Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पाँच ‘डन’- फँस्लान् कि बच्लान् ?

Posted on May 20, 2013May 20, 2013 by Salokya

5don
कहलिएका पाँच ‘डन’हरु- गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरीविरुद्ध अन्ततः स्रोत नखुलेको अवैध सम्पति राखेको भन्दै मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता हुनु एउटा सकारात्मक पक्ष हो। तर कारबाहीको लामो प्रक्रिया बाँकी छ र त्यसमाथि यी डनहरुको टाउकोमा भएका राजनीतिक नेताहरुको हातले यिनीहरु जेलभित्र फँस्लान् हैन बच्लान् भन्ने डर हुन्छ। तपाईँ हेर्दै गर्नुस्- आजभोलिबाटै नेताहरुले यिनीहरुको संरक्षणमा बोल्न सुरु गर्नेछन्। पर्शुराम बस्नेतबारे केपी ओली चुप बस्लान् ? गणेश लामाविरुद्धको मुद्दाबारे विजयकुमार गच्छदारको बोली नफुट्ला ? गिरीको बचाउमा कांग्रेस नबोल्ला? मनाङेका लागि कांग्रेस र राप्रपाले नबोल्ला? राजनीतिकरण सुरु हुनेछ। चिया पसलमा षड्यन्त्र सिद्धान्तहरु प्रतिपादित हुनेछन्- सब ‘डन’हरुलाई हाम्रो पार्टीमा आइज, नत्र बच्दैनस् भनी प्रचण्डले यो मेसेज दिएको हो। नत्र खोई त माओवादीका कोही किन नपरेका?
मुद्दा दर्ता गर्दा नै प्रतिवादीहरुलाई पनि अदालतमा उपस्थित गराउनु पर्नेमा खुल्लमखुल्ला हिँडिरहेका ती ‘डन’ र अभियुक्त बनाइएका उनीहरुका परिवारलाई अदालतमा लग्न सकेनन्। उनीहरुको शक्ति यहीँबाट देखिसकियो।

कानुनी प्रक्रिया लामो छ
सम्पति शुद्धिकरण ऐन अनुसार विशेष अदालतले यो मुद्दाको सुरु किनारा लगाउनेछ। ऐन अनुसार स्रोत नखुलेको सम्पति जति सबैको स्रोत खुलाउने जिम्मा प्रतिवादी अर्थात् ती डन र उनीहरुको परिवारको आफ्नै हुन्छ। डराएर, धम्क्याएर, असुली गरेका रकम र त्यसबाट जोडेका चलअचल सम्पतिको स्रोत खुल्ने कुरै भएन। अलिअलिसम्म त मिलाउन सक्लान् तर कहीँ न कहीँबाट यिनीहरु फँसिहाल्छन्। ‘डन’को मात्र के कुरा, यहाँ यही ऐन अनुसार मुद्दा चलाउने हो भने नेताहरु, मिडिया साहुहरु, पत्रकारहरु, व्यापारीहरु सबका सब फँस्न सक्छन्।

विशेष अदालतमा सम्पतिको स्रोत खुलाउन नसके जतिको स्रोत नखुलेको हो, त्यति रकम जफत हुन्छ अनि त्यति नै रकम जरिवाना पनि तिर्नुपर्ने हुन्छ। कैद सजाय पनि हुन्छ एकदेखि चार वर्षसम्मको। यस्तो सम्पति शुद्धिकरणसम्बन्धी दर्ता भएका २२ मध्ये ११ वटाको विशेष अदालतले टुङ्गो लगाइसकेको छ, त्यसमध्ये अधिकांश सरकारले जितेको छ। विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतमा चुनौति दिन सकिन्छ। त्यहाँबाट अन्तिम फैसला हुन भने वर्षौँ लाग्न सक्छ। यसबीच यिनीहरुले आफ्नो पक्ष बलियो बनाउन कतिको चलखेल गर्न सक्ने हुन्, कतिलाई डराउन/धम्क्याउन सक्ने हुन्- हेर्न बाँकी छ।

चोखो को?
संगठित अपराधका नाइके बनी प्रशस्त पैसा कमाएका यस्ता डनहरुलाई मात्र हैन, अवैध स्रोतबाट आम्दानी गर्नेलाई फन्दामा पार्ने एउटा राम्रो उपाय यो सम्पति शुद्धिकरण ऐन हो। अपराधजन्य कामबाट ब्ल्याक मनी कमाउनेलाई कारबाही गर्न यो ऐन बनेको बल्ल पाँच वर्ष भयो। यो ऐनको यही एउटा धाराले हेलिकप्टर भाडामा लिएर पार्टीको कार्यक्रममा जाने नेतादेखि हजारको तलब खाएर लाखको ऐय्याशी देखाउने सरकारी कर्मचारीसम्म सबैलाई जाक्न सक्छ-

सम्पत्ति शुद्धीकरण गरी सम्पत्ति आर्जन गरेको मानिने : यस ऐन अन्तर्गतको कसूरमा मुद्दा
चलाइएको व्यक्तिको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा निजको सम्पत्ति अस्वाभाविक देखिन
आएमा वा निजले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा वा आफ्नो हैसियतभन्दा बढी
कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा निजले त्यस्तो
सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुरा प्रमाणित गर्नु पर्नेछ र त्यसरी प्रमाणित गर्न
नसकेमा त्यस्तो सम्पत्ति यस ऐन अन्तर्गतको कसूर गरी प्राप्त गरेको मानिनेछ ।

सरकार परिवर्तनको फाइदा
२०४६ सालपछिको सरकारले थालेको मन्त्रिपरिषद्का सदस्यहरुको सम्पति विवरण सार्वजनिक गर्ने प्रचलनलाई रोकेर आफ्नै सम्पति विवरण सार्वजनिक गर्न डराउने यो रेग्मी नेतृत्वको सरकार ‘डनलाई डाम्न’ भने उपयोगी भयो। माओवादी-मधेसी सरकार कायम भएको भए यो मुद्दा कुनै पनि हालतमा दर्ता हुन सक्दैन थियो। गृहमन्त्री गच्छदारका सहयोगी गणेश लामासहित यी पाँच जनाको फाइल गृहमन्त्री मातहतकै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धान सकिएर थन्किएको थन्कियै थियो। गैरदलीय सरकार बने लगत्तै बल्ल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो फाइल सम्पति शुद्धिकरण विभागलाई बुझाएको थियो। रेग्मी सरकारभन्दा माथि रहेको श्री ४ (चार दलीय संयन्त्र) मध्ये माओवादी बाहेक सबैका डन यो केसमा परेकोले श्री ४ नेताहरुले के के बोल्ने हुन् आगामी दिनमा ध्यानमा राख्नुहोला।

को-को फरार ?
मुद्दा दर्ता गर्दा नै प्रतिवादीहरु पनि अदालतमा उपस्थित गराउनु पर्नेमा हिजो त्यो गराएको देखिएन। त्यसैले प्रतिवादीहरुलाई फरार मानिएको छ। मिलन चक्रे अहिले जेलमा छन्। ती बाहेक बाँकी चार र उनीहरुको परिवार फरार सूचिमा छन्।

फरार सूचिमा हुनेमा
गणेश लामाकी श्रीमती लक्ष्मी लामा, पिता पासाङ लामा, माता रन्जु लामा
दीपक मनाङेकी श्रीमती पासाङ डोल्मा गुरुङ
पर्शुराम बस्नेतकी श्रीमती अन्जु सिंह बस्नेत
चक्रे मिलनकी श्रीमती इन्दिरा घले गुरुङ
अभिषेक गिरीकी श्रीमती अनिषा गिरी

अब केही दिनमा विशेष अदालतले यिनीहरुको नाममा म्यादपूर्जी जारी गरेको सूचना पत्रपत्रिकामा हेर्न पाइनेछ।

यो पनि हेर्ने कि-
डन दीपक मनाङ्गे भन्छन्-“लोकतन्त्रका कारण छुटेँ”
ऋण नतिर्ने ‘डन’को नाम छापियो पत्रिकामा
डन चरीलाई छाड्नुको रहस्य के ?
दादा, डन र डेभलपमेन्ट
जिब्रोमा झुण्डिसकेछ डन शब्द

62 thoughts on “पाँच ‘डन’- फँस्लान् कि बच्लान् ?”

  1. Ngwang says:
    May 22, 2013 at 5:41 pm

    हदै समको कारबाही हुनु जरुरि छ यी समाजका धमिरा मात्र होईन यस्तोलाई पालन पोषण र संरक्षण गर्नेलाई पनि जाकिउन सुन्दैछु एमाले र फोरम यिनीहरुलाई बचाउन खोज्दैछन यी लगायत चरी बाघे काघे सबैलाई जाक्नु पर्छ शान्ति सुरक्षा दुरुस्त पार्नु पर्दछ
    गुन्डाराज होईन शान्तिराज चाहियो जनता साथमा छन् कारबाही होस्
    देशमा शान्ति साथ् घुमफिर गर्न पाईयोस. लुटको धन राष्ट्रिय कारण होस् डन अनि महा ड्न लाइ नि कारबाही होस्

    Reply
  2. achut says:
    May 21, 2013 at 4:26 pm

    जेल हालेर छुटे नि के हुन्छ र??दादागिरी चलि हाल्छ पार्टी मा ज्वाई सम्मान पाईहाल्छन जे.पी…….जस्ता डन सब लाई के भाको छ’र/बरु पछि आएर कठालो समौलान हामी ले चै कमेन्ट गर्ने बेला होस् पुराऊन पर्ला….परशु गणेश अभिशेकाय,चक्र दिपकाय नमोनमह:

    Reply
  3. Vijay says:
    May 21, 2013 at 2:12 pm

    यो देशमा कहिले शान्तिको महसुस गरेर बाँच्न पाइएला .
    आज हामी यस कारण बाँचेका छौँ किनकि कसैले हामीलाई मार्न चाहेको छैन.
    सोझा साझालाई मात्रै छ कानुन, त्यो पनि दुख पाउन..बांगालाई त कानुनले छुन पनि सक्दैन यहाँ.

    Reply
  4. punya hawaii says:
    May 21, 2013 at 11:59 am

    प्रचण्डले त केहि बोले किन बोलिस र नबोले किन बोलिनस गरे किन गरिस नगरे किन गरिनस उठे किन र बसे किन भन्ने केहि तत्व छन र आफुले केहि गर्न नसक्ने अनि जसरि पनि प्रचण्डको बिरोधमा रमाउनेहरु प्रति दया लागेर आउँछ।पार्टिका नेताहरुको बरदान पाएका डनहरुलाई कार्बाहि गर्ने हिम्मत कसैको छैन बरु कतै कार्बाहि भैहाले प्रचण्डले गरायो र नभए उसैले हुन दिएन भन्ने समाचार सुन्न र पढ्न पाइने छ।

    Reply
  5. Bayan says:
    May 21, 2013 at 7:49 am

    अब हामी नेपालीले चुनाब हुँदैन कि भनेर शंका नगरे हुन्छ/

    Reply
  6. shishir says:
    May 21, 2013 at 5:09 am

    यो राम्रो सुरुवात हो तर माथापच्ची गर्दैछु किन येस्मा माओबादि खेमाका कोहि परेनन् हँ? अख्तियारले पनि अहिले सम्म एकजाना पनि माओबादिका नेतालाई छोएको छैन, अरु मुख्य दलका लगभग कोहि न कोहि परिसके । कतै यी मध्यम स्तरका डनहरुलाई ठटाएर त्यो भन्दा माथिका डनहरुलाई डर देखाएको त होइन? अरु सबै पार्टी असुरक्षित माओबादि मात्र सुरक्षित छ भ्रस्टाचार गर्ने हरुलाइ भन्न खोजेको त होइन? कतै सबै भ्रस्टचारीहरु लाइ खुल्ला आमन्त्रण त होइन?

    Reply
    1. rajesh says:
      May 21, 2013 at 1:50 pm

      शिशिर जी
      जे भएको छ त्यो अपुग होला तर नराम्रो अबश्य होइन.” कारबाही गर्ने भए सबै लाइ गर, नत्र कसै लाइ कारबाही गर्ने , कसै लाइ नगर्ने हो भने कारबाही गर्न पाइदेन” भन्नु कारबाही न गर भन्नु हो.सचेत नागरिक ले यी गुण्डा लाइ कारबाही गरेको समर्थन गर्दै(ग्रिह मन्त्रालय मा एमाले प्रति झुक्काव राख्ने ब्याक्ति र गुण्डा हरु एमाले समर्थक धेरै भएको ले फासफुस होला भन्ने सम्भावना छ)अरु गुण्ड लाइ पनि कारबाही गर भन्ने दबाव दिनु हो.

      Reply
  7. योगेश आदी says:
    May 21, 2013 at 4:16 am

    यी पांचलाइ जेलमा कोचेर सम्पति जफत गरेपछि नेपालमा डन सन् सब हराउदै जानेछ !
    यी पांच पछि अरु १०/१५ जति चल्तीको डनलाइ तह लगाउने हो भने समाजमा बिस्तारै अमन-चयन छाउन थाल्ने छ !!

    Reply
  8. b.k pandey says:
    May 21, 2013 at 4:15 am

    हा हा हा ,good joke .डन खाली ५ जना मात्र होइन ,१९९० पछि को नेपालमा गिरिजा ,ओली ,प्रचण्ड , त्यस पछि ब्यापारी ,कर्मचारी सबै ‘डन ‘ हो.त्यसैले अख्तियार को प्रमुख मा अपराधी लाई कसरि नियुक्ति भयो , ask प्रचण्ड !!!!! मलाई माओबादी ले राम्रो काम गर्ला भनेको त् खाओबादी बने पछि ‘god help नेपाल ‘एंड shame on you ‘नेता भनाउदा हरु.एक दिन मर्न पर्छ . do the right thing कृपया कृपया,कृपया

    Reply
  9. razen says:
    May 21, 2013 at 3:41 am

    भाबिस्सेका हुनेवाला ठुला नेताहरुको प्रचार प्रसार जस्तो पो लाग्यो |

    Reply
  10. Rahul K. Yadav-USA says:
    May 21, 2013 at 3:39 am

    my friends, believe me Every dog has a day. That’s all

    Reply
  11. Suman bhote says:
    May 21, 2013 at 2:28 am

    यो त चुनाब अगाडी इनिहरुको मुल्य तोक्या जस्तो भयो…….
    ल ल आउनुस भाडामा लिनुस र चुनाब जित्नुस…. जस्तो लग्यो मलाई….
    अब ठुला पार्टी हरुले इनिहरुलाई भाडामा लिन्छन र चुनाब मा होमिन्छन…..
    मुल्य सरकार ले तोक्यो…… बर्गेन अब पार्टी ले गर्छन….

    Reply
  12. Manoj Thapa says:
    May 20, 2013 at 11:46 pm

    डनहरुले चलाएको देशमा कसले डनलाइ कारबाई गर्नु. उही आफुले आफुलाई कारबाई कारबाई गरेमात्र. तर नाटक चाँही गर्न सकछन्. जस्तै प्रचण्डले आफ्नी छोरालाई कारबाई गरेको देखाए जस्तै

    Reply
  13. राम चन्द्र says:
    May 20, 2013 at 11:19 pm

    खिलराज रेग्मिले छोटे डन लाई तर्साएर बडे डन लाई सत्ता सुम्पने बाहेक अरु केही आसा नगरौ हामी जनताले ।

    Reply
  14. madan bajracharya says:
    May 20, 2013 at 10:43 pm

    २०४६ अघि; सरकारी अर्यालय र प्रहरीको नाम लिय पनि तर्सने मनाङ्गे समुदायको सामान्य उद्दण्ड दिपक र दिपक जस्तै मनाङ्गे समुदायको युवाहरु यो हद सम्मको गुण्डा बन्नुमा राजनैतिक दल; बिशेस गरेर नेपाली कांग्रेसनै बढी जिम्मेवार छ/

    दिपकको परिबार मेरो टोल छिमेकी हो/ मेरो टोलमा मनांगे समुदाय को ठुलै बसोबास छ/ २०४६ अघि; सानो बेला आफ्नै गुम्बामा पढ्ने मनाङ्गे युवाहरु बोलीचालीको नेपाली समेत राम्रो बोल्न सक्दैन/ तेसैले उनीहरु आफ्नै समुदायको युवाको संगतिमा बस्छन/ दिपक पनि तेस्तै थियो र आफ्नै समुदायको युवाहरुको नाइके मात्रै थियो गुण्डा थियन/

    मिठो बोल्ने ठुलालाई आदर गर्ने दिपकको परिबार अरु मनाङ्गे व्यापारीहरु जस्तै सम्पन्न थियन/ साथि भाई सिट खान बस्न घुम्न उसको डेरामा बस्ने परिबारले उसलाई खर्च दिन सक्दैनथ्यो/ यहि कारणले दीपक टोल बाहिर तुम्बा खाने होटेल तिर तर्साउने सामान्य गुण्डा बन्न बाध्य गरेको हुन् सक्छ/ तर टोलमा उसले तर्सायको घटना सुनेको पनि थियन/ तर २०४६ पछि गिरिजाले गरेको मध्यावधि चुनाव भयको बेला सम्ममा ठुलै राजनैतिक सन्रछ्यन पायको गुण्डा दलको नाइके बने/

    मेरो टोलमा मनाङ्गेहरुको ठुलो बसोबास छ र तिनीहरु अरु बेला उपेछ्याको पात्रहरु भय पनि चुनावमा भोटको श्रोत थियो/ मनागे समाजको भोत् पाउन हरायक मनान्गेको घर डुल्नु पर्दैन/ नेपाली भाषा बोल्न बुझ्न समस्या भयको कारणले पनि मनाङ्गे समुदाय टोलको अरु जात समुदायका सिट तेती हेल्मेल्मा रहन्दैन्थ्यो/ राजनीति बुझ्दैन कम्युनिस्ट देखि झस्कन्छ/ पंचायतकालमा सरकारी कर्मचारी र प्रहरीको शोसन बात पिडित थिय/ चुनावको बेला उनीहरुकै भाषामा उनीहरुकै समुदायकोले जसलाई भोट दिनु भन्छ तेसैलाई भोट दिन्थ्यो/

    यस्तो अबस्थामा उपत्यकामा सबै मनाङ्गे समुदायले ठुलालाई अत्यन्त आदर गर्ने, बलियो पाखुरा भयको मनाङ्गे युवाहरुको नाइके बनेको दिपक कांग्रेसको निमित भोट बटुल्ने मेसिन बने/ कांग्रेसको ठुला नेताहरुको सम्पर्कमा पुगे पछि दिपकको समुह सामान्य उदण्ड समुह रहेन/ गिरिजाले गरेको मध्यावधि चुनावको बेला साम्मा दिपक राजनैतिक गुण्डा बनि सकेको थियो/ पंचायतकालमा पुलिसको नाम लिय मात्र पनि दिपक सिट पुलिश तर्सने भयको थियो/

    गिरिजाको मध्यावधि चुनाव ताका उहिले उपत्यकाको जनकपुरको म्युनिस्पलतीहरुमा स्थानीय भाषाहरु मा पनि कामकाज गर्न सकिने ब्यबस्थाको बिरुद्ध सर्वोच्च अदालतमा रित ठोक्ने कांग्रेसी अधिबक्ता उम्मेदवारले दिपक लगायर धोबिचौर्को युथ क्याम्पस बुथ कब्जा गर्ने प्रयास गरेको बेला म चुनाव सुपरिबेछ्यक भयको थिय/ मैले प्रहरीलाई भनेर दिपकको समुहलाई बुथ बात हटाउन लगायको थिय/ बुथ बाहिर हतियार बोकेर आयको दिपकको समुह लाई प्रहरुले पकडेको पनि थियो/ मनाङ्गे समुदाय सिट मेरो सम्भंध भयको कारणले मात्रै दिपकले मलाइ केहि नगरेको थियो/

    Reply
  15. Ramchandra says:
    May 20, 2013 at 10:00 pm

    एक दिन यी ५ डनहरु विभिन्न निकाय देखि आयोग सम्मका प्रमुख हुनेछन l हामी जिल्ल राम हुनेछौ l

    Reply
  16. yukta says:
    May 20, 2013 at 7:21 pm

    मुख्य राजनीतिक दलका नाम चलेका चल्ता पुर्जा नेता हरु को आशिर्बाद को हात जब सम्म यी डन हरु को सिर मा भै रहन्छ हात्ती आयो -हात्ती आयो फुस्सा जस्तो हो किन भने यी डन हरु छाती फुलाएर घुमी रहेको छ तर सम्पति सुद्धिकरण बिभाग ले एक जना चक्रे मिलन ( मिलन गुरुङ ) भन्ने व्यक्ति हाल मा जेल मा छन अरु फरार भनेर बेशेष अदालत मा मुद्दा दर्ता गरेको छ ! कानुन अनुसार बिशेष अदालत मा मुद्दा दर्ता गर्दा अभियुक्त हरु लाई हतकडी सहित अदालत मा उपस्थित गराउनु पर्ने हो तर खोइ ? किन कि हाम्रा देश का नेता हरु को दवाब ले गर्दा बिभाग हिच्किचाएको हो ! अब सम्मानीय अदालत बाट पक्राउ पुर्जी जारी गर्यो भने अर्कै कुरा !

    Reply
  17. Chetan Nepali says:
    May 20, 2013 at 7:20 pm

    यिनिहरुता आफुलाई डन भन्न नडराउने बहादुर नेपालीहरु परेछन ! त्यस्तै आफुलाई सरकारी डन सम्झने भन्सार, मालपोत, इम्मिग्रेशन, प्रहरी, आर्मी, कालो बजारी ब्यापारीहरु र नेताहरु (डरपोक नेपालीहरु) लगायतले अबैध रुपमा कमाएको सम्पत्तिको चाही सुद्धिकरण कहिले हुनेनी????

    जब सम्म प्रतेक नेपालीलाई समान ब्यबहार गर्ने कानूनको ब्यबहारमा लागु हुन्दैन तब सम्म कहिले पनि यो कदम सफल हुन्दैन !!!

    Reply
  18. Govinda Thapa, Qatar says:
    May 20, 2013 at 6:05 pm

    हामी नेपालीको येही बानी नराम्रो केही नगर्दा गरेन गर्दा यो खेल र त्यो खेल … येसरी दोष मात्र दिनु भन्दा राम्रो सुरुवातको परसंसा गरौँ … येस भित्र नपरेका डनहरु तिर पनि सरकारको आखा लगाउने काम गरौँ येस्तो काम मा साथ दिउँ .. आफुले गर्ने केहि होईन सधै गरेको काम मा खोट मात्र देखाउने…

    Reply
  19. Basanta Thapa,Maryland,USA says:
    May 20, 2013 at 6:05 pm

    बिचार र ब्यबहारको राजनिती मरेको देशमा अनि देशै भरि मसल(हत्या ,धम्कि ,गुण्डागर्दी) पसल(पैसा ,रक्सि ,मासु ) ठयासल (बन्दुक,बुथकब्जा ) र बिदेशी च्यानल मा अडेको ,चलेको राजनिती ,राज्यसत्ता र राजनेता यो छोरी कुटेर बुहारी तर्साएको मात्र हो \ यति चाडै सुदिन आउला र देशमा ?

    Reply
  20. किंग देवकोटा says:
    May 20, 2013 at 5:26 pm

    यी मोराहरुको येत्तिका धेरै सम्पत्ति , झन् यिनलाई पाल्ने पोस्ने अनि शरण दिने नेता भनौदा हरुको सम्पत्ति कति होला? यो पो सोच्नु पर्ने बिषय भो त अब |

    Reply
  21. subba basanta says:
    May 20, 2013 at 5:13 pm

    हामी नेपाली हरु ले धेरै बाद र तन्त्रहरु को स्वाद चाखी सकेउ l मेरो बिचारमा अब नेपाली हरु ले हिटलर बाद को स्वाद चाख्ने हो कि

    Reply
  22. pradeep says:
    May 20, 2013 at 4:54 pm

    यिनीहरुले पनि चुनाब लडेर मन्त्रि बन्ने अवसर पाउने भय ! जनताका नेता लाई त भ्रस्टाचार गरेर जेल बाट निस्किय पछि फूलमाला लगायर स्वागत गरेर फेरी चुनाब मा भोट दियर मन्त्रि बनाउने हामी छौं ! यी त मोहडा मात्र त हुन् नि ! चुनाब हुनु अगाडी यिनीहरु को फैसला हुनु पर्यो नत्र नेताहरु को खर्च कसले जुताईदिने ?

    Reply
  23. simit gauchan says:
    May 20, 2013 at 3:35 pm

    सब भन्दा ठुलो गुण्डा त प्रचड़े हो , अबैध सम्पति १५ करोड , १७ हजार ज्यान मारा मुद्दा , अपहरण ,चन्दा असुली कमिशन त कति हो कति ,, त्यसैले पहिला प्रचंडे र अन्य भ्रष्ट नेता अनि यी पाच डन !!!!!!!!!!!

    Reply
    1. rosi says:
      May 20, 2013 at 10:49 pm

      he has at least १५०० करोड , साथी आझै पन्ध्र करोड मा रहेछन

      Reply
  24. रविन says:
    May 20, 2013 at 3:34 pm

    गफै त हो नि सम्धी.
    नेता भानौदको तिर पनि यो सम्पत्ति सुद्धिकरणको ध्यान जाला कि ?

    Reply
  25. रविन says:
    May 20, 2013 at 3:15 pm

    कसैलाई पनि केहि कर्वाबाही हुन्न
    केहि समय देखाउन जेल हल्लान. जेल जानु र आउनु भनेको यिनीहरुको लागि पानी पधेरो हो. यो देशमा सबै भन्दा ठुलो गुन्डा भनेका त राजनैतिक पार्टीका माथिका नेतानै हुन् .

    Reply
    1. तेन्जिंग गाबा says:
      May 20, 2013 at 3:27 pm

      के को पानी पधेरो मात्र हुनु नि ?
      “attached bathroom ” भन्नुस न …………………जदौ !!!!!

      Reply
      1. Ramchandra says:
        May 21, 2013 at 4:42 pm

        सुन्नमा आएको कुरा “डन” हरुको लागि हनुमान ढोका देखि सदर झयालखाना सम्म लाई “guest house” भन्छन अरे 😀

        Reply
  26. bizaya says:
    May 20, 2013 at 3:06 pm

    लौ मार्यो…..डोन हरु को पैसा ले चुनाव जितौंला भन्ठानेको त् …….अब आउने चुनाव को खर्च को संग माग्ने होला. …..

    Reply
  27. Pratik says:
    May 20, 2013 at 2:52 pm

    This is good news.I hope these guys will be prosecuted.

    However, the number one don of Nepal is Prachanda. Can he or his family members furnish the legitimate source of income for the wealth they own?

    Reply
  28. Luna says:
    May 20, 2013 at 2:44 pm

    “पाँच ‘डन’- फँस्लान् कि बच्लान् “?
    ” सब ‘डन’हरुलाई हाम्रो पार्टीमा आइज, नत्र बच्दैनस् भनी प्रचण्डले यो मेसेज दिएको हो। नत्र खोई त माओवादीका कोही किन नपरेका” ? —

    मलाई चै अचम्मै लागि राख्या छ —- के माओबादीले ( प्रचण्ड ग्रुप ) ले आफ्नो
    खुट्टामा बन्चरो आफै हान्या हो त ??? !!!
    यदि यी पांच गुण्डाहरु जेलमा कैद भए र यिनका अबैध सम्पतिलाई रास्ट्रीयकरण
    गर्न यो सरकार सफल भयो भने यी पांच गुण्डाहरु संगै अन्य पचासौ गुण्डाहरुको
    अबैध सम्पति रास्ट्रीयकरण गर्न यो सरकार सफल हुने छ .
    त्यसो हो भने माओबादि पार्टी र उ संग सम्बन्धितहरुले छोटो समयमा नै कमाएको अबैध सम्पति ? त्यो पनि यो सरकारले रास्ट्रीयकरण गर्न सफल हुने छ .
    हुम्म्म् ——–
    लाग्छ अब पर्दा झन् झन् खुल्दै जाने छ ——-

    Reply
  29. निरायण says:
    May 20, 2013 at 2:18 pm

    यो देशका नेता नै डनका मालिक हुन कहा यिनिहरु फस्नु ? नि बरु यिनै डनको मुद्दा मिलाएर यस पटकको चुनाव खर्च नेताले निकाल्ने भए । व्यपारी कर्मचारीलाई चन्दाको राहत मिल्छ कि ?

    Reply
  30. Narayan says:
    May 20, 2013 at 2:16 pm

    म चै नेपाल मा हावा हुरी ले मात्र समाचार र महत्व पाएको देख्दा वाक्क लाग्छ होउ . यता उता गर्यो खाले जनता थर्किने कुराहरु मात्र आगाडी आउछन सबैलाई रोड मा डोरीले बाडेर चाइना मा मओत्सेतुंगले जसरि डोजर ले पेलेर सिद्द्यौने मान्छे वा पार्टी कहिले जन्मने हो भन्ने सोच मात्र आउच 🙂

    Reply
  31. shyam says:
    May 20, 2013 at 2:10 pm

    पाँच डन चार दल? सरासर अन्याय |

    Reply
  32. सुमन says:
    May 20, 2013 at 2:05 pm

    मुद्दा दर्ता हुँदैमा प्रक्रिया अघि बढ्छ र प्रकिया बढ्दैमा सही दिशामा गएर टुंगिन्छ भनेर नचिताए पनि हुन्छ| कसैलाई थाहा नदिई राजधानी देखि टाडा देशको अज्ञात एकान्त ठाउँमा लगेर यी डनहरुलाई थर्ड डीग्री प्रयोग शुरु मात्र गरेर जिकिर गरे तुरन्त गीत गुञ्जन भजन सबै रेकर्ड गर्न सकिन्छ जसबाट नेताहरुको बीर गाथा खुलिन्छ|
    प्रथमत: डनहरुका सरंक्षक, संचालक, लाभग्राही र आश्रयदाताहरु राजनीति र सरकारी सेवामा रहेका बढे डनहरु पर्दा पछिका खेलाडीहरु हुन् भन्ने सबैलाई थाहा भएकै हो|
    द्वितीयत, अदालतमा एक लाख भन्दा बढी मुद्दाहरु पेनडिंग छन्| त्यही एक लाख मुद्दा थाँतीमा राखेर श्रीमान रामप्रसाद एउटा मन्त्रिलाई जेल हालेको वाह वाह पाएर रिटाएर भए भने अर्का चै देशकै प्रधान मन्त्रि पद ओगट्न पुगेका छन्|
    श्रोत नखुलेको भनेर पहिले नेताहरुलाई मुद्दा हालूंन न| लौ त् हिम्मत छ? शेर बहादुर ले भब्य महल कसरि बनाए? प्रचण्डको खर्चको आम्दामी के हो? आय फलाना र तेलाना श्रोत बाट देखाउने हो भने कर तिरेको खोइ? लहरा तान्दा पहरा गर्जन्छ| खुम बहादुर ले जस्तो विदेश जाँदा दैनिक भत्ता बचेको भनेर झुटो बिवरण दिने लाई अझ कडा सजाय हुनपर्छ| वा दैनिक भत्ता खर्च नगरेर देशको राजदुतावास वा लब्बी गर्ने बेपारी श्रोत बाट आतिथ्य लिनु झन् महापाप हो|

    Reply
  33. भाई says:
    May 20, 2013 at 1:59 pm

    त्यत्रो चुनाव हुने हल्ला छ, कसरि फस्लान र? पक्का बच्लान ! त्यति मात्रै हो र, चुनाव भयो भने चुनावमा लड्लान र जित्लान अनि हामीलाई लोप्पा खुवाईदेलान |
    तर साचैनै कारवाही गर्ने बिचार शुद्धिकरण विभागले गरेको हो भने, यो मुद्दालाई लामो प्रक्रियामा नगैकन, वादी प्रतिवादी वकिलहरुलाई बिदा लिएर बस्न नदिकन, म्यादलाई बिनाकारण थप्दै लग्ने चलनलाई भंग गर्दै, प्रमाण १५ दिन भित्र जुटाउन आदेश दिएर कमसेकम ३० दिनभित्र यो मुद्दाको छिनोफानो गर्नुपर्छ |
    मेरो बिचारमा त दोषीलाई बचाउन खोज्ने वकिललाई पनि ३ वर्ष को कैद दिने नया कानूनको आवश्यकता छ | अनि बल्ल यस्ता बकमफुसेहरुलाई बचाउन खोज्ने धुर्त वकिलहरू पनि पाखा लाग्नेछन् |

    Reply
  34. tilak says:
    May 20, 2013 at 1:23 pm

    The reason Maoist are not there is because the entire lot are considered as “Don”. Who is going to mess with them?

    Reply
  35. Ramesh Suwal says:
    May 20, 2013 at 1:17 pm

    एमाले पहिला ढुलमुले पार्टी भनेर चिनिथ्यो अहिले गुन्दहरुको पार्टी भनेर चिनिसकेको अबस्थमा एमालेको अबशान निश्चित छ किनकि गुण्ड नाइके हरु धमाधम जेल जन्दैछा.

    Reply
  36. Harke says:
    May 20, 2013 at 12:57 pm

    यी त भारेभुरे डन हुन्, ठुला डनहरु त प्रचंडे, गच्छदार, ओली, खुमेहरु जस्ता हुन्….चेतना भया !

    Reply
  37. Bibek Dhakal says:
    May 20, 2013 at 12:42 pm

    यी गुण्डाहरु ( ‘डन’ भन्न मन लागेन, मारलन ब्राण्डो को बेइजत हुन्छ!) को पक्षमा नेताहरुबाट (के पी ओली, गक्ष्दार जस्ता) खुलेरै बिरोध आउने सम्भावना छ… झन् माओवादी सम्वद्द गुण्डाहरु पक्राउ नपरेपछि त झन् के चाहियो र, यसलाई षडयन्त्रको रूपमा व्याख्या गरिनेछ.! यो काम त नेताहरुको भयो – तर हामि जनताहरुले अब यस्ता लाइ साथ् दिनु भएन…चाहे जून सुकै पार्टी सम्बद्द ( राम्रै वा आफुलाई मन पर्ने किन नहोस) यस्ता असामाजिक तत्वहरु निरुत्साहित हुन्छन भने हाम्ले पुरा साथ् दिनु पर्यो – “ए फलानो पार्टीको कसैलाई केहि नहुने अनि बिचरा यी पार्टीको गुण्डा लाइ मात्र सास्ती! ” भनेर सोच्ने हो भने राजनीति संरक्षित अपराधको जालोबाट देश कहिले मुक्त हुने छैन….भोलि परशुराम बस्नेत पक्राउ पर्यो भनेर युथ फोर्स नामक जत्थाले बिरोध गर्ला बन्द गर्ला तर यस्ता बन्दहरुलाई समर्थन गरिदिनु भएन! गुण्डाको समर्थनमा कोहि लाग्छ भने त्यो गुण्डै हो, राजनैतिक चिन्तन भाको पार्टी वा व्यक्ति हुन सक्दैन! अब बिस्तारै यी गुण्डाहरुलाई संरक्ष्ण दिने नेताको खोल ओढेका “माहागुण्डाहरु” पनि पक्राउ परून…र अन्तिममा फेरी, जुन सुकै राजनैतिक पृष्ठभूमि का हून, गुण्डा भनेको गुण्डै हुन्, इन्लाई संरक्ष्ण दिने पनि गुण्डै हून र यिनीहरु प्रति कदापि पनि कुनै सहानाभूति हाम्ले राख्नू हुदैन, चाहे इनिहरु जेलमा सडेर मरून वा गल्ति भन्दा ठुलो सजायको भागिदार बनून!!!

    Reply
  38. saru says:
    May 20, 2013 at 12:41 pm

    यो त उल्टो कुरो भो पहिले यिनीहरुको वोस राजनीतिक नेता हरु को सम्पति छानबिन र कारबाही हुनु पर्छ नत्र मुहान सफा नगरिकन तल तल मात्र सफा गरि राख्यो भने बागमती सफाई अभियान जस्तो हुन्छ.जय पुरानो नेपाल

    Reply
    1. bibek dhakal says:
      May 20, 2013 at 9:15 pm

      हाहा सरू जी, पृथ्वी नारायण शाह र बुढी आमैको कथा बिर्सिनुभो ६ ७ कक्षा तिर पढेको? पृथ्वी नारायण शाह नुवाकोट हो कि कुनी कहाको लडाइमा हारेर फर्किदा एक ठाउमा बास लिन पुगेछन जहाँ एक बुढी आमा मात्र थियिन रे ….तर उनले आफु को हो भनेर त्यो घरकी बुढी आमैलाई भनेन छन् रे.. बेलका बुढीले भात पस्केर दिएपछि पृथ्वी नारायणले थालको बिचमा हात हालेर गाँस लिन खोज्दा तातो भातले बेस्सरी पोलेछ रे अनि कराएछन रे ( सायद दर्बार मा सुसारेहरुले सेलाएपछि मात्र दिन्थे होलान!)…अनि बुढीले – ” थुक्क छोरा, त पनि त्यो पृथ्वी नारायण शाह भन्ने राजा जस्तै मुर्ख रैछ्स..एकैपटक तातो भातको बिचमा हात हालेपछि पोल्दैन त? बिस्तारै छेउ छेउ बाट लिंदै जानु पर्छ नि..” बूढी आमैको तात्पर्य पृथ्वी नारायण शाहले पहिला सान सानो राज्य जितेर अनि ठुलो राज्यमा हमला गर्नु पर्छ भन्ने थियो…….
      अब यो सत्य घटना हो या किम्बदन्ती हो त्यो मलाई थाहा छैन तर आज पनि यो कथाको अर्ति उत्तिकै सान्दर्भिक छ जस्तो लाग्छ…त्यसैले सरूजी यी “बोस”हरुलाई पहरा दिने, यिनीहरुको इनर्जीको रूपमा रहेका यस्ता सुकुल्गुण्डा, बिद्यार्थी गुण्डा, कार्यकर्ता गुण्डा, कर्मचारी गुण्डा हरुलाई बिस्तारै ठीक पर्दै जाने हो भने ति “बोस” हरु को पनि अस्तित्व समाप्त हुन्छ….मेरो बुझाइ!

      Reply
      1. madan bajracharya says:
        May 20, 2013 at 11:41 pm

        बिबेक ज्यु

        पृथ्बी नारायण शाहले पहिलो पटक उपत्यकामा आक्रमण गर्ने क्रममा कीर्तिपुरमा भयको युद्धमा कालु पाण्डे मारिय र भाइ सुर प्रतापको आँखा फुटे अनि किर्तिपुरको अदना सिपाहीले पृथ्बी नारायण शाहलाई समायर काट्न खोजेको बेला अरु सिपाहीले राजा मार्नु पन्च महापाप हुन्छ भनेकोले त्यो सिपाहीले पृथ्बी नारायण शाहलाई भाग्न दियो/ त्यहाबाट भाग्ने क्रममा तपाइंले भनेको कुरा घटेको थियो भनिन्छ/

        Reply
  39. बले जी says:
    May 20, 2013 at 12:41 pm

    खै , मलाई त खास्सै विश्वास छैन, तेही पैसा जम्मा पारेर सम्बन्धित पक्ष्य लाई अलि अलि दिए भने मज्जाले उम्कन पौछन नि / तर तेस्तो नहोस / यो राम्रो कदम हो /

    राजनीतिक सम्रछेन हुने पक्का छ /

    बले

    Reply
  40. Bijaya says:
    May 20, 2013 at 12:37 pm

    भारतमा डाँकाहरुलाई राजनैतिक दलहरुले संरक्षण दिने गरेको हल्ला सुनिन्थ्यो| भारतको इशारामा नाच्ने नेपालका राजनैतिक दलहरु किन पछि पर्थे भारतको नक्कल गर्न| अब कहिले बाट यिनीहरुको समर्थनमा नेताहरुले भासन गरेको सुन्नु पर्ने भो फेरी| नेपाली जनता सचेत हुदैछन अब धेरै दिन छैन यिनीहरुको मनोमानी|सचेत भया:

    Reply
  41. द्रोण says:
    May 20, 2013 at 12:37 pm

    डन हरु चुनाबी अस्त्र हुन् , बुथ कब्जा गर्न , जनतामा आतंक सिर्जना गर्न ,बिपक्षी नेताको अपहरण आदि मा डन को काम आउछ , अब अहिले उनीहरुको मोल मोलाइको बेला छ |
    एसले पनि देश चुनाब को बाटोमा हिडेको भान हुन्छ |

    खी रा रे ले तिनीहरुलाई सधै जेल कोच्न सके भनेचाई तारिफ गर्नैपर्छ |

    Reply
  42. तेन्जिंग गाबा says:
    May 20, 2013 at 12:16 pm

    नेपाली मिडिया-छापाहरुले “चोर-गुण्डाको नाइके” हरुलाई “डन” भनेर सम्बोधन नगर्दा हुदैन र ?
    …………………………………………..
    मैले नबुझेको हो कि खै के हो, झिना-मसिना अपराधीले उनीहरुको नाइकेलाई आदरार्थ सम्बोधन गर्ने शदाबली हो….. “डन” (त्यो पनि केवल हलिउड-बलिउड सस्कृतिमा वा माफिया सस्कारमा)

    Reply
  43. Nabin Adhikari says:
    May 20, 2013 at 12:13 pm

    प्रचण्ड द्वारा आफ्नो ज्यानमारा पार्टी मा आउन को लागि उर्दी गरेको मात्र हो| डाका हरु को सरदार प्रचंडे र उसको पार्टीका डाकाहरु लाई चाही किन मुद्दा दर्ता हुदैन?

    Reply
    1. Harke says:
      May 20, 2013 at 12:59 pm

      कहा तेस्तो भन्नु भाको…शान्ति प्रक्रिया बिथोलिएला है….होस् गर्नुस..;)

      Reply
      1. rajesh says:
        May 20, 2013 at 2:45 pm

        यी निस्की हाले नि गुण्डा हरु को संग्रक्षण मा. प्रचण्ड को षड्यन्त्र रे! थुक्क खाते हो!

        Reply
        1. Nabin Adhikari says:
          May 20, 2013 at 5:58 pm

          राजेश जी, ४ पार्टीका डाका हरुलाइ मुद्दा दर्ता भयो स्वागत योग्ग काम हो… तर प्रचंडे को पार्टीका डाकाहरु लाई किन मुद्दा दर्ता भएन? पार्टी को चस्मा खोले र हर्नुहोस छर्लंग हुन्छ |
          चेतना भया |

          Reply
  44. sabita pradhan says:
    May 20, 2013 at 12:05 pm

    नेपालमा न्याय नपाए डनको मा जानु भन्ने परम्परा भै सकेको छ, के गर्नु, तितो सत्य हो
    जस्तै कि अहिले ढुकुटीमा पैसा फस्नेहरुको पैसा असुल्न पुलिशले पटक्कै सहायोग गर्दैन, फस्नु पैसा फसी सक्यो, पुलिशले ढुकुटी को बैधानिकतालाइ प्रश्न गर्दै बस्छ.
    डनलाइ भन्यो भने आधि पैसा लिन्छ, तर आधि पैसा त असुल्न पाइन्छ,
    भलै त्यो डनले आधि पैसा लियोस, भलो उसैले गरि दिन्छ.
    येस्तै रहेछ येहाको चलन , संबिधान बनाउनेहरु नै डनहरु परेपछि के गर्ने.

    Reply
  45. GANESH says:
    May 20, 2013 at 11:58 am

    इ गुन्डा राजहरु झन् चर्चित हुने मौका पाय , तेसैले यी गुन्डालै कारबाही नभैअ झन् गुन्डागर्दी मौलाउने मैले देखेको छु .

    Reply
  46. Toyannath Dahal says:
    May 20, 2013 at 11:37 am

    चुनाब अघि डनहरु भगाउने रेग्मी सरकारको योजना मनासिब छ तर राजनीतिक दबाब थाम्ने हो कि होइन हेर्ने पर्ने हुन्छ

    Reply
  47. Mohan Subba says:
    May 20, 2013 at 11:34 am

    सम्पति शुद्धिकरण ऐन बमोजिम कारबाही भए त अवस्य यस्ता डन,नेता र भ्रस्टचारी कर्मचारीहरु फ़स्छन नै तर अब यी डनहरुको बचाउमा को को नेताहरु अदालतको संघारमा तेर्सिने हुन्?पैसा भने पछि महादेवको पनि तिन नेत्र हुन्छ भन्छन /विधिको सासन नै चलाए त रेग्मी सरकार लाई मुरी मुरी साधुबाद छ/

    Reply
  48. krishna says:
    May 20, 2013 at 11:17 am

    यो देश गुन्डा डाँका फटाहा र तिनीहरुलाई सम्रछेन गर्ने पार्टीका नेताहरुले चलाएका छन् र त यो गति छ भएको छ हाम्रो, श्रमको लागि बिदेशिनु परेको छ, एक्काइशौ शताब्दीमा पनि सिटामोल खान नपाएर मरिरहनु परेको छ, संसार प्रगतिको दौडमा तछाड-मछाड छ तर हामी???? यी गुन्दाहरुको साथै सम्बन्धित नातागोताहरुको नाममा लुकाइएको अबैध सम्पति तुरुन्त जफत गरि जेल चलन गरियोस,

    Reply
  49. Bimala POUDEL says:
    May 20, 2013 at 11:08 am

    कमेसकम काम त शुरु भयो । बाँकी कुरा यिनलाई जसले बचाउँछ त्यसलाई जनताले चिन्नेछन् र माफी कहिल्यै दिनेछैनन ।

    Reply
  50. राम राज says:
    May 20, 2013 at 11:06 am

    सब ‘डन’हरुलाई हाम्रो पार्टीमा आइज, नत्र बच्दैनस् भनी प्रचण्डले यो मेसेज दिएको हो। नत्र खोई त माओवादीका कोही किन नपरेका?

    = भोलि कथम्कदाचित माओबादि को शक्ति क्षीण भयो र कांग्रेस तथा एमाले शक्तिमान भए भने हिजो खुमबहादुर र वाग्ले लाइ जस्तै गरि माओबादि का छोटा मोटा डन र स्वम प्रचण्ड बिरुद्ध नि मुद्धा पर्न सक्छ |
    *नेपाल मा यस्ता मुद्धा न्याय को लागि भन्दा नि प्रतिसोध र चाल-बाजी को लागि हाल्ने गरिन्छ*

    Reply
    1. rajesh says:
      May 21, 2013 at 2:53 pm

      माओबादीको कुन डोन हो नाम बताउनत ब्रो परेन भनेर रिस गरेर मात्र हुन्छ ब्रो दिनेस अधिकारी चरिता एमालेको हो के पी ओलीले टिका लाएर भित्र्याका …..अरु माओबादीका don को नाम देउनत ब्रो

      Reply
  51. Binod says:
    May 20, 2013 at 11:02 am

    सब ‘डन’हरुलाई हाम्रो पार्टीमा आइज, नत्र बच्दैनस् भनी प्रचण्डले यो मेसेज दिएको हो। अर्थोक केही हुनेवाला छैन ।

    Reply
    1. madan bajracharya says:
      May 21, 2013 at 8:45 pm

      अब हुने चुनावलाई ध्यान राख्दा हुन् सक्छ तपाइंको कुरा/ अखितियारमा लोकलाई ल्याउने त् मावोबदिनै हो/ इ डनहरु सबै मावोबादीको प्रतिद्वन्दी दलहरु सिट नजिकका हुन्/

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme