कहलिएका पाँच ‘डन’हरु- गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरीविरुद्ध अन्ततः स्रोत नखुलेको अवैध सम्पति राखेको भन्दै मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता हुनु एउटा सकारात्मक पक्ष हो। तर कारबाहीको लामो प्रक्रिया बाँकी छ र त्यसमाथि यी डनहरुको टाउकोमा भएका राजनीतिक नेताहरुको हातले यिनीहरु जेलभित्र फँस्लान् हैन बच्लान् भन्ने डर हुन्छ।… Continue reading
Author: Salokya
ठमेल जलेपछि कर्ण शाक्यको होटलतर्फ उठेका औँला
ठमेलमा बिहीबार रातभर दन्किएको भिषण आगो र त्यसले खरानी पारेको करोडौँ मूल्य बराबरको सम्पति! आगो सेलाइसक्यो, शनिबार परेको पानीले सडकका खरानी पनि पखालिसक्यो। तर काठमाडौँमा यो अग्निकान्डको चर्चा अझै सेलाएको छैन। प्रविधिका कारण आगोभन्दा छिटो यो खबर विश्वभर फैलिइसक्यो। लोन्ली प्लानेट जस्ता साइटका फोरममा यो आगोले खरानी पारेको पिल्ग्रिम्स पुस्तक पसलको चर्चा भइरहेको छ। विभिन्न… Continue reading
ठमेल आगलागीमा लोडसेडिङ कारण?
ठमेलमा बिहीबार रातिदेखि लागेको आगो शुक्रबार बिहान बल्ल नियन्त्रणमा आयो। करोडौँको क्षति भयो। नौ घण्टाभन्दा बढी लाग्यो खतरनाक किसिमले फैलिएको आगो रोक्न। यति भिषण आगो कसरी लागेको रहेछ त ? कारण के रहेछ ? लोडसेडिङ! हो, एउटा कारण लोडसेडिङ हो। आगोको स्रोत जेनेरेटर चलाउँदा भएको लाइन सर्ट रहेछ। काठमाडौ गेष्टहाउसको दायाँपट्टी रहेको तीन तल्ले घरको… Continue reading
गल्ती पत्ता लगाउनुस्
नेपालको विशेष अदालतले निकालेको यो सूचना हेर्नुस् र गल्ती पत्ता लगाउनुस्। गल्ती पत्ता लगाएवापत् तपाईँलाई अदालतको मानहानी मुद्दा पक्कै लाग्दैन होला। बरु प्रुफ हेरिदिए वापत् धन्यवाद पो दिन्छन् कि
जोमसोममा टुक्रा भयो थोत्रो जहाज
बायाँको फोटो जोमसोम विमानस्थलमा सन् २००१ मा Guido E. Buehlmann ले खिचेका हुन्। दायाँको फोटो सुनील रावलले आज बिहान खिचेका हुन्। दुवै फोटोमा रहेको विमान एउटै हो। नेपालमा उड्ने थोत्रा विमान मध्येको एउटा हो यो नेपाल एयरलाइन्सको De Havilland Canada DHC-6-300 Twin Otter विमान। ४० वर्ष नाघेको यो विमान आज बिहान विमानस्थलमा अवतरण गरिसकेपछि पनि… Continue reading
रातोपुलमा दिउँसै त्यस्तो हुँदा नि कसैलाई पत्तै छैन
माथिको फोटो गुगल अर्थबाट लिइएको हो। यसमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३३, रातोपुल क्षेत्र देखिन्छ। यो फोटोमा देखिन्छ त्यहाँ कति घनाबस्ती रहेको छ। सोमबार दिउँसो त्यहाँ एउटा ठूलै घटना भयो। के तपाईँले थाहा पाउनु भयो ? यत्रा विधि न्युज च्यानल, यत्रा विधि पत्रिका, यति धेरै एफएमहरु छन्। राजधानीको घना बस्तीमा भएको यो घटनाबारे मैले भोलिपल्ट… Continue reading
कान्तिपुरविरुद्ध मुद्दा : नियत प्रचारको
पत्रकार विजयकुमार पाण्डेले आफ्नो शनिबारे साप्ताहिक स्तम्भमा लेखेको एउटा लेखले अदालतको मानहानी गरेको भन्दै कान्तिपुरका सम्पादक, प्रकाशक, निर्देशक र स्वयं लेखक गरी चार जनाविरुद्ध मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। जुन लेखको विरुद्ध मुद्दा परेको छ, त्यो पढ्ने हो भने त्यहाँ त्यसरी मुद्दै हाल्नु पर्ने गरी केही लेखिएको देखिन्न। मुद्दा दर्ताको समाचार फैलिएसँगै मुद्दा हाल्ने… Continue reading
उहिले र अहिले
५४ वर्ष इतिहासका लागि लामो समय हैन। तर यति वर्षमै पनि ठाउँ र मान्छे कति परिवर्तन भइसक्दो रहेछ। माथिका दुई फोटोले यस्तै अन्तर देखाउँछ। दुवै फोटो स्वयम्भु डाँडाबाट देखिएको काठमाडौँको हो।
लोकमानविरुद्ध दुवै बन्द असफल
लोकमानसिंह कार्की जति खुशी अहिले कोही पनि छैनन् होला। आफूलाई देशको नम्बर वन भन्ने मिडियादेखि सोसल मिडियासम्म अनि नागरिक समाजका नम्बर वन नेताहरुले धुँवाधार विरोध गरे पनि अन्ततः उनले अख्तियार प्रमुखको नियुक्ति पाइहाले। त्यसको विरोधमा नेपाल बन्द गर्न भनी लागिपरेकाहरु समेत बन्द फिर्ता लिन बाध्य हुनपुगे। पुर्पुरोमा लेख्यो भन्दै डोकोमा दूध अड्दैन भन्ने उखानसमेत परिमार्जन… Continue reading
बेरोजगारहरुको क्या दामी बाइक बाब्बै !
संविधान सभा भंग भएर सभासदको जागिर खुस्केपछि पार्टी नीतिविपरीत बेरोजगार युवा संघ, नेपाल गठन गरी एनजिओकरण गरेको भन्दै वाइसिएल संयोजकबाट गलहत्याइएका चन्द्रबहादुर थापा ‘सागर’ले आजदेखि देशका प्रमुख हाइवेहरुमा अनिश्चितकालीन चक्काजाम गरेका छन्। देशैभरका लामो दुरीमा चल्ने सवारी साधन यसबाट प्रभावित भएका छन्। काठमाडौँमा नागढुंगा नाकाबाट कुनै पनि गाडी बाहिरिन र भित्रिन सकेन। हाइवेमा यात्रा गर्ने… Continue reading
रातारात बन्यो लोकमानलाई शपथ खुवाउने कार्यक्रम
जतिसुकै विरोधका आवाज उठे पनि अख्तियार जस्तो विवादमा पर्नै नहुने भ्रष्टाचारीलाई कारबाही गर्ने संवैधानिक अंगका प्रमुखका रुपमा लोकमानसिंह कार्कीले शपथ लिएका छन् आज बिहान। लोकमानसिंह कार्कीले अख्तियार प्रमुखका रुपमा शपथ मात्रै खाएनन्, सदस्यका रुपमा केशव बराललाई समेत शपथ खुवाए आज। पूर्व एआइजी बराललाई माधव नेपाल सरकारले नियुक्त गरेको थियो। तर प्रमुख आयुक्त नभएपछि अदालतले आदेश… Continue reading
अब जागिर माग्न पनि हाइवे जाम
गएको हप्ता एउटा मोटरसाइकलले बच्चालाई ठक्कर दिएपछि पृथ्वी हाइवे जाम भएको भोगेपछि लेखेको ब्लग पढ्नुभएको थियो। यो हप्तादेखि भने जागिर माग्दै हाइवे जामको खबर सुन्नुपर्नेछ। बेरोजगारलाई रोजगार चाहियो, नभए बेरोजगार भत्ता चाहियो भन्दै वैशाख २५ देखि मुख्य मुख्य हाइवेमा चक्काजाम गरिँदैछ। चक्काजामको व्यापक पोस्टरिङ गरिएको छ। चक्काजाम वैशाख २५ देखि भनिएको छ, केही घण्टाका लागि… Continue reading
क्रिकेटले दिएको खुशी
राजनीति लगायत हरेक कुराले निराशा जन्माइरहेका बेला नेपालीहरु फेरि एक पटक खुशी हुने मौका पाएका छन्। यो खुसी फेरि पनि क्रिकेटले नै दिएको हो। नेपालले लगातार दोस्रो पटक आइसीसी विश्व लिग जितेको छ। पोहोर डिभिजन ४, यस पटक डिभिजन ३। यस पटकको विजय अलि नाटकीय थियो। सुरुका दुई खेलमा लगातार पराजय भोगेपछि नेपाली फ्यान निराश… Continue reading
लोकमान सिंह कार्की अख्तियार प्रमुख
अन्ततः विवादको चुलीमा रहेका, राजाको शासन कालमा मुख्य सचिव पड्काएका लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन खिलराज रेग्मीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिश गरेको छ। संवैधानिक नियुक्तिको माओवादीको कोटामा रहेको यो भागमा प्रचण्डको इच्छाले लोकमान नियुक्त भएका हुन्। बीचमा दलहरुबीच नै विवाद आए पनि, एमालेले लोकमान नमान्ने भने पनि, सुशील कोइरालाले… Continue reading
हाइवेका हामी ‘अपराधी’ यात्रु
पोखराबाट काठमाडौँ फर्कँदै थियौँ। टुरिस्ट बस हुइँकिँदै थियो आफ्नो गतिमा। बिहानको नास्ता खाने बेला हुनहुन लागेको थियो। घच्याक्क बस रोकियो तनहुँको जामुनेमा। अगाडि केही अरु गाडी थिए। पछाडि पनि गाडीको लामो लाइन भइसकेको रहेछ। ‘जाम’ भो रे ! के भएको रहेछ भनेर बुझ्न गयौँ। सडकको बायाँ छेउमा एउटी बच्ची रोइरहेकी थिइन्। स्थानीय केहीले उसलाई सम्झाइरहेका… Continue reading
कल्चरल फ्युजन र कन्फ्युजन
१५ दिनमै दोस्रो पटक पोखरा। यो शहर दोस्रो घर हो मेरो लागि। यस पटक दिदीको बिहेका लागि आएको। बेहुली दिदी लिएर जन्ती काठमाडौँ फर्किसक्यो, हामी भने यतै छौँ। दिदी र भिनाजु दुवै एकै जातिको भए पनि स्थान भिन्नताका कारण संस्कृति फरक रहेछ। हरेक जातिको आ-आफ्नै संस्कृति र परम्परा भए पनि जुन ठाउँमा बसोबास गर्यो, त्यही… Continue reading
किन भत्किए यी घर ?
फोटोका घरहरु ध्वस्त देखिएका छन्। नझुक्किनुस्, मनकामना केबल कार चढ्ने ठाउँनजिकै कुरिनटारका यी घरहरु भूकम्प वा विस्फोटका कारण यसरी भत्किएका हैनन्। कारण अर्कै छ।
अन्तरिक्षमा जाने पहिलो नेपाली बन्ने हो ? मंगल ग्रह जान दरखास्त हालिहाल्नुस् !
यो हप्ताभरी हामीले हिरोइन निशा अधिकारी र हिरो अर्जुन कार्कीको सगरमाथा आरोहणमा उठेको विवाद बारे चर्चा गर्यौँ। सगरमाथामा राख्न बाँकी रेकर्ड धेरै छैनन्। बरु अन्तरिक्षमा अहिलेसम्म कोही नेपाली गएका छैनन्, त्यतातिर पो ट्राइ मार्ने हो कि! अहिले एकदमै मौका छ। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वनले मंगल ग्रहमा १० वर्षपछि चार जना अन्तरिक्ष यात्रीलाई पठाउँदैछ। त्यसका… Continue reading
निशाले सगरमाथा चढ्न पाउने, तर हैसियत ‘चिनियाँ टोलीको हेल्पर’ हुने
सगरमाथा चढ्न भनेर तामझामका साथ गएको तर अनुमति नलिएको खुलेपछि आधार शिविरमै अलपत्र परेको, फर्काउने भन्ने खबरबीच आज पर्यटन मन्त्रालयका ‘लेखापाल’लाई उद्धृत गर्दै आएको समाचारमा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई सरकारले सगरमाथा चढ्न नरोक्ने भएछ। पर्यटन मन्त्रालयका प्रवक्ता यो चुप बसेको बेला यो विषयमा बोल्ने अधिकारै नभएको ‘लेखापाल’को मुखबाट आएको (वा दिन लगाइएको)… Continue reading
नायिका निशा कसरी ठगिइन्? जुनिताको खुलासा- सगरमाथा आरोहणमा यसरी हुँदो रहेछ ठगी
नायिका निशा अधिकारीले काठमाडौँमा पत्रकार सम्मेलनै गरेर सगरमाथा आरोहण गर्ने जानकारी दिँदै त्यता लागिन्। त्यसो त उति नाम नसुनिएका नायक अर्जुन कार्की पनि सगरमाथा चढ्ने भन्दै उनीभन्दा अगाडि नै त्यता लागेका थिए। तर नाम र ग्ल्यामर अनि विजयकुमारको शब्दमा ‘भूँइतले बैँक’को कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गतको सहयोग समेत पाएका कारण निशाको चर्चा ज्यादा थियो। हिजो अचानक… Continue reading