Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिना पनि निलम्बित

Posted on July 10, 2012July 10, 2012 by Salokya

प्रचण्डपुत्र प्रकाश दाहाललाई हिजो पार्टीले निलम्बन गरेको थियो। आज भने उनीसँग बेपत्ता भएकी बिना मगरलाई माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निलम्बन गरेको छ। बिना सरस्वती क्याम्पसकी स्ववियु सभापति थिइन्। अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्ति अनुसार बिना संगठनको सम्पर्क बाहिर रहेको एक हप्ता भइसकेछ। बिहीबारदेखि उनी घरमा नपसेकी रहिछिन् भने २३ गतेदेखि फोन अफ रहेछ।
प्रकाश-बिना बारे यत्रो समाचार बनिरहँदा पनि उनी लोग्ने र माइतीको सम्पर्कमा नआएका रहेछन्। त्यसैले ‘गम्भीर रुपको सांस्कृतिक विचलनको प्रश्न र आशंका जन्मिएको’ भन्दै तत्काललाई निलम्बन गरी के भा हो भन्ने बारे छानबिन गर्ने वक्तव्यमा उल्लेख छ।

विज्ञप्ति जस्ताको तस्तै हेर्नुस्-

सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरु एक होऔं!
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
केन्द्रीय समिति
All Nepal National Independent Students’ Union (Revolutionary)
central committee
प्रेस विज्ञप्ति

हाम्रो संगठनका केन्द्रीय सचिवालय सदस्य बीना मगर ०६९ असार २० गते देखि संगठनको सम्पर्क वाहिर रहेको अवस्था छ । संगठनले नीजको घर परिवार र आफन्तजन प्रति खोजी चासो राख्दा असार २१ गते देखी घरमा नआएको र २३ गते देखी टेलिफोन सम्पर्क समेत विच्छेद रहेको भन्ने वुझिन आएको छ । यसै बीच असार २५ गतेको विभिन्न संञ्चार माध्यममा ‘प्रकाश दहाल -बिना मगरको प्रेम चक्करको कारण दुवै वेपत्ता’ भन्ने जस्ता समचार प्रकाशित भएको अप्रत्यासित खवरले सिङ्गो संगठन र आम कार्यकर्तालाई स्तव्ध वनाएको छ ।
पार्टीले हिजैमात्र प्रकाश दहाललाई कार्वाही गरेको सन्दर्भ र यी दुई वीचको वारेमा यत्रो समचार बनिरहेको अवस्थामा आज सम्म पनि बीना मगर संगठन र परिवारको सम्पर्कमा नआएको र कुनै प्रतिकृया समेत नदिएको स्थितिले बीना मगर माथि गंम्भीर रुपको सांस्कृतीक विचलनको प्रश्न तथा आशंका पैदा भएको छ ।
बीना मगरले हाम्रो संगठनको क्रान्तिकारी अनुशासन, सामाजिक मुल्य र मान्यता विपरित कार्य गरेको हो या होइन, र उहाको वास्तविक अवस्था वारे तथ्य पहिल्याउन संगठनको तर्फवाट आन्तरीक छानविन गर्ने निर्णय गरिएको छ । तत्कालको लागि विना मगरलाई संगठनको केन्द्रीय सचिवालय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सील, नेपालको संयोजकबाट समेत निलम्वन गरिएको छ ।

०६९ असार २६
हिमाल शर्मा
अध्यक्ष

कानुन अनुसार के सजाय हुन्छ उनीहरुलाई ?

नेपालको विद्यमान कानुन अनुसार जाने हो भने कस्तो सजाय भोग्नु पर्छ त उनीहरुले ? के व्यवस्था छ बहुविवाहसम्बन्धी नेपालको कानुनमा ?

बहुविवाह गर्नेलाई अहिले मुलुकी ऐन अनुसार सजाय हुन्छ। मुलुकी ऐनको बिहावारी महल अनुसार कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जीवित छंदै वा कानून बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्की स्वास्नी मानिससँग विवाह गरे वा अर्की स्वास्नी राखे एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना समेत हुने व्यवस्था छ। पहिलो श्रीमती भएको थाहा पाई पाई त्यस्तो विवाह गर्ने वा स्वास्नी बन्न जान्नेलाई पनि उति नै सजाय हुने व्यवस्था छ।

२०५८ सालमा ऐन संशोधन गरी सजाय बढाइएको हो। नत्र २०२२ सालमा लागू भएको ऐनमा एक महिनादेखि दुई महिनासम्म कैद र एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जरिबाना मात्र हुने व्यवस्था थियो।

त्यसैले कानुनी व्यवस्था अनुसार मुद्दा अदालतमा परे र प्रमाणित भए प्रकाश र बिना दुवैले कम्तिमा एक वर्ष कैद र पाँच हजार रुपियाँ जरिवानाको सजाय भोग्नुपर्छ। बढीमा त तीन वर्ष जेल र २५ हजारसम्म जरिवाना हो। कति सजाय तोक्ने भन्ने निर्धारण चाहिँ न्यायाधीशले गर्नेछन्।

माओवादीले जनयुद्ध भन्ने गरेको कालमा यस्तो भएको भए उनीहरुको तथाकथित जनअदालतले सफाया अर्थात् मार्दिनेसम्मका कारबाही गरेका उदाहरण छन्।

अझ पछाडि जाने हो भने विक्रम संवत् १९१० को मुलुकी ऐन हेर्ने हो भने त यस्तो व्यवस्था छ-

यो जार भन्ने शब्द अहिले प्रयोग नहुने हुनाले कतिलाई थाहा नहुन सक्छ। कसैले आफ्नी स्वास्नी भगायो भने स्वास्नी भगाउने केटोलाई पहिलेको लोग्नेले जार भन्ने चलन थियो उतिबेला। जारको बारेमा त्यो पुरानो ऐनमा निकै व्यवस्था गरिएका छन्, माथि एउटा मात्र साभार गरेको।

67 thoughts on “बिना पनि निलम्बित”

  1. sham Adhikari says:
    July 17, 2012 at 10:57 am

    हिजो सर्बहारा बर्गको नेतृत्व गर्छु भन्दै जनताको आँखामा छारो हालेर करोडौको सम्पतिको मालिक भयको छस . केहि निउ नपायर जातीय समाजको राजनीति गरेर सोझा जनतालाई जुधयाको छस त देश भादुवा. देशलाई लुतिश सोघा जनता त कति भुतिस-भुतिस
    .येस्ताको छोरा कस्ता हुन्छन . प्रचंडे देश भादुवा, छोरा घर भादुवा. हे मेरा देश प्रेमी दाजु – भाइहरु तथा दिदि बहिनीहरु यस्ता कम्युनिस्टको बेइज्जत गर्ने नेतालाई तपाई हामीनै मिलेर परास्त गर्नु पर्छ

    Reply
  2. rohand says:
    July 14, 2012 at 4:41 pm

    नेपाल को कानून गरिब जनता लाई मात्र लाग्ने हो …. यो बहुबिबाह को प्रसङ्ग पत्रिका मा मात्र पदने हो नेता का सन्तति को लागि…युद्दकालमा अर्काको हात खुट्टा भाच्ने, उस्तै परे मार्ने काम गरेको थियो अब हेरु प्रचन्डको छोरा लाई के गर्छा माओबादी को सरकारले.. बहु बिबाह मा त देश को कानून अनुसार सजाय हुनु पर्ने हो … खै के खै के भने जस्तो … कि कसो ..?

    Reply
  3. pawan says:
    July 14, 2012 at 1:37 pm

    यदि प्रचण्ड नैतिकवान भएको भए प्रचण्डको छोरा पनि नैतिक वन हुन्थ्यो तेशैले भगवानलाई गाली गर्न छोड प्रचण्ड तिमीलाई सतिको सराप लागि सकेको छ अब प्रचण्ड मात्र भित्ताको रास्ट्रपति हुनेमा कसैको पनि दुइ मत छैन

    Reply
  4. raj says:
    July 14, 2012 at 6:22 am

    हेर प्रचण्ड तिमीले हिजो जे रोप्यो आज त्यहि काट्दै छौ. एउटा कुरा याद गर सबै कुराको फल आफैले भोग्नु पर्छ. जुन हिसाबले तपाइको जिन्दगि बढ्दै छ येस्ले ओरालो तिर मात्र लग्दै छ. समयमा दिमाग लगायर बाकी जीवन सरल हुन सीक.

    Reply
  5. Shankar says:
    July 13, 2012 at 8:22 am

    आर्काकी राम्री तरुनी स्वास्नी सग मौका पाए कुन चै लोग्ने मान्छेले माला जप्छ ?(म बाहेक !!!)
    यहा गालि गर्ने हरुले आफु त्यो ठाउमा उभिएर कल्पना गरौ त् |अनि आफ्नो मन मा
    कहिले काइ के के कुरा आउछ ??
    अनि एकान्त मा कहिले काही के के गर्ने गरिन्छ ?
    अनि मर्द को छोरालाई तेसैको लागि के को गालि ?
    हिमाल चढ्यो ,तेइ बेला इलु इलु भएछ | काम चै गलत हो | घर परिवार ,समाज मा भोग्दैछ नि बिचरा ले |
    प्रचण्ड को छोरा भन्दामा सरिर को अंग तेसै चुप लाग्छ ?

    Reply
  6. ram sharma says:
    July 12, 2012 at 8:14 pm

    छिरिक्क केही भयो कि सर्वोच्चमा मुद्दा हाल्ने कथित कानूनविद हरू, नया पारसको बहुबिबाह को मुद्दा दर्ता गर्न चाहि किन हिच्किचाइ रहेका छन्? कुरो बुझिनसक्नु छ.

    Reply
  7. himal says:
    July 12, 2012 at 12:32 pm

    अब प्रकासेको चौथो सिकार को हुने हो ? त्यो पो रमाइलो कुरो छ / मगर्नी त ६ महिना को लागि नै हो /

    Reply
  8. अमर कीर्ति says:
    July 12, 2012 at 9:31 am

    प्रकाशले जे गरे सही गरे, आफ्नो पतन आफै निम्त्याए !
    यस्ता कीरालाई पार्टीमा राखिराखेको खण्डमा पार्टीलाई झन् ठुलो बिपत्ति हुने थियो !

    Reply
  9. Sagar BC says:
    July 12, 2012 at 7:05 am

    कारवाही पनि सबै नौटंकी हो, प्रकाश जी प्रचण्ड चतुर संग रेगुलर सम्पर्क मा छन, बिचार आपत पर्यो त बिनाको लोग्ने लाई…………आफ्नी बुढीलाई अरु ले भगायो..हरे दैब….

    Reply
  10. bkpandey says:
    July 12, 2012 at 5:55 am

    संबिधान सभा खारेज भएपछी नेपालमा पी यम बाबुरामजी भएपनि देसमा सरकार छैन अरु पार्टी भन्दा आफ्नै पार्टी बैध्यजी ले घोर खण्डन गरेपछि,नेपाल कतै सोमालिया हुन् गैराखे को समयमा यो प्रचण्ड पुत्र ,प्रकाशजी र बिनाको अल्लारे जिबन लाई मेडिया ले यत्रो ऐर time दिएको ?????प्रकास र बिना लाई बिना अदालत अपराधी बनायो नेपाली मेडिया ले .प्रकासले सगरमाथा चढी नेपाली युवाको अक्यांछा ठुलो छ भन्ने भनाइ दुनियाभर मेडिया द्वारा नै पुर्याए आज तेही मेडिया प्रकास र बिनाको love life मा त्यस्तो नराम्रो इमेज बनायो.दिल गधि मे हो तो परियो का क्या , एमंग्रेस ले बाबुराम को सरकारको केहि पनि मान्यता नदिए पछी बजेट कसरि निकाल्ने ????? नेपालमा पंचायेती पद्दति राम्रो रहेछ,बहुदल आएपछि माफिया,दोन,अपराधी को प दिन आएछ.अन्त्य मा माई संसारका साथीहरु प्रकासले बीना संग प्रेम गरेको अपराध होइन . YOU CAN कन्ट्रोल यौर MIND ,BUT यौ CANNOT CONTRAL यौर Heart .

    Reply
  11. abhaya says:
    July 12, 2012 at 2:52 am

    आर्का को स्वास्नी ल्यायो भनेर चाही माओबाद लाइ पीर हुने ……………जनयुद्ध गर्ने बेलामा चाही जसले जे गरेपनि हन्छ भनेको जस्तो गर्थीयो …………..अरु लाइ भएको भए भौतीक कारबाही गर्थीयो होला ………………आफ्नो छोरा भएको भएर,,,,,,,,,,,,,मात्र पार्टी बाट नीस्कासीत………………………………………………

    Reply
  12. Ramesh says:
    July 12, 2012 at 2:36 am

    तँ त् सार्है बिग्रिस नि प्रकाशे !

    Reply
  13. Ram Thapa says:
    July 12, 2012 at 2:27 am

    कतिले बिर्सनु भयो होला,कतिलाई ताजै छ/जब कथित जनयुद्ध चालु थियो त्यस बखत कोहि महिला कसै संग बोलि भने,कसैकी श्रीमती कसै संग लसपस गरेको शंखा भयो भने,कसैले श्रीमती हुदा हुदै दोश्रो बिबाह ग-यो भने,एक आपसमा मंचित्त लागिहाल्यो भने माओबादीहरुलाई गोर्खे लौरो कसेर सिस्नु पानी लगाउने देखि बाधेर गाउ घुमाइ बेज्जेत गर्ने र बाधेर घास खुवाउने सम्मको अधिकार थियो/गाउमा कसैले माया प्रीतिको गित गायो भने समाज भाडा भनेर,विकृत सस्कृति भनेर माओबादीहरुले के मात्रै गरेनन/तर माओबादीहरुले तिन चार वटी ल्याउन पनि पाइने,ल्याएर छोड्न पनि पाइने/कस्तो बिडम्बना?

    Reply
  14. Pradip says:
    July 12, 2012 at 1:09 am

    मोरो कति बाठो हो, बाबुराम काका भान्से भाको बेलामा २ क लिएर भाग्ने विचार गरेको रहेछ / जे होस् जनता लुटेको पैसाले नै दिल्ली बस्ने plan गरेछ राज्यको २ क त बचायो ठिकै भयो नि !!!

    तथाकथित युद्धमा केटि फेरी फेरी … बानी झन् आइले त पारस जस्तै भाको छ भनेर सब सबैले तुलना गर्छन तेसै बस्ने कुरा नि आएन नि !!!

    Reply
  15. Suman bhote says:
    July 11, 2012 at 9:37 pm

    यो प्रेम होइन वासना हो …… केहिदिन पछि बिलएँन भएर जान्छ….

    Reply
  16. प्रकाश छेर्लुंगे says:
    July 11, 2012 at 5:48 pm

    यो कुनै नौलो कुरा भएन | महान पार्टीमा यस्ता झिनामसिना कुरा भैहाल्छ नि यार | वांहहरुको पार्टी नै ठुलो विचार ठुलो , अनि जनता धरै अनि स्वास्नी एउटा | मिल्दै मिलेन नि यार | बादल साहेबको हेर पम्फा जी कस्तो पछि पछि | वांह एउटा बुटवल तिर मन्त्रि बनिसकेका माओबादीकै एकले त आफ्नी स्वास्नी लै पैसो उठाउन फलाना संग सुत्न मात्रै होइन अंश नै माग्न पठायको पत्रपत्रिकामा आयको थियो | संस्कृती त आरुलाई सिकाउने कुरा हो हजुर | अनि आरुले गरेको ऐस आराम पो ऐस आराम आफुले गरेको त सर्बहारा ले पायको सान्ति हो नि यार |
    अनि गाउको तिन लाख पर्ने पाखो बारी हुने पो सोशक त काठमाडौँ को जाबो एउटा घर अनि फलाना कि स्वास्नी लै रखैल बनाउनु त फलानी जनता लै अनिवार्य आवस्यकता बाट बन्चित नगरयको हो नि यार \ ठोक् प्रकाशे ठोक् तेरै छन् दिन | तै त हो आज को पारश \

    Reply
  17. भिमा भट्टराई says:
    July 11, 2012 at 4:51 pm

    राजपरिवारको सदस्य भएकाले पारशलाई जे गरे पनि छुट थियो , त्यो छुट यी प्रचण्ड पुत्र नया राजकुमार प्रकाश ले पनि त पाउने होलान नि, हेर्दै जाउ ………… अहिले लाई त निलम्बन गरेको खबर आयो तर घर फर्के पछि यिनिहरुलाई कस्तो कारवाही हुदोरहेछ .

    Reply
  18. shreedhar says:
    July 11, 2012 at 4:38 pm

    पाप धुरीबाट करायो .प्रचण्ड लाई ………….

    Reply
  19. purnaprasad khatiwada says:
    July 11, 2012 at 4:28 pm

    प्रकाश ले रेकर्ड तोड्दै छन् | येसरी नै गए भने गिनिज बुक मा नाम लेखिनेछ , मान्छे फुच्चे टाइप को भए नि दिमाख चै रहेछ |

    Reply
  20. manish says:
    July 11, 2012 at 3:57 pm

    प्रचंडे बाठो छ . पार्टी कारबाही बाट छोरोलाई जोगौना को लागि पार्टी सदस्यता बाट निकालिदियो. प्रचण्ड जस्तो धुर्त मान्छे संसार मा नत कोहि जन्मेको छ नत कोहि जन्मन्छi

    Reply
  21. krishna USA says:
    July 11, 2012 at 3:43 pm

    बाउ आमा ले संस्कार दिनु परोनी.
    बिचरा प्रकाशले के सिक्न पायो उसको बाल्य कालमा
    सिक्यो त संस्कारमा : कमरेड, सत्रु ,युद्ध, काट,मार ,हान, छिना, खुट्टा भाच, टाउको फुट्टा,गिद्दी निकाल, गोलि, बारुद, बम
    कठईबारा प्रकाश

    Reply
  22. shivsraj says:
    July 11, 2012 at 3:03 pm

    क्रान्तिकारी कम्युनिस्ट पार्टीको क्रान्ति पार्टीको युवा नेताले सास्कृतिक छालिंग नै मरे नि / अब अन्य युवाहरुले पनि उनिहरुबाट केहि सिक्ने हो कि ? संबिधान नबनेको झोकमा यी जोडीले नया घरबार चाही बनायको मा बधाई दिनै पर्यो नि /

    Reply
  23. मणि says:
    July 11, 2012 at 12:57 pm

    एउटा भनाइ चरितार्थ भो – “मुख र मु* संयम राख्न सकेन भने बिपत आइलाग्छ”
    बाउले मुख
    छोराले मु*

    (पुनश्च: भनाइ नै त्यस्तो छ कसरि पूर्ण कुरो लेखु, सभ्यताको पनि अलिक ख्याल गर्नु पर्यो नि मैले!)

    Reply
  24. EAKRAJ ADHIKARI says:
    July 11, 2012 at 12:30 pm

    यो घटना घट्नु संयोग मात्रै होला ,,, तर नेपालले एउटा तन्त्रको सत्यानाश भएको छिट्टै देख्न पाउने भयो ….. पारसको कर्तुतले शाह बंश को नाश भएजस्तै प्रकाशले पनि नेपाली जनतालाई धेरै राम्रो गुण लगाएका छन् ….साएद यहि काण्डले प्रचण्डलाई केहि समय मुख देखाउन गार्हो पर्ला अनि ठुला ठुला कुरा गर्ने, प्रचण्डपथ को व्याख्या गर्ने हरु दुला पस्लान ….कमसेकम नेपालले अर्को महाराज अर्को गिरिजा, सुर्यबहादुर को तितो काल भोग्नु नपर्ला ……अचाम्मता के भने यहि प्रकाश अस्ति सम्म सिंगे माओबादी पार्टी कै मुख जस्तो थियो ,,,आफ्नो बाउले जस्ताबेज लेखना लागेको कुरा गर्थ्यो ,,,,,थुक्क देश दुबयेरा हजारौलाई मारेर ,,,सत्रु हँसाएर , हुँदो न खाँदाको संविधानको नाममा अरबौ खर्चायेरा यसको बाउले लेखना लागेको दस्ताबेज त छोरालाई मनपरी गराउन छुट दिनु भन्ने पो रहेछा ….आफ्नै घरभित्र , आफ्नै निजि सचिब , आफ्नै पुत्रलाई सम्हाल्न नसक्नेले सम्पूर्ण नेपालीको भबिस्यको ठेक्का लिने रे धत्………

    Reply
  25. Bimal says:
    July 11, 2012 at 12:02 pm

    आखिर बाउकै गोता गएछ छोरो पनि | बाउ सम्पत्ति र सत्ता भनेपछि देश बेच्न पछी नपर्ने, छोरो चाही रक्सि र यौनक्रिडामा डुबेपछि कसैलाई नदेख्ने | बिचरा नेपाली जनता, अगुवा नै …. भएपछि कसको के लाग्छ र |

    Reply
  26. Netra P. Paudyal says:
    July 11, 2012 at 11:34 am

    सगरमाथाको चुचुरोमा पुगेर झन्डा गाड्नु पर्ने, तर क्रान्तिकारी ब्रोले त अाधार शिविरबाट नै झन्डा गाड्न सुरु गरेछ ! यस्ता लम्पटहरूले राजनिती गर्ने हुदा नै देश अाज पनि गरिबीको चपेटामा परेको छ।

    Reply
  27. Purbi says:
    July 11, 2012 at 11:06 am

    प्रकाश दाहाल यत्रो कुरा गर्न लायक मानिश हो र ? किन हामीले यसको बारेमा टाउको दुखाउने प्रचण्ड को छोरो भयर हो ? प्रचण्ड नै कुरा गर्न लायक हुन छाडी सक्यो, प्रचण्ड ले कति लाई रुवायको छ तेस्लाई पनि रुवाउने को हि त चा इयो नि हैन त कि कसो ?

    Reply
  28. Anup says:
    July 11, 2012 at 11:06 am

    केटि तेत्ति राम्री त होइन तर माओबादी पार्टीको नेताको हैसियतले गर्दा भाउ चाही करोडनै राखी छे |

    Reply
  29. सरला थापा says:
    July 11, 2012 at 10:57 am

    प्रकासेलाई त्यतिकै आरोप नलगाऔ न साथी हो। सबै जातिबाट एक-एक स्त्री(अर्काको बुढी नै भएपनि) घर भित्र्याएर प्रकासेले दाहाले परिवारलाई समावेसी परिवार बनाउन खोजेर अग्रगामी छलाङ् मार्न खोजेको पो हो कि!!

    Reply
  30. Mahesh Parajuli says:
    July 11, 2012 at 10:52 am

    प्रकाश दाजु राम्रो संग मस्ती गर्नु होला.. उत्तौत्तोर प्रगति को सुभकामना…तेस्रो मस्ती सकेर अब चौथो कसरि सुरु गर्ने भन्ने बारेमा पनि बन्दै गरेका योजना हरु अझ परिस्कृत हुदै जहोस…पार्टी भनेको त हुदै गर्छा नि होइन र ब्रो? खुट्टा भए जुत्ता कति कति!!

    Reply
  31. punya hawaii says:
    July 11, 2012 at 9:56 am

    अब माओबादिले प्रकास र बिनालाई भाटाको नं. रोजाएर भाटे कार्बाहि गर्नु पर्यो।

    Reply
  32. Laxman says:
    July 11, 2012 at 9:16 am

    निलम्बित भएर मात्र के भो र?
    देशको प्रचलित कानुन अनुसार कारवाही गरिनपर्छ|
    होला उजुरी दिने हिम्मत भएका कोइ मा का लाल वा लाली?
    चन्दाको खर्च प्रतिवेदन के हो त्यो पनि खुला विवरण दिनपर्यो|
    जनताले परिश्रम गरेर कमाएको तलबमा कर लिने र प्रकाशलाई त्यसै
    छाडीदिन भएन| दिल्लीको कुन होटलमा हनिमुन मनाइरहेको होला|
    आफै अगुवा अनि बाटो हगुवा हुने?

    Reply
  33. SURENDRA SUBEDI hongkong says:
    July 11, 2012 at 9:16 am

    सत्ता र पत्ता को उन्माद ले गर्दा भएको घटना हो यो /सर्बहारा वर्ग भनेर भन्न रुचाउने महान पार्टी एकिकृत मावोबादी का नेता अनि कार्यकर्ता हरु ले जे गरे पनि हुने भयो/१० औ हजार मनिष को बलिदान को उपज हो यो भन्ने हाम लाई लागि रहेको छ/

    Reply
  34. Sapna says:
    July 11, 2012 at 8:17 am

    अब केहि दिन यस्तै गैर जिम्मेबार कुवेका नबजवानहरुको चर्चामा नेपालीहरुले समय बर्बाद गर्ने भए|

    Reply
  35. Mahesh says:
    July 11, 2012 at 7:10 am

    त्यहि त भन्या,

    यो जार शब्दको संन्दर्भमा कुरा गर्दा, हाम्रो गाउमा एउटा दोबाटो थियो . जसलाई हामी जार काटेको दोबाटो, निकै प्रचलित (उहिले धेरै समय अगाडीको घटना, कसैले त्यहाँ छप्कैदेछा, उही स्वास्नी भगौनेलाई ) भन्दथ्यौ . अहिले आएर केहि बर्ष अगाडी तेस्को अर्को नामकरण भयो. जाजरकोटे दोबाटो रे भयो अब. भू. पु. जाजरकोटी कांग्रेसी संसदले बकैदा घर नजिकै बनाएर बसेका कारणले आफ्नै पाराले नाम दिए त्यो स्थानको . तेही भएर यो समय संगसंगै नेपाली शब्दको परिभाषासंग मेल खाने काम गरेर कमरेड पुत्रले नेपाली भाषाको शब्दावलीमा जार भन्ने शब्द जीवित छ है भन्ने संदेश दिन खोज्नु भाको त होइन.

    Reply
  36. Pradip Lal Shrestha 'लेकाली माइला' says:
    July 11, 2012 at 7:04 am

    चोखो माया लाकै हो होइन भनु कसरी कि कसो प्रकाश ???

    Reply
  37. aron says:
    July 11, 2012 at 6:56 am

    यो कथाको आधारमा म एउटा सिनेमा बनाउने विचार गर्दैछु, शिर्षक के ठिक होला, सुझाब दिनुहोस है|
    मेरो विचार म “स्वास्नी नमबर ३” अथवा “Revolutionary प्रेम” के होला?

    Reply
  38. Aavash says:
    July 11, 2012 at 6:42 am

    सगरमाथा चढ्ने बहाना मा कुम्ल्याको पैसा बाकी होला प्रसस्तै, मोज गर मज्जाले परेको म बेहोरुम्ला 😀 अन्जु पन्त जी को गित … तिर्खा लाग्यो पानि खाए मैले के बिराए भन्ने गित यिनीहरुलाई ठ्याम्मै १६ आना मिल्यो भन्ने हामीलाई लाइ राछा … तरुनी हुदा १०० वटा पोइ , बुढेसकालमा मर्ने बेला कोइ न कोइ बिना जी , जेठी बुढी को मिठो कुरा नि तितो , कान्छी को झटारो नि मिठो भैराछा प्रकाश लाइ…लाखे हरेक ३ , ४ साल मा श्रीमती फेर्दो पो रहेछा अचम्म …उल्टो काम गर्न खप्पिस रहेछा आखिर छोरा कसको 😀

    Reply
  39. Sharma says:
    July 11, 2012 at 5:54 am

    बिचरा बिनाको पुरानो लोग्नेले बैद्द पक्षमा लाग्नाले स्वास्नी नै गुमाउनु पर्यो !!
    बैद्द पक्ष होशियार !! राजनीति त तेस्तै हो, पहिला आफ्ना आफ्ना स्वास्नी जोगाउ !!
    प्रचण्ड पक्षमा लागे स्वास्नी जोगिन्छन नत्र त उही हो बीनाको ताल !!!

    Reply
  40. शशांक लामा, न्युयोर्क says:
    July 11, 2012 at 5:48 am

    माओवादीभित्र अरुले रासलिला गरयो श्रम शिबिर र भाटा भेटथे| प्रकाशलाई त्यस्तो गर्ने कसको तागत? आनी बानि नसुध्रुन्जेल दुवैलाई साधारण सदस्यबाटै आउट गराउनु पर्छ |

    Reply
    1. Sisir says:
      July 12, 2012 at 10:47 am

      एउटा नाथे पार्टीको साधारण सदस्य हुनु नहुनु तपसिलको कुरा हो , मुख्य कुरा देशको कानून अनुसार कारबाही गर्नु पर्छ ,,, दुबैलाई बहु बिबाह र पर पुरुष र पर इस्त्री गमनको मुद्दा पनि लाग्छ यिनीहरुलाई …
      नब युबराजलाई कसले गर्ने श्रम शिबिर र भाटे कारबाही …

      Reply
  41. sudip says:
    July 11, 2012 at 5:47 am

    जस्तो बाउ उस्तै छोरो/ बाउ गतिलो भए पो छोरोले राम्रो संस्कार पाउछ र गतिलो हुन्छ/ डाँकाले आफ्नु बाल बच्चालाइनि डाँका नै बनौछा/ बच्चाले बाउ आमा बाट सिक्ने त हो नि कि कसो

    Reply
  42. kalpana bhandari says:
    July 11, 2012 at 4:01 am

    मलाई त ति बिना भन्ने मैयाको पो दया लग्यो त ! प्रकाश त डाका नै भै हाल्यो एक पछि दुइ तेस पछि तिन गर्ने ले चार पनि गर्छ नि , फेरी दुइ बर्ष कुन रिना लाइ काखी च्याप्छ अनि ति बिना चै क गर्छिन यता श्रीमान ले पनि नभीत्रिउलान ……बिचरी ….

    Reply
    1. Gemmi says:
      July 11, 2012 at 12:59 pm

      ताली एक हातले बज्ने होइन | बालिग भैसकेकी र राजनीति गरेर संसार बुझ्ने भैसकेकी बिना भन्ने मैयालाई जालझेलमा पारेर उडाएको होइन होला त प्रकाशले | मैयाको चाहिँ यो दोश्रो मात्रै नै भए पनि प्रकाश चौथो तिर गयो भने मैया पनि तेश्रो घुम्ती तिर लाग्लिन, त्यसमा के नौलो कुरो भयो र ?

      Reply
  43. ryan says:
    July 11, 2012 at 3:53 am

    मोज गर्ने ले गरिराखेका छन् . अर्कै संसारमा रमाई राखेका छन् . हामीलाई के को टिकी ट्यास ट्यास नि

    Reply
  44. Suabhat Shresthapr says:
    July 11, 2012 at 3:40 am

    अन्तत्वगत्वा माओबादी सबै निलम्बनमा पर्छन/किन भने मानवता बिरुद्ध बर्बरता गरेको अभियोगमा अन्तराष्ट्रिय अदालत हेगमा उनीहरु बिरुद्ध मुद्दा चल्दैछ/

    Reply
  45. Pradip Lal Shrestha 'लेकाली माइला' says:
    July 11, 2012 at 3:35 am

    जुगा, लहरो र स्त्री नजिकको संग टासिंछा भन्थ्ये हो रहेछ,

    Reply
  46. uttam says:
    July 11, 2012 at 3:17 am

    आफुलाई मन परेको मान्छेसित जिन्दगि बिताउने जसको पनि अधिकार हुन्छ
    तर आफ्नो येथाबत “बैबाहिक सम्बन्ध” लाइ समाजमा हासो को बिषय नबनाउ. पहिले सम्बन्ध बिछेद गरेर, धुम-धाम सित बिहे गर्न पर्थ्यो अलिकिती बुद्धि भएको भए .

    Reply
  47. Dhananjaya Saroj says:
    July 11, 2012 at 3:16 am

    यी नेपाली हरु पनि के भा का? सगरमाथा जस्तो ठाउमा चधी सकेको मान्छेले बिना माथि चढ्यो त के अपराध भयो? यिनका बाउले मान्छे दुख नदिकन मर्नु भनेर मैले भनेकै हु भनेर अन्तरबार्ता दिदा त कसैले केहि गर्न सकेन, अब यिनलाई कसले के गर्ने? अहिले हाम्रा पल्लाघरका बिर्खे दाइले कुनै केटि लाई समझदारी मा बिबाह गरेको भय, संस्कृति बिगार्यो भनेर, केशर बहादुरलाई बोलायर सफाया गरिदिन्थे, अनि केशारे लाई चाही आउदो चुनाव मा सभासद!

    नडराऊ प्रकाश बाबु नडराऊ,

    हाम्रो पार्टी, हाम्रो नव युबराज जिन्दाबाद! जिन्दाबाद!! जिन्दाबाद!!
    काँग्रेस, एमाले, मुर्दाबाद! मुर्दाबाद!! मुर्दाबाद!!

    Reply
  48. Ekaraj agasti says:
    July 11, 2012 at 2:04 am

    डल्ली मगर्नी, सुटुक्क लैजानी हल्ला नगर्नी , बहुत चलेको गीत हो यो कुनै जमाना मा, सुनेको रे छ प्रकासे बज्या ले,

    Reply
    1. Ram Prit Yadav says:
      July 11, 2012 at 11:53 am

      A typical rasist expression of टपरे बाहुन!

      Reply
  49. Raj says:
    July 11, 2012 at 12:12 am

    एदी यो कुरा सत्य रहेछ भने पनि बिनाजी र प्रकाशजी नडराउनु, तपाइको बुवाको भन्दा बेग्लै नाम गरेको ‘क्रान्तिकारी बहु बैबाहिक’ पार्टी खोल्नु पर्छ!

    Reply
  50. keshav khanal says:
    July 11, 2012 at 12:10 am

    बिना लाइ लिएर सगरमाथा चढेर संबिधान बनेन अब बिहे नै गरेओ भने संबिधान पुनर्स्थापना गरेर संबिधान बन्छ कि भने र भगाको होलानी :पी

    Reply
  51. hari says:
    July 11, 2012 at 12:04 am

    तेत्रो महलमा बस्ने मान्छे छैन , भाडामा दिन मिलेन , कोठा भर्न पर्यो नि त् , अझ दलित /पिडित जनजाती के जाति ,हक अधिकार नपाएका भन्ने हरु नै उचालेको भए उद्दार त् हुन्थ्यो , एक नेत्री पो बोकेछ बज्य ले , कता गए बडो माओबादीको पक्ष् पोषण गर्ने हरु , कि यो त् राणा खलक को बिडो थाम्ने कार्य भएको ले प्रकास लाइ उन्मुक्त्ति हो ? गर्थ्यौ त् बडो भाटे कारबाही ,अब नि गरेर देखाऊ न हेरौ ….

    Reply
  52. janak dangol says:
    July 10, 2012 at 11:49 pm

    * बिनाको लोग्नेले जार काट्छ कि काट्दैन (मुद्धा हाल्छ्की हाल्दैन) ?
    * हिजो प्रचण्डले अफगानिस्थान, पाकिस्तानको तालिवान आतंककारीले गरे जस्तै गरि उसको जनअदालत मा सर्वसाधारणलाइ बढीको सजाय सफाया, घटीको सजाय भाटे कारबाही अब उसको एकमात्र सुयोगु पुत्र प्रकास तथा निजकी प्रेमिका बिना मगर माथि लागु गर्छन कि गर्दैनन ?
    * अब नेपाल भन्ने देशको महान क्रान्तिकारी, सर्बहाराको मुक्तिकालागि लडी माहान बिजय प्राप्त गरि सत्तासिन व्यक्ति द्वारा ठुलालाई चैन सानालाई ऐन हुन्छ कि ऐन, नियम, कानून भन्ने कुरा सबैलाई लाग्छ भन्ने कुरा जनताले हेन बाँकी छ !

    Reply
  53. Ram says:
    July 10, 2012 at 11:41 pm

    यो Praksh भन्ने ले सगरमाथा चड्न गएकै होइन रहेछ बिना चड्न पो तेत्रो बहाना गरेको रहेछ.हेर सारा नेपाली लै बेवकुफ बनाएको.बाबु प्रचण्ड ले देश लै बेवकुफ बनाउने छोरो ले के बाकी राख्छ त. क्रान्ति को बेला गाऊ मा गरिब को छोरा ले एस्तो गरेको भए यिनै कामरेड ले खुट्टा भाचेर मार्थे होला,तर अब प्रचण्ड पुत्र लाई कसले के गर्ने ? कसको तागत छैन.अब उनीहरू लाई पार्टी ले निकाले र के हुन्छ नै . करोडौ पैसा बाउले कुमल्येको छदै छ तेसै मा मोज गरेर बस्छ नि.यो त सुवत हो. हेर्दै जानु होला एस ले अब दश वोती जति भित्रौने छ.

    Reply
  54. abhin thapa says:
    July 10, 2012 at 11:39 pm

    मेरो हजुरबुवाले भन्ने गर्नुहुन्थ्यो ” मान्छे जन्मेर मात्त्र हुदैन, येस धर्तीमा आइसकेपछि आफ्नो पहिचान र नामको लागि केहि गर्नुपर्छ; नत्र त उही झार उम्रे जस्तो भैहाल्यो नि, उम्रियो मर्यो केहि अस्तित्तो नै हुदैन, तेसैले पैसा धेरै थोरै जति कमाए पनि नाम चाही कमा है बाबु!”
    यौनाबेगले मान्छेको चुरीफुरी सबै धोस्त पारेर लल्याक लुलुक गल्याउछा, तेस्पछी म को हु मेरो कर्तब्य के हो सबै भुलाएर अन्धो आबेगमा धकेलिदिन्छा,
    यहाँ कुरा आयो प्रचण्डपुत्र प्रकास र एउटा समाजको लागि उदाहरनिय व्यक्ति भैसकेको विद्यार्थी नेता बिना मगरको, हाम्रो देशमा यौन कुण्ठा अलिक बढी नै छ कुनै बिस्फोट हुन्छ त कुनै भित्र भित्रै दबिन्छा पनि, सिंगो देशमा नै परिचय पाइसकेका यी दुईको रसरंगी क्रियाकलापले के सिकाउछ त समाजलाई, दुवै बिबाहित भैकन पनि एकैछिनको आवेगलाइ शान्त पार्न जुन कलंकित काम यिनीहरुले गरे तेस्ले हाम्रो समाजलाई नराम्रो बिस्फोतरुपी धक्का दिएर गएको छ;

    Reply
  55. Ramesh says:
    July 10, 2012 at 11:35 pm

    हैन समजदारी मै दोस्रो बिहे गर्ने ओखलढुङ्गगाका उज्जन कुमार श्रेष्ठको माओबादी कै पार्टी नीति अनुरुप माओबादी सभाषद बालकृष्ण ढुडगेल ले सफाया गरि समाज मा सांस्कृतिक बिचलन रोक्ने कथित अभियान थालेका थिए हैनन् ??

    र यस्तो महान कार्य को बिरुद्ध सजाय सुनाएको भनि प्रचन/ बाउराम ले सजाय माफी दिने भनेर रडाको मचाएका नि थिए हैन ??

    Reply
  56. prabesh says:
    July 10, 2012 at 11:18 pm

    साथिमात्र हउ , घुम्नमात्र गाको भनेमा त कानुन नलाग्ला नि । फेरी अा अा फ्नो काममा गाको भेटेको छैन एक अर्कालाइ भनेमा झन के गर्ने । विवाह नै गरेको हो र , रोमान्स मात्र गरेमा के सजाय छ त ?

    Reply
  57. Prakash Tiwari, NYC says:
    July 10, 2012 at 10:27 pm

    आधुनिक समाजको न्युनतम अवासेकता पानी र बिजुलीको पनि अभावमा बाच्नु परेको नेपालीलाई सस्तो गाइजात्रे मनोरंजन प्रदान गरे यी दुइ निर्लज्ज र मनमौजी जोडीले / येस्ता खालको खबरले प्रत्रिका र ब्लग चल्नुले हाम्रो अन्तनिहित स्वभाव र चाहना पनि उभार हुन्छ / कहि हामीहरु भित्र पनि प्रचण्डपुत्र प्रकाश, पारस र बिना त लुकेका छैनन् जो मोज त गर्न चाहन्छ तर सम्पति, सामर्थ र सक्तिको अभावमा पछि परेको छ ? एसको मनोविज्ञानको पनि बिबेचना गर्ने हो कि ? लौ येस्मा बिचार गरौ – कति घटनालाई राजनीतिक रंग दिने /

    अन्तमा एउटा कुरा नि हाम्रो समाज बिना-प्रकाश जस्ता मनमौजीभन्दा प्रचण्ड-बाबुराम जस्ता पाखण्डी,खुरापाती र कपटीको कारण दुःखी छ /

    Reply
  58. रोशन बाबु says:
    July 10, 2012 at 10:22 pm

    ‘गम्भीर रुपको सांस्कृतिक विचलन’

    ” गाउँको अगुवा बाटो ह** ” भन्ने उखान चरितार्थ भयो !!

    Reply
  59. Resham says:
    July 10, 2012 at 10:02 pm

    बिना ले पनि आफ्नो लोग्ने हुदा हुदै अर्को पुरुष सग बेपत्ता भएर अर्को अग्रगामी कदम चालेकै हुन् / येस्तरी अरुको परिवारमा चाही लोग्ने स्वास्नी बिचमा विश्वासघात नहोस र पारिवारिक सुमधुर सम्बन्धमा बिचलन नआवोस है/

    Reply
  60. Lalit Narayan says:
    July 10, 2012 at 9:54 pm

    अब परेन धर्म संकटमा ? न संस्कृतिक बिचलनको आरोपमा कारबाही गर्नु, न अन्तरजातीय सम्बन्ध गाँसेकोमा स्याबासी दिनु ? पहिले दुबैजनालाई पाता फर्काएर सिस्नुपानी लगाइदिउ त्यसपछि अविरमाला लगाई नगर परिक्रमा गराई दिउ; जनता पनि खुश, दुइजना जोडी पनि खुश; यसो गरे कसो होला?

    Reply
  61. Balaram Sharma(Paudyal) says:
    July 10, 2012 at 9:23 pm

    शान्तिखोज्न सगरमाथा गयका प्रचण्डपुत्र प्रकाश दाहालले शान्ति भेटेनन् …..कमसेकम बिना त भेटेछन । चार चार बर्षसम्म समयथप्दै देशको ढुकुटि रित्तो पारेर संबिधान सभानै बिघटन गर्दा त भयो भने शान्ति खोज्न हिडेका प्रकाशले शान्ति नभेटे पछि बिना ल्याउदा नहुने??

    Reply
  62. ashok says:
    July 10, 2012 at 8:58 pm

    बैश र जिम्मेवारी भन्ने कुरा सधै संगै रहदैनन !

    Reply
    1. tuyoo bhaju says:
      July 11, 2012 at 10:59 am

      पाका मान्छेहरु भन्ने गर्थे रे क्या — बाबुहरू हो , जिन्दगीमा दिगो सुख पाउने भए २ गोता कुरालाई लगाम लगाउन सिक = पहिलो थुतुनो — दोस्रो मुतुनो .
      प्रचण्डले यो कुरो आफुले नसिकेको हो कि पुत्रलाई सिकाउन नसकेका हुन् थाहा भएन
      बिचरी मगर्निलाई पो फसाद . एकातिर पहाड , अर्कोतिर समुद्र .
      उनीले परकाशेलाई बढी विश्वास गरेको नै उनको भूल ठहरिन्छ
      जेहोस, नहुनु भैहाल्यो, अब दुबैलाई यस्तो सजाई होस् कि कोइ दोस्रो घटना हुन् नपाओस

      Reply
  63. Asha Sedhain says:
    July 10, 2012 at 8:50 pm

    युद्दकालमा अर्काको हात खुट्टा भाच्ने, उस्तै परे मार्ने काम गरेको थियो अब हेरु प्रचन्डको छोरा लै के गर्छा माओबादी ले.. बहु बिबाह मा त देश को कानून अनुसार सजाय हुनु पर्ने हो क्या रे! नया युबराज लाई के सजाय होला नेपाली जनता ले हेरी राछां..प्रकशे त पारसे भन्दा पनि बढी भएर निस्कियो त हो गाठे !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme