प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ का लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ। शुरुवाती समाचार अनुसार मत हाल्नेहरुको संख्या पहिलेभन्दा कम रहेको भनिएको छ। देशबाहिर रहेका र देशभित्रै रहेकाहरुले पनि कतिपय कारणले भोट हाल्न पाएका छैनन्। भोट हाल्न नपाउनेहरुलाई चित्त बुझाउने एउटा मेलो गर्न हामीले एउटा डिजिटल मतपत्र बनाएका छौँ। यस पटकको निर्वाचनमा चार वटा मतपत्र हुन्छन्। यसमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्रमा रहेका चुनाव चिह्नहरु छन्। चुनाव चिह्न छानिसकेपछि मुनि रहेको Vote लेखिएकोमा क्लिक गर्नुस्।
यसको नतिजा भने निर्वाचन सकिएर मतगणना सुरु भइसकेपछि मात्र हेर्न पाउनु हुनेछ। यो मतदाताको मूड बुझ्ने सामान्य प्रयास मात्र हो।
भोट गर्न यहाँ क्लिक गर्नुस्
Ghanti