Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा: उनको चरित्र नराम्रो होइन

Posted on May 25, 2013May 25, 2013 by mysansar

गौतम “उदय”/अमेरिका

धेरै बर्षको अन्तरालमा अफ्नो मातृभूमीमा पाइला टेकेको थिएँ मैले। शिशिर ऋतु थियो त्यस बेला। अहिले सम्म पनि त्यति बिघ्न एक एक झिना मसिना सबै कुराहरु याद गर्ने कोशिस गरिराखेको छैन। नयाँ कल्पना, नयाँ आशा, नयाँ उमङ्ग, नयाँ सोंच, साच्चै भन्दा सबै नै नयाँ र नौला थिए मेरोलागि यस बखत। प्रतक्ष्य र भावनात्मक रुपले पनि सबै वाताबरणलाई राम्ररी ग्रहण गरिसकेको थिइन। कतै लहै लहै मा, कतै बास्तबिकतामा, कतै सम्बेग्मा, कतै आबेगमा बग्दै बग्दै चल्दै थियो मेरो नयाँ जिन्दगी। धेरै बर्ष पहिले छाडेर गएकोले हुनु पर्छ सिंगै शहर नै नौलो जस्तै भएको थियो। जान्नु र बुझ्नु पर्ने कुराहरु, संगत र भेट गर्ने व्यक्तिहरु, एक्लै र कसैसंग व्यतित गर्नु पर्ने दिन र रातहरु नौला अनि कौतुहलता भित्र भित्रै थिए। सक्दो प्रयासले नयाँ परिस्थिति अनि बातावरणसंग आफैलाई सम्माहित गर्दै थिए म पुनः एक पटक त्यो नौलो भएको शहरमा।

बिस्तारै बिस्तारै लामो अन्तरालले नौलो जस्तो भएको शहरमा नयाँ नयाँ साथीहरु, नजिक अथवा अलि टाढाका नाता साइनो पर्ने विभिन्न व्यक्तित्वहरु समिप्यमा आउन थाले। सहरमा बस्ने ,त्यसै माथि पनि पढेलेखेको, देश विदेश चाहारेको, वर्ग सिद्धान्त बुझेको आदि आदि उप नाम पाइसकेकोले आफ्ना सामाजिक जिम्मेवारीहरु पनि थपिंदै गएको भान नचाहेर पनि भै राखेको थियो ममा। एकातिर आफू आफै स्थापित हुन संघर्ष गरिरहेको थिएँ, अर्को तर्फ अफ्नाहरु मध्ये कसैलाई जागिर लगाउन, कसैलाई कुनै न कुनै प्रकारका ब्यबसाय गर्न सघाउन, बिबाह दान गराउन, आफै क्षिक्षा दिन, राम्रो क्षिक्षा दिलाउन पर्ने भार पनि क्रमस म माथि नै पर्दै गैरहेका थिए।
बाल्यकाल देखि नै केहि न केहि सृजनसील कुरा अथवा क्रियाकलापमा आफूलाई समाहित गर्नु पर्ने म, एकदिन बानेश्वरको नाट्यशला तर्फ सडक छाप नाटकको अभ्यासकोलागि बेगमा हुंइंकिदै थिए। सिंह दरबारको उत्तर गेट नजिकै पुग्दा कम्मरमा भिरेको मेरो मोबाइलमा लगातार घन्टी बजेको बजै गरयो। साधारणतया बाइक चलाई राखेको अबस्थामा लामो दुरी बाहेकको छोटा छोटा दुरीमा बाइक रोकी रोकी उत्तर नफर्काउने म चार पाँच पटकसम्मको लगातारको घन्टीले गर्दा कतै चिने जानेको ठाउँमै अथवा आफ्नै मै केहि अनिष्ठ त भएन भन्ने डर र कौतुहलता सैगै माइतीघरको “हाम्रो क्याफे” मा बाइक रोकेर मोबाइल हेरें। सेभ नभएको नम्बरबाट आएको रहिछ त्यो फोन, चिन्नै सकिन कस्को फोन भनेर। त्यत्रो पटक फोन गर्ने मान्छेले गल्तीले त पक्कै गरेको थिएन त्यो फोन। त्यसैले आफैले कल ब्याक गर्ने निधो गरी कल ब्याक गरें। अर्को पट्टिबाट उत्तर आयो, उदय, म रमा सानिमा हो। सानिमालाई नमस्कार फर्काएपछि किन फोन गर्नु भएको सानिमा भनेर सोधें। सानिमाले भन्नु भयो, तिम्रो बहिनी सृष्टिले प्रबेसिका ल्याकत परीक्षा जसो तसो पास गरी, तर यहाँ गाउँमा पढ्ने पढाउने राम्रो वातावरण छैन, अब के गर्ने तिमीसंग सल्लाह गर्न फोन गरेकी हुँ। मिल्ने भए बहिनीलाई पनि त्यतै एक दुई महिना पढ्ने व्यवस्था मिलाऊ बाबु, तिम्रो साथमा भए पछि पढाई पनि राम्रो नै हुन्छ अनि बहिनी टाठी बाठी पनि होली भनी सानिमाले भन्नु भयो। पढाई जस्तो कुरो, आफूले पढ्दा कुनै किसिमको कसैको सहारा नपाएर पाउनु दुख पाएको कुरा सम्झें। बसाई जस्तो सुकै भए पनि, गाह्रो साह्रो जस्तो परे पनि पढ्ने कुरा हो, बहिनीको जीवन र भबिष्यसंग जोडिएको कुरा हो यो भन्ने मनन गरेर हुन्छतनी सानिमा छिटो भन्दा छिटो बहिनीलाई लिएर काठमांडू आउनुहोस, म बहिनीकोलागि सक्ने जति सबै गर्छु भनी फोन बन्द गरी पुन नाट्यशाला तर्फ हुँइकिएँ।
भोलि पल्ट पनि सानिमासंग फोनमा विभिन्न कुराहरु भयो। त्यसको पाँच दिन पछि बहिनीलाई लिएर सानिमा काठमाण्डौ आइपुग्नु भयो। घर नजिकैबाट तियमित रुपले काठमान्डौसम्म बस चल्ने भएकोले कलंकीसम्म आउन त सानिमा र बहिनीलाई कुनै समस्या थिएन, तर त्यहाँबाट सामाखुसीसम्म आफै आउन सक्नुहुन्नथ्यो किनकि हामीहरु यो ठाउँमा सरे पछि उहाँहरु कहिलै आउनुभएको थिएन। सरेको त्यति धेर्रै समय नभएकोले मेरैलागि पनि नौलो थियो यो ठाउं। त्यसैले म सानिमा र बहिनीलाई लिन मिनीबसमा कलंकी पुगें।
म त्यहाँ पुग्दा गोधुली साँझ परिसकेको थियो। फोन लगाएँ सानिमालाई र सोधें तपाइहरु कता हुनुहुन्छ भनी। टोकला चियाको साइनबोर्डको तल बाटोको देब्रेतर्फ छौं भनी भन्नु भयो सानिमाले। टाढा भिम्सेनामा उहाँहरुलाई देखे पछि म सरासर उहाँहरुको नजिक पुगें अनि मैले सनिमालाई नमस्कार गरें, बहिनीले पनि मलाइ नमस्कार गरिन। सन्चो बिसन्चो र यात्रा बारे छोटकारी कुरा गरेपछी हामि बसेको ठाउँमा जानकोलागि मैले एउटा ट्याक्सी बोलाएँ । शुरुमा त बसमा जाने सोँच बनाएर आएको थिएँ मैले, तर सजिलोसंग खुट्टा सम्म राख्न नमिल्ने गरी कोचाकोच पार्ने काठमान्डौका गल्लि र रिंगरोडमा चल्ने बसमा पोका पुन्तुरा सहितको यात्रा औधि सकसिलो र झन्झटिलो हुने भएकोले ट्याक्सीमा जाने निधो गरेको थिएँ।
भन्न त मैले फोनमा केहि पनि ल्याउन पर्दैन सानिमा भनेर राम्रोसंग अर्थ्याएको थिए। तै पनि आफ्नै टांडी खेतमा फलेको कालानिमकको चावल, आफ्नै घर बारीमा फलाएको रातो आलु, घिउसिमी थुप्रै ल्याउनु भएको थियो सानिमाले । सुतरीले मूख बाँदिएको चामलको ठीकैको बोरा र एउटा अन्य पोका मैले, दुइ वोटा अन्य पोका र पीपी ब्याग सानिमाले र कपि किताब सहितको झोला र पानीको बोत्तल बहिनीले उठाइन । प्रायः सबै समान ट्याक्सीको डिक्कीमा राखिसके पछि म अगाडी सिटमा, अनि सानिमा र बहिनि पछाडी बस्यौं । अफिस छुट्ने समय टलिसकेको भएर होला बाटो त्यति ब्यस्त थिएन । अगाडी बढ्दै जाँदा करीब पाँच मिनेटको अन्तराल मै दुईवोटा एसएमएसका घन्टी आए । पक्कै पनि मेरै हो भनी मोबाइल हेर्छु त छैन कुनै मेसेज नै । मोबाइल बन्द गरी खोल्तिमा राख्न तन्केको बेलामा ट्याक्सीको अगाडिको सिसामा आँखा परे अनि हेर्छु त पछाडिको सिटमा यता उता ठुला ठुला आँखा घुमाउँदै बहिनीले फोन प्याडमा छिटो छिटो औँला चलाई रहेकी देखेँ। टाठी बाठी बनाउन मेरो जिम्मामा आउँदै गरेकी बहिनी राम्रै टाठी बाठी नै भएको पाएर ठूलो मिहनत बिना नै सनिमालाई खुशी पर्ने सौभाग्य आफूलाई मिले जस्तो लाग्यो।
हामी बस्ने ठाउँमा पुगे पछि समान उतारेर ट्याक्सीलाई बिदा गर्यौं। पोका पुन्तुरा थान्को मानको लगाए पछि श्रीमतीले अदुवा, सुकमेल आदि आदि राखेर बनाएर ल्याएको मीठो चिया बुवा, आमा, सानिमा, बहिनी, श्रीमती, म सबै संगै बैठक कोठामा बसी गफिंदै गफिंदै खायौं। केहि समय पछि श्रीमती फेरि भान्सा तिर लागेर बेलुकाको खानाको चाँजो पाँजो गर्न लागिन क्यार! म आफ्नै कोठामा पसी ऐना हेदै नाटकको अभिनयको अभ्यास गर्न लागें । एक दुई ठाउमा फोन गर्नु पर्ने थियो गरें।अनि फेरि बिस्तारै बेलुकाको खान खाने बेला भयो। खाना खाँदै बस्तितिरका कुरा, पैले पैलेका कुरा थुप्रै गरियो। बहिनीले भने खासै केहि कुरा पनि गरिनन् । सानिमाको आडमा बसी हाम्रा कुराहरु मात्र सुनी रहिन। अनुहार फुंङङ उडेको थियो उनको। केटीले भिर्ने सानो ब्यागबाट घरि घरि मोबाइल निकाल्दै हेर्दै गर्थिन। साथीसंग छुट्नु परेर होला, नौलो ठाउं भएर होला या यात्राको थकैले होला मलिन अनुहार भएको उनको भन्ने सोचेर मैले केहि सोधिन, अरुले पनि केहि सोधेनन्। भोलि बिहानै बहिनीलाई लिएर कोचिंग भर्ना गर्न जानु थियो मलाइ। सानिमाले पनि भैसी एकहाते छ भोलि बिहानै जानु पर्छ अब सुतौं भन्नु भयो। ठिक्क एघार बजेको थियो त्यस बखत अनि हामी सबै आ-आफ्नै सुत्ने स्थान तर्फ लाग्यौं।
भोलि पल्ट सखारै उठी सबैले तित्यकर्म सकेर चिया नास्ता गरिसके पछि श्रीमती सानिमालाई बस चढाउन सानिमासंगै गोंगोपू बसपार्क तर्फ लागिन भने बहिनी र म कोचिंग सेन्टर तर्फ लाग्यौं। नाम चलेको कोचिंग सेन्टर भएकोले त्यहाँ पदने बिद्द्यार्थीहरु प्रसस्तै थिए। भर्ना गर्नकोलागी भर्ना कक्ष भित्र सोफामा बसी पालो कुर्दै थियौं हामीहरु अनि त्यहि बखत एकजना केटा “सृष्टि” तिमी पनि यहाँ आयौ भन्दै बहिनीलाई सोध्न थाल्यो। अरु के के कुरा गरे उनीहरुले मैले उस्तो कोट्याइन। सृष्टिलाई कोहोतनी ऊ भनी सोधी हेरेको प्रबेसिका ल्याकत परीक्षामा संगै परेको साथी भनिन्। भर्नाको काम सके पछि ल राम्रोसंग पढ अब है! भन्दै घर आउने बाटो पुनः अर्थ्याई म घर तर्फ लागें । यसरी बहिनीका उच्च शिक्षा तर्फ मुखारित पाइलाहरु राजमार्गमा ल्याई स्टेरिंग सिधा पारिदिन सकेकोमा अब सानिमाले मलाइ दिएको जिम्मेवारी बिस्तारै पूरा गर्दै छु भन्ने आफैलाई बोध हुँदै जान थाल्यो।
एक महिना जस्तो पछि होला सुत्ने बेलामा अचानक श्रीमतीले सोधिन नानीको पढाई कस्तो चल्दैछ? भनेर । राम्रो ठाउँमा भर्ना गरिदिएको, समय मै जाने आउने गरेको देखेको, गाउँघरबाट भर्खर आएको सिधा साधा केटी आदि सबै कारणले ढुक्कसाथ जवाफ दिएँ, सब ठीक छ, राम्रो छ भनेर । श्रीमतीले निदार खुम्च्याउदै आँखा चिम्से बनाउँदै र कन्ठी फुलाउँदै फेरि थपिन हजुर त लाटो भन्ने की बाठो भन्ने! सारै एकोहोरो! एत्रो वरिपरी बुइं बुइं छ हजुरलाई केहि पनि थाहा छैन त आफ्नी बहिनीको कुरा? हुन पनि मलाइ केहि थाहा थिएन। के हो भन त भनी अनुरोध गरे पछि श्रीमतीले सुनाउँन थालिन बहिनीका राशलिलाहरु । शुरुशुरुमा त्यहि भर्ना गर्दा भेटेको केटोसंग बरालिने गरेकी रहिछन । बिस्तारै त्यसलाई छाडी आफैलाई पढाउने सरसंग लागिछन्। आफूलाई छाडेको झोकमा गाउँमा बस्न नमिल्ने भएर यसलाई यहाँ पठाएका हुँन बाउआमाले भन्दै हिंड्न थालेछ त्यो केटा पनि ! हाम्रा छिमेकीका छोराहरु पनि त्यो केटाका जिग्री दोस्त भैसकेका रहेछन । उनीहरुलाई पनि सृष्टिको बारेमा न्वारन देखिका सबै कुरा थाहा भैसकेको रहेछ। यस प्रकार म बाहेक घरका सारालाई, तल माथि दायाँ बायाँ सबै छिमेकीलाई थाहा भैसकेको रहेछ बहिनीले हाम्रो नाक काटेको अनि टोल नै गनाउने पारेको!
थुप्रै रात निद्रा परेन त्यो कुराले। एकातर्फ सानिमाका छोराछोरीको भविष्यको पथ प्रदर्सक बनाइएको म, अर्कोतर्फ आफू बस्ने नयाँ जस्तै ठाउँमा बहिनीले गर्दा पर्न गएको नकारात्मक छापले गर्दा भित्र भित्रै मर्माहत बन्न पुगें म आफै। झ्वास्स बाहिरै निस्कनै लाज मर्नु जस्तै नै भैसकेको थियो। यो कुराले सदैब तनाब दिईरह्यो मलाइ । एकदिन सृष्टिलाई बोलाएर झपार्नसम्म झापारें । परिवारको, नातेदारको इज्जतमा दाग लगाउने तिमी, खुरुक्क जाऊ फर्केर बस्तीमा आदि आदि भनेर अन्य धेरै नै गालि गरें।बहिनीले केहि प्रतिक्रिया दिईन । भूई तिर हेर्दै सुँक्क सुँक्क रोइन मात्र ।
जांच पनि नजिक आउँदै थियो । पढ्न केहि आउँदैन रैछ उसलाई । थुप्रै वर्ष विदेश बसेकोले मलाइ उस्को पढाई बारे केहि थाहा थिएन । पछि मात्र थाहा पाएँ मैले उस्को पढाईको स्तर कति कमसल रहेछ भन्ने । उस्को जांच दिने सेन्टर काठमान्डौ मै सारिएको थियो । जांच शुरु भयो । ऊ पछि लागेकै शिक्षक आदिले चिट चोराए रे भन्ने सुन्न आयो पछि । परीक्षा फल प्रकाशित भयो । सृष्टि पनि पास भइछ । अफ्नो बहिनी पर्ने अझ भन्दा आफैले भर्ना गरिदिएको, रेखदेख गरेको व्यक्ति पास हुँदा सबैलाई खुसी लग्नु स्वभाबिक हो । म पनि धेरै खूसी भएँ तर केहि आश्चर्य पनि भएँ । किनकि सृष्टिको बौधिक स्तर र प्रबेसिका परीक्षाको स्तर तुलाना हुन सक्दैनथ्यो ।
तराईमा हिंसाको लहर फस्टाए पछि सानिमाको परिवार पनि काठमान्डौ मै बसाई सरयो। एउटा सानो घर किनेर बालाजुमा बस्न थाले उनीहरु। सानो बुवाको जागिर पनि यतै स्वरुवा गराइयो। सृष्टिको भाइ अनमोलले पनि गाउँकै एक उच्च माबीबाट दश जोड दुई पास गरिसकेको थियो। हामी समाखूसी अनि सानिमाको परिवार बालाजुको बाहिसधारा नजिकै भएकोले आवत जावात गर्न सजिलै थियो दुवै परिवारलाई। बहिनी सृष्टिले एस. एल.सि. र भाइ अनमोलले दश जोड दुई गरिसकेका थिए। दुबैलाई मन पर्ने र पायक पर्ने कलेजहरुमा भर्ना गरियो। बहिनीको मन पर्ने कुनै कलेज थिएन तर भाइको चाहिं थियो।
कलेजको पढाई शुरु भयो। अनमोलले शंकरदेव क्याम्पसमा तीन बर्षे बि.बि.एस. र सृष्टिले सरस्वती क्यम्पसमा प्लुस टु को पढाई शुरु गरे । भाइ बहिनीको पढाई, अनि दुई परिवारको अन्य दिनचर्या सामान्य रुपमा चल्दै गयो। अमेरिकामा धेरै वर्ष देखि बस्दै आउनु भएको दील दादा अथवा मेरो ठूलदाइ र उपमा भाउजुसंग पनि सकाईपबाट भाइ बहिनीको राम्रै सम्पर्क थियो । दील दादा र उपमा भाउजुले सृष्टिलाई औधि मायाँ गर्नु हुन्थ्यो। सायद दाजु भाउजुको कुनै सन्तान नभएको कारणले हो अथवा के कारणले हो भित्री कुरा मलाइ पनि थाहा थिएन उति । यत्तिकैमा दिल दादाले सृष्टिलाई अमेरिका लैजाने कुरा जोडतोडले शुरु गर्नु भयो अनि दिलो ज्यानले साथ दिनु भयो उपमा भाउजुले पनि । उता गाउँ देखि कोचिंगसम्मका सृष्टिका कुरा बिस्तारै बिस्तारै काठमान्डौका सबै गल्लीहरुमा फैलिई सकेका थिए । कुराहरु बिबिध थिए, तर सबै चरित्र सम्बन्धित नै थिए। सरस्वती क्याम्पसमा पनि एक प्राध्यापकसंग त्यस्तै! सबै कुरा भनी साध्य र सुनी साध्यै छैन। तर फेरि पनि अचम्मको कुरा भयो, सृष्टिले दश जोड दुई पनि सजिलै पास गरिन । अमेरिका बाट नै दील दादा र उपमा भाउजुले सृष्टिको भिजा अप्लाई गरिदिनु भएको रहेछ। भिजा लगेर कागाजाज आइपुग्दा सम्म थाहा थिएन हामीलाई, नत थाहा थियो सृष्टि र उनका परिवारलाई । अनि सृष्टि लागिन अमेरिका दील दादा र उपमा भाउजु संगै बसी पढ्न। उहाँ पनि बिस्तारै बिस्तारै उस्तै चरित्र उस्तै घटना पुनराबृत भैरहेका रहेछन्।
सृष्टि अमेरिका गएको करीब एक बर्ष पछि म दाजु भाउजुलाई भेट्न अमेरिका गएँ । त्यहाँ पनि सृष्टिका थुप्रै कुरा मेरो कानमा परे। केहि दिन बस्दा पनि भित्र कता कता लाज भैरहेको थियो कानमा परेका कुराले । तर साइकलजीको प्रोफेसर दील दादा र समाज शास्त्रकी प्रोफेसर उपमा भाउजुलाई भने यी सबैको वास्ता चिन्ता थिएन।
एकदिन संगै लन्च खाईरहेको समयमा दील दादा संग मैले सृष्टिका कुरा कोट्याएँ। अमेरिकामा सुनेका कुरा अनि नेपालमा सुने भोगेका कुरा थुप्रै बताएँ। मेरा कुरा सुनिसकेपछि दील दादा मुसुमुसु हाँस्दै दराजबाट एउटा सोधपत्र निकालेर त्यसको सारांश देखाउँदै भन्नु भयो की हरेक आफै उभिन नसक्ने चीजहरुले अरुको आड भरोसा खोजिराखेका हुन्छन। आड भरोसा मिलेन भने उनीहरुको अस्तित्व सामाप्त हुन्छ । सृष्टिका प्रबेसिका ल्याकत परीक्षा देखि अहिले सम्मका याबत क्रियाकलाप नराम्रो चरित्रका होइनन्, अस्तित्व बचाउका हुन् भनी दील दादाले भन्नु भयो। लन्च पछि उहाँ यूनिवर्सिटी तर्फ लाग्नु भयो। मेरो दिमागमा करेन्ट बहिरह्यो!

18 thoughts on “कथा: उनको चरित्र नराम्रो होइन”

  1. MAHIM says:
    May 31, 2013 at 5:07 pm

    कथा प्रस्तुतीकरण भिन्न शैली यस अर्थमा छ कि सुरुमा हरेक स साना कुराहरुलाई बिश्लेश्नात्मक तरिकाले बयान गरिएको छ र अन्तमा एउतै मुख्य बुंदाबाट नै सम्पूर्ण कथाको निष्कर्ष भन्नु खोजिएको छ, हो शयेद अहिले को प्रतिस्पर्धात्मक दुनियामा आफुलाई तिकाउनको लागि इच्छा नहुदा नहुदै पनि अपनाउनु परेको एउटा जुक्ति होला सृष्टिको, जुन जसले जुन नजरले हेर्यो, त्यहि अर्थ ….

    Reply
  2. Bishnu says:
    May 28, 2013 at 2:26 am

    १०० जना संग रोमान्स गर्नु पर्छ आस्तिवो बचाउन?? कुन आर्थामा बच्यो र त्यो केटीको आस्तित्वो?? उसको कुनै आस्तिवो नै छैन /

    Reply
  3. J. Shimkhada says:
    May 27, 2013 at 11:45 am

    सबैको चाख र दृष्टिकोण एकै हुँदैन | लेखक र उसको दाइको कुनै कुरालाई हेर्ने दृष्टिकोण पनि त ठीक उल्टो छ | ठीकै छ कथा |

    Reply
  4. dhan says:
    May 27, 2013 at 7:04 am

    भन्न खोजेको कुरा अथवा कथाको सार राम्रो भएनी प्रस्तुति शैली कम्जोर भयो अलि.all the best for next time.

    Reply
  5. शेखर says:
    May 27, 2013 at 4:41 am

    “बुझ्नेलाई सिरिखनन नबुझ्नेलाई काठ | “किन पुर्वाग्रही हुन्छन होला मान्छेहरु नकारात्मक कमेन्ट गरेर | हग न बाटो छोड | आफु पनि केही नगर्ने अनि गर्न खोज्नेलाई पनि खुट्टा तान्ने हाम्रो प्रवृति ! गजब छ बा !

    Reply
  6. B. Adhikari says:
    May 27, 2013 at 12:32 am

    रोचक कथा

    कथा निकै राम्रो लाग्यो। कथा यस हुनाले राम्रो लाग्यो कि समाजको प्रतिनिधि कथा हो, यो। कथाले अहिलेको समयलाई दर्शाएको छ। कथामा, कथाकारले, मनमा जे लाग्यो त्यो लेख्ने भन्दा पनि समाजमा जे भइ रहेको छ त्यो लेख्ने हो। त्यस किसिमको लेखाइको हिसाबले यो कथा अति उत्तम छ। कथाकार केवल एक माध्यम हो, उसले जे देख्छ त्यो लेख्छ। कसैलाई खुसी पार्न वा कसैलाई दुखी पार्न लेख्दैन। कथा एक किसिमले यसरी पनि लेखिन्छ। समाजलाई केवल उपयोगी हुने किसिमको कथा पनि लेखिन्छ। त्यो भने अर्कै धारको कथा हो। तर कथा लेख्न कथाकार स्वतन्त्र हुनु पर्दछ।

    श्रृष्टि जस्ता पात्रहरुको मनोविज्ञानको विश्लेणण आगामी कथाहरुमा अझै गर्दे जानु होला।

    समाज गतिशील छ, र हुनु पनि पर्दछ, विकासका लागि। यो कथाले समाजको गतिशीलतालाई राम्रो गरी दर्शाएको छ।

    कथा लेख्दै जानु होस। र खास गरी यस्तै कथा अझै लेख्नु हुने छ भन्ने शुभ कामना सहित।

    बी अधिकारी

    Reply
  7. nisha says:
    May 26, 2013 at 5:56 pm

    नकारात्मत सोच मा अल्झीएको , कथा कतै कथाकार ले नारी अस्मिता माथि बलात्कार को प्रयास त गर्नुभएको होइन मलाई त यो कथा जस्तो नै लागेन उदय जी ले आफ्नो २,४ दिन को दैनिकी टिपोट गरेको जस्तो लग्यो . शब्द हरु मा न मिठास छ न त प्रस्तुतीकरण को शैली मा तादम्यता .

    Reply
  8. raj kunwar LONDON says:
    May 26, 2013 at 2:54 pm

    एस्ता कथा लेखेर समय फाल्नु भन्दा त लेखक जी ले अरुले लेखेको राम्रो कथा पढेर समय बिताउनु हुन सल्लाह दिन्छु !

    Reply
  9. Bibek Dhakal says:
    May 26, 2013 at 12:49 pm

    दिल”दार” दादा रहेछन !!

    Reply
  10. राम चन्द्र says:
    May 26, 2013 at 9:16 am

    तितो सत्य

    Reply
  11. Kbiraj says:
    May 26, 2013 at 6:43 am

    डार्बिनको “सर्भाइभल अफ द फिटेस्ट” जनावरमा मात्र होइनकि मानवमा पनि लागु हुँदो रहेछ .

    Reply
  12. parvati usa says:
    May 26, 2013 at 12:57 am

    दिलदादा त साइको पो परेछ (हुनत Professor in Psychology भएकोले होला), तेस्तो पनि अस्तित्व बचाऊ भन्ने हुन्छ l

    Reply
  13. Bishnu Adhikari says:
    May 25, 2013 at 10:22 pm

    फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडा संसार / सृष्टि को चरित्र नराम्रो भने होइन, मान्छे को हेराई मात्र फरक हो किनकि सैकोलोजिका प्रोफेसर दिल दादा ले भने झैँ हरेक आफै उभिन नसक्ने चीजहरुले अरुको आड भरोसा खोजिराखेका हुन्छन। आड भरोसा मिलेन भने उनीहरुको अस्तित्व सामाप्त हुन्छ/ बुज्ने लाई कुरा कफी छ /
    बिष्णु अधिकारी

    Reply
  14. Hari Gautam says:
    May 25, 2013 at 8:03 pm

    मेरो दिमाग मा पनि एउटा कुरा खेली रहयो. साच्चै सृष्टिले सफलताको सिंढी चढनलाई नै आफ्नो इज्जत को प्रबाह नगरेको हुन् कि उनि यस्ता कुरा हरुलाइ सामान्य मान्थिन? जे होस् लेखन शैली र कथा मलाई एकदम राम्रो लाग्यो |

    Reply
  15. Vicky Dev says:
    May 25, 2013 at 7:57 pm

    “आफै उभिन नसक्ने चीजहरुले अरुको आड भरोसा खोजिराखेका हुन्छन। आड भरोसा मिलेन भने उनीहरुको अस्तित्व सामाप्त हुन्छ । सृष्टिका प्रबेसिका ल्याकत परीक्षा देखि अहिले सम्मका याबत क्रियाकलाप नराम्रो चरित्रका होइनन्, अस्तित्व बचाउका हुन् भनी दील दादाले भन्नु भयो”
    यी पक्न्तिहरुले कथा को सुरुआत देखि अन्त सम्म लाई जीवन्त पारेको छ. केहि नया पन छ कथामा. मलाई त मन पर्यो.

    Vicky Dev

    Reply
  16. Damodar Dhungel says:
    May 25, 2013 at 6:26 pm

    “सृष्टिका प्रबेसिका ल्याकत परीक्षा देखि अहिले सम्मका याबत क्रियाकलाप नराम्रो चरित्रका होइनन्, अस्तित्व बचाउका हुन् भनी दील दादाले भन्नु भयो। ”

    यो हरप नै हरिप रहेछ मैले त पैहिले कथा बुजे पनि अन्तिम को निचोड नै बुजिना हौ . सृष्टि को क्रियाकलाप कसरि अस्तितो बचाउन मा गयो ?

    Reply
    1. suzee says:
      May 25, 2013 at 9:41 pm

      मैले पनि तेही अन्तिम हरफ बुझ्न सकिन , लौ लेखक जी , प्रस्ट पारिदिनु पर्यो .

      Reply
      1. प्रतिक says:
        May 27, 2013 at 11:09 am

        मोर्नु भन्दा बहुलाउनु निको भन्ने कुरालाई आत्मसाथ गरेकी होला नि श्रीस्ती ले // तेस्मा नबुझ्नुपर्ने कुरा क नै छ र????

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme