Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेरोजगारहरुको क्या दामी बाइक बाब्बै !

Posted on May 8, 2013May 9, 2013 by Salokya

1_1
संविधान सभा भंग भएर सभासदको जागिर खुस्केपछि पार्टी नीतिविपरीत बेरोजगार युवा संघ, नेपाल गठन गरी एनजिओकरण गरेको भन्दै वाइसिएल संयोजकबाट गलहत्याइएका चन्द्रबहादुर थापा ‘सागर’ले आजदेखि देशका प्रमुख हाइवेहरुमा अनिश्चितकालीन चक्काजाम गरेका छन्। देशैभरका लामो दुरीमा चल्ने सवारी साधन यसबाट प्रभावित भएका छन्। काठमाडौँमा नागढुंगा नाकाबाट कुनै पनि गाडी बाहिरिन र भित्रिन सकेन। हाइवेमा यात्रा गर्ने हजारौँ यात्रु अलपत्र परे। लोकमान विशेषाङ्क निकालिरहेका मिडियालाई ती हजारौँको पीरमर्काको कुनै चासो भए जस्तो लागेन। बेरोजगारको नाममा बन्द गराउनेहरुको केही फोटो हामीले पाएका छौँ। हाइवे बन्द गराउँदै हिँडेका यी बेरोजगारहरुको बाइक भने दामी दामी रैछ। हेरौँ केही फोटो-

highway1

highway2

highway3

highway4

highway5

126 thoughts on “बेरोजगारहरुको क्या दामी बाइक बाब्बै !”

  1. prashant says:
    May 14, 2013 at 9:45 pm

    यो काम न लाग्ने केटा केटि हरु संग अरु कुनै काम छैन. यिनी हरु भन्दा राम्रो ५ नम्बर फोटो मा देखिएको एक जना मान्छे जसले साइकल चलाउदै दूध बेच्दै छ .

    Reply
  2. मिलन says:
    May 14, 2013 at 4:26 am

    विदेशमा दिन रात खुन र पसिना बगाउदै, साहुको,आफू भन्दा सिनियरको गाली खादै हामी जस्ता लाखौँै/करोडौँको संख्यामा विदेशीएका छौँ । सायद यस्तै गुण्डा गर्दी गर्दै हिड्नेका लागि हौँला । लाज, सरम पचे पछि यस्तै हो । जमाना नि कस्तो आयो, जो मेहनत मज्दुरी गरेर् खान्छ ऊ चाहिँ साईकिल चढेर दैनिकोपार्जन गर्छ अनि जो बेरोजगार छ, काम छैन, आम्दानी छैन ऊ चाहीँ महँगा भन्दा महँगा बाईकमा आन्दोलन गर्दै हिड्छन ।

    Reply
    1. gurung nanu says:
      May 16, 2013 at 4:43 pm

      यो कुरा सबैलाई थाहा छ!तर पनि किन बुझ पचौछन,?यो मान्छेहरु नै उस्तै हो?जानी जानी आफ्नै खुट्टा मा बन्चरो हन्छन,मैले के भन्नु र,म त् अब आउने चुनाब मा कसैलाई पनि दिन्न भोट?

      Reply
  3. Prabin says:
    May 12, 2013 at 2:47 pm

    संविधान सभा भंग भएर सभासदको जागिर खुस्कियो अनि पार्टी नीति विपरीत बेरोजगार युवा संघ, नेपाल गठन गरी एनजिओकरण गरेको भन्दै वाइसिएल संयोजकबाट गलहत्याइएका चन्द्रबहादुर थापा ‘सागर’ले अब पार्टी अन्तर्गत रही गुन्डा गर्दी गर्दै हिड्ने फुल timer हुन नपाएछि बेरोजगार भएन न त सागर? अनि बेरोजगार ले बेरोजगार भन्न नपाउनु ?

    Reply
  4. Ganesh25 says:
    May 12, 2013 at 9:12 am

    Every citizen should get unemployment allowance similar to European countries or Australia to support its valuable/intelligent citizens, to create better environment, to make stronger and wise citizens for the development of the country. Developed counmtries are in good position, because they give facilities to the people, they think for the people, they take care of their citizens when they are in need (financially, technically, educationally, security etc). It is not that our nepalese have to be on the street like beggers as to daste we are (stupid begger thinking previous centuries nepalese begger Govenrment did so).
    We all deserve better, we are better and will be better citizens. It is not that we want allowance doing nothing for free.

    But once we have support, we can have food on the table, we get energy to think, we can have plans to do for works, education, continuing development activities etc, find the jobs/even part time or full time and make money in accordance to the time, situation and requirements.
    That means we will earn, pay tax back to the Government, make our Government richer, we become richer, our country will be richer and we all do our best for our country as a whole.

    Remember, we want to succeed !! not just survive !!.
    We deserve better, we are better and we will be beter citizens/.
    So, why not be posittive on time and do the right thing on time ?.
    Please do not be stupid, non-sence doll heads commenting such negetive above comments. Please be positive and do the rigth thing on time. I said please, think, plan and do the right thing for others and for
    thie country.

    Reply
    1. Rahul says:
      May 12, 2013 at 1:16 pm

      देश को हरि बिजोग हुने भयो थुक्क नेपाली युवा को ताल हे पशुपतिनाथ रक्षा गर !!!

      Reply
  5. Anand says:
    May 12, 2013 at 9:02 am

    हो , बेरोजगार भयो भन्दै मा बेरोजगार भत्ता माग्नु राम्रो होइन बरु संघर्ष गर्नुस र जहाँ सम्म मलाई लाग्छ हामी जस्तो सिक्षित युवा हरु जस – जस संग स्किल छ जस्तो सुकै बाधा अट्चन आए पनि आफ्नो स्किल अनुसार को रोजगार को लागि संघर्ष गर्नुस गन्तब्य मा एक न एक दिन आवश्य नै पुग्नु सक्नु हुनेछ | म पनि एउटा मध्यम परिवार सित सम्बन्ध राख्छु मेरो बचपन देखि पाईलट बन्ने चाहना अनुसार मेरो बुवा ले घरेडी बेचेर भए पनि मलाई बेदेश कमर्सिएल पाइलट कोर्श पढ्न को लागि पठाउनु भयो | ३ बर्ष पहेले मैले पाइलट लाइसेन्स लिएर नेपाल फर्किए र हाल सम्म संघर्ष गर्दैछु म संग -संगै पाइलट भएर आएका मेरा २ जना साथि हरु नेपाल को नाम चलेको घरेलु एयर लाइन्स को बिमान आकाश मा उडाई रहेका छन तर म ? बुवा ले चलाउनु भएको किराना पसल मा वहाँ को सहयोग को लागि बस्छु ! नेपाल मा भएको भए भर को एयर लाइन्स कम्पनि चहारी सकें निबेदन दिई सके तर सबै बाट एउटै आस्वासन पाउछु वेकेंसी छैन कुर्नुस हुने बित्तिकै खबर गरौला | किन कि म संग कुनै भनसुन गर्ने माध्यम छैन न त म कुनै नेता को पुत्र परे न त कुनै पैसा वाला को छोरा ! तर पनि एक न एक दिन मैले आफ्नो गंत्यब्य भेट्टाउछु कि भनेर संघर्स गर्दैछु , बेरोजगार भयो भन्दैमा चका जाम गर्नु राम्रो होइन भत्ता माग्नु भनेको बेसरम को एउटा पाटो हो ,बेरोजगार छोरा लाई मेरो बुवा ले पसल अनि मेरो संघर्ष को लागि एउटा बाईक किनी दिनु भएकोछ साथि हरु मैले बौ आमा लाई थर्काएर किनेको चाही होइन है ! बेरोजगार छु तर मेरो बुवाले आफ्नै पसिना ले आर्जेको सम्पति बाट किनी दिनु भएको है.

    Reply
  6. Limbu nYn says:
    May 11, 2013 at 9:46 pm

    लेख देखेर, सुनेर, बुझेर लेखिएका कमेन्ट पढेर म निक्कै हासें तर हासोमा मुस्कान पिटिक्कै थिएन!!! मेरो संसारका पाठक प्राय; सबै एक पोजिटिभ रैछौँ/ बाइकका नेपाली सन्तानहरुलाई बधाई छ- बिना हेल्मेट, बिना परिश्रमका बेरोजगारी ग्रुपको लागि एकजुट भएकोमा..,नेपाल बन्द गरेर संसार जितेको उमंगमा..!!

    Reply
  7. sherpa ang says:
    May 11, 2013 at 9:24 pm

    मागेर खोसेर खाने हरु, गरेर खान सक्तैन खट्टा बाँचेका हरु ,तेसैले चिप्ला मोटर साइकलमा
    हिडेको र यो मोटर साइकल पनि पहिला संबिधान सभा चुनाबको बेला स्यालको भूमिका
    पुरा गरे बापत पाएको पुरस्कार हो l अब अर्को संबिधान सभाको चुनाब को चाल पाए पछि ,
    केको बाँकी राख्त्योर ,अबत पाजिरो ….यही हो रोजगार

    Reply
  8. pradeep says:
    May 11, 2013 at 8:47 am

    लुटेर, ठगेर, धमक्यार कमाउने धन्दा रोजगारी होइन ! यस्ता लाई रोजगारी दिए सब चौपट पर्छन किन कि उनि हरु बिना परिसरम र बिना सरम कमाउन चाहन्छन !

    Reply
  9. sudha says:
    May 11, 2013 at 3:33 am

    यो लोकमान बाट जनता को ध्यान हटौन माओबादी को नया प्रोपोगान्डा जस्तो लाग्यो मलाई त ,

    Reply
  10. suzan shankar btm jhapa says:
    May 10, 2013 at 10:22 pm

    हेर्नुस नेपाल मा १ क्रोर १३ लाख युवा हरु बेरोजगार छन्. हामीले सबै दल क पार्टी हरु लाई सत्ता मा पुर्येइ सक्येउ ती नेता मन्त्रि हरु ले यो देश लाई के गरे त खाली युवा हरु लाई बलि को बाख्रा मात्र बनाए क छन्/ नेपाली दाजु वाई हरु लाई एक आपस मा लडाएर रगत को धारा मात्र बगाएका छन्/ इतिहास देखि लिएर आहिले सम्म खाली बेरोजगार युवा हरु लाई अशोशन देखाएर आफ्नो ढाल मात्र बनाएका छन्/ के अहिले सम्म कुनी नेता मन्त्रि हरु ले देश को निम्ति कुनी बिकाश गरेका छन् त, के बेरोजगार हुने बित्ति कै हामी नांगै हिड्नु पर्ने, सुकुम्बासी चै खोला को ढिल मै बस्नु पर्ने कस्तो समाज हो यो, त्यसै ले बेरोजगार लाई रोजगार दे, रोजगार दिन न सके बेरोजगार भता दे/ पटक पटक लड़ेउ अरु को लागि एक पटक लड्छु पेट को लागि…………… जय युवा………………………. जय युवा……………………. जय युवा…………………………..

    Reply
  11. Damodar says:
    May 10, 2013 at 9:13 pm

    बेरोजगार र युवा एकै बाक्य मा राख्न नै सुहौदैना. यी बेरोजगार लै घण्टा को ५० रुपिया दिने अनि Mask दिएर kathmandu को फोहोर सफा गर्न लाउने. १ महिना मा यी पाखुरे हरु ले १२००० नि कमौछ, काठमाडौँ पनि सफा हुन्छ. Community service कि कसो ?

    Reply
  12. kusum says:
    May 10, 2013 at 8:09 pm

    लाख -लाख का मोटर साइकल चढेर बेरोजगार को जुलुस ?? सरम छैन ? कान मा मुन्द्रा, जुल्फे कपाल, सुटेट- बुटेट, बास्नादार अत्तर, महंगा रेस्टुरेन्ट, हातमा आइफोन, डिस्को र बार को बास….अनि बेरोजगार को नारा?? ति सामान जोड्ने पैसाले लगानी गर्नु नि ! त्यो सडक छेउ को गरि खाने नेपाली हेर साइकलमा दुध बेच्ने हतार मा देखिनछन् साप्रे जति भटभटे मा ..खोइ बुद्दि ?? अल्छि साप्रो, स्वादे जिब्रो…पाखुरी चल्दैन, मझेरीमा फल्दैन..तेम्रिमा ycl का भुराहरु ..

    Reply
  13. Tilak says:
    May 10, 2013 at 7:33 pm

    हरेक पार्टी/समाज/व्यक्ति/गुन्डा अनि सज्जन जो सुकै ले पनि बन्द गर्ने ले नेपाल सरकार लाए १ करोड अनि ३ महिना सर्बदान को सजाय सुनाउनु पर्छा नत्र आजिबन एक छाक खुलाएर नजर बन्दमा राख्ने कानुन अति जरुरि छ/ नत्र आफ्नो दुखको कमै एस्ताले लुटेरा बस्न सकिन्न. पावर bhae देखा नेपाल सरकार!!! जानकारी भय…

    Reply
  14. Sachin says:
    May 10, 2013 at 4:50 pm

    थुक्क भाते हरु हो !!! काम नगर येस्तै येस्तै गरेर बस..

    Reply
  15. Tenzing sherpa says:
    May 10, 2013 at 3:47 pm

    यो माओवादीको गुन्डा परिचालन गर्ने अर्को हतियार हो झुन पहिले वाई स्याल को नामबाट पनि सुसज्जित थियो , लाज पचिसकेपछी झे पनि गरे हुने रहिछ मालपोत को कर्मचारी जस्तै

    Reply
  16. Mahesh says:
    May 10, 2013 at 1:09 pm

    परिश्रम भनेको के हो भन्ने कुरा त्यो साईकलमा दुध बेच्न हिँडेको पौरखी हातलाई सोध्नु, रोजगारी के हो आफुले पसिना बगाएर कमाए पछी बुझ्नु।
    चोरेको, लुटेको, वा वाबुआमा लाई थर्काएर किनेको लाखौं पर्ने मोटरसाईकल सडकमा कुदाउने कथित बेरोजगारहरु तिमीहरुले कती प्रयास गरेको छौ परिश्रम गर्न अनी राज्यलाई कती कर बुझाएका छौ भत्ता माग्न!! लाज लाग्दैन यो उमेरमा मागेर खान? थुईक्क बुद्धी!!

    Reply
  17. yukta says:
    May 10, 2013 at 12:50 pm

    हिज चप्पल लगाएर हिड्ने जुत्ता किन्ने पैसा नहुने नेता हरु , घर भाडा तिर्न नसकेर घर बेटी संग मुख लुकाएर हिड्ने हिज का ति नेता हरु गोजी मा सुको पैसा नभएर चिनजान का साथी हरु सित सापटी माग्दा कसैले नपत्याउने ति नेता हरु जंगल जंगल स्याउला ओढेर सुत्ने ति नेता हरु आज को दिन मा करौडौ पर्ने को चिल्ला गाडी मा हुइकि रहेछन, करौडौ पर्ने महल मा बस्छन लाखौँ पर्ने पलंग मा सुत्छन करौडौ रुपयाँ बैंकमा जम्मा गरेका छन् करौडौ रुपयाँ लगानी गरेका छन ! ति नेता हरुले कसरि कमाए त्यत्रा सम्पति यति छोटो आवधिमा ? हो ति कुरा मा स्टासस लेखे राम्रो हुने थियो कि ? बेरोजगार भएर पनि क्या दामी बाइकचढेछन भनेर किन अचम्म मान्नु बेरोजगार भन्नु नै आफ्ना बाबा आमा अनि परिवार को भर मा जिन्दगि जिउनु हो ! बेरोजगार भए पछि आफ्नो खर्च पनि बौ आमा संग माग्नु पर्छ बेरोजगार ले चढ्ने बाईक पनि बाउ आमा ले किनी दिएको हुन्छ ! यस मा हामी सबैले अचम्म नमानौं बरु हाम्रा देश का ति सिक्षित युवा जमात लाई हौसला दिउ !

    Reply
  18. रोदन says:
    May 10, 2013 at 12:43 pm

    यस्तै छ खै के भन्नु र। तर पनि सोल्टीहरूले यही बाईकहरू sell गरेर आफ्नो सानो ब्यवशाय सुरू गरे बेरोजगार अलि कति भए पनि घट्थ्यो कि!

    Reply
  19. कुल प्रसाद says:
    May 10, 2013 at 12:01 pm

    आफ्नो घर मा भएका र आफुले गर्न सक्ने सबै काम गर्ने, अनि फुर्सद को समयमा आफुले गर्न सक्ने ब्यबहारिक सहयोगले आबस्यक परेकाहरुलाई मद्दत गर्नु जस्ता मानवीय गुण हरु हरेक नेपाली मा हुनु पर्छ . …तर….. this sort of crazy stuffs not only ruin the human behavior in the locality but also jeopardizes the lives in the whole nation. The police have to be stronger to deal with such goons in no time. The police should just search them in person and get hold of everyone, should TEACH them something NEW behind the bars because these people are not to be forgiven easily.

    Reply
  20. ashok says:
    May 10, 2013 at 10:25 am

    ‘पडनेहरु फेल भए चोर्नेहरु पास।’ महिनाभरि काममा दगुरेर कमाएको रकम त यिनीहरलै एकै दिनमा उडाउदो हो यि ‘महान युवाहरुले’ अनि श्रीमतीहरु किन नविच्कीयोस त। सार्है नराम्रो नजिर बस्यो हौ समाजमा ।

    Reply
  21. बले says:
    May 10, 2013 at 9:44 am

    यहाँ त मोटरसाइकल चढ्ने मात्र देखियो, मैले यस्ता बेरोजगारहरु पजेरो , कार आदि चढेर पाइभ स्टार होटलमा खाएर हिँडेको देखेको छु । कहिँ कसैको जिवनी सँग मेल खान गएमा संयोग मात्र मानिने छ ।

    बले

    Reply
  22. Raj says:
    May 10, 2013 at 9:39 am

    I was quiet surprise to see two guys on front line with R15, Well i personally know them and honestly if i had to justify they are not bad guy. We were together in Afghanistan plus years in garmser provience and believe me they always present their self as a gentlemen. The scenario of this revolution is Definitely wrong which seems undigested, Driving Expensive Bike and calling your self Unemployed is nonsense.. Common!

    Reply
  23. योगेश आदी says:
    May 10, 2013 at 8:22 am

    रमिता बनेको छ यो देश रमितेहरूलाई… बाउ बिग्र्यो भन्दैमा छोरो पनि गलत बाटोमै लाग्नु पर्छ भन्ने त छैन नि ! राजनैतिक संयन्त्र सहि दिशामा छैन भन्दैमा सबैले बाटो बिराउनु त भएन नि !!

    Reply
  24. Om says:
    May 10, 2013 at 8:14 am

    त्यो चस्मा लाउने सुकुल गुण्ड लाई मा चिन्छु. साला दमौली को आवारा हो. बाउ को सम्पति मा मस्ती मार्ने अनि बेरोजगार छु भन्दै राज मार्ग बन्द गर्दै हिड्ने . साला भात माराहरु ! बोरु बाटो खन्नु , पुल कुलेशो बनाऊनु , धारा, स्कूल आदि बनाउनु सहयोग गर्नु! नभए आफ्नो स्थानीय गाउ ठाउ बजार को सर सफाई मा लाग्दा पनि भो नि बेरोजगार भए …….. मुल साग हरु !

    Reply
  25. abiral dhanapati says:
    May 10, 2013 at 5:55 am

    तेरीमा खान पल्केका चोर हरु लाज लाग्दैन महंगा महंगा मोटर साइकल लिएर सडक मा दात देखाउना बेरोजगार क नाम मा /

    Reply
  26. b.k pandey says:
    May 10, 2013 at 5:00 am

    मलाई माई संसार का blogger साथीहरुको कमेन्ट सारै राम्रो लाग्छ , सबै को आ -आफ्नो विचार छ.अनि त्यो विचार व्यक्त गर्ने त् मेडिया नै हो.कुनै पनि स्वतन्त्र देस मा राजमार्ग बन्द गरि जनता लाई दुख दिन पाईदैन ,तर आजको स्वतन्त्र नेपाल मा राजनीति मा लागेका व्यक्तिहरु ले राजनीति समाज सेबा होइन कमाई खाने भाडो बनाए पछि ,नेपाल र नेपाली को भलो कसले गर्ने ?????

    Reply
  27. Sagar says:
    May 10, 2013 at 2:06 am

    धनि बेरोजगार

    Reply
  28. Buddhi Bal Thapa says:
    May 10, 2013 at 1:15 am

    पैसाको लागि राजनीति गर्नेहरु |

    Reply
  29. Deepak GC says:
    May 10, 2013 at 12:59 am

    असार आउदै छ….यिनीहरुलाई गोरु बनाएर खेत जोताए कसो होला ?

    Reply
    1. तेन्जिंग गाबा says:
      May 10, 2013 at 8:28 am

      वा! वा!! ,,,,,,
      “योजना आयोग” को अदक्ष्य हुनु पर्ने कता यहा कमेत लेखेर बसी राखेको ,
      जे होस् तपाइको कमेत मन पर्यो /

      Reply
  30. parvati usa says:
    May 10, 2013 at 12:29 am

    बेरोजगारी मोटर साइकलमा, अनि रोजगारी साइकलमा (दुध बेच्दै) , उफ्फ़ रक्छा गरुन पशुपति नाथ प्रभु

    Reply
  31. rabi says:
    May 10, 2013 at 12:07 am

    होइन साथिओ हो / मैले एउटा कुरा पटक्कै बुज्न सकिन, जनता लाई दुख दिएर, बाटो बन्द गरेर, महँगो महंगो भट भटे चढेर बेरोज्कार को नारा लगाएर हिड्ने फटाहा हरुको जमात लाई नराम्रो हो भनि कमेन्ट गर्ने हरुको मा dislike गरि रातो चिन्ह मा भोट दिने भात मारा हरु को हुन्? वा इनै गुण्डा बेरोजगारी भनाउदा हरु हुन्?

    Reply
  32. खेबी says:
    May 9, 2013 at 11:40 pm

    एउटा यस्तो टेक्नोलोगी बनाउनु पाय हुन्थ्यो!
    यहि कम्पुटरको स्क्रिनमा यी साला कुकुर को छाउरा सुंगुर र कुकुरको क्रस सन्तान हरुलाई यो हेलिमेट नालागायाको टाउकोमा क्रसर राखेर माउसमा लेफ्ट क्लिक गरि प्याट्ट प्याटत् फुत्रुक्क हुनेगरी थिच्न पाय हुन्थ्यो!
    नेपाल बन्द गरि जनतालाई दुख दिने सबैलाई फोटो खिची स्क्रिनमा राखेर क्रसर टाउकोमा लागि माउसले प्याट्ट प्याटत् गर्दै खुत्रुक्क मारिदिने!
    यस्तो भैदिय हुन्थ्यो क्या अनि साला बेरोजगार खाते नेताहरुलाई ठिक गर्न सजिलो हुन्थ्यो!

    Reply
  33. Prasad says:
    May 9, 2013 at 11:38 pm

    बेरोजगारी होइन विनाशकारी हो|
    के के नै गरे भनेको बाइकमा चढेर बिरोध र मांग रे| न बाऊ आमाले पसिनाको कमाई गरेको छ न यी हुल्याहरुले पसिना चुहाएर मेहनत गरेर कमाई गर्न जानेको छ|
    बिरोध र प्रदर्शन मांग गर्न नै हो भने अरुथोक नभएको जस्तो| हाम्रो देश खत्तम खलास पार्नेहरुको तस्बीर हो यो|
    यस्तालाई थुक्क र धिक्कार भन्न बाहेक अरु केही छैन|

    Reply
  34. बड्का चौधरी says:
    May 9, 2013 at 11:28 pm

    भात मारा हरु .. स्कुल/कलेज जाने बेलामा नेपाली जनता मार्दै हिड्ने, अर्काको सम्पत्ति हडप्ने .. स्कुलहरुमा बम पड्काएर उडाउने अनि स्कुलका सर हरुलाइ सफाया गर्दै हिड्ने … रोजगारी सिर्जना गर्ने कल कारखाना, अस्पतालमा बम पड्काउने..तिम्रा नेता हरु केन्द्रमा देशको अर्थ ब्यावस्था तहस नहस पर्ने .. अनि अहिले सडक जाम गरि हिन्दि सिनेमा को ‘डन’ शैलीमा रोजगारी चाहियो ???? चोर हरु.. हदको पनि सिमा हुन्छ नि..

    Reply
  35. Hari Prasad Lamichhane-Saudi says:
    May 9, 2013 at 11:17 pm

    हामी नेपाली किन पछि परेका छौ भनेर थाहा पाउन यो लेख प्रसस्त छ ,

    म त कता कता यो लेख को बारे मा श्री पुष्प जी को कमेन्ट खोज्दै थिए अझ पाइएन ,,,,,,,,,,,,

    Reply
  36. Sagar Sarma says:
    May 9, 2013 at 11:17 pm

    सालोक्य जी, होश गर्नुस है… फेरी कुटलान! पार्टी कार्यकर्ता त परे….

    Reply
  37. Prakash PM says:
    May 9, 2013 at 10:54 pm

    फोटोहरु हेर्दा यो त बिना हेल्मेटको बाईक रेस जस्तो लाग्यो होऊ गाँठे!!!!!!!

    Reply
  38. Lalit Narayan says:
    May 9, 2013 at 10:18 pm

    अब मोटरकार हुने बेरोजगारहरुले रोजगारको माग गर्दै हड्ताल गर्ने दिन पनि टाढा छैन नेपालमा 🙂

    Reply
  39. शशांक लामा, न्युयोर्क says:
    May 9, 2013 at 10:01 pm

    चन्दा मागेर खान पल्केका यी झ्याक्नेहरुलाई रोजगार दिएपनि काम गर्ने भा पो!? यिनलाई अरबको मरुभूमिमा काममा जोताउनु पर्ने वा न्युयोर्कस्थीत चाइनिज रेष्टुरेन्टमा दिनको १२ घण्टा उभ्भ्याउनु पर्ने! देशमा काम छैन भने साधारण नेपालीले झैँ विदेश गएर काम गर्दा हुन्छ है! आफै त कामचोर, अरु गरिखाने मानिसहरुको बाटो रोकेर खुबै बहादुरी गर्या भनठान्दो हो! यिनका अभिभावकहरुले यिनलाई पनि कण्डमा भाटा हान्नु पर्यो! यो त अति भयो

    Reply
  40. Anzil says:
    May 9, 2013 at 8:36 pm

    हेल्मेट नलगैकन bike चलाउने , वायत तरिका ले बाटो बन्द गर्ने , license पनि छैन होला चोर हरु संग, आज मापसे गर्यो भने पोसितिवे आउने हरु . सबै दादा गिरि गर्ने हरु हुन् . युवा पुस्ता को ताल त एस्तो हुन थाल्यो….
    \

    Reply
  41. raj says:
    May 9, 2013 at 8:10 pm

    थुक्क मुला पुलिस प्रसासन चोर भातमारा हरु को दादा गिरि पनि येसरी निरही भएर हेरेर बस्छौ | तिनीहरु त भात मारा भए तिमीहरु चै ? फोटो मा देखिनु भएको दुध बेच्ने दाइ लाइ सलाम |

    Reply
  42. Sara says:
    May 9, 2013 at 7:57 pm

    बिचरा काम गरि खानेलाई त काम गरेर खानदिन पर्छ बेरोजगार भन्याछ महँगो महँगो मोटर bike चढेर बन्द गरेछ एस्लाई त दुख गरिकाम गरिखानेहरुले नै एकजुट भै कुत्नुपर्ने..एस्लाई अझै सबले गोरुबनायेरा बाजो खेतमा जोत्न लानु पर्छ..अबो धान को बिउ रख्नेबेला नि भाको छ …

    Reply
  43. Pankaj says:
    May 9, 2013 at 7:54 pm

    भाडाका गुण्डाहरु

    Reply
  44. Ramesh says:
    May 9, 2013 at 7:43 pm

    मोटर साइकल चढेर बेरोजगार भनिनेहरु त्यो साइकलमा चढेर दुध बेच्ने स्वभिमानी किसानलाई सलाम गर्न सिक । तिमी बेरोजगार हइनौं देशका बोझ हौं । समाजका धमिरा हौं । बन्दले गरि खानेलाई नै दुख्ख दिने हो । तिमीहरु बेरोजगार भए बन्द गरेर अरुलाई दुख्ख दिने थिएनौं ।

    Reply
  45. knath , belgium says:
    May 9, 2013 at 7:41 pm

    बाउको होटेलमा सित्तैमा मोज गर्ने भातमारा नौटाँगी भातेहरुको नाटक हो यो .

    Reply
  46. dharmendra says:
    May 9, 2013 at 7:17 pm

    फोटो हरु धेरै राम्रा छन् / मलाई भने फोटो न. ३ र ५ सार्है मन पर्यो
    फोटो न. ३ – बेरोजगारको दामी bike , बिन्दास जिन्दगि र bike को पछाडी लड्की ,,,वाह क्या जिन्दगि
    फोटो ५ – बेरोजगार हरु को जिबन सैली र दैनिक काम गरेर परिवार पाल्ने व्यक्ति जो साइकल मा दुध बेच्न हिड्दै छन् सम्भवत उहाले पनि बेरोजगार हरुलाई हप्ता बुझाउनु पर्छ

    Reply
  47. Kusum Kunja says:
    May 9, 2013 at 7:08 pm

    हप्ता उठाउने बेरोजगारहरु हुन यिनीहरु ।

    Reply
  48. mahesh khanal says:
    May 9, 2013 at 6:09 pm

    कठै बिचरा बेरोजगार हरु बाइक मा हिड्नु परिराछ . सरकारले यिनीहरुलाई सके प्लेन नत्र कार त दिनैपर्छ .

    Reply
  49. Tulsi Paudel says:
    May 9, 2013 at 6:05 pm

    ल बेरोजगारी संघ तिर लग्नु पर्ने भयो/ कम्तिमा एउटा bike त पाइञ्छकि ? दुख गरि कमाएर bike किन्नु त सपना नै भयो /

    Reply
  50. बुद्धि भट्टाराई (मलेशिया ) says:
    May 9, 2013 at 6:04 pm

    यिनीहरू बेरोजगार होइनन् भन्ने कुरा त्यसै थाहा हुन्छ किनकि १०सौ वर्ष खाडीमा पसिनाले नुहाउनेहरुले त यस्तो मोटरसाइकल किन्ने हैसियत राक्दैनन भने यिनीहरूले कहाँ बाट आयो / यो बेरोजगारको नाममा लुटेराको जथा हो यो ,,,,,,,,

    Reply
  51. Rajendra Shrestha says:
    May 9, 2013 at 5:54 pm

    बेरोजगारले चढेको मोटर बाइक र रोजगारले चढेको साइकल को फोटो क्या सुहाएको. साएद येहो हो उच्चत्तम नया नेपालको नमुना. ल बधाई छ बेरोजगार साथीहरुलाई !!!!

    Reply
  52. Dhrubha bhatta says:
    May 9, 2013 at 5:31 pm

    यिनीहरुलाई गीटी कुट्ने काम लगाउन पर्छ अनि बल्ल ठिक ठाउँ मा औचन

    Reply
  53. Harish Shrestha (Tauthale) says:
    May 9, 2013 at 5:22 pm

    धिक्कार छ ति युवाहरुलाई जसले यो देशप्रति अलिकति पनि जिम्मेवार बहन नगरी यौटा पार्टीको एउटा बेक्ती चन्द्र बहादुर थापा (हत्यारा, गुण्डा, चोर, फटाहा देश दोर्ही) को पछि लागेर आफ्नो समय मात्र खेर नफाली निर्दोष जनतालाइ आफ्नो अधिकारी प्रयोग गर्नबाट बन्चित गर्ने काममा सघाउने काम गरिराखेका छन्! येस्ता नेपाली कुपुत हरुबाट यो नेपाल आमाले के नै आशा गर्न सक्ला र ! हे पशुपतिनाथ अब तिम्रै भर पर्ने बाहेक केहि छैन! अति नै भै सक्यो! जय होश !

    Reply
  54. dikpal jagreli says:
    May 9, 2013 at 4:51 pm

    त्येस्का बाजे …. हैन नेपालमा जस्ले जे गरे पनि हुने आफु चै bike चडेर चक्का जाम रे……. हे भगवान त्येही पनि वेरोजगारीको चक्का जाम हो रे ……..लाज सरम छैन भातेहरुलाई……

    Reply
  55. गगने says:
    May 9, 2013 at 4:02 pm

    नेपाल बन्द भन्दै अरुलाई सवारी साधन चलाउन रोक्ने तर आफु भने तडक भडक शानसँग यसरि मोटरासाइकल मा झाकझाकाइ हिड्ने यी तमाम पशुहरुको सवारी साधन संकलन गरि जलाइ दिनुपर्छ!
    यी सर्बसाधरनालाई दु:ख दिने र आफ्नो स्वार्थ पुरागर्ने समाज र देशमा दादागिरी गर्ने डनपाराका दानब स्वार्थि पाखण्डी हरुमाथि तियानमेन चोकमा डोजर चलाय जसरि चलायर एकै चिहान पारिदियामा गगने आपत्ति गर्ने छैन!

    Reply
    1. राज says:
      May 10, 2013 at 2:39 am

      गगनेलाई चन्द्रेले निम्तो पठाएन जस्तो छ नी, अाफ्नै सहोदरसँग पो रिसायो त। अाँखा नै खुले होला भन्ने त लाग्दैन।

      Reply
  56. Ramesh says:
    May 9, 2013 at 3:59 pm

    नेपाल मा ज जसले जे गरे पनि हुन्छ . तेसैले यसलई पनि खासै अनौठो मान्नु पर्दैन . कि कसो

    Reply
  57. द्रोण says:
    May 9, 2013 at 3:53 pm

    छि छि किन बेरोजगार मात्र भनेको ? सर्बहारा र घरबार न भएको पनि भन्नु पर्नेनी ?
    खाजा मा चिकेन तन्दुरी , डिनर मा पुलाउ ,
    बेरोजगार ,सर्बहारा जति नयाबाइक चलाउ !

    Reply
  58. Hari Gautam says:
    May 9, 2013 at 3:02 pm

    मेरो प्यारो देश | जहाँ स्वरोजगार व्यक्ति दुख गर्छन तिनीहरुलाई समस्याले कहिले पनि छाडदैन अनि अल्छे केहि गर्न नसक्ने आट नभएका हरु सधै राज गर्छन | हे भगवान अझ दू:ख देउ आफ्नो परिश्रम मा बच्ने हरुलाई ………..

    Reply
  59. Nabin Adhikari says:
    May 9, 2013 at 2:19 pm

    महगा-महगा मोटरसाइकल हिड्ने बेरोजगारहरु, तिमि हरु को माग ठिक छ जायग छ पेर्त्रोल को पैसा त दिनु पर्यो नी सरकार ले ?

    Reply
  60. Arun Bhattarai says:
    May 9, 2013 at 2:16 pm

    है ! बेरोजगार हुँदा पनि तेती दामी bike चड्ने . आफु कम गर्न टालेको ५ वर्ष भै सक्यो आइले सम्म cycle चद्न सक्या होइन. देउ रोजगार देऊ अझं उदामी नै बनैदेउ . deshma २-४ वोटा plane केनी po हल्चना ki ?

    Reply
  61. Pitambar Giri says:
    May 9, 2013 at 2:15 pm

    यीनिहरु त बेरोजगारी हुन् तर हप्तामा एक दुईपल्ट यसो गरेपछाडित यिनिहरुलाई बेरोजगारी भक्ता आईहाल्छ अनि कालो चस्मा दामि बाईक सो नगरेर के गरुन्त देशका बेरोजगारी भएपो हुन्छ टाउकेका बेरोगारी भएपछि यस्तै हुन्छ । हामि निमुखा जनताको त बालै भएन नि।

    Reply
  62. Ratna Tuladhar says:
    May 9, 2013 at 2:11 pm

    मेरो एक वर्षको तलवले पनि यस्तो बाईक किन्न सकिन्दैन होला …. वरु म पनि जागिर छोडेर वेरोजगारनै वन्नु पर्दछ कि क्या हो …. ???

    Reply
  63. Biswash says:
    May 9, 2013 at 1:31 pm

    बेरोजगार हुँदा त यतिको फूर्ति गर्ने , साच्चिकै रोजगार भए त के गर्ने होला !
    लाज शरम पचाएका यी गधाहरुलाई कसले ठिक गर्ने ?

    Reply
    1. तेन्जिंग गाबा says:
      May 9, 2013 at 3:40 pm

      क. सगरमाथा चढ्ने
      ख. ३ वटी बिहे गर्ने

      ,,,,,,,,,,,,माफ पाउ है, कतै शान्ति प्रक्रियामा बाधा पर्ने पो हो कि ?

      Reply
  64. कुसुम ज्ञवाली says:
    May 9, 2013 at 1:21 pm

    लैा के कुरा गरेको तपाइले, यस्ता महंगा वाइक चढ्ने भनेकै “जनताका लागि त्याग गर्ने” बेरोजगारले हो । विचरा रोजगारहरूको त दालचामल, घरवहाल र “चन्दा” दिदादिदै बाइक किन्ने पैसानै बच्दैन नी, कि कसो ?

    Reply
  65. Deepak Parajuli says:
    May 9, 2013 at 1:04 pm

    यी माओबादी का बेरोजगार हरु ले आफ्नो माग पुरा गराउन भारत को राजधानी दिल्ली मा रयाली निकाल्नु नि / आखिर यिनी हरुका मालिक दिल्ली मा नै छन्/

    Reply
  66. Sisir says:
    May 9, 2013 at 12:01 pm

    रोजगार / गरि खाने संग त तेस्तो दामी(महँगो) बाइक कमै छन् ,चालढालले नै बुझिन्छ यिनीहरु के को बेरोजगार सबै भातमारा हुन् .. १५० दिनको काम चाहिएको होइन यिनीहरुलाई , कुनै समस्या छैन कैयोउ बर्सको जागिर छ , कर्णाली देखि मुस्तांग, रसुवा हुदै विभिन्न दुर्गम क्षेत्रमा बाटो खन्न पठाए हुन्छ यिनीहरुलाई .. अनि हेरौ यी भातमारा हरुको चाला..
    गर्नेलाई नेपालमा जति भनेपनि काम छ , परिश्रम गर्ने गाजर हुन पर्यो नि .. एउटा बिहार बाट बरफ, पानीपुरी, चटपटे आदि बेच्न आएर दिनको १००० रुपिया सम्म कमाई गरिरा छन् हामी नेपाली किन गर्न सक्दैनौ ? लाज हुन्छ नि त .. येही काम बिदेशमा गर्दा चाही लाज नहुने आफ्नो देशमा गर्दा लाज. यी भातमारा लाई १२५ पर्ने पेट्रोल चाही कसले हलिदिदो रहेछ ??
    तेस्रो फोटोको दाया पट्टिको बाइकको(रातो सर्ट लाउनेको ) नम्बर प्लेट सेतो कालो छ , यो भारतीय बाइक हो जस्तो लग्यो , नेपाली बाइकमा त कसैले पनी सेतो कालो प्लेट राख्दैनन् ? कि मित्र राष्ट्रको पनी सहयोग छ येस्मा ?

    Reply
    1. Ram Bahadur says:
      May 9, 2013 at 10:09 pm

      लौ न के गर्ने होला ……..एमाले का गुण्डा भाडा का टट्टू हरु सब माओबादी ले तानी सके बिचार एमाले को साहारा खत्तम भयो | अब कसरि बचाउने होला पार्टी लाइ यो इस्थिती मा | सब गुण्ड एक एक माओबादी तिर तानिए, झन् धेरै गुण्डा का झुण्ड हुने भए | के पी ओली र माकुने ले अब गुण्डा भर्ना गर्न को लागि ठाउँ ठाउँ मा गएर फारम वितरण गर्न पर्यो | लौ खिस है एमाले …..:)

      Reply
  67. lavesh says:
    May 9, 2013 at 11:50 am

    DADA GIRI DHUM STYLE

    Reply
  68. निरायण says:
    May 9, 2013 at 11:40 am

    यो चन्द्र बहादुरजीको आवारालाई चुनावमा आफ्नो पक्षमा पार्ने दाउ हो । अहिले गुल्मीको श्रेत्र नं. ३ नगए हुन्छ यतै काठमाडौंतिर यस्तै आवारा लटे, मुंग्रेसग बसे हुन्छ।

    Reply
  69. shiva says:
    May 9, 2013 at 11:18 am

    “२६ वैशाख, हेटौँडा । मकवानपुरको हाँडीखोला गाविस-७ को अति विपन्न चेपाङ समुदायमा रहेको चेपाङ प्राथमिक विद्यालयमा खाजाका लागि स्कुल जाने उमेर भएका दाइ दिदीसँगै काखे बच्चा पनि विद्यालय जाने गरेका छन् ।”

    सरकारले यी बालबच्चालाइ भत्ता दिने कि हाम्रा भात-मारा मोटरसाइकल-सवार युवकलाई ?

    Reply
  70. shree says:
    May 9, 2013 at 11:14 am

    गरि खाने लाई पनि गरि खान नदेउ बेरोजगार को नाम-मा बन्द गरेर

    Reply
  71. purna prasad khatiwada says:
    May 9, 2013 at 10:45 am

    आबारा , गुन्डा, चोर, अल्छी, भातमारा हरु अलिकति पनि सरम छैन? गाउ घर मा आजकल खेत बारीमा काम गर्ने मान्छे पाइदैन | त्यसरी चक्का जाम गरेर लाखौ जनता लाइ बिचल्ली बनाउने पटमुर्ख हरु जन्माउने तिमि हरुका आमा बुबा लाइ धिक्कार छ | बेरोजगार भनाउदा हरु हो, त्यस्ता बाइक किन्न कहाँ बाट आयो पैसा ? १ हाल गोरु किनेर पाल्ने हो भने १ दिन को कमाई १००० भन्दा बेसी हुन्छ | हलो जोत्नु पर्छ त्यसरी आबरा बनेर हिड्नु हुन्न | बारीमा तरकारी लगाउनु पर्छ मुर्ख हरु हो | आम्दानी राम्रो हुन्छ | बेला बेलामा नारायण श्रेष्ठ ले संचालन गरेको साझा सवाल हेरेर ज्ञान लिनु, उधमी किसान हरुको बारेमा त्यत्रो प्रशारण भयो | पैसा कसरि कमाउन सकिन्छ भनेर | हल्लियर खान पल्केका हरु हो , काम गरेर , दुख गरेर खान सिक ,चोरी डकैति गरेर खाने तिमि हरुको भलो कहिले नि नहोस |

    Reply
  72. shiva says:
    May 9, 2013 at 10:35 am

    काठमाडौँमा बस्ने देशप्रेमी साथीहरुलाई सादर अनुरोध !!!!

    देशको लागि केहि गर्ने हो भने एउटा आइडिया छ, काम गर्न सक्छ ! कोहि एक जनाले लिड लिने, र facebook , blogs हरुको छुट्टा-छुट्टै कमेन्ट हरु लाइ १-२ लाख प्रति प्रिन्ट गरेर काठमान्डू भरि ब्यापक छर्ने ! ५-६ जनाको गोप्य ग्रुप बनाएर यो काम गर्न सकिन्छ ! “anonymous ” ग्रुपको इन्टरनेटमा कति पावर छ ! त्यस्तै गरौ न हो ! विदेशमा बस्ने साथिहरुले monetary सहयोग गर्नुहुनेछ | कृपया यति गर्नुस न है, म अहिलै donate गर्ने थिए !

    हरेक पटक यस्तो nonsense बन्द हुन्छा, त्यसै गर्नु पर्छ ! सच्चा क्रान्ति भनेको त्यसरी आउछ, नेपाल आमालाई सहायोग गर्न दिमाग नभएका र नेताका भाडाका टट्टू हैन, यस्ता जुझारु युवाहरुको खाचो छ | Please , please , केहि गरौ !

    Reply
  73. मदनमणि says:
    May 9, 2013 at 10:20 am

    जागिर खाएर पनि यस्ता बाइक किन्न सकिएन। लौ बेरोजगार संघ तिर लाग्न पाए बाइक किन्ने हैसियत बन्थ्यो कि ?

    Reply
  74. SARJAN says:
    May 9, 2013 at 10:19 am

    अरुको चक्का जाम गर्दै हिडने यी धनाड्य बेरोजगारहरुको मोटरसाइकिलको चक्का जाम गर्नकोलागी भाटा लिएर निस्कन पर्ला जस्तो छ l एक एकको टंकी फुटाई अगो लगाईदिनु पर्यो l पढ़नेबेलामा नेताको पछाडी लाग्दै फुर्सद छैन अनि कुन योग्यताले जागीर खाना खोजेको l फेरी नौटकी पनि कस्तो, बेरोजगारको लडाई त देख्नेलाई पनि लागोस न यिनिहरूले दुख पाएको रहेछ भन्ने,हेर्दै फ्लाप हिन्दी फिल्मको GANGSTARतरिकाले मोटरसाइकिमा त्योपनि केटीलाई पछाडी राखेर l हाईवे बन्द गर्ने त फेसन भएकोछ, जसरी हुन्छ सोझा जनतालाई दुख दिने lसक्छ भने भुस्य कुकुरू झैँ देखिने नेताहरुका चिल्ला गाडीलाई रोकेर देखा l घुस नखाए नियुक्ति नगर्ने उच्च पदका कर्मचारीको घर घेरेर देखा l विधार्थीलाई पाल्तु कुकुर झैँ प्रयोग गर्ने विधार्थी नेताको टाउको फुटाएर देखा, तर कुनैपनि देशमा नभएको धनाड्य तर बेरोजगारको रमिता चै नदेखा l यो समाचार र फोटो हेरेमा अरु देशको बेरोजगारहरु आफुलाई बेरोजगार छु भन्न लजाउला l

    Reply
  75. shiva says:
    May 9, 2013 at 10:17 am

    हेर त्यति राम्रो ज्यान रैछ भात-माराहरुको, औसत नेपालि शरीर मरंच्यासे हुन्छ | भगवानले जिन्दगि एक पटक मात्र दिन्छन, यो जीवनको सदुपयोग गरेर आफ्नो पनि भलो अरुको पनि भलो गरौ भनेर सोच्नुको सट्टा अनाहकमा अरुलाई सास्ती दिन लागेका ! लाज शरम नभए पछि के लाग्छ ? दुइटा कानको बीचमा हुने १ किलो जति गिलो पदार्थले काम नगरेपछि के लग्छ?

    Reply
  76. arpan says:
    May 9, 2013 at 9:52 am

    बेरोजगार को नाम मा andholon गर्ने साथी हरु :
    andholon को नाम मा कोइ अरु को गरि खान पाउने अधिकार नखोसौ !!!

    रोजगार कोइ अरु ले दिने हैन आफैले उत्पति गर्ने हो!!
    सब को चेतना भया!!

    Reply
  77. तेन्जिंग गाबा says:
    May 9, 2013 at 9:50 am

    # साइकलमा दुध बोक्ने त्यो “शामन्ती-पुजीपति-दलाल-बुर्जुवा” च्यांग्रोको यत्रो हिम्मत ?
    # यत्रो “बेरोजगार-मजदूर-होनहार-क्रान्तिकारी सर्बहारा” हरुको जुलुश आए पछि पनि बाटो नछोड्ने त्येसको यत्रो हिम्मत ?

    लौ न “लोकमानलींग कार्की कामरेड” त्यो साइकलवालालाई भ्रस्टाचार गरेको अभियोगमा तुरुन्त जेल हाल्नु पर्यो /

    Reply
    1. तेन्जिंग गाबा says:
      May 9, 2013 at 3:16 pm

      टाइप गर्दा मिस्टिकले गल्ति भएर “लोकमानसिंह ,,,,,,” हुनु पर्नेमा अन्यथा भएकोमा भूलसुधार गरम कि नगरम भनेर सोच्दै छु …………..जदौ

      Reply
  78. Ganesh25 says:
    May 9, 2013 at 9:16 am

    Dear patriotic citizens,

    Unemplyment benefit is the main source for the citizens to get something in their stomack/survie first to get energy, think, plan, travel to find the jobs, further studies etc etc and make them confident that they are also the citizens of this country, make feel that the Government is their who support them at the time of crisis and taking care of them when needed. It is not that they have to be on the streets begging for money or food or shelter or petrol for cars/motorcycles for searching jobs. They are the lovely citizens of this lovely country and they deserve better than what is now or past many centuries. Once you feed them, give them facilities, then they can think, they will have energy and do good work for themselves, that means better for the country or anywhere in this World. They will feel better and sure do better in their life, not just survive with the unemployed benefit. Once the Government support them, they will support themselve, find jobs, do more good works and for others good thing and automatically the rersult will be good progress of the country.

    Remember, we all and our citizens want to succeed !!!.
    Not just survive !!!.

    We all and this country’s lovely citizens deserve better, we all can do better and we will do better.

    So, be ready to accept the reality in ground. This unemployment benefit is intended to be for the people and for the country’s citizens.
    No matter today, tommorow or years to come, sure nepalese citizens have right to demand, obtain and will be given by the Government such benefits. Today or tommorow, sooner is better for the country and its people.

    Reply
    1. Aakar Bhushan Nepali says:
      May 10, 2013 at 12:52 am

      गणेश जी,

      कुनै नेताको जीवनी लेख्न शुरु गरि सक्नु भयो ?
      लेख्नोस है लेख्नोस, भबिष्य उज्जल छ तपाईको |

      Reply
  79. तेन्जिंग गाबा says:
    May 9, 2013 at 9:07 am

    यी माथि फोटामा देखिएको क्रान्तिकारीहरुले किन “हेल्मेट” नलगाएका होलान ?
    सम्भावित उत्तरहरु :…………………………………………………..
    १. बाइक लुटेर ल्याएको तर हेल्मेट लुट्न अझै बाकी भएको हुनाले
    २.”भुस्याहा कुकुर” हरुलाई हेल्मेट लगाउनै नपर्ने भएकोले
    ३. टाउको जस्तो देखिएको “ठुटो” टाउको नभए र त्यो “ठुटो” भित्र टाउकोमा हुनु पर्ने सामान नभएकोले
    ४. माथिको सबै
    अरु पनि कुनै कारण छन् कि ?,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जदौ

    Reply
  80. रविन says:
    May 9, 2013 at 8:53 am

    हैन यी पुष्प चाहिं कता गएछन? यी पनि यिनै ब्यरोजगारी bike rider पछाडी तरुनी राख्ने हुन् कि कसो?

    Reply
  81. रविन says:
    May 9, 2013 at 8:44 am

    आफु र आफ्नो पार्टीले गरेको चरम राज्य कोसको दुरुपयोग र भ्रस्टाचार बाट जोगिन प्रचंडेले लोकमानलाई अख्तियार प्रमुख बनायो अव उसका बेरोजगार भनाउंदा चोर, फटाहा, लुटाहा, तस्कर र बलात्कारी कस्ता हुन्छन र?

    १५ हजार नेपालीको हत्या र लाखौ बिस्थापित गरि भारतीयलाई नागरिकता प्रदान गर्दै हिड्ने यो गौरवशाली पार्टीले यो राष्ट्र र हाम्रो भविष्य कतातिर लैजाँदै छ भनेर सजिलै अनुमान गरौ.

    Reply
  82. shrijan says:
    May 9, 2013 at 8:28 am

    फोटो नम्बर ५ : नेपाल मा बेरोजगार हरु स्पोर्ट्स बाइक चद्छन स्वरोजगार हरु चाहि साईकल चद्छन ….जय होस् बेरोजगार..

    Reply
  83. DAWA SHERPA says:
    May 9, 2013 at 8:20 am

    जब मनिसः ले लाज सरम पाचौंचा त्यस पछि उसले जे पनि गर्छ त्यस्तै हो नेपाली हरुपनि अब ता नेपाली बन्न पनि लाज लगेर औंचा

    Reply
  84. Jeevan Thapa says:
    May 9, 2013 at 7:56 am

    फोटो हेर्दा त एकजना पनि बेरोजगार देख्दैन….. यिनीहरुलाई बेरोजगार त होइन कामचोर भन्न सुहाउछ !!!
    अब के को बन्द गर्न पर्यो ..चुनाब आउंदै छ नेता भानौन्दा हरुले फ्री मा रक्सि र भैसीको मासु खुलाइहल्छन ….

    Reply
  85. rajesh says:
    May 9, 2013 at 7:55 am

    यदि साचिकै बेरोजगार भएको समस्या हो भने, म काम गर्ने मान्छे नपाएर समस्या मा छु , म १५ जना को लागी आझै जागिर दिन्छु/ म त प्रतिनिधि पात्र मात्र हुँ/ एस्तो अवसर दिन सक्ने १००० मान्छे छन् , एस हिसाब ले १५००० मान्छे त आधि घण्टा भित्र मा खपत हुन्छ/
    तर बस्ताबित्कता तेसो होइन जस्तो लाग्छ / जुन लुटेर, ठगेर, चन्दा मागेर महँगो बाइक ………. लगाएत को शोख पुरा गर्ने बनि परेको ६ तेस्को त उपचार नै छैन /

    वास्तब मा भन्ने हो भने नेपाल मा बेरोजगार को समस्या समाधान हुन नदिने एही सागर लगायत का अन्य गु का किरा हुन् किन कि बेरोजगार युवा नै यिनी हरु का हतियार हुँ चाहे नेपाल बन्द गर्न होस् वा तोडफोड गर्न वा ठेक्का हात पार्न / सबै युवा काम मा व्यस्त भए भने यी नाली क किरा को वोरिपोरी को घुम्ने.
    सबैलाई चेतना भया !!!!!!!!!!!!!!!!

    Reply
    1. ram says:
      May 10, 2013 at 12:49 am

      रोजगार चाहनेहरुलाइ खुसिको खबर . राजेश र उहा को मित्र लै सम्पर्क गरौ. बाटो मा बाइक गुडाएर चकाजाम गर्नु भन्दा मेहिनेत गरेर खानु बेस होला . राजेशजी हजुरको सम्पर्क: इमेल , फोन अथवा ठेगाना दिनु भयो भने काम गर्न खोज्ने हरु धन्यहुने थिए .

      Reply
  86. SURENDRA hongkong says:
    May 9, 2013 at 7:23 am

    गरिब देश का धनि बेरोजगार हरु /

    Reply
  87. resham says:
    May 9, 2013 at 7:08 am

    फोटो हेर्दा त बेरोजगार जस्तो कोहि देखिदैन त गाठे / सबै तिर राजनीति घुसी सक्यो साथी हो/ एक दुइ जनाले जनतालाई भेडा बनाएकै हो यो पनि/ कति चाही भेडा बन्ने हो अब त् चेत खुल्नु परो /

    Reply
  88. Radheshyam Thapa says:
    May 9, 2013 at 6:57 am

    मरे म त् बेरोजगारहरुको मोटर साइकल देखेर/

    Reply
  89. raj says:
    May 9, 2013 at 6:26 am

    हरिलट्ठक हरु लाई मनांग र मुस्तांग तिर बाटो खनाउ न लैजानु पर्छ ..अनि दिन को एकछाक उसिना को भात …..देस को विकास पनि हुने तिनीहरु को रोजगार पनि ………तेही त फटाहा हरु ..तेती महंगा मोटर साइकल चढेर ….बेरोज गार…………भात मारा सालाहरु………

    Reply
  90. gemini says:
    May 9, 2013 at 6:23 am

    तेही भटभते बेचेर एकहल गोरु किनेर आलु लगाउन जाऊ .
    स्वरोजगार बन ..

    Reply
  91. kisaan Thapa says:
    May 9, 2013 at 6:20 am

    संगै साइकल मा हिड्ने चाँही स्वरोजगार रहेछ /

    Reply
    1. harke says:
      May 9, 2013 at 7:09 am

      सहि कुरा देख्नुभयो . स्वोरज्गरिलाई साइकल बेरोजगारीको मोटर साइकल. लाज नभाको पाखण्डी हरु.

      Reply
    2. shiva says:
      May 9, 2013 at 10:05 am

      क्या राम्रो अवलोकन ! यो फोटोले पत्रकारिता पुरस्कार जित्नु पर्छ | तपाइको कमेन्टमा रातो लगाउने एकजना त्यहि मोटरसाइकलमा हिड्ने भातमारा हुनु पर्छ |

      Reply
  92. Aakar Bhushan Nepali says:
    May 9, 2013 at 6:09 am

    बरु मुर्खको ओखति छ हरामीको केहि छैन भन्छन नि !
    पहिले देखि यो भनाईले मेरो चित्त खाएको हो |

    Reply
  93. punya hawaii says:
    May 9, 2013 at 5:51 am

    यस्तै हो । हाम्रो देशमा बेरोजार प्रमाणित हुन आलिशान महल आरामदायी मोटर साइकल चाहिन्छ भने सुकुम्बासी बन्न पनि त १,२बिघा जग्गा चाहान्छ नि।

    Reply
  94. karma says:
    May 9, 2013 at 5:43 am

    मैले ‘हाइवेका हामी ‘अपराधी’ यात्रु शिर्षक’ मा कमेन्ट लेखेकै हुँ, यो देश बर्बाद पार्न माओबादीहरु लागि परेका छन्, येस्ले धेरै हाँगाहरु विस्तार गरि सकेको छ र येस्को नाम पनि धेरै थरीका फैलिसकेको छ – माओबादी, खाओबादी, बैध्यबादी, मात्रिकाबादी आदि इत्यादी | माकुनेलाई हराय जस्तै यी सब नेताहरुलाई अहिलेको चुनाबमा हराउनु पर्छ, हामी जनता नै मुर्ख हौँ किनकि हामी यी चोर हत्यारा लुटेरा नेताहरुलाई यत्ति धेरै महत्व दिन्छौ र सधै झुकेर नमस्कार गरि उनीहरुको चाकडीमा दौदिन्छौ र उनीहरुको झूठा भाषण र नारामा ताली बजाउछौ

    Reply
    1. Ramesh says:
      May 9, 2013 at 4:06 pm

      चुनावमा हराएर के गर्नुहुन्छ ? समानुपातिकमा आइहाल्छन् र माकुनेले जस्तो खाइहाल्छन् । त्यही हारिन्छ भनेर त समानुपातिकको प्रतिशत बढाउनु परयो भनेर कराइराछन् त !!!

      Reply
  95. Rajesh Dhimal says:
    May 9, 2013 at 5:42 am

    अबुई यिनीहरु त झापा बिर्तामोड़ का पो हुन् त …. बेरोजगार रे… साला हरु … भुसिया कुकुर जस्तो दिन भर हामिहरुको पसल हरु अगाडी जम्मा भएर बसेर व्यापार चौपट गर्दिए ….. केटाहरु को जमात देखेर ग्राहक आउनु छोडेर पसल बेचेर आज आफु बिदेशिनुपरेको छ अर्काको देश मा सकी नसकी दुख गर्नु परेको छ … परिवार पाल्नु धौ धौ परेको बेला हरामीहरु को motorcycle देख्दा पेट्रोल tank मा सलेतो बालेर छोड्नु मन लग्यो … कहाँ बाट आउदो रहेछ यिनीहरु संग पैसा …

    त्यो दुइ number फोटो को निलो लाउने त चोर पो हो त हौ गाठे …नया नेपाल भनेको नै चोर फठा दुर्बस्यनी को पो रहेछ त

    Reply
  96. cRIS says:
    May 9, 2013 at 5:05 am

    यो मात्राको जात्रा!!!
    क्या खटरा!

    अस्तु.

    Reply
  97. mani says:
    May 9, 2013 at 5:04 am

    ल कस्तो कुरा गर्नुभएको | त्यो मोटर साइकल त अलि अलि हजुरबा को जग्गा बेचेर अनि अलि अलि जन सहयोग (चन्दा) बाट आको पानि आखा परि हाल्ने | सत्य भनेको तेश मा तेल पनि जनता ले नै सहयोग ले प्राप्त भा को हो भनेको |
    हाम्रा नेता ले करोड को गाडी चढे भनेर मात्र लाख पर्ने चढेको | हाम्रो सुको पैसो परेको छैन |

    येस्तै छ हाम्रो नेपाल … नेता को नेपाल …. जन सहयोग ले चलेको हाम्रो नेपाल |

    Reply
  98. sabin says:
    May 9, 2013 at 3:02 am

    I like the second last picture. The one who is employed is on a bicycle and the one who so called unemployed is on R15..

    Reply
  99. Harke says:
    May 9, 2013 at 2:43 am

    यी बाइकहरु पनि धनयुद्दकै कमाइ नै त हुन…दामी त हुने पर्यो नी….! लाजिम्पाट दरबार जस्तै…!
    देशलाई ५० बर्ष पछाडि धेकेलेर, किनिएका बाइक दामी नभए कस्तो हुने त ?

    Reply
    1. Ram Bahadur says:
      May 9, 2013 at 10:35 am

      एमाले मा पनि चोरै चोर छन्, एमाले ले कसरि कमाको हो | धन्युद्ध त एमंग्रेश ले गर्यो नि जति गर्नु, देश लाइ पछाडी धकेल्ने होइन टाट नै पल्टाउने गरि

      Reply
      1. Binod says:
        May 10, 2013 at 5:06 pm

        यी राम बहादुर मित्रलाई माओबादीले आँखा फोर्दिए जस्तो छ . अनि दिमाग मा पनि अरुनै चिज भारिदियाको जस्तो छ. कुरै उल्टो गर्न लाइ

        Reply
        1. Ram Bahadur says:
          May 11, 2013 at 1:37 am

          ल मलाइ त माओबादी ले आखा फेर्दियो रे ……….तर तिम्रो आखा मा त अमान्ग्रेस ले फुलो नै परदे जस्तो छ | आफु लाइ चाही कसले भंदियोस अरुलाई पढाउन खोज्छौ यार | तिम्रो त दिमाग मा नै फुलो पर्दिये जस्तो छ अमान्ग्रेस ले | म माओबादी हो जस्तो लाग्छ भने हो मज्जा ले हो माओबादी के भयो त | तर एमाले जस्तो चोर फटाहा हरु को पार्टी त यो जुनी मा के कुनै जुनी मा पनि भयिन्न |

          Reply
  100. madan bajracharya says:
    May 9, 2013 at 2:36 am

    आफुलाई बा कसैलाई तृती पूर्ण ब्यबस्थाको कारण दुख पायाकै भय पनि पहिलात सम्भंदित सरकारी निकायमा तेसो जाकारी गराउने सुधारको लागि आबेदन दिने; अनि तेती गर्दा पनि जायज मागहरुमा सम्भंदित निकायले वास्ता नगरे तव मिडियामा जाने भेला गरेर जान समर्थन जुटाउने आदि कार्यहरु पो गर्नु पर्थ्यो/ तेतिले नि नपुगे हड्ताल जुलुस गरे पनि आम नागरिकहरुलाई असुविधा नहुने गरि गर्नु पर्ने थियो/ तर गरे इनिहरुले यक्कासी राजमार्ग बन्द; त्यो पनि महंगा बाइकहरु चढेर पार्टीको झण्डा ठद्यायर!!!/ इ सबै दिपके हुन् चरी हुन् पसुराम हुन्!!!

    पार्टीको झण्डा ठद्यायर यसरि राजमार्ग बन्द गर्न के इनिहरुले पार्टीको अनुमति त् लियको छ? लियको छैन भने यस्तैले गर्दा पार्टी बद्नाम हुँदै गयको हो/ इनिहरु जागिर माग्न सक्ने जमातका भयकाले पढे लेखेकै हो भन्न सकिन्छ/ तर देसमा जागिर माग्न नसक्ने; अनपढ बा कम पढेका कयौं नागरिकहरु आफ्नो शिप अनुशारको काम गरेर खानु पर्ने हुन्छ/ अझ यो भन्दा निम्न स्तरको नागरिकहरुले भारि बोकेर रिक्सा र ठेला चलायर बिहान कमायार बेलुकी खानु पर्ने हुन्छ/ यसरि बाटो र राजमार्ग बन्द गरेमा तिनीहरुले काम पाउन्दैनन/ काम गर्न नपाय बेलुका उनीहरु आफैले पनि खान पाउंदैन र उनीहरुको नाबालिग छोरा छोरीले पनि खान पाउन्दैनन/ त् यस्ता महंगा बाईक चढेर पार्टीको झण्डा लाई डण्डा जस्तै प्रयोग गरेर अरु भोकै हुने तरिकाले हड्ताल गर्नेहरु डाका मात्रै होईनन अशक्त असछ्यम नाबालिग श्रमिकको पेटमा लात मार्ने ज्यानमारा नै भने पनि हुन्छ/ आफ्ना पार्टीका कार्यकर्ताले यस्तो अपराध गर्दा पनि केहि नबोल्ने टुलु टुलु हेर्दै मुस्काउन्दै बस्ने पार्टीका ठुला नेताहरुलाई खै के भन्ने?

    अस्ति भर्खरै इनिहरुकै पार्टी-बाउको नेतृत्व को सरकार चल्दै गरेको बेला चुप बस्ने ई मवोबादिका दिपके चरी पसुरामहरुले अहिले मात्रै किन बिरोध गरे किन?

    Reply
  101. puru says:
    May 9, 2013 at 2:29 am

    हैन यो चक्का जाम गरेर जनतालाई दुख दिनेलाइ चैं कहिले कारबाही हुन्छ भन्या हाम्रो देशमा ????????????? यो त घोर अपराध हो नि होइनर ????आजन्म काराबाश हुनेगरी कानुन बनावो त नेताहरुहो अनि कसले गर्दो रहेछ बन्द ??

    Reply
  102. rahul says:
    May 9, 2013 at 2:21 am

    पाँचौ तस्बिर …एक जना दाई दूध लिएर बेच्न जादै छन् ….नेता को पछि लागेको भए सायद तिनले तेसरी cycle मा दूध बोकेर दुख गर्ने पर्ने थिएन होला ….

    Reply
  103. Basanta Thapa,Maryland,USA says:
    May 9, 2013 at 1:42 am

    बेरोजगारले काम गर्ने ठाउ या भत्ता पाउनु पर्छ यो न्यायिक काम र आवाज हो तर यसको लागी रास्ट्र पनि दिन सक्ने सक्षम स्थितिमा हुनु पर्छ या पुराउनु पर्छ \यहा बिडम्बना भनौ न्यायिक र जायज माग र आबस्यकतालाइ गलत व्यक्ति , गलत प्रबिती र असल बिषयलाइ भजाएर आफ्नो दुनो सोज्याउने कार्य हुन् गैरहेको छ \यसलाई भने बेलै मा सबैले बुझ्नु जरुरि छ \ बेरोजगार जसको आम्दानी छैन उसको महँगो बाइक , वाइफ ,सेलफोन,गल फ्रेन्ड कहा कुरा मिल्छ र हजुर ! बाउ आमा रुवाएर या भएको जमिन बेचेर बाइक चड्ने तर सानो तिनो आम्दानी हुने काम गर्न लाज मान्ने छोरा छोरी भए सम्म कुनै घर परिबार सुखी हुन्न र आफ्नो खुट्टामा उभिन सकिदैन \ पहिले आफ्नो सोच र प्रवृतिमा परिबर्तन गर्न जरुरि छ युवा बर्ग ! एकै चोटी ठुलो भाग खोज्नु , सबैले ठुलै ठाउ रोज्नु यो कल्पना र सपनामा हुन्छ ब्यबहारमा हुदैन \ ब्यबहार निकै तितो र सत्य हुन्छ कोशिस गर्नु पर्छ तर सम्भब ,असम्भबको सिमा सोच्नु पर्छ \ कुनै पनि संसारमा हरेक काम गर्ने मानिस को जरुरि हुन्छ मात्र त्यो पेशा ले हरेक आबस्यकता पुरा गर्ने आम्दानी भने हुनु जरुरि छ त्यसको लागी राज्य सबल बनाउन जरुरि छ \ नागरिक र राज्य ले एक अर्कालाई लिने दिने अबस्था हुनु जरुरि छ \ त्यस बेला कुनै नक्कली नेता र आन्दोलन को आबस्यकता परिरहदैन \

    Reply
  104. Nisha says:
    May 9, 2013 at 1:11 am

    हरे Shiva अब भनेजस्तो तरुनी खोज्दा पैएन भनेर नि नेपाल बन्द होला जस्तो छ अब बहाना के नै बाकी छ र अब !!!

    Reply
    1. sam says:
      May 9, 2013 at 7:07 pm

      होला जस्तो छ होइन भैसक्यो नि नवलपरासी मा अस्ति नै

      Reply
  105. प्रवेश लामा says:
    May 9, 2013 at 12:54 am

    कस्तो खालको नाटक हो यो ?सतामा जानकोलागि कस्तो निर्णय गरेको २ लख ५० हजार पर्ने मोटर साइकल बोकेर घरमा खाना छैन भन्दा लाज नलाग्ने नेपाली भेडा युबाहरु …..२०५० सालको याद आयो मलाई सरकारबाट बाडी पिडितहरुको लागि भाडेको रासन पानी,सुकुम्बाशी को नाममा हुकुम बाशिले पनि पायको थियो तेस्तै हो यो नाटक १० जना बेरोजगार हुन्छ ९० जना रोजगारीहरु हुन्छ सरकारी जागिरले पुगेन अब पार्ट टाम काम गर्न पाऊ छ कि भनि गरेको निर्णय सफल हुन गारो छ ……………..तपाईहरुले यो कुरा बिश्वोस गर्नु हुन्न भने छोटो उदहारण दिन्छु “तमसालिंग पार्टी तामांग को नेतीरत्वो अग्निसब्कोट ले गरेको छ तर उ तामांग हैन यहि हो सस्था एऊटा नाम एऊटा ……

    बेरोजगारी बेक्ती -बेक्ती जिन्दाबाद !!!
    बेरोजगार संघ सस्था मुर्दा बाद , !!!

    Reply
  106. SUJAN says:
    May 9, 2013 at 12:43 am

    नेपालमा न राम्रो लाउन खान हिड्न त कुनै भ्रस्ट नेता को कार्यकर्ता हुनुपर्ने रहेछ भन्ने बुझियो !!! अनि निमुखा जनताको दुख को बाल मतलब !!!

    Reply
  107. bashantaraj says:
    May 9, 2013 at 12:38 am

    एकादेशमा एउ टःआ गरिब बेरोजगार परिवार थियो तेस परिवार को प्रमुख चन्द्रबहादुर थापा थियो. उसको घरमा कामगर्ने नोकर्नी गरिब बेरोजगार थिई तेश घरमा कामगर्ने चालक गरिब बेरोजगार थियो उसको घरमा बगौचा सफा गोडमेल गर्ने माली गरिब बेरोजगार थियो/ बेरोजगार चन्द्रबहादुर संग महगो मोटर साईकल थियो उ बेरोजगार संगठन को प्रमुख थियो उस्सको घर काठमाडौँ मा थियो उसले घर बेरोजगार भयर पनि काठमाडौँ मा घर बनेको थीयो/ चन्द्रबहादुर थापा नेपाल को गरिब र बेरोजगार परिवार को उदाहरण थियो /

    Reply
  108. razen says:
    May 9, 2013 at 12:26 am

    बेरोजगारको कालो चस्मा, हिरोपन, दामी बाइक, बाइक पछाडी तरुनी हेर्दा त मलाई पनि जागिर छाडेर बेरोजगार हुन मन लग्यो | आफुले जागिर गरेको येत्रो भयो अहिले सम्म स्कूटर किन्न सकेको होइन |

    Reply
  109. SUJAN says:
    May 9, 2013 at 12:20 am

    कस्तो बिडम्बना, पहिले चप्पल पद्कौदै हिड्ने नेताहरु अहिले करोडौ को अलिसान महल मा बस्छन भने यी कार्यकर्ताहरुले २-३ लाख पर्ने motorcycle मा चक्काजाम गर्दै हिड्नु के आश्चर्य भो र ? जस्तो नेता उस्तै कार्यकर्ता?

    Reply
  110. amrit thapa says:
    May 9, 2013 at 12:10 am

    सब नेता हरु ले देश को ढुकुटी चुसेको देखेर यिनलाई पनि नेता बनेर ढुकुटी चुस्ने मन भयो होला नि त …
    नेपाली हरु एस्त जनता हुन् …
    १०० रुपिया मा जनता को हात मा पर्ने ‘बिकाश’ लै १००००० रुपिया भ्रस्टाचार गरि १०१००० बनाएर जनता लाइ दिदा पनि ‘हाम्रा नेता ले बिकाश गरे ‘ भनेर फुल्ने जनावर हरु हुन्, नेपाली जनता …

    http://www.nagariknews.com/index.php/%E0%A4%B9%E0%A4%BE%E0%A4%87%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%9F/story/१०२५
    मा हेरौ न … ‘नेपाल मा स्यटेलित रे … अनि अध्यन को खर्च नै ३ करोड रे … होहो … पुरा बने सक्दा त ३०० खर्ब ले नी नपुग्ने होला … खाने भए बजिया नेता हरु ले … खसी को मासु र भात हेहेहे

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme