-भेषराज कनेल- आम नेपालीको निम्ति एनसेलको भन्दा नेपाल टेलिकमको मोवाइल सेवा झण्डै आधा (४४ प्रतिशत) सस्तो छ। तर गरिब नेपालीलाई भने नेपाल टेलिकमले यो सस्तो सेवा “निषेध” गर्दछ। मानो गरिबलाई फोन नै चाहिँदैन, त्यसकारण उनीहरु प्रति उसको कुनै दायित्व नै छैन! गरिब नेपालीलाई एनसेलले सेवा त दिन्छ, तर नेपाल टेलिकमभन्दा ७७ % बढी महसूल लिएर।… Continue reading
लोकमान्य गणतन्त्र–जिन्दावाद?!
जानेर, बुझेर होस् वा स्वतस्फूर्त वा लहैलहैमा लागेर, वा कर्फ्यूभित्रको पनि कडा र नरम कर्फ्यू फर्माउने तत्कालिन गृहमन्त्री कमल थापाको उर्दी पालनाका क्रममा निसास्सिएर उकुसमुकुस भएका जनताको अपार समूह सडकमा थियो। अनि तत्कालिन गृहमन्त्री थापाकाजीसँगै थिए लोकमानसिंह कार्की मुख्य सचिवका रुपमा। २ दर्जनबढी निहत्था जनताको रगतसँग साटिएर जनआन्दोलन २०६२/०६३ को जगमा २०६५ जेठमा ६०१ को… Continue reading
बुद्धम् शरणनम् गच्छामि
यसपालि मलमासका कारण बुद्ध जयन्ति अर्थात् वैशाख पूर्णिमा वैशाखमा नभई जेठमा मनाइयो। वैशाख पूर्णिमाका दिन स्वयम्भूमा भक्तजनकहरुको ठूलो भिड हुन्छ। त्यहाँ श्रीलंकाले दिएको शाक्यमुनि गौतम बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरी राखिएको अवशेष (अस्थी धातु) प्रदर्शन गरिन्छ। बुद्ध जयन्तिकै साँझ उत्तमबाबु श्रेष्ठले स्वयम्भू परिसरमा खिचेका केही फोटो हेर्नुस्-
कथा: उनको चरित्र नराम्रो होइन
गौतम “उदय”/अमेरिका धेरै बर्षको अन्तरालमा अफ्नो मातृभूमीमा पाइला टेकेको थिएँ मैले। शिशिर ऋतु थियो त्यस बेला। अहिले सम्म पनि त्यति बिघ्न एक एक झिना मसिना सबै कुराहरु याद गर्ने कोशिस गरिराखेको छैन। नयाँ कल्पना, नयाँ आशा, नयाँ उमङ्ग, नयाँ सोंच, साच्चै भन्दा सबै नै नयाँ र नौला थिए मेरोलागि यस बखत। प्रतक्ष्य र भावनात्मक रुपले… Continue reading
बुद्ध कसरी नवौँ अवतार ?
-मधुसूदन आचार्य, क्यानडा- बुद्ध, हिन्दु धर्मावलम्बीहरुका लागि नवौं अवतार हुन। बुद्ध धर्माबलम्बीहरुका लागि एकमात्र देवता। अन्य मार्गीहरु वा सबैका लागि एक शान्तिका दूत, शान्तिका पुजारी, अहिंसाका पथप्रदर्शक, जीवजन्तु तथा वातावरणका संरक्षक। त्यस्तै, बुद्ध विपश्यना ध्यानका अन्वेषक। नेपालका एक महामानव, नेपालीहरुका गौरवका व्यक्तित्व, नेपालका राष्ट्र विभूती। सबै विश्वकालागि एक महान् व्यक्तित्व, महापुरुष। बुद्ध हिन्दु परिवारमा जन्मिनु… Continue reading
जलमग्न काठमाडौँ !
बिहीबारको मुसलधारे वर्षाले काठमाडौँका सडकहरुमा नदी बगाइदियो। प्रमुख सबै सडकहरु पानी-पानी भए। एयरपोर्टसमेत आधा घण्टा बन्द भयो भिजिबिलिटी नभएर। हेरौँ, जमल र आसपासका केही फोटोहरु।
दुई दिन हाइवे जाम, कसैलाई वास्ता छ?
अपडेटः चार दिनसम्म हाइवे जाम गरेपछि शुक्रबारबाट जाम खोलिएको छ। ‘तिमीहरु पत्रकारहरु भएर केही गर्न सक्दैनौँ ?’ एक्कासी फोनमा आक्रोशित आवाज सुनियो। कुरा के हो ठम्याउनै सकिनँ सुरुमा त। आफन्तको आवाज रहेछ। ‘मसित बन्दूक भएको भए त हाइवे जाम गर्ने सबलाई गोली हानेर बरु जेल जान्थेँ होला’, आम्मै नि। कहिले हिंसाको कुरा नगर्ने यी दिदीलाई… Continue reading
रेखा थापाले हतियार उठाउने रे !
ए राता मकै ! के सुन्नु पर्या हो। रेखा थापाले हतियार उठाउने रे ! भर्खरै एमाओवादी प्रवेश गरेकी देखा थापा नामले समेत जिस्क्याइने हिरोइन रेखाले अन्तर्वार्ता दिँदै आवश्यक परे हतियार उठाउन तयार छु भनेकी रहिछिन्। यो अन्तर्वार्ता द्वन्द्वकालमा ललितपुरको भट्टेडाँडामा पुलिस मारेर ‘भट्टेडाँडामा साहसिक आक्रमण’ भन्दै भङ्गेरा टाउके अक्षरमा हेडलाइन छाप्ने ‘जनादेश’ साप्ताहिकमा छापिएको हो।… Continue reading
परिबन्दको शृङ्खला
हत्याको अभियोगमा जापानी जेलमा १५ वर्षभन्दा बढी बसेका गोविन्द मैनालीको विषयमा धेरैले सुनेकै हुनुपर्छ। यो घटनाको अर्को पाटो भने धेरैलाई थाहा नहुनसक्छ। थाहा भएकाहरुले पनि सार्वजनिक गरेका थिएनन्। अहिले भने उनी स्वयं खुलासा गर्दैछन्। पढ्नुस्, आखिर परिबन्दको यो शृङ्खलाको सुरुवात कसरी भएको थियो ? -गोविन्द मैनाली- हामी काम र कोठा सर्ने क्रममा १९९६ को नोवेम्बरदेखि… Continue reading
५०० रुपियाँको रामकहानी; यसरी फिर्ता पाइयो रकम
नेपालको नम्बर वन बैँक भनिने नबिल बैँकको एसएमएस बैँकिङबाट किनेको ५ सय रुपियाँको एनटिसीको रिचार्ज पिन नचल्ने भएपछि ठगिएको महसूस गरेको थिएँ। त्यसको तीन दिनपछि मंगलबार राति बल्ल नयाँ पिन हात पर्यो। त्यो पनि नबिल बैँकबाट हैन, बुटवलबाट! यसबीच नबिलले ग्राहकलाई गैर जिम्मेवारपूर्ण व्यवहार गरेवापत् माफी पनि माग्यो, फोन गर्छु भनेर फोन नगर्ने र कम्प्लेन… Continue reading
धमला पत्नीसहित टिभीमा देखिँदा..
-रुपक खतिवडा- दुर्गाप्रसाद धमलालाई खासै कसैले चिन्दैनन्। तर उनैको अर्को नाम ऋषि धमलालाई भने नचिन्ने को होला र ! कतिलाई त उनको अनुहार टिभीमा देखिँदा रिसै उठ्ने भयो भन्छन्। उनै धमला भर्खरै बिहे गरेपछि पत्नीसहित टिभीमा देखा पर्न थालेका छन्। हिमालय टिभीमा अस्ति भर्खरै श्रीमान् श्रीमतीको अन्तर्वार्ता लिने कार्यक्रम जीवन साथीमा धमला जोडीको अन्तर्वार्ता प्रसारण… Continue reading
नक्कली लाइसेन्स लिनुभा’छ? ६ वर्ष जेल होला है !
सवारी चालक अनुमति पत्र (लाइसेन्स) पैसा खुवाएर निकाल्नुभएको छ भने होसियार, तपाइँले अब कडा सजाय भोग्नुपर्ने हुनसक्छ। हाम्रै वरपर पनि सोझो तरिकाले लाइसेन्स निकालेका खासै देखिँदैनन्। कसैले पैसा खुवाएर सक्कली नै लाइसेन्स निकालेका छन्, कसैले काठमाडौँबाहिरबाट निकालेका छन्, कोही भने सक्कली भन्ठानेर नक्कलीको फन्दामा पनि परेका छन्। तर अब नक्कली लाइसेन्स निकाल्नेहरुको भने बाजा बज्नेवाला… Continue reading
यसरी ठग्यो नबिल बैँकले मेरो ५ सय रुपियाँ
अपडेट (मे २२) : नबिल बैँक ग्राहकप्रति गैर जिम्मेवार हुँदा मैले आफ्नो ५ सय रुपियाँ ठगिएको महसूस गरेको थिएँ। तर हिजो मैले त्यो रकम फिर्ता पाएँ। म ठगिन बाट जोगिएँ। कसरी फिर्ता पाएँ त्यो बारे विस्तृत विवरण पढ्न यहाँ क्लिक गर्नुस्। ______________________________ अपडेट (मे २१) : यो विषयमा सामाजिक सञ्जाल र ब्लगमा भएका बहसको कारण… Continue reading
पाँच ‘डन’- फँस्लान् कि बच्लान् ?
कहलिएका पाँच ‘डन’हरु- गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरीविरुद्ध अन्ततः स्रोत नखुलेको अवैध सम्पति राखेको भन्दै मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता हुनु एउटा सकारात्मक पक्ष हो। तर कारबाहीको लामो प्रक्रिया बाँकी छ र त्यसमाथि यी डनहरुको टाउकोमा भएका राजनीतिक नेताहरुको हातले यिनीहरु जेलभित्र फँस्लान् हैन बच्लान् भन्ने डर हुन्छ।… Continue reading
कि तलब रोज कि जागिर !
नेपाल ब्रोडकास्टिङ च्यानल अन्तर्गत सञ्चालनमा आएको न्यूज २४ र ई २४ टेलिभिजनमा कार्यरत कर्मचारीले आन्दोलन रोकिएसँगै धमाधम जागिर छोड्न थालेका छन्। नियमित तलबका लागि भएको आन्दोलनको १० औँ दिन कर्मचारीलाई सम्बोधन गर्दै टेलिभिजनका सञ्चालक अनिल जोशीले आफूले नियमित तलब दिन नसक्ने भएकोले “जागिर खाने वा छोड्ने” निर्णय गर्न दवाब दिएका थिए। सम्बोधनपछि स्थापनाकालदेखि नै संलग्न… Continue reading
कस्ता निर्दयी चालक पनि हुँदा रैछन् छि !
–हरिराम पौडेल– कतिपय अवस्थामा प्रत्यक्षदर्शी हुनु पनि दुःखदायी क्षण बन्दोरहेछ। देश दर्शन र अन्य संस्थाले आयोजना गरेको नेत्र शिविर सकाएर शनिबार अपराह्न भक्तपुरबाट मित्र उत्तम भट्टराईसँगै मोटरसाइकलमा फर्कँदै थियौँ। उत्तम जी कोटेश्वरमा झरेर अर्को माइक्रोमा चढ्नु भो। म बानेश्वर हुँदै फर्कँदै थिएँ। कान्तिपुर पब्लिकेशनको ठीक सामुन्ने आइपुग्दा एउटा पल्सर मोटरसाइकल डिभाइडरको तारमा अल्झिन पुग्यो र… Continue reading
लघुकथा: भ्यागुताको धार्नी
-सुषमा पाठक थापा- “हैन कति मोटाकी भन्या! लौ है बेलैमा यो जीउ घटाउनतिर लाग।” “मर्निङ वाक जाने गर न” “यसो एक्सरसाइज गर्नु नि” “डाइटिङ गर डाइटिङ” चिनेजानेका जतिले भेटेपिच्छे भन्ने यस्तै यस्तै वाक्यहरुले दिक्क भएकी छु म। शरीरमा हर्मोनको गडबडी भएर अस्वभाविक रुपमा मोटाउन थालेपछि मभन्दा चिन्तित अरु को नै होला र। तैपनि आफन्त र… Continue reading
ठमेल जलेपछि कर्ण शाक्यको होटलतर्फ उठेका औँला
ठमेलमा बिहीबार रातभर दन्किएको भिषण आगो र त्यसले खरानी पारेको करोडौँ मूल्य बराबरको सम्पति! आगो सेलाइसक्यो, शनिबार परेको पानीले सडकका खरानी पनि पखालिसक्यो। तर काठमाडौँमा यो अग्निकान्डको चर्चा अझै सेलाएको छैन। प्रविधिका कारण आगोभन्दा छिटो यो खबर विश्वभर फैलिइसक्यो। लोन्ली प्लानेट जस्ता साइटका फोरममा यो आगोले खरानी पारेको पिल्ग्रिम्स पुस्तक पसलको चर्चा भइरहेको छ। विभिन्न… Continue reading
ठमेल आगलागीमा लोडसेडिङ कारण?
ठमेलमा बिहीबार रातिदेखि लागेको आगो शुक्रबार बिहान बल्ल नियन्त्रणमा आयो। करोडौँको क्षति भयो। नौ घण्टाभन्दा बढी लाग्यो खतरनाक किसिमले फैलिएको आगो रोक्न। यति भिषण आगो कसरी लागेको रहेछ त ? कारण के रहेछ ? लोडसेडिङ! हो, एउटा कारण लोडसेडिङ हो। आगोको स्रोत जेनेरेटर चलाउँदा भएको लाइन सर्ट रहेछ। काठमाडौ गेष्टहाउसको दायाँपट्टी रहेको तीन तल्ले घरको… Continue reading
गल्ती पत्ता लगाउनुस्
नेपालको विशेष अदालतले निकालेको यो सूचना हेर्नुस् र गल्ती पत्ता लगाउनुस्। गल्ती पत्ता लगाएवापत् तपाईँलाई अदालतको मानहानी मुद्दा पक्कै लाग्दैन होला। बरु प्रुफ हेरिदिए वापत् धन्यवाद पो दिन्छन् कि