Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ठमेल आगलागीमा लोडसेडिङ कारण?

Posted on May 18, 2013 by Salokya

BKac9KwCMAA7AEW ठमेलमा बिहीबार रातिदेखि लागेको आगो शुक्रबार बिहान बल्ल नियन्त्रणमा आयो। करोडौँको क्षति भयो। नौ घण्टाभन्दा बढी लाग्यो खतरनाक किसिमले फैलिएको आगो रोक्न। यति भिषण आगो कसरी लागेको रहेछ त ? कारण के रहेछ ?

लोडसेडिङ!

हो, एउटा कारण लोडसेडिङ हो। आगोको स्रोत जेनेरेटर चलाउँदा भएको लाइन सर्ट रहेछ। काठमाडौ गेष्टहाउसको दायाँपट्टी रहेको तीन तल्ले घरको माथिल्लो तल्लामा रहेको फेसेस बारमा जेनेरेटर चलाउँदा लाइन सर्ट भई त्यहाँ राखेको ग्यास सिलिन्डरमा टिप्न पुग्यो। एलपीजी ग्यास पो त। आगो पाएपछि के बाँकी रहन्थ्यो, पड्क्यो। झन् ठूलो आगलागी भयो। नजिकमा रहेको विजय शाहीको घरमा समेत आगो सल्क्यो। त्यहाँ पनि पुनः अर्को ग्यास सिलिन्डर टिप्यो र त्यो पनि पड्किएर आगो लाग्यो।


फेसेस बारबाट फैलिएको आगोले त्यही भवनमा रहेका पुस्तक पसल, अरु रेस्टुरेन्ट, कफी पसल, थान्का पसल तथा निर्यातजन्य सामग्री रहेका पसल, ट्राभल्स तथा ट्रेकिङ पसललगायत २० वटा पसलमा नोक्सानी पुग्यो। सबभन्दा बढी क्षति पिलग्रिम्स बुक सपमा भयो। महँगा किताबहरु जलेर कामै नलाग्ने भए।

खासमा आगो निभाउन गाह्रो हुनुको एउटा कारण किताबमा लागेको आगो पनि हो रहेछ। अझ पुरानो घर। आगो सल्कन सजिलो काठ उपयोग गरिएको।

आगो लाग्नासाथ रेस्टुरेन्टका कर्मचारीले आगो निभाउने यन्त्र र पानी राखेर निभाउने प्रयास गरेका थिए। तर उनीहरुको प्रयास सफल हुन सकेन। त्यतिले नभएर दमकल पनि १५ मिनेटभित्रै आइपुगेको थियो। खासै टाढा पनि हैन दमकल कार्यालय र ठमेल। तर पनि आगो नियन्त्रणमा लिन सकिएन। यसले काठमाडौँका घनाबस्तीमा आगो लाग्दाको जोखिमतर्फ सचेत गराएको छ।

अहिले त अग्ला-अग्ला अपार्टमेन्टहरु बनिरहेका छन्। त्यस्ता घरमा आगो लागे के गर्ने होला ? माथिल्लो तल्लामा आगो लागे त्यहाँसम्म पुग्ने दमकलै छैन। अझै दमकल नछिर्ने कति साँघुरा गल्ली काठमाडौँमा छन्। खाना पकाउन अचेल धेरैले ग्यासै प्रयोग गर्छन्। त्यस्ता गल्लीमा ग्यास सिलिन्डर पडकिएर आगो लागे के हुने होला ? पशुपतिनाथले रक्षा गरेकाले होला धन्न अहिलेसम्म त्यस्तो भएको छैन।

यो घटनाले ग्यास सिलिन्डर स्टोर गर्न पनि सचेत हुन सिकाएको छ। रेस्टुरेन्टले आफ्ना ग्यास सिलिन्डरहरु खुला ठाउँमा, आगोको खतरा नहुने ठाउँमा राखेको भए यस्तो हुने थिएन होला।

13 thoughts on “ठमेल आगलागीमा लोडसेडिङ कारण?”

  1. बेखालाल नेपाल says:
    May 19, 2013 at 9:31 am

    जेनेरटर (पेट्रोल), ग्यास, र कागज (किताब) यी सबै एक आपसमा घनिष्ट मित्र हुन्! संगै भेटे भने जलेर मर्न आतुर हुन्छ ! मूल पाठ यहि हो! यिनीहरुलाई एक आपसबाट दुर राख्नु पर्छ! ठमेलमा यसको ठिक उल्टो भएको देखिन्छ! किताब पसल माथि रेस्टुरा र लोडसेडिङ भए पछि जेनेरटर पनि पिक्चरमा आयो ! यो एउटा trouble in waiting थियो यो अस्ति जलेर खरानी भयो!

    Reply
  2. Navi says:
    May 18, 2013 at 6:23 pm

    KTM CITY, with out professional rescue workers, not a single world class ambulance services or even enough fire fighters!! If any natural or man made disaster hit the Kathmandu …. It’s gonna be a catastrophic damages ! It’s already out of control ! There’s no plan no drill at all & lack of proper disaster equipments !! All the looters political leaders & government officials are to blame !!

    Reply
  3. Pingback: ठमेलको आगोपछि कर्ण शाक्यको होटलतर्फ ठडिएको औँला « Mysansar
  4. bibek dhakal says:
    May 18, 2013 at 2:24 pm

    नेपालमा किताब किनेर पढ्ने पाठकहरुको लागि वाइड रेन्जको किताबहरु उपलब्ध गराउदै आएको पिल्ग्रिम्स बुक्स एकासी खरानी भएको सुन्दा मन सारै कुडिएर आयो…सो पुस्तक पसल को इन्स्युरेन्स नि गरिएको रहेनछ भनेर पढ्दा त् झन् तिवारीजी प्रति माया लागेर आयो!!
    यो समाचार “लन्ली प्लानेट” को फोरममा पनि कसैले पोस्ट गरिसकेका रहेछन र धेरै बिदेशीहरुले पनि दुख पोखिसकेका छन्! यसले पनि सो पुस्तक पसल कति पपुलर रहेछ र सो आगलागी हुदा ठमेलले र सिंगो काठमान्डूले के गुमायो भन्ने प्रस्ट पारेको छ…

    यस्ता आगलागीका कारणहरु, सो को उचीत नियन्त्रण र लाग्न नदिन अपनाउने पर्ने पुर्व सावधानी को बारेमा अरु मित्र हरुले लेख्नु भाछ र पक्कै अझै लेख्दै नि जानुहोला….तर यो घटनाको आर्को पाटो हो ” विमा” वा इन्स्युरेन्स…”दार्सनिक” पुस्तक व्यापारी रामानन्द तिवारीले आफ्ना पसलका पुस्तक हरुबाट पैसा साथै धेरै ज्ञान त आर्जन गरे तर खै किन हो वीमा गर्नु पर्छ भन्ने कुराको चाही हेक्का राखेका रहेनछन….अहिले बिस्तारै नेपालमा वीमा गर्ने चलन बढ्दै छ तर त्यो खालि जीवन वीमा र गाडी वीमा मा सिमित छ…दुर्घटना भनेको भवितव्य हो तर नेपाल जस्तो ” फ़्राजाइल” देशमा यस्ता दूर्घटना जुनबेला जसरि जसको पोल्टोमा पनि आइपुग्न सक्छ…तेसैले, अलिकति पैसा को मुख हेर्नु भन्दा बीमा गरेर ढुक्क हौं!! अब बिस्तारै हरेक क्षेत्रमा बिमा गर्ने बानि बस्दै जाओस!

    Reply
  5. ekraj says:
    May 18, 2013 at 1:23 pm

    यो घटना सांचिकै डरलाग्दो मार्त्र नभएर, काठमाडौँमा भबिस्यका सम्भाब्बे अगोलागिको नतिजा सोच्दनै मुर्छा परिएला जस्तो लागो/ अब काठमाडौँ को अब्यबस्थित बसोबास, अनेकन जोखिम बातावरण र सरकारको अन्दो राजनीति लापरबाही र स्रोत साधन को बिकाश को कमीले अझ के के भोग्न पर्ने हो थाहा छैन र यस्ता अबस्थामा मा पशुपति नाथको पनि केहि नालाग्मे निश्चित छ?
    काठमाडौँ सहर सास्चिकै एउटा टाईम बम्ब हो याँहा जुन सुकै बेला जे पनि हुन सक्तछ येदि यो पानि मरुवा, हुतिहारा, भ्रस्ट नेता हरुको राज्य चलि रह्यो भने?

    Reply
  6. सुमित says:
    May 18, 2013 at 9:53 am

    आगो निभाउन ढिला हुनु को अन्य कारण संगै काठमान्डौ गेस्ट हाउस ले आफ्नो गेट भत्काउन नदिनु पनि प्रमुख कारण थियो ! अगाडी लागेको आगो छिट्टै निभेको हो तर पछाडी को आगो लाइ अगाडी बाट सजिलै निभाउन सम्भव भएन अनि काठमान्डौ गेस्ट हाउस भित्र दमकल लैजान नमिलेर गेट भत्काउन खोज्दा उनीहरुले दिएनन र ढिला भयो ! ९ घण्टा होइन पूर्ण नियन्त्रण मा आउन को लागि करिब १७ घण्टा लागेको थियो !

    Reply
  7. Harihar Dahal says:
    May 18, 2013 at 9:07 am

    अत्यन्तै दु:खद खबर।घुस खाएर नक्सा पास गर्ने कर्मचारी,सहर ब्यबस्थापनको ठेकका लिएर बसेको लाचार र निकम्मा निकाय/सरकारको अब पनि आँखा खुलेन भने एक दिन काठमाण्डौ शहर खरानीको शहर हुनेछ।
    नकसा पास भयो भनेर घर बनाउने घर मालिक पनि कम जिम्मेबार छैनन यस अपराधमा।यो बर्बादी केबल जनाउ मात्र हो।

    Reply
    1. द्रोण says:
      May 18, 2013 at 12:57 pm

      हरिहर जी
      आगो लाग्छ ,रोकिन्छ , तेस्तै पानि पर्छ रोकिन्छ तर तपाइँ राजनेताको लागि बिसेस कार्य मा हुनुहुन्थ्यो त्यो चै रोकिनु भएँन |देश ले तपाइलाइ नै हेरिरहेछ |

      Reply
  8. योगेश आदी says:
    May 18, 2013 at 8:07 am

    सुन्दै कहाली लाग्दो !
    हामिसंग जोखिम बिहिन केहि छ जस्तो लाग्दैन…!! राज्य राजनीतिमै रुमल्लिए पछि नागरिकको अफ्ठ्यारोमा कसले चासो राख्ने ?

    Reply
  9. xyz says:
    May 18, 2013 at 7:08 am

    Probably, Kathmanduities should worry more about fire hazards than earthquakes.

    Reply
  10. मदनमणि says:
    May 18, 2013 at 6:45 am

    नेपालको सारा चिज पशुपतिनाथको भरोसामा चलेको छ। काठमाडौं महानगर पालिका नि के के गरोस् नेताका खलकलाई जागिर दिने, गँड्यौला फलाउने। त्यसबाट छुटिट पाएपो यस्ता समस्याका बारेमा सोच्ने।

    Reply
  11. jitman Rai 'sabin" says:
    May 18, 2013 at 5:19 am

    यस्ता गल्तीहरुबाट आगामी दिनहरुमा सचेत हुन शिक्षा लिन सकिन्छ । उमेश जी भन्नु भए जस्तो पशुपतीले पनि सधै भरी साथ नदिन सक्छ । जहाँ समस्या त्यहाँ उपाय भने झैँ यस्ता जोखिमयुक्त समस्याहरुबाट बच्न बेलैमा उपयुक्त उपायहरुको खोजि गर्न सके धेरै जन/धनको क्षति हुनबाट रोक्न सकिएला ।

    Reply
  12. aasish,switzerland says:
    May 18, 2013 at 5:16 am

    हाम्रो मा जनचेतना को कमि पनि एउटा प्रमुख कारण हो आगो नियन्त्रण मा नआउनु मा,सबै प्रकार का आगो हरु पानि हालेर मात्र निभ्छ भन्ने भ्रम छ हाम्रो मा,खास मा ग्यास सिलिन्डर मा लागेको आगो पानि हालेर निभ्ने भन्दा पनि अरु बढी बाल्ने हुन्छ,अनि फेरी रेस्टुरेन्ट मै आगो लागेको भने पछि त झन् पानि हालेर के हुन्थ्यो,तेल मा लागेको आगो पानि हालेर निभाउने प्रयास गरियो भने त्येसले झन् धेरै समस्या र दुर्घटना निम्त्याउछ,तेल को आगो मा एक थोपा मात्र पानि हाल्दा त्येसले बिस्फोट को रुप लिन्छ र त्यो आगो झन् फैलिन्छ भनौ अन्त पनि सल्किन्छ,हाम्रा अग्नि नियन्त्रक हरु लाइ पनि दक्ष बनाउनु पर्यो अनि काठमान्डौ जस्तो ठाउ मा त्यै एउटा जुद्दा बारुण येन्त्र को मात्र भर परेर आगलागी नियन्त्रण हुदैन,कमसेकम प्रत्येक वडा मा एउटा दमकल र दक्ष कर्मचारी को व्यवस्था गरिनु पर्दछ,
    आसिश
    स्विस

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme