Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकाको बढाइचढाइ बखानले निम्त्याएको आपत

Posted on August 28, 2012August 28, 2012 by Salokya

अमेरिकाको मेरिल्यान्डमा एक नेपालीले अपार्टमेन्ट नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरे।

आत्महत्याका समाचार त नेपालमा पनि प्रशस्तै आउँछन्। नेपालबाहिरका नेपालीहरुको संख्या बढ्दै गएपछि आत्महत्या, मृत्यु, दुर्घटना, पक्राउ जस्ता घटना त हुने नै भए। फेरि कुनै पनि हत्यामा हत्या गर्ने दोषी भए झैँ आफ्नै हत्या गर्ने आत्महत्यामा पनि ऊ आफै दोषी हुन्छ। तैपनि कुनै पनि हत्या कारण बिना हुन्न। यो आत्महत्यापछाडिको कारण खोज्ने हो भने पनि सामान्य नेपालीको ठूलो पीडा उजागर हुन्छ।

कृष्ण केसी कास्की घर भएका ३७ वर्षका युवक थिए। दुई वर्षअघि अमेरिकामा पैसा कमाउन हिँडेका उनले दलाललाई २५ लाख रुपियाँ तिरेका थिए। मेक्सिकोको अवैध बाटोबाट छिर्न धेरै समय लागेकोले उनी डेढ वर्षअघि मात्रै अमेरिका पुगेका थिए। घर धितो राखी चर्को ब्याजमा १२ लाख रुपियाँ ऋण लिएका थिए। जसोतसो काम गरी घर आफ्नो नाममा ल्याए पनि बाँकी ऋण तिर्न बाँकी थियो। उनीजस्तै अवैध ढंगले मेक्सिकोको बाटो अमेरिका छिर्न खोज्ने लाखौँ रुपियाँ दलाललाई खुवाइसकेका हजार भन्दा बढी नेपाली बोलिभिया, ब्राजिल, चिली, इक्वेडर जस्ता दक्षिण अमेरिकी देशमा सेटिङ नमिलेर अलपत्र परेका छन्। अमेरिका जसोतसो पसिहालेका कृष्णको त त्यो हालत भयो भने पस्नै बाँकीहरुको अवस्था कस्तो होला? कल्पना मात्रै गर्न सक्छौँ हामी। आखिर किन यस्तो भइरहेको छ ?

किन मान्छे २२/२५ लाखसम्म तिरेर अमेरिका जान मरिहत्ते गर्छन् त ?

देश खत्तम भएर
अधिकांशको भनाई हुन्छ- देश खत्तम छ, त्यही भएर। नेताहरु आफ्नो स्वार्थका लागि मरिमेट्छन्। जनताका लागि केही गर्दैनन्। कुनै ठूलो उद्योग धन्दा नखुलेको कति वर्ष भइसक्यो, विदेशी लगानी ठप्प छ। भएका लगानीकर्ता भाग्दैछन्। देशमा रोजगारीको अभाव छ। अनि विदेश नगई के गर्ने त?

हो, पक्कै पनि देशको स्थिति नाजुक छ। त्यसका लागि हामी पनि दोषी छौँ, हामीले नेतालाई सचेत गराउन सकेनौँ भन्ने त आदर्श वाक्यहरु हुन्। एक्लै कसैले केही गर्न सक्दैन। स‌ंगठित गर्न सक्ने नेता नै छैन। भएका नेताहरुको त्यो ताल छ। कोही गर्छु नै भनेर आए पनि गर्न सक्ने स्थिति छैन हाम्रा यति धेरै अपेक्षा छन्। तर वैदेशिक रोजगारका वैधानिक बाटोहरु पनि छन्। त्यो बाटो प्रयोग गर्न नचाहनु, त्यसैलाई प्रोत्साहन दिन नसक्नु कमजोरी हो।

अनि नेपाल त्यति साह्रो खत्तम पनि भइसकेको छैन। २५ लाख रुपियाँ हुने हो भने नेपालमै राम्रो काम गरेर जीविका चलाउन सकिन्छ। उद्यमशीलताको अभाव छ नेपालीमा। त्यसका लागि तालिम, प्रशिक्षण दिने र बढावा दिने काम हुनुपर्ने हो सरकारी निकायबाट, त्यो पटक्कै छैन। लाखौँ तिरेर विदेशमा गएर मरीमरी कमाउने ध्याउन्ना मात्रै छ हामीमा।

समाजको व्यवहार
हाम्रो समाजको व्यवहार पनि अचम्मको छ। नेपाल मै केही गर्छु भनेर ऋण खोज्यो भने कसैले पनि दिँदैन। भेट्टाउन गाह्रै पर्छ। तर अमेरिका जान लागेको वा विदेश जान लागेको भनेपछि भने ऋण दिन तयार हुन्छन्। २०/२५ लाख तिरेर मेक्सिको हुँदै अमेरिका छिर्न खोज्नेहरुसँग त्यत्रो पैसा हुन्न। त्यो उनीहरुले चर्को ब्याजमा ऋण लिएको पैसा हो।

अमेरिकाको बढाइचढाइ बखान
अनि अर्को एउटा ठूलो कारण यो पनि हो। केही अमेरिका रिटर्नहरुको गफ सुन्नुपर्छ, थाहा हुन्छ भन्न खोजिएको के हो। उनीहरु नेपालको यसरी आलोचना गर्छन् कि नेपाल त सुँगुर बस्न पनि योग्य ठाउँ हैन। अनि यसरी अमेरिकाको बढाइचढाइ बखान गर्छन् कि अमेरिका कहिल्यै नदेखेकाहरु हो न हो, अमेरिकामा डलर फल्ने रुखै हुन्छ भन्ठान्छन्। हो, अमेरिकामा स्वतन्त्रता छ, न्याय प्रणाली बलियो छ, नेपालबाट गएकाहरुले रोजगार पनि पाउँछन्। तर त्यो ठाउँ सुखैसुख मात्र हुने स्वर्ग पक्कै पनि हैन। त्यहाँ पनि दुःख छ, संघर्ष गर्नुपर्छ। नेपालमा भन्दा बढी नै दुःख र संघर्ष गरिसकेपछि त्यहाँ पैसा कमाउने हो। यो कुरा अजासु अमेरिकारिटर्नहरु भन्दैनन्, खाली राम्रा कुराहरुको मात्र अतिरन्जित बखान गर्छन्। दुःख र स‌ंघर्षका कुरा गर्दा आफू तल पर्ने हीन भावना हुन्छ उनीहरुको मनमा। त्यसैले बियर पार्टी गर्दै नेपाली साथीहरु माझ अमेरिकालाई स्वर्ग भएको बखान गरी लोभ्याउँछन्। उनीहरुलाई थाहा हुन्न, उनीहरुको यस्तै बढाइचढाइ बखानका कारण हजारौँ नेपाली जसरी पनि अमेरिका छिर्ने नाममा लाखौँ रुपियाँ दलाललाई खुवाएर दुःख पाइरहेका हुन्छन्। सही कुरा नभन्नाले उनीहरु यस्ता मानव तस्करहरुका फोकटिया ब्रान्ड एम्बसडर बनिरहेका हुन्छन्।

हो, अमेरिकामा जरुर कमाउन सकिन्छ। तर रातोदिन मेहनत गरी। आफ्‌नो निजी जीवनलाई परित्याग गरी १२/१४/१६ घण्टासम्म काम गरी। अमेरिकामा काम पाइन्छ तर अमेरिका २५ लाख रुपियाँ दलाललाई खुवाएर आउने ठाउँ बिल्कुल हैन, हुँदै हैन। खोई यो कुरा हामीले बुझाउन सकेको? हामीले बुझाउन नसक्दा के भइरहेको छ ? ती मानव तस्करहरु, दलालहरु मोटाइरहेका छन्। अनि कृ्ष्ण केसीहरुले रुखमा झुण्डिनु परिरहेको छ। दक्षिण अमेरिकी देशहरुमा हजारभन्दा बढी नेपाली अलपत्र परिरहेका छन्। त्यसैले अर्को पटक अमेरिकाको बढाइचढाइ बखान नेपालका साथीहरुलाई सुनाएर ‘शान’ देखाउनुअघि कृष्ण केसीहरुलाई पनि एक पटक सम्झने कि!

65 thoughts on “अमेरिकाको बढाइचढाइ बखानले निम्त्याएको आपत”

  1. Gaurav Nepali "Oodaaseen" says:
    September 1, 2012 at 8:19 am

    कमेन्ट पढ्दा हाँसो उठ्छा भने कमेन्ट लेख्ने नेपाली भयकोले रुना मन लाग्छ किनकि दरिद्रता ! हो दरिद्र सोचाई ले हामी बिग्रियाका छौं र यो नेपाललाई पनि बिगरिरखेका छौं ! काम भनेको परिस्रोम गर्नु हो ! काम ठुलो या सानो हुँदैन ! मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन! हो, मानिस ठुलो कामले हुन्छ दाम या शानले हुँदैन ! कैयौ ग्यलाक्सी मध्यको एउटा मिल्कि ग्यलासकी को कैयु तारा मध्यको एउटा तारा प्रिथिबी हो !

    Reply
  2. sudeep says:
    August 30, 2012 at 1:34 pm

    नमस्कार!
    तपाई ले दिनु भएको माथिको समाचार पढे अतिनै दुख लग्यो | हो येस्मा हामी सबैको स्वार्थले र एक अर्कालाइ आरोप र प्रत्यारोपले गर्दा सिर्जना बएको हो | सायद हामीले बुलिसकेका छौ हामी को हो र हाम्रो अस्तिस्था के हो|
    अन्तत यो समाचार पढेपछि म एक मजबुर परदेशी एउटा गहम समाचार र सूचना प्रदान गर्न चाहन्छु | आशा गर्छु सायद यो समाचारलाइ यस मेडियाले राम्रो संग पढेर एस्लाई मात्र इन्टरनेटमा नभई सर बिस्व मा रहेका नेपाली हरु माज पुराउनु हुनेछ | र बिसेस यो समाचार माथिको समाचार संग एकदम मेल खान्छ|
    म अहिले युरोपको एउटा सानो विकास उन्मुख देश GEORGIA मा रोज्गारित छु | मैले यहाँ धेरै सुख दुख देखेको छु र अरुलाई पनि गरेको देखेको छु | बिसेष के भने यहाँ एतीधेरै दलाल हरु बसेकाछन जसले हजारौ नेपाली दाजुभाई दिदीबहिनी हरुको पैसा मात्र नभई जीवन पनि बर्बाद गरेको छ | एस देश मा इन्ट्री हुन एकदम सजिलो र सरल छ | तेसैले दलाल हरु को परमुख अड्डा नै बनेको छ| दिनु हजारौ नेपालीहरुलाई सुख को माला लगाएर एकदम बयानक संसार मा गाडेका छन् | यहाँ बस्ने मुखिया दलालहरुले, कैऔ नेपालीहरुलाई यहाँ बाट अवयेद रुपमा अरु बिकसित युरोप देश, USA AUSTRALIA र अरु तुप्रै आस्वासन दिएर एक मान्छे संग लाखौ लाख लुटेको छन्| अमेरिका को लागि २० लाख, युरोप SCHENGEN को लागि १० लाख र अरु को लागि तेही हिसाब ले पैसा उठाएका छन् | तर सत्य अरुनै छ | यहाँ धेरै जना हरु अलपत्र परेका छन्, कहाँ झाउ के गरौ भनछन् | मसंगै आएको साथी पनि दलाल को फन्दा मा परेर आफ्नो १८ लाख डुबाएको छ | पैसा को कारोबार नेपाल बाटै भएको थियो | अहिले ६ महिना बैसक्यो उपाए केहि छैन | दिनको दिन पिर मा जीवन बिताएको छ, उता परिवार हरु फोन गर्छन, यता काम न बाको कारणले गर्दा फोन पनि उठाउदैन | तेसैले म समस्त नेपालीहरुलाई आग्रह गर्छु, एदी तपाईहरु राम्रो देश जान चाहनुहुन्छ बने लेगल उपाए अपनाउनु नाइँ कि असफल र दुखको बाटो |

    म पूर्ण यस WEBSITE का संचालक जिउ हरुलाई आग्रह गर्छु कि यस समाचारलाइ नेपालिसमाजहरुको माज पुराइदिनुहोला|
    अरु केहि जानकारी लिन चाहन्नुहुन्छ भने समपर्क गर्न न हिच्किचाउनुहोला|

    एक मजबुर परदेशी
    00995-५५५४६२६२५
    SKYPE ID spbegra
    जय नेपाल!!!!!!!!!!!!!!!!

    Reply
  3. sauravdahal says:
    August 30, 2012 at 5:07 am

    अमेरिका मा नेपाली ले पैसा कमाउने भनेको taxi driver गरेर हो त्यो पनि १५ hr काम गर्यो दिन को भने मुस्किल ले ३ हजार dollar ….

    Reply
  4. abhishek says:
    August 29, 2012 at 2:41 pm

    कसम NEWYORK भन्दा NEWROAD राम्रो / मा काम को सिलसिला मा AMERICA १ महिना लै गए/ NEWYORK मा नेपाली को दुख र त्यो कोलाहाल सहर भन्दा , १२ घण्टा बत्ति नभाको काठमाडौँ राम्रो/

    Reply
  5. तेन्जिंग गाबा 'हिमाली' says:
    August 29, 2012 at 11:39 am

    अमेरिकामा बस्ने नेपालीहरुले उता जति मेहेनत गर्छन
    त्येतिनै मेहेनत नेपालमा बस्ने हामी सबैले गर्येउ भने
    नेपाल पनि झन्डै झन्डै अमेरिका जत्तिकै हुन्छ——–१००% ग्यारेन्टी

    जय नेपाल
    तेन्जिंग गाबा ‘हिमाली’

    Reply
  6. Aakash, Australia says:
    August 29, 2012 at 11:28 am

    नेपालमै बसेर हाम्लाई काम गर्ने लाजमात्रै हैन ” अहंकार ” ले दिदैन, तर तेही लाज र अहंकार काहा जान्छ जब हामि नेपालीहरु बिदेशी मुलुकमा चर्पी सफा गर्ने काम गर्छौ?
    हो बिदेशमा जमिसकेका हरुलाई सजिलो छ, बिदेशमा बसेर ” इन्टरनेट” मा भासर्ण दिन, स्वदेशमै बस्नेहरु लाइ गारो छ पनि, तर बिदेशमा बसेर डांडामाथि को घाम जस्ता आमा बाउ, दिदि बहिनि , दाजु भाइ, आफु सरका दौतरी साथि , छरछिमेक, रिति संस्कृति, दशैँ तिहार, देउशी भैलो सबलाइ छाडेर आफ्नो दुब्नालागेका आमा बाउ र लाला बाला हरुको भबिस्य आफ्नो जस्तो गबिगत नहोस भनेरै साहुको रिर्णमा विदेश मा नोकर बस्ने हरुको मुटुको पींडा, स्वदेशमा बसेर ” मोही र मकै ” खाने हरुको भन्दाकम छैन /
    विदेश जानु, बिदेशीको गुलामी गर्नु, अनि नेपालमा हुँदा ठेलामा बदाम, चट्मत,पानि पुरी बेच्ने भारती हरुलाई ” धोत्ति” भन्ने अनि अमेरिका, अस्ट्रेलिया, बेलाएत, लगाएतका देशहरुमा तेही ” धोत्ति” को इन्डियन रेस्टुरेन्ट अथवा ” कनभीनिएन्ट” स्टोरमा काम गर्ने हाम्रो संस्कार नै बनिसकेको छ/

    नेपालीको नाम संसारमा केका लागि प्रख्यात छ ? सबलाई थाहाभाकै कुरो हो , नेपालिहरु ” बेलाएती सेना मा ” गोर्खा” का नामले संसार प्रख्यात छन. चाहे त्यो भारतीए सेना होस् वा हंग्कोंग, वा बुर्नेई हाम्रो नेपाली जवान “भाडा को सिपाहीको” बनेकै छ/

    अरबीमुलुक को कुरै नगरम, पुर्बी एसियालि देशहरु , मलेसिया, थाइलेडं,इन्डोनेसिया, फिलिपिन्स नेपाली हरु चर्पी सफा गर्ने देखि, गाडी चलाउने, होटेल मा वेटर, खेत मा अन्न टिप्ने कामदार वा “निर्मार्ण मजदुर ” का रुपमा चिनिएका छन्/

    Reply
    1. एम बि टि मल्ल says:
      August 29, 2012 at 6:52 pm

      ……………….अनि भारत मा ??? ….बहादुर ……..चौकीदार !!!!

      Reply
  7. Samir says:
    August 29, 2012 at 11:10 am

    अमेरिका होइन , ” आ मरि खा ” हो साथी !

    Reply
  8. krishna says:
    August 29, 2012 at 11:02 am

    यो कुरा एकदम सत्य हो. अमेरिका भनेको नेपाल बाट कल्पना गरेको जस्तो रत्ती भर छैन . मैले खाडी मुलुक मा महिनाको ५० हजार कमाएर छ ६ बर्षमा जग्गा किनेर काठमांडू र काठमांडू बाहिर २ ओटा घर बनाए. अमेरिका आएको ४ बर्ष भयो, महिनाको ४००० डलर भन्दा बढी कमाउछु, अहिले सम्म ४००० बचत गर्न सकेको छैन तेहि पनि यही आएर सिप सिकेर. अरुको ता के कुरा गर्नु र! भनी साध्य छैन

    Reply
    1. Jibraj says:
      August 29, 2012 at 12:13 pm

      के भयो त कृष्ण जी सबै भन्दा ठुलो कुरो सरनार्थी को बिल्ला पाउनु भयो नि त | ल बधाई छ अब छिट्टै अमेरिका को नागरिक हुनुहोस | बास्तबिकता एक तिर कुरो एक तिर तेही त हो | पच्छिस लाख खर्च गर्ने अनि अमेरिका पुगेपछि सरनार्थी को लागि आबेदन दिने सरनार्थी बन्ने अनि पछि अमेरिकन नागरिक बन्ने अनि ठुला कुरा गर्ने ………….होइन त काइदा को कुरा |

      Reply
    2. kn USA says:
      August 29, 2012 at 6:22 pm

      कृष्णजी
      झूट बोल्नुमा पनि हद हुन्छ |
      तपाई मात्रै अमेरिका मा हो |
      १) अमेरिका मा मैनामा $ ४००० कमाउने, के सिप हो share गर्नुलोला | हामी जस्ता ले पनि कमाउने थिउ
      २) म मैनाको मरेर $ 1600 पुरौदिना ,weekend मा टिल्ल बियर खयर पनि मैना को $५०० घर पठाउछु |
      ३) म साथी संग बस्छु, एकलै बस्ता पनि $२००० मा चिन् जही बसिन्छ नया गाडीको किस्ता तिरेर पनि
      |

      Reply
    3. ramesh says:
      August 29, 2012 at 7:15 pm

      यो सरासर गफ हो ४००० डलर अमेरिकाकामा कमाउने वनेको जोक होइन, मेरो महिनामा 2800 डलर हुन्छ, मेरो एउटा नानी छ त्यो पनि स्कुल जन्चिन, मेरो श्रीमती काम गर्दीन तर पनि मेरो सबै खर्च कटाएर १२०० भन्दा माथिनै बचत हुन्छ, एस्तो हावादारी कमेन्ट चै नगरनुस साथी

      Reply
    4. sandesh says:
      August 29, 2012 at 8:55 pm

      महिनाको ४००० डलर कमाई हुने , ४ वर्ष सम्म ४००० पनि बचत भएको छैन रे ? ल मित्र कि त तपाई एकदम महँगो अपार्टमेन्ट मा बस्नु हुन्छ, महँगो गाडी चदनु हुन्छ अथवा धेरै बाल बच्चा छन् , नत्र भए महिनाको ४००० कमाई हुने एक्लो मान्छे हो भने त राम्रै बचत हुनु पर्ने हो जस्तो लाग्छ |

      अनि ६ वर्ष सम्म gulf मा महिनाको ५०००० रुपया कमाई ले काठमाडौँ मा र बाहिर २ बाट घर बनाए रे ? जम्मा ३६ लाख मात्र त हो नि , कहिलेको कुरा गर्नु भाको ? २० वर्ष पहिलेको ?

      Reply
    5. mahesh says:
      August 31, 2012 at 1:05 pm

      कृष्ण जी को गफ हो भन्ने कुरा त महिना को ५०००० कमाएर(बचाएर होइन) ६ बर्ष मा ३६ लाख हुन्छ, अनि यो महंगी मा त्यो ३६ लाख ले काठमान्डू मा जग्गा किनेर काठमान्डू र वाहिर गरेर २ वटा घर बनाउनु भयो रे! तेसै बात प्रमाणित हुन्छ.

      Reply
  9. Ananta says:
    August 29, 2012 at 9:13 am

    very sad news. It seems, he lost all hopes and he was in depression. He is gone, but what about the loan he took. what kind of load has given to his family. How his family will clear the loan. Will his family also commit suicide? there are chain of problems which has no solution. This reflects the society we live in. To find the main reason why people go abroad to earn, we have to dig into the question why we can’t earn and live peaceful life in Nepal?
    Nepal has corruption everywhere- take Politics, society, religion which are the basics to live a peaceful life. All of these systems are corrupted because we Nepali have corrupted attitude. We can’t blame only politics. But since politicians are the head. They have to put their attitude on track.

    Reply
  10. Satya says:
    August 29, 2012 at 8:47 am

    मेरो बिचारमा बिदेशमा गएर धेरै कमाउने हो भने “शिप, त्यही देशको डिग्री, शारीरिक बल र वर्क परमिट” नितान्त आवश्यक हुन्छ / नत्र भने धोबीको कुकुर घरको नि घाटको जस्तो भएर सानोतिनो काम गरेर बस्नु पर्ने हुन्छ /

    Reply
  11. Ayam Sharma says:
    August 29, 2012 at 8:34 am

    तीन बर्ष भो अमेरिका आएको बिद्यार्थी visa मा. assistantship छ पढ्नलाई, खान बस्न लाई २ जना लाई जसो तसो पुगेको छ. कहिले काही पैसा नेपाल बाट पनि मागिन्छ. Student को dependent मा आयको ले yeha काम गर्न पाउदैन कानुनी रुपमा. अहिले सम्म $१०० पनि कमाको छैन. बरु loan छ त्यो भन्दा बढी. हो कति साथि हरु छन् yeha पनि जो गैर कानुनी रुप मा काम गर्छन, आफ्नो dependent लाई काम गरौछन इन्डियन या south asian हरुको store मा. तेसो गर्दा अलि अलि पैसा कमाउछन पनि होला तर कानुनी रुपमा काम गरेर तेती पैसा कमौना यता निकै गारो छ. नेपाल मा पढेर आएको डिग्री ले मात्र यहाँ केहि काम पाउदैन चाहे त्यो डाक्टर कै डिग्री किन नहोस. पढेर राम्रो job पायो भने चाही ठिकै हुन्छ. अमेरिका गैरकानुनी रुपमा आउने मान्छे सित्तैमा पनि न आको जाति. DV परेर आउने हरु यदि यहाँ आएर पढ्न सक्छन भने त ठिकै छ नत्र नेपाल मा हाकिम भाको भए पनि यहाँ waiter को जब पाए पनि गर्न मेन्टल्ली तयार भएर आए हुन्छ. यहि हो अमेरिका को बास्तबिकता

    Reply
  12. DEV DEVKOTA says:
    August 29, 2012 at 8:34 am

    म कुनै पनि नेपाली दाजु भाई दिदि बहिनि हरु लाई आफ्नो देश छोडेर विदेश न आउनु हुन बिनम्र अनुरोद गर्दछु .

    Reply
    1. lalanath says:
      August 29, 2012 at 10:41 am

      DEV DEVKOTA जी तपाइको भावनासंग म सहमत छु, तर यो एक तर्फी अनुरोधले मात्रै केहि राहत दिदैन, म तिन पटक नेपाल फर्किय अब नेपालमै बस्ने भनेर, बिदेस नजाने भनेर! मेरो १५ बर्सको बिदेस बसाइ समग्रमा जेनतेन ज्यान पाल्नु बाहेक केहि उपलब्धि हुन सकेन! आखिर ज्यानै मात्रै पाल्नु हो भने नेपालमै हलो कोदालो गरेर आफ्नै पाखाबारीमा रमाएर पनि सकिन्छ भन्ने मेरो सोचाइ हो तर मेरो सोचाइ नेपालि समाजले लात हानि दियो!! तेतीका वर्ष बिदेस गाको मान्छेले यस्तो गर्छन? अझै गाउमै बस्न कति लाज मनु हुन्न ? खेति गर्नेरे? नामर्द, हुतिहारा,…………. अनि गाउभरी पधेरामा, चौतारीमा कुरा काट्ने, बसी नसक्नु, अर्को तर्फ सरकारी निकायका मानिसहरुको ब्यबहार, म त अन्तिम पटक TIA पार गर्दा किन किन कहिल्यै नेपालको एअरपोर्ट जानु नपरोस जस्तो भयो, सर्ब प्रथम त नेपालि समाजको अनि व्यक्तिको सोचाइमा परिबर्तन गर्नु पर्छ जस्तो लाग्छ

      Reply
  13. raakesh USA says:
    August 29, 2012 at 7:34 am

    तल्ला घरे बिर्खेले त अमेरिका गएर काठमान्डूमा घर बनायो रे ,,,
    पारि गाउको रमेश पनि जादै छन् रे ,,,,
    कोइरालोको छोरि सितेले साउदी बाट पैसा धेरै पठाई सकी रे ,,,,
    नेपालमा केहि हुदैन,,सकिदैन,,दिदैनन,,,विदेश जनै बेश हुन्छ
    यस्ता कुराहरु नेपालीसमाजमा जो कोहिबाट सुन्न सकिनछ …तर हामीलाई कति पनि थाहा छैन कि यस्ता सानातिना कुराहरुले हामी आफैले हाम्रो समाजमा यौटा तनाब सिर्जना गरेका छौ भनेर जुन तनाबले हामी आफैले हाम्रा human resource विदेश पठाऊ दै छौ जुन दिन प्रतिदिन चुलेदै छ,,, साना कुराहरुले आज epidemic सिर्जना भएको छ… जो कोहि बिदेशीन चाहन छन् ,,, लाखौ खर्च गरेर त्यहि पैसाको लागि आफ्नो जीवन खेर फाल्छौ…
    अब हामीले हाम्रो सोचाई परिबर्तन गर्नु पर्छ ,,, हाम्रा तरिका हरु परिबर्तन गर्नु पर्छ र यस्ता चलनलाइ गिराउनु पर्छ र आफ्नै देशमा केहि गर्नु पर्छ….
    विदेशमा जति दुख गरिन्छ त्यतिनै नेपालमा गरे अबस्य केहि न केहि गर्न सकिन छ ,,, small things makes a big difference… यहि सोचमा म नेपाल फर्कने सुरमा लाग्दैछु ….

    Reply
  14. Arjun says:
    August 29, 2012 at 7:13 am

    विदेश सबै कुरामा नराम्रो होईन. अबैध बाटो अपनाएर जाने अनि तेह गएर आत्महत्या गर्ने हो यो नराम्रो हो ..अनि उल्टो विदेश नराम्रो हामी चाही राम्रो??

    Reply
  15. निसा गौतम says:
    August 29, 2012 at 6:30 am

    मलाई दिबि (DV) परेर अमेरिका गय …नेपाल मा राम्रो जागिर हुदा हुदै सबै ले अमेरिका नगई त पागल नै बन्लान जस्तो गरे साथी र आफन्तहरुले ….मन न लागि याए …मारी मारी कम गर्दा केहि पैसा त कमैदो रैछा तर, म को हु मरो परिवार कहाँ छ भन्ने पनि बिशिदो रैछा ….अध्यागमन पपेर न बहेको त झन् बिजोग छ …म त फर्कने december मा ….घुम्ने रहर पनि पुग्यो ….

    Reply
  16. Basant says:
    August 29, 2012 at 5:07 am

    अमेरिकाबाट गाउमा रामे लाइ फोनमा फुर्ति लाउदै ..”ये रामे त ओबामा लाइ चिन्छास?”
    रामे : चिन्दिन यार
    श्यामे : अमेरिका आए पो चिन्थिस, एन्जेलिना जोलीलाई नि ?
    रामे : अह चिन्दिन यार
    श्यामे : अंग्रेजी फिल्म हेरे पो चिन्थिस, रिहानालाई नि?
    रामे : अह चिन्दिन
    श्यामे : अंग्रेजी गित सुने पो चिन्थिस लनठु
    श्यामको कुरा सुनेर रामले झर्किदै भन्यो ” भक्तेलाई चिन्छास ?”
    श्यामे : अह चिन्दैन
    रामे : तेरो स्वास्नी को नया boyfriend घर बसे पो चिन्थिस यो संग त चौथो हो

    Reply
  17. शशांक लामा, न्युयोर्क says:
    August 29, 2012 at 5:06 am

    अमेरिका भनेको टाढाबाट सुनिएको ढयाङ्ग्रोको मिठो आवाज हो, नजिकबाट त्यहि आवाज सुन्यौं भने कान खान्छ !

    Reply
  18. prakash says:
    August 29, 2012 at 4:09 am

    अमेरिका भन्दै मर्छौ तिमि कति |
    जोश र जागर प्रशस्थ लाए यहि हुन्छ प्रगति ||

    Reply
  19. razen says:
    August 29, 2012 at 3:08 am

    जान त जाओ साथि हो तर तेत्रो २५ लाख रुपैया तिरेर चाही अति नै भो बा | त्यो रकम भनेको सानो तिनो होइन र जतै गए पनि तेत्रो रकम जम्मा गर्न बाउको बिहे देख्ने गरि काम गर्नु पर्छ होला क्यारे | फेरी नेपाल मै केहि गर्छु भनि माग्यो भने कसैले पत्त्यौदैन, तेसैले आफ्नो लागि त २५ हजार पनि धेरै हो |

    Reply
  20. Jay Bimali says:
    August 29, 2012 at 2:20 am

    सबै जना साथी हरु को कमेन्ट हेर्दा मलाई पनि सानो कमेन्ट गर्न मन लगियारा आयो . आज धरै जना नेपाली हरु को सोच यस्तो व्हायाको ६ कि अमेरिका नै जानु पर्छा पेसा कमौना भानियारा तर यो सारा सर झुट हो पेसा कमौनाता आफु साग राम्रो कम को बरोया मा जानकारी हुनु पर६ अनी मात्र राम्रो कम पेन६ र पेसा कमौना सकिन६ खाडी मुलुक मा पनि धारी नेपाली दाजु व्है हरु छन जस्लिया आज राम्रो पैसा कमाउनु व्हायाको छ /

    Reply
  21. suman p says:
    August 29, 2012 at 12:46 am

    अमेरिका एस्तो देश हो नेपालका धनि बाबुका अल्छि छोरा छोरि लै एक पैसा नदिई पठाउने र मेहनत गर्न सिकाउने देश हो . पैसा कमाउने भन्ने त उस्तै हो , नत्र एक डलर को नेपाली एती र उति भनेर उल्था गरे र बस्ने मात्रै हो .
    २५ लाख ले नेपालमा के गर्न सक्दैन नेपालमा , मेहनत गर्ने हो भने ?

    Reply
  22. Dev says:
    August 28, 2012 at 10:43 pm

    मलाई पनि केहि लेखना मन लाग्यो ! हाल मा USA मा छु ! America अबस्य नराम्रो होयेना तर नेपालमा बसने Nepali हरुले सोचे जस्तो छएना! उनि हरु स्चोचन नेपालमा जस्तो बिहान उठेर आमाले तयार परेको भात पेट भरि खायो अनि बाबुले किनिदियाको मोटर bike लेयर चिया पसलमा गफ गर्ने !र पायो बने कोहिलाये ठंकने! वा कुर्सीमा बसेर लाखो कमाउने होयन बने
    नेपालमा काम छयेना बन्छ !तर मेहनत गर्ने हरु लाई राम्रो देस हो !

    Reply
  23. aakash says:
    August 28, 2012 at 10:24 pm

    मलाई त नेपाल का नेताहरु, काम नगर्नेहरु , ठगहरुलाई एकचोटी अमेरिका पठाउनु पर्छ जस्तो लाग्छ अनि बल्ल तिनीहरु को चेत खुल्थियो कि ? तिनका बाउको बेहे देखथिये!!!!!!

    Reply
  24. kalpana bhandari says:
    August 28, 2012 at 10:17 pm

    लगनसिल, इमान्दार ,पौरखी मान्छे लाइ जहाँ पनि जीवन जिउन सजिलो छ / कुर्शीमा बसी बसी बिना काम कसैलाई कहिले पनि मुख मा माड लाग्दैन , लागि हाले पनि त्यो क्षनिक मात्र हुन्छ / अमेरिकापनि लगनसिल , इमान्दार र मेहनतीहरु को लागि मात्र हो / अमेरिकनहरुमा यी सबै गुण भएर नै यो देश संसारको शक्तिशाली भएको हो / हामी नेपालीहरुको काग ले काँन लग्यो भन्दा आफ्नु काँन नछामि कागको पछि पछि दौडने मानसिकताले पनि बिदेशमा गएर धेरै दुख, हन्डर खानु परेको छ / आफ्नु मुल्याकन आफै सहि तरिकाले गरेर पाइला चालेमा भाविश्यमा कम पछुताउनु पर्ला जस्तो लाग्छ / अमेरिकामा कस्तो दुख -सुख छ भन्ने कुरा यहाँ आएर बस्ने वा फर्कनेहरु लाइ मात्र थाहा हुन्छ , नेपालमा नै बसेर गफको खेति लगाएको भरमा वा आफै एस्तो र उस्तो भनेको भरमा वास्तविक अमेरिका तेस्तो नहुन सक्छ / म पनि यहाँ आउनु भन्दा अगाडी जुन अमेरिका सोच्थे यहाँ आए पछि थाहा भो , अमेरिकात मैले सोचे भन्दा फरक र छ/

    Reply
  25. thapa rajbarsingha / canada says:
    August 28, 2012 at 9:52 pm

    तेही भयर आफुले त जिन्दगीमा कसैलाई नि बिदेस जानु पर्छ वा जा भनेर भनिन जो पनि सोद्चन मलाई किन त् हामीलाई विदेश नजा भन्छ अनि मा भन्ने गर्छु पैले गयर त हेर ….म किन जानी जानी दुख पावोस भनेर भनु….नेपाल मा जत्ति गर्ने ठाउँ बिदेस मा छैन भनेर ,आफु पो फसियो अरुलाई किन फसाउने ….सत्य तथ्य बोलु न बरु कि कसो ..

    Reply
  26. Sargam thapa says:
    August 28, 2012 at 9:32 pm

    यसको कारण के हो भने आजका युवालाई मार्ग दर्सन गर्ने न संसार बुझेका व्यक्ति छन् न संस्था छन् तेसैले यो बेहाल भै राखेको छ है |

    Reply
  27. राम हरि says:
    August 28, 2012 at 9:25 pm

    अमेरिका बारेमा धेरै भ्रम छ …पढे लेखेका मान्छे मा पनि ….म phD गर्न अमेरिका बारलिया को ४ बर्ष भो ….डिग्री बाहेक पैसै बचेन ….assistantship थियो तर फि, भाडा तिर्दै म टिक्क…बाहिर काम गर्ने फुर्सद पनि भएन र कानुनी पनि होइन …मेरा बुबा लै कसै ले सुनायेछा “तिम्रो छोरा त अमेरिका छ, पैसा को त के कमि “…..आफुले के डलर पनि पठाउन सकेको होइन ….अब जागिर पाइयो बने केहि होला …

    एस्तो लाग्छा कि अमेरिका मा डलर खेति हुन्छा ….तेहा जाने सबै काम मात्रै गर्छन ….काम सजिलै पाईन्छ, काम गरे बफात गरे थुप्रै पैसा औछा ….कति मिठो सपना हगी !!!

    Reply
  28. Nish says:
    August 28, 2012 at 8:58 pm

    तेश्रो बुंदा चित्त बुझेन उमेशजी! कस्तो कस्तो लाग्यो .. स्यालले अंगुर अमिलो छ भन्थ्यो रे उफ्रेर खान नसके पछि .. एउटा कथामा त्यस्तै केहि .. दोष अमेरिकाको होइन.. दोष त हाम्रो सोचको हो जसले नेपालमा केहि राम्रो देख्दैन विदेशमा राम्रै राम्रोमात्र देख्छ .

    अमेरिका आएका मान्छेले यहाँ दु:ख हुन्छ भनेर नेपालमा भनी दिंदैनन भन्नु भो, भन्दा – “सामान पठाउनु पर्छ भन्ने लोभले गफ हान्यो” भन्छन्

    “ब्याचलर्स गर्न अमेरिका आयो भने दु:ख पाइने रहेछ भाइ बहिनी हो, ब्याचलर्स नेपालमैं गर GRE, TOEFL गर राम्रो Assisstantship पाउ अनि आउलाउ अमेरिका भन्यो आफु गयो, अनि हामीलाई नआइज भन्छ भन्छन् .. भनेको सुन्नेवाला को छ नेपालमा ?

    उमेर ढल्दै गएका दाइ/काका/मामा लाई पनि अझै DV पारिदिए हुन्थ्यो भन्ने छ, यहाँ आएर के गरुंला भन्ने छ र यहाँहरुलाई भनेर सोध्दा दु:ख गरौला नि बरु .. छोरा छोरीले सुख पाउछन भन्नुहुन्छ .. के भन्नु र खोइ तेस्सै सुस्केरा काढ्न मनलाग्छ ..

    यसैक्रममा एउटा रमाइलो कुरा सेयर गर्न मनलाग्यो, १/२ महिना अगाडी म घर तिर स्कैपमा विडियो च्याट गर्दैथिएँ.. एकजना साना भाइ आका रैछन घरमा .. उनले पनि येसो हेरे .. म बसेको कुर्सीको पछाडी एउटा दाग लागेको थियो.. उनले त्यो बुट्टा हो भनेर सोधे 😀 मैले होइन भाइ कुर्सीमा दाग लागेको छ भनें अनि उनले भने – “विदेशको फर्निचरमा पनि दाग लाग्या हुन्छ ?” यहींबाट प्रष्ट हुन्छ हाम्रो मानसिकता

    Reply
  29. Pramesh says:
    August 28, 2012 at 8:50 pm

    अमेरिका बाट फर्केकालाई दोष लगाउनु चाहि बेकार हो| म पनि अमेरिकैमै छु| धेरैले अमेरिका आउन के गर्नुपर्छ? के-कस्तो उपाय लगाउनु पर्छ भनेर सोध्छन| मा जहिले पनि उपाय बताउनुका साथै यहाँ पनि धेरै गार्हो छ निकै कस्ट गर्नुपर्छ बरु नेपाल मै आनन्द छ है भनेर सम्झौछु| तर उल्टै आफुलाई पाठ पढ़ौछन “यहाँ केहि छैन, गरि खाने सकिदैन दुइ चार वर्ष त्यहाँ दुख गरियो भने त टन्न पैसा बोकेर नेपाल आउन सकिन्छ” आदि इत्यादी| त्यसरी सोध्ने धेरैजसोलाइ नेपालमा खान लाउन मजाले पुगिरहेको नै हुन्छ| आफु चाहि गयो अरुलाई चाही नआइज भन्छ भन्ने सोच्छन| खै कसले तेस्तो बुध्धी भरिदियो दैब जानुन तर अमेरिका बसेकालाई भन्दा नेपालमा बस्नेलाइ अमेरिकाको बारेमा बढी थाहा हुन्छ| गालि नै गर्नुछ भने अबैधानिक तरिकाले मेक्सिको ब्राजिल हुदै लैजाने दलाल हरुलाई गर्नुस, थाहा पाई पाई पनि मरिहत्ते गरेर अमेरिका जान खोज्नेलाई गर्नुस, तर अमेरिका गएर फर्केकालाई गालि गर्नु बेकार हो| जसरि भए पनि पैसा कमाउनु नै ठुलो उपलब्धि हो भन्ने नेपाली मानसिकतालाई गालि गर्नुस|

    Reply
    1. samrat~ says:
      August 29, 2012 at 6:27 am

      एकदम सहि कुरा पस्किनु भयो प्रमेस जी तपाइँ ले. मैले दुइ किसिम को मान्छे भेटे अमेरिका लाइ गालि गर्ने.

      नो. १ अमेरिका आउन असाधै मन छ तर भिसा rejected अथवा चाजो नमिलेको .
      नो. २ अमेरिका आइ सकेको तर सफल हुन् न सकेको आफ्नै कर्म ले.

      भनिन्छ land of oppertunity अमेरिका लाइ र एकदम सत्य कुरा हो. केन्या को इमिग्र्ग्रांत को छोरो संसार को सबै भन्दा पावरफुल मान्छे बनाइदिने देश , जहा भारतिय इम्मिग्र्यांत याहा को कुनै राज्य को गवर्नर बन्न सक्ने हैसियेत राख्न सक्ने देश , नासा को बैगानिक देखि ठुला ठुला सर्जन डाक्टर को हैसियेत राख्न सक्ने देश हो यो. अब ठग अल्छि र निच सोचाइ हुने हरु जहा गए पनि दुख पाउछ.

      मैले एस्तो नेपालि हरु पनि देखेको छु जसले ठुलो बंगला गाडी होटेल मोटेल को मालिक देखि नासा को सायेंटिस्ट भएर सान सौकत ले आफ्नो परिवार निर्बाह गरेर बाची रहेको छ र अनि एस्तो नेपालि हरु पनि देखेको छु जस हरु ले कुनै लक्च्ये न बोकेर ग्यास स्टेसन मा काम गर्यो भरे आएर बियेर को ट्वाक घोत्यो अनि फेरी तेही जिन्दगो दोह्र्ययो अनि कम्प्लेन मात्र गर्यो हिड्यो.

      एदी तपाइँ संग कुनै लक्च्ये छैन अनि गुण छैन अनि तपाइँ यो सम्झिन हुन्छ कि अमेरिका मा रुख मा डलर फल्छ हो, तपाइँ को लागि अमेरिका माथि भनेको जस्तै हो. एदी तपाइँ हार्ड वोर्क गर्नु हुन्छ , मेहिनत गर्नु हुन्छ भने यो देश ले तपाइँ को इमान्दारी र hardwork को कदर चाइ पक्कै गर्छ.

      तर मेरो एउटा सल्लाह के छ भने , student विसा मा तपाइँ हरु यहा आउने भए कृपया Graduate डिग्री सकाएर मात्र आउनुस. Undergraduate उतै सकाएर आउनु होला. पछि थाहा हुन्छ.
      आउनुस मेहनत गर्नुस , सिक्नुस अनि नेपाल लिएर जानुस , आफ्नो देश बिकास गर्नुस. मेरो पनि लक्च्ये तेही छ.

      Reply
  30. sagar shrestha says:
    August 28, 2012 at 8:32 pm

    यदि नेपालमै १२/१४/१६ घण्टा काम गर्ने हो भने त याँहा पनि कमाउन सकिन्छ नि .

    Reply
    1. diwakar says:
      August 31, 2012 at 10:38 pm

      कहाँ गर्ने !! जहाँ गए पनि ५-१० हजार मात्र देखाउचन !! मलाई ठाउँ बताउनु होस् जहाँ म १२ घण्टा काम गरेर ४०-५० हजार प्रति महिना जति आवास !!

      Reply
  31. शशांक लामा, न्युयोर्क says:
    August 28, 2012 at 8:25 pm

    नेपालीहरु अल्छे तिघ्रो स्वादे जिब्रो भएर पनि उँभो नलागेको हो, ४० नाघ्नासाथ म बुढो भएँ भन्ने मानसिकता उनीहरुको प्रगतिमा बाधक बनेको छ र पैसा थोरै भएपनि कुर्सीमा बस्ने जागिर खोजेर स्वांगे जिन्दगी जिएर उन्नति नगरेका हुन्| मध्यम बर्गीय गोराहरु ७० बर्ष पुग्दा पनि अझै आर्जन गर्ने कठिन कामहरु गरिरहेका हुन्छन| पश्चिमतिरका एकजना गुरुङ भाइले एउटा अमेरिकी निर्माण कम्पनीमा ज्यामी काम गरेर ६ बर्षको कमाईले काठमादौमा भब्य घर बनाएका छन् | उनि घन्टाको २० डलर कमाउँथे भने उनकै दौंतरीहरु कुर्सीमा बसेर घन्टाको १० डलर कमाउँथे| घर बनाउँदैमा पुरै जिन्दगीको बाजी जितेको त ठहरिंदैन| तर ति गुरुङ भाइको अठोठ र इच्छा शक्ति जश दिनुपर्ने लायकको छैन त ? जिन्दगीको त्यो च्याप्टरलाई बन्द गरेर ति गुरुङ भाइ अहिले अलि सजिलो काम गर्दै कलेजमा पढ्दैछन् | ति भाइ नेपालको हुँदा खाने परिवारको नभई हुनेखाने परिवारकै हो | अमेरिकी शेर्पा समुदायका मानिसहरुले गरेको उन्नति मैले यहाँ बताएँ भने पाठकहरुले मलाइ बिश्वास गर्दैनन्| यी सबै उन्नतिहरु पाखुरी बजाएर गरेका हुन्| बौद्विक काम गरेर आर्जन गर्ने नेपाली नभएका होइनन, तर ति नगन्य छन्| तसर्थ विदेश आउन चाहना राख्ने नेपालीहरुलाई मेरो निम्नलिखित सुझाव छ:

    १ नेपालमा लिएको कोरा डबल एम ए त के, ट्रिपल एम ए ले पनि यहाँ कुनै लछारपाटो लाउन्दैन| कुनैपनि शिक्षा शिप संग सम्बन्धित हुनुपर्छ |
    २ जस्तोसुकै तल्लो स्तरको कम गर्ने तयारी मानसिकता लिएर आउनुपर्छ|
    ३ साधारण खाना बनाउन जान्ने हुनुपर्छ|
    ४ रुममेट लिएर बस्न सक्ने फरासिलो व्यवहार हुनुपर्छ| कारण घर भाडा असाध्यै महँगो हुन्छ| काम नगरेर भाडा तिर्न सकेन भने रुममेटले लात लगाएर घरबाट निकाल्छ |
    ५ विदेश आएर लुटेर, छकाएर, चन्दा उठाएर, ठगेर जिन्दगि गुजार्छु भनेर सोच्दै नसोचे हुन्छ|
    ६ बौद्विक काम गरेरै खान्छु भन्नेहरुसंग असाधारण प्रतिभा हुनुपर्छ, अनि मात्र बिकिन्छ |
    ७ काम नगरी बस्नेलाई यहाँ बाबुसाहेब भन्दैनन्, ति त फटाहमा दरिन्छ र बाटोमा भेटे साथीभाई पनि तिनिहरुसंग तर्किन्छन|
    ८ छ सात बर्ष ति गुरुङ भाइले गरेजस्तो गरेर जिन्दगि सुखमय हुन्छ भने त्यो किन नगर्ने ? पैसै छैन भने त्यो उपरखुट्टी लगाएर बस्न पाउने जागिरको केहि अर्थ रह्यो र ?
    ९ बौद्विक कसरत गर्न कुनै अवसर बाँकी राख्नुहुन्न, अन्तमा केहि नलागे पाखुरी बजाउँदा जात जाँदैन| जिन्दगी भर बजाउनु पर्ने होइन क्यार!
    १० विदेश आउँदा नेपाली बाबुसाहेबीपना चाहि चटक्कै छोडेर आउनुहोला| विदेश नआउनु होस् म भन्दिन| तर हिम्मत, अठोठ जुझारुपन र दह्रो मुटु लिएर आउनुहोला ! Its not a bed of roses, but you can create that bed.

    Reply
  32. Sunil , London says:
    August 28, 2012 at 8:04 pm

    अमेरिका return हरुले गफ दिन्छन भनि लेख्या रहेछ , त्यो त ठिकै पनि होला ! म ४-५ पटक अमेरिका पुग्या मान्छे लाई एक जना भाई, जो अमेरिका त के इंडिया पनि पुगेका छैनन् ले , अमेरिका को बारेमा एती नया कुरा हरु बताए कि म नाजवाफ भए ! जुन कुरा मैले ४-५ पटक अमेरिका गएर देखिन सुनिन त्यो उनलाई नेपाल मै बसेर थाहा रहेछ , धन्न उनको General Knowledge , मैले त उनलाई सलाम गरेर पठाए ! अनि अमेरिका return ले किन गफ नदिउन, त्यो त उनीहरु को मानव अधिकार मै पर्ने होला नि हैन त ?

    Reply
  33. द्रोण says:
    August 28, 2012 at 8:01 pm

    तेत्रो पैसा नेपाल मै लगानिगरेर केइ उद्द्यम गरेको भए हुने (भन्न सजिलो !!),बिना सित्ति किन आइरा होला |
    तर बिना पैसा सजिलै जान पाउने गए हुन्छ ,धेरै मौका छ ,घुम्न देख्न पाइन्छ |

    Reply
  34. dor prasad says:
    August 28, 2012 at 7:44 pm

    यो लेख को लागि धन्यवाद ….
    अमेरिका बारेमा नेपाली ले बुझ्नु पर्ने कुरा धेरै छन् …हामी नेपाली गफै गफ …हल्लै हल्लै को पछी सपना देखछौँ … सबै का लागि नेपाल उसतई न भए जस्तै अमेरिका पनि एकनास छैन ….

    (१) अमेरिका लै country of immigrant र land of opportunity भनिछ …किन भने योगेता भयका बिसोभारिका मानिस ले गगिर को लागि लड्न पाउछन् …कानुन त american नागरिक ले प्राथमिकता पौछां तर योगता मा बढी भयमा बेदेशी ले पनि जागिर पाउन सक्छा ….पढेलेखेका american नागरिक को कमि छ …. पढेलेखेका हरुले ग्रीन कार्ड र citizenship पाउन सक्छन, तलब र सुबिधा american सरह पाउछन्, तर tax र घर भाडा (वा घर को किस्ता ) तिर्दा धेरै बचत हुदैन …

    (२) अमेरिका लै country of illegal imigrants मान्न सकिन्छा, १५ million illigal बस्छन …illegal ले कम ज्याला ५-८ USD प्रतिघन्टा कम गर्नु पर्छा …सधै कहिले देश निल्कला हुने डर हुन्छा …

    (३) अमेरिका लै country of diversity imigrants मान्न सकिन्छा, प्रतेक बर्ष dv lottery बाट बीशो बाट औछां ..येस्ता immgrants कानुनी रुपमा कम गर्न पाउने हुदा ज्याला बढी पौछां …राम्रो योगेता भएका ले राम्रो गगिर पनि पाउन सक्छन ….धेरै उच्च स्थरिय जागिर का लागि US डिग्री ले प्राथमिकता र / वा license को अनिबार्य अबसेकता पर्दछा ….

    (४) अमेरिका लै country of opportunity for foreign students मान्न सकिछा …
    Students हरुले legally university भित्र काम गर्न पौछां तर बजार मा होइन …छात्र ब्रती र अस्सिस्तान्त्शिप पाएका बाहेक अरुलाई डिग्री पुरा गर्न कठिन छ तर अससंब होइन … तेसैले पढाई तर पढी सके पछा जागिर पाउने हुनाले र राम्रा universities अमेरिका बीशो का student को अकर्सन केन्द्र बनेको छ ..

    (५) अमेरिका लै land that provides shelter for refugees मान्न सकिछा …लिगल / इल्लेगल route बाट अमेरिका छिरेर ashylum सीक गर्ने prasatai बेतिन्छा …कतिपय ले ओकिल लाइ महंगो फी तिरेका हुन्छा …Case success न भएमा देश निकाला हुने चान्स हुन्छा …सफल भेयमा लेगल वोर्क परमिट हुन्छा …राम्रो काम पाउन राम्रो डिग्री र license अबसेकता हुन्छा ….

    अहिले को अमेरिका को आर्थिक मन्दी झन् काम पाउन कठिन बनायको छ ..

    Reply
  35. sam says:
    August 28, 2012 at 7:21 pm

    गरिखानेलाई स्वदेश न विदेश | अल्छी अजिंगर हो भने बिदेशमा पनि तेही हो, उही labor काम गर्दै, दुइटा बियर खाएर भुइमा ढल्ने हो | उद्यमी अनि लगनशीलले नेपालमा नै सान का साथ बसिरहेछन | नेपालीहरु जो विदेशमा कार्यरत छन्, अनुभवी छन् – उनीहरु फर्केर आफुले सिकेको सीप कार्यन्वयन गर्न सके देशलाई अलि भएपनि निकाश मिल्ने थियो |

    Reply
  36. Prabhat says:
    August 28, 2012 at 7:21 pm

    दोस्रो बुँदा मन पर्यो। “नेपाल मै केही गर्छु भनेर ऋण खोज्यो भने कसैले पनि दिँदैन। भेट्टाउन गाह्रै पर्छ। तर अमेरिका जान लागेको वा विदेश जान लागेको भनेपछि भने ऋण दिन तयार हुन्छन्।”…..यो कुरामा सत्यता छा। आफुले पनि भोगेकै हो।

    अब कुरा गरौं अमेरिका रिटर्नको बखानको, सबै त्यस्ता हुदैनन्। नेपालमा बसेका अनि अमेरिका आउन नपाएकाहरुलाई यहाँको दुख सुनाउन खोज्यो भने, आउला भनेर डाहा गरे जस्तो गर्छन। अमेरिकाबाट फर्केर नेपालमा राम्रै गरिखाने पनि छन्। उनिहरुको कुरा सुन्दैनन् मान्छेहरु। अमेरिकामा गरिखान नसकेको हरुवाको रुपमा हेर्छन।

    Reply
  37. Prakash Adhikari says:
    August 28, 2012 at 6:57 pm

    हाम्रो समाज मा गरिबी छ/ तेसै ले सबैलै जति सक्दो छिटो पैसा कमाउने सपना देख्चन/ सबैलाई जसरि तसरी पैसा कमाउनु छ/ पढ्ने, मिहनेत गर्ने र चेतना को विकास गर्ने भन्नेनै छैन/ तेसो गर्न सके आफ्नु पनि भलाई, देशलाई पनि केहि contribute गर्ने सकिन्थ्यो/ तर रातारात मालामाल हुनु छ सबै नेपाली हरुलाई–बिसेस गरि सहरका पढेका स्वाँठ हरुलाई/ उदाहरण को लागि मेरै घरको कथा छ:

    मेरो सानो भाई थियो/ बाले बुढेसकालमा पाउनु भएको–त्यो जन्मिदा मैला SLC पास गरि क्याम्पस पढ्न सहरमा बसेको थिए/ तेस्तैमा, भाई ४ मा पुग्दा मा काठमाडौँ मा जागिर गर्न थालेको थिय/ आफ्नु हिजोको हण्डर सम्झेरे मैले त्यो भाई लाई गाउँबाट ल्याएर काठमाडौँ बोर्डिंग school मा राखें/ जबकी मैले गाउ मा गुन्द्रुक र ढिडो खाई , बिना चप्पल, एकसरो कपडा लाउदै पढेको हुँ/ भाइले SLC पास गर्यो करिब ७० प्रतिसत लाएर/ तेसपछि मैले त्यो भाई लाई एउटा साइन्स college मा पढ, हामी तिन भाइले पैसा दुइ लाख जम्मा गर्छौ प्लुस two को लागि भने/ Plus two सकेपछि बेलायेत गएर पेट सम्बन्धि अध्यन गर्नुपर्छ, किनकि नेपाली लाई लाग्ने प्रमुख रोग पेट सम्बन्धि हो भने/ उसले कुरा सुनेन/ अन्तत कमर्स पढ्यो/ mobile फोन बोक्यो/ केको पढ्नु/ तेस्तैमा म अमेरिका मा phd पढ्न जानुपर्यो/ तेस्तैमा एकपटक मेरो तो भाई नेपालमा मेरो डेरामा अयेछा र भनेछ पढेर दुइ चार जनाले दाई लाई नमस्कार गर्लान तर अहिले त पैसाको जमाना छ भनेछ मेरो बुडीलाई/ अहिले त्यो भुस्तिग्रे तेस्तै २५ लाख खर्च गरेर अमेरिका आउने भन्दै छ रे/ मेरो तेती बोलचाल छैन/ अमेरिका मा पैसा फल्दैन/ एक घण्टा कम गरेको STATE हेरी ८-९ dolor हुन्छ/ दिनको 10 घण्टा कम गरे पनि 80 dollar आयो/ महिनामा २4०० जति/ खान पर्यो, भाडा तिर्नु पर्यो/ पहिलो कुरा त कम पाउनु पर्यो/ सम्भबनै छैन/ दोस्रो कुरा तेतिका घण्टा हर दिन खट्नु पर्यो/ दाजु वा बाऊ ले कमायको पैसामा मम खायर कपि च्यापी campus गै केटिलाई जिस्कौनी अनि जाँच का बेला निमा को guide पदने जस्तो होइन/ खटन असम्भब छ/ समात्यो भने नेपाल/
    तेसैले, सबै नेपाली भाई बिना हरु लाई पढाई लाई सम्मान गर्न, पढेकालाई लाई सम्मान गर्न, मिहनेत गरि पढ्न र लोफ्फ़र नेता हरु को गुलाम नबन्न अनुरोध गर्दै यो लेख बन्द गर्छु/ Hopefully मेरो भाइको कथा ले तपाई हरुलाई केहि सिकाउला/

    Reply
  38. harkaman shahi says:
    August 28, 2012 at 6:57 pm

    यो प्रस्तुति सबै नेपालीको लागि हो, जो विदेश जान सोची रहेको हुन्छ .. विदेश भन्नु नै गुलामी गर्नु हो भन्ने कुरा किन बुझ्दैनन् ?

    हुन त अब नेपाली हुन् तातो खुन देखाउने बानी छ.. परे पछी बुझ्ने चलन भयको ले यो सिर्शक सामान्य नै हो…

    बाँकि सबैलाई नेपाली दाजुभाइलाई निबेदन छ, जो जहाँ गए पनि आफु दक्ष हुनुस अनि जानुस..! बाँकि नेता-जनता भन्ने कुरा सबै प्राकृतिक लेखन हो.. मेटिने घाउ हैन यो.. यसलाई पन्छाउन सक्नु नै ठुलो कुरा हो..

    Reply
  39. lalanath says:
    August 28, 2012 at 6:40 pm

    २२/२५ लाखसम्म तिरेर अमेरिका जान मरिहत्ते गर्ने मान्छे आफुलाई कुन दुनियाको मान्छे सोच्छ होला?? पक्कै पनि “बादरको हातमा नरिवल” तालको मानिस हुनु पर्छ आफुलाई दासको रुपमा मात्र देख्न चाहनु !!!!!!!!!
    “केही अमेरिका रिटर्नहरुको गफ सुन्नुपर्छ, थाहा हुन्छ भन्न खोजिएको के हो। उनीहरु नेपालको यसरी आलोचना गर्छन् कि नेपाल त सुँगुर बस्न पनि योग्य ठाउँ हैन। अनि यसरी अमेरिकाको बढाइचढाइ बखान गर्छन् कि अमेरिका कहिल्यै नदेखेकाहरु हो न हो, अमेरिकामा डलर फल्ने रुखै हुन्छ भन्ठान्छन्।”

    यो “बढाइचढाइको बखान” केवल अमेरिकाबाट फर्केकाहरुले मात्र गर्दैनन्, यो नेपालीको खतरनाक “VIRUS” हो! सबैले चाहे इन्डियामा पन्जाबिका घरमा भाडा माझेर आवोस वा साउदीमा भेडा चराएर आवोस गफ बास्तबिकता सुन्न पाइदैन, सबैले बढाइचढाइ बखान गर्छन्! तेसकारण यो नेपालीको खतरनाक “VIRUS” हो !! नेपालमा ३% देखि ५% मानिस होलान कसैका गफ सुने ता पनि वास्तविक स्थिति पत्ता लगाउन सक्ने बाकि सुनेर मख्खै!! यदि हामि नेपालि हरु जे होउ सहि सत्य परिचय दिन सके धेरै नेपालीहरुलाई यस्ता दुर्घटनाबाट बचाउन सकिन्थ्यो

    Reply
  40. Ricoote says:
    August 28, 2012 at 6:32 pm

    If somebody returned back from US says the struggle part of US, people think that we are their worst enemy because we are discouraging them. Anyways, spending 25 Lakhs make perfect sense if:
    1. You have at least bachelors degree in technical field
    2. You have very good command in English
    3. You have a relative in US and who can help you obtain Immigration papers.

    If these three things are met, you will land into job after you get your work permit through which you will be able to pay that 25 lakhs in 5-6 months.

    But if somebody is planning to come and work in Gas Station, Subway, Dunkin Donuts or other minimum wage or little above minimum wage job; spending money is not a option.

    Reply
  41. T Dhakal says:
    August 28, 2012 at 6:30 pm

    देशमा काम गरिखाने वातावरण भए २५ लाख खोजेर किन विदेश भासिनु पर्थ्यो र?

    Reply
    1. Jibraj says:
      August 28, 2012 at 11:31 pm

      ढकाल त आलु रैछ मान्छे……….!!!!….पच्छिस लाख ले क गर्न सकिन्न नेपाल मा ? ज पनि गर्न सकिन्छ !!! मेक्सिको हुदै किन आउन पर्यो र अमेरिका ?

      Reply
  42. Tulsi says:
    August 28, 2012 at 6:23 pm

    कुरा सत्य के हो भने अमेरिका पक्कै पनि आमनेपाली ले सोचे जस्तो छैन/ २५ लाख रुपिया दलाललै खुवायर अमेरिका आउनुको कुनै तुक छैन/ मानिसहरु १५-१६ घण्टा काम नगरी घर भाडा तिर्न र खानपिन गर्न मुस्किल पर्छ/ एउटा appartment लै १००० डलर तिर्नु पर्छ / सामान्य मजदुरी गर्दा अमेरिका मा घण्टा को minimum ७-८ डलर भन्दा बडीको काम पाउन मुस्किल छ/ घर भाडा को लागि मात्र पनि यदि ८ डलर पर्ति घण्टा ले कमाई भयमा लगभग ३२ घन्टा हर हप्ता काम गर्नै पर्छ / खानपिन, मनोरंजन,लत्ता कपडा आदि एत्तादी को लागि अझ बडी काम गर्नु पर्यो / साथ साथै २५ लाख रुपिया को ब्याज को लागि कति घण्टा काम गर्नु पर्ला आफै सोच्नुस /

    Reply
  43. Basanta Thapa,Maryland,USA says:
    August 28, 2012 at 6:11 pm

    दुखद घटना !मृतक को आत्माले शान्ति पाओस \ पिडित परिबार प्रति हार्दिक श्रदान्जली \
    दुख गरे जहा पनि बाच्न सकिन्छ र आबस्यकता हरु पुरा गर्न सकिन्छ \ अमेरिका अब धेरै टाढा र नौलो ठाउ रहेन \
    लेखक महोदयले भने जस्तै नियम , कानुन ,र असल सिस्टममा चलेको यो देश धेरै राष्ट्रका नागरिक का सपना पुरा गर्ने माध्यम र भुमि बनेको छ \ तर अनाबस्यक रकम तिरेर ,गैर कानूनी बाटो हिडेर यो देश छिर्ने जो सुकै पनि गलत हुन् \ मिठो सपना र कथा सुनाउने र बुन्ने मानिस जहा पनि हुन्छन \हाम्रै देशमा पनि राजधानी र ठुला सहर मा हिमाल ,पहाड ,तराइ बाट झर्नेहरुको लस्कर ठुलो छ \ गाउ युवा युवती सुन्य ठाउमा परिबर्तन भैसकेका छन् \आफु जन्मेको ठाउँ र देशमा गरिखाने ठाउ र बाताबरण नभए पछी आफ्नो गाउ र देश छोड्न बाध्य बन्छन मानिसहरु \
    जहा सम्म २०,२५ लाख खर्च गरेर गैर कानूनी बाटो भएर अमेरिका छिर्ने नेपाली दाजु भाई,दिदि बहिनि लाइ के आग्रह छ भने २० ,२५ लाख जुटाउन सक्ने हरु संग ५ ,१० लाख त पक्कै आफ्नो पैसा हुन्छ \त्यो पैसा ले नेपाल मै कुनै सानो ब्यापार ,ब्यबसाय गर्नुस \ आफ्नै ठाउँ ,परिबार ,छिमेकी ,आफन्त ,साथि भाई ,चाडपर्ब संग रमाउन खोज्नुस यो भन्दा ठुलो खुसि र क्षण कहिँ कतै कुनै संसारमा भेट्नु हुन्न \
    जब पैसा कमाउने धुनमा घर ,जग्गा धितो राखी ऋण लिनु हुन्छ ,आफ्नो परिबार ,बच्चा,ठाउँ छोड्नु हुन्छ तपाईका भित्रि शान्ति कहिल्य नफर्कने गरि हराउछन \तपाईका दुख का दिन सुरु हुन्छन \बिछोड ,मृतु तपाइँ साथमा लिएर हिड्नु हुन्छ \ आखिर अमेरिका मा आएर कागज नभएका नेपाली ले काम गर्ने भनेको रेस्टुरेन्ट ,ग्यास स्टेसन ,mall र इन्डियन हरुको घरमा काम गर्ने हो त्यो पनि एकदमै थोरै पैसामा\ हामि कागज भएका हरुको त यहि अबस्था छ भने बिना कागज यस्तै दुखद घटना मात्र \
    केहि गरि यहा आए पनि कागज बनाउन कमाएको सबै पैसा खर्छ हुन्छ अनि नेपाल को ऋण ,परिवारको आबस्यकता र सपना ! धेरै त प्रहरीको हात मा परे पछी जेल र नेपाल फिर्ता डुबेन जिबन !
    कृपया नचाहिदो हल्ला नगरौ र लोभ मा नपरौ \ काम लाइ माया र समान गर्न सिकौ र गरौ आफ्नै ठाउँ र देशमा श्रम र पसिना बगाउ ,मिहिनेत गरौ \अनाबस्यक खर्च नगरौ \ घर ,परिबार ,छिमेकी ,आफन्त ,साथीभाई ,चाडपर्ब र आफ्नो देश जस्तो भित्रि सुख र शान्ति मिल्ने ठाउ कहिँ छैन र हुने पनि छैन \

    Reply
  44. Amrit says:
    August 28, 2012 at 5:28 pm

    यो सब नेपालका गद्दार नेताहरु र तिनका संगठित गुण्डा नाइकेहरुले गर्दा भएको हो. जुन देशमा चरी, मनांगे, लामा, चक्रे जस्ता राजनीतिक पार्टीका केन्द्रीय सदस्य समेत हुन पहुच छ, त्यो देशको भबिस्य अझै भयाबह रहनेछ. हेर्दै जानुस यी मान्छेहरुले एकदिन देशलाई नरक बनाउने छन्, देशमा केहि गरेर खान सक्ने अबस्ता भए किन गरिब नेपालीका छोरा छोरी हरुले विदेशमा झुन्डिएर मर्न पर्थ्यो? केपी ओली, बिजयकुमार गच्छादार जस्ता मान्छे हरुलाइ देशको कानुनले कारबाही गर्न नसके सम्म यो अवस्था रहनेछा.

    Reply
  45. Shree Basant says:
    August 28, 2012 at 5:14 pm

    एकदम ठिक कुरो हो २५ लाखले नेपालमै गरौ भने के हुँदैन ? तर यहाँ गर्न दिदैनन, जे पनि गर्न प्रक्रिया लामो छ अनि घुस माग्छन | चोर नेताहरुले देश रसातलमा पुर्याइसके | यो बास्तबिकता पनि आफ्नो ठाउमा छदै छ | तर विदेश जानेले मात्र उन्नति गरेको छ भन्ने कुरो गलत हो | एकपटक गएकाले आफु चेतेर आए पनि सत्य भन्दैन | मुख्य कुरो दलालले डुबाएको छ आजका तन्नेरीलाइ | मानव तस्करीको यो खेला त चेली बेटी बम्बईमा लगे जस्तो छ | अब माइती नेपाल जस्तै अर्को “मामाघर” खुल्नु पर्ने र तन्नेरी पुस्तालाई दलालबाट जोगाउनु पर्ने देखिएको छ | लिगल बाटोबाट जानु ठिकै छ |

    Reply
  46. Naba says:
    August 28, 2012 at 4:51 pm

    यो कुरा सहि हो | एकदमै सिमित मान्छे हरुले मात्र विदेश आएर केहि राम्रो गर्न सकेका छन्, अरुको सबैको स्थिति नाजुक नै छ, तर नेपाल मा सालोक्य जी ले भनेको जस्तो पैसा भएर पनि राम्रो सँग गरिखान सजिलो छैन | 🙁

    Reply
  47. EAKRAJ ADHIKARI says:
    August 28, 2012 at 4:46 pm

    अनि अर्को एउटा ठूलो कारण यो पनि हो। केही अमेरिका रिटर्नहरुको गफ सुन्नुपर्छ, थाहा हुन्छ भन्न खोजिएको के हो। उनीहरु नेपालको यसरी आलोचना गर्छन् कि नेपाल त सुँगुर बस्न पनि योग्य ठाउँ हैन। अनि यसरी अमेरिकाको बढाइचढाइ बखान गर्छन् कि अमेरिका कहिल्यै नदेखेकाहरु हो न हो, अमेरिकामा डलर फल्ने रुखै हुन्छ भन्ठान्छन्। हो, अमेरिकामा स्वतन्त्रता छ, न्याय प्रणाली बलियो छ, नेपालबाट गएकाहरुले रोजगार पनि पाउँछन्। तर त्यो ठाउँ सुखैसुख मात्र हुने स्वर्ग पक्कै पनि हैन। त्यहाँ पनि दुःख छ, संघर्ष गर्नुपर्छ। नेपालमा भन्दा बढी नै दुःख र संघर्ष गरिसकेपछि त्यहाँ पैसा कमाउने हो। यो कुरा अजासु अमेरिकारिटर्नहरु भन्दैनन्, खाली राम्रा कुराहरुको मात्र अतिरन्जित बखान गर्छन्। दुःख र स‌ंघर्षका कुरा गर्दा आफू तल पर्ने हीन भावना हुन्छ उनीहरुको मनमा। त्यसैले बियर पार्टी गर्दै नेपाली साथीहरु माझ अमेरिकालाई स्वर्ग भएको बखान गरी लोभ्याउँछन्। उनीहरुलाई थाहा हुन्न, उनीहरुको यस्तै बढाइचढाइ बखानका कारण हजारौँ नेपाली जसरी पनि अमेरिका छिर्ने नाममा लाखौँ रुपियाँ दलाललाई खुवाएर दुःख पाइरहेका हुन्छन्। सही कुरा नभन्नाले उनीहरु यस्ता मानव तस्करहरुका फोकटिया ब्रान्ड एम्बसडर बनिरहेका हुन्छन्।

    हो, अमेरिकामा जरुर कमाउन सकिन्छ। तर रातोदिन मेहनत गरी। आफ्‌नो निजी जीवनलाई परित्याग गरी १२/१४/१६ घण्टासम्म काम गरी।

    Reply
    1. Samir says:
      August 29, 2012 at 11:14 am

      अमेरिका होइन ” आ मरि खा ” हो , साथी !

      Reply
  48. kiran, Scotland says:
    August 28, 2012 at 4:44 pm

    हाम्रो समाजको व्यवहार पनि अचम्मको छ। नेपाल मै केही गर्छु भनेर ऋण खोज्यो भने कसैले पनि दिँदैन। भेट्टाउन गाह्रै पर्छ। तर अमेरिका जान लागेको वा विदेश जान लागेको भनेपछि भने ऋण दिन तयार हुन्छन्। यो नै हाम्रो यथार्थ हो, नभए यत्रो पैसा तिरेर को अर्काको देशमा आएर भाडा मोल्न आउछ र यहाँ अयेपाची थाहा हुन्छ, तर यो कुरा पक्का हो दुख गर्यो भने पैसा हुन्छ तर नेपाल मा बसेर सोचे जस्तो हुदैन |

    Reply
  49. JYOTI says:
    August 28, 2012 at 4:43 pm

    अमेरिका को जसले नराम्रो कुरा गर्छ त्यो मान्छेले पकै पनि राम्रो संग सिच्चित छैन … अमेरिका भनेको सबै बाट बिकसित भएको देश हो र एस्तो बिकसित मुलुक मा आएर आत्मा हत्या गर्नु भनेको त्यो आती नै लजित कुरा हो.

    Reply
  50. Laxima Dhungana says:
    August 28, 2012 at 4:30 pm

    २५ लाख तिरेर त्यस्तो दुख भोगेर अमेरिकाको सपना नदेख्दै राम्रो । अमेरिकामा पैसा बोटमा फल्ने भये टिप्न सजिलो हुन्त्यो तर नेपाल मा नभोगेको दु:ख गदा नि त्य्त्रो पैसा जोगाउन गर्हो छ तेसैले जे छ् तेसैमा खुशी हुने कोशीस नै राम्रो होला नत्र यस्तै हुन्छ, बिदेश जहाँ पनि . .

    Reply
  51. xyz says:
    August 28, 2012 at 4:17 pm

    Either this man has exaggerated his expenses or is a stupid person. I do not understand why spend 25 lakhs just to get into states? With that money, one can do anything in Nepal.With 10 percent interest rate, on 25 lakhs, one can earn Rs21,000 per month and this money is more than enough for a family of four to survive. Nepali ko buddhi kahilya saprane?

    Reply
  52. samantee says:
    August 28, 2012 at 3:02 pm

    उमेशले यो लेख लेख्दा उस्को दिमागले काम गरेको थिएन जस्तो छ

    Reply
  53. Niraj says:
    August 28, 2012 at 2:21 pm

    Cheap and बेस्ट,हामीलाई Gulf नै ठिक छ.
    गोलि मारो USA
    अम्मामामा… २५ लाख भनेको सानो पैसा हो ?

    Reply
  54. K NATH, Belgium says:
    August 28, 2012 at 2:11 pm

    यस कुराबाट सबैले पाठ सिकौ र सिकाऊ/ हावादारी गफ दिएर दिग्भ्रमित नपारौ/
    सबैलाई चेतना भया/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme