Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्वाचन आयोगमा भिडियो हटाउनु पर्ने गरी ‘घिन्ताङ काण्ड’

Posted on October 22, 2022October 22, 2022 by Salokya

निर्वाचन आयोगले शुक्रबार साँझ आफ्नो सोसल मिडियाहरुमा एउटा भिडियो अपलोड गर्‍यो। आउँदो निर्वाचनमा भोट हाल्न प्रेरित गर्ने यो भिडियो शनिबार बिहानसम्म त्यो एक किसिमले भाइरल भइसकेको थियो। भाइरल हुनु त एक किसिमले राम्रै हो। तर सकारात्मक हिसाबले हैन नकारात्मक प्रतिक्रियाको ओइरो लागेपछि २४ घण्टा नबित्दै आयोगले त्यो भिडियो हटाउन बाध्य भयो। कुरा यत्तिमा मात्र सीमित भएन। सानोतिनो काण्ड नै मच्चिएछ निर्वाचन आयोगमा जसलाई कालान्तरमा ‘घिनघिनाघिन घिन्ताङ काण्ड’का नामले बुझ्न सजिलो हुनेछ।

आयोगले शनिबार दिउँसो यसरी माफी माग्दै यो भिडियो हटाएको थियो-

सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौँ। यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ।

— Election Commission Nepal (@ECNOfficial) October 22, 2022

यही भिडियोका विषयमा प्रमुख आयुक्त दिनेश थपलियाले शनिबार आकस्मिक बैठक डाक्नुपरेको थियो। त्यसै घिन्ताङ काण्ड मच्चिएको हो त ! अनि त्यसपछि भिडियो डिलिट गरियो।

किन डिलिट गर्नुपर्‍यो त?

एक पटक इन्टरनेटमा हालेको सामग्री डिलिट गर्दैमा कहाँ हट्छ र? खोज्ने क्रममा यो घिन्ताङ गीत पनि भेटिहाल्यो। हेर्नुस् र थाहा पाउनुस्-

@hawa_manchhe2022निर्वाचन आयोगको हटाइएको भिडियो♬ original sound hawamanchhe

यो भिडियो सबै हिसाबले ऐतिहासिक छ। यस्तो निर्वाचन गीत न यसअघि कहिले बनेको थियो, न पछि पनि शायदै बन्नेछ। सिर्जनात्मकताको हद नै छ। यो भिडियोका कारणले लुकेका प्रतिभाहरु बाहिरिन सक्छन्। स्वर नराम्रो भन्ठानेर बस्नेहरुलाई यही भिडियोले छुट्टै खालको प्रेरणा दिनसक्छ।

अब हेर्नुस् न, साहित्यमा कलम चलाउने बुद्धिसागरलाई समेत यो गीतले गाउने प्रेरणा दियो भनेर ट्विट नै गरेका थिए। पछि खै कुन्नि किन उनले त्यो ट्विट हटाए। निर्वाचन आयोगले नै हटाइसकेपछि उनलाई पनि हटाउन मन लाग्यो कि !

अरु केही ट्विटहरु यस्ता छन्-

ए निर्वाचन आयोग !

गीत, संगीतको हुर्मत लिएको अभियोगमा तिमीहरुको यो मजाकमाथि ५ हजार बर्ष जेल सजायको माग गर्दै मुद्दा दायर गरौं ? 😂

जनताले तिरेको करको रकममा यो हदको मजाक गर्ने ? 😡 https://t.co/lRqTfolawG

— Yadab Devkota (@gaunkomanchhey) October 22, 2022

निर्वाचन आयोग @ECNOfficial को लोकप्रिय गीत सुनेपछि आत्मविश्वास ह्वात्तै बढ्यो! यत्तिको सुर त लगाइएला 😉

— NARAYAN KAFLE (@kaflepost) October 22, 2022

यस्तो राम्रो सुर, ताल, संगीत, स्वर र शब्द मिलेको गीत न त अहिलेसम्म सुनिएको थियो, न त अब सुन्नु परोस्। वेल डन निर्वाचन आयोग। यो गीत र भिडियोको लागि करोडै खर्च गरेको भए पनि मेरो गुनासो छैन। कुनै तामझाम छैन, जो हैसियत र क्षमता हो, प्रष्ट छ। https://t.co/o9A3U7gcdN

— Ananta Koirala (@anantabrt) October 22, 2022

सुर-संगीतको आचारसंहिता उलंघन गरेकोमा गीतकार समेत रहनुभएका प्रमुख निर्वाचन आयुक्त @DkThapaliya ज्यूलाई स्पष्टिकरण सोध्नुपर्ने भयो 🙂

— Arjun Acharya (@realarjun1) October 22, 2022

यो विषयमा अनलाइनखबरले समाचार समेत बनाएको छ। समाचार अनुसार रेडियो कार्यक्रम प्रस्तोता हेम सुवेदी र आकृति घिमिरेको स्वरमा रेकर्ड गरिएको यो गीतमा निर्वाचन आयुक्त जानकी तुलाधरलेसमेत आवाज दिएको लेखिएको छ। तर मैले बुझ्दा त यो गीत लेखेको समेत तुलाधरले नै हो भन्नेहरु समेत भेटिए।

तर समाचारमा यो भिडियो बनाउन कति खर्च भयो, यो भिडियो बनाउने जिम्मा कसले पाएको हो भन्ने चाहिँ खुलेको छैन।

भिडियोका चार रोचक कुरा

१) आत्मसमर्पणवाला पोज

कोरियोग्राफर को हो कुन्नि, नाच्दा दुवै हात उठाएर नाच्या छन्। आत्मसमर्पण गर्‍या हो र त्यसरी दुई हात उठाउन 🙂

२) यता हुन्छ रे विवेक

गीतमा विवेक प्रयोग गरेर भोट हालौँ भन्या छ। विवेक कहाँ हुन्छ भनेर चाहिँ यसरी देखाइएको छ। तर भिडियो बनाउनेले भने विवेक प्रयोग गरेको देखिन्न। गीतमा हिमाल पहाड तराई मधेस भनिएको छ। तर भेषभुषा भने एउटै मात्र छ।

३) तँलाई पख् भन्या जस्तो 🙂

गीतमा औँला ठड्याएको पनि देखिन्छ। तँलाई पख् भन्या जस्तो देखिन्छ यसो हेर्दा। तर खासमा यो एउटा छाप लगाउँ भन्या रैछ। फेरि नङ पनि नकाट्या रैछ भिडियोमा।

४) गाउने श्रीमान् श्रीमती

भिडियोमा गाउनेहरुको अनुहार यसरी देखाइएको छ। एक जना हेम सुवेदी हुन्। उनी आरजे हुन्। यसपालि गीतै गाइदिएछन्। अनि महिला चाहिँ आकृति घिमिरे सुवेदी हुन्। दुवै श्रीमान् श्रीमती हुन्। बुढाबुढीको पुरानो अन्तर्वार्ता एउटा युट्युबमा रहेछ। यता क्लिक गरी हेर्न सक्नुहुन्छ। 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme