थिएँ, एउटा फ्रेन्ड रिक्वेष्ट आयो – ‘स्वेता सिम्खडा’।
मैले रिक्वेष्ट एसेप्ट गर्नासाथ म्यासेज पठाएँ – “ओई! के छ खबर? सञ्चै छ्यौँ?”

“अँ यार! तिमिले त माया नै मार्यौ! कहिल्यै खोजेनौँ है मलाई?”

“मुटुभरी प्रेम बोकेर ‘आई लभ यू’ भन्दा ब्लक गरेकि होइनौ? म त त्यो बेलादेखि आजसम्म दिनरात तिमीलाई नै सम्झेर बसिरा’छु नि!” – म जिस्किएँ।

“हाहा…सबको अगाडि लाज लाग्ने गरी भन्ने हो त, एकान्तमा भेटै नहुने गरि? कस्तो ‘सेम टु यू’ पनि भन्न नपाई छुटिनुपर्यो… ‘एनिवेज् ढिलै भएतापनि आई लभ यू सो मच है!” – म्यासेजसँगै पान खाएर थुकेजस्तो पानकै पात आईपुग्यो।

म’मा पुराना यादहरु छरपष्ट हुन थाले। सात बर्षपछि फेरी उससँगका सम्बन्धहरु दिमागमा ताजा भएर आए – हामीले अंगालोमा बिताएका ति गोधुली साँझहरु अनि रंगिन ती रातहरु…हामी जबर्जस्ती छुट्टिनुपरेको त्यो उराठलाग्दो बिहानी…!

समयले जे-जस्तो गरेको भएतापनि अब ढिला नगर्ने सुरले मैले निष्कर्श निकालेँ – “स्वेता समयले हामीलाई जे गराएको भएतापनि म हाम्रो सम्बन्ध तत्काल अघि बढाउन चाहन्छु। डु यू स्टिल हाएव फिलिङ्स फर मि?”

“एस! बट गट टु गो!” – मोरीले छोटो उत्तर दिएर तत्काल अफलाईन भई। सायद लजाई होली! मेरो मन चाँहि पुरानो प्रेमीसँगको मिलनमा चङ्गा झैँ उड्न थाल्यो।

मैले तत्काल उसको प्रोफाईल हेरेँ।

म त्यतिबेला झस्किँए जव उसले कभर फोटोमा सिन्दुर-पोते लगाएर एउटि सानि नानी च्यापेकि थिई, अनि त्यसमाथि एउटा पुरुष आकृतिले उसलाई अंगालो हालेको थियो। मैले फोटो किलिक गरेँ, क्याप्सन देखियो – “विईथ माई ‘हनि’ एण्ड ‘बेबि’ !”

उसप्रतिको अन्तिम म्यासेज र ऊखरमाउलो मायादेखि आफैँलाई निकै लाज लाग्यो। तत्काल उसलाई ‘ब्लक’ गरिदिँए।

ओहो! समयले त धेरै गरिसकेछ।

फेरि अर्को निष्कर्श निकालेँ –
‘लभ गर्ने उमेरपनि घर्कीसकेछ! मन भन्दा समय छिटो भो भगवान्!’ (साभार : मझेरी)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme