Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धमला पत्‍नीसहित टिभीमा देखिँदा..

Posted on May 21, 2013May 22, 2013 by mysansar

-रुपक खतिवडा-
rishi दुर्गाप्रसाद धमलालाई खासै कसैले चिन्दैनन्। तर उनैको अर्को नाम ऋषि धमलालाई भने नचिन्ने को होला र ! कतिलाई त उनको अनुहार टिभीमा देखिँदा रिसै उठ्ने भयो भन्छन्। उनै धमला भर्खरै बिहे गरेपछि पत्‍नीसहित टिभीमा देखा पर्न थालेका छन्। हिमालय टिभीमा अस्ति भर्खरै श्रीमान् श्रीमतीको अन्तर्वार्ता लिने कार्यक्रम जीवन साथीमा धमला जोडीको अन्तर्वार्ता प्रसारण भएको थियो। आजभोलि यता लोडसेडिङ हुने कारणले कतिले त्यो हेर्न पाउनु भएन होला। खासै तुक नभए पनि हसाँउने गरी रमाइलो भएकोले तपाईँहरुलाई पनि यो अन्तर्वार्ता सेयर गर्न मन लाग्यो। मंसिरमा बिहे गर्ने भनेका धमलाले वैशाखमा बल्ल बिहे गर्न पाए। किन भन्ने प्रश्नमा उनले लम्बेचौडे व्याख्यान लगाए। तर उनकी पत्‍नी एलिजा गौतमले भने सजिलै धमलाको काका बितेकोले ढिला भएको भन्ने जवाफ दिइन्।
rishi2

rishi1 विवाह तीन महिनामात्रै ढिला भएको र त्यस अवधिमा पनि आफूहरुबीच सहमति र ‘सहकार्य’ जारी रहेको भन्ने धमलाको जवाफ सुनेर पेट मिचीमिची हाँस्न बाध्य भएँ म।

जोडीको पारा पनि गज्जबको थियो। पत्‍नी सारी लगाएर खुट्टा हल्लाउँदै अन्तर्वार्ता दिइरहेकी थिइन् भने पति धमला चट्ट टाइसहितको सुटमा ठाँट्टिएर जवाफ दिइरहेका थिए। दुई जनाले आफूहरुबीच १७ वर्ष उमेर फरक भएको पनि सुनाए। नेपालको कानुन अनुसार दुलाहा र दुलहीबीच यति धेरै वर्ष अन्तर हुनु भनेको अनमेल विवाह हो। तर मियाँ बिबी राजी भएपछि कोही पाजीहरुलाई के मतलब!

धमलाको विषयमा धेरैले नकारात्मक कुरामा जोड दिन्छन्। तर कामप्रति उनको लगन र मेहनतको भने कदर गर्नैपर्छ। उनले विवाहको दिनसमेत नेपालका विभिन्न रेडियो स्टेशनमा प्रसारण हुने वाणी बहसका लागि लाइभ इन्टरभ्यु लिएका रहेछन्।

लौ अन्तर्वार्ता हेर्नुस् र थप रमाइलो कुरा देख्नुभए बाँड्नुहोस्-

138 thoughts on “धमला पत्‍नीसहित टिभीमा देखिँदा..”

  1. cRIS says:
    May 27, 2013 at 4:35 pm

    म गलत ठहरिउं, तर यिनेर्को विबहा २ बर्ष कट्दैन झैँ लाग्यो|

    चाहिदो भन्दा बढी ल्याप्रे घसेर, एकअर्कालाई रिझाउन खोजेको, या त आफ्नो इच्छा यस्तो होस् भन्ने जाहेर गरेको, हाउभाउहरु क्षणिक हुन्छन|

    Reply
  2. Sanjay says:
    May 27, 2013 at 11:46 am

    Aliza … Please check your eye..

    Reply
  3. Lohani Indra says:
    May 27, 2013 at 1:10 am

    हाँडी हो कि गमला बिहे पछि बल्ल त third नम्बरमा पर्छु भन्ने ठान्दोरैछ. बिहे अघि त ३०० नम्बरमा थियो होला नि.

    Reply
  4. Lohani Indra says:
    May 27, 2013 at 12:47 am

    मोरो धमला आफु तेस्रो नम्बरमा नै हुँ भन्ने चाहिं आफैलाई थाहा रैछ .

    Reply
  5. राम चन्द्र says:
    May 26, 2013 at 9:26 am

    टि भि मा प्र दर्शन धेरै नगरौ धमाला जि फेरी गमलाले आफ्नै टाउको फुटौनु पर्ला । उडाइदेला अर्कैले ।

    Reply
  6. nisha chettri says:
    May 25, 2013 at 11:28 pm

    May be 1 day will come soon,dhamal wife will ask him let’s go pub to hang out!!!n reply from dhamala what is pub n where is pub,बुझने लै श्री खण्ड नबुझने लै…………………….!!!!!!!!!!!!!!!!!!!

    Reply
  7. Sishi Gamala says:
    May 25, 2013 at 4:54 pm

    हाम्रो ऋषि धमला कति को लोकप्रिय छ भनेर कमेन्ट पढेर नै थाहा हुन्छ | यो मान्छे लाई न त बोल्न आउछ न सोमत नै छ | यो मंच कसरि पत्रकार भय छ , अनि यो मान्छे कसरि रेपोर्तेर्स क्लुब को अध्या छ भय छ | आफु ले आफुलाई के सम्झन छ | यो मान्छे लाई पक्कै बिदेशी प्रभु को हात हुनुपर्छ |

    Reply
  8. sahadev thapa says:
    May 25, 2013 at 7:30 am

    भालेपोथी टक सो कार्यक्रम !

    कोहि पोथीहरु धरै बास्ने भालेलाइ बोल्नै नदिने क्वार क्वार गरिरहने ! मानौ टेलिभिजन पर्दा पोथीको मात्र हो , कोहि ओथारो बसे झैँ गर्ने नून खाए झैँ गर्ने ! भाले मात्र कुकुरी काँ गर्ने , कोहि पोथीहरु घरमा झैँ भालेलाइ तिमी र उसको मात्र भन्ने अर्थात् यी चाहि पोथी पिडित रहेछन भन्ने प्रस्ट अनुमान गर्न सक्ने , कोहि पोथीहरु चाहि यति भालेको गुनगान गर्ने कि मानौ त्यो भाले नै संसारको बिद्दान हो अनि कोहि भालेपोथीहरु चाहि टेलिभिजन पर्दा नै हनिमुन थलो झैँ गर्ने !

    अब भालेहरुको कुरा गरौ कोहि भालेहरु आफ्नी पोथीको यति बखान गर्ने कि मानौ उनि स्वर्ग कि परि हुन अनि साक्षात् सीता हुन उनि !, पोथीहरुले भालेहरुको गुनगान गर्नु त पुरुष प्रधान देशमा नौलो के होला र ? अनि कुनै कुनै भालेपोथीहरु बिबाह भएको १५ दिन मात्र भएकोछ यति रक्सिने कि के कुरा गरौ ? होइन १५ दिन मै भालेपोथीहरुले एक अर्कालाइ तेतीबिधि कसरि चिनेका होलान ? कोहि विवाह तीन महिनामात्रै ढिला भएको र त्यस अवधिमा पनि आफूहरुबीच सहमति र ‘सहकार्य’ जारी रहेको भन्ने जवाफ सुनेर पेट मिचीमिची हाँस्न बाध्य भएँ । जब भाले नै पोथीको चाहिने भन्दा बढी बखान गर्छ अनि मलाइ चाहि लाग्छ आ ! यो अति भो बेडमा भन्ने कुरा वा फुर्क्याउने कुरा पनि टेलिभिजनमा के गरेको होला ? तेसो त कतिपय भालेपोथी टक सो कार्यक्रम ज्ञानबर्दक पनि हुन्छन , आफ्नी पोथी नभएकोले हो कि धरै भाले र पोथीहरुको चाहि वाइयात लाग्न थाल्यो /

    बिहान बेलुका फुर्शतमा हेर्ने नेपाली साइड यिनै हुन् canadanepal and dcnepal / बिशेष हाँस्य व्यंग्य कार्यक्रम र नेपाल न्युजको लागि यो वेब हेर्ने हो , कहिले हाँस्य व्यंग्य कार्यक्रम नै हुँदैन यस्तो समयमा दाहिने तिर आँखा गैहाल्छ जँहा युगल जोडीहरुको अन्तर्वार्ता हुन्छ / मन लागेनी नलागेनी हेरिन्छ यस्ता कार्यक्रमहरु

    Reply
  9. Bala Ram Thapa says:
    May 24, 2013 at 11:17 pm

    चार्ल्स सोब्राजले जस्तै, धमलाले पनि आफूभन्दा १७ बर्ष कान्छी आफुलाई सपोर्ट गर्ने श्रीमती पाए को मा बधाई ,यिनै बाट घरवार फलोस फुलोश |

    Reply
  10. प्रकाश says:
    May 24, 2013 at 8:08 pm

    उसै त ऋषि धमला, अन्तर्वार्ता दिन पाको … भन्नी नेपाली उखानै छ नि !

    Reply
  11. dhruba says:
    May 24, 2013 at 7:24 pm

    नाम होस बदनाम होस तर गुमनाम नहोस । जे जसरी भएपनि ऋषि धमला चर्चामा छन । नाम छ । कसले कसरी चिन्छन त्यो बेग्लै कुरा हो । ऋषि धमलाका विषयमा धेरैजसो कमेन्ट आलोचनात्मक नै छन । तर यहाहरुलाई म एउटा कुरा सुनाउछु, ऋषि आफै भने कसैको कहिले पनि आलोचना गर्दैनन् । सबैको तारिफ नै गरिरहन्छन् ।

    Reply
  12. Kamal says:
    May 24, 2013 at 5:24 pm

    मलाई आज सम्म साएद नै कुनै comedy movie / प्रोग्राम ले हसाएको थिएन!! पुरा त मा पनि हेर्न सकिन Tara २-४ minute video र Kehi कमेन्ट ले मलाई केहि दिन पुग्ने गरि हँसाए!! यो मान्छे को Bolne सैली र बोडी languge देखेर म त सारो जिल्ल परे ! बिहे चै business deal जस्तो लग्यो र जति मपाइ हजुर तपाई भने पनि श्रीमती को इज्जत तथा इच्छा बुझ्ने मान्छे जस्तो पनि लागेन !!

    Reply
  13. Abhishek™ says:
    May 24, 2013 at 4:38 am

    His wife’s body language suggests that she is so impatient, perhaps she desperately wants to leave the show or embarrassed of something (Perhaps her husband’s bullshit) 😀

    Reply
  14. abinav thapa says:
    May 24, 2013 at 4:14 am

    मोर धमला धेरै स्वास्नी को तारिफ नगर…तेरो स्वास्नी ले अरकेइ पोइ खोजेर जाली…….

    Reply
  15. Tikaram Malla Thakuri says:
    May 23, 2013 at 9:58 pm

    यो मान्छे त नेपालका नेताहरु भन्दा पनि उपल्लो व्यक्ति हुनु पर्ने हो कसरि पत्रकार भए छ ? प्रधान मन्त्रि, मन्त्रि, नेताहरु भन्दा पहिले टी भी मा आफ्नो त्यो रातो नाक देखाउनु पर्ने ,अरुले तपाई भनोस वा नभनोस आफै मपाई भनाउन खोज्ने ,मै जान्न्जे मै सुन्ने भनेर देखाउन खोज्ने .यी घमण्डी पत्रकार भनाउदा लाई बुढेसकालमा १७ वर्षीय कोरली केटी जीवन साथी पाएकोमा हार्दिक बधाई छ l

    Reply
  16. Kalyan says:
    May 23, 2013 at 9:26 pm

    धमला जी बधाई क्ष..अनि अर्को कुरा अब को २ वर्ष पक्षि पनि तपाइको येस्तै फुर्तिला कुरा सुन्न पैयोस….काम क्षैन बा यो टीवी को ज पायो त्येइ गर्क्ष ……..धमला को कुरा सुन्दा १२ दिन हैन अलिज़ा संग १२ वर्ष बिताए जास्तो गर्क्ष

    Reply
  17. Bishwaraj says:
    May 23, 2013 at 7:37 pm

    भारत / नेपालको एजेन्ट- डन / गुण्डाहरु संग सम्बन्ध राखेर अबैध सम्पती कमाएका- ती डनहरुकै जस्तो यो धमला एजेन्टलाई पनी गर्नु जडुरी छ-

    Reply
  18. Kamal Singh says:
    May 23, 2013 at 5:58 pm

    बुढो पोइ भेटिछ, भाग्य नै लिएर आएकी रहिछ गाठे, अरु केटीहरु त् रिसैले मर्छन होला,

    यो अन्तरबार्ता सुनेर त् छक्कै परे. आमा चाही लाई मन परायेछ सुरुमा, पछि आमाले छोरी भिदाई छ.

    श्रीमतीले मन पराउने मा तेस्रो परेछ, यो चाही सच्चाई हुन् सक्छ. यो बुढो गोरुले कोरली वोगटेको मात्रै हो.

    Reply
  19. श्याम says:
    May 23, 2013 at 5:21 pm

    यो धमला र गोबिन्द मैनालीको कुरा ल्याएर क्या राम्रो काम गर्नुभयो उमेश्जिले !
    यो धमलाले पंचायतकालको रामप्रसाद खनाल बिर्सायो/यो कुन पार्टीको हो साच्चै? सुजाताले छुटायो, माकुनेको र प्रचण्डको गुनगान गाउन्छा? कांग्रेश जस्तो पनि छ, एमले जस्तो पनि छ यो धुर्त? केटि फसाएयो एसले/रामे अमेरिका गयो यो च्क्यानादा जान्छा
    अनि त्यसको किताब प्रकाशन गरे पछि यो मैनाली फेरि फस्छ जस्तो छ/

    Reply
  20. Gemmi says:
    May 23, 2013 at 2:22 pm

    धमलाको अनुहार देख्दैमा पनि धेरैको प्रेसर बढेर आउछ | यो मान्छेले दश कक्षा पनि पास गरेको छैन भन्ने सुनिएको हो | गिरिजाको सहयोगले रिपोर्टर्स क्लब खोले पनि बर्षौ न्युजमा राखेर चलाउन सक्ने केही क्षमता चाहिँ यसमा पक्कै छ | धुर्त पनि नामुद धुर्त हो भन्ने देखिएकै छ | नत्र चालीस नाघेपछि टीन-एज केटी खोज्दै बिहे गर्थ्यो ?

    Reply
    1. Dil Sagar says:
      May 23, 2013 at 5:00 pm

      अनुहार हेर्यो कि दिमाग तातेर आउछ के हेर्नु र खै. जे होस् एस्त लै नै राम्री ले पत्याउने हौ, मा त छक्क परे.

      Reply
      1. Nima says:
        May 23, 2013 at 10:35 pm

        धमलाको रुप रंग हेरेर पत्याएको होइन मित्र,धमलाको चल अचल सम्पत्तिलाई हेरेर मन पराएको हो/गांठ भए पछि अस्सी बर्षको बुढो नै किन नहोस सोह्र बर्षे तरुनीले पछ्याई हाल्छन/

        Reply
  21. Bhim says:
    May 23, 2013 at 9:46 am

    धमलाकी श्रीमतीले माँईसँसारका कमेन्ट हेरेर डिभोर्स दिन बेर छैन ।।

    Reply
    1. Sanjeev says:
      May 23, 2013 at 1:00 pm

      हाउ साथी यो इन्टरविएव हेरेर मत मर्छुकि क्या हो

      Reply
  22. robin says:
    May 23, 2013 at 9:12 am

    हाहा ऋषि धमला ले त्यस्तै गफ दिई दिई पट्ट्याको जस्तो छ |

    Reply
  23. Ravi Gautam says:
    May 23, 2013 at 5:38 am

    हा हा हा हा , idiot धमला

    Reply
  24. Binod says:
    May 23, 2013 at 4:45 am

    यो मान्छे कसरि सार्बजनिक भयो? अपहरण र बम काण्डमा सार्बजानिक अपराधमा परेको भएर? यो धुर्त भने एक नम्बर रहेछ/ एक छिनमै अफ्नो सासु,ससुरा,स्वास्नी,चुनाब,आदिको प्रचार गरी हाल्यो/
    उसले त प्लेटफर्म पायो प्रचार गर्यो आफ्नो, के बिरायो ? तर यस्तालाई पनि स्थान दिएर टि. भी. र उमिताको साफ बेइज्यत भयो/मलाई त हेर्दा पनि लाज लग्यो त्यो दिनको प्रशारण/

    Reply
  25. Bikash Rai says:
    May 23, 2013 at 2:44 am

    “मेरो लभ गर्ने समय कहाँ छ र,”
    “हाम्रो उमेरमा १७ बर्सको भिन्दता छ|”
    हरे भगवान, यो कानले पनि के-के सुन्नु परेको हौ?
    बोल्न, बस्न जानेको छैन, यस्तो पनि “बरिस्ट” पत्रकार..
    बिहे गरेको १ महिना भएको छैन, श्रीमान र श्रीमतीको गफ सानु छैन यार|
    कसैले तपाई भनेको छैन आफै मपाई |

    गफ सुन्दा पनि मलाई त धमला पत्रकार हैन, हाँस्य कलाकार जस्तो पो लग्यो..

    जे होस् ढिलई बिहे गरेपनि, मेरो तर्फ बाट बधाई छ |

    Reply
  26. लोकेन्द्र खापुङ says:
    May 23, 2013 at 2:12 am

    धमलावार्ता युट्युबमा फर्वार्ड गर्दै हेर्दा दुई ठाउँमा सुनेका कुराले म सोचमा परेँ। १) धमला-दम्पतिको उमेर १७ वर्षको फरक २) धमला-पत्नी ११ कक्षामा पढ्दै गरेको।

    २०४७ सालतिरको कुरा हो, दृष्टी साप्ताहिकको कार्यालयबाट केही बण्डल पत्रिका बोकेर निस्कन्थ्यो त्यस्तै १८-१९ वर्षको ठीटो। रातो नाक अचम्मैतरिकाले फुलाउने र सुकाउने उसको बानीले त्यो ठीटाको आकृति मेरो मनमा गाडियो। २०५० को दशकमा पत्रिका तथा टीभीमाा त्यही ठीटो रिपोर्टर्स क्लबका अध्यक्ष ऋषी धमला भनेर देखा पर्‍यो। हकरबाट रिपोर्टर्स क्लबका अध्यक्ष? म छक्क परेँ।

    धमला २०४७ सालमा १८ वर्षको मात्रै भए पनि २०७० सालमा ४१ वर्षका भए। कक्षा ११ मा पढ्ने श्रीमती धमला एसएलसीमा धेरै पल्ट असफल नभएको भए उनको उमेर १७ वा १८ वर्षभन्दा बढी हुनसक्दैन। यस हिसाबले धमला दम्पतिको उमेर २३-२४ वर्षले फरक हुन आउँछ।

    झुटो बोल्ने प्रवृत्तिका मानिसहरू परिस्थितिअनुसार उमेर बदल्छन्। तर त्यस्ता मानिसहरू पत्रकार भए भने तिनले प्रवाह गरेका समाचार पाठकले कसरी सही मान्ने? तर शायद ऋषी धमलाबाट त्यस्तो कुनै अपेक्षा गर्न सकिन्न। दुनियाँलाई थाहा छ, ऋषी धमला नेपाली पनि राम्ररी लेख्न जान्दैनन्। लेख्नै नजाले पनि पत्रकार हुने, कस्तो अचम्म! अझ रणवीर सेनामा उनको संलग्नतालाई त कसले पो बिर्सन सक्ला र?

    बिडम्बना, धमलाको अक्षम्य अपराधलाई माकुने सरकारले धोइपखाली गर्‍यो, प्रचण्ड त्यही धमलालाई लिएर हालै दिल्ली भ्रमणमा गएर आए, माओवादीदेखि कांग्रेसका नेताहरूसम्म अनि भारतीयदेखि अमेरिकी राजदूतसम्म उही धमलाको ब्यानरमुनि पत्रकार सम्मेलन गर्छन्। गल्ती धमलाको होइन, उनलाई भर्‍याङ् लगाइदिनेहरूको हो। धमला त बिचरा के भन्दा वा गर्दा लाज हुन्छ भन्नेसमेत हेक्का नभएका बबुरा न हुन्।

    Reply
  27. Ranjan says:
    May 23, 2013 at 1:51 am

    कोही पत्रकार सूचना संकलन गर्न जान्छन, कोही फोटो खिच्न ! ऋषि भने विल्कुल फरक छन् – TV मा अनुहार देखाउन, शक्ति केन्द्रको हुलाकी गर्न र नाजायज पैसा कमाउन माहिर ! अहिले त २ दशक कान्छी क्यानाडेली नेपाली चेलीलाई समेत फसाएछन् ! एस. एल. सी. पास गरे कि गरेनन् कुन्नि, तर धुर्ततामा भने पि.एच.डि नै दिए पनि फरक पर्दैन !

    Reply
  28. ranjan says:
    May 23, 2013 at 12:20 am

    कता को हीरा , कता को झुसिल्किरा !!!!! यो रणबिर धमला त झुसिल्किरो नै हो नि ! कठै बिचरी एलिजा गौतम !

    Reply
  29. ramesh says:
    May 22, 2013 at 11:01 pm

    बिचरा बुढो धमला , राति हमला गर्न चाही सक्छ कि सक्दैन कुन्नि ! !

    Reply
  30. कोमल भुवन says:
    May 22, 2013 at 10:27 pm

    १. ॠषि धमला (बकम्फुसे, माधव जी का शब्दमा) को बिहे
    २. तै पनि १७ वर्ष कान्छी सँग
    ३. तै पनि क्यानाडा घर भएकी बाउकि छोरीसँग
    ४. तै पनि परी जस्ती चरी सँग
    ५. अनी २ हप्ता पनि नभै जीवन साथी जस्तो कार्यक्रममा जहाँ लामो जीवन को उतार चढाव भोगेका भुक्त भोगीहरुको जीवनका क्षणहरु सुन्न पाईन्छ (पाइन्थ्यो) त्यस्तो कार्यक्रममा

    Give me a break.

    लस एञ्जलस
    नोट: हास्न चै मरिमरि नै हासियो, प्रस्तोता का प्रश्न छिछि गमला का उत्तर र बेहुलीको हाउभाउ देखेर .

    Reply
  31. Suraj Shrestha says:
    May 22, 2013 at 8:27 pm

    Comments on this “Blog” show that “DHAMALA” he is the most hated journalist in Nepalese society.

    Suraj Shrestha

    Reply
  32. nisha says:
    May 22, 2013 at 8:10 pm

    यो पनि के को पत्रकार यो त काइतराम हो हरे भगवान त्यो बोल्ने सैली असल पत्रकार मा हुनुपर्ने केहि पनि गुण नभाको नकटो धमला …….

    Reply
  33. madhav says:
    May 22, 2013 at 7:51 pm

    बकम्फुसे आन्तार्बर्ता >हैन संचालिकाजी अलि गतिलो मान्छेलाई ल्यौनुन यार हेर्नेलाई पनि मजा होस् :के यस्तो पाजिलाई ल्याकोहोला खाली आफ्नो बुडिको मात्र बर्णन गर्छ मुलाको साग ले

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      May 22, 2013 at 8:31 pm

      आज मलाइ बल्ल नेपाली सिनेमाका नामको अर्थ अली-अलि बुझे जस्तो लाग्यो…. निकिता अनि शोभराजको त प्रेम रे यो त मागी बिबाह पो रहेछ ! अहिले समझदारीको बिबाह भनिए पनि यो बिबाह सम्झौताको भए जस्तो लाग्यो मलाइ उमेर अन्तर हेर्दा !! देशको सर्वांगीण बिकाशमा कुशल नेता अनि पत्रकारको भूमिका अतुलनिय मानिन्छ तर दुर्भाग्य नै भन्नु पर्छ यहाँ केहि त दुतावासहरुले बिभिन्न नेतृत्वको वैठक हरुमा खटाउने पत्रुकार पनि छन् नेताको कुरा अहिले नगरौं कसैले मुला काटे झैं काटे पनि तिनका सन्तान बाहेक कुनै नेपाली हामि रुन्नौं होला ! कुरा यतैको गरौँ, मलाइ यो बिबाह देखेर फेरी एउटा कुराले झस्कायो बिशेष हाम्रो जस्तो शक्तिको भएमा अपराधलाई गर्व साथ् देखाइने मुलुकमा यी नानी कतै आफ्ना आफन्त वा कुनै विश्वासिलो बिचौलियाको (लमी ) कुनै राजनीतिक वा अन्य यस्तै प्रकारको स्वार्थ सिद्द्को लागि बलिदानमा त परिनन किनकी यो भिडियोमा यी नानीमा खासै खुशी-उत्साह देखिदैन उल्टै धमलाको शैलीमा दिक्क मानेर बसिरहेकी जस्तो लाग्छ ! तर हो यो बिबाह आफैमा ठुलो रिस्क सावित हुने खतरा चाहिं छ धमला लाइ !!!! अन्त्यमा उनले जुन आफ्नो बिबाहको दिन पनि मैले लाइभ टक शो गरें भनेर आफुलाई बडो जिम्मेदार साबित गर्न खोजे त्यो कुराले स्पष्ट पार्छ कि उनि देखिने अनि देखाउने कुरामा सिनेमाका बेडसिन भन्दा पनि उदाङ्ग रहेछन ! ठिकै हो यो संसार मिलाएर चल्छ भन्थे हो रहेछ …यी पत्रकार ब्रान्डका दिपक मनाङ्गेको चुरिफुरिको पनि अब इतिश्री को समय नजिकै आएछ…. ..

      Reply
      1. sandesh says:
        May 22, 2013 at 10:34 pm

        मलाई पनि यी नानीमा तेती उत्साह भएको लागेन | केटि येसो हेर्दा फरासिली, अनि फेसबुक , तुइतर आदिमा निकै समय बिताउने भएको ले पनि आफ्ना साथी संगी को देखेर पनि बिहे भएको १ महिना पनि नपुगेको अबस्थामा निकै रोमान्चित भएर कुरा गर्छिन होला जस्तो लागेको थियो \ तेस्तो रैनछ \ हुनत पहिले पटक क्यामेराको अगाडी बसेर अन्तरबार्ता दिएको हुनाले पनि तेस्तो भयो हुन सक्छ |

        Reply
  34. shreesh thapa says:
    May 22, 2013 at 7:16 pm

    २ बर्ष पछि फेरी अन्तरबार्ता लिन नभुलौ है उसको फुर्ति लुटेको कुकुरको जस्तो नभए मरिजाउ उस्तै परे डिभोर्स भैसक्छ नभए मरेको बिरालो काखी च्यापेर थिमीको उकालो चढेझैँ देखिनेछ…..

    Reply
    1. Naresh says:
      May 23, 2013 at 4:26 am

      ऋषि धमला को बारेमा होइन, in general, यो कमेन्ट मलाई मन परेन | ‘घर बसाल्न कोशिश गर्न पनि नदिने ??? “shreesh thapa लाई परेको हुनु पर्छ त्यो कुरा”, के सबै DNA मा लागु गराउने, बेमौसी कुरा गरेर !
      By the way , I am not a fan of धमला |

      Reply
  35. maya says:
    May 22, 2013 at 6:48 pm

    अलि हतार भए जस्तो लाग्यो येति छिटो के thaha हुन्छ र? एक arka लै बुझ्न पनि त तिमे लाग्छ ni

    Reply
  36. Anand says:
    May 22, 2013 at 6:15 pm

    नेपाल का लागि अमेरिकन राजदुत मुख्य अतिथि बनाएका एउटा कार्यक्रम मा म पनि उपस्थित थिएँ त्यहाँ आयोजक हरु भन्दा पनि जान्ने भएर राजदुत संग विडियो क्यामेरा तिर हेर्दै धमलाले काठे इंगलिस बोलेर हामी सबै लाई लाज मर्नु नै पारेका थिए ! जब कि राजदुत महोदय जी ले हाम्रो नेपाली भाषा यति राम्रो बोल्नु हुन्छ कि वहाँ धमला संग नेपाली नै बोल्नु भएको थियो ! जब आफुलाई अंग्रेजी बोल्न नै आउदैन भने किन आफ्नो बेइज्जत आफैले गर्ने त्यो पनि एउटा नेपाली टिभी समाचार च्यानल को क्यामेरामेन ले कभरिंग गरि रहेको विडियो क्यामेरा तिर हेर्दै ! कसो त्यो टि भी च्यानल ले त्यो दृश्य साँझ को आफ्नो समाचार मा देखाएन कि धमला को सानो देखि नै लागेको बानि हो |

    Reply
  37. भाई says:
    May 22, 2013 at 5:35 pm

    धमला बारे खबर र कमेन्टहरू हेर्दा (त्यो अन्तरवार्ता त हेरिन है मैले !) यो मनुष्य त प्रचण्ड भन्दा पनि पपुलर पो छ कि जस्तो लाग्यो त . साचै बिहे कता गरेछन यिनीहरुले? रिपोर्टर्स क्लब मै हो कि?

    Reply
  38. Pandit Goit says:
    May 22, 2013 at 5:24 pm

    हैन धमला त त्यस्तै हो त्यसलाई अध्यक्ष्य मान्ने त्यो रिपोर्टर्स क्लब मा कस्ता कस्ता होलान है प्रभु…यस्तै ले लुट्या छन् देश…थुक्क धमला लाज शरम नै छैन के भन्ने खै

    Reply
  39. binit says:
    May 22, 2013 at 5:09 pm

    नेपालका नेता जस्तै नेपालका पत्रकार पनि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  40. shyam says:
    May 22, 2013 at 4:39 pm

    कार्यक्रम संचालिकाले ऋषिको हरेक जवाफलाई मजाक उदाएको ऋषिले पत्तै पाएन र एलिजाले आफ्नो मुहारमा त्येसको झल्को दिएको पनि ऋषिले पत्तै पाएन| पोस पनि कसरि? ऋषि आफैमा यति मक्ख थिय कि उसको सुन्दरी स्वास्नी छेवैमा र अर्की सुन्दरी प्रस्तोता पनि साथमा| ऋषिको आखा स्वस्निमा भन्दा बढी परस्तोतातार्फ| BEAST AMONG THE BEAUTIES.

    Reply
  41. Bishal karki sydney says:
    May 22, 2013 at 4:23 pm

    i m a great fan of Rishi dhamala. he is my idol

    Bishal karki
    Kogarah, sydney
    Australia

    Reply
    1. Narayan says:
      May 24, 2013 at 6:41 pm

      Australlia पठाउने हात पनि धमला कै सोर्स भए जस्तो लग्यो पार्टी को मान्छे लै

      Reply
  42. DILIP, UK says:
    May 22, 2013 at 4:22 pm

    धमलाको बोल्ने सैलिमा खासै तुक छैन, खै कसरी भयो येत्रो पत्रकार ? दाम्पत्य जीवन पनि येसैहोला भन्न सकिन्न तर पनि सफलताको कामना!!!

    Reply
  43. anil pun says:
    May 22, 2013 at 3:45 pm

    बिहे पुर्बनै सहमति र सहकार्य हुदै आएकोले बिहेपछि यो कार्यले झनै तिब्ररुप लिने संकेत देखिन्छ।धमलाजी,रात-दिन सहमति र सहकार्य गर्ने काम नभुल्नु होला।

    नेताहरुले संबिधान नबनाए पनि धमला जोडीले छिट्टै पारिवारिक संबिधान लेख्ने कुरामा शंका छैन।बधाई छ नवदम्पतिलाई……………हाहा..

    Reply
  44. Dipendra says:
    May 22, 2013 at 3:13 pm

    कस्तो नेपाली बोल्न पनि कानी कानी बोलेको. सजिलो बोलीचालीको भासमा बोले भैहाल्यो नि येदि decent नेपाली बोल्न आउदैन भने. पत्रकार त झन् बकवास. बोल्ने कुरा लेखेर पढे भैहाल्यो नि बोल्न आउदैन भने

    Reply
  45. Rohan says:
    May 22, 2013 at 3:09 pm

    “प्रेम गर्नेहरूले धोका दिन जान्छन…धोका दिन जान्छन
    तेसैले भन्ने गर्छन प्रेम गर्नुपर्छ ” ….
    हाहाहा… कट्टी हाँस्ने, म ट हाँसेर मर्ने भयो !!!
    ‘झ्याइङ्कुटि झ्याई’ भन्ने सिरियलको एउटा भाग हेर्या जस्तो लागो

    Reply
  46. prabin says:
    May 22, 2013 at 3:04 pm

    होइन यो धमला को प्रोग्राम्म को न कुनै वेट छ न कुनै हेर्न लायक!! यो त पत्रकार होइन हाम्रो गाउको बुच्हे काका जस्तो पो छ ताइ न तुई !!!! यस्तो त हाम्रो देसको बरीस्त् पत्रकार के होला हाम्रो देसको हालत यसकै अगि पछि घुम्छन हाम्रा नेता हरु यसको कार्यक्रम हेर्दा विजय कुमार र दिल्भुसन पाठक हरु कति हास्छन होला लौ पशुपति नाथ हाम्रो कल्याण गर !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  47. Prakash sharma says:
    May 22, 2013 at 2:47 pm

    जे भएनी धमलाकी बुढी चै च्वांक रैचे ,सिर्लिक्क परेकी रैछ, मलाई मन पर्‍यो भन्छ पारी गाउ को भैरे ले ।

    Reply
  48. Christ Na says:
    May 22, 2013 at 2:45 pm

    ऋशि धमला !

    सबै भन्दा पहिला तपाई लाइ सुखद दम्म्पत्य जिन्दगि को शुभकामना !

    बिबाह तपाइँ को अत्यन्त व्यक्तिगत कुरा हो. तेसैले मेरो तर्फ बाट no comment !

    अर्को कुरा, सकिन्छ भने आफ्नो व्यक्तित्व अलि सुधारेको राम्रो, अन्यथा केहि छैन. तपाई एउटा बरिष्ठ पत्रकार र चाहे जो सुकै संग आक्रामक शैली मा प्रस्तुत हुन सक्ने मान्छे हो, जुन आवश्यक पनि छ. सबै मान्छे क सबै कुरा राम्रा हुदैनन् तेसैले धन्यबाद !

    Reply
  49. lok nath sigdel elmhurst newyork usa. says:
    May 22, 2013 at 2:43 pm

    न त बुढा राम्रो न त बुढी बेकारको पर्संसा एक आपसमा बिचरा धमला को पर्संसा गर्ने धमलाकै गमला जे होस् उनि नराम्रो संग फसिन यो अनपढ धमला संग पढेलेखेको छोरि लाइ यो धमला लाइ सुम्पने कस्तो माता पिता …..???

    Reply
  50. chANDra says:
    May 22, 2013 at 1:48 pm

    ताल न बेतालको “ऋषि धमला” अनि उनकी नया दुलही “सिशी गमला” ! मैले पनि पुरा अन्तरबार्ता हेर्न सकिन – निरस, उत्पत्यांग, केटाकेटी कुरा भएर! यो धमला खासामा बनेको र उतैको FM मात्र टिप्ने रेडियो जस्तो दिनको २४सै घण्टा र हप्तामा सातै दिन केवल बोल्न आउछ तेत्ति हो ! सन्दर्भ, स्तर, मिठास, ग्यान केहि हुन्दैन – केवल बोल्छ , बोलिरहंछा ! मलाई लाग्छ एसको झर्को लाग्दो बोलि ले एक दिन सिशी गमला पनि दिक्क हुन्छे, हेर्दै गर्नु!!!

    Reply
  51. निहारिका शर्मा says:
    May 22, 2013 at 12:53 pm

    ऋषीले विवाह गर्न सकेन भनेर धेरैले गर्थे खिसी
    आखिरमा पाएछन श्रीमती राम्री र हिस्सी
    …बाकी सोच्दैछु

    Reply
  52. prasad says:
    May 22, 2013 at 12:36 pm

    बुढेशकालमा स्वास्नी पाएर खुब मख्ख परेको छ …….कतिन्जेल सम्म हो यो बखान ………

    Reply
  53. प्रतिक says:
    May 22, 2013 at 12:03 pm

    जे भएनी धमलाकी बुढी चै च्वांक रैचे

    Reply
    1. बिश्व says:
      May 22, 2013 at 2:21 pm

      पहिलो कुरा त यो कार्यक्रमको उद्देश्य राम्रो होला तर प्रश्तोतामा फिटिक्कै दम छैन अनि यो धमलाको गफ सुनेर हाँसो अनि रिस दुवै उठ्यो कस्तो मुला बकम्फुसे फुर्ति ‘मेरो बिहेको कुरा सुनेर शिर्ष नेताहरुले त विश्वासै गर्नु भएन रे……उनको यो उद्घोषको अर्थ हामीले बुझ्दैनौ र ???? धमलाले बिहे गरे राम्रो कुरा हो तर यो बैसलाई मात्र हेरेर जुन नमिल्ने जोडी बाँधे धमलाले अब ओरालो खोज्न धेरै समय लाग्दैन किनकी उमेर मिलाउने भनेको बच्चा जन्माउन मात्र नभई आपसी समझदारीको लागि चाहिने सम बिचारको लागि हो जुन तपाईं हामीले भर्खरै हेर्न सक्छौं कुनै बिशेष बिषयमा एउटा ३५ बर्षे र १७ बर्शेमा बहस चलाएर ! अर्को कुरा वास्तवमा यी मानिसको व्यक्तिव अनुसार यो कार्यक्रम यी आफैले कुनै तेस्रो व्यक्ति मार्फत सेट गरेका हुन् श्रीमती प्रदर्शन अनि प्रभाव देखाउन ! दुर्भाग्य… कम उमेर अनि आफुले बाँचेको परिवेशका कारण पनि हुन् सक्छ उनकी श्रीमतीमा कुनै यस्तो ‘टक शो’ मा बोल्ने परिपक्वता देखिदैन हुनसक्छ धमलाको हठमा उनि आएकी हुन् जहाँ स्पष्ट देखिन्छ कि धमलाकै लहरो तानेर बोल्ने शैलीले उनि इरिटेड भैसकेकी छन् ! धमलाले प्रयोग गर्ने भाषामा भन्ने हो भने शुरुवात यस्तै स-साना कुरा बाट नै हुन्छ अत्यधिक उमेर अन्तरको बिवाह असफल संविधान सभा बन्न ! केहि दिनमा बन्नेछ धमलाको घर अनि ससुराली सदस्य सम्मिलित उच्च स्तरीय संयन्त्र जसको काम यो जोडीलाई कसरी निरन्तरता दिन सकिएला भनेर रात-दिन आफ्नो समेत शान्तिको अवसान हेर्नु पर्नेछ ! आखिर पाप भन्ने पनि केहि चिज छ क्या यहाँको अदालतले पो त्यो फोन वार्ता सुनेन माथिको सर्वोच्चमा त देर है अन्धेर नही हो नि मित्र ………माथिकाले त सजाय पनि अन्दाज अपना-अपना शैलीमा हो नि ………पिक्चर अभि बाँकी है मेरे दोस्त…प्रोमो मे इतना एक्साइटेड नही होनेका………..

      Reply
      1. Abhi says:
        May 23, 2013 at 12:14 am

        I agree. The presenter is too artificial, I like her face and voice but there is something that makes her presentation extremely unnatural. The lesson for those already in show business and for those aspiring to work in TV is that a good face and a good make-up will not make you a good TV presenter.

        In addition, her selection of subjects for the interview is flawed. Did Rishi Dhamala deserve this interview? No. May be her boss told her to do an interview with Rishi. But if I were in her position, I would rather quit the job than do an interview of a person as undeserving as Rishi Dhamala.

        On Dhamala and wife, I don’t know what this girl saw in him that she agreed to marry him. Bicharaaaaaaa!!! There is nothing more than that that we can say.

        Reply
  54. Peshal Wagle says:
    May 22, 2013 at 11:57 am

    माथिको कार्यक्रम(भिडियो) मा सुरुमै यी दम्पतीले नमस्कार फर्काएको हेर्यो भने बाँकी कार्यक्रम हेर्नै पर्दैन ||

    Reply
  55. Narayan says:
    May 22, 2013 at 11:54 am

    मैले धेरै त चिनेको छैन धमला लाइ तर जत्ति चिनेको छु “TV मा देखिन चाहने क्रेजी पत्रकार ” भनेर बुझेको छु .

    Reply
  56. Mohan Subba says:
    May 22, 2013 at 11:28 am

    म पनि गजबले हाँसे है साथि हो………!!

    Reply
  57. Surendra Regni says:
    May 22, 2013 at 11:24 am

    He is the laborious person although he has lot of bad aspect. Marriage is his personal things. I have no comment about this. He is just a normal person why does he is highlighted in mysansar.

    Reply
  58. Rupak says:
    May 22, 2013 at 11:23 am

    फँसाएछ, बजिया ले.

    Reply
  59. Gautam Manandhar says:
    May 22, 2013 at 11:15 am

    Lower grade journalist interview telecast by lower grade home TV channel. Let us stop discussing on such nonsense topics and boycott any media for such bogus show.

    Reply
  60. Shanker says:
    May 22, 2013 at 11:12 am

    यो गाइजात्रा कार्यक्रम हो

    Reply
  61. Shanker says:
    May 22, 2013 at 11:07 am

    हेर्नुस साथी हो आहिले को अन्तरबार्ता अब १० वर्ष पछि अर्को अन्तरबार्ता हुनु पर्चा अनि हेरौ मुला धमला नपाउने ले के पायो बोक्रा समेत चपायो

    Reply
  62. robei says:
    May 22, 2013 at 11:04 am

    यिनको ईतिहास हेर्ने हो भने, शुरुमा दृष्टि पत्रीकाको अफिसमा चिया पकाउने र बाँड्ने काम गर्थे। त्यहिँ बाट कालिमाटिको सरकारि स्कूल (नाम बिर्से) बाट बल्ल बल्ल थर्ड डिभिजनमा एस एल सि पास गरे । (अहिले पनि त्यो भन्दा माथिको डिग्री छ जस्तो मलाई लाग्दैन)त्यस पछि यिनको प्रमोशन भयो टेम्पोमा पत्रीका राखेर ठाउँ ठाउँ मा पुर्याउने। गरे के भने, त्यस्तैसाथि हरु लाई बिच बाटोमा राख्ने अनि टेम्पो बाट लात्ताले हानेर पत्रीका खसाल्ने अनि अर्कै ठाँउमा लगेर बेच्ने गर्दा रहेछन। यसरि त कति दिन् टिक्थे थाहा पाए पछि यिनलाई नै लात हानेर निकालियो जागिर बाट, पछि त सुजाताको फरियाको फेर समातेर एकै चोटि क्लबको अदक्ष (अध्यक्ष) रे। कटि हास्ँने भन्या म ट हाँसेर मर्न् लाग्यो भाई।

    Reply
  63. Shanker says:
    May 22, 2013 at 10:57 am

    यो मुला धमला को अन्तर्वार्ता हेर्दा मलाई धेरै हासो उठ्यो यो कहिँ रसरंग कार्यक्रम त हैन ????

    Reply
  64. Hari Prasad Lamichhane-Saudi Arab says:
    May 22, 2013 at 10:43 am

    एसको प्रोग्राम हेर्ने अनि हेरेबापात ८ -१० हजार रुपया मिल्ने भए पनि मैले भने न हेर्ने है,

    Reply
  65. नीराजन शिरीष says:
    May 22, 2013 at 10:31 am

    हामी अकिञ्चन नेपालीहरूलार्इ दुर्इचार जना यस्तै धमलाहरू छन् र पो रमिता हेर्न पाएका छौं । हाँस्न पाएका छौं । त्यो पनि निशुल्क । लौ धमलाबाबु दुइचार अरु तिम्रा सहकार्य र सहमति देख्न पाउँ !

    Reply
  66. santosh says:
    May 22, 2013 at 9:59 am

    धमला जी सुभकामना तथा बधाई !!!!! बिबाह नितान्त तपाइको व्यक्तिगत कुरा हो तेसैले नो कमेन्ट, तर ब्यक्तित्वो सुधार्नु पर्यो, राम्रो अरुले भन्दिने हो आफैले हैन, अनि interview मा camera मा हेरिन्छ क्यारे पत्नीको अनुहार मात्र हेर्न त घर छदै छ नि स्टुडियो किन चहियो……interview हेर्दा लग्छ यो कार्यक्रम को sponsor by Dhamala .

    Reply
  67. तेन्जिंग गाबा says:
    May 22, 2013 at 9:59 am

    ऋषि धमिलोको अन्तर्वार्ता २-४ मिनेट हेर्या:
    हाच्छिउ आउने,,,,
    खोकी लाग्ने,,,
    टाउको दुख्ने,,,,,
    रिंगटा चल्ने,,,,,,
    वाकवाकी लाग्ने ,,,,,,
    …..पो हुन् लाग्यो बा !!!, पुरै अन्तर्वार्ता हेर्यो भने त् क्यान्सर नै होला भन्ने पीरले हेरिन तर पनि २-४ शब्द चाहि खोक्नु मन लाग्यो :
    ……………….बादरको हातमा गुलाबी नरिवल ………………….

    Reply
    1. Alikhit says:
      May 22, 2013 at 12:12 pm

      लंगुरको हातमा अंगुर भन्दा नि हुन्छ

      Reply
  68. Satik says:
    May 22, 2013 at 9:37 am

    धमलामाथि हमला नगरौ त, राम्री र तरुनी स्वास्नी त खोज्दै जादा तपाइले पनि पाउन सक्नु हुन्छ,

    Reply
  69. Navi says:
    May 22, 2013 at 9:01 am

    महा फटाहा मान्छे ।

    Reply
  70. योगेश आदी says:
    May 22, 2013 at 8:25 am

    “विवाह तीन महिनामात्रै ढिला भएको र त्यस अवधिमा पनि आफूहरुबीच सहमति र ‘सहकार्य’ जारी रहेको भन्ने धमलाको जवाफ सुनेर पेट मिचीमिची हाँस्न बाध्य भएँ म…”
    म पनि हाँसे !!
    धमलाले घरमा यसो भन्छ होला; “बास्तवमा एलिजा तपाईलाई कस्तो तरकारी, किन मनपर्छ ?”
    – समयले साथ् दिएको ‘पित्तल भैकन पनि सुन झैँ देखिन खोज्ने’ भाग्यमानी हो – धमला..!.उस्तै पर्या भए यतिबेला फलामे बारमा हुने व्यक्ति !

    Reply
  71. Dhan says:
    May 22, 2013 at 8:25 am

    Funniest part is when dhamala takes dummy interview of his wife. Haha such a character dhamala is. So funny!

    Reply
  72. deepk says:
    May 22, 2013 at 7:44 am

    तेस्तो नि अन्तरबार्ता रे हग्नेलाई भन्द द्हेख्नेलाई लाज भनेको यहि हो/जे होस् अनुहार न दनुवार धमलाले खुट्टा धेरै हल्लाउने स्वास्नी भेटेछा किताब झोलामा हालेर विद्वान कोहिपनि हुदैन धमला जी झोला को किताब बाहिर निकाल्नुस र पढन थाल्नुस र तपाइको विद्वान श्रीमती लाई पनि पद्न लगाउनु /

    Reply
  73. razen says:
    May 22, 2013 at 7:35 am

    beauty and the beast

    Reply
  74. Dhruba bhatta says:
    May 22, 2013 at 7:11 am

    यो सोल्टी ले जेनेरेशन ज्ञाप को ख्याल नै नगरी कलिली केटि बिहे गरेछ अब स्ताबिलिटी चाहीं खोइ के खोइ के

    Reply
  75. Lakshman says:
    May 22, 2013 at 6:41 am

    आफ्नी बुढी संगै यो धमला पनि क्यानाडा आयो भने यहाँ एसले कसरि नेताहरुको तलुवा चाट्ने हो कुन्नि ?? यहाँ कांग्रेस पार्टी पनि छैन , एमाले पनि छैन , माओबादी पनि छैन , फोरम पनि छैन , तोडम पनि छैन / एउटा हकरले आफुलाई नेपालको ठुलो पत्रकार हुँ भन्दा अरु बरिस्ट पत्रकारहरुले के भन्लान ??? यो पत्रकार हैन पत्रुकार हो ,यो मान्छे ले मेडियामा अनाबश्यक स्थान पायकोमा अचम्म छ बा !!!!!!

    Reply
  76. Shailendra Dhakal (म्याउ ) says:
    May 22, 2013 at 6:41 am

    ऋषि धमला कहिले र कसरि रिपोर्टस क्लबको अध्यक्ष भएछ? म त यो मान्छेमा कुनै पनि तेस्तो लायक गुण देख्दिन त! न बोल्ने ढंग छ, न बिस्लेसन गर्ने तरिका छ .बौदिक,तार्किक क्षमता त जीरो! सारै बेईजत्ति पाराले नाक फुलाएर बोल्दो रैछ.बरु कार्यक्रम संचालिका अनि उसको वाईफ़ ऋषिको तुलनामा कौयौ गुना बौदिक देखिन्छन. आफुले आफैलाई के पो ठान्छ कुन्नि? येस्ता तोरी लाहुरेको कुरो गरेर नभाको समय सत्यनास भो !

    Reply
    1. Manohari Mishra says:
      May 22, 2013 at 11:04 am

      एकदम सटिक प्रतिक्रिया ढकाल जी ! धन्यवाद सारै मन पर्यो

      Reply
    2. Dilli says:
      May 22, 2013 at 8:39 pm

      येस्तै 56 साल तिर हल भाडा मा लियर चलाउन थालेको थियो.पैला त नाम पनि अर्कै थियो क्यारे. पछि रिपोर्टर्स क्लब राख्यो . अनि आफुले भाडा मा लियर अरुलाई भाडा मा कार्यकरम गर्न दिने ठाउको सवापति त आफै भैहाल्ने भयो नै . पछी तेस्लाई आली विस्तार गर्यो र आइले त तेस्को क कुरा !!!!

      Reply
  77. samrat~ says:
    May 22, 2013 at 6:04 am

    धमला को दिच्च दात देखाएको फोटो हेर्दा हेर्दा बबाल झनक चलि सकेको थियो. तर सिरी मति चाइ हेर्न लाएक को रहेछ ..सधै ल्याउनु है अब देखि.

    Reply
  78. Ekraj says:
    May 22, 2013 at 5:46 am

    यसको बगबाश बाट अझै मान्छे थाकेका छैनन् जस्तो छ ? यो मान्छे बिना सार तत्वका कुरा गरेरै निकैं चिच्यौन सक्ने रहेछ| मैले एउटा सेमिनार मा यो संग परियो | दिउसो को खाना पछि सेमिनार मा धेरै मान्छे झुपू झुपू उन्गेका थिए| तेसबेला धमिरा ले बोलनी मौका पाएछ यसरी करायो सबै झसङ्ग भएर उठे|
    एसो हेर्दा जता राजनीति हावा चलेको हुञ्छ तिनीहरुको झोला बोकेर, नेपाल को दादागिरी डन मार्काको पत्रकारिता चलाउने मान्छे रहेछ|
    हेर्दै जाऊ अरु के के देख्न पैन्छा यो “र” मार्के पत्रिके को|

    Reply
  79. yukta says:
    May 22, 2013 at 5:20 am

    आफु त हरेक दिन हरेक टिभी चेनल मा आफ्नो अनुहार जस्तो सुकै भिड भए पनि जसरि हुन्छ घुसेर भए पनि देखाई छाड्ने धमला ले अब आफ्नो श्रीमति लाई पनि हरेक कार्यक्रम मा लगेर आफु सहित दुवै जनाको अनुहार देखाए मा आश्चर्य मान्ने कुरा नै छैन ! ह……लाई भन्दा देख्ने लाई लाज भनेको यहि हो !

    Reply
  80. raj says:
    May 22, 2013 at 5:01 am

    तर यो कार्येक्रम संचालक लाई यो सुझाब दिन चाहन्छु ..कृपया मा लगाएत धेरै हामी यो क्रयेक्रम को फ्यान छौ तर येस्ता कुअलीटी नभएको मान्छे ल्याउन थाल्नु भयो भने हामी हेर्ने छैनौ र धेरै ले हेर्ने छैनन ……फेरी जस्तो लोग्ने तेस्तै स्वास्नी रहिछन ……येस्ता पनि बरिस्ठ पत्रकार !!!!! ऋषि धमालो बरिस्ठ पत्रकार भए के बिजय कुमार , युबराज घिमिरे , भुसन दाहाल ,दिल्भुसन पाठक , नारायण वाग्ले जस्ता पत्रकारहरु चि के तल्लो स्थर का पत्रकार हुन् ? असिछित हुन् ?????

    Reply
  81. pramila says:
    May 22, 2013 at 4:45 am

    लौ धमला लाई बधाई छ आखिर मा एकजना त पट्टियो र बिहे गर्यो पनि.
    आशा छ अब त सुध्रिञ्छ कि. उ जमाना मा पुतलीसडक मा बसेरे केटिहरु को जुत्ता मा पछाडी बाट गएर कुल्चने त अब बन्द हुन्छा नि !

    Reply
  82. chandra dahal says:
    May 22, 2013 at 4:45 am

    यो दोश्रो चार्ल्स शोव्राज हो होइन तरुनी भर्खर को बिहे गर्न चै येस्तै कुख्यात हुन पर्ने रैछ
    इन्टर view लेको पारा हेर न के किन कहिले कसरि कोस्ले वैयत बकवास महा मुर्ख ,,,

    Reply
  83. Gaurab Nepali "Oodaaseen" says:
    May 22, 2013 at 4:16 am

    Nepal को नेतालै सुहाउने ऋषि धमला ! ऋषि धामलाई सुहाउने नेपालका नेता ! धमलाको च्वैइस चाँही राम्रो छ ! आफु नपढे पनि अंग्रेजी बोल्न नजाने पनि च्वैइस ले चाँही पढेको जनेकोले राम्रो छ!

    Reply
  84. bishnu says:
    May 22, 2013 at 3:45 am

    the age difference is not a big issue, though he is matured and has got lots of experiences in life , he seemed still a very dumb and illiterate with his very irritating and worthless talk. Until and unless such a person has influence in nepalese politics and journalism, it is for sure that our country will never progress. Very shameful to see such a disasterous scenario .

    but the girl seems very intelligent and far better than Mr. Dhamala. anyway wish them a happy married-life ahead.

    Reply
  85. Bijaya says:
    May 22, 2013 at 3:34 am

    धमलाजी लाई बधाई छ बिबाहको लागि र सुख दाम्पत्य जीवनको कामना गर्दछु|
    मान्छेलाई अनाबस्यक रूपमा हिरो बनाउने/खेदो खन्ने प्रबित्ति बन्द गर्नुपर्छ हामीले| रुपक खतिवडाजीको यो लेखमा कुनै तूक देखिन मैले|

    Reply
  86. Suman bhote says:
    May 22, 2013 at 3:33 am

    मलाई याद छ १०-१२ वर्ष पहिला यो मानिस क्यामेरा म्यान लाई मेरो फोटो पनि लेउ भनि मिन्न्नत गर्थो….. टिभीमा र पछाडी फोटोमा देखिन पाए खुब खुसि हुन्थो….. मानौ उसको पहिलो चाहना येहीहो….. साथीभाई ले पनि त्यो चाहाना पुरागरी दिए…. पछि रोटरी क्लब ले त उसलाई पत्रिका, online news , टिभी मा पछाडी देखिन झन् बढी थाल्यो…… अहिले इन्टरभिउ लिएको देख्छु… बकबास छ त्यो प्रोग्राम…. सुन्छु चिप्लो घस्न खुब जानेको छ भनेर…..
    पत्रकारिता को दुरुपयोग र आफ्नो नाम को लागि दिनरात मिहनत गरेकै हो…..
    Nepal मा येस्तै मानिसले प्रगति गर्छ…. चतुरे…. दलाली, मौका परस्त…. पत्रकार को नाम मा धब्बा हो… कसरि भन्नु नेपाल को पत्रकारिता सोतन्त्र र निस्पक्छे छ भेनेर………

    Reply
    1. Manohari Mishra says:
      May 22, 2013 at 11:09 am

      सबै कुरा घाम जस्तै छ्रलंग छ \ तेतिमत्रै कहाँ होर सुजाता संग आम माफी पाएर अमेरिका समेत भ्रमण गर्यो सरकारी बजेट मा /

      Reply
  87. Kedar Rimal says:
    May 22, 2013 at 1:18 am

    मलाइ त त्यो अन्तर्वार्ता लिने टिभी र पत्रकारहरुप्रति पो हदै दया लागेर आयो!!!छि छि छि–अरु केहि बिषय बस्तु नपाएको जस्तो!यस्तै पत्रकारहरुले नै जन्माएका हुन् धमलाजस्ता पात्र हरुलाई!!!!

    Reply
  88. द्रोण says:
    May 22, 2013 at 1:16 am

    नया बर बधुलाई सुभकामना , येस्तै हास्दै खेल्दै दिन बितोस | धमला जी ले आर डी सो मा प्रश्न सोध्ने तरिका ले बहुचर्चित भएका छन् , टीबी मा र नेताको सामने देखिनै पर्ने उनको सोख कमाल को छ |
    उमेर ले पाका भएपनि चट्ट कपाल तलासेका , सधै खसी मार हान्न तयार जस्ता देखिने, किताब पत्रिका पढेर भन्दा बोकेरै बिद्द्वान हुनुभएको उहा को ब्यक्त्तित्वाले तथाकथित पढेका भनिएकालाई तैले पढेर के नापिस भनेर गिज्याइरहेको पनि अनुभूति मिल्छ !

    Reply
    1. madan bajracharya says:
      May 22, 2013 at 1:37 am

      तर यलिजालाइ पनि दुइ जिउकि बनायर अलपत्रमा नपारुन यो बजियाले

      Reply
  89. Bikash says:
    May 22, 2013 at 12:58 am

    उचस्तरिय राजनीतिक समितिको बैठकमा ऋषि धमलाको बिहेको चर्चा ……अनि कसरि होस् नेपालमा चुनाव ??

    Reply
  90. khusbu says:
    May 22, 2013 at 12:02 am

    Mrs धमला लै झट्ट मेडिया मा आउनु परेको, Mr धमला लै झट्ट बिहे गर्नु परेको| जोडी मिलेकै मान्नु पर्छ एस् अर्थ मा, उमेर को के कुरा भयो र , १७ वर्ष त होनी |

    Reply
  91. ramu kandel says:
    May 21, 2013 at 11:54 pm

    यो मुला धमला चाहिने भन्दा धेरै बोल्छ………………

    Reply
  92. bibek dhakal says:
    May 21, 2013 at 10:46 pm

    हिन्दि चलचित्रकर्मी दिलिप कुमार र शयरा बानु को उमेरमा पनि लगभग २२ वर्ष फरक छ तर अहिलेसम्म सम्बन्ध उत्तिकै राम्रो छ रे! उमेर को फरकले मात्र चाही वैवाहिक जीवन सफल असफल हुने कुरा गवर्न गर्छ जस्तो लाग्दैन! ऋषि धमला प्रोफेसनाल्ली जे जस्तो भए पनि उसको व्यक्तिगत जीवन सफल होस्!! विवाह लाइ जात, भात, गोत्र साथै उमेर ले पनि छेक्दैन भन्ने उदाहरण देखाइदिएकोमा दुबैलाई धन्यबाद…..

    Reply
  93. Aakar Bhushan Nepali says:
    May 21, 2013 at 10:41 pm

    यो धमलालाई देख्यो कि संसारै अध्याँरो लाग्छ |

    Reply
  94. raju says:
    May 21, 2013 at 10:31 pm

    बकुम्फुसे अन्तरबार्ता वाहियात समयको बर्बाद .

    Reply
  95. उपासक उदास says:
    May 21, 2013 at 10:17 pm

    दुर्गा भन्ने नाम केटीको जस्तो सुनिने भएर ‘ऋषि’ बनेको होला. तर यही नामको कारण अधवैश उमेर सम्म ‘कुमार’ रहनु परेको बुझिन्छ. … यी धमलाको अन्य कुरो ठिकै होला . तर यौटा कुरो नभनी चित्त बुझ्दैन कि – उनको हँसाई वा ‘मुस्कान’ दोहरो अर्थ लाग्ने भएर धेरै नै दर्शक वर्ग को निम्ति irritating भएको पाइएको छ…दुलहीको लागि खतरनाक नहोस भन्ने कामना गर्नु मुनासिब होला . लौ धमलाजी , – happy honeymoon !

    Reply
  96. Prabin Sapkota says:
    May 21, 2013 at 10:14 pm

    हेर्दा खेरि नै “र” को एजेन्ट जसो छ l

    Reply
    1. madan bajracharya says:
      May 22, 2013 at 4:51 am

      कोइरालालाहरु र तिनका सागिर्द नेताहरुले टिपेक्स लगायर लुकाई नलगाइदियको भय धमलाको निधारमा भारतकै उच्च जातिवादी अपराधिक गिरोह रनबिर सेनाको यजेंट भयको भनेर कालो पोतिदियको सबैले देख्नेनै थियो/

      Reply
      1. Abhi says:
        May 23, 2013 at 12:36 am

        कोइराला भन्दा पनि म त प्रचण्ड लाइ दोषी देख्छु यो धमिरालाई बचाउने मा. प्रचण्ड को सरकार थ्यो, उसले चाहेको भए कारबाही अगाडी badhauna सक्थ्यो. दुवै Indian dalaal न परे आखिर. एउटा धमिरा ले अर्को धमिरा लाइ बचायो.

        Reply
  97. arun says:
    May 21, 2013 at 10:02 pm

    जस्तो आफु त्यस्तै पत्नी पाएछ मोरो ले lll हेरौ कति दिन चल्ने हो यो नौटंकी

    Reply
  98. ritika says:
    May 21, 2013 at 9:53 pm

    म येस्तो देशको नागरिक हु जहाँ एक पैसा असुल्ने उदेश्यले अपहरण गर्ने मान्छे (अपहरणकारी) लाई हीरो बनाइ उसको बारे म आर्टिकल लेखिन्छ / उसलाई आदर्श पुरुस मानिन्छ /

    Reply
  99. Tulasi Ram Wosti says:
    May 21, 2013 at 9:36 pm

    ढंग न बंगको ऋषि धमला, येस्ता पनि पत्रकार रे, न प्रश्न सोध्ने ढंग छ न विश्लेसन गर्ने नै, उसलाई त टि वी मा अनुहार देखाउन चाही खुबै आउछ ………

    Reply
  100. BikashDai says:
    May 21, 2013 at 9:29 pm

    सबै राम्रो होस्, कामना गर्न त सकिन्छ तर “बाँदर को हातमा नरिवल” देखें है मैले त. मन नपरे रातो 😛

    Reply
  101. Krishna Rai says:
    May 21, 2013 at 9:26 pm

    अन्तरबार्ता को मनोरंजन value त छ! तर भर्खर बिहे भएको जोडी को स्वोभाबैले बैबाहिक अनुभंब धेरै कम हुने हुनाले, अन्तरबार्ता अल्लि चांडो भएको हो कि भन्ने लाग्छ! मैले अरु पनि नव जोडी को अन्तर्वार्ता यो कार्यक्रम मा हेरेको छु तर नवजोड़ी हरु को अन्तर्वार्ता हरु अरु पुराना जोडी हरुको तुलनामा मलाइ तेती धेरै बस्तुगत लागेन! मेरो नितान्त बेक्तिगत बिचार!

    Reply
  102. रामचन्द्र says:
    May 21, 2013 at 9:04 pm

    सालोक्य जि ले भने झैं अन्तरबार्ता हेर्दा रमाईलो लाग्यो । अरु कुरा त लोक ले बुझे कै हो । नौटंकी मान्छेका नौटंकी कुरा ! अरुले तपाईं भनुन् न भनुन् आफै मपाईं देखियो र देखि राखेकै पनि हो ।

    Reply
  103. Sam Sharma says:
    May 21, 2013 at 8:34 pm

    मैले पनि यो अन्तर्वार्ता दुइ दिन अगाडी हेरें / जोडी चाहीं बाबु-छोरी को जस्तो लाग्यो उमेर हेर्दा / फरक १७ बर्ष भन्दा बढि नै हो की ? जे होस्, यो उनीहरुको निजी कुरा हो, यदि कानुनले दिएमा / तर नेपालमा कानुनको के नै कार्यान्वयन छ र ? श्रीमतीले छाडेर क्यानडा आएपनि सफल भविष्यको शुभकामना /

    Reply
  104. पुष्प says:
    May 21, 2013 at 8:31 pm

    के को लगन र मेहनत ? दलाली भन्नुस् न । जे होस् ‘मेरी बास्सै’ फेल खायो हाहाहा ।

    Reply
  105. Nipesh Adhikari says:
    May 21, 2013 at 7:19 pm

    पूर्व PM Dr बाबुराम को किताब का केहि अंश पढेर हासे को थिय आज पनि थोरै हास्ने मौका मिल्यो !
    कति राम्रो पेट मिची मिची हासियो !!!

    Reply
  106. naबिन, Germany says:
    May 21, 2013 at 6:49 pm

    ऋषि धमला होइन सिसि धमला हो !

    Reply
    1. lok nath sigdel elmhurst newyork usa. says:
      May 23, 2013 at 5:48 pm

      ऋषि धमला होइन गिटी धमला पो परेछ

      Reply
  107. dharmendra says:
    May 21, 2013 at 6:43 pm

    मान्छे कमेन्ट गरिने लाएक को पनि हुनु पर्छ !!!! एस्तो नौटंकी को के कमेन्ट गर्ने !!! हा,,,,हा ,,,,,हा ,,,,किन ,,,,,,किन ,,,,किन ?????????????,,

    Reply
  108. Toyannath Dahal says:
    May 21, 2013 at 6:39 pm

    धमला जी को बिसयमा त खुब चर्चा हुने गरेको छ तर उनि पत्रकारिताका लागि लज्जास्पद पत्र हुन् भन्ने पनि सुनेको छु जे भएपनि उनको बिवाह भएछ अब झनै उनलाई कमाउनु छ पत्रकारिताबाट तर आम इमान्दार पत्रकारका लागि भने उनि चिन्ता गर्न लायक पत्रकार भने अवस्य हुन्

    Reply
  109. Indra says:
    May 21, 2013 at 6:33 pm

    Funniest interview I ever watch!

    Reply
  110. Sunil says:
    May 21, 2013 at 6:15 pm

    म मान्दछु ऋषि धमला सबै ठाउँमा राम्रो मान्छे हैन होला, तर उसका सबै कुरालाई नराम्रो रुपमा लिने र विवाह जस्तो नितान्त निजि कुरामा पनि नकारात्मक रुपले लेखिदिन प्रयास गरिदिने हाम्रा ब्लगर मित्र लाई एउटा कुरा जानकारी गराउन चाहन्छु कि नेपालको मुलुकी ऐनले विवाह गर्नको लागि उमेर पुगेका श्रीमान श्रीमती को उमेर को फरक २० बर्ष सम्म हुन सक्ने छ, त्यसैले १७ बर्ष उमेर फरकलाई अनमेल बिबाह भनेर लेख्नु हाम्रा ब्लगर मित्रको व्यक्तिगत रिस मात्रै हो, ब्लग होस् या समाचार जे लेख्दा पनि प्रचलित नियम कानुन मान्ने बानी बसालौं ।

    Reply
  111. Nabin Adhikari says:
    May 21, 2013 at 5:53 pm

    धमला जस्ता पत्रुकरको contain राखेर किन आफ्नो ब्लग को बेइजत गर्नु भाको उमेश जी 🙂

    Reply
  112. रविन says:
    May 21, 2013 at 5:41 pm

    beauty with brain को कुरो गर्यो साथीले र अनि साथीनिले पनि ऋषि धमलाको व्यक्तित्वको यो कुरो गर्दा चाहिं relation धेरै लामो होला जस्तो लाग्दैन भए पनि तनाव पूर्ण होला भन्ने लग्यो.
    भगवान नगरोस यस्तो होस् . व्यक्ति ऋषि धमला मन नपर्ने भय पनि बैबाहिक जीवन सुख माया होस्.

    Reply
  113. Hari Gautam says:
    May 21, 2013 at 5:06 pm

    ल ल बुढो कुमार ले बिहे गर्नु भएछ खुसि लाग्यो ! अनि तारिफ चाही कति धेरै गरेको हौ आफ्नो श्रीमतीको बारेमा || १५ दिन त भएछ नि बिहे गरेको यस्तो कुरा चाही बिहे गरेको १५ बर्ष पछि गर्दा चाही राम्रो हुनेथ्यो कि ????

    Reply
  114. Bibek says:
    May 21, 2013 at 5:00 pm

    बिबाहमा उमेरको फरक २० वर्ष सम्म हुन पाउने कुरा त कानुन मै छ जस्तो लाग्छ

    Reply
  115. Bibek says:
    May 21, 2013 at 4:55 pm

    हुन त दर्सकहरुको आ-आफ्नो सोचाई हो तर मलाई त यो अन्तरबार्ता मा तेस्तो घोचपेच गर्नु पर्ने कारण खासै छ जस्तो लाग्दैन. प्राय अन्तर्वार्ता दिने मानिसले अन्तरबार्ता रमाइलो पार्न अलि-अलि बढाई चढाई गर्नु त सामान्य नै हो नि,

    Reply
  116. priyanka says:
    May 21, 2013 at 4:46 pm

    एसको अनुहार हेरो कि दिमाग तातेर आउछ . अन्तरबार्ता को video के हेर्नु .

    Reply
  117. safal says:
    May 21, 2013 at 4:45 pm

    केटि त सारै सानि भइ, भर्खर ११ पढने । हतारमा विहे गर्दिएछन ।

    Reply
  118. Aayush says:
    May 21, 2013 at 4:30 pm

    ऋषि धमला पहिला एउटा नाम थियो भने अहिले प्रवृति भैसकेको छ ………….राम्रो नराम्रो मुल्यांकन आ -आफ्नो होला तर उनको लगनसिलता लाई मान्नै पर्छ |

    Reply
  119. sumanu says:
    May 21, 2013 at 4:27 pm

    Bomb काण्ड सानो तिनो मानिस ले कहाँ गर्न सक्छ र ?
    हैन यो मानिस को bomb काण्ड को कहानी कहाँ सम्म पुगेर अड्क्यो ?

    Reply
  120. Naresh Thapa says:
    May 21, 2013 at 4:09 pm

    ऋषि धमला भनेको कसैले पनि तपाई नभन्दा पनि आफै मपाई हुने खालको मान्छे हो/आफ्नो बखान आफै गर्न त माहिर नै मान्नु पर्छ बा!अझ बिहेको कुराको सन्धर्भ त गज्जब कै छ बा! प्रचण्ड लगायत चार दल का शिर्ष नेता हरुले सरकारको उचसंयन्त्र को बैठक मा पनि उसको बिहेको कुरा गरेको भनेर कत्रो आफ्नो पब्लिसिटी गरेको हो अचमैछ अन्तरबार्ता मा त/त्यति मात्र कहाँ हो र अझै बिहेको निम्तो को कुरा त झन् घत लाग्दो छ/एउटा पार्टी मा पनि लगभग ८०जना नेता हरु हुन्छन अनि ति सबै लाइ बोलएना भने त रिसाउछन् त्यसैले बोलाइन अरे आमम हो गाठे यिनको चुरीफुरी कति बढेको हो?झन् अब त ‘ब्रेन र बिउटी’ दुइटा गुण भएकी आफु भन्दा आधा उमेरले कान्छी स्वास्नी भेटेका छन् बाबा हो यो अन्तरबार्ता मा हेर्नुस त कति मक्ख परेर बुढीलाई हेरेका!!!!!!

    Reply
  121. CZON says:
    May 21, 2013 at 3:49 pm

    Most Dhurta man of Nepal. Some time i feel jeleous about him some time want to punch this guy. But any way his struggle for existence most be appreciated. Well Done! Damala Ji

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme