Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नक्कली लाइसेन्स लिनुभा’छ? ६ वर्ष जेल होला है !

Posted on May 21, 2013May 22, 2013 by Salokya

सवारी चालक अनुमति पत्र (लाइसेन्स) पैसा खुवाएर निकाल्नुभएको छ भने होसियार, तपाइँले अब कडा सजाय भोग्नुपर्ने हुनसक्छ। हाम्रै वरपर पनि सोझो तरिकाले लाइसेन्स निकालेका खासै देखिँदैनन्। कसैले पैसा खुवाएर सक्कली नै लाइसेन्स निकालेका छन्, कसैले काठमाडौँबाहिरबाट निकालेका छन्, कोही भने सक्कली भन्ठानेर नक्कलीको फन्दामा पनि परेका छन्। तर अब नक्कली लाइसेन्स निकाल्नेहरुको भने बाजा बज्नेवाला छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली लाइसेन्स लिएर सार्वजनिक सवारी साधन चलाउनेलाई छ वर्ष जेल सजाय माग गर्दै कारबाही अघि बढाउने भएको छ।

एक साताभित्रै दुई सार्वजनिक सवारी साधन चालकहरु नक्कली लाइसेन्ससहित पक्राउ परेपछि ट्राफिकले यस्तो कारबाही अघि बढाउने भएको हो। यसअघि पनि सवारी चालकहरु नक्कली लाइसेन्ससहित पक्राउ त परेका थिए, तर उनीहरु सार्वजनिक सवारी साधनका चालक थिएनन्। पहिलो पटक नक्कली लाइसेन्स लिएर सार्वजनिक सवारी साधन चलाउनेहरु भेटिएपछि ट्राफिक झस्किएको हो। यसले नक्कली लाइसेन्सवालाहरुको सञ्जाल कति व्यापक भइसक्यो भन्ने देखाएको छ। नक्कली लाइसेन्सधारी यस्ता सार्वजनिक सवारी साधन चालकले सर्वसाधारणको जनधनको क्षति गर्ने संभावना बढी हुन्छ।

ट्राफिकले गएको साता सोमबार र मंगलबार गरी दुई जना सार्वजनिक सवारी चालकलाई नक्कली लाइसेन्ससहित पक्राउ गरेको हो। ४० वर्षका रामकृष्ण भण्डारी नक्कली लाइसेन्स बोकेर एक वर्षदेखि ट्याक्सी चलाउँदै थिए। त्यस्तै नक्कली लाइसेन्ससहित पक्राउ पर्ने अर्का चालक पनि ‘राम’ नै हुन्- रामबहादुर अधिकारी। यिनी भने बनेपा-काठमाडौँ बस चलाउँथे। सार्वजनिक बस ! आम्मामा…कति धेरै मान्छेको जीवन यसमा जोडिएको हुन्छ। यी दुईले कतिलाई ‘राम-राम’ बनाउँथे होलान्। तर अहिले उनीहरु भक्तपुर जिल्ला अदालतको आदेशले न्यायिक हिरासतमा छन्। सरकारी छाप कीर्ते गरेको अभियोगमा उनीहरुलाई बढीमा ६ वर्षसम्मको जेल सजाय हुनसक्छ।

जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण यस्ता नक्कली लाइसेन्स बोक्नेहरु बढेका हुन्। नक्कली लाइसेन्स बेच्नेहरु त्यसैले उत्साहित भएका हुन्। यी दुई ‘राम’ त अहिले आफ्नो कसुरका कारण थुनामा छन्, यिनलाई नक्कली लाइसेन्स बेच्ने दलालहरु कहाँ रमाइरहेका होलान्। उनीहरुलाई पनि खोरमा लगेर जाक्न पाए पो बल्ल जरै उखेल्ने काम हुन्थ्यो।

[नक्कली लाइसेन्सबारे तपाईँलाई थाहा भएका जानकारी पनि तल कमेन्टमा बाँड्नुहोला है!]

37 thoughts on “नक्कली लाइसेन्स लिनुभा’छ? ६ वर्ष जेल होला है !”

  1. devendra says:
    May 23, 2013 at 9:49 am

    गाडी ब्याक गरेर मान्छे मार्नेलाई १७ हजारमा उन्मुक्ति दिने, नक्कली लाइसेन्स लिनेलाई ६ वर्ष जेल?? नेपालको कानुन, बनाउनेहरु नै जानुन…..हि हि हि कति हास्नु…

    Reply
  2. nisan gurung says:
    May 23, 2013 at 1:39 am

    हामी जनता नै नक्कली सवारी चालक अनुमति कार्ड को लागि अगाडी जान्छौ अनि कुरा बिग्रियेयाना ….सके सम्म सक्कली निकाल्न मा हामी नै लागेपो नक्कली निकाल्ने हरु हराएर जान्छ मा नि taxi को मा फेल भएर निकालेको छैन ..अब फेरी कोसिस गर्छु. दलाल हरु त मैले नि भेटेको थियो नि तर मा निकल्दीन भनेर बसेको ………..तेइ भएर हामी नै पहिले सक्कली निकाल्ने मा अगि बढौ ……..परिवर्तन आफै बाट गर्नु पर्छ अनि अरुलाई गराउन सजिलो हुन्छा……….

    Reply
  3. parvati usa says:
    May 22, 2013 at 4:18 am

    को सकली को नकली? जब कि सकली भन्ने वालाहरु नै नकली छ (नकली त नकली नै भयो)

    Reply
  4. द्रोण says:
    May 22, 2013 at 1:22 am

    नक्कली लाइसेन्स, नक्कली सर्टिफिकेट , नक्कली पुलिस , नक्कली डाक्टर , नक्कली नेता, नक्कली तेल , नक्कली नोट, नक्कली मासु , नक्कली सासु, नक्कली नेपालि ( बिहारी ) भनेपछि नेपाल मा के सक्कली के नक्कली ??

    Reply
    1. Prabin says:
      May 23, 2013 at 4:40 pm

      सहि हो, तर सचेतना हामी सबै मा हुनु पर्यो, अरु को नक्कली भए ठुलो सोर मचाउने, आफ्नो चाही लुकाउने गर्नु हाम्रै गल्ति हो, म पैसा खुवाएर येस्ता दोकुमेंट निकालदिन भन्ने हिम्मत गर्नु पर्यो हामी सबैले, अरु लाई उछिन गलत कर्म गरेर मा अघि जान्न भन्नु र देखाउनु पर्यो सबै ले, अनि मात्र हुन्छा, पाए कसैले नछोड्ने अनि अरु को कुरा मा ठुलो कुरा गर्नु तेती राम्रो होइन, सिस्टम मा चेल्ने र तेस्को स्वागत गर्ने बानी को बिकाश गर्नु पर्यो हामी सबै ले .

      Reply
  5. dilip gurung says:
    May 21, 2013 at 11:33 pm

    कानुन त कहाँ नभएको देश हो र? समान रुपमा प्रभावकारी प्रबर्तन पो हुन्न त यहाँ|

    Reply
  6. सुबोध says:
    May 21, 2013 at 10:22 pm

    त्यसै त बेरोजगारीले सबैलाई सताईरहेको छ …झन् अझै slc पास लाई मात्र लाइसेन्स दिने नियम निकाले छ रे सरकारले …अब बिचार हरु नि के गरुन त .,,, गाडी चलाउन नजानेर त पक्कै नक्कली बोकेका हैनन् होला तेत्रा ठुला ठुला बस चलाउने ले …..सबै को आ- आफनै विवसता छ यहाँ …..समातेर जेल हाल्नु भन्दा नि एस्तो अवस्था आउन नदिनु तर्फ़ ध्यान दिने चै कसले ??

    Reply
  7. rohan vicram singh says:
    May 21, 2013 at 10:03 pm

    नक्कली (बिहारी) क्षैशिक प्रमाणपत्र भारतबाट ल्याएर सेना, प्रहरी, निजामती र सरकारी संस्थानहरुमा जागिर खाने र प्रोमोसन खाने थुप्रै कर्मचारीहरु अझै पनि बहालवाला नै छन् नेपालमा! यिनैका कारण मेहेनती र उच्च शिक्षा भएका व्यक्तिहरु बेरोजगार भएका छन्!
    नक्कली लाइसेन्स लिएर वा लाइसेन्स नै नभएका खलासी द्राइबरले बस चलाउदा ३०-४० जना यात्रुहरुको एकै चिहान भएको धेरै उदाहरणहरु छन् नेपालमा!

    नक्कली प्रमाणपत्र र लाइसेन्स लिने सबै रामहरु र लिन सघाउने सबै रामका ति हनुमानहरुलाई पनि कारवाही हुनुपर्यो!

    Reply
  8. badri says:
    May 21, 2013 at 6:36 pm

    दिने लाई चै छ वर्ष को छ लाख उपहार दिने कि क्या हो त ….क्या फसाद पैले नक्कली लाइसेन्स दिने लाई भनेको भए कस्तो सुहाउन्थ्यो …अनि लिने ले कहाँ बाट लिन पाउँथ्यो …

    Reply
  9. Jeevan Rai says:
    May 21, 2013 at 6:00 pm

    धेरै दिन पछि सकारत्मक खबर सुन्न पाईयो

    Reply
  10. Tulsi Paudel says:
    May 21, 2013 at 5:59 pm

    राजधानी को थाहा भएन तर राजधानी बाहिर पैसा नखुवाई lisence नै दिदैनन / पैसा वा ठुला ठालु को फोन / दोस्रो विकल्प छैन भने पैसा नाखुबाई lisance पाउनु हुन्न / Does not matter , you pass the trial exam or not .

    Reply
  11. yukta says:
    May 21, 2013 at 5:54 pm

    नक्कली लाइसेन्स बनाउने गिरोह लाई पो हद सम्म कारवाई गर्ने जसले सर्व साधरण लाई अनेक प्रभोलन मा पारेर हजारौ रुपयाँ लिएर सक्कली लाइसेन्स हो भनेर झुक्याएर दिन्छन अझ बिश्वास मा लिन को लागि यातयात बिभाग वरी परि बस्ने दलाल हरु ले सेवाग्राही को हात बाट सबै कागजपत्र लिएर भित्रै हाकिम को कोठा सम्म जान्छन जहाँ पुग्न सर्व साधरण को पहुँच नै हुदैन अनि ल पर्सि आउनुस तपाई को लाइसेन्स तयार हुन्छ जांच सांच दिनु पर्दैन भनेर पैसा ढडाउछ अनि आफ्नै आँखा अगाडी हाकिम को कोठा मा पसे पछि नपत्याउनु त ? कतिपय ले अझ सम्म आफ्नो लाइसेन्स सक्कली नै होला भनेर सवारी साधन ढुक्क सित नेपाल अधिराज्य को सडक मा गुडाउदै होलान जब सम्म लाइसेन्स चेकिङ्ग मा पर्दैनन! अनि नक्कली भए त्यसको परिणाम ६ बर्ष जेल जाने ? कतिपय सेवाग्राही हरु ट्रायल अथवा लेखित मा नाम ननिस्कदा भित्र हाम्रो सम्पर्क छ लाइसेन्स निस्की हाल्छ भनेर दलाल हरु ले फसाई हाल्छन अनि यातयात बिभाग बाहिर बोलाएर मैले माथि लेखे झैँ नाटक गर्छन र फसाई हाल्छन ! लाइसेन्स बनाउने गिरोह नामी रुख को जरा नै उखालेर फ्याँकी दिए टण्टा नै साफ ! जरा नै उखालेर फ्याँकी दियो भने फेरी त्यहि रुख मा फल्ने कमिसन को फल खान पल्केका कर्मचारी तन्त्र को त मुख को माड नै खोसिने भयो ! केहि भएर त्यस्ता गिरोह को सदस्य हरु समाती हाले पनि कि त मामुली धरौटी राखेर छुट्छन या ५-६ महिना जेल बस्छन अनि छुटेर फेरी वही धन्दा !

    Reply
  12. Hari Gautam says:
    May 21, 2013 at 5:09 pm

    नक्कली लाइसेन्स को कुरा गर्ने हौ पैसा तिरे पछि सबै सक्कली नै बनि हाल्छ | अब यो खबर सुने पछि दलाल हरुको व्यवसाय चाही बबाल फस्टाउने भएछ | अब फेरी धेरै ले पैसा कमाउने दिन आउन लागेछ ||||

    Reply
  13. pradeep says:
    May 21, 2013 at 4:31 pm

    यातायात व्यवस्था बिभागमा तपाई सक्कली काम गर्दै हुनुहुन्छ भने पनि दलाल मार्फत जानु भयन भने ठुलो हन्डर पाउनु हुन्छ र समय को बर्बाद मात्र ! यी बिचरा पनि नक्कली लाइसेन्स बनाईदिने दलालको फेला परे होलान ! हरियी स्टिकर सबै प्रक्रिया पुरा गर्ने हो भने नगन्य पैसामा पाईन्छ तर तपाई लाई त्यो प्रक्रिया तिर लाग्ने दिदैनन अनि १० दोब्बर बढी पैसामा पसलमा बेचेको जस्तो बेच्छन दलाल मार्फत ! यदि सहि तरिकाले प्रक्रिया पुरायर दिने हो भने आधि भन्दा बढी थोतरा सार्बजनीक सवारी साधन ग्रराज मा हुन्छन ! कहिले कहिँ सडकमा कालाम्मे हुने गरि धुवा त देखिन्छ नै तर प्रहरीले देख्दैनन उनि हरु हरियो स्टिकर मात्र हेर्छन !

    Reply
  14. SURENDRA hongkong says:
    May 21, 2013 at 4:02 pm

    सक्कली बनाउन लाई धेरै घुष खुवाउनु पर्ने झन्झट बाट मुक्त हुन् पनि नक्कली लाइसेन्स सस्तो मा पाइने हुना ले गरिब जेहेन्दार, मेहेनेती राम हरु ले नक्कली भए पनि लाइसेन्स लिएर पेट पूजा गरेका छन्/ सकिन्छ भने प्रशासन का ठेकेदार हरु ले राम हरु जस्ता निमुखा लाई कारबाही होइन नया लाइसेन्स दिएर काम मा फर्काउनुस र सकिन्छ भने लाइसेन्स का नक्कली दलाल हरु को खोज तलास मा लागे कसो होला?यहाँ गरिब राम हरु लाई बलि को बोको बनाएर उनि हरु को परिवार लाई मानशिक तनाब दिने काम गर्नु अपराध हो/

    Reply
  15. naबिन, Germany says:
    May 21, 2013 at 3:33 pm

    जम्मा ६ बर्ष जेल ! नक्कली लाइसन लिएर बाटो हिडने मान्छेलाई छोयो भनेपनि जन्म कैद गर्नु पर्छ

    Reply
  16. Ale says:
    May 21, 2013 at 12:28 pm

    अनि नक्कली license ले निजि गाडी चलाउदा चाही के कस्तो सजाए हुने रहेछ?

    Reply
    1. Shankar says:
      May 21, 2013 at 3:37 pm

      सर, तपाइले चिनेको मान्छे मार्नु र नचिनेको मान्छे मर्नु को सजाय छुट छुटै हुन्छ त

      Reply
  17. Narayan says:
    May 21, 2013 at 12:20 pm

    हाहा कलियुग क राम हरु …. उनीहरुले आफै नबाएर कुनै पनि यातायात कार्यालय मा काम गर्ने public रिलेशन officer को दिमाग होला होउ यो .. मैले पनि यस्तो काम गर्ने हरु धेरै फेला परेको छु जो यातायात कार्यालय को हाकिम को नजिक वा हाकिम संग commission badfad बराबर सहभागी हुन्छ . Kayan ठाउँ मा त traffic पुलिस आफै नै क्रियाशील भाको नि भेटेको छु . अब उनीहरुकै मिलेमहतो लाई चै कसरि कारबाही गर्लान ..?

    Reply
  18. Bibek Dhakal says:
    May 21, 2013 at 12:14 pm

    माथी का २ राम त नगन्य उदाहारण हून …यस्ता राम, शिव, कृष्ण नाम धारी ज्यमराज चालकहरु त कति छन् कत्ति! नक्कली लाइसेन्स लिएर चलाउने मात्र हैन लाइसेन्स नै नभई पनि हाइवे मा चलाउने हरु देखिएको छ…मेन ड्राइभरले आफु थाकेपछि अथवा तरुनी हरुसंग गफ्फिनु परे सहचालक अथवा साहु (लाइसेन्स नभाको) लाइ स्टेरिंग छोडेको मैले आफै भोगेको छु! यात्रु हरु को जिउ ज्यान को अलिकति पनि पर्वाह नभएपनि आफ्नो ज्यान र गाडीको त पर्वाह गर्नु नि- खै अचम्म लाग्छ!
    एकपटक एकजना बसको लाइसेन्स लिन आको मान्छे भेटेको थिए…उसले भने अनुसार उसले अरनिको हाइवेमा बस चलाउन थालेको १० वर्ष भो रे! मैले कुरा बुझिन – हाइवे मा गाडी चलाउने रे अनि किन त फेरी लाइसेन्स लिन आको भनेर सोधेको त उसले – ” यत्रो गाडी चलाइयो ट्रायल ऐले सम्म पास गर्न सकिन” भन्यो..भन्नको मतलब कागजात चेक गर्ने ठाउ काटेपछि चाही उसले चलाउने गरेको रहेछ- १० वर्ष देखि !

    Reply
  19. Nibedan Baidya says:
    May 21, 2013 at 11:42 am

    लाइसेन्स नक्कली सक्कली बारे कता र कसरि थाहा पाउने होला…..???

    Reply
    1. Salokya says:
      May 21, 2013 at 11:45 am

      यहाँ हेर्न सक्नुहुन्छ http://14.128.15.36/onlinelicense/
      सरकारी साइट हो, कुन बेला खुल्छ, कुन बेला खुल्दैन ठेगान हुन्न। Department of Transport Management ले लाइसेन्स चेक गर्न बनाएको लिङ्क भने यही हो।

      Reply
      1. Sandip Sharma says:
        May 21, 2013 at 1:16 pm

        This site dose not open. Do other have also same problen

        Reply
      2. Aakash says:
        May 21, 2013 at 2:26 pm

        दाई यो website खुल्दैन

        Reply
      3. पर्वत says:
        May 21, 2013 at 5:16 pm

        यातायात ब्यवस्था कार्यालयका कम्प्यूटर अपरेटरलाई फुर्सद नभएर हो कि साईट मर्मत गरेबापत घुस नपाउने भएर हो मर्मत नगरेको यो साईट खुल्न छाडेको ७/८ महिना भन्दा बढि भई सक्यो । अपडेट गर्न सकिदैन भने यातायात ब्यवस्था कार्यालयले किन ढर्रा मात्र देखाउनु बन्द गरिदिनु नि ।

        Reply
        1. Sameer says:
          May 21, 2013 at 11:41 pm

          मैले कत्ति पछि आज त्यो साइट खोलेर हेरेको.. काम गरेछ.. मेरो लाइसेन्स त सक्कली नै रहेछ…

          Reply
    2. तेन्जिंग गाबा says:
      May 21, 2013 at 1:12 pm

      निबेदन ब्रो,
      Its very simple.
      # आफैले ट्रायल दिएर पास भएर लाइसेन्स लिएको हो भने त्यो सक्कली हो
      # तपाइले कहिले पनि ट्रायल दिनु भएको छैन वा दिए पनि फेल हुनु भएको थियो तर पनि तपाइँसंग लाइसेन्स छ भने त्यो नक्कली हो

      एकपटक सम्झने कोसिस गर्नुस त्, तपाइको कुन खालको हो मित्र ?
      कि बिर्सनु भो ? ……………………………………………….जदौ !!!!!!

      Reply
      1. neerose says:
        May 21, 2013 at 4:20 pm

        अति जान्ने हो कि बढी बाठो हो?

        Reply
      2. महेश लामिछाने says:
        May 21, 2013 at 7:46 pm

        ठुला कुरा नगरौं साथी । लाइसेन्स किन्न पाइन्छ भने कर आफैले खाने लोभमा मिलेर नक्कली भिडाएर पठाएकि चेक गर्दा के बिग्रिन्छ तिम्रो ?

        Reply
        1. तेन्जिंग गाबा says:
          May 22, 2013 at 8:32 am

          मानौ कि:
          तिमीलाई सवारी साधन चलाउन आउदैन
          तर
          तिमीले दलाललाई ५००० रुपैया दियौ र उसले तिम्रो घरमा नै “लाइसेन्स” ल्याइदियो (यस्तो कुरो सामान्य रुपमा अनि गर्वको साथ् भनेको सुनेको छु) अनि तिमीले त्यो लाइसेन्स सक्कली हो कि नक्कली हो भनेर माथिको लिंकमा चेक गर्यौ अनि त्यो लिंक ले पनि सक्कली भएको नै पुस्टि गर्यो रे,अब तिमी नै भन
          त्यो तिम्रो घुस खुवाएर बनाएको लाइसेन्स सक्कली हो कि नक्कली ?

          Reply
        2. Sisir says:
          May 27, 2013 at 5:51 pm

          महेश जी, येदि तपाई संग सक्कली लाइसेन्स छ भने तपाई संग सरकारी राजस्व तिरेको भरपाई पनि संगै हुन्छ , नक्कली त तेस्को हुन सक्छ जसले सम्पूर्ण काम दलालको जिम्मा लागौछ .. तेन्जिंग गाबा को तर्क मा बिमति राख्नु पर्ने तेस्तो केहि छैन जस्तो लाग्छ .. बरु पैसा खाएर फेल हुनेलाई पनि सक्कली लाइसेन्स दिने सरकारी हाकिमहरुलाई चाही कारबाही गर्नु पर्ने हो ..

          Reply
  20. तेन्जिंग गाबा says:
    May 21, 2013 at 11:37 am

    नक्कली कागजातको कुरो उठाउदा एउटा कुरो:
    ———————————————–
    पाल्पाको तानसेनमा बिक्रम सम्बत २०११ (1954 AD) सालमा नै campus खुलेको रहेछ / त्येही जिल्लाको एउटा ठिटो चाहि धेरै पछि तिर (1966 AD) घरपायक-घर-आगन निर को campus छोडेर भारतको उत्तर प्रदेश तिर गएर आइ.ए. पढेर/पास गरेर आएको हू भन्छ भने शंका गर्नु पर्ने ठाउ रहन्छ कि रहदैन ?

    “श्री २ सम्माननीय खिरे” ले नै त्येसो भने पनि मलाई त् शंका लाग्छ, तपाईलाई नि ?

    Reply
    1. Bibek Dhakal says:
      May 21, 2013 at 11:58 am

      खै फेरी डिग्रि त नेपाल को टी.यू. बाटै लिएको रहेछ त्यो ठिटो ले त्यो पनि १९७२ हो कि १९७३ मा….मैले बुझे अनुसार भारतमा नक्कली सर्टिफिकेट बनाउने हरु ( मैले आफै चिने जानेको देखे अनुसार) जत्ति पढ्दा नि पास गर्न नसक्ने ग्वाच हरु मात्र हुन्छन….लगत्तै बी.ए, बी .एल. अनि एम. ए त्यो जमानामा गर्ने भनेको “नक्कली सर्टिफिकेट” लेभल को मान्छे होला भनेर पत्याउन गारो भो मलाइ चाही…अब टि यु को तिनवटै सर्टिफिकेटमा पनि शंका गर्न मिल्ने भए चाही मेरो भन्नु केहि छैन : l

      Reply
      1. तेन्जिंग गाबा says:
        May 21, 2013 at 12:58 pm

        संगै SLC पास गरेका २ जना मेरा साथीहरु पनि हात्तिसार क्याम्पस धरानमा I.Sc. मा २-४ पटक गुल्टे पछि मित्र राष्ट्रको सहयोगमा “उत्तर प्रदेश…….. बोर्ड” वाट इन्टरमिडियटको प्रमाणपत्र ल्याएर एकजना मित्री नेपालवाट नै B.Sc. र M.Sc. गरेर हाल अमेरिकामा Ph. D. सकाएर उतै घरजम गरेर बसिरहेकी छिन भने अर्को मित्र चाही नेपाल वाट BA र MA (sociology) गरेर हाल हंगकंग तिर छन् / आफैले देखेको अब खै के भन्नु?

        Reply
        1. bibek dhakal says:
          May 21, 2013 at 3:27 pm

          हाहा! ठिक छ….अब तेस्तो अपवाद मा त्यो ठीटो पनि परेको रहेछ भने त के भन्नु :!

          Reply
    2. सुबोध says:
      May 21, 2013 at 10:38 pm

      I.ed पढेको मान्छे ले MBBS पढेर डाक्टर भएको त देखियो यो देश मा अरु कुरा क गर्नु …… जय मित्र राष्ट्र !!!

      Reply
  21. Mohan Subba says:
    May 21, 2013 at 11:16 am

    सत्य युगको रामराज्य ठानेर कलियुगको नक्कली ति दुइ रामहरुले डुब्लिकेट लाइसनले नै गाडी चलाइन्छ भन्ठानेको होला बल्ल फन्दामा पर्यो/होइन भने त्यत्रो समय सम्म टेक्सी,गाडी चलाई रहनेले सक्कली लाइसन किन लिनु नसक्ने?नक्कली लाइसन्स लिनेलाई ६ वर्ष जेल सजाय हुने भयो तर नक्कली लैसन्स बनाउने र कारोबार गर्ने लाइ चाहि सजाय के हुने नि?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme