Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जोमसोममा टुक्रा भयो थोत्रो जहाज

Posted on May 16, 2013May 16, 2013 by Salokya

crash
बायाँको फोटो जोमसोम विमानस्थलमा सन् २००१ मा Guido E. Buehlmann ले खिचेका हुन्। दायाँको फोटो सुनील रावलले आज बिहान खिचेका हुन्। दुवै फोटोमा रहेको विमान एउटै हो। नेपालमा उड्ने थोत्रा विमान मध्येको एउटा हो यो नेपाल एयरलाइन्सको De Havilland Canada DHC-6-300 Twin Otter विमान। ४० वर्ष नाघेको यो विमान आज बिहान विमानस्थलमा अवतरण गरिसकेपछि पनि रनवेमा नरोकिएर चिप्लिँदै सीधै कालिगण्डकी नदीमा झरेर टुक्रा भएको रहेछ। चालक दलका तीनसहित १८ जना चढेको विमानमा मुक्तिनाथको कृपाले कसैलाई केही भएन। सन् २०११ मा पनि यही विमान लुक्लामा ठ्याक्कै यस्तै खालको दुर्घटनामा परेको थियो।

फोटो सौजन्यः सुनील रावल
फोटो सौजन्यः सुनील रावल

तारा एयरले भाडामा लिएर सञ्चालन गरेको यही विमान १६ अक्टोबर २०११ मा लुक्ला विमानस्थलमा दुर्घटना हुँदा त्यसमा तीन चालक दलका सदस्यसहित १९ जना चढेका थिए। त्यतिबेला हाइड्रोलिक ब्रेक फेल भएर रनवेमा नरोकिएर विमान भित्तामा बजारिएको थियो। विमानभित्र रहेका कसैलाई त केही भएन तर विमानको नाक भाँच्चिएको थियो। अहिले पनि विमान रनवेमा नरोकिएर विमानस्थल नजिकैको कालिगण्डकी नदीको छेउमा खसेको भनिएको छ।

फोटो हेर्दा विमान मर्मत गर्नै नसकिने गरी टुक्रा भएको देखिन्छ। अगाडिको भागै देखिएको छैन फोटोमा। शायद त्यसैले होला गम्भीर घाइते भएकाहरुमा चालक दलका तीन सदस्य पनि रहेका छन्।

विमानको नालीबेली
४० वर्ष पुरानो यो ट्विन अटर विमान क्यानाडाको de Havilland Canada ले बनाएको हो। सन् १९६५ मा यस्तो विमान पहिलो पटक उडेको थियो। ८४४ वटा यस्मा विमान अहिलेसम्म बनेका छन् र बन्ने क्रम जारी छ। २ वटा इन्जिन हुने यस्ता विमानमा बढीमा २० जना अट्छ। गत वर्ष विश्वभर ११ वटा यस्ता विमान दुर्घटना भएका थिए, जसमध्ये ५ वटा त नेपालमै भएको थियो। त्यसमा तारा एयरको चार वटा र नेपाल एयरलाइन्सको एउटा परेको थियो। नेपाल एयरलाइन्सको एउटा विमान जोमसोममै दुर्घटना भएको थियो। ती दुर्घटनाहरुमा कसैको ज्यान गएको थिएन। (स्रोत हेर्नुस्)

विमान बोल्ने भएको भए….

विमानले मान्छे जस्तै बोल्ने भएको भए आफ्नो मनको कुरा यसरी राख्थ्यो कि- साथीहरु, म अब ४० वर्षकी बूढी भइसकेँ। यो अवधिमा मैले धेरैलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग गरेँ। मेरो उमेरलाई हेरेर पनि मलाई अब आरामको आवश्यकता छ भन्ने थाहा पाउनु पर्ने हो। मेरो स्वास्थ्यको राम्रो हेरविचार गर्नुपर्ने हो। दुर्गम ठाउँमा उड्नु पर्ने मेरो ड्युटी हो। उड्दिनँ पनि कसरी भनुँ। हामी त कारिन्दा। मालिकले भनेपछि मान्नै पर्‍यो। हुँदाहुँदा मलाई तारा (एअर) लाई भाडामा बेचेर उडाउने कामसम्म भयो। बेचिएकी मलाई सन् २०११ मा लुक्ला विमानस्थलमा भित्तामा ठोक्काइएको थियो। तर भगवान साक्षी छ, मैले कसैलाई केही हुन दिएको थिइनँ। हुँदाहुँदा मलाई चराले समेत हेपेको थियो। त्यही वर्ष त्रिभुवन विमानस्थलमा चराले हानेर मेरो शिशा फुटाइदिएको थियो। तर मैले कसैलाई केही हुन दिइनँ। पीडा जति आफै खपेँ। श्रवणजीले त्यतिबेलाको मेरो फोटो खिचेर आफ्नो ब्लगमा राख्नुभएको छ। हेर्नुस्27062011276_thumb[1]
आज म टुक्रिएकी छु। भगवान मुक्तिनाथको कृपाले पवित्र कालिगण्डकीको तिरमा म आफ्नो अन्तिम श्वास फेरिरहेकी छु। भगवान साक्षी छ मैले आज पनि कसैलाई केही हुन दिएको छैन। आफै टुक्रिएकीले केही यात्रु घाइते हुनपुगे। उनीहरुलाई केही नहोस् भन्ने कामना गर्छु।

43 thoughts on “जोमसोममा टुक्रा भयो थोत्रो जहाज”

  1. anuka gautam says:
    May 17, 2013 at 11:59 pm

    बिचरी! ती बुढी बिमान बोल्नेनै भएपनि सुनिदिने को नै छर नेपालमा,नत कर्मचारी, नत नेता, नत सरकारनै. तर नेपालमा भगवान सत्य भएकोले सबैको जीवन रक्षा भयो / सबैलाई भगवानाबत आसिर्बाद मिलोस!!!!!!!!!!!!!!!!!!!!

    Reply
  2. mahesh khanal says:
    May 17, 2013 at 6:21 pm

    चालिस वर्ष मा त जमिन मा जगसहित बस्ने घर पनि बुढो हुञ्छ, यो त उड्ने चिज पर्यो कति ठुलो हेलचेक्राई . धन्न मुक्तिनाथ नजिकै पर्यो र मुक्तिनाथ ले सबैको रक्छा गरे.

    Reply
  3. सन्तोश संकल्प 'पान्थरे' says:
    May 17, 2013 at 3:08 pm

    अब के गर्नु नेपालमा त्यस्तै हो। नेवानीको २ वटा राम्रो बोईंङ जहाज सुजाताले (अप्रतक्षरुपमा उसको बाउ गिरिजा पनि) कवाडीको मुल्य अर्थात १२ करोडमा बेचेर खायो, गिरिजाले धमिजा रा लाउडापनि घण्टा घण्टाको डलरमा आउने कमिसनले गर्दा त्यो पनि सखाप पार्यो, नेवानीभित्र सबै कांग्रेसको पार्टी भर्तिकेन्द्र बनायो अनि सबै मिलेर लुछाचुडी गरेर बाँडेर खायो। अनि कहाँ देखी हुन्छ त सेवा र बिकास??? अहिले तल्लो तहको कर्मचारीहरु कांग्रेसले भाउ नदेपछि माउबादी भईहाले अब झन कस्तो हालत होला भन्न सकिन्न। नयाँ जहाज किन्ने कुरा आयो की त्यही कर्मचारीहरुनै सबैभन्दा बढी उफ्रिन्छ जहाज ल्याउनै हुँदैन, हाम्रो आर्थिक हैसियतले भ्याउदैन, नेवानी डुब्छ भन्दै कुर्लिन्छ निजी विमानकम्पनीहरुको कमिसन खाएर। जब जब नेवानी ले जहाज किन्ने कुरा ल्याउछ तब तब निजी विमान कम्पनीका मालिकहरु यति सार्हो सल्बलाउछ की एक मिनेटमा वायुसेवा निगमा पुग्छ भने एकैछिनमा उडड्यन प्राधिकरण पुग्छ भने एकैछिन उडड्यन मन्त्रालय पुगेको हुन्छ, जहाज नल्याउ बरु कति कमिसन चाहिन्छ मै दिन्छु भन्दै। अनि कसरी हुन्छ त नेवानीको प्रगति??? यही समस्याले गर्दा बाबुराम भट्टराईले नेवानि, उडड्यन प्राधिकरण देखी प्रकिया शुरु नगरेर सिधै ठाडो आदेशमा मन्त्रिपरिषदमा लगेर पारित गरेको हो। नत्र यसरी नेवानी हुँदै, प्राधिकरण हुँदै कंसाकारले गरेको जस्तो मात्रै हुन्छ। नेपालमा सुगतरत्न कंसाकार जस्तो क्षमतावान प्रशासक चाहिन्छ, ताकि नेपाल टेलिकमलाई उकासेको जस्तै नेवानीलाई उकास्ने थियो तर बिडम्बना दलाल, कमिसनखोर कर्मचारीतन्त्र र घुसखोर मन्त्रिहरुले गर्दा उहाँलाई टिक्नै दिएन।

    “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

    Reply
  4. Mohan Subba says:
    May 17, 2013 at 12:49 pm

    नेपाल एयरलाइन दुर्घटना बाट पुनर जीवन प्राप्त गर्नु भएका सबै यात्रीहरुलाई र चालक दलको सदस्यहरुलाई भगवान बाट आसिर्बाद मिलोस/

    Reply
  5. R.B.Shrestha says:
    May 17, 2013 at 12:35 pm

    भुइँमा गुड्ने गाडी त २० बर्षमा फाल्नु पर्छ भन्छ, आकाशमा उड्ने चाहीं ४० बर्ष पुरानो हे भगवान धन्य नेपाल सरकार ।

    Reply
  6. अनोज शाक्य says:
    May 17, 2013 at 11:00 am

    नेपालको सबै बिमानको हालत एकदम नाजुक छ । २ वटा बोइङ गण्डकी र कर्णाली पनि एक थोत्रो भईसकेको छ । नेताहरु पनि आफ्नै देश बिकास गर्न पनि घुस खानु पर्ने ? घुस खान पाएन भने काम नै नगरने । राम्रो काम गर्न खोज्नेलाई खुट्टा तान्ने । जब सम्म घुस्याहाहरुलाई कार्वाही गर्दैन तब सम्म यस्तै हो ।

    Reply
  7. Jeevan Thapa says:
    May 17, 2013 at 10:53 am

    लौन मलाई पो आपत पर्यो / मेरो बुढी त नेपालको प्लेन चड्दिन भन्न लागी बा अब कसो गर्ने !!!!

    बर्षमा २/३ त दुर्घटना हुनु त अलि बढी नै भयो है समय मा नै यतातिर विचार पुर्याउनु पर्यो होइन भने बिदेशी पर्यटक हरु नेपाली प्लेन चढ्न छाड्ने छन् ////

    Reply
  8. Navi says:
    May 17, 2013 at 9:35 am

    नेपाल aviation लाई अन्तराष्ट्रीय ऊड्यन संस्था ले अब कारबाही गर्नै पर्छ । अन्तराष्ट्रीय बिमानस्थल र प्लेन हरुको अतीनै बिजोग र बेइज़्ज़त छ संसारमानै ।

    Reply
  9. pradeep says:
    May 17, 2013 at 9:02 am

    बिमान दुर्घटना हुनु राम्रो होइन ! दुर्घटनाका कारण हरु पनि अनेक हुन्छन ! जुनसुकै दुर्घटना मा मानबिय छ्यती हुन्छन तर बिमान दुर्घटनामा सबको सरोकार हुने अनि दुर्घटना को छानबिन गर्न टोलि गठन हुने तर नेपाल भर गाडी दुर्घटना हुदा दैनिक जस्तो मानबिय छ्यति भैरहेको हुन्छ यसको बारेमा न छानबिन हुन्छ न हेदलाइन खबर नै बन्छ ! जहाज थोत्रो भयर दुर्घटना भयको हो भने गाडीको हालत हेर्दा थोट्रो नै भयर कति ज्यान लिसक्यो होला यसको पनि छानबिन हुने र कारबाही हुने व्यवस्था को विकास हुनु पर्छ जस्तो लाग्छ !

    Reply
  10. Dilip Suwal says:
    May 17, 2013 at 8:21 am

    विमान बोल्ने भएको भए….

    लेख्नु भएको सार्है मन पर्यो।
    दुर्घटनामा पर्नु भएका सबै यात्रु र चालकहरु को शिघ्र
    कुसलताको कामना गर्दछु।

    मुक्तिनाथ ले सबै को रक्छे गरुन !

    Reply
  11. Parita says:
    May 17, 2013 at 6:55 am

    विमान बोल्ने भएको भए….
    कस्तो राम्रो लेख्नु भएको सार्है मन पर्‍यो।
    दुर्घटनामा पर्नु भएका सबै यात्रु र चालकहरु को शिघ्र कुसलताको कामना गर्दछु।

    Reply
  12. kapil says:
    May 17, 2013 at 5:36 am

    हे भगवान !! हामी नेपालीको जीवन एति सस्तो बनाइदियो कि ४० वर्ष पुरानो थोत्रो बिमान अझै उडिरहेको छ मरे पनि मरोस् , ब्यापारीलाई कमाउनु पाए भयो !!

    Reply
  13. Lekh raj Poudel says:
    May 17, 2013 at 4:18 am

    नेपाली जहाज हरु सबै काल (death Trap ) हुन् बिसेस गरेर नेपाल बायु सेवा का /
    त्यस्तो थोत्रो जहाज हरु किन चलाउनु होला /
    चलाय पनि नेता ओसार पसार गर्न बाहेक केहि अरु काम मा लगाउनु हुदैन /
    airport को ट्याकसी हरुको पनि त्यस्तै हालत छन् /
    धन्न पर्यटकहरु आउने हो नेपाल मा /

    Reply
  14. Gaurab nepali "Oodaaseen" says:
    May 17, 2013 at 3:35 am

    नेपालका २० शिर्स नेताहरुलाई राखेर उडाउनु पर्ने बिमान पो रहेछ!!!

    Reply
    1. YubaRaj says:
      May 17, 2013 at 11:17 pm

      Absolutely तर साथि कुरो चाही के भने नि, २० नेताहरुको जमघटले प्लेन जोमसोम नपुग्दै बाटोमा झर्थ्योहोला!! थाहा छनि नेताहरुको जमघटको आवाज!! यो भूकम्पको कम्पन भन्दा कम हुदैन !!
      स्मरण रहोस, नेपालमा मात्रै होइन संसारका विभिन्न देशमा यो जमघटको आवाज प्राय येस्तैनै हुन्छा.

      Reply
  15. Tenzin says:
    May 17, 2013 at 1:55 am

    यस्तो ठुलो दुर्गटना भएर पनि आजै पुरानो जहाज चलायमा केहि भए सो को जिम्मा चोर मन्त्रि र निकाय हरु ले लिनु पर्छ

    Reply
  16. YubaRaj says:
    May 17, 2013 at 12:47 am

    भगवान को कृपाले धन्न कसैलाइपनि केहि भयेनानी!!!
    मेरो त येही भनाइ छ कि साथि हो, फेरि यो बिमान लाइ मर्मत गरि नउदाइयोस बाबा !!! तर भर छैना है…….

    Reply
  17. द्रोण says:
    May 16, 2013 at 11:16 pm

    बिमान बोल्ने भए पढेको त् आशु नै आयो |

    Reply
  18. Lalit Narayan says:
    May 16, 2013 at 9:23 pm

    दुर्घटना ग्रस्त बिमानको भाग्नाबशेष हेर्दा निकै मानवीय क्षती हुन सकिने देखिन्छ l भाग्यले साथ दिएर सबै यात्रु सकुशल रहे l हामी कतिन्जेल भाग्यमा भर पर्ने हो?

    रास्ट्रिय ढुकुटीको सम्पति रित्याउदै बिना काम कुकुर जस्तो लुखुर लुखुर घरि अमेरिका, घरि युरोपतिर गइ बस्ने नेताहरुलाई यस्तै बिमानमा राखेर खसाल्नु पर्ने l

    देशमा जनताको हालत कस्तो छ, कस्तो समस्या छ , हेर्न पर्दैन? थाह पाउन पर्दैन? बायुशेवा कम्पनिहरुले के कस्ता जहाज प्रयोग गर्छन, अनुगमन गर्न लगाउन पर्दैन?

    Reply
  19. मिलन says:
    May 16, 2013 at 8:46 pm

    नेपाल एयरलाईन्समा अब त चढ्नु नि डरमर्दो मात्र हुन थाल्यो । मर्मत संम्भार गर्नुकोसट्टा पैसा कमाऊने लोभले पुराना थोत्रा हवाईजहाज मात्र चलाऊन खोज्छन् । अर्काको ज्यानलाई जोखिम राखि, खै के भन्नु र!!!!!!!!!!

    Reply
    1. Bibek Dhakal says:
      May 17, 2013 at 2:21 pm

      प्लेन चढ्न डरमर्दो, सार्वजनिक बस चढ्न डरमर्दो ….. के गर्नु यात्रा गर्नु याहाँ सौख भन्दा बाध्यताको कुरा छ! यातायातमा सुधार आउने कैले हो कैले बरु सान सानो कुराको लागि पनि काठमान्डू वा सदरमुकाम ओहोर दोहोर गर्न नपर्ने दिन चाडै आए हुन्थ्यो!!!!

      Reply
  20. आशा says:
    May 16, 2013 at 8:35 pm

    सकुसल हुनु हुने सबैलाई नयाँ जीवनको धेरै- धेरै शुभकामना.

    Reply
  21. ram prasad bhattarai says:
    May 16, 2013 at 8:23 pm

    हे भगवान यस्ता विमान हरु लाई विश्राम दिदा कस्तो हुन्छ हो ला…….?????

    Reply
    1. madan bajracharya says:
      May 16, 2013 at 9:50 pm

      राम प्रसादज्यु
      म निगमको अवकाश पायको कर्मचारी हुँ/ निगमले इ पुरानो भै सकेको; आबस्यक पुर्जाहरु समेत बन्न छोडेको त्विनअत्तर बिमानहरु पटक पटक ग्राउन्देद गरेको थियो/ तर के गर्ने नेताको दवावमा नेताको सरकारले तोकेको भाडामा यउटा जहाजको पुर्जा अर्को जहाजमा जडान गरेर भय पनि उदाउन निगम बाध्य गरिन्छ/

      मित्र रामप्रसादज्यु सरकारले तोकेको भाडामा निगमले आन्तरिक उडान जति गर्छ तेती नै निगमलाई नोक्सान हुन्छ/ निगमले आन्तरिक उडानहरु पनि क्रमस उडान कटौती गर्दै गरेको मुख्य कारण निगमलाई मात्र आन्तरिक उडान सरकारले स्वीकृति दियाकै भाडामा उदाउनु पर्ने भयकोले हो/ तर निजि बिमान सेवाहरुले चाहि आफ्नो लागत अनुशर भाडा निर्धारण र्ने छुट दियको छ सरकारले!!!/

      आन्तरिक उडान गर्ने नया जहाजहरु निगमले चाहेमा निगमले किन्न सक्थ्यो/ तर किनेर के गर्ने: सरकारले तोकेको भाडामा निगमले जति आन्तरिक उडान गर्छ तेती धेरै नोक्सान निगमलाई हुन्छ/ तर पनि इ जहाज उदाउने पर्ने अबस्थामा निगमले र निगमको प्राबिधिक कर्मचारीरुले इ पुराना त्विनअत्तर बिमानको मर्मत अंतर्रास्त्रिय मापदण्ड अनुशार नै गर्छन र हवाई बिभाग बात उडान योग्य भयको प्रमाणीकरण नभय सम्म उडान गर्दैन/ यो बाहेक निगमका पाइलटहरुले अरु निजि बिमानसेवाको पाइत् हरुले जस्तै जहाज उदय मात्रै ज्याला पाउने हुँदैन; जहाज नुउदाय पनि निगमको पाऎलतहरुले तलव पाउने हुन्छ/ यसै कारण निगमको पाइलतहरुले जहाजमा सानो भन्दा सानो त्रुति देखे पछि उडान गर्दैननन/ यसै कारण निगमको उडानहरु कति पय बेला तोकेको समयमा हुँदैन र रड्ड पनि हुन्छ/ तर पनि सार्है पुरानो भैएको जहाज कम्प्लितली ग्राउन्देद गर्नु थियो/ तर नेताहरुले ग्राउन्देद गर्न दिंदैन; जसरि भय पनि जहाज उदाउन बाध्य गर्छन बिशेस गरेर दसैं तिहार, नेताको जिल्ला-भ्रमण अघि पछि र चुनावको समय!!!

      Reply
  22. razen says:
    May 16, 2013 at 7:34 pm

    अब इनिहरुले एस्लाई टाटा ट्रकको इन्जिन जोडेर भए पनि सडकमा गुडाउछन् | अनि एसको नाम “एर-बस” भनेर राख्छन |

    Reply
    1. raj says:
      May 17, 2013 at 10:13 am

      “ऐर-बस” होइन साथि “ग्राउन्ड-बस” खी खी..

      Reply
  23. Sara says:
    May 16, 2013 at 7:14 pm

    अहो धन्य कसैलाई केहिभयेनछ ,भगवानलाई धन्येबाद ,घाइते हरु लाई सिघ्र स्वस्थलाभको कामना छ .

    Reply
  24. शेर says:
    May 16, 2013 at 7:09 pm

    विमान बोल्ने भएको भए….
    यो लेखले साच्चिकै भाबुक बनायो.

    Reply
  25. prabesh says:
    May 16, 2013 at 6:59 pm

    मुक्तिनाथ ले सबै को रक्छे गरुन !

    Reply
  26. तारे मगर, खाडी-दुवइ says:
    May 16, 2013 at 6:56 pm

    जहिले सम्म खराबीले भएर दुर्घटना हुदैन तहिले सम्म हेरविचार स्वास्थ्य परिछण गर्ने नीति र बानि हामि नेपालीहरुको छदै छैन ! चाहे आफ्नै सरिरको स्वास्थ्य किन नहोस ! धन्न प्रभु मुक्तिनाथ दयालु रैछन ! घाइतेहरुलाइ चाडै जाति होस् !

    Reply
  27. aasish,switzerland says:
    May 16, 2013 at 6:25 pm

    सर्बसाधार को जिबन माथि को खेलबाड,येस्ता थोत्रा बिमान दुर्गम मा चलाएर यात्रु को जिबन नै जोखिम मा पार्ने नेपाल एयरलाइन्स ले र तारा एयर ले एसको जिम्मा लिनु पर्छ,
    अन्तिम को बिमान को बेदना चै सार्है मन पर्यो…….
    आसिश
    स्विस

    Reply
    1. samrat~ says:
      May 17, 2013 at 4:54 am

      त्यो भन्दा पहिले यातायात तथा उड्येन मन्त्रलाये ले एउटा म्यान्डेट राख्नु पर्ने हो. येति हजार घण्टा चलि सकेको अथवा बिस बर्स नाघी सकेको हवाई जहाज उदाउन मन्दी लगाएर. देश को हालत त टुक्रा टुक्रा हुन् लागि सक्यो यो अन्तर्गत मन्त्रलाये को के हाल खबर होला. साले हरु लाइ घुस खान पाए पुग्यो. चोर मोरा डाका हरु. ५ ५ चोटी दुर्घटना भै सक्दा पनि केहि कानुन बनाउन न सक्ने. खालि सरकारी अफिस मा बस्यो भाते भुडी फुलायो , दौरा सुरुवाल लगाएर सुपाडी चपाउदै पिउन लाइ चिया बनाउन लगायो अनि कौसी मा गएर घाम ताप्यो. अघोरी सरकारी कर्मचारी हरु.

      Reply
  28. kiranrai says:
    May 16, 2013 at 5:39 pm

    हामी सर्वसाधारणले चड्ने साना गाडिमा चै २४०% भन्सार लिएर १५ वर्ष पुग्यो कि वार्षिक कर बडाउदै लग्छ , किन गरेको भन्दा पुरानो गाडि विस्थापित गर्न रे अनि उड्ने विमान चै ४० वर्षसम्म यात्रुको ज्यान जोखिम मोलेर चलाउन पाउने ?

    Reply
  29. dharmendra says:
    May 16, 2013 at 5:37 pm

    सर्बप्रथम त सबै घाइते हरुको शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु साथै भविष्यमा यस्ता घटना हरु सुन्न नपरोस भगवान संग प्रार्थना गर्दछु /
    ४० वर्ष अघि क्यानाडा ले अनुदान दिएको जहाज ले धन्नै आज सम्म सेवा उपलब्ध गरायो ,/ twin otter जहाज छोटो दुरी को लागि सुरच्छित मानिन्छन :अब कुरा आयो नेपाल ले आन्तरिक उडानको लागि खरिद गर्न लागेका ६ ओटा चाइना मा निर्मित जहाज ( जुन अन्तर्राष्ट्रिय मापदण्ड भन्दा बाहिर छ ) को हालत के होला ? कति चल्ला या
    ……………. made in china आज छ भोलि छैन ………….;

    Reply
  30. lok nath sigdel elmhurst newyork usa. says:
    May 16, 2013 at 4:56 pm

    खै कसको दोष ४० वर्ष को पुरानो बिमान …….!!! जय मुक्तिनाथ !!!

    Reply
  31. पुष्प says:
    May 16, 2013 at 4:41 pm

    म्यूजियममा राख्ने बेला हुँदासमेत घोट्नु घोटेपछि विचरा बुढो जहाजको के लागोस् ! धन्न आफूसँगै यात्रुलाई लिएर गएनछ । धन्य मान्नुपर्छ चालक दल र यात्रुहरूले । यो जहाज साँच्चिकै म्यूजियममा राख्न लायककै रहेछ ।

    Reply
  32. Bhupen says:
    May 16, 2013 at 3:35 pm

    मलाई यो जहाज ultimately जान्छ जस्तो लागेको THeo , किनभने उसै त् ४० वर्ष पुरानो जहाज , तेसैमा private ले भाडा मा लिएको.

    Reply
  33. neerose says:
    May 16, 2013 at 3:21 pm

    अब किल्लासिल्ला ठोकेर टेपले टालेर डोरीले बाधेर जोडेर तेहिबात उडायर काठमान्डू ल्यायर देखाइदिनेछ हाम्रा नेपालि बिज्ञ जान्ने बैज्ञानिक हरुले!
    बाकि बिश्वो त हेर्याहेरै!
    तेसैपानी यस्तो थोत्रो बिमानापानी सफलता साथ उडाउछ नेपालि पाइलोटलाइ मान्नुपर्छ भनेर दंग पर्थे!
    अब झन् दङ्ग पर्नेभो!

    Reply
  34. Hari Gautam says:
    May 16, 2013 at 3:09 pm

    धन्य छ हे भगवान कसैलाई केहि भएनछ | हाम्रो नेपालमा हुने कुरा भनेको नै दुर्घटना, बन्द, मन्दी, राजनैतिक अस्थिरता त हो नि, गर्नु केहि छैन थ्त्रो हुन्जेल प्रयोग गर्यो, मर्मत गर्नु छैन अनि हुन्छ त दुर्घटना….

    Reply
  35. raj says:
    May 16, 2013 at 2:40 pm

    नेपाल मा मात्रै होइन यो जहाज को इतिहास हेर्ने हो भने बिस्व मै धेरै दुर्घटना हुने न. १ लिस्ट मा उभिदो रहेछ De Havilland Canada DHC-6 Twin Otter ऐर क्राफ्ट.. नेपाल को सन्दर्भ मा त अहिले सम्म २१ वटा ले ठक्कर खैसके कति रिपैर गरेर उडायो कति ऐर क्राफ्ट ले डाउन यार्ड मै थन्किय.. इस्ट देवता आकास भैरब को नाम जपेर धुप बालेर मात्रै केइ हुदैन नेपाल ऐर लाइन्स .. एदी नेपाली आकास मा सफलता पुर्बक जहाज उडाउन चाहन्छौ भने पुराना बिमान डमप् गरेर नया नेपाल ऐर लाइन्स सुचारु गर. रेस्ट एंड पिस ओफ ऑल नेपालि सोउल इन हेअवेन. मत फ्री मा उडाय पनि चड्ने वाला क्षैन आफ्नो ज्यान जोखिम मा पारेर.. जय देस जय नरेस.. पशुपति नाथ ले हामी सबैको रक्क्ष्या गरुन

    Reply
  36. diwakar says:
    May 16, 2013 at 2:21 pm

    माओबादी त जंगल मा बस्थे ठिकै छ कांग्रेसी तिम्रा नेता चाही सुर्यबहादुर, तुलसी गिरि को हुक्के पाले हुने थिए ! धरै फुर्ति नझार ! तिम्रा नेता कस्ता हुन् सबलाई थाहा छ ! कालो कांग्रेस भन्दा त कमल थापा र रा प्रा पा नेपाल १००००० गुना ठिक छ ! फुर्ति लाउछ आमा बेचुवा पार्टी को !

    Reply
  37. diwakar says:
    May 16, 2013 at 1:59 pm

    नेपाल वायुसेवा होइन यो नेपाल ज्यानलेवा हो !

    Reply
  38. डिल्ली says:
    May 16, 2013 at 1:53 pm

    पहाडी आकाश उडानका लागि जहिले पनि खतरायुक्त नै छ । चाहे विमान थोत्रो होस् वा नयाँ । जोमसोमको विमानस्थल नै जोखिम युक्त छ । हावा बढी चलेमा चालकले विमानस्थलको तल तिरको डाँडो भन्दा माथीबाट र कम चलेमा कालीगण्डकीको ठीक माथीबाट उढाउँछन् । कहिले एकाविहानैदेखि हावा मात्र नभै हुरी नै चल्छ । डाँडोको माथीबाट ल्याउनु पर्ने भएमा गति पनि केही तिब्र हुने गर्छ । ओह्राल्ने समयमा माथी पट्टी मोड नपुग्ने तल गरेर ल्याउँदा सन्तुलन गुम्ने खालको भएकोले विमान थोत्रो भएकैले मात्र दुर्घटना नभएको हुन सक्छ । आशा गरौँ सबै सकुशल रहुन् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme