माथिको फोटो गुगल अर्थबाट लिइएको हो। यसमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३३, रातोपुल क्षेत्र देखिन्छ। यो फोटोमा देखिन्छ त्यहाँ कति घनाबस्ती रहेको छ। सोमबार दिउँसो त्यहाँ एउटा ठूलै घटना भयो। के तपाईँले थाहा पाउनु भयो ? यत्रा विधि न्युज च्यानल, यत्रा विधि पत्रिका, यति धेरै एफएमहरु छन्। राजधानीको घना बस्तीमा भएको यो घटनाबारे मैले भोलिपल्ट राति अबेरमात्र थाहा पाएँ। खासमा के भएको थियो त ?
रातोपुलमा रहेको विनोद पोदारको घरमा वैशाख ३० गते सोमबार दिउँसै (उज्यालोमै) १५/२० लाख रुपियाँको धनमाल लुटियो। प्रहरीका अनुसार घटना विवरण यस्तो छ-
अपराह्न करिब ४ बजेतिर ३/४ जनाको संख्यामा अपरिचित व्यक्तिहरु घरभित्र पसे। विनोदकी ५० वर्षकी श्रीमती सुलोचना अग्रवाललाई नियन्त्रणमा लिए, कुटपिट गरे। हात बाँधे। एक लाख रुपियाँ त नगदै लुटे। सुनका गहनासहितका धनमाल पनि लुटेर लगे।
घाइते सुलोचनालाई उपचारका लागि हिमाल अस्पताल भगवती बहालमा लगिएको छ। लुटेराहरुको बारेमा अहिलेसम्म केही पनि थाहा हुन सकेको छैन।
यो घटनाबारे प्रहरीको नियमित बुलेटिनमा हिजो एउटा सानो समाचार थियो। बोक्ने र ठोक्ने वा रमिते बन्न व्यस्त मिडियाहरुमा यो समाचार आएको देखिएन। हाम्रा मिडियाहरु किन यति धेरै राजनीतिमा चासो राख्ने भएको होला ? मेरो अनुभवमा त कम्तिमा अनलाइनमा पाठकहरुको रुचि राजनीतिक समाचारमा कम देखिएको छ।
यो समाचार धेरैले थाहा पाउने गरी सार्वजनिक भएको भए कम्तिमा राजधानीको सुरक्षा व्यवस्था बारे सम्बन्धित पक्ष सतर्क हुन बाध्य हुन्थे होला। अथवा राजधानीवासी सुरक्षाका थप उपाय अपनाउनेतर्फ सोच्थे होला। घना बस्तीमा दिउँसै त्यसरी लुटपाट मच्चाएर लुसुक्क भाग्न कसरी सके होला भन्नेमा चिया पसलमा बहस हुन्थ्यो होला। प्रहरीलाई अनुसन्धान द्रुत गतिमा सकाउन दबाब पर्थ्यो होला। यहाँ त लुटपाट मच्चिएको पनि थाहा छैन, समातिँदा पनि थाहा हुन्न होला।
दुई प्रश्न तपाईँलाई।
तपाईँको विचारमा माथिको घटना समाचार बन्न लायक हो कि हैन ? हो भने घटना भएको यति धेरै दिनसम्म किन यो बारे तपाईँलाई थाहा नभएको होला ?
के तपाईँले प्रयोग गर्ने मिडियाले तपाईँले थाहा पाउन खोजेका वा थाहा पाउनै पर्ने जस्तो लागेका समाचार दिइरहेका छन् ?
आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला।
हाम्रो बस्ति नै ठिक छ बाक्लो बस्ति भएर होला एस्तो भो होला
घटना घटेको थाहा पाउनेले त केहि गर्न ख्ज्दैना यो देशमा भने समाचार सुन्नेले क गर्ने, अनि तेस्तो घटना काठमाडौँ मा हरेक घन्टामा एक हुन्छा. मानिसहरु अफ्फैनै सचेत बनेर बस्नु पर्ला जस्तो छ. फेरी माथि एकजना मित्र ले भने जस्तै बिमा को चक्कर पनि हुन सक्छ वा मेरो बिचारमा त कर छल्ने ब्यापारी पनि हुन सक्छ वा ऋण मा डुबेर मिनाहा पाउनको लागि रचेको प्रोपगंदा पनि हुन सक्छ.
THIS is.minor case at the the whole country.is being robbed.
बिमाको लागि मिलि भगत पनि हुन्छ कतिको त !
अरु अपहरण पनि हुदैनन् माडेहरु जतिको त !!
अनि के गर्छौ त बा यो देश नै श्रापमा छ सति को त !!!
सिमित –
हरे शिव के के हुन्छ हो हाम्रो देश मा …!
जिउनु मात्र पर्छ के के मात्र सुन्न र देखिनु पर्ने हो अझै..!
मैतीदेवी रातोपूल क्षेत्रमा नबस्ने मानिसका लागि यो कुनै महत्वपुर्ण समाचार होइन मेरो बिचारमा अहिलेको नेपालमा| सबै खालका लूटपाटमा ध्यान दिएर आफ्नो समस्या हट्दैन| राजनैतिक लूटपाट, सामाजिक लूटपाट, ब्यापारिक लूटपाट, आदि इत्यादी यति किसिमका लूटपाट छन् नेपालमा की एउटा सर्बसाधारण मान्छेको लागि “आफु त परिएन/फ़सिएन बा” भन्नु बाहेक अर्को चारा छैन| समाचार दिनेले पनि त बिक्ने र म जस्तालाई मनपर्ने “नेताले यसो भनेर भन्नु भो”, “फलाना गोष्टि उद्घाटन गर्नु भो”, नेपाललाई सिंगापुर वा स्विट्जरलैंड बनैदिन्छु भन्नु भो”, “अबको चुनाबमा कम्पुटर भोटिंग हुनुपर्छ भन्नु भो” वा “प्राबिधिक त्रुटी नभएको भए हामीले बहुमत ल्यौन्थेउ” भन्नु भो भन्ने जस्ता बीना मतलबका समाचार दिन छोडेर राम्रो र आफुलाई/समाजलाई असर पर्ने राम्रा र तात्विक समाचार किन दिन्थे| त्यसैले हामी सुधरौं, अनि हाम्रो समाज र हाम्रो नेपाल आफैं सुधरिन्छ|
जव सम्म गुण्डा,डाँका र दलालको पन्जा बाट देशको शासन प्रशासन मुक्त हुँदैन तव सम्म नियम कानुन जे जस्तो सुकै बनाए पनि केहि लछार पाटो लाग्ने र हुनेवाला छैन/डाँकाले देश चलाएर डाँका पक्रिनु भनेको आफ्नो गलामा आफैले पासो लगाउनु हो/यी डाँका गुण्ड दलालहरुलाई तह लगाउन अव नौलो अभियानको थालानी गर्नु पर्छ/त्यो हो सिरियल किलर,यानेकि (स्नाइपर)यसो भएमा केहि परिवर्तन आउँन सकिएला कि,
अहिलेको जमाना भनेको एउटै घरको वल्लो कोठामा बस्नेलो पल्लो कोठोको मान्छेलाई चिन्दैन्न् । दिन दिनै मानिषको चाँप बढ्दै छ । तर पनि एक अर्कामा अपरिचित छौँ हामी । त्यसैको फाईदा उठाए डाकाहरुले ।
सालोक्य जी,
हामी नेपालीहरुमा सवै भन्दा चाडो फस्ट्याएको भनेको अरुलाई गाली गलौज र होच्याउने प्रबृत्ति नै हो । कुनै पनि ब्यक्ति वा संघ संस्था, राजनीतिक दल वा राजनीतिज्ञ, पदिय दायित्व भएका ब्यक्तिलाई गाली गलौज गर्दा आफु ठुलो मानिस भइन्छ भन्ने जो मानसिकता हाम्रो समाजमा चरम उत्कर्षमा बिकास भइ रहेको छ, यो प्रबृत्ति सवै क्षेत्रमा हावी भएको छ ।
पत्रकारहरुमा त झन नै ब्यक्ति चरित्रहत्या, खैरो नखने सम्म त्यो पत्रकार, पत्रकार नै हुदैन भने जस्तो मानसिकता को बिकास भए जस्तो लाग्छ ।
समाजमा घटेका चोरी, डकैती, ठगी, लुटपाट, बलात्कार लगायतका सामाजिक घटनालाई कही कतै प्रमुख समाचार बनाइएको पाइन्दैन । अहिलेको समाचारको ट्रेण्ड भनेको प्रचण्ड, बाबराम, राजा, राष्ट्रपति, नयाँ मन्त्रिमण्डल, पहिलेका राजाका नेताहरु, अन्य राजनीतिक दलका नेताहरुको सत्तो नसराप र उनीहरुको खैरो खन्नु पहीलो ब्यानर न्यूज हो । अनि कसैको चाकडी बजाउनु, नभए थर्काएर वा बार्गेनिङ्ग सैलीको समाचारहरु भनेका व्रेकिङ्ग न्यूज हो । खासमा प्रमुख समाचार बन्नु पर्ने राष्ट्रमा भएका बिकासका बिषय बस्तुहरु, सामाजिक घट्नाहरु त्था महत्वपुर्ण सामाजीक क्रियाकलापहरु भनेका सवै फिलर का रुपमा रहन्छन ।
अहिलेको हाम्रो समाजमा भैरहेको सवै ट्रेण्ड को नै परिबर्तन नभए सम्म हामीमा सकारात्मक सोँचको बिकास हुदैन । सकारात्मक सोचको बिकास नभए सम्म हामी जहाको त्यहि रहने छौ ।
कसैलाई गाली होइन उनीहरुको इज्जत गरौ । गल्ती गरेको भए पनि इज्जतले नै गल्तिको महसुस गर्न बाध्य पारौ ।
मैले त शुरु गरे, तपाई नी ?
प्रहरी सक्रियता बढाउनु पर्यो नागरिक पनि सचेत हुनु पर्यो राज्यले रोजगारको सिर्जना गर्नु परयो . हुनत नेपालका पुलिस कति गतिला छन् र यिनीहरुले नै लामो हात गरेका कति घटना छन् तैपनि एकाधले गर्दा सबैलाई पिर्नु स्वाभाविकै हो बहादुर पुलिसलाई प्रोत्साहन पनि गर्न सक्नु पर्यो राज्यले यति भो भने धेरै कुरा समाधान हुन्छ
मेरो उत्तर-
#१) समाचार बन्न लायक हो वा हैनमा दोस्रो अप्सन छान्ने त नालायक मात्र होलान….जहाँ सम्म किन समाचार बनेन त भन्ने कुरा छ यसको उत्तर सजिलो छैन! अब पत्रिकाले यस्तो सामाजिक घटनाहरुको मतलब राख्दैन भनम भने छाप्नै नपर्ने सामान्य घर-झगडाको कुरा पनि कैले काही छापिरको हुन्छ..खै मूड मा भर पर्ने हो कि के हो थाहा भएन!! सायद परिवारले नै घटना सार्वजनिक गर्न नचाहेको हो कि? मैले यै होला भनेर भन्न सकिन! तेसैले “पास”
#२) मैले प्रयोग गर्ने राष्ट्रिय मिडिया भनेको कान्तिपूर र नागरिक( पत्रिका) र अलि अलि टिवी र एफ एम च्यानल हरु हून…फ्र्यान्क्ली भन्नु पर्दा त्यो बिचको पृष्ठमा आउने बिचार, विश्लेषण ,पाठक प्रतिक्रिया अनि सनिबार विशेष बाहेक अरु काम लाग्ने कुरा ति पत्रिका मा केहि हुदै हुदैनन्..ताजा समाचार हरु त ऐले अन्लाइन्बाट, रेडियो, ति वि बाट थाहा पाईहालिन्छ, तेही समाचारलाई पत्रिकाहरुले आफ्नो ढंगले ब्याख्या गरेर नून मसला हालेर बिज्ञापनको अचार सहित पस्किने मात्र हो! एउटा नशा वा आदतको कारणले मात्र ति पत्रिका हरु हेरिन्छ जस्तो लाग्छ आफुलाई….निष्पक्ष र हरेक पाटो समेट्ने खबरहरु त निकाल्ने छोडे यी पत्रिकाहरुले!!
मा पनि त्योही भन्न चाहन्छु ! सर्बप्रथम त यो सबै कुरा हरु थाहा पाउन जुन घरमा त्यो घटना घटेको थियो !त्यो घरको मुलिले पनि चासो लिनु पर्ने बिषय हो होइन त् ? साथी हरुलाई कस्तो लाग्छ यो मेरो भनाइ!आज भोलि लुटेरा हरुले मन मर्जी खुलेआम डर नमानी गर्न थालेका छन्, कहिँ त्यो लुटेराहरु हाम्रा नेता ज्यु का भतुवा हरु त् होइन?
पहिलो प्रश्नको सवालमा निश्चय नै समाचार बन्नु पर्छ । यदि त्यसो नहुँदो हो त लुटाहाहरूको मनोवल उकासिने हुन्छ र अरु सर्वसाधारण पनि सजग हुने मौकै आउँदैन । हुन त पुलिस आफैँ लुटेरा हुँदै हिड्ने हाम्रो देशमा पत्रकार पनि लुटेराको सरदार हुन के बेर भो र ! त्यसैले पनि समाचार नदिएका हुन्कि ? बेर लाग्दैन ।
दोस्रो प्रश्नको सवालमा हाल समाचार योग्य कुराहरू देशमा हुनै छाडेकाले पनि के बाट के छानेर लेख्न हुने के नहुने भन्ने खुट्याउन पत्रकारलाई गाह्रो परेको पनि हुन सक्छ । हालको अवस्थामा दाम झर्ने वा तक्मा भिर्ने भनेकै नेताहरूको चाकरी गर्दा हुने हो । जस्तो “बरिष्ठ पत्रकार” ऋषि धमलाजीलाई हेरे हुन्छ । असुली काण्डमा प्रहरीले स-प्रमाण समातेका उनलाई (सु कि कु ?)जाता जोष्टज्युले कसरी छुटाइन र विदेश सयर गराइन् । अरु पत्रकारले पनि नलेखुन कसरी ? महान तथा बुढा पार्टीका आ-आफ्नै डनहरू छन् । धमलाजी जस्ता पत्रकारहरू छन् । नेताजिको महान खोकाइ, कनाई, पखाला चलाइ ढँटाइ सबै उल्लेख नगर्ने हो भने बाहुन डन, चक्रदाई, मनाङे दाइ, चरी दादा आदि ईत्यादी कामरेड, जय नेपाल सबै मध्ये कोही न कोही मिडिया हाउस पढ्काउन आउलान नि !
फलानो फलानो ठाउँमा बिरोध सभा २०%, फलानो फलानो नेताको फलानो कुरा२०%, फलानो नाईकाले फलानो संग फलानो तरिका ले फलानो फिल्ममा… १०%, अनि २/४ ओटा बलात्कारका घटना १० %, बाकी 40% त बिज्ञापन मै, अनि कहाँ बाट भ्याउनु जाबो २/४ लाख लुटेर एकजना मान्छे समेत नमर्या घटना छाप्नुलाइ ? ठाउँ पुगेको भए त का.प्रचण्ड लाई हछिउ आउदा चस्मा फुस्केको खबर छाप्नु हुन्थियो बरु! जाबो तेस्तो लुटपाट त दिन दहाडै कति हुन्छन हुन्छन ,बेकारमा जनतालाई कन्फ्युस गरार टेन्सन दिनु हुन्न भन्ने हाम्रो ठम्याई हो!
यसियाको गुण्डा; हाम्रा नेताहरुको महाराजाधिराजले कब्जा गरेको “कालापानी” को पनि यस्तै चित्र माईसंसार प्रकाशित गर्नु अहिलेको अबस्थामा उपयुक्त हुन्छ कि जस्तो लाग्छ/ यो वडा ३३ मा भयको घटनामा मात्रै होईन कालापानी को मुद्दामा पनि पत्रकार हरु चुप बस्नु अत्यन्त रहस्यमय छ/
कसलाई केको तन्ता, घर ज्याईलाई खानकै धन्दा भनेको यहि हो । आफु आफुमा लुत्न ब्यस्त हुतिहाराहरुलाई जनताको के मतलब ।
हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु, सरकारको सुरक्षामा हैन मित्रहरु आफ्नो जीउधनको सुरक्षा आफै गरौं ।
बिचरा मिडियाहरुलाई नि के दोष दिने, नालायक सरकारलेनै मिडियालाई घुमाई दिएसी कसको के लागोस ।
अब शुरु भैहाल्छ नि; खबर भित्रको खबर, भण्डाफोर, अफ द बिट, पावर न्यूज….. भन्दै ५० मिनेटको कार्यक्रम !!
पार्टी पैसाको पछाडी पत्रकार तेस्को पछि पछि/ “धन धन्दा र डण्डा” मा राजनीति रुमल्लियो; तिनीहरुकै बिचमा पत्रकारहरु अल्मलियो/ जनाधिकार र जनता मात्र हातिको देखाउने दांत बने; चपाउने धपाउने सबै नेता बने’ पत्रकारहरु तिनीहरुकै केटा बने/ पार्टीको झण्डा हल्लिय पत्रकारको कलम चले/ नेताको बोलि छाप्नुनै पत्रकारिता बने/ नेता बोले पत्रकार उठे जनता रोय पत्रकार सुते/ प्रहरी र सेना गुण्डाको बडीगार्ड बने; चौकी र थाना लुटाह फताह “मसाज र ससाज केन्द्र” बने अनि अखवार र समाचार मात्र तिनीहरुको बिज्ञापनको साधन बने/ “ठुला अपराधीले खोके” यहि ठुलो समाचार बने/ पत्रिका पार्टीका भय; पार्टीनै सरकार भय अनि पत्रकार तिनीहरुकै भारदार भय/ त् पार्टी भित्रको “पार्टी” नै समाचारको आधार बने/ आज कुन पार्टीले “पार्टी” दिंदैछ यहि कुरा नै पत्रकारको खोजीको बिषय बने/ त् जनता लुटिय मारियको कुरा माइसंसारमा बाहेक अरु कुनै पत्रिकामा कसरि छापिन्छ?
पहिलो प्रस्न _ समाचार बान्नु पर्ने हो तर बनेन यस को जवाफ त् तपाई सगै होला किन भने तपाई पनि पत्रकार नै हो सालोक्य जी / दोस्रो प्रस्न _मेरो आफ्नो कुरा गर्दा मैले हेर्ने भनेको कान्तिपुर हो कान्तिपुर को समाचार हेर्दा लाग्छ रिपोटर ले घरमा नै बसीबसी अन्दाज को भर मा समाचार लेखे जस्तो लाग्छ /
दुखको कुरा अचेल प्राय जसो मिडियाहरु राजनीतिकत पार्टीहरुको तत्तु बी रहेकाछन र खासमा भन्ने हो भने समाचारहरु पनि जे पायो त्यहि दिने गर्छन , रह्यो मथिकी समाचारको कुरा ,यस्ता कुराहरु जनमानसमा आउनु जरुरि छ .
नेताहरुको गुणगान गाए यसो चिया खर्च पाउदो हो, अपराधिक समाचार छापे धम्कि पाउँदो हो, त्यो पनि जेल भित्र बाटै l अनि नेताहरुले के खाए, के भने, कसलाई भेटे भन्ने समाचार नछापेर के खान अपराधिक समाचार छाप्थे त ?
अब पत्रकारहरुलाई राम्रो तलब भत्ता र अंगरक्षक सहितको सुरक्षा व्यवस्था होस् त, हुम्लाको किसानले खान नपाएको, ताप्लेजुंगको किसानलाइ मलको अभाब परेको देखि नामुद डनले जेल भित्र के के अपराधिक योजना बनाउदैछन् भन्ने सम्मको अनुसन्धान गरि समाचार छाप्ने छन् l Unprofessional journo.
हाम्रो देश नेपालमा कति लख प्रहरी जवानहरु छन् ?ती सबै सरकारी नोकरी गरि
जिबन धानीरहेको छ तर यी नेकारी गरेको प्रहरी जवानहरु चौकिम मात्र डूयटी सिमित छ चिया पसलमा ड्युटी छ , सडकमा ड्रईबर्को लैसेन हेरेर पैसा पकेटमा हाल्ने डूयुटी छ ! एरपोर्ट मा कति बिदेशीहरु नेपाल आय कति गए थाहा हुन्न तर पुलिसहरु को ड्युटी को समय स्थान परि वर्तन नभय सम्म नेपालमा यस्तै हुन्छ
जय नेपाल …….
मेडियाले स्वारथी केन्द्रित खबर मात्रै दिने गरेका छन् र हामीले पैसा खर्चेर समाचार हैन आफु संग असम्बन्धित बिज्ञापन पढ्न र हेर्न बाध्य भएका छौं
यहि हो प्रचंडे ले देखाएको नया नेपाल………………………..
सालोक्य जी,
हामी नेपालीहरुमा सवै भन्दा चाडो फस्ट्याएको भनेको अरुलाई गाली गलौज र होच्याउने प्रबृत्ति नै हो । कुनै पनि ब्यक्ति वा संघ संस्था, राजनीतिक दल वा राजनीतिज्ञ, पदिय दायित्व भएका ब्यक्तिलाई गाली गलौज गर्दा आफु ठुलो मानिस भइन्छ भन्ने जो मानसिकता हाम्रो समाजमा चरम उत्कर्षमा बिकास भइ रहेको छ, यो प्रबृत्ति सवै क्षेत्रमा हावी भएको छ ।
पत्रकारहरुमा त झन नै ब्यक्ति चरित्रहत्या, खैरो नखने सम्म त्यो पत्रकार, पत्रकार नै हुदैन भने जस्तो मानसिकता को बिकास भए जस्तो लाग्छ ।
समाजमा घटेका चोरी, डकैती, ठगी, लुटपाट, बलात्कार लगायतका सामाजिक घटनालाई कही कतै प्रमुख समाचार बनाइएको पाइन्दैन । अहिलेको समाचारको ट्रेण्ड भनेको प्रचण्ड, बाबराम, राजा, राष्ट्रपति, नयाँ मन्त्रिमण्डल, पहिलेका राजाका नेताहरु, अन्य राजनीतिक दलका नेताहरुको सत्तो नसराप र उनीहरुको खैरो खन्नु पहीलो ब्यानर न्यूज हो । अनि कसैको चाकडी बजाउनु, नभए थर्काएर वा बार्गेनिङ्ग सैलीको समाचारहरु भनेका व्रेकिङ्ग न्यूज हो । खासमा प्रमुख समाचार बन्नु पर्ने राष्ट्रमा भएका बिकासका बिषय बस्तुहरु, सामाजिक घट्नाहरु त्था महत्वपुर्ण सामाजीक क्रियाकलापहरु भनेका सवै फिलर का रुपमा रहन्छन ।
अहिलेको हाम्रो समाजमा भैरहेको सवै ट्रेण्ड को नै परिबर्तन नभए सम्म हामीमा सकारात्मक सोँचको बिकास हुदैन । सकारात्मक सोचको बिकास नभए सम्म हामी जहाको त्यहि रहने छौ ।
कसैलाई गाली होइन उनीहरुको इज्जत गरौ । गल्ती गरेको भए पनि इज्जतले नै गल्तिको महसुस गर्न बाध्य पारौ ।
मैले त शुरु गरे, तपाई नी ?
अपराधिक समाचार पक्कै हो | एउटाको घरमा लुटेको नि के लुटेको भन्नुहोला तर यो भरे भोलि दुइटाको चारओटाको थुप्रैको दैनिकीमा नघटियेला भन्न सकिन्न येस्ता घटना उपेक्षित भैरह्यो भने |
अब त काठमाडौँ मा नेता हरु र येस्तै चोर डाका आनी लुटेराहरु को बास्थान भै सक्यो खोइ कसलाई पो फुर्सद छ र जनताहरुको चासो लिने ब्यत्क्ति .. नेपाल मा अब जनतानै कहाँ छ र सबै पार्टीको कार्यकर्ता अनि पत्रिकाहरु को सबै पार्टीकै भर मा चलेको छ.. अनि येस्ताले दिएको सूचना कतिको सत्य तथ्य छ … हिजो कुन चाही पत्रिकाले नेपाल को भू पु गृहमन्त्री बिजेये कुमार गच्यार नै गुण्ड अनि हत्याराको मतियार हो भनेर छाप्यो तर यो खबर आहिले सम्म पनि कुनै नाम चलेका पत्रिका मा आएको छैन किन..? नेताहरुको पछि पछि मात्र दौडिने हामी नेपाली भेडा बाख्र भै सके अब त खोइ आश पनि मारी सक्यो नेपाल बन्ला भनेर त्यो नेपाल शान्ति को देश भन्ने एउटा कथा मात्र भै सक्यो…
सबै मिडिया कुनै न कुनै राजनीतिक पार्टी वा पार्टीको व्यक्ति संग सम्बन्धित यानिकी साठगाठ गर्ने मात्र छन् अनि उनीहरुले जनताको दुख पिर मर्कामा किन ध्यान दिन्थे त्यसैले दिनु पर्ने समाचार दिदैनन, नदिनु पर्ने चाही दिन्छन | हेर्दा हेर्दै कस्तो थियो नेपाल अनि अहिले कस्तो भो र कस्तो हुने होला खोइ? अब यो देसमा एक जना हिटलर वा सद्दाम वा जंग बहादुर जन्मिने पर्छ एकदम छिटो |
आँखामा कचेरा परेसि
आँखा फोहोर हुन्छ
आँखा अस्ब्स्थ्य हुन्छ
आँखा दुख्छ
दृश्य धुमिल देखिन पुग्छ –
जनताको तेस्रो आँखा मिडियामा
कचेरा देखिन्छ
सेक्स कचेरा
ग्लामरस कचेरा
तथ्य बिहिन समाचारहरुको कचेरा —
‘ रातो पुलमा दिउसै त्यस्तो हुँदा नि कसैलाई पत्तै छैन ‘ ——–
दिउसै कस्तो हुँदा ? —————- — ?
लुटपाट हुँदा ।
‘लुटपाट’ जस्तो शिर्सक नै गौण बनिदिनु ! ? यो बाध्यता !? –
धन्य नेता
धन्य सरकार
धन्य मिडिया
धन्य हामी जनता
घना मानबबस्तीमा मानवता फुकाल्दै गईरहेका हामी मनुवाहरु ।
यो देशको शान्ति सुरक्ष्या तेस्माथी पनि राजधानीकै शान्ति ,सुरक्ष्या को सबाल हो |
तर यहानेर यी अग्रवाल ,तिबडेवाल वाल ,धारिवाल हरु ब्रेकफास्ट बिहार तिर ,लन्च हेटौडा ,चितवन मा डिनर चै राजधानी मा हुने भएकोले ,र उनीहरुको सुन्दरी जानेमन, जानेतमन्ना ,जानेहया ,जानेजिगर हरु पनि मुजफ्फर पुर् र मोतिहारी तिरैबाट आउने भएकोले यी अपराधीहरु पनि उनीहरुको मोटो दाइजो देखेर उतैबाट पछि लागेको हुन् सक्छ |
हाम्रा मिडिया कर्मीहरु लाइ प्रचण्ड ,झलनाथ ,सुसिल ,माकुने,ओली ,महत आदि महान आत्मा को मुखार बिन्द बाट खसेको अक्ष्यर टिप्दै फुर्सद न भएकोले उहारुको सनी दृस्टी
एता न परेको हुनसक्छ |के बिग्रो र अब ढिलाई भए पनि डाम डाम ढोल बाजे ढं गरम न |
मुलुक लुटनेको अगाडि रातोपुलको घर लुटेको पनि समाचार हुन्छ र मित्र ?
यो प्रहरी प्रशाशनको लागि अर्को challenging घटना हो! काठमाडौँको कालोपुल जस्तो बेस्ट ठाउमा दिउसै लुटपाट र कुटपिट हुनु भनेको राजधानीबासीको लागि यक्दम नै डर लाग्दो घटना हो ! यो घटनाले राजधानी बासीलाई अझ धेरै सत्रक
हुनु पर्ने सन्देश दियको छ! जहा सम्म मेडिया हरुको कुरा छ, येदि साचिनै यो घटनालाइ मेडिया हरुले महतो नदियको हो भन्ने, यो जिम्मेवार मेडिया हरुको समाजप्रतिको एउटा डर लाग्दो गैरजिम्मेवारपन कार्य हो !
आजभोली मिडिया लाई कुन नेता कहाँ भ्रमण गए, कसले के बोले अनि कुन नेताले कसको कुरा गरे भनेर लेख्ने फुर्सद नै कहाँ छ र?
त जस्तो खाते पत्रकार हरु ले गर्दा एस्तो भाको हो चिक्ने /
बुझिस /
पहिले माओबादी को गुलो मोल्थिस त खाते अहिले साधु को जस्तो कुरा गर्छस राडीको बान unpadh /
समाचार लेख्ने मन भय राम्रो कुरा लेख न मुज़ी गाउले /
आज moderator को छुट्टी हो कि के हो?
यस्तो बिधि अचाक्ली गाली त गर्न नहुने राज्यको चौथो अंगलाइ l
लेख राज पौडेल बहुलाउनु भएछ| नबहुलाउनुस सब ठिक हुन्छ|
नेताका अन्तरवार्ता र राजनैतिक समाचार मनपराउने हामी जस्तो पाको उमेरकाले पनि राजनिती को ”रा ”सुन्न सम्म वाक्क मान्न थालेका छौं,यस्तो समाचारले सतर्क त गराउँछ कमसेकम…………!!!
नेपालका media house हरु आफैमा ठुला शक्तिकेन्द्रहरु हुन् -यिनीहरु जनतालाई सहि सुचना दिन भन्दा ,राजनीतिक दलहरुका पुछर बन्न मानै मग्न देखिन्छन l कसैलाई सिखरमा पुरयाउने र कसैलाई पाताल भास्ने खालका समाचार बनाउन नै यी बेस्त छन l आफ्नो निजि दुस्मनी पस्केर हामी पाठकलाई मुर्ख बनाई रहेछन l कैलाश सिरोहिया र रामेश्वोर थापाको झगडा लोकमान प्रकरणमा “कान्तिपुर” र “अन्नपुर्ण पोष्ट”मा हामीले देखेकै हौ l
dabur ले बिज्ञापन नदिएर तेस्को गलत प्रचार यौटा पत्रिकाले गर्यो भने,अर्को पत्रिकाले राजेश हमाल र करिश्माको फोटो टासेर dabur को गुणगान गायो l
राजतन्त्र फाल्न पनि media मा पैसाको खोलो बगेको कुरो हामीले सुनेकै हो – तेसैले salokya जी यी media हरु तपाई हामीलाई सहि सूचना दिन भन्दा पनि,पैसा कमाउ धन्दामै मस्त छन l जनताको आवाज भन्दै ठुलो ठुलो स्वोरमा आफ्ना कुरा फलाकि रहेछन l
नेपालमा निस्पक्ष संचार मध्यम नै कहाँ छन् र | यहाँ संचार माध्यमहरु मिसन पत्रकारिता गर्नमै ब्यस्थ छन् कोहि राजनैतिक स्वार्थ पुरा गर्न त कोहि आर्थिक स्वार्थ पुरा गर्न | तपाइले यो ब्लग मार्फत भए पनि यो समाचार बाहिर ल्याउनु भएकोमा धन्यवाद !!!
नेपाल मा एस प्रकारको समाचार लेख्ने पत्रकार छैन जस्तो लाग्यो. नत्र त हिजो को मुल्धारे पत्रिका मा छापिनु पर्ने हो. सबै पार्टीका नेता पछि मात्र लाग्छन. के गर्ने यस्तै छ यहाँ को चलन. कहिले सत्बुद्धि आउने हो इनिहरुलाई ?
घटना त समाचार बन्नु पर्ने हो तर नभएका समाचार त छाप्ने पत्रिका हरुले येत्तिको समचार पाएर किन छाप्तैन थिए होला? यिनी हरुलाई थाहा भएन अथवा कसैले खबर गरेन अनि छापेनन…
अवस्य मेडियामा आउनु पर्ने कुरा हो तर हाम्रो मेडियालाई जनताको बारेमा सोच्ने फुर्सद नै कहाँ छ र, मेडियामा त मात्रै फलानो मन्त्रि ले यो भन्यो तिलानो मन्त्रिले त्यो भन्यो भनेर मुख्य समाचार/breaking news हुन्छ ///
नेपाल लुटेरा, ज्यानमारा, ठग र भास्त्रचारी ले राज चलाउने देश हो| यहाँका मुख्य मेडिया पनि तेही संजाल का एउटा अंग हुन्| हामी सर्ब साधारण ले सुरक्षा र कानुन बाट सम्रक्ष्य नपाउनु कसैको चासोको बिषय नहुनु नेपाल का सर्ब साधारण को नियेती भएको छ
मारवाडी समुदाय संग सम्बन्धित कतिपय येस्ता घटना नक्कली पनि थिए उदाहरण हाम्रो सामु छ i अनि मारवाडी समुदायका बेक्ती हरु प्रति यी र येस्ता घटना दोहोरिरहेको देखिनछ i तर यो घटना सच्चा हो भने त एस माथि हामि सबै को ध्यान नजानु ठुलो गल्ति र भन्नु भने बेवास्ता हो i येस्ता घटना येसरी गुपचुप हुनु ले पछी सिंगो समाज र समाज मा बस्ने जो कोहि लाई असर गर्न सक्छ आज धन गयो भोलि ज्यान पनि पनि खतरा हुन सक्ला तेसैले बेलैमा सचेत हुनु जरुरि छइ एस्तो दुखद समय मा हामीले दुख मा परेका लाई सहयोग र समर्थन पनि गर्नु जरुरि छi
लोकमान को भूत उत्रेको छैन अझै हाम्रो मिडियाहरुमा l कुर्सीका लागि राजनीति , राजनीतिका लागि नेता, अनि नेता का लागि मिडिया , जनताको भाग मा हावा , त्यो पनि दुषित !
अवस्य पनि यो समाचार बन्नै पर्ने खबर हो, तर नेपालका मिडियाहरुलाई आफ्नु निहित स्वार्थ पूर्तिका लागी आफ्नु आफ्नु खेमाको राजनीतिक उछलकुद गर्दैमा फुर्सद छैन, त्यसैले सर्बसाधारणले के पढ्न चाहान्छन भन्ने सोच्ने फुर्सद उनीहरुलाई छैन.
आधा पत्रकार/पत्रिका प्रचण्ड को गुण गान गाउन र आधा बिरोध गर्न ब्यस्त भएर होला |
सबका सब चोर, फटाह, डाँकाहरु हुन् / देशको सुरक्षालाई पकेटमा हालेर जनतालाई असुरक्षित बनाइरहेका छन् यी भातमारा फताह नेताहरुले /
राजधानीमा शुरक्ष्या अतिनै फितलो छ. यो जनतामा नराम्रो छाप परेको फाइदा पुलिस ले उठाउछन् . पुलिस र चोरको मिलेमतो मा यस्ता नपत्याउने घटना घट्छन .रह्यो पत्रकारको कुरा,आफ्नो घर कुर्ने कि अर्काको घरमा के भो भनेर खोजि हिड्ने ?
पक्कै पनि यो समाचार मा आउनु पर्ने घटना हो नि तर नेपाली मेडिया लाइ नेता हरु लाइ गाली गलौज गर्दै मा फुर्सद कहाँ छ र..
काठमाडौँ,
कहाली लाग्ने नेपाल को एउटा मात्रै सहर जहाँ दुर्घंद अनि चोर, डाका, ठग, भास्त्रचारी र दलाल को समुह ले भरेको छ भन्दा फरक पर्दैन अब. देसको सम्पूर्ण सक्ति यौटै ठाउमा केन्द्रीकरण हुदा पनि दिउसै घना बस्ति बाट कसैले कासैलाए कुटपिट गरेर लुटपाट गर्दा कसैलाई सुएको छैन. यो भन्दा ठुलो बिडम्बना अनि लज्जास्पद कुरा के हुन सक्क्ष? प्रसासन ले आफ्नो खल्ती भर्दै फुर्सद पाका छैनन् कमन जन को सुरक्छ्या त परै रह्यो बा अनि हामी जस्ता ले राहत को आसा गर्नु बेर्थई नहोला. थुइक्क हामी जनता अहिले सम्म इनै पशु हरु को दर्सन मा रुमल्लिरहेक्षौ.. कठैबरा!
सायद हाम्रा देशका मिडियाहरुलाई राजनैतिक घटना मात्र घटना हुन् र समाचार बन्नु पर्छ भन्ने मात्र ज्ञान होला \
मेडिया लाई नेताहरुको भासन को रेपोर्टिंगगर्न भैइ न भैइ छ……………जनता को कसले सुन्ने
के लेख्नु कति लेख्नु जति लेखे पनि ती कान मा कपास हालेर बस्ने हरु ले सुन्ने भय पो लेख्नु
अब दिउसै असुरक्क्षा भय पछि रात को त कुरै छोडौ अब सुरक्क्षा को ग्यारेन्टी कसको हो त !!!
के गर्ने नेपाल को सिस्टम नै यस्तै छ . मेडिया त नाम मात्र को हो खाली राजनीति को समाचार दिदा फुर्सद नै हुदैन
महा मुर्ख गृह मन्त्रि श्री माधव घिमिरे को शान्ति सुरक्षा भनेकै येही हो क्या कति प्रतिशत को खेल छ त्यो अपराधी संग मन्त्री ज्यू को कसलाई के थाहा. नेपाली जनता आफ्नो सुरक्षा आफै गर .
तिललाई पहाड बनाउनु सक्ने छ्यमता भएका मिडियाले दिन धहड़ाई राजधानीको केन्द्रमा लुटपाट मच्चिदा पनि समाचार बन्नु नसके के लाइ समाचार भन्ने र?मिडियाको यहि चाल हो भने त “जता मल्खु उतै ढल्कु “भन्ने नेपाली उखान पो चरितार्थ गर्दै छ कि जस्तो लाग्नु स्वाभाविक हो !होइन भने नेताहरुले सिटामोल खाएको कुरा लाइ पनि समाचार बनाउने तर यस्तो अपराधिक घटना दिउसै घट्दा किन जनताहरु जानकारी बिहिन हुने?
यहि हो प्रचंडे ले देखाएको नया नेपाल को नया सुरछाया व्यवस्था अब नेपाली आफैले आफुलाई नै सुरक्छित पाउन नसक्ने आवस्था आइसक्यो नेपाल मा दुखः को कुरा ….
मेडियाहरु (अ)राजनीतिक हावादारी घटनाक्रम ‘बन्द ,हड्ताल, चक्काजाम को खबरहरु छाप्दै मा फर्सद छैन एस्तो खबर कहाँ बाट थाहा पाउनु र छाप्नु ?
हामीले थाहा पाउन खोजेको समाचार अथवा खबर मेडिया ले दिने गरेको बास्तवमा छैन मेडियाको स्वार्थ केन्द्रित खबर मात्रै दिने गरेका छन् र हामीले पैसा खर्चेर समाचार हैन आफु संग असम्बन्धित बिज्ञापन पढ्न र हेर्न बाध्य भायेका छौं
मलाइ त दिए जस्तो लाग्दैन, कुनै समाचार दिए भने पनि, कन्टेन्ट एक मिनेटको छ भने टि.भि. च्यानलले त दलाली गर्दै १५ मिनेट सम्म प्रसारण गरेको पाइन्छ । अनि अर्काको व्यक्तिगत चरित्रमा धज्जी उडाउन पाइन्छ भने त के भन्ने र मिडियालाइ, दशै आए जस्तो गरी समाचार छाप्छन, प्रसारण गर्छन…….
मिडिया हाउसहरु नै राजनैतीक दलको कार्यालय जस्तो छन जहाँ वाट सहि सुचनाको आसा गर्नुनै बेकार भैसक्यो। समाचार ले जनता लाई सुसुचित पार्नु भन्दा पनि अमुक दलको मुखपत्र बन्नु नै मिडिया हाउसको रोजाई रहेको बेलामा जन सरोकार र जन चासोका बिषय त गौण र प्राथमिकताविहिन नै हुने भए नि।
२ प्रश्नको १ वटा उत्तर :
———————–
# “मुलधारे” नाम धारण गरि टोपलेका सरकारी वा गैर सरकारी मिडियाहरुले २ खालका समाचारमात्र सम्प्रेषण गर्न रुचि राख्छन
१. मालिकको भजन
२. मालिकको शत्रुलाइ पाँडे गाली
अन्य तपसीलका खबरहरु समाचारको बिषय बन्नु अनि हामीले खोजेको जस्तो समाचार पाउनु त् स्यालको सिङ्ग जत्तिकै हो …………..अस्तु & जदौ !!!!!!!!
नेपाली मिडियामा राजनतिक खबर अतिनै धेरै भो जुन अधिकाम्स नकारात्मक सन्देशले भरिएका हुन्छन .. मुख्य पृष्ट को मुख्य समाचारमा जहिले पनि राजनीति मात्र , कहिले कहिँ सकारात्मक , सृजनात्मक, बिकाश निर्माड़का समाचार पनि मुख्य पृष्ठमा हुन जरुरत छ ..
माथिको दिन्दाहदै लूट पाटको समाचार हरेक नागरिक को सुरछ्या संग सम्बन्धित हुनाले यो अबस्य पनि समाचार बन्नु पर्ने हो तर खै हाम्रा मिडियावाला पत्रकार कुन दुलामा हुन्छन !!
नेपालका मिडियाहरु कति ईमान्दारीतापूर्वक पत्रकारिताको धर्म निर्वाह गर्दछन भन्नेकुरा निर्वाचनताका छर्लंग देख्न सकिन्छ । खड्ग ओलीले लगाएको आरोपलाई हेर्ने हो भने पनि केही त अनुमान लगाउन सकिन्छ । पत्रकारिता गर्नेहरुले नेपालमा यति धेरै राजनिती गरेका छन जसले व्यवशायीक पत्रकारिताको निर्घातरुपमा बलात्कार गरिरहेका छन । यसो त बीबीसीले पनि दुनियमा संन्चारको साम्राज्य जमाएकै छ तर उसको राजनिती नेपालको पत्रकारिताको जस्तो घटिया र नांगो भने हुन्न । अलिक नथापाउने गरी गर्छ । राजनितीले नै तपाईले दिए जस्ता समाचारको पत्तो नलागेको हो । नेताहरुसँग उठबस गर्न सजिलो हुन्छ राजनितीक पत्रकारिताबाट । लाभ लिने अवसर हुन्छ । खोजी पत्रकारिताबाट उचाईमा पुग्न त समय लाग्छ नी ।
मिडियाको मापदण्ड अनुसार यो अपराधिक समाचार हो र यो बारेमा सुसुचित गराउनु मिडियाको कर्तब्य हो !
न कुनै मापदण्ड न कुनै नैतिक धरातल ! हामीमा अहिले कुनै संस्कार बाँकि नै छैन र त्यो स्थिति राजनीतिमा मात्रै होइन, मिडियामा पनि हालत तेस्तै छ….!
हामी अहिले नया लुगा नसिलाएको तर पुरानो फ्याकिसकेको स्थितिमा छौ…अर्थात् नांगै…!