Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब भूतको हल्ला नहोला कि !

Posted on September 4, 2012September 4, 2012 by Salokya


गएको अप्रिलमा राजधानी काठमाडौँको मुख्य स्थान न्युरोडमा दिउँसो अफ आवरमा पनि ठूलो जाम भयो। किन रहेछ भन्दा पिपलबोटको ठ्याक्क अगाडि पुरानो रन्जना हल जाने गल्लीको मुखैमा रहेको घर हेर्न मान्छेहरुको ताँती लाग्यो। के थियो र त्यो घरमा ? भूत ! भीड भन्थ्यो- भूतले मान्छे पिट्यो रे। कोही कोही ऊ ऊ छायाँ देखियो भन्थे। कोही भूतले पिटेर मान्छे उडेर खस्यो भन्थे, कोही के! अचम्म ! देखिएको भने केही हैन। भीड चाहिँ राति अबेरसम्म मात्र हैन, भोलिपल्ट र पर्सिपल्टसम्म थियो।

भूत हेर्न न्युरोडमा लागेको भीड।

खासमा त्यो हल्ला मात्र थियो। त्यो घरमा तर्साउँछ, भूत आउँछ भन्ने हल्ला धेरैअघिदेखि थियो। त्यसैले त्यहाँ भूइँतल्लामा पसल थाप्नेहरुबाहेक माथि कोही बस्दैन थियो। तर त्यो दिनको भने हल्ला अर्कै थियो। एभिन्युज टेलिभिजनका पत्रकारलाई भूतले पिट्यो रे भन्ने हल्ला फैलिएको थियो। खासमा त्यो घरमा के वास्तु बिग्रिएको हो भन्ने हेर्न वास्तुविद्‌सहितको टोली त्यहाँ पुगेको थियो। यत्तिकैमा हल्ला फैलिएको थियो।

केही दिनपछि हल्ला त्यसै सेलायो। तर घर खालीको खाली नै थियो।

अहिले भने त्यो घरको पुनःनिर्माण भइरहेको रहेछ। यो घरको स्वरुप नै अहिले परिवर्तन गर्न लागिएको छ। तीन वटै तल्लामा बार्दली निकालेर बनाइएको घरको शैलि अब परिवर्तन गरिँदैछ। घर भत्काएर नयाँ बनाएको नभई बाहिरबाहिरबाट स्वरुप परिवर्तन गर्न लागिएको हो।

शायद् भूतको हल्लाले दिक्क भएका होलान् घर मालिक पनि। घर बनाउँदा ‘भूत’ भनाउँदोले डिस्टर्ब पनि गरेको छैन। स्वरुप परिवर्तन गरिएपछि अब चाहिँ भूतको हल्ला नहोला कि! अब चाहिँ न्युरोड जस्तो प्राइम लोकेसनको घर भाडामा नलाग्ने समस्याबाट मुक्ति पाउने हुन् कि उनले! हेर्न बाँकी छ।

भूतको हल्ला चल्दा हेर्न जम्मा भएको भिडको भिडियो-

22 thoughts on “अब भूतको हल्ला नहोला कि !”

  1. parshuram misra says:
    September 9, 2012 at 9:12 am

    म साउदी अरब को रियाध मा बस्ने गर्दछु / सचाही भन्नु पर्दा रियाध को आती बय्स्ता चोक मा पनि ३ तलको घर महिले दय्खादा थाहा पाय सम्म माथि का दुबही तल्ला हरु खली रहेको छ / त्होयो घरमा २/३ परिवार ले भाडा मा लियर बसेका तर राती आफ्न्यो कोठा मा सुतेका तर बिहान घर बाहिर मरेको आबस्था मा दखिने हुनाले भुत हो कि संयोग १५/१६ वर्ष बाट त्यो घर खाली रयको वर पर का आनुभाबी हरु बताउने गर्दछन /

    Reply
  2. ज्ञानेन्द्र खतिवडा says:
    September 6, 2012 at 8:58 pm

    काठमाडौँ को घर भाडा यति न बढेको छ कि भुत आउछ भनेर डर नदेखाए त भाडा तिरेर बस्नै सकिन्न के गर्ने र:):)

    Reply
  3. devendra says:
    September 6, 2012 at 11:35 am

    (पत्यनुहोस नपत्यनुहोस)….भनेको सुनेको ……मृत आत्मा संग कुरा गर्न सकिन्छ रे ……अर्को कुरा धामी झाक्री भएपछी बोक्सा बोक्सी पनि हुन्छन भन्ने मान्यता रहन्छ रे………

    Reply
  4. योगेश आदी, न्यूयोर्क says:
    September 6, 2012 at 8:36 am

    भुत नै यदि छ भने स्वरूपले के नै फरक पार्छ र ?!

    Reply
    1. Sabina Shrestha says:
      September 6, 2012 at 10:51 am

      स्वरूपले फरक पर्ने भएर पो तेत्रो लगानी गरेको होला नि / Newroad जस्तो ठाउँमा पैसा ओसुल्नु परेन त आदि जी /

      Reply
    2. द्रोण says:
      September 10, 2012 at 9:45 pm

      हे मित्र
      भुत छ | सबैको भुत छ ,तपाइको ,मेरो |तपाइँ डलर जोगाएर राख्नु हुन्छ ,मन लागेको खानु हुन्न ,मन परेको ठाउमा जानु हुन्न भने पछी मृत्यु पछी त्यो भुत ले ठाउ छोड्न मान्दैन |

      Reply
  5. Prakash Shrestha says:
    September 5, 2012 at 10:02 pm

    भुत त्यो घर मा हैन, मान्छे को दिमाग मा छ| खै रेनोवेशन गर्दै मा त्यो भुत अर्का को खुट्टा तान्ने मान्छे हरु को दिमाग बाट जान्छ कि जादैन, हेरौ!

    Reply
  6. अर्जुन कुमार शर्मा says:
    September 5, 2012 at 6:30 pm

    जब जब मान्छेहरुले प्रकृति माथि धावा बोल्छन तब तब प्रकृति पनि उनीहरुप्रति क्रुर बनिदिन्छ l अनि त्येही प्रकृतिको प्रहारलाई उनीहरु भूतको रुपमा ब्याख्या गर्दछन, जस्तो लाग्छ मलाई त ल
    यी हुरीका बेगहरुले कतिलाई तर्साउंदा होलान,बाढी पहिरोले कतिको सातो लिएको होला,भूकम्पले कतिको मुटु हल्लाएको होला,पुंजिपतिहरुलाई चोर डाँकाको भूतले रातभरी निद्रा हरण गर्छ होला, भुत किन हुँदैन होला र ? हुन्छ होला !!

    तर त्यो आफ्नै मन भित्र हुन्छ होला !!!

    Reply
  7. Astha says:
    September 5, 2012 at 12:39 pm

    सबै मुख्य मुख्य सहरको मुख्य मुख्य ठाउमा यस्तै भूतको हल्ला चल्दिए त गाउ फर्क अभियान चल्थ्यो कि? अनि सहरको जन-जिबन अल्ली
    ब्येबस्थित हुन्थ्यो होला र गाउको नि अल्ली विकास हुन्थ्यो कि?

    Reply
  8. Sabina says:
    September 5, 2012 at 10:13 am

    कुनै झुठो कुरो दस जनाले साँचो हो भन्यो भने त्यो साचिकै साचो लाग्न थाल्छ / तेस्तै तेस्तै हो यो पनि..सबै हल्ला मात्र हो /

    Reply
  9. द्रोण says:
    September 5, 2012 at 9:24 am

    दुइटा भुत हरु नया बनेको घर को देब्रे पट्टिको झ्याल बाट तल साईड सिन हेरिरहेका थिए ,दुइटा युवती हरु लास्कियेर आफ्नै धुन मा गफ गर्दै जादै थिए | त्यो देखेर एउटा भुत लाइ लाइन मार्न मन लागेछ | ”ये भकुन्डे हेर त् क्या च्वाक केटि !!यो सानो ढुंगा ले पुक्क हानु है ?”
    भकुन्डे :: चुप् लाग थान्गने !!यहि घर को झ्याल बाट तन्की तन्की तरुनी हेर्दा ,खसेर मोरेको बिर्सिस ?बाचेको भए तँ अहिले १५० बर्स को बुढो हुन्थिस |
    तेती राम्रा केटीहरु को गन्ध लेमात्र पनि बेहोस हुन्थिस होला |
    थान्गने :: उस !उस !उस ! हेर न फेरी यो भकुन्डे लाइ क्या सरिफ बन्नु पर्ने !!
    तँ पो बार्दलीको भकुण्डो समाउन जादा बार्दली बाट खसेर सानैमा मोरिस !!जवानी के हो थाह नै पाइनस | जवानी को काउकुती ले सताएको भए थाह पाउथिस |
    भकुन्डे ::अब जे भए पनि यहा बाट जाने बेला आयो यार |यो नया घर मा पक्कै पंखा हाल्छ होला |आफ्नो जिउ हावाबाट जोगाउनै गाह्रो हुन्छ यार |
    थान्गने ::न डरा न भकुन्डे |म सग एउटा काइदा को आइडिया छ ,अब हामि यहि घर मा मोज गरेर बस्नु पर्छ |

    भकुन्डे ::कसरि ?
    थान्गने :: यो घर मा बस्ने मान्छे भित्रै छिर्ने बुझिस |
    तल प्या प्या हर्न बज्छ !यो सुनेर थान्गने र भकुन्डे दुवै चुप चाप हुन्छन |

    Reply
  10. Santosh Nyaupane, Sydney says:
    September 5, 2012 at 9:04 am

    एउटा जोक भुत को बिषय मा :

    दुइटा भुत एकदमै ब्यस्त सहर (धेरै मान्छे हरुको हलचल हुने ) ठाउँ मा दिउसो १२ बजे डरै डरै हिडी रहेका थिए ! भुत हरु लै दिउसो १२ बजे एकदमै डर लाग्छा रे मान्छे हरु संग जस्तो कि मान्छे हरु लै भुत संग १२ बजे रति डर लागे जस्तो ! उनि हरु प्राय आफनै घर वरीपरि मात्र हिडडुल गर्छन रे ! सुनसान ठाउँ, खोला, जंगल, चिहानघारी आदि ठाउँ मा हिड्दा डुल्दा एकदम नडराई हिड्ने रहेछन ! त्यो दिन चै उनि हरु खै कता बाट आउदा हो ढिलो भएर त्यो अर्कै बाटो बाट हिड्नु परेछ ! उनि हरु मध्ये एउटा चै अलिक आटिलो अनि अर्को चै अलिक डराउने परेछ ! त्यो डराउने चै पछी पछी हिड्दो रहेछ अनि आटिलो चै अगाडी अगाडी ! त्यसरी डरै डरै उनि हरु नया नया ठाउँ को बाटो काट्दै रहेछन ! एक्कासी त्यो पछाडी को अलिक डराउने भुत आतिदै, कराउदै भनेछ ” ओइ उ त्यहाँ पर हेर त एउटा मान्छे जस्तो हामी भए तिरै आउदै छ, हामी नजाऊ होला यतै कता लुकौ अथवा पछाडी भागौ ! अनि अर्को आटी चै ले भनेछ ” धेत मुला त पनि त्यतिकै डराउछस, यो २१ औ सताब्दी हो २१ औ, २१ औ सताब्दी मा पनि मान्छे संग डराउने हो? मान्छे सान्छे केहि पनि हुदैन यो त हामी सब भुत हरु को डर र भ्रम मात्र हो !”

    Reply
  11. prakash says:
    September 4, 2012 at 9:11 pm

    अन्धविश्वास बाट उम्किन सकेन नेपाली |
    हल्लाकै पछि उ कुद्छ सधै हामफाली ||

    Reply
  12. RAJKUMAR says:
    September 4, 2012 at 8:51 pm

    जुद्ध शमशेर को भूत होला ! नाम परिबर्तन गरेर न्यु रोड़ राखे पछी उसको आत्मा भड्किरहेको होलाI हाहाहा 🙂

    Reply
  13. chatur rai says:
    September 4, 2012 at 6:47 pm

    हामी नेपाली त्यसै बेरोजगारी …..काम दाम नपाएर के गरूँ ? भईरहेकोबेला मुसाको आची समेत हेर्न भिड लाग्न सक्छ आब राह्यो भूतकोकुरा विश्वास गर्नेले बाँदरलाई पनि आफ्नै हजुरबा देख्छन ,

    Reply
  14. yam pun says:
    September 4, 2012 at 6:33 pm

    बैज्ञानिकहरुले त पत्ता लाउन नसकेको बिषयमा बोलि हाल्दा पनि अलि छुचो भईन्छ की जस्तो लाग्यो! डर छेरुवा हरुको लागि त भुत हुने नै भै हाल्यो! तर जे सुकै भए पनि मलाई चाहि super natural power मा पुरापुर बिश्वास छ!
    घर बनाउनेहरुले वास्तुकला अनुसार बनाउदा अवश्य पनि राम्रो हुन्छ! New Road को हल्ला भगवान जानुन्!

    Reply
  15. Basanta Thapa,Maryland,USA says:
    September 4, 2012 at 5:05 pm

    हाम्रै बाउ बाजेले त्रसाए हामीलाई !
    हाम्रै समाजले त्रसायो हामीलाई ! !
    हामी स्वयम त्रसदै छौ अनि त्रसाउदैछौ हाम्रा सन्ततिलाई
    कथा बुनेर हुन्छ कि ,हल्ला गरेर हुन्छ
    त्रसाउने र तर्सिने परम्परा ,सस्कार बाचिरहेको छ हामी संगै !
    कसले भन्न सक्छ अझै कति पुस्ता बाच्नेछ अन्धबिस्वास मै ! !

    Reply
  16. purna prasad khatiwada says:
    September 4, 2012 at 4:44 pm

    मान्छेको नचाहिदा हल्ला हो यो सबै , बिचार यहि हल्लाको कारणले घर मालिकले धेरै बर्ष सम्म पनि घर खाली नै राख्नुपर्यो , २१ सताब्दिमा मा पनि भुत भन्ने हुन्छ र , मलाइत विश्वास लागेन, मान्छेको मन कम्जोर भयासी यस्तै यस्तै हुन्छ , केहि देखोकी तर्सिहालने , यी सबै अन्धबिस्वास मात्रै हो | अरु देश मा कत्रो विकास भैसक्यो , हाम्रो देश मा भने भुत हटाउन नसक्ने अवस्था छ |

    Reply
  17. yam pun says:
    September 4, 2012 at 4:12 pm

    भुत हुन्छ या हुदैन भनेर ठ्याक्कै भन्न त सक्दिन तर super natural power हुन्छ होला भन्ने कुरामा चाहि मलाई पनि विश्वास लाग्छ! new road को भूतको हल्लामा पनि त्यहि super natural power कतै हात छ की?
    अब हामीले पनि नया घर बनाउदा वास्तुकलामा ध्यान पुर्याउदा राम्रो होला!

    Reply
  18. kshitij says:
    September 4, 2012 at 3:05 pm

    Newroad जस्तो ठाउँमा भुत !!!! जहाँ चाही मान्छेको भिड हुने ठाउँ ….. त्यो ठाउँ मा त मान्छेको भिड देखि नै भुत डराएर भाग्छ …..

    Reply
  19. kiran says:
    September 4, 2012 at 2:19 pm

    भाडा घटाउन भए पनि भूत को हल्ला गर्नु पर्ने रहेछ /

    Reply
  20. Alikhit says:
    September 4, 2012 at 2:02 pm

    त्यो बार्दलीलाई पनि कोठामा परिवर्तन गरेपछि अर्को ५० – ६० हजारले भाडा पनि बढ्ने, भुत सुत पनि भाग्ने, बल्ल बुद्धि पुगेछ घर मालिक को

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme