Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

युट्युबमा एक करोड भ्युज कटाउने तीन गीत

Posted on February 27, 2017 by mysansar

युट्युब अहिले नेपालीहरुका लागि पनि वैकल्पिक टेलिभिजन च्यानल भइसकेको छ। कतिले नयाँ गीत टिभीमा हैन युट्युबमा हेर्छन्। विशेष गरी युट्युबले नेपालमै लोकल सर्भर राखेपछि र पछिल्ला दिनहरुमा इन्टरनेट स्पिड पनि राम्रो भएपछि नेपालीहरुले युट्युबमा भिडियो हेर्ने प्रचलन बढेको हो। तर युट्युबमा एक करोड भ्युज कटाउने गीतहरु भने निकै कम छन्।

१) सुर्के थैली खै

नेपाली गीतको इतिहासमा एक करोड भ्युज कटाउने यो पहिलो गीत हो। अपलोड गरेको एक वर्षपछि गत भदौमा यो गीतले एक करोड भ्युज कटाएको हो। हाल एक करोड ६१ लाख भ्युज रहेको यो गीत दुई करोड भ्युजको रेकर्ड राख्न अघि बढिरहेको छ। अहिलेलाई यो नै युट्युबमा सबैभन्दा बढी हेरिएको नेपाली गीत हो।

२) पूर्व पश्चिम रेल

छक्का पञ्जा फिल्मको यो गीतले अपलोड गरेको आठ महिनामै एक करोड भ्युज पार गर्‍यो। ‘सुर्के थैली’ र ‘पूर्वपश्चिम रेल’ दुबैका लागि शब्द तथा संगीत गायक तथा संगीतकार राजन राज शिवाकोटीले दिएका हुन्। रेकर्ड राखेका यी दुबै गीतमा राजनराज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ।

३) ठमेल बजार

लुट २ को यो आइटम सङ्ग सबैभन्दा छिटो एक करोड भ्युज कटाउने गीत बन्न सफल भयो। कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीतमा बनेको उक्त गीतमा कालीप्रसाद बाँस्कोटा स्वयं, भानुभक्त ढकाल र मीना निरौलाको आवाज रहेको छ। एलिसा राईको डान्सले यो गीतलाई अझ स्पेसल बनाएको छ।

सम्भावित एक करोड

सुन साइँली

अपलोड भएको दुई हप्तामै ५८ लाख भ्युज बटुलिसकेको यो गीत चाँडै नै एक करोड क्लबमा पुग्ने अनुमान गर्न सकिन्छ।

3 thoughts on “युट्युबमा एक करोड भ्युज कटाउने तीन गीत”

  1. Samir Sharma says:
    March 1, 2017 at 11:46 am

    माथिका कुनै पनि मन पर्दैन भन्ने अप्सन किन नराखेको हो ? यी सबै गित जातिले हेर्छन जम्मा १ वर्ष पछी ९० प्रतिशतले बिर्सिन्छन .. सम्झिन लायक छन् त केहि .. न शब्द , न नृत्य र संगीत नै युनिक छन् ,, सबै हल्का र फिका छन् | सुन साइली केहि मन परेको हो ,, तर यो पनि नयाँ भन्ने खालको होइन .. यस प्रकारका गित धेरै आइ सकेका छन् केवल अभिनय नयाँ कलाकारले गरेका हुन् र गायक नयाँ हुन् ,, शब्दहरुले गर्दा सुन साइली प्रति मेरो मत |

    Reply
  2. Sam says:
    February 28, 2017 at 1:52 am

    मेरो निजि इन्टरनेट सर्भरबाट मैले कुनै एक गीत १०० पल्ट हेरे भने भ्युअर रेकर्ड १०० पल्ट हुन्छ कि १०० पल्ट हेरे पनि मैले एकै सर्भर प्रयोग गरेकोले १ पल्ट नै गणना हुन्छ ?

    Reply
  3. सर्मिला says:
    February 27, 2017 at 3:10 pm

    यो सुर्के थैली भन्ने गीत राम्रो तर रत्यौलीको लुठो नाचे जस्तो दिपक गिरीको नाच र दीपाको पुठो धेरै हल्लेको नराम्रो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme