काठमाडौँका आठ स्थानमा बेलायतको जस्तै ट्राफिक लाइट जडान भएको छ। ती लाइटहरु सञ्चालनमा आइसकेका भने छैनन्।
यसअघिका लाइटहरुभन्दा यो फरक छ। बेलायतमा सन् १९६९ मा सुरु भएको पेलिकन लाइटको प्रयोग यहाँ पनि गरिएको हो।
पेलिकनको अर्थ हो pedestrian light controlled बेलायतमा सुरु भएको भए पनि विश्वका विभिन्न देशमा पनि यसको प्रयोग हुन्छ।
तर अचम्म, नेपालमा यसको प्रयोग भिन्न किसिमले हुने भएको छ।
कहाँ कहाँ छ लाइट ?
ट्राफिक लाइटहरुको व्यवस्थापन गर्ने काम सडक विभागको हो। कुन कुन ठाउँमा यस्ता नयाँ लाइट जडान गरिएको छ त ?
त्रिचन्द्र कलेज अगाडि,
पुरानो बसपार्क,
कालिमाटी,
कुलेश्वर
कुमारीपाटी,
चाइना टाउन, सुन्धारा,
न्युरोड,
लगनखेल
के छ फरक ?
नामैले पनि जनाउँछ यो pedestrian light controlled हो। अर्थात् पैदल यात्रुले यसको बत्ती नियन्त्रण गर्छन्। खासमा यो बत्ती भएको पोलमा एउटा बटन राखिएको हुन्छ। त्यो बटन पैदल यात्रुले थिचेपछि ३० देखि ४५ सेकेन्डका लागि रातो बत्ती बल्छ। त्यो बत्ती बलेपछि गाडी रोकिनु पर्छ भने पैदल यात्रुले बाटो काट्न पाउँछन्।
तर बटन चल्दैन रे
सडक विभागले यो बटन भने तत्काल नचल्ने बताएको छ। मान्छेले दुरुपयोग गर्न सक्छ भन्दै सडक विभागले यो बटन तत्काल नचलाउने निर्णय गरेको हो। भनेपछि यो पेलिकन लाइट नभएर अरु लाइट जस्तै नै हुने भयो। अर्थात् पैदल यात्रुले यसको नियन्त्रण गर्न पाउने छैनन्।
त्यसो त बेलायतमा सन् १९६२ मा यस्तै पैदल यात्रुले नियन्त्रण गर्न सक्ने पान्डा लाइट प्रयोगमा ल्याइँदा पैदल यात्रु र सवारी चालक सबै कन्फ्युज भएका थिए। त्यसपछि पेलिकन लाइट सुरु गरिएको थियो। पेलिकन लाइटले भने कुनै समस्या निम्त्याएको थिएन। नेपालमा भने सञ्चालनमा आउनु अघि नै डराएर पेलिकन लाइटको बटन निस्क्रिय बनाउने भएको छ। दिल्लीमा जस्तै गलत प्रयोग रोक्न प्रत्येक दुई मिनेट (वा त्यस्तै कुनै समयअवधि) भित्र पुनः रातो बत्ती बाल्न नमिल्ने गरेको भए भइहाल्थ्यो!
कति उपयोगी?
ट्राफिक कार्यालयले समेत यो बत्ती आफूहरुसँग नसोधी, सहकार्य नगरी राखिएको भन्दै असन्तुष्टि जनाएको छ। एसियाली विकास बैँकको सहयोगमा यो ट्राफिक लाइट जडान गरिए पनि सञ्चालनमा आइसकेको छैन। सञ्चालनमा आए पनि कति समयसम्म भन्ने प्रश्न उठ्नेछ। जापानको सहयोगमा काठमाडौँका केही मुख्य स्थानमा राखिएका ट्राफिक लाइट अहिले सञ्चालनमा आएका छैनन्। त्यतिबेला विद्युतको समस्यालाई ध्यानमा राख्दै जापानले सोलारको समेत व्यवस्था गरिदिएको थियो। तर सोलारको ब्याट्री सबै खत्तम भइसक्यो होला। त्यो ब्याट्री नयाँ राख्ने तर्फ समेत कसैको चासो छैन। ती लाइटहरु यत्तिकै अलपत्र छन्। अरु ठाउँका ट्राफिक लाइटको पनि बिजोग छ। यस्तोमा विद्युत प्राधिकरणसँग सहकार्य गरेर २४ सै घण्टा विद्युत आपूर्ति नरोकिने गरी यी नयाँ लाइट सञ्चालनमा ल्याउन लागेको भन्ने कुरा अहिलेलाई ठीकै देखिए पनि कतिको दीगो हुन्छ, अनुमान लगाउन सकिन्छ। त्यसमाथि पेलिकन लाइट राख्ने तर स्विच नै निस्क्रिय बनाउनुको साटो पुरानै लाइटहरुलाई चल्ने बनाएको भए राम्रो हुन्थ्यो होला।
माल पाएर के भो र चाल पनि त पाउनु पर्यो नि! यसो खबर पढदा सायद सडक विभागका ठुला ठालुलाई नै पेलिकेन को बारे थाहा छैन जस्तो लाग्यो,
मैले देखेको चाही यस्तो छ है :
# पैदल यात्रुले थिची राखेमा सधै रातो बत्ति मात्र बलि राख्ने र सवारी चालकलाई मर्का पर्ने होइन / त्येसैले पैदल यात्रुले यसको दुरुपयोग गर्नु सक्ने सम्भावना नै हुदैन /
# पैदल यात्रुले बटन थिच्ने बित्तिकै रातो बत्ति बल्दैन / त्येसैले आकस्मिक ब्रेक लगाउनु पर्ने कारणले हुने दुर्घटना निम्तिदैन /
त्येसो भए यसले कसरी काम गर्छ त् ?
यस्ता बत्ति जडान गरेको स्थानमा २ खालको प्रोग्रमिंग गरिएको हुन्छ
१. सवारी साधनको लागि सधै हरियो बत्ति बलि रहने
२. अन्य जस्तै नर्मल प्रोगरामिंग भन्नाले (निश्चित समयमा रातो – हरियो बत्ति बल्ने)
जब पैदल यात्रुले जेब्रा-क्रसिंग छेउको बटन थिच्छ तब मात्र “२ नम्बरको प्रोग्राम” active हुन्छ/
यस्तो बत्तीले बिसेषतः रातको समयमा उपयुक्त हुन् सक्छ / जस्तै :
रातको २ बजेको छ सडक सुनसान छ चरो-मुसो कोहि छैन तर पनि तर पैदल यात्रुको लागि भनेर मोटर रोकेर बसी राख्नु पर्दा सवारी चालकलाई कम्ता कन्पारो तात्दैन, हो यस्तो अवस्थामा चाही सारै गज्जब हुन्छ यो काइदा /
जय नेपाल
हिमाली
सुरु सुरु मा मोबाइल बाट मिसकल गर्ने हरु पनि अब लाइन मा आईसके लाइट को पनि बिस्तारै use सिक्लान नि त …
एदी ३५ वर्ष अथवा त्यो भन्दा बढी उमेरका चालकहरु लाइ मात्र सार्बजनिक यातायात चलाउन अनुमति दिने हो भने नेपाल को traffic सम्बन्धि धेरै समस्या मा कमि आउथ्यो जस्तो लाग्छ मलाई.
बाकि रह्यो पैदल यात्रीले control गर्ने light को कुरा, मलाई लाग्दैन कि काठमाडौँ जस्तो ब्यस्त सहर मा तेस्को आवस्यकता छ. साधारण traffic light राखिदिनुहोस्, नियम नमान्ने लाइ कारबाही गरिदिनुहोस, हामीलाई तेत्ति मै पुग्छ अहिले लाइ.
मैले बुझे अनुसार त्यो pelicon बत्ति भनेको त बाटो काट्ने मान्छे थोरै भएको वा धेरै बेरमा फाट्ट फुट्ट बाटो काट्न आइपुग्ने मान्छे को लागि हो. कहिले काही चाही रातो बत्ति मा पनि त्यो बटन थिचे पछी मात्र walk को संकेत आउछ. अब काठमाडौँ जस्तो सहर मा यसको प्रोयोग राम्रो होला जस्तो लागेन. मान्छे हरु सधै बाटो ओहोर दोहोर गरि राख्नाले गाडी वाला ले सधै रातो बत्ति मात्र देख्ने हुन्छ.
अर्को कुरा काठमाडौँ मा बाटो काट्ने को हुल यति धेरै हुन्छ कि गाडी वाला ले बाटो काट्ने लाई प्राथमिकता दियो भने गाडी वाला कुरेको कुरै हुन्छ. त्यसैले यो जटिल समस्या को समाधान गर्न राम्रै संग सोच्नु पर्छ.
मेरो बिचारमा पैदल यात्रीको लागि मात्रै हो भने त fly over bridge या underground tunnel नै राम्रो हुन्छ! जसले दुर्घटना पनि हुदैन र सवारी चालक लाई पनि ढिलो हुदैन! तिनकुने बाटो, चौबाटो र Roundabout मा चाही automatic traffic light नै उत्तम हुन्छ!
हरेक zebra crossing को ३ मिटर जतिमा Humps (speed breaker) बनाउने र Humps आउनु भन्दा अगाडिको २५ मिटर लम्बाइको सडकमा रोड लेवल भन्दा अलि माथि उठाएर पहेला धर्साहरु कोर्ने अनि १०० मिटर को दुरीमा अगाडी Humps र zebra crossing छ भनेर रातमा पनि चम्किने sign board राख्ने हो भने ” इन्द्रेको बाउ चन्द्रे हुँ” भन्ने ड्राइभर ले पनि गाडी slow नगरी सुखै पाउदैन! लातको भुत बातले मान्दैन भन्ने कुरा पनि हामीले बिर्सनु हुदैन!
यम पुन जी कुरा त ठिक हो जेब्रा क्रस को लागि .. तर हजुर ले गर्नु भाको fly over bridge वा underground tunnel को कुरा चाही अलि चित्त बुझेन.
सरिरिक बिक्लांग भएका हरु को लागि यो अलि धेरै गारो गराउने मात्र हुन्छ उसो त नेपाल मा यी समुदाय को लाग्ने सोच्ने धेरै कम छन् ..
pedestrian light controlled…. यस किसिम को प्रबिधि भित्रिनु र सुरुवात गर्नु पक्कै पनि राम्रो हो, तर हाम्रो देश को सन्दर्भ मा यसको सभ्य र इमान्दारिता का साथ सहि सदुपयोग होला भन्न सकिदैन ,, तर पनि प्रयोग गर्दै जादा खेरि बुझ्ने हो बुझाउने हो र सहि रुप मा पर्योग गर्नु पर्छ भन्ने सस्कार को बिकाश गर्नु पर्छ,,,
एउटा ट्राफिक लाइट त हाम्रै नेपालीहरुले बनाउन सक्छन , Both hardware and software part can be developed here. एस्तो सानो पुजीबाटै हुने कुरामा पनि कहिले जापान त कहिले एसियाली बिकाश ब्यांकको मुख ताक्ने माग्ने सैली नेपालीको कहिले अन्त्य हुने हो … येस्तई सानो सानो कुराबाटै देशमा जनशक्ति निर्माण हुन्छ .. एस्तो कामको जिम्मा engineering पदिरहेका students हरु बाटै competition गरेर बनाउन पनि सकिन्छ .. तिनीहरुको पनि हौसला बदनेथियो .. आखिरी हरेक engineering institute मा एस्तो प्रोजेक्ट त गर्ने पर्छ .. कमसे कम कोसिस गर्न त सकिन्छ .. बिदेसिले करोडमा गर्ने काम नेपालीबाट लाख मै हुनसक्छ, सिप निर्माद हुने र पुजी पलायन पनि रोकिने , सम्भब हुने काम त येही गरौन .. हाम्रो नीति निर्माताले कहिले बुज्ने होला ??
शिशिर जी,
कुरो ठिक हो तर स्वदेशी समान, स्वदेशी जनशक्ति प्रयोग गरे लगानी थोरै अनि ठेकेदार बाट आउने कमिशन पनि सोहि अनुसार थोरै आउने भएकोले (कमिशन पाउने हरुलाई) बिदेशी नै चाहिएको हो भन्ने मेरो ठहर छ /
राम्रो समाचार हो | यो light कसरी प्रयोग गर्ने rato हरियो रंग को संकेत (अर्थ) बारे जनचेतना जगाउनुद आजा राम्रो हुन्छहोला किन कि सबैलाई यसको प्रयोग बारे थाहा नहुन सक्छ!बिदेस मा पनि कुनै नेपाली एस्तो light को जानकारी नहुँदा road क्रस गर्ने क्रमम| अकालमै ज्यान गुमाउनु परेको खबर पनि सुन्नेमा आएको छ!!!!!!!!!!!!!
पेलिकन लाइट राख्नु राम्रो कुरो हो, त्यसको म सराहना गर्दछु | बटनको दुरुपयोग रोक्नु सरकार र नगरपालिकाको जिम्मेवारी हो | नियम पालना कडाइका साथ गरिएमा बिस्तारै बानी पर्दै जान्छ | म पनि बेलायतमा छु | यहाँ काठमाडौँ कहिले नदेखेका तर भाग्यले यु के भिसा पाएका बिद्यार्थी, लाहुरेका परिवार, अन्य सर्बसाधारण जनता, आदि एकैचोटी यु के आइपुगेकाहरु पनि छन् | हुन त आउने बेलामा काठमाडौँ देखेकै होलान | भनाइ के हो भने तिनै नेपालीहरु बेलायतमा आएपछि खुरुक्क त्यो नियम पालन गर्छन, पेलिकन क्रसिंग लाइटको बटनको कसैले दुरुपयोग गर्दैनन्, त्यो मात्रै होइन बेलायतको सबै नियम पालन गर्दछन, तर तिनै नेपालीहरु स्वदेशमा स्विच बिगार्ने, रेलिंग भत्काउने, बाटोको फलामहरु उप्काउने, बत्ति फुटाउने गर्ने गर्दछन | त्यसैले कडा संग नियम पालना गराउनु जरूरी छ | पेलिकन क्रसिंगले सबैलाइ राम्रो गर्दछ | तर बिद्यार्थीलगायत धेरै जस्तो उछ्रिन्खल युवा युवतीहरु र जुलुसमा कुदी हिंड्ने जनताहरुबाट नै बटनको दुरुपयोग हुने खतरा छ | जे होस्, ट्राफिक प्रहरीले सडक बिभागसंग विवाद नगरिकन पेलिकन क्रसिंग सम्बन्धि चेतनामूलक कार्य गर्नु जरूरी छ, जस्तै रेडियो, टेलिविजन, पत्र पत्रिकामा सूचना वा बिज्ञापन प्रकाशित गरेर….आदि ….यो पेलिकन क्रस्सिंग लाइटको सफलताको कामना गर्दछु |
“मान्छेले दुरुपयोग गर्न सक्छ”… रे !
वाइयात!! – सडक विभागको लोसे र लाचारीपनको पराकाष्ठ- !!!
दुरुपयोग भनेको Switch Button थिच्ने अनि बाटो Cross नगरी त्यहि आफु हिडिरहेकै Side मा लगातार हिडिरहने भन्ने हुन्छ, यदि कसैले त्यसो गरे त्यहाँ निकट Pedestrian Crossing Line मा तांत-का-तांत आइपुगेका सवारी साधनहरुका चालकहरुले (जसले त्यहाँ Switch Button On गरे अनुसार सवारी साधन रोकेर पैदल यात्रुलाई बाटो काट्न दिइनु पर्छ) त्यसो कसैले आँखा अगाडी (जो सिधै आँखा अगाडी गरिने क्रियाकलाप हो) गरेमा त्यस्तालाई त्यहि ठिक लगाउन सक्छ; नकी सडक विभागको नालायक कर्मचारी यता त्यहाँ घुस्याहा ट्राफिक प्रहरीको उपस्थितिको खाँचो नै ।
## मेरो एउटा यसै बिषयबस्तुसंग सम्बन्धित व्यक्तिगत गुनासो:
Traffic नियम अनुसार- जहाँ,जब पैदल यात्री Zebra Crossing मा बाटो पार गर्दैछ; यात पार गर्नलाई दाँया-बाँया Side मा पैदल यात्री उभिएको छ भने पनि सवारी चालकहरुले सवारी साधन रोकेर पैदल यात्रीलाई पहिला बाटो Cross हुनु दिनुपर्छ या अवस्था हेरेर पर्खनु पर्छ, तर अचम्म र विडम्बनाको कुरा के छ भने यो नाम मात्रको देशमा बिशेष गरेर काठमाडौँ भन्ने भाताभुंगे सहरमा – यदि तपाईं Zebra Crossing भेटियो अब बाटो काट्दा हुन्छ भनेर ढुक्क भएर बाटो काट्न सुरु गर्नु भयो भने अब पर्यो तपाइको हुँदा हुदैको ज्यान धरापमा ! एक Side बाट मात्र होइन दुवै तिरबाट चाहे त्यो Motorbike, Micro-सिन्की-गुन्द्रुक खदाई-Van, Bus/त्रुच्क होस् यात सरकारी, गैर सरकारी, तस्करी सबै बिना कुनै सन्देह हुइक्याएर त्यो पनि ठुलो-ठुलो HORN बजाएर पेलेर हावा खुवाउदै, उल्टै यत्रो-यत्रो गोरु आँखे आँखा फुकालेर आँखा तर्दै जान्छ ।
सबैले घुष, सोर्ष-फोर्स, हुकुमी र रकमी तालले नै Driving license लिएका हुन्छन कि, यदि त्यसो नहुदो हो भने- सवारी चालकहरुले Zebra Crossing मा सवारी साधन रोकेर पहिला पैदल यात्रीलाई बाटो Cross दिनु पर्छ भन्ने साधारण भन्दा साधारण ट्राफिक नियम थाहा पाउनु पर्ने अनि त्यसको नियम पालन गर्नु पर्ने होइन र !??
कुरा आज भन्दा ६ वर्ष अगाडी को हो, म बेलायत बाट नेपाल गएको थिए, पुरानो बस पार्क बाट सुन्धारा जाने बाटो मा केहि जेब्रा क्रस रहेछ, मेरो गाडी चालक दाई ले जेब्रा क्रस को खयाल नै नगरी झन् भन्दा झन् गाडी कुदाउनु भाको थियो … अनि मैले उहा लाई सोधे जेब्रा क्रस मा त पैदल यात्री को प्राथमिकता हुनु पर्छ नि भन्या त हे भाई का यहाँ विदेश को जस्तो हुन्छ र …. तिमि २-४ वर्ष विदेश मा बसेर नसिकाउन म यहाँ २५ वर्ष देखि गाडी चलाउदै आएको छु भन्नु भो … .. मेरो पछिल्लो यात्रा हरु मा म केहि बोल्दिन, गाडी मा हिड्दा जिउ नै जिरिङ्ग हुन्छ तै पनि केहि बोल्दिन.. ..
हाम्रो देशमा कति लाई नियम नै थाहा छैन, स्पीड लिमिट कसलाई खयाल हुने, जेब्रा क्रस मा रोक्नु पर्छ भन्ने कसले मतलब गर्ने,
a pedestrian crossing with traffic lights that are controlled by pedestrians
कुरा त राम्रो हो तर सबै ले पालना गर्नु पर्यो,
नियम छ लागु हुदैन …
मेरो desh
नेपालमा कसैले दियो भने राखिदिने चलन छ पछी दिने दाता नै टाउको मा हात लगाएर किन दिएछु भन्दै धिक्कारछन ! कुन कुरा हाम्रा सरकारी कर्मचारी ले दिगो हुने गरि गरेका छन र ? झन् सडक सम्बन्धि सरकारी निकाय हरुको त खुलेआम काम राम्रो नगर्ने, बढी खर्च गर्ने बानि नै छ ! किनकि त्यहाँ कारबाही हुदैन ! सडक बिग्रे भत्के, पुल भत्के, पिच उप्किए जे भय पनि कुनै कारबाही भयको थाहा छैन ! अहिलेको सडक बिस्तार को गुणस्तर तपाई हामि बाटो हिडदा देखेकै छौ ! एक बर्समा बाटो ठुलो त देखिन्छ होला तर गाडी गुड्ने सडक पुरानै मात्र बाको होला ! फुटपाथ मा हिड्दा होस् गर्नुस तपाई सलब संगै भासिनु होला ! सबै निकाय बाबुराम प्रधानमन्त्री लाई काम सकेको देखाउन व्यस्त छन ! तर सडक बाबुराम प्रधानमन्त्री छदै बिग्रेला जस्तो छ !
यो प्रणाली नेपाल र बिसेष गरि काठमाडौँ मा ब्यबहारिक हुनै सक्दैन , किन भने यहाँ गाडी भन्दा धेरै गुना मानिस हरु छन्/ तेस्मा पनि ९५ प्रतिशत भन्दा बादी मानिस हरु ट्राफिक नियम सम्बन्धि सिक्षित छैनन् / हाल सरकार ले गरे को नियम ठिक छ तर pelicon प्रणाली लागु गर्ने हो भने सडक मा गाडी हरु गुड्ने पाउँदैनन् /
म मलेसियाको एउटा व्यस्त शहर penang मा छु । मैले बुझे अनुसार यहाँ प्रयोग भएका ट्राफिक लाइट पनि माथि उल्लेख भए अनुसार कै हो । तर खै यहाँ त्यस्तो कसैले दुरुपयोग भएको देखिएको छैन । यहाँ त सबै कम त्यहि लाइटले गर्ने हो, अति आवस्यक बाहेक ट्राफिक प्रहरीहरु यहाँ बिरलै देखिन्छन् । सबैले इमान्दारिता पुर्बक नियमको पालना गरेकै छन् । यसको लागि जनतामा इमान्दारिता र दायित्वको बोध गरुन जिम्मेवार निकाय अघि सर्नु पर्छ । तर कस्तो अचम्म हाम्रो नेपालमा त डराएर, जनताले पाउनु पर्ने सुबिधा पनि कटौती पो गर्ने कुरा गर्छ, यो तालले नेपालमा कहिले बिकासको गति अघि बढ्ला खै?
बिस्तारै सुधार हुदै छ राम्रो कुरा, तर अचम्म, जाबो ट्राफिक लाइट पनि एशियाली विकास बैंक को सहयोग मा रे! होइन नेपाली ले आफै गर्न सक्ने कुरा के हो?
सही कुरा गर्नुभो । दुरुपयोग हुने डर थियो भने नराखेकै बेस हुन्थ्यो; राखेर के तमाशा गर्याहुन् ! न्यूरोड मूल सडकमा चार ठाउँमा ठाउँमा जेब्रा क्रसिङ छन् । अझ जेब्रा क्रसिङ एकातिर तर बाटो काटने ठाउँ अर्कोतिर गरेको तमाशा पनि गज्जबकै लाग्छ । यो पेलिकोन पनि ती चार ठाउँमध्ये एक ठाउँमा मात्र राखेर झन् के तामाशा गर्याहुन् ! प्रयोगकै रूपमा राखिएको हो भने जानकारी अनि प्रचारप्रसार सहित बटनलाई तत्काल चलाउनु पो पर्ने हो । खै अर्को के तमाशा गर्न खोजिराहुन् !
पेलिकन लाइट जडान भयो , तर संचालनमा आउनु अघि नै को र किन डराउनु पर्ने भो !
त्यतिनै कारणले स्विच नै निष्क्रिय पारिदिने ? कुरो अलिकति रहस्यमय भएन त ? फेरी अर्को अनौठो कुरो, दुनियाको घरमा अँध्यारो परेर सडक बत्ती र ट्राफिक लाईट मात्र कसरी संचालन होला र !
हो यो कुरोमा दम छ कि , पहिले स्थापित भएको लाइ किन जीर्णोद्धार गर्ने विचार आएन ?
मुख्य सार चाहिं, ट्रली बस जस्तो ‘ बाँदरको हातमा नरिवल ‘ नहोस भनेर सचेत हुनु पर्छ .
यो पनि थापाथली को ट्राफिक light को जस्तै हालत हुने त हैन??