Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकी कम्पनीले नेपालमा पेट्रोल खोज्ने

Posted on August 30, 2012August 30, 2012 by Salokya

के नेपालीले नेपाल कै पेट‌्रोल प्रयोग गर्ने दिन आउला ? के खाडीको हैन, विराटनगर, राजविराज वा जनकपुरमा उत्खनन् गरिएको पेट्रोलियम पदार्थ प्रयोग होला?

वर्षौँ भयो नेपालीले यस्तो सपना देखेको! स्कूले शिक्षामा समेत हामी नेपालमा पेट्रोलियम पदार्थको खानी रहेको पढ्थ्यौँ। तर अहिलेसम्म पेट्रोलियम पदार्थको प्रयोग बारे ठोस काम हुन सकेको थिएन।

अहिले अलिकति आश जगाउने काम भएको छ। अमेरिकाको बीबीबी च्याम्पियन ओयल तथा दुबईको इएबीजी अवुधावी नामक बहुराष्ट्रिय कम्पनीले आगामी डिसेम्बरदेखि नेपालमा पेट्रोलियम पदार्थ खोज्ने काम सुरु गर्ने भएका छन्। हिजो पत्रकार सम्मेलन गरी कम्पनीले तीन करोड अमेरिकी डलर खर्च गरी उत्खनन् कार्य सुरु गर्ने बताए। तर उत्खनन् कार्य सुरु हुने बित्तिकै पेट्रोल पाइने र प्रयोग गर्न पाइहाल्ने भने हैन। त्यसो हुँदो हो त ८० को दशकमा सुरु भएको यो अभियानले अहिले निकै मूर्त रुप लिइसक्थ्यो।

विश्व बैँकको सहायतामा सन् १९८२ मा सबैभन्दा पहिला पेट्रोलियम उत्खननको काम सुरु भएको हो। पेट्रोलियम उत्खनन् प्रवर्द्धन परियोजनाले देशका दक्षिणी क्षेत्रका १० ब्लकमा पेट्रोलियम पदार्थ हुनसक्ने भनी पहिचान गरेको थियो।

यही १० ब्लकमध्ये अहिले अमेरिकी र दुबईको कम्पनीले ब्लक नम्बर ८, ९ र १० अर्थात् विराटनगर, राजविराज र जनकपुरमा उत्खनन् गर्न लागेका हुन्। पेट्रोलियम पदार्थको अन्वेषणका लागि गत असार २१ गते सरकारले यो कम्पनीलाई अनुमति दिएको हो।

नौ हजार ८६१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको जनकपुर र राजविराज ब्लकमा ईएबीजी र चार हजार ९६९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको विराटनगर ब्लकमा बीबी च्याम्पियनले अन्वेषण एवम् उत्खनन् गर्नेछन्। दुवै कम्पनी साझेदार हुन्।

नेपाल पेट्रोलियम ऐन र पेट्रोलियम नियमावलीबमोजिम उनीहरुले सबै काम गर्नेछन्। ऐनले अध्ययन–अनुसन्धान एवम् व्यापारिक उत्पादनका लागि बेग्लाबेग्लै स्थानमा उत्खनन् गर्नसक्ने व्यवस्था गरेको छ। कम्पनीले तेल, प्राकृतिक ग्यासलगायत पेट्रोलियम पदार्थ भए–नभएको निश्चित गर्नेछ।

भएको निश्चित भयो भने नि ? यदि व्यवसायिक उत्पादन हुने निश्चित भयो भने फेरि ती कम्पनीसँग सम्झौता हुनेछ। अनि त्यसमा सरकारी लगानी कति गर्ने भन्ने बारे पनि निर्क्यौल हुनेछ। अहिलेको प्रारम्भिक अन्वेषणमा भने सरकारको एक पैसा पनि पर्दैन। ऐनबमोजिम सरकारी वा निजी जुनै जग्गामा पेट्रोलियम पदार्थ भेटे पनि त्यसको स्वामित्व नेपाल सरकारको हुनेछ।

यी कम्पनीले काम सुरु गरिसकेपछि अब नेपालमा अरु कुनै कम्पनीले पनि पेट्रोल उत्खनन् गर्न पाउने छैनन्। सम्भावित १० ब्लक सबैमा विभिन्न कम्पनीले अनुमति पाइसकेका छन्।

बेलायती कम्पनी केयर्नसँग ब्लक नम्बर १ धनगढी, २ कर्णाली, ४ लुम्बिनी, ६ वीरगञ्ज र ७ मलङ्गवा गरी पाँच वटा परियोजना सन् २००४ मा र अमेरिकी कम्पनी टेक्साना रिसोर्सेजसँग ब्लक नम्बर ३ नेपालगञ्ज तथा ५ चितवनका लागि सन् १९९८ मा नै उत्खनन सम्झौता भएको थियो। तर यत्रो वर्ष भइसक्दा पनि खासै उपलब्धि भने हुन सकेको छैन।

अहिले उत्खनन् हुन लागेको ब्लक नम्बर १० जनकपुरमा सन् १९८५ मा नेदरल्यान्डको सेल र अमेरिको ट्राइटनले मिलेर अध्ययन गरेको थियो। यो कम्पनीले ३ हजार ५ सय २० मिटरसम्म खने पनि पेट्रोल नभेटेपछि फर्केको थियो।

उत्खनन् र अन्वेषणको प्राविधिक काम अत्यन्तै जटिल छ। विशेष उपकरणयुक्त विमान उडाएर त्यो ठाउँको गुरुत्वाकर्षण र चुम्बकीय घनत्व नाप्नु पर्छ। त्यसपछि सेस्मिक सर्भे गर्नुपर्छ। लौ अब यो ठाउँमा चाहिँ हुनसक्छ है भनेर कुवा खन्न थालिन्छ। कुवा खन्दा थोरै दायाँ बायाँ पर्‍यो भने पेट्रोल नभेटिन सक्छ। भारतको राजस्थानमा पनि सेल कम्पनीले १२ वर्ष खन्दा नभेटेको ठाउँमा केर्न इनर्जीले तेल भेट्टाएको थियो। अब जनकपुरमा पनि सेलले नभेटेको ठाउँमा तेल अहिलेको कम्पनीले भेट्ने हो कि हैन, हेर्न बाँकी नै छ।

यो पनि पढ्नुस्
प्रतीक्षा पेट्रोलियम रहस्योदघाटनको
पेट्रोलियम अन्वेषणको जिम्मा अमेरिका र अरबलाई
तीन स्थानमा पेट्रोलियम उत्खनन गर्न बोलपत्रको तयारी
नेपाल पेट्रोलियम ऐन
पेट्रोलियम नियमावली

53 thoughts on “अमेरिकी कम्पनीले नेपालमा पेट्रोल खोज्ने”

  1. Sanu Nepali says:
    April 25, 2013 at 9:14 am

    नेपाल मा पेट्रोल को उत्खनन हुने कुरा सुनेर को मात्र खुशी न होला . छिमेकि राष्ट्र बाहेक जो कोहि पनि खुशी त अबसे हुन्छ / मलाई अहिले नै त्यो ठाउँ हेर्न जान मन लाग्यो . हाम्रै देश मा पेट्रोल पाईने भयो भनेर साह्रै खुशी छु . यसमा कोहि पनि बाधक भए त्यो महा मुर्ख

    Reply
  2. suman bhote says:
    September 2, 2012 at 4:37 pm

    अति राम्रो…. एक चोटी पत्ता लग्यो भने…. इंडिया को बाउ आए पनि रोक्न सकिदैन…. अमेरिका या ब्रिटिश हानथाप गर्दै नेपाल आइपुग्छन….Middle east मा जस्तै…
    काम सुरुत होओस पहिला….. भेटियो भने विकासै विकास….

    Reply
  3. Bala Ram Thapa says:
    August 31, 2012 at 4:37 pm

    राम्रो कामको सुरुवात हुन लाग्दा उसको प्रसंसा होला भन्ने डरले प्रति पक्ष्यहरु धुवादार सत्तो सराप गर्दै सडकमै उत्रिन्छन भने छिमेकीको शिरमा त झन् धुवा नछुट्ने कुरै भएन | किनकि छिमेकीको उन्नति प्रगति तथा सामर्थ्यता प्रति इर्षा हुनु कलियुगको निएम मन्दा अत्युक्ति नहोला | तै बाबुरामजीले कता प्याट्रोलिएम पदार्थ को अन्वेषण गर्न अमेरिकी र दुबैको कम्पनि लाइ दिन पुगेछन |
    जल, जमिन,जंगल,को विकास र जन्शंख्या लाइ ति क्षत्रहरुमा परिचालन बिना देशको आर्थिक उन्नति असम्भब छ | जमिन को गर्भ भित्र रहेको पेट्रोलिएम लगाएत अन्य खनिज बस्तु हरु को अन्वेषण र उत्पादन ले देशको काया पलट हुनेमा कसैको दुइ मत हुन सक्दैन | संचार र बाटोघाटो ले ति क्षेत्र को विकास मा रक्त संचारको झैं टेवा पुर्याउछ | बास्तबमा यस्ता क्षेत्रहरुको बिकासमा हरेकले टेवा पुर्याउनु मुख्य कर्तब्य हुन्छ | उपत्यका र बिकसित शहरी कारण भएका स्थानहरुका सडक र साँगुरा गल्लीहरु फराकिलो पार्न पर्ने दृस्टीकोण राखी पन्च्यात कालमै ल्याएको कानुन लाइ २०३५ साल पछिका कुनै सरकारले गर्न नसकेको र कानुन मिची सडकको दाया बाया घर बनाउन दिन बाहेक बाटो विस्तार गर्न आँटन नसकेको उपत्यका को बाटो विस्तार र पुनर्निर्माण कार्य बाबुरामजी को सरकारले सुरुवात गरी सम्पन्न गर्न तर्फ उन्मुख भएको कुरा ३ करोर नेपालीमा जग जाहेर नै छ | तै पनि उनको बार्षिक उपलब्धिका उद्घोष लाइ केहि गरेन केहि भएन भन्नु बिरोधको निम्ति बिरोध बाहेक अरु केहि हुन सक्दैन | प्रति पक्षी हरुको धर्म हो सरकारको बिरोध गर्नु ,तर बिरोध गर्न पर्ने ठाउं र क्षेत्र मा बिरोध गर्नु ज्यादै राम्रो कुरा हो | जुनसुकै बिषय बस्तुमा बिरोध हुनु तेस्को कुनै अर्थ रहदैन | प्रति पक्ष्य हरुको बिरोधका कारण अरु उपलब्धि मुलक र जन आकाम्क्ष्या अनुकुलको ठोश कार्य हरु गर्न नसकेता पनि उपत्यका भित्र बाहिर सडक विस्तार र पुनर्निर्माण कार्य ले बढ्दो सबारी साधन र जन घनत्तो लाइ सरली कारण र अब आउने पुस्ता समेतलाई यदि ट्राफिक नियम लाइ अन्य मुलुक सरह मर्यादा रखिदीने हो भने सदा को निम्ति सहजीकरण हुने छ भन्ने आशा राख्न सकिन्छ |

    Reply
  4. chandr sampang says:
    August 31, 2012 at 2:34 pm

    नेपालमा तेल मेरो बिचारमा २०४२ साल तिर नै तेलको मूल फेला परेको छ यो ठाउँ चाही कानेपोखरी र प्थरिकोबिचमा पर्छ तर कुरो यहाछ कुरो नेपालको नेता र पैसा त्यो तेलको मूल को ठाउमा india ले तारले बेरी एक नेपालीलाई सेकुरिटी गार्ड राखेको छ अनि नेतालाई पैसा दिएर मुख बन्द गरेको छ होइन भने यो ठाउमा गएर सेकुरिटी गार्डलाई भेट गर्नुस

    Reply
  5. madan bajracharya says:
    August 31, 2012 at 2:15 pm

    नेपालमा भयको खानिहरुको उपयोग गर्न नखोज्नु भयका खानिहरु व्यापारिक हिसावले नाफा मुलक नभयको भनाईमा सत्यता छैन/ किन भने ई कुराहरु भारत सिट बिकेको नेताहरु र तिनीहरुको सिफारिशमा नियुक्त हुने कर्मचारीहरुले भन्दै आयको कुरा हो/ नेपाल सिट जोदियाको भारतको भू भागहरुमा पेट्रोल खानि हुने नेपालमा नहुने भन्ने भनेमा कसरि बिस्वास गर्न सकिन्छ?

    नेपामा प्राकृतिक श्रोतहरुले नभयको भय भारतले नेपाललाई वास्ता पनि गर्ने थियनन/ नेपाल भारतको सिमाना खुला गर्नुको बदला त्यहा अर्को बर्लिनको पर्खाल ठड्याउने थियो भारतले; यसरि नेपाललाई भुटान बनाउन मरिहट्य गर्दैनथ्यो/

    नेपालमा पेट्रोल खोज्दै गरेको मरिचमान र शेरबहादुको सरकार ढल्नुमा भारतको हात छ बा छैन भन्ने कुरा मरिच मान र शेर बहादुरको पालमा सुरु गरेको नेपालमा पेट्रोल खोज्ने काम उनीहरुको सरकार धलना साथ् बन्द गरेकोले नै देखाउंछ/

    उहिले चन्द्र शमशेर रानाको पालामा गेहेन्द्र शमशेरले ब्रिटिश सरकार सिट भयको भन्दा उत्कृस्ट पेस्तोल, मेसिनगण आदि बनायको थियो/ गेहेन्द्र शमशेर रानाले तेतिबेला नै जिप र रेल समेत बनायको थियो/ गेहेन्द्र शमशेर रानाले बनायको बिर गण अद्यापि म्युजियममा छंदै छ र ज्ञानेन्द्रको पालमा अमेरिकाको कुनैलाई बेचेको पुरानो हतियारहरुमा गेहेन्द्र शमशेरले बनायको हतियारहरु पनि थियो र अहिले जो कोहिले ती हतियार हरुको बारेमा इन्टरनेटमा पढ्न सक्नु हुन्छ/ गेहेन्द्र शमशेर रानालाई पुरस्कार दिनुको बदला ब्रितिशको भारतको दवावमा देस निकाला पो गरियो/ नेपालको बिकाश गर्न खोज्ने कसैको लागि पनि उहिलाको भारत र अहिलेको भारत सत्रुनै बनेको छ/

    नेपालमा निम्न र मध्यम बर्गको निमित सुलभ यातायातको साधन साईकल र रिक्सा नै हो/ साईकल रिक्सा नेपाल आफैले बनाउन नसक्ने थियन यसरि मात्र भारत बात मात्रै आयात गरि रहनु पर्ने साधन होईन साईकल र रिक्सा/ सायद यहि कुरा सोचेर मरिचमानले बालाजु औद्योगिक छ्यत्रमा साईकल उद्द्योग खोल्ने योजना बनायो/ तर त्यो योजना मरिचमान संगै ढल्यो/ जावो साईकल रिक्सा बनाउने उद्द्योग समेत नखोल्ने यस्ता नेताहरुको सरकार कसलाई चाहियको थियो भनेर जो कोहिले पनि अनुमान लगाउन सक्छ/

    गोल्छाको हुलास कम्पनी को हुलास स्टेनलेस स्टिल उद्द्योग ठुलै रुपमा खोल्न खोजेको थियो/ तर नेपालमा हुलास स्टेनलेस स्टिलले उद्य्योग खोल्ने कुरा निकाल्ना साथ् भारतले नेपालमा बन्ने स्टिलको बस्तुहलाई भारतमा बजार नदिने घोसना गर्यो/ तव हुलास उद्द्योग जत्रो बनाउने योजना थियो त्यो भन्दा सानो बन्यो/

    पंचायत कालमा गोल्छाको कम्पनीले नेपालमा कार जिप आदि गाडीहरुको जडान खोल्यो/गोछाको त्यो कम्पनीले ब्याट्री बात चल्ने यातायातको साधन हरु समेत बनाउन थालेको थियो/ पंचायत सरकारले त्यो उद्द्योगले जडान गरेको गाडीहरुमा अन्तशुल्कमा ठुलो छुट दियो/ हुलासको गाडी कम्पनीले तेतिबेला हजारौ गाडीहरु जडान गर्यो र र बेच्न सफल भयो/ हुलासले बनायको गाडीहरु भुटानमा समेत गुड्न थाल्यो/ भारत् ले जडान गरेको गाडीहरु बिक्ने गुड्ने नेपालमा “नेपालले नै जडान गरेको गाडीहरु गुड्न थालेको कसलाई चिन्ता पर्न थाल्यो होला त्यो भनि रहनु जरुरि नै छैन/ पंचायत ढल्यो/ पंचायत पछी कस्तो सरकार बन्यो भन्ने कुरामा आ आफ्नो बिचार हुन् सक्छ तर पंचायत पछी बनेको सरकारले सबै भन्दा गरेको काम नै गोल्छाले उत्पादन गर्ने गाडीहरुमा ६०% भन्दा बढी अन्त शुल्क लगायर नेपालमा बिक्नै नसक्ने बनायो/ पंचायतको पालामा थालेको पेट्रोल खोज्ने काम बन्द गर्यो; किन?

    यो संदर्व मा उल्लेखनीय कुरा यो पनि छ कि भारतमा बनेको गाडीहरुमा नेपालमा ३०% मात्रै भन्सार लाग्छ/ अब सोच्नुस मित्रहरु भारतमा जडान गरेको गाडीमा ३०% नेपलमा जडान गरेकोमा ६०% भन्दा बढी, यो किन?

    २०४६ अघि सम्म हजारौ गाडीहरु बेच्न सफल भयको गोल्छाको त्यो गाडी कम्पनि २०४६ पछी यौटा पनि बेच्न सकेन/ अस्ति यो बाबुराम नौटंकी बाजले गोछाले जडान गरेको मस्तांग गाडी किनेर खुव वाह वाह त् लुट्यो तर गोछाको गाडी उद्योगको कमर भाच्ने त्यो अन्त शुल्क मिनाह गरेर आफ्नै देसको गाडी जडान उद्योगलाई प्रोत्साहन गरेनन बाबुरामले किन होला?

    नेपलमा जडान उद्द्योग खोल्ने कुरा उठ्यो कि भारतको कपाल दुख्छ, नेपलमा जडान गरेको सामानहरुमा नेपाल कै कच्चा प्रदार्थ नभयको अदंगा लगायर भारतमा बजार दिंदैन/ तर भारतमा जडान गरेको बिदेसी कम्पनीको सामानहरु चाहि नेपलमा भारत सहुलियत दरको भन्सार तिरेर बेच्दै आयको छ/ यस्तो किन?

    नेताहरु भारतमा बनेको सामानहरु नभय हामि नेपाली बाच्ने नसक्ने कुरा गर्छ/ तर आज सम्म मैले तपाईंले उपयोग गर्दै आयको भारतीय सामानहरु के भारतको आफ्नै उत्पादन हो?

    ताता को ट्रक जर्मनको मर्सिडिज कम्पनीको/ आज मारुती भनिने भारतीय गाडी जापानको सुजुकी कम्पनीको/ भारतमा बनेको औषधिहरु सबै युरोपको कम्पनीहरुको/ दांत माझ्ने कोल्गेट देखि खाने बिस्कुट आदि समेत कुनै पनि भारतको आफ्नै ऊद्योगको उत्पादनहरु होईनन; बिदेसी कम्पनीले भारतमा उत्पादन गरेको बस्तुहरु हुन्/ नेपलामा बनेको वाई वाई चौचौ भारतमा बेच्न दिंदैन तर उसको माग्यी चाऊ चाऊ चाहि नेपलमा सहुलियत दरको भन्सार तिरेर आयात गर्छ/ तर त्यो म्यागी चाऊ चाऊ पनि उसको आफ्नै कम्पनि होईन/ यस्तो नीति बनाउने हाम्रा नेताहरु नेपालीनै त् हो भनेर प्रश्न गर्नु पर्ने बेला आयकोछ/

    अब फेरी पेट्रोलकै कुरा गरु/ नेपालले भारत सिट मात्रै पेट्रोल किन्नु पर्ने सम्झौता गरियको छ/ तर भारतको पेट्रोल किन्न पनि नेपालले अरव बात पेट्रोलियम प्रदार्थको कच्चा प्रदार्थ किनेर भारतलाई बुझाउनु पर्छ र नेपालले जति पेट्रोलियम प्रदार्थको कच्चा प्रदार्थ भारतलाई बुझायाकै अनुपातमा नेपाललाई भारतले पेट्रोल उपलब्ध गर्छ/

    नेपाललाई उपलब्ध गरेको पेट्रोलमा भारतले लाग्ने नपर्ने अतिरिक्त अरवौ को कर रकम फिर्ता दिन भारत आल ताल गर्दै आयको कुरा नेपाल आईल निगमले सार्वजनिक रुपमै भन्दै आयको छ तापनि सरकार केहि बोल्दैन किन?

    भारतले उतिबेला नाकाबन्दी गरेको बेला देखि चीनले नेपालाई पेट्रोल उपलब्ध गर्ने प्रस्ताव दिंदै आयको छ/ चीनले नेपलको सिमाना सम्म पेट्रोल ल्याई दिने र आबस्यक परेमा नेपालमा चीन सिट जोदियाको सिमानामा बाटो र पाईप लाईन समेत बनाई दिने भन्दै आयको छ/ तर ई दिल्लीले पालेकाको सरकारले मान्दै मान्दैन किन होला?

    के चीनको पेट्रोलले गाडी गुड्दैन? यदि यसो हो भनेर कसैले भन्छ भने म त् भन्छु भारतले बनेको पेत्रोले गाडी गुद्नुको बदला बढी खिईन्छ भन्छु/ प्रमाणको रुपमा लौ हामि मध्य धेरै जना अमेरिकामा रहेको होला/ त्याहाको गाडीहरु बिना ठुलो मर्मत कुनै पनि गाडीहरु सजिलै सिट २ लाख माईल चल्छ भन्ने कुरा अनुभव गरेकै कुरा होला/ २ लाख माईल भनेको ३ लाख किलो मिटर हो/ के भारतको पेट्रोल बात चल्ने कुनै गाडी ३ लाख किलो मिटर गुडेको नेपालमा कसैले देखेको पनि छ?

    Reply
  6. kisaan Thapa says:
    August 31, 2012 at 1:48 pm

    अमेरिकन हरु ले गर्ने हो भने निश्चित छ, ५० बर्ष मा पनि पुरा हुदैन / धनगढी- डढेल्धुरा सडक र भोटेकोशी जल बिध्युत आयोजना हेरे भैहाल्छ / त्यस माथि नेपाल मा बसेर चीन र भारत माथि निगरानी राख्न को लागि पनि उनीहरु ले अनाबस्यक रुप मा समय लम्ब्याऊछन /

    Reply
    1. mohan pun says:
      August 31, 2012 at 10:50 pm

      किसन् जी, तपाइको भनाइ ठिक हो, अमेरिकाबाट यस्तो चिजको आश गर्नु बेकार्हो, एशियाको कुन्चाही देशमा बिकाश गरेकोछ अमेरिकाले? पछी गयर उसले इंडियालाइदिन्छ यसकारण बरु अरुदेश जस्तै:
      चीन,कोरिया,जापान …हरुलाई दिदा राम्रो हुन्थ्यो.

      Reply
  7. Purushottam Bidari says:
    August 31, 2012 at 12:39 pm

    कुन्नि कसलाई लान्छु नभन्नु रे अनि दुखि लै चाही दिन्छु नभन्नु रे हेरत बिचार दुखि नेपाली हरुलाई आस लाग्नु थालेको कल्पना मा डुब्न थालिसके हो जताततै पेट्रोल पाको लाइन बस्नु नपरेको ..के भन्नु र खै छोरा पाउनु कहिले कहिले भोटो सिउने आहिले भनेको यहि हो जाबो नाथे मेलम्ची को पानि नाति को पालामा आउलाजस्तो छ .

    Reply
  8. harkaman shahi says:
    August 31, 2012 at 11:14 am

    नेपालमा पेट्रोल को उत्पादन हुनु भनेको राम्रो कुरा हो, असमान्य केहि छैन मानविक सम्झौता जहाँ छ..!

    नेपालमा उत्पादन हुने पेट्रोल ९९.९९% सुद्ध छ ! किनकि त्यहाँ रासायनिक किसिम को सम्बन्ध र खनिज पदार्थको मिसावट छ, रसिया, कुवैत र साउदी मा उत्पादन हुने पेट्रोलियम पदार्थ मा कुनै त्यस्तो नभएर एउटा कच्चा पदार्थ बाट उत्पादन गरिने हुन्छ..

    ज होस् सलाम छ नेपालको खनिज पदार्थको बारेमा चर्चा सुन्न आएकोमा, सरकारी खजाना को सुरक्षा सहि सलामत रहोस.. कामना बारम्बार रहनेछ..

    Reply
  9. योगेश आदी, न्यूयोर्क says:
    August 31, 2012 at 9:19 am

    लौन मनकामना माई हाम्रो देश नेपालमा तेलको खानि पत्ता लगाएर तेल निकाल्न सकिने भयो भने पुजा सहित दर्शन गर्न आउने थिए…!!
    लौन माता तेल भएकै ठाउमा पिगको चुच्चो परोस !!!!!

    Reply
  10. janak dangol says:
    August 31, 2012 at 8:27 am

    तेल मात्र हैन नेपालमा बिभिन्न बहुमुल्य धातु छ ! नेपालमा सुन नभए बोटेहरुले किन मरिहत्ते गरेर सेतीमा बालुवा चाल्छन ? सुनको कण छ र त्यस बाट निस्केको कण लाइ चालेर निक्लेको सुनलाइ बेचि दैनिक गर्जो टार्छन ? यदि नेपालमा सुन, धातु र हिरा निस्कियो अनि अहिलेको जस्तै भद्रगोल स्थीति रह्यो भने नेपाली हरु लाइ सुखले बाच्न दिदैनन है इ बिदेसिहरुले ! तेलकै कारणले सद्दाम हुसेन मास्तिर गए ! तिनीहरुको लागी निहु खोज्नु कुनै नौलो कुरा होइन ! पार्टी पार्टीलाई लडाउछन अनि ह्युमन राइटसको दुहाइ दिएर क्वाप्प पार्छन !यु.एन.मा उनीहरुकै रजाइ छ ! त्यसैले पहिला स्थिर सरकार हुनु पर्दछ तब मात्र उत्खननको अनुमति दिनु पर्नेमा त्यसो भएको छैन ! भोलि त्यो तेल नेपालीहरुको लागी तातो पिडालु चैँ नहोस !

    Reply
  11. Himal says:
    August 31, 2012 at 8:00 am

    नेपालको पेट्रोल त पानि नै हो जुन दसकौ देखि खेर गइ रहेको छ /

    यछ प्रस्न यो हो कि – कसरि सदुपयोग गर्ने ?

    उपाय छ – स्वदेसी पुँजीको बहुआयामिक सदुपयोग गरेर / के हो त पुँजीको बहुआयामिक सदुपयोग भनेको? ओह यो त जाय्दै नै तकनिकी कुरा हुन्छ / तर संछेपमा भन्दा – देशमा रहेको पुंजीलाइ विभिन्न वित्तीय साधन बनाएर पैसा संकलन गरेर गर्न सकिन्छ /

    बबुरामे बिदेशी पुंजी लाउने भन्दै हिडेको छ / यो आँफुलाई माहा बिद्द्वन ठान्ने स्टुपीड लाइ यतिपनी थाहा छैन कि – पहिला आँफैले केहि विकास अनि आन्तरिक संरचना को विकास गर्नु पर्चा / बिदेशी आफ्नो पुंजी को प्रतिफल निश्चित नभई आउदैआउदैन /

    तसर्थ पहिला आफ्नो आन्तरिक बब्यस्था मिलाउनु अनि मात्र विदेश को मुख ताक्नु /

    Reply
  12. prabesh yonjan says:
    August 31, 2012 at 7:33 am

    अमेरिकी कम्पनीले नेपालमा पेट्रोल खोज्ने हो भने देश-देश बिच को तुलन गर्न अति आबसेक छ बिशोमा अग्लो देश नेपाल हो भने बिशोमा होचो र गहिरो ठाऊमा रहेको देश जोर्डन हो ! यी दुई देश को तुलन गरि सके पछि मात्र काम सुरु गर्दा राम्रो हुन्छ नत्र जनकपुरमा सन् १९८५ मा नेदरल्यान्डको सेल र अमेरिको ट्राइटनले मिलेर खने को हालत बेहोर्नु पर्छ !

    Reply
  13. SURENDRA SUBEDI hongkong says:
    August 31, 2012 at 7:28 am

    पेट्रोल को खोज धेरै पहिले नेपाल को तराई मा भएको थियो/साएद पेट्रोल पायो पाएन जानकारी नै भएन/मलाई लाग्छ नेपाली प्राबिधिक सिम्मिलित भएर खोज गरे राम्रो नत्र त यी बिदेसी हरु ले पेट्रोल पायो भने पनि जमिन मुनि बाटै आफ्नै देस तिर लागि प्रसोधन गरेर प्रयोग गर्लान है होस् गरौ /नेपाली नेता लाई त मतलब नै छैन जनता अनि प्राबिधिक हरु ले हेरचाह गरौ है नत्र हात्ती आयो -आयो फुस्सा होला है /

    Reply
  14. Aakash, Australia says:
    August 31, 2012 at 6:28 am

    हम्रोदेश, सुन्दर शान्त ( कुनै बेला थियो ) र बिशाल ( भौगोलिक रुपमा नभएपनि ) छ, देशमा पेट्रोल उत्पादन गर्नसकिए त्यो अबस्य स्रहनिए कार्य हुने छ, तर स्वदेशी ले उत्पादन गर्न लाग्या होइन, बिदेशीले गर्न लाग्या रे, भारतलाइ त्रिभुबन विमानस्थल भाडा मा दिनु कुरो राम्रो मानिएन, येही माइ संसार मा लगभग प्रतेकले आपत्ति जनाए, अमेरिका र अरबी मुलुकले देशका ठाउँठाउंमा पेट्रोल निकासाका लागि खोजिगर्न को लागि करोडौ अमेरिकी पैसा खर्च गर्दै छ रे र स्वदेश को सरकारले स्विकिर्ती पनि दिसकेको छ रे, हो त्यो राम्रो काम को देशमै उत्पादन भयो भने अबस्से पेट्रोल को मुल्यमा घटाउ होला, तर सबलाई के कुरो को जान कारी गर्न चाहन्छु भने पेट्रोल निकासा गर्ने काम ” छुमन्तर बाचा” गरेर निस्कने होइन, पेट्रोल निकासा गर्नको लागि हजारौ वर्ग कि मि जग्गा, तेस्मा बसोबास गर्ने बासिन्दा, जनावर, रुख बिरुवा, सब डोजर हालेर ” का मा न पा ” ले बाटो बिस्तारको नाम मा घर भ्त्काएजस्तै धोस्त गर्नु पर्ने छ/
    कुनै बेला स्कुलमा ” नेपाल को धन, हरियो बन ” भनेर पड्ने गरेको कुरो अहिले ” कुरो” मै मात्र सिमित रहेपनि जे बाँकी छ त्यो पनि स्वाहा गरिनु पर्ने छ/

    अरबी देश हरु पेट्रोल , डिजेल र मट्टीतेल बेचेरै आज संसारका धनि मान्छे हरुको “सुचिमा” गनिन्छन, तर नेपाल अरब होइन, नेपालमा पेट्रोल पाइएला, तर धेरै पाइने छैन, बेदेशी आउने छन्, जे छ त्यो उत्खनन गर्नेछन, १०० भाग को ९८ भाग आफुले लिनेछन २ भाग हाम्लाई दिनेछन, अनि पेट्रोल सकिएपछि त्यो तेस्सै छोडीने छ, गुगल गरेर हेर्नुस अमेरिका को टेक्सस राज्यमा पेट्रोल उत्खनन कार्य गर्दा कति बन फँडानी हुन्छ , कति गर्बवती स्त्री हरुको कोख बाट जन्मेका बाल बच्चा हरु अपाङ्ग जन्मेका छन्. पेट्रोल उत्खनन गरिने क्षेत्र वर पर बसोबास गर्ने बासिन्दा हरुलाई कस्ता कस्ता भयानक रोग्लागेका छन, गुगल गर्नुस अनि हेर्नुस/

    भारतले कोशी मा बाँधहालेर बिधुत्त निकाल्छ, नेपाली पानि नेपालि माटो, तर तेस्बाता निस्कने उर्जा ” भैया” हरुले उपयोग गर्छन, अनि तेस्को बिरोध सबले गरेका हुन् , ए मा ले ले तत्कालिन गिरिजा कोइराला को सरकार हल्लाउने सक्तिका रुपमा ” कोशी बाँध” लाइ प्रमुख रुपमा पर्योग गरेको थियो ,,,, भैया हरुले नेपालमा पेट्रोल निकाल्दै छन भनेर समाचार लेख्या भे जत्ति पनि साथि हरुले ” सर्हानीए काम भनेर माथि टिप्रनी गर्नु भाको छ , तेस्को ठिक उल्टो हुन्थ्यो होला ” तर अमेरिकाले गर्ने भनेपछि सबलाई ठिक लाग्छ, अमेरिका आएर पेट्रोल निकाल छ त अमेरिकाले आफ्नै लागि निकाल छ , हाम्लाई दिदैन,

    पेट्रोल, सुन , हिरा मोति, ग्याँस, जे जे पाइएला नेपालमा, त्यो निकासागर्न देशको प्राकृतिक स्वरुलाई नस्टनपारी तेस्सै निस्किदैन, नेपाल संसारमा हिमाल, हरिओ बन खोला नाला अनि नदीनाला का लागि प्रख्यात छ, हाम्रो देशको सब्बै भन्दा बलियो दरिलो र भरपर्दो र संभवत एकमात्रै उपाए ” पर्यटक” ब्यबसाय हो तेस्सलाई संसार भर पुर्याउन सके हम्रोदेश “स्वुइज़र ल्याण्ड ” भन्दा केहि कमि छैन,
    काठमान्डूका धनाड्य हरुलाई ” भारत को सिमला र दार्जेलिंगमा हिउँ हेर्न र खेल्न होइन , मनाग र मुस्तांग को स्वदेशी स्याउ खादै स्वदेशकै हिउँ खेल्लंन प्रोत्साहन गर्नासकेपनी स्वदेशी पर्यटक बाटै लाखौको आम्दानी हुनेछ/
    अर्काको भरमा बाँच्ने बानि हाम्रो दिमागमा एस्तरी गडेकोछकी मानौ हामी केहि गर्न सक्दैनौ, बिदेशी ” दान” को भिख माग्न हाम्रा हातहरु एस्तरी “पोल्टो फिजौछंन ” को हामि बिदेशीले दिएको भिखबिना बाँच्न सक्दैनौं/

    अन्ततः: चाहे भारतले पानि लगेर बिधुत्त उत्पादन गरोस वा अमेरिका आएर पेट्रोल ग्याँस हिरामोती को खानिनै पत्ता लावोस, जे जे भेटिन्छ, हाम्लाई केहि मिल्न्ने छैन, मेरो तिपर्नीको आश्रय सहिकाम को बिरोध गर्ने होइन बरु सब्बै चम्कने सिसा हिरा नै नहुन सक्छ भन्ने मात्रै हो ”
    जय नेपाल , धन्यबाध

    Reply
  15. Merin Nakarmi says:
    August 31, 2012 at 6:25 am

    अमेरिका जस्तो विस्वको शक्तिशाली राष्ट्रको कम्पनीलाई पनि कसरी रोक्न सकेको भारतले। भारत र वेलायत त अमेरिकाको पुच्छर भन्ठानेको हाम्ले ।
    के रहस्य होला है यस्तो कुरामा ।

    Reply
  16. Ajaya says:
    August 31, 2012 at 6:03 am

    बिदेशी को तेल निकाल्दा निकाल्दा दिक्क भएको बेला मा नेपाल कै तेल निकाल्न पाइयो भने मनले शान्ति पाउँथ्यो कि ? अम्रिकाने हरु हामीलाई दान दिन नेपाल आएका हैनन् तर, काम गर्न दियो भने हाम्लाई पनि फाइदा छ.

    Reply
  17. Ayush says:
    August 31, 2012 at 4:05 am

    पेट्रोल फेला परिहाल्यो भनेपनि भोलि एउटा राज्य र अर्को राज्य को बीच मा यो तेरो होइन मेरो भनेर महाभारत सुरु हुन्छ, बन्द हड्ताल र चर्का चर्का कुरा हुन्छन, जातीय दंगा हुन्छ अनि बिदेसी कम्पनी पनि भाग्छ अनि लग्यो हात सुन्ना | तेस्तो पनि हुन सक्छ, तेस्को बारेमा खोइ कसैले सोचेको?, खाली साम्प्रदायिक नारा लगाउदै मा ठिक्क छ सबैलाई|

    Reply
    1. madan bajracharya says:
      September 2, 2012 at 10:17 am

      आयुष ज्यु
      तराईमा जलश्रोत अतिरिक्त पेट्रोलको भण्डार पनि रहेको कारणले नै तराई भरि बिहारि मधिसेहरुलाई हुलेर तिनीहरुलाई नागरिकता दिलाउन नेताहरु किनेर भारतले सम्पूर्ण तराईलाई मात्र “मधेसीको” बनाउन नै यो संघियता को मन्त्र फुकेको हो/ यो नेपालको यो जात त्यो जात माथि अन्याय भयो भन्ने कुरा त् देखाउने सुनाउने कुरा मात्रै हो/ नेपालको कुनै पनि भू भागमा यउतै जातको नेपाली बस्दैनन् भने यउतै जातको नाममा राज्य पनि कसरि बनाउन सक्छ? हाल जात जातको राज्य माग्ने नेपालको सबै नेताहरु लेंग्दुप नै नबने पनि बन्ने तरखरमा छन्/ पत्याउनु हुन् भने हेर्नुस त् ई जातको राज्य माग्ने नेताहरुको रहने बस्ने घर कहा छन्; उनीहरुकै जिल्लमा कि काठमान्डू उपत्यकामा? कुनै कुनै ई जाति बादी नेताहरु त् आफ्नै जातको भोट पाउन नसकेको आफ्नै जिल्लामा हारेको नेताहरु हुन्/ ईनिहरुले जातको राज्य माग्न पनि सक्दैन तर मगाउन लगायको हो र कसले मगाउन लगायको हो त्यो सबैले बुझेकै कुरा हो/ काथ्मान्दुमा घर बसाउन कुनै पनि कुकृत्य गर्न सक्ने ई नेताहरुको “संघियता” कस्तो संघियता हुनेछ त्यो सबैले बुझेको कुरा हो/

      हो बिगतमा जनजाती माथि केहि होईन धेरै शोसन गरियो/ के यो गलत कुरा सुधार्न जातीय राज्यनै चाहिन्छ? सबैको भाषा संस्कृति र धर्मको सम्मान हुने ब्यबस्था भयको संबिधान बने पुग्छ/ फेरी ई नेताहरुको कुरा सुन्नुस त् सबै जलश्रोत र पेट्रोल खानि समेत भयको सम्पूर्ण तराई यक प्रदेश हुनु पर्ने रे त्यो पनि मात्र मधेसीको बाकि नेपालमा चाहि जाती पिच्छे राज्य चाहिने रे/ यो त् सरासर नेपाली नेपाली भाँडेर देशलाई मधेश बनाउने षड्यन्त्र हो/ भर्खरै भारतीय राजदुतले नेपाल संघियातामै जानु पर्ने भने बात पनि यो कुराको पुस्टि हुन्छ/ जावों यउटा राजदुत सिट नेपालको राजनैतिक स्वरूप कस्तो हुनु पर्छ भन्नुले थप प्रमाणित गर्छ कि यो जात जातको राज्यको कुरा “र” को षड्यन्त्र हो भनेर/

      Reply
      1. yam pun says:
        September 4, 2012 at 6:16 pm

        होइन हो मदन र आयुष जी “काम कुरो एक तिर , कुम्लो बोकी ठिमि तिर” भने झैँ कुरो पेट्रोल र बिकासको बारेमा भैराखेको छ! तपाईहरु चाहि संघियता को बारेमा कुरा गर्दै हुनुहुन्छ! यो त उही ‘नानि पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले” भने जस्तो भएन र ??? ” बार्ह वर्षा कुकुरको पुछ्छर धुन्ग्रा मा राखे पनि बांगाको बांगै” भनेको यहि हो!

        Reply
  18. sab says:
    August 31, 2012 at 1:41 am

    I don’t think we want US to involve in Nepal’s petroleum. Just look at middle eastern countries. US military takes over those oil rich countries. So US involving where oil is, is a bad idea.

    Reply
    1. Ale says:
      August 31, 2012 at 9:49 am

      सब जी, तेसो भए तपाई र म मिलेर कोदालो ले खनेर निकालाम न त पेट्रोल , हुन्न?

      Reply
    2. SnK Rai says:
      August 31, 2012 at 11:04 am

      Then, make involve your a big-bogey blood brother from the cross border to turn Nepal into Bhutan, Sikkim or Ladakh if it distantly doesn’t fall like the Gulf region into American hands.

      Reply
  19. rohan vicram singh says:
    August 31, 2012 at 1:11 am

    Madan Bajracharya जी को कमेन्ट राम्रो लाग्यो! पक्कै पनि नेपाल प्राकृतिक स्रोत- साधनमा सम्पन छ! हामी नेपालीहरु देशमा उपलब्ध स्रोतसाधनहरुको उपयोग गर्न नसकेर आर्थिक रुपमा गरिब भएका हौ! जसको कारण देशको स्रोत-साधन उपयोग गरेर धनी भएका बिदेशी मुलुकहरुमा हामी नेपालीहरुले सस्ता कामदारका रुपमा कम गर्नु पर्ने बाध्यता भएको छ!
    नेपालमा प्रचुर मात्रामा रहेको प्राकृतिक स्रोतहरुको उपयोग नहुनुमा राजनीतिक पार्टी र नेताहरुमा आर्थिक बिकाशको स्पस्ट योजनाको कमि हुनु, ठुला परियोजना संचांलन गर्न स्वोदेशी धन र जनशक्तिको अभाव हुनु, बिदेशी लगानीको बातावरण बनाउन नसक्नु जस्ता नेपालका आन्तरिक कारणहरु छन्!
    बाहिरी कारणमा चाही नेपालको प्राकृतिक स्रोत-साधनहरुको उपयोग हुन नसक्नुमा भारत हो! “भारत नेपालको नजिकको छिमेकी हो तर असल मित्र पक्कै होइन!” भारत नेपालको हरेक प्राकृतिक स्रोत-साधनहरु माथि अधिकार जमाएर नेपाललाई भुटानलाई जस्तै आफूखुसी उपयोग गर्न चाहन्छ ! नेपालको स्रोत-साधनहरुको उपयोग भएमा नेपाल र नेपालीहरु धनी हुन्छन र भारतको नियेंत्रणमा नेपाल र नेपाली हुदैनन् भन्ने उसको विश्वास छ! भारतको यहि स्वार्थलाई नेपालका कपुत नेताहरु र प्रसाशकहरुले व्यक्तिगत फाइदा लिएर सघाई रहेका छन्! अरुण तेस्रो, महाकाली ठुला परियोजनाहरु शुरु नहुनु कारण पनि येही नै हो!

    हाम्रो नेपालको जन संख्या थोरै छ र अर्थतन्त्र पनि सानो छ! ४-५ वोटा मात्र ठुला परियोजना नेपालमा बन्ने हो भने हाम्रो नेपाल र हामी नेपालीहरुको जीवन स्तर निकै माथि उठ्ने थियो!
    यी हाम्रा देशका स्रोत-साधनहरुको उपयोग कहिले हुने हो खै ?????????????

    Reply
  20. madan bajracharya says:
    August 30, 2012 at 10:20 pm

    मित्रहरु
    पेट्रोलियम प्रदार्थ्को भण्डार नेपालमा भयको कुरा पहिला देखि उठ्दै आयको थियो/ पहिला नेपालकै, नेपालकै भूभाग सिट जोदियाको हाल नेपालको भू प्रकृति सिट मिल्ने भू भाग भयको आसाम मा पेट्रोल को खानि छ भने नेपालमा पनि हुन् सक्ने कुरा देखाउंछ/ यो कुरा बाहेक पेट्रोलियम प्रदार्थ नया पत्र चट्टान भयको भू भागमा पाउन सक्ने कुरा बिशेसग्य हरु भन्छन त् नेपालको सम्पूर्ण भू भाग नै नया पत्रे चट्टान मा अबस्थित छ त् नेपालमा पेट्रोल पाउन सकिन्छ बा सकिंदैन भनेर गम्भीर तरिकाले खोज्नमा बाधा कसले गर्दै आयको छ; यो कुरामा हामि सोच्नु पर्ने देखिन्छ/

    नेपाल सानो त् छ तर नेपालमा प्रकृतिले प्रसस्त श्रोत हरु दियको छ/ नेपाल बिस्वमा पाँचौ ठुलो स्वच्छ पानीको श्रोत भयको देस हो/ जल बिद्युत निकाल्न जल श्रोतमा नेपाल बिस्वमा ब्राजिल पछी दोश्रो ठुलो श्रोत भयको मुलुक हो/ नेपालको कुनै भागमा युरोनियम को भण्डार रहेको कुरा प्रकाशमा आयको थियो र त्यो खानीमा कुनै भारतीय कम्पनीले ढुंगा खानि भनेर ठेक्कामा लियको र त्यो खानि बात निकालियाको ढुंगाहरु परिछ्याँ परिछ्यनको निमित भनेर सिधै भारत लगिने भन्ने कुरा कुनै समयमा पत्र पत्रिकामा प्रकाशित भयको पढेको थिय/

    नेपलमा न शिपको कमि छ न श्रोतको/ पहिला पहिला नेपाललाई चाहिने फलाम ताम्बा पिताल आदिको सामनहरु नेपालकै खानिहरु बात निकालिने थियो/ फूलचोक बात आज पनि फलाम निकालिन्छ/ नेपालमा सुनको खानि पनि छ भन्ने कुरा स्वयम्भूको डल्लुमा पाईने शालिग्राम जस्तै ढुंगाले देखाउंछ/ डल्लु उहिले ज्वाला मुखी बिस्फोट भयको थाहूँ हो/ उहिले बिस्फोट हुँदा निक्लेको कालो ढुंगाको टुक्राहरू तपाईं हरु डल्लु र स्वयम्भुमा यत्र तत्र पाउन सकिन्छ/ यक टुक्रा म सिट पनि छ त्यो कालो ढुंगाको बिचमा सुनको पत्रहरु छ/ यदि कुनै मित्र काठमान्डू को बिस्नुमति बात बिहान आउँ जान गर्नु हुन्छ भने त्यो नदीको डल्लु किनारमा बिहारीहरू २० जना नदीमा बालुवा छान्दै सुन खोजि रहेको देख्नु हुन्छ/ शंख्धरले यहि बिस्नुमति नदि बात सुन निकालेर सबैको ऋण तिरेर नेपाल सम्बत सुरु गरेको थियो/

    तर नोट खोज्न मात्रै सिंह दरवार छिरेका ले नेपालमा नेपाली जनता र रास्ट्रको हित हुने कुनै कुराको खोजि गरेनन/ नेपालको श्रोत ब्यापार सबै भारतको अधिनमा पार्दै भारु बटुल्दै आउने नेताहरुले सम्पन्न हुन् सक्ने नेपाललाई कंगाल बनायको हो/

    नेपाल ले तेस्रो मुलुक सिट ब्यापार गरेमा पनि भारतलाई आपति, आफै सुजुकी यामाह कावासाकी सोनी आदि कम्पनि सिट मिलेर भारतमा जडान उद्द्योग थाल्ने तर नेपालले कुनै जडान उद्द्योग थाल्यो भने त्यो कुरामा पनि भारतलाई आपति/ अब नेपालमा पेट्रोल खोज्न खोज्यो भने पनि भारतलाई आपति/ भारतलाई आपति भयो भने भारत सिट बिकेको नेताहरु लाई झनै ठुलो आपति हुने कुरा नै भारतले नेपालमाथि नाका बन्दि गरेकोले देखाउंछ/ त्यो बेला नेपालले शेल कम्पनि मार्फत नेपालमा तेल खोज्दै गरेको थियो र तराईको धेरै थाहूँ हरुमा पेट्रोलियम तेलको भण्डार रहेको कुरा पत्ता लागि सकेको थियो/ धेरै तेल कुवा हरु खानी पनि सकियको थियो/ तेही बेला भारतले नाका बन्दि लगायो र कलकत्ता बन्दरगाह बात तेल उत्खनन गर्न चाहिने सामानहरु नेपाल पठाउनमा रोक लगायो/ २०४६ सालको आन्दोलन पछी यता हामि जित कसको नारा लगाउंदै थियो त् उता शेल कम्पनीले तेल भयको पत्ता लागयाको तेलको कुवाहरु कसैले सिमेन्ट बालुवा भरेर पुर्दै थियो/

    मरीचमा पछी शेर बहादुर प्रधान मन्त्रि हुँदा पनि अमेरिकाको तेक्साना कम्पनीलाई नेपालमा तेल खोज्न ठेका दियको थियो र तेक्साना कम्पनीले पनि नेपाल गंज लगायत कयौं तराईको थाहू हरुमा दछिं यसियाकै सबै भन्दा ठुलो पेट्रोलियम को भण्डार रहेको पत्ता लगायको थियो/ तर भारतले भारतको ती पेट्रोलियम प्रदार्थ भयको नेपालको भू भाग हरु भारतको सिमा नगिच भयको r भारतले पनि नेपालको तेही पेट्रोलियम पाउन सकिने ठहर भयको नगिच को आफ्नो भूभाग बात पेट्रोल निकाल्दै गरेको कारण देखायर तेक्साना कम्पनीलाई नेपालको ती भू भागहरुमा पेट्रोल खोज्ने काम बन्द गर्न दवाव दिंदै थियो/ तेक्साना कम्पनीको म्यानेजिंग डाईरेक्टर भारतलाई मनाउन भारतको भ्रमण समेत गरेको थियो/ तर जसरि मरिच मान ढले पछी नेपालमा पेट्रोल खोज्ने काम बन्द भयो तेसरी नै शेर बहादुरको सरकार ढले पछी तेक्साना कम्पनि ले तेल पत्ता लगायको कुरा पनि दवियो/ अहिले अमेरिका को कम्पनि नेपालमा तेल खोज्ने भनियको छ/ तेल खोज्न आउने अमेरिकाको कम्पनीमा तेक्साना कम्पनि पनि सामेल भयको कुरा प्रकाशित भयको छ/

    शेर बहादुरको पालमा तेक्साना कम्पनीले तेल खोजेको विवरण पढ चाहनु हुन्छ भने गुगलमा the raw factor: teksaanaa in nepal टाईप गर्नुस/ तेस्मा उल्लेख भयको केहि कुराहरु म तल पेस्ट गर्दै छुन/

    A little known factor in all this is the search for oil in Nepal.

    *****

    In December 1998, Texana Resources Company (TRC) bid and won the right to search for oil in Nepal.

    The U.S./Texas-based company’s plan was to carry out seismic surveys in the middle region of Nepal along the southern border–in Nepalgunj and Chitwan. Texana established offices at the two sites and began initial assessments. Then in November 1999, Texana invited bids from international petroleum exploration companies to help carry out seismic surveys in these two “petroleum blocks.”

    India has a long history of dominating Nepal, both economically and politically. So, from a capitalist/imperialist point of view, it made perfect sense to get India in on the Texana oil project. The two areas of exploration were right across the border from India–close to two other blocks of land in India where oil exploration was being carried out by the Indian company, Oil and Natural Gas Corporation (ONGC).

    The Financial Express reported that ONGC was moving to acquire a 50 percent share in the Texana project in Nepal. A senior government official in New Delhi was quoted as saying that the two exploration blocks in Nepal were of “strategic importance.”……………….

    माथिको कुराले नेपालले पेट्रोल खोज्ने काम गरेको भारतले न रुचायाको स्पस्ट देखाउंछ/

    ………According to Indian officials, Texana has agreed to eventually transfer operatorship rights for the two blocks of land in Nepal to India’s Oil and Natural Gas Corporation. One official explained, “The blocks 3 and 5 of the Terai region of Nepal (awarded to Texana) are close to the two blocks of the IOC- ONGC combine in the Ganga basin and, therefore, once the operatorship is effected, it is in the interest of ONGC that it handles the operatorship of all these blocks and achieve synergy and cost savings.”

    Texana president Max Mazy is quoted saying, “Texana will conduct detailed exploration, including seismic work to further define drilling locations…We have high hopes and strong indications that the potential exists for world-class hydrocarbon resources in Nepal.”

    Indian sources also said that after any discovery of oil and gas, ONGC would have the right to export oil and build a pipeline if required.

    यो कुराले नेपालमा निक्लेको पेट्रोल मा भारतले यकाधिकार चाहेको देखाउंछ/

    In March 2000, a U.S.-government-sponsored conference was held in Kathmandu, Nepal’s capital, to address the question of how to help U.S. companies tap into the growing South Asian energy sector. This was one indication that the U.S. saw Nepal as one of the countries in South Asia where there was the potential for new oil profits.

    The conference, “Energy South Asia,” provided U.S. companies with details on planned projects worth billions of dollars in the areas of oil and gas, refining, and petrochemicals, as well as other energy forms, in what is seen as one of the world’s largest markets.

    नेपालको पेट्रोल उत्पादनमा अमेरिकाले अरवौ खरावौ डलर लगानी गर्न तयार भयको कुराले पनि नेपालमा ठुलै पेट्रोलियम को भण्डार रहेको देखाउंछ/
    ……………………….
    Larger geo-strategic interests are behind the increasing U.S. involvement in Nepal. India, backed by the U.S., seeks to maintain Nepal as a neocolony. And India and the U.S. both have an interest in crushing a popular insurgency that threatens the stability of the whole region. But within all this, there is an “oil factor.”

    यो कुराले यदि नेपालमा राजनैतिक स्थिरता आयमा नेपालले आफ्नो पेट्रोलियम भण्डार लाई प्रयोगमा ल्याउने भय बात नेपालाई आफ्नो शोषणको स्थल बनाउंदै आयको भारतलाई अप्ठ्यारो हुने भयकै कारण नेपालमा राजनैतिक अस्थिरता भारतले उत्पन्न गर्दै गरेको देखाउंछ/

    This article is posted in English and Spanish on Revolutionary Worker Online
    rwor.org
    Write: Box 3486, Merchandise Mart, Chicago, IL 60654
    Phone: 773-227-4066 Fax: 773-227-4497
    (The RW Online does not currently communicate via email.)

    मित्रहरुलाई माथिको पुरा लेख गुगलमा पढ्न अनुरोध गर्दछु/

    Reply
  21. Sulav says:
    August 30, 2012 at 10:19 pm

    पेत्रोलेयम पदार्थ भेटियो भने त राम्रो कुरा हो, तर डर के कुरा को छ भने, यस बाट हुने फाइदा देश को ढुकुटी मा जानु सट्टा भ्रस्ट नेता अनि बिधेशी कम्पनीहरु को खल्ती मा पो जाने हो कि.

    अनि अर्को कुरा, ग्लोबल वार्मिंग ले तसै पनि हाम्रो जस्तो हिमाली मुलुकमा प्रभाव परेको छ, त्यस माथि यसरि तेल को खोजि गर्दा बाताबरण मा नकारात्मक असर त पर्छ नै, भएको एउटा tourist industry पनि हराएर जाने अवास्ताको सिर्जना हुन सक्छ.

    Reply
  22. Sakya says:
    August 30, 2012 at 10:01 pm

    नेपाल मै पेट्रोल पाए त राम्रै हो तर नेपाली नेता हरु ले “पेट्रोल को राजनीति ” बुझ्न सकेन भने चाही यी पेट्रोल कम्पनी हरु ले देश लै खत्तम पार्छन आफ्नो आर्थिक स्वार्थ को लागि | उधारण को लागि “नाईजर् डेल्टा ” को अवस्था लाई हेरे हुन्छ |

    Reply
  23. Bino, Italy says:
    August 30, 2012 at 9:06 pm

    जलश्रोतमा विश्वको दोश्रो धनी मुलुकका जनता हामी विश्व मै महँगो शुल्क तिरेर बत्ति बाल्नु पर्छ त्यो पनि कहिले कहिँ मात्र आउँछl अब यो पेट्रोलियम पदार्थ त झन् छ कि छैन पनि थाह छैनl यस्तो कुरामा के खुशीले उफ्रिनु? बरु एउटा कामना चाही गरूँ होला कि मेरो पनाति खनातिहरुले चाही आफ्नै मोटर मा आफ्नै देशमा उत्पादित तेल राखेर हुँइकिन पाऊन्……

    Reply
  24. Merin Nakarmi says:
    August 30, 2012 at 8:46 pm

    कत्ति समय पछि राम्रो खबर सुन्न पाइयो । मन नै आनन्द भयो ।

    Reply
  25. Pranav says:
    August 30, 2012 at 8:20 pm

    सधै सकारात्मक सोच राख्नु पर्छ पेट्रोल अबस्य भेटिन्छ अनि देशले बिकाशमा अग्रगामी फड्को मार्नेछ, यो हामी सबै नेपालीको समुन्नतिको चाहना पुरा होस् सबै सहयोगी र अन्वेषण कर्तालाई सुभकामना

    Reply
  26. sunil says:
    August 30, 2012 at 8:01 pm

    हे प्रभु पेट्रोल सगै हिरा पनि भेताओस

    Reply
  27. Shyam godar says:
    August 30, 2012 at 7:48 pm

    अफ्रीका पनि प्राकृतिक स्रोत को खानी हो….संसार को महँगो हिरा तेहि देश बाट निकालियो .. र पनि गरिबीको रेखा मुनि छ त्यो देश..हिरा खानी भएको देश हो अफ्रीका…कस्तो छ तेहा को जिबन?? देशमा पैसा भएर होइन राम्रो कानुन राम्रो नेता हुनु पर्छ. जनताको सोच राम्रो हुनु पर्छ ,,,,यो सब हात्ती आयो हाती आयो फुस्स हो…

    Reply
  28. avaya says:
    August 30, 2012 at 7:26 pm

    कुरा त राम्रैहो साथि हो, तर धेरै उत्साहित पनि नहौं. नेपालमा कामगर्न कहाँ दिन्छन र! उतखननको काम सुरु भयको भोलि पल्ट देखी कति ग्रुपले भाँजो हाल्छन. कसैलाई जागिर, कसैलाई चन्दा, कसैलाई छतिपुर्ति… लिस्ट लामु छ. त्यो सबैको सम्बोदन गर्दा बर्ष, युग अनि सताब्दी बित्छ. हामी तेसै पछिपरेका हौँ र!

    Reply
  29. sheela says:
    August 30, 2012 at 6:51 pm

    पेट्रोल चाई थाहा भएन बरु त्यो बागमती र बिस्नुमतीबाट चाई टन्नै Biogas को खानी निस्किन्छ | तेस्को प्रयोगले नेपालमा खाना पकाउने र बत्ती बाल्ने समस्या घट्ला कि बरु | तेता तिर केहि अनुसन्धान गर्ने हो कि कसैले|

    Reply
  30. yam pun says:
    August 30, 2012 at 6:43 pm

    हे भगवान! नेपालमा पेट्रोल भेटियोस! कम से कम नाथे १०/१५ लिटर पेट्रोलको लागि लाइनमा बस्नु पर्ने छैन र ईन्डिया ले नाकाबन्दी गरे पनि बाल मतलब हुने छैन!

    Reply
    1. राजेन्द्र अधिाकारी says:
      August 30, 2012 at 9:22 pm

      ईन्डियाले नाकाबन्दी गर्यो भने पेट्रोल मात्रै हैन मित्र नून देखि सुनसम्म ठप्प हुन्छ ।
      हामी इन्डियासँग जोरी खोज्ने कुरा गर्न चाहिँ खप्पिस् छौँ, तर हाम्रो अर्थतन्त्र चाहिँ पुरै इन्डिया निर्भर छ । जब हामी हाम्रो अर्थ तन्त्र मजबुत बनाउछौँ, तब चाहिँ नाका बन्दिको धम्की इन्डियाले हाम्लाई हैन, हाम्ले इन्डियालाई दिन लायक हुन्छौँ ।

      Reply
  31. bikash shrestha says:
    August 30, 2012 at 5:01 pm

    बिपछी पार्टी लाई बाहेक सम्पूर्ण देशबाशी को लागि अति नै खुशी को कुरा हो जस्तो लाग्छा / आफ्नै देश मा पेट्रो उत्पादन भएमा भारत संग गुहार्नु पर्दैन होला

    Reply
    1. junu rana says:
      August 30, 2012 at 9:54 pm

      नेपाल मा पेट्रोल पाइने भए केहि राहत पाउने थीए सर्बसाधारण हरुले .धानको बिऊ खोज्न गको कान्छो धान katne बेलामा फर्कियो भन्ने उखान जस्तै त होला यो हल्ला पनि….!

      Reply
      1. Basant says:
        August 31, 2012 at 1:12 am

        यो जुनीमा त खोइ साइला, अर्को जुनी मा भने अवस्य चद्छु मोटर आफ्नै देशको पेट्रोल ले …

        Reply
  32. Shankar says:
    August 30, 2012 at 3:53 pm

    अमेरिका ले पेट्रोल छ भन्ने सुइँको मात्र पावोस त् भोलि हिलारी बुडी को गाला बज्न थाल्छ |
    ”वि वान्ट रियल डेमोक्र्यासी इन नेपाल ,बाबुराम मस्ट लिभ गबर मेन्ट वि दिन २४ आवोर्स |”

    Reply
  33. Mahendra Gorkhali says:
    August 30, 2012 at 2:58 pm

    This is really a good news. I wish Americans should take over major industries, production and services so that Indians and Chinese could start respecting Nepal. Unfortunately the government and political parties are pro-Indian and they won’t let it happen in Nepal. So, welcome America….whether you find petroleum or not, it is going to be a great excuse for you to spy on both countries in the North and the South.

    Reply
  34. subedi latika says:
    August 30, 2012 at 2:22 pm

    बिश्वोको दोस्रो ठुलो जलस्रोतको राष्ट्र भनेर चिनिने देशमा त दिनको अठार घंटा लोडशेद्डिंग सम्म खेप्नु परेको छ भने यदी पेट्रोलियम पदार्थ नै नेपाल उपलब्ध भयो भने नेपालीहरुलाई केहिहद्सम्म त सजिलो होला तर दलाल अनि बिचका ब्याक्तिहरूले सिधे बिदेशी मुलुकलाई बेचेर धनि हुने संभावना भने प्रबल .हुन्छा

    Reply
    1. राजेन्द्र अधिाकारी says:
      August 30, 2012 at 9:25 pm

      अनि त्यसपछि अर्को नया कुरा थपिने छ – “विश्वको दोस्रो ठूलो पेट्रोल खानी भएको देशमा पेट्रोलको हाहाकार ” किनभने खानी फेला पार्नु एउटा कुराहो, पेट्रोल निकाल्नु विल्कुल अर्को ।

      Reply
  35. mahesh says:
    August 30, 2012 at 1:02 pm

    धन्न त्यो उत्खनन गर्ने कम्पनि अमेरिकन परेछ. तेस्को ठाम मा इन्डियन कम्पनि भएको भए “बाबुराम ले रास्त्रघात गर्यो” भनेर बैद्य झले हरु उफ्रन्थे र यो माइ संसार मा “देश लाइ अति माया गरेर देश लाइ केहि नगरी भर्जिन ल्याण्ड नै राख्न चाहने रास्त्रबदी” हरु को कमेन्ट शुरु हुन्थ्यो.

    Reply
    1. bikash shrestha says:
      August 30, 2012 at 4:34 pm

      बैद्य ल मात्र होइन अरु ठुला पार्टी ले देश नै अमेरीका ल बेच्न लग्यो भन्छ /
      जसरि नि बिपछी पति ले साता मा रहेको पार्टी ले राम्रो गरेको पटक्कै हेर्न चाहदैन . मलाई कुनै पार्टी संग मतलब छैन आफ्नै देश मा पेट्रोल उत्पादन भएको हेरेर मर्न चाहन्छु / जसले यो देश मा पेट्रोल उत्खनन गरेर हाम्रो देश मा पेट्रोल उत्पादन गर्न चाहेको हो उसलाई कोटी कोटी प्रणाम छ /

      Reply
    2. aasish,switzerland says:
      August 31, 2012 at 4:17 am

      सहि कुरा गर्नु भयो महेश जी

      Reply
    3. madan bajracharya says:
      September 2, 2012 at 9:51 am

      महेशज्यु, रास्ट्रबादको संदर्वमा आफ्नो देसलाई “भर्जिन” राख्न नचाहने यात लेंग्दुप हुन्छ या भुटानको राजा/ नेपालको बच्चा देखि बुढा साधारण व्यक्ति देखि राजनैतिक चेतन भयको कुनै पनि नागरिक नेपालको रास्ट्रबादलाई “भर्जिन” नै राख्न चाहन्छ; के तपाईं चाहनु हुन्न?

      आज सिक्किम र भुटानमा केहि बढी बिकास भयको कुरालाई यउटी धनि व्यक्तिको रखैल बनेर मोज गर्दै गरेको चरित्रहिन स्त्री सिट गर्न सकिन्छ/ नेपालको रास्त्रबाद्को “कुमारीत्वो” ईतिहास काल देखि सुरछित रहेको छ/ यसको लागि धेरै बलभद्र गंगालालहरुले आफ्नो जीवनको बलिदान दियको छ/ तर मात्र कुर्सिको लागि कुनै कुनै नेताले यसलाई बेच्नै चाह्यो त् तपाईंको मावोबादी दलले युद्ध स्तरमा बिरोध गर्यो; होईन भन्न सक्नु हुन्न तपाईं/
      ,
      तपाई कुन महेश पर्यो त्यो त् भन्न सकियन किन भने तपाईं उही महेशज्यु हुनु हुन्छ भने तपाईंको यो प्रतिक्रिया तपाईंको स्तर भन्दा धेरै निम्न छ/ नेपालको कुनै पनि नागरिक कुनै पनि दलको समर्थक हुन् सक्छ समर्थन गर्न सक्छ/ यतिले पनि नपुगे पार्टीको सिद्धान्तको भन्दा पार्टीको फलाना धिस्काको कोहि (!!!!) पनि हुन् सक्छ तर जो जे भय पनि सबै रास्ट्र्बादी नै हुनु पर्छ/ तर तपाईंको त्यो “भर्जिन रास्ट्रबाद” भन्ने सब्दले जे कुरा संकेत गर्दै छ त्यो तपाईंको स्तरको राजनैतिक ब्यक्तित्वो भयकालाई पत्तक्कै सुहायन/

      रास्ट्रबाद अछयुन अर्थात अंग्रेजीमा भन्ने हो भने भर्जिन नै रहन्छ रहने पर्छ/ नेपाल र भारतको बिचको सम्भंदमा भन्ने हो भने नेपालको रास्ट्रबादमा भारतको बलात्कारबादको बिरोध मै आज सम्म नेपालमा क्रान्ति र विप्लवहरु भयको थियो र भविष्य मा पनि हुँदै गर्नेनै छ/ बिगतमा उहिलेको (!!??) मावोबादी पनि नेपालको रास्त्रबादमा भारतीय बलात्कार बाद लाद्ने सरकारको बिरुद्ध “युद्ध” स्तरको बिरोध भयको थियो मात्र कुनै राम स्याम बा कुनैलाई कुर्सीमा पुर्याउन टिकाउन मात्रै भयको थियन भन्ने कुरा तपाईं उही महेश ज्यु हुनु हुन्छ भने “होईन” भन्न सक्नु हुन्न/

      महेशज्यु तपाईंको स्तरको व्यक्तिले यक सब्द मात्रै पनि गलत प्रयोग गर्नु बात नसोचेको नतिजा निक्लन्छ/ फेरी अहिले छुत्तियको बैद्य तपाईंको दलको “आफ्नै” हो/ यसै कारण बैद्यहरुलाई अरु टाढा भगाउनु भन्दा भबिस्यमा मिलन सक्ने कुरा गरे राम्रो हुनेछ/ यो मेरो मित्रवत सल्लाह हो, मान्नु नमान्नु तपाईंको बिचार/

      Reply
      1. bibek says:
        September 2, 2012 at 4:45 pm

        मदन जी
        भारत संग हिजो गरिएका सन्धि सम्झौता मा कमि कमजोरी भयो भन्दै मा उ संग कुनै सहकार्य नै गर्न हुदेन भन्ने हरु देश को हित मा कदापी हुदेनन इन्डियन ले थाग्दछ भन्ने मानसिकता ले केहि गर्न नसक्ने हरु आदिम युग मा फर्कन चाहन्छन.. हामि ले आफ्नो हित लाइ ध्यान मा राख्दै भारतीय अनुभव र उसको बिशाल पुंजी र प्रबिधि बात फाइदा लिन पर्दछ, नेपाल ले जति भारतीय सहकार्य बात फाइदा लिन सक्दछ तेती ब्राजिल फ्रान्स वा कुनै दुर दराज को देश बात लिन सक्देन. बिडम्बना, हाम्रो आर्थिक बिकास को बाटो बेइजिंग खासा हुदै दिल्ली मुम्बई को बाटो जान्छ, तर त्यो सम्भावना लाइ नकार्ने हरु ले देश लाइ आर्थीक सबलता तिर जान दिदेनन. आज को नेपाल को आर्थिक नीति पृथ्वी नारायण शाह को दिब्य उपदेश को जस्तो “कच्चा पदार्थ लाइ विदेश पुर्याएर नगत खैचनु” भन्ने सिद्दान्त मा आधारीत् भएर चल्दें. एउटा उदाहरण;
        अरु १२ देश संग जस्तै गरिएको बिपा सम्झौता जसले बिदेशी लगानी लाइ सुरक्षा को प्रत्याभूति दिन्थ्यो(राज्य विप्लव को अबस्था बाहेक अरु बेला मा क्षतिपूर्ति दिन नपर्ने थियो) तेस्लाई लिएर ककसले के भने :
        १)बाबुराम ले रास्त्रियतआ यमुना नदि मा बगाए————झलनाथ
        २) बाबुराम ले द्रोपदी लाइ झैँ देश लाइ जुवा को खाल मा राखे ——-माकुने
        ३) बाबुराम ले देश बेच्यो———————बादल
        ४) बिप्पा को शर्त “उधोग को नाफा भारत लैजान पाइने, घाटा भए सरकार ले दिने” भएको ले यो रास्त्र्घती छ.——————-सिपि गजुरेल
        ५) बिप्पा सम्झौता तुरुन्त खारेज गर. बैध्य
        यी हुन् नेपाल का प्रतिनिधि मुलक नेता हरु. जो रास्ट्रिय हित को कुरा म पुर्ब्ग्रह राखेर वा बिना अध्यन बर्बराउँ थाल्दछन अनि तिन ले आफ्ना समर्थक हरु लाइ भारत को बिरोध नै नेपाल को हित हो भन्ने कुरा ले दीक्षित गरेका छन. समस्या इंडिया मा होइन, समस्या नेपाली मा छ. इन्डियन हरु ले नेपाल संग बार्ता गर्दा आफ्नो देश को हित लाइ जोड दिनु नाजायज होइन, यो समस्या बाबुराम ले भने झैँ आर्थिक रुप मा स्वाबलम्बी नभई समधान हुन् सक्देन. नेपाली मानसिकता का खोक्रो रास्ट्रबाद को पछाडी दगुर्ने जापानिज भएका भए (दोश्रो बिश्व पछी को २० बर्ष अमेरिका को प्रत्यक्ष इशारा मा काम गरेर) जापानिज हरु आज यो अबस्था मा हुन्थेनन .

        Reply
        1. madan bajracharya says:
          September 2, 2012 at 9:53 pm

          बिबेक ज्यु
          भारतको नियत ठिक भै दियको भय तपाईंको कुरा यक दम सहि हुने थियो/ तर के गर्ने हामीले असल छिमेकी होला भनि ठानेको अनि नेताहरुले त् ठुलो दाई नै मानेको त्यो भारत सुत्तुक्क नदिय पेलेरै लुट्ने पर्यो/

          जहा सम्म नेपाल र भारतको जनस्तरको सम्भंद को कुरा छ त्यो सम्भंद तुतायर तुतिने सम्भंद होईन/ यति त् म पनि बुझ्छु/ तर राजनैतिक सम्भंद को कुरा गर्ने हो भारतको प्रबिती राजनैतिक गुण्डाको भन्दा फरक छैन/

          नेपाल र भारत बिच भयको कुनै पनि सन्धिहरुमा नेपाललाई भारतले पेलेरै लुतेकोछ र अझै लुट्न पेल्न खोज्दै गरेको कुरा उसले नेपाललाई भुटानले उ सिट गरेको जस्तै सन्धिहरु गर्न दियको दवावले नै प्रमाणित गर्छ/ त् भारत सिट कुनै पनि प्रकारको अर्को सन्धि गर्नु भन्दा पहिला उसित गरियको नेपाल थागीयाको सन्धिहरुमा पहिला संसोधन गर्नु पर्छ/

          जहा सम्म बिप्पा सम्झौता अन्तर्गत बिदेसी लगानीको सुराछ्या दिने कुरा तेस्तो सुरछ्या पहिला नेपालको नागरिकहरुको लगानीकर्ताहरुलाई दिनु पर्छ तव देस साँच्चैको बिकाश हुन्छ/ तर यस्तो गर्न त् हाम्रा नेता र तिनीहरुको दलहरु तयार भयको देखिंदैन/ प्रमाणको रुपमा प्रत्यक संस्था कम्पनि हरुमा राजनैतिक दलहरुको नाम मात्रको श्रमिक संगठनहरुको क्रियाकलाप् लाई लिन सकिन्छ/

          राजनैतिक माग तेर्सायर कल कारखाना बन्द गर्दै लगानी कर्ताको लगानी दुवायाकोलाई लिन सकिन्छ/ सुन्नु भयकै होला दलहरुको कर्मचारी संगठन हरुले कार्यालयमा काम गर्नु नपर्ने उनीहरुलाई सरुवा समेत गर्न नपाउने बनायको छ/ यसरि कसरि स्वदेसी लगानी कर्ता प्रोत्साहित हुन्छ? पहिला स्वदेसी लगानी कर्ताको सुरछ्या गर तव बिदेसिको/

          Reply
          1. Bibek Dhakal says:
            April 25, 2013 at 1:50 pm

            त्यो त हो मदन जी..ठुलो देशले स्वभाविक रुपमा साना देशहरुलाई हेप्ने, मिच्ने अझ सके त खैदिने दाउ गर्छन….तरिका फरक होला तर संसारभरका शक्तिशाली भनिएका देशहरुले यो गरेका छन र कतिले अझै गरिरहेका छन ! यसमा भारत पनि अछुतो छैन…यहि कारणले भारतप्रति तपाइको जस्तो भावना जाग्नु स्वभाविक हो! तर अलिकति प्र्याक्टिल भएर सोच्नु पर्यो! भारत लाइ बाइपास गरेर हामी अगाडी बढ्न सक्दैनौं ! उसको अस्तित्व नै नस्विकार्ने दम्भ गर्न सक्ने हाम्रो हैसियत छैन…भारत बिरुद्द घ्रिडा फैलाएर पनि हुने केहि हैन? तपाइले रस्ष्ट्रवादी को उदाहरण दिनुपर्दा पक्कै राजा महेन्द्र भन्नुहोला , उनले पनि चीनले कोदारी राजमार्ग बनाउन सहयोग गर्छु भनेको बेला भारत लाइ आस्वस्त पार्न – ” कम्युनिज्म गाडी छाडेर आउदैन” भन्नु परेको थियो . २ पल्ट ( सायद!) भारत भ्रमण गर्नु पर्यो, तत्कालिन समकक्षी नेताहरुलाई रिझाउन! तर जे होस् महेन्द्र राम्रो कुटनीतिक क्षमता भएका थिए! नर्थ कोरेआ ले अमेरिका प्रति लिएको जस्तो नीति हाम्ले भारत बिरुद्द लिएर न हाम्रो केहि फाइदा हुन्छ न भारत लाइ केहि घात हुन्छ. बरु सकेसम्म कुटनीतिक फाइदा उठाउन सक्नु पर्छ.
            भावना मा बग्नु भन्दा यथार्थ हेर्नु पर्यो मदन जी, मलाई पनि बेला बेला झनक्क रिस उठ्छ भारत को हेपाहा प्रबृत्ति देखेर. के गर्नु – ३ तिर बाट उसैले घेरेको छ; अझै पनि मासिक १०००० भन्दा न्युन ज्यालामा दशौँ हजार ग्रामिण भेगका दाजु भाइ हरु भारत पलायन हुन्छन; फिल्म उनीहरुकै चल्छ, गण उनीहरुकै बज्छ; यूरोप अमेरिका जहाँ घुमेर आए पनि बिहेको बेला जुत्ता लुकाउने र मेहेन्दी लाउने चलनहरु भारत बाटै इम्पोर्ट हुन्छ! यस्तै हो मदन जी!

            Reply
  36. Sandeep Rimal says:
    August 30, 2012 at 12:49 pm

    खुसीको कुरा!
    बरु बाबुराम, गछादर ले चै फेरी यो उत्खनन को काम भारतीयलाईनै दिनुपर्छ भन्न बेर छैन|

    Reply
  37. सुलभ says:
    August 30, 2012 at 12:21 pm

    अब नेपालमा मज्जाले भएको जलश्रोत को त भरपुर उपयोग गर्न नसकेर हामी अन्धकारमा छौँ | यो त छ कि छैन ठेगान नभाको कुरा | तैपनि गरे त ठिकै हुन्थ्यो |

    Reply
  38. SnK Rai says:
    August 30, 2012 at 12:19 pm

    उत्साहबर्दक खबर !
    तर, नेपालको बिकाश निर्माणमा विभिन्न अत्तो थाप्दै अनेक मिथ्या कर्तुतको इन्द्रजाल बुनेर भाँजो हाल्न च्याम्पेन दछिणतिरको ठुल्दै हुँ भन्ने South Asian No. १ villain बाधक नाभईदिए नेपाल र नेपालीको भलै भलो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme