Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोकमान सिंह कार्की अख्तियार प्रमुख

Posted on May 5, 2013May 5, 2013 by Salokya

अन्ततः विवादको चुलीमा रहेका, राजाको शासन कालमा मुख्य सचिव पड्काएका लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन खिलराज रेग्मीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिश गरेको छ। संवैधानिक नियुक्तिको माओवादीको कोटामा रहेको यो भागमा प्रचण्डको इच्छाले लोकमान नियुक्त भएका हुन्। बीचमा दलहरुबीच नै विवाद आए पनि, एमालेले लोकमान नमान्ने भने पनि, सुशील कोइरालाले आज बिहानसम्म पनि लोकमान नबनाइने भाषण ठोके पनि यो देशमा प्रचण्ड इच्छाविपरीत केही नहुने देखिएको छ। राजनीतिमा नैतिकता पतनको एउटा उदाहरणको रुपमा यो प्रकरणलाई लिन सकिन्छ। अख्तियारमा आएका यी प्रमुखले अब दलका नेताहरुलाई भ्रष्टाचारको मुद्दामा केही छानबिन अघि बढाउलान् भनी नचिताए भो। त्यसमाथि प्रचण्डको ? अहँ।

को हुन् लोकमान ?

बहुदलीय व्यवस्थाभर नेपाली कांग्रेसकै कार्यकर्ताजस्ता देखिएका उनी शाही शासनमा कट्टर राजावादी र लोकतन्त्रपछि माओवादीनिकट हुन पुगेका छन्।

स्वर्गीय भूपालमानसिंह कार्कीले तत्कालीन राजा वीरेन्द्रसँग आफ्नो बेरोजगार पुत्रलाई सेवाको अवसर दिन बिन्ती नबिसाएका भए सम्भवतः यिनको जीवनयात्रा अर्कै बाटोमा मोडिन्थ्यो होला। त्यही बिन्तीले बहादुर भवनस्थित राजसभा स्थायी समितिमा सीधै उपसचिवका रूपमा उनको यात्रा आरम्भ भयो। दरबारको प्रभाव र कठिन प्रणालीका सामु निरीह सावित भएका उनी आफ्ना निकटस्थ मित्र महेश आचार्य ०४८ सालमा गठित पहिलो जननिर्वाचित सरकारमा अर्थराज्यमन्त्री बनेको मौकाको फाइदा उठाउन चुकेनन्। दरबारबाट सेवा परविर्तन गरेर राजस्व सेवामा कार्की जसै प्रवेश गरे, उनको उन्नतिको ग्राफ पनि ह्वात्तै उकालो लाग्यो।

टिपेक्स कान्ड
कार्कीका एक समकालीनका अनुसार ०४८ सालपछि राजस्व समूहमा उनलाई नल्याउन तत्कालीन सामान्य प्रशासनमन्त्री महेश्वरप्रसाद सिंहले अडान लिएका थिए। तर, आफ्नो अडानमा सिंह त्यतिबेला गले, जब प्रधानमन्त्री गिरिजाप्रसाद र अर्थराज्यमन्त्री आचार्यले दबाब दिए। राजस्व समूहमा आएपछि कार्कीको लोक रिझाइको यात्रा पनि आरम्भ भयो। त्यसको प्रमाण कार्कीको सहसचिवमा भएको बढुवा नै हो। उनको बढुवा कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर भएको थियो। स्रोतका अनुसार तत्कालीन अर्थसचिव ठाकुरनाथ पन्तले कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर अन्य उपसचिवहरूलाई पछि पार्दै कार्कीलाई सहसचिव बन्ने मार्ग प्रशस्त गरििदएका थिए। मुलुकको निजामती इतिहासमा यो टिपेक्स काण्ड चर्चितमध्येको एक हो। कारण, त्यसलगत्तै सर्वोच्च अदालतले निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाउन नपाइने आदेश नै जारी गर्नुपर्‍यो।
त्यसलगत्तै भन्सार विभागका महानिर्देशक बने उनी। उनकै पालादेखि भन्सार नाकाहरूमा लाइन खुलेको मानिन्छ। अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग, राजस्व अनुसन्धान महाशाखालगायतका अड्डाको कार्यभार पनि उनले सम्हाले। सहसचिव भएको पाँच वर्षपछि नै ६ वैशाख ०५८ मा उनी खेमराज नेपाल, चण्डीप्रसाद श्रेष्ठ, भानु आचार्य, अनन्त पाण्डेलगायतसँगै सचिवमा बढुवा भए। स्वास्थ्य, जलस्रोत, सूचना तथा सञ्चारलगायतका मन्त्रालयमा उनी सचिव बने। यद्यपि, गृहमन्त्रालय चलाउने उनको चाहना तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्काको अडानका कारण सफल हुन सकेन।

मुख्य सचिव यसरी बने
राजा ज्ञानेन्द्रको ‘१९ माघ’को कदमपछि मुख्यसचिव बन्ने समयमा उनले आफूभन्दा वरष्िठ १५ जना सचिवलाई पाखा लगाइदिए। स्रोतका अनुसार मन्त्रिपरिषद् तत्कालीन उपाध्यक्ष कीर्तिनिधि विष्टले उनलाई सहयोग गरेका थिए।

रमाइलो कुरा त के भने जब कार्की निजामती सेवामा प्रवेश गरे, उनको सम्बन्ध आफैँलाई सहयोग गर्ने कांग्रेस नेता आचार्यसँग टाढिँदै गयो। त्यसैको परिणाम हो, उनको अप्रत्यक्ष भूमिकामा उनका दौतरीहरूले ०५६ सालको निर्वाचनमा आचार्यलाई हराउन चलाएको अभियान। कोइराला निवासका युवा महत्त्वाकांक्षीहरूले पनि त्यस अभियानमा साथ दिए। आचार्यसँगको सम्बन्ध बिगि्रएपछि त्यतिबेलाका ‘सुपर पावर’ गिरिजाप्रसादसँग सम्बन्धको गाँठो कसिलो बनाए। दुवैको सम्बन्धलाई नजिकबाट बुझेका एक कांग्रेस केन्द्रीय सदस्य दाबी गर्छन्, “एकअर्काका आवश्यकतापूर्ति गरिदिने भएपछि सम्बन्ध कसिएको हो।”

पहिले कट्टर राजावादी अनि माओवादी
बहुदलीय व्यवस्थाभर कांग्रेसको सहयोग पाएका कार्की राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा एकाएक परविर्तित भए र मुख्यसचिव हुने महत्त्वाकांक्षा पूरा गरे। यतिसम्म त ठीकै थियो तर उनी एक कदम अगाडि बढेर आफूलाई कट्टर राजावादी देखाउन ‘राजावादी नहुने कोही पनि कर्मचारी बन्न नसक्ने’ भद्दा अभिव्यक्ति दिन पनि पछि परेनन्।

लोकतान्त्रिक आन्दोलन चलिरहँदा उनी त्यसको विरुद्धमा कुनै कसर नछाडी होमिए। लोकतन्त्र स्थापनापछि भने अत्तालिएका उनी तीन महिनासम्म गुप्तबासमा गए। त्यो गुप्तबास मोरङको दर्बेशास्थित आफ्नै स्वामित्वको चन्दि्रका डिस्टिलरीको गेस्टहाउसमा थियो। तीन महिनापछि बाहिर निस्किँदा उनी माओवादीप्रति सहानुभूति राख्ने भइसकेका थिए। यो बेग्लै कुरा हो कि, माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो निकटता उक्त पार्टीका कार्यकर्ताबाट आफ्नो जीवनको सुरक्षाका लागि रहेको कार्कीले आफ्ना साथीभाइमाझ बताउने गरेका छन्।

प्रचण्डसँग यसरी भयो भेट
माओवादी अध्यक्ष प्रचण्डसँग कार्कीको पहिलो भेट नेपाल प्रहरीका पूर्वडीआईजी अशोक श्रेष्ठको पहलमा भएको हो। स्रोतका अनुसार देशभक्त र राष्ट्रवादीहरूबीच एकताको नारा माओवादीले अघि सारेपछि दरबारका पूर्वएडीसीसमेत रहेका श्रेष्ठ पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन ओलीको पहलमा माओवादीनिकट देशभक्त गणतान्त्रिक मोर्चामा प्रवेश गरे। त्यसपछि श्रेष्ठले दरबारमा हुँदा कार्कीसँगको सम्बन्ध उपयोग गरेर उनलाई पनि त्यस मोर्चामा सामेल गराएका हुन्। प्रचण्ड प्रधानमन्त्री छँदै निजामती कर्मचारीमा आफ्नो पकड बलियो बनाउने उद्देश्यले माओवादीले पूर्वप्रशासकहरूलाई जम्मा गर्ने क्रममा पनि कार्की प्रचण्डको निकट पुगे। बानेश्वर हाइटस्थित कार्कीको घरमा लगाइएको महापुराणको प्रसाद ग्रहण नै प्रचण्डसँगको उनको निकटता अघि बढ्ने मुख्य विन्दु भएको स्रोतको दाबी छ।

अख्तियारको यात्रा
त्यसो त, गिरजिाप्रसाद जीवित छँदै माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीकालमा पनि कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउन नखोजिएको होइन। पार्टीभित्रबाट लोकमानका नाममा आपत्ति आउने भएपछि गिरजिाप्रसादले श्रीकान्त रेग्मीका नाममा समर्थन जनाएका थिए। यद्यपि, कार्कीलाई प्रमुख आयुक्त बनाउने दाहालको प्रयासमा कोइरालाको मौन समर्थन थियो।

गिरजिाप्रसादसँगको कार्की सम्बन्ध कति गठिलो हो भने ०५६ सालमा उनी प्रधानमन्त्री हुँदा वलदेव शर्मा मजगैयाँ जलस्रोत मन्त्री नियुक्त भएका थिए। कार्कीलाई जलस्रोत मन्त्रालयको सचिव बनाइएपछि मजगैयाँले त्यसको विरोध गर्दै राजीनामा दिए। गिरजिाप्रसादले बरू जीवनभर आदर्श, मूल्य र मान्यताको राजनीति गरेका मजगैयाँको राजीनामा स्वीकृत गरे तर कार्कीलाई भने सचिवमा निरन्तरता दिए।

हुन त, भूपालमानसिंह कार्कीको परविारसँग कोइराला परविारको सम्बन्ध नयाँ होइन। बीपी कोइरालादेखि नै दुई परविारबीच निकटस्थ सम्बन्ध छ। बीपी, केशवप्रसाद हुँदै गिरजिाप्रसादसम्म मात्र नभई अहिलेका युवा कोइरालाहरूसम्म पनि यस्तो सम्बन्धमा निरन्तरता देखिन्छ। सम्बन्धको निरन्तरतालाई अनौठो मान्दैनन्, कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला। भन्छन्, “सम्बन्धको कुरा एकातिर छ तर उनको योग्यता र क्षमताको उपयोग हुने ठाउँ अन्यत्र -अख्तियारबाहेक) पनि हुनसक्छ।”

विवादैविवाद
उनलाई नजिकबाट चिन्नेहरू उनी नियम, कानुन र शब्दमा खेल्ने मान्छे नभएको बताउँछन्। कर्मचारी भए पनि राजनीतिकर्मीले जस्तै निर्णय लिन कहलिएका उनले सञ्चार मन्त्रालयको सचिव हुँदा बाबु भूपालमानसिंह कार्कीका नाममा हुलाक टिकट मात्र निकालेनन्, युनाइटेड टेलिकम लिमिटेड -यूटीएल)लाई १९ करोड रुपियाँ राजस्व मिनाहा दिने विवादास्पद निर्णय पनि लिए। शाही शासनकालमा उनी निकट रहेर काम गरेका एक सुरक्षा अधिकारीका अनुसार व्यक्तिको नियत चिनेर सोही अनुसार व्यवहार गर्ने खूबी छ, काकीसँग। उनी भन्छन्, “कमजोर क्यालिबरका मान्छे होइनन्, उनी।”

सुनकान्ड
०५१ सालमा कार्की भन्सार विभागका महानिर्देशक थिए भने हाल अख्तियारमा सचिव रहेका भगवती काफ्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख थिए। ९ पुस ०५१ मा हङ्कङ्बाट काठमाडौँ आएको आरए-४१० विमानमा १० किलो सुन र १ सय ५० किलो चाँदी फेला पर्‍यो। ७३ लाख रुपियाँ मूल्य बराबरको उक्त सुन-चाँदी एकाएक गायब भयो। उक्त काण्डमा कार्की र काफ्ले दुवै मुछिएका थिए। ४ भदौ ०५४ मा पुनरावेदन अदालत पाटनले कार्कीलाई सफाइ दियो। तर, काफ्लेलाई सजाय गर्‍यो। पाटन पुनरावेदन अदालतविरुद्ध काफ्ले सर्वाेच्च पुगे भने कार्कीविरुद्ध सरकार पुनरावेदनबाट सर्वाेच्च गयो। तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले १२ जेठ ०५६ मा काफ्ले, कार्कीलगायतका सबै आरोपी निर्दोष भएको फैसला सुनाए। भ्रष्टाचार अभियोगको मुद्दा विचाराधीन रहेकै अवस्थामा तत्कालीन प्रधानन्यायाधीश शर्मा विराटनगरस्थित कार्की निवासमा भइरहेको महायज्ञमा भाग लिन पुगे। त्यसलगत्तै सर्वोच्चको फैसला पनि कार्कीको पक्षमा आयो।

बाल्यकालदेखि नै यिनी क्रिकेटका सोखिन हुन्। आफ्नो लक्ष्य पूरा गर्न उनी खेलका नियमहरू पनि वास्ता गर्दैनथे। नियम मिचेरै भए पनि उनी लगातार छक्का हान्न तम्सिन्थे। छक्कामै लक्ष्य पूरा गर्न खोज्नु उनको स्वभाव नै हो, सके छक्का हान्छन् नसके आउट हुन्छन्। (साभारः उपेन्द्र पोखरेल/नेपाल साप्ताहिक)

120 thoughts on “लोकमान सिंह कार्की अख्तियार प्रमुख”

  1. Pitambar Giri says:
    May 8, 2013 at 3:23 pm

    हामि नेपाली हो र हामि नेपाल राम्रो भएको हेर्न चाहान्छौ। यी पार्टिहरुको किचलो देखेर यस बिषयमा साने कमेन्ट गर्नमन लाग्यो र यो सानो कमेन्ट गदैछु साथिहरुको। यो सबै यी पाटिहरुको हामि जनतालाई देखाउने एउटा नाटक हो। यी नेताहरुको भित्रभित्रै कसले कति खाने भन्ने बिषयमा सहमति भैसकेको छ र यीनिहरु त रोए झौगर म पिटेजस्तो गर्रछु भन्ने बाहाना गरेका मात्र हुन् े। तर यी भुस्तिङ्घेले सोचेजस्तो हामि कहा अबुझ छौ र अब आउदो चुनाब मा यीनिहरुलाई महल निवास बाट रोडनिवास बनाउनु पर्छ अनि थाहा हुन्छ लहैसाथि हो समयमै विचार गदैगरम्।

    Reply
  2. Harihar Dahal says:
    May 8, 2013 at 6:00 am

    अन्ततः ‘लोकतन्त्रका अपराधी’का रुपमा बहुप्रचारित लोकमानसिंह कार्कीलाई लोकतान्त्रिक गणतन्त्र नेपालले पुरस्कृत गर्यो।जनताले जनताका लागि भनेर चुनेर पठाएका(केही स्वघोसित) जनप्रतिनिधीले उठाएको यो कदम नेपालको ईतिहासमा कालो दिन हो र यि सबै नाईकेहरुका लागि आत्माहत्या गर्नु पर्ने जड कारण पनि यही हुनेछ।त्यसबेला मलामिहरु पाईने छैन।पेलेर,ठेलेर,जेलेर,घुमाएर,लुकाएर,छ्क्याएर गरिएका शासनका सासकहरुको पतन पछाडि को पिडा कस्तो हुन्छ? ज्युदा ज्ञानेन्द्र सरकारलाई वा मरेका सद्धाम हुसेनलाई सोधे हुन्छ। की कसो जनताहरु?

    Reply
  3. Tika says:
    May 7, 2013 at 9:48 pm

    लोक मान सिंह कार्क्रिमात्र होइन नेपालको गरिब जनता बाहेक पियनदेखि मन्त्रीसम्म, वकिल देखि न्यायाधिश सम्म र कार्यकर्तादेखि नेतासम्म कोहि पनि भ्रष्टाचारबाट अछूतो छैन I सक्नु हुन्छ भने तपाई लोक मान सिंहको बिरुद्ध होइन तिनलाई सिफारिश गर्ने नेताहरूको विरूद्धमा उठ्नुहोस I

    Reply
  4. Suraj Shrestha says:
    May 7, 2013 at 7:59 pm

    यो निर्वाचन गराउनकोलागि नेपालको मन्त्रिपरिषद हो वा पद नियुक्ति गर्न बनेको मन्त्रिपरिषद हो ?

    जब बर्षो सम्म नेपालको लोकसेवा आयोग, अख्तियार, महालेखा परीक्षक र निर्वाचन आयोगले कुनै पूर्णता न पाई निर्वाचित सांसद श्री पुष्प कमल दाहाल, श्री माधव कुमार नेपाल, श्री झल्नाथ खनाल र डा. श्री बाबु राम भट्टराईले नेपालको संविधान न बनाएपनि प्रधानमन्त्रि भै देश चलि रह्यो भने अहिले “निर्वाचन मन्त्रि परिषदले” निर्वाचनको काम कारवाही अघि बढाई ऐन कानुन बनाई, नयां निर्वाचन क्षेत्र एकिन गरि निर्वाचनको मिति तोक्नुको सट्टा खाली जागिर खुवाउने काममा बिशेष जोड दिएको देख्दा “काम कुरा एका तिर कुम्लो बोकी ठिमी तिर” जस्तो यो सरकारले काम गर्दै छ
    थुक्क छ नेपालका राष्ट्रपति, मन्त्रिपरिषद, सर्वोच्य अदालत, चार दलका शिर्ष लगायत सबै नेताहरु र नेपाल का नागरिक समाजलाई !

    सुरज श्रेष्ठ

    Reply
  5. simit gauchan says:
    May 7, 2013 at 3:15 pm

    लौ लोकमान जी अब यी भ्रष्ट नेताहरुलाई खोजि खोजि जेलमा कोच त , सब भन्दा पहिले त प्रचण्डलाइ कोच १५ हजार जनता मारेर १५ करोडको घरमा बस्ने ????? कति छ प्रचंडेको कमाइ नेपाल नेपालि को सम्पत्ति र झुठा सेना बनाइ ठगेको पैसा उठाउ लोकमान , १५ हजार जनता मारेर १५ करोडको घरमा बस्ने लाइ १५ बर्ष जेल कोची सर्बश्व हरण गर त बल्ल तिम्रो बिरोध गर्ने ले तिम्रो जय जय गर्ने छ !!!!!

    सिमित
    सिड्नी बाट

    Reply
    1. jeevan verma says:
      May 8, 2013 at 8:33 am

      यस्तै आशामा नेपाली को जीवन गयो | ‘ Things will not happen just by wishing, but you have to make it happens. The karki was appointed in the position not because some one just wishes but a gang of four worked for it. So, let us think what we can make that happen instead of just wishing for it.’

      Reply
  6. Suman bhote says:
    May 7, 2013 at 9:38 am

    गल्ति कस्को?? ४ पार्टी को कि लोकमान को?
    ४ पार्टी ले प्रस्ताब गर्ने…. र पछि तेसैले बिरोध गर्ने…….
    लोकतन्त्र को भाभना कसले किचेको…? ४ पार्टी ले या लोक मान ले??
    हासो पो लाग्छ……. आफै बनाउने र आफै बिरोद गर्ने….कस्तो. हसायेरा ल्यायो भन्या…

    Reply
  7. sushi says:
    May 7, 2013 at 9:38 am

    नेपाल मा अहिले सम्म जति पनि आन्दोलन भए ति सबै आन्दोलन यिनै फटाहा हरुलाई फापेको रहेछ / जनताहरु त हिस्स बुढी हरियो दात भने झैँ भए / त्यसमाथि लोकतन्त्र त लोकमान सिंह लाई फापेको रैछ / लौ बधाई लोकमान जी उन्नति प्रगति आफ्नो, देश चै जतासुकै जावोस/

    Reply
  8. raghubir says:
    May 7, 2013 at 8:37 am

    अहिलेको लोकमान नियुक्ति भनेको माओबादी चाहनामा हो – सायद यसमा भारतको चाहना पनि जोडिएको छ कि – अन्नपूर्ण पोष्टले लोकमानको बचाउमा लेखे अनुसार भारतको हात पनि शंका गर्न सकिन्छ।
    यहाँ केहि कट्टर माओबादी समर्थकहरु यो सिफारिसमा अरु दलको हात छ, विषेश गरी काङ्ग्रेसको, भनी प्रचार गरिरहेका छन् – अहिले लोकमान सिफारिसको चौतर्फी बिरोध हुन थालेपछि। तर कुरो स्पष्ट नै झैं देखिएको छ – अहिले लोकमानको नाम प्रस्ताव गर्ने र त्यसमा दिलोज्यान दिएर लाग्ने एमाओबादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नै हुन्। यस प्रस्तावमा अरु नेताहरु लुरुक्क परेर पछि लागेका मात्र हुन् , र अझ, प्रस्ताव परेपछि चरम बिरोध हुन थालेपछि, अरु दलका नेता पछि हट्न पनि चाहेका हुन्, तर पु क दा ले प्रेसर गरेका नै हुन् , र सो प्रेसर सर्बोच्च अदालत सम्म पनि feel भएकै हो। कुरो घाम झैं छर्लङ्ग छ। तर पनि अहिले दोष जति अरु दल, र एमाले काङ्ग्रेसलाई दिने कोसिस किन ? किनभने : माओबादीलाई लोकमानलाई नै प्रमुख आयुक्त बनाउनु छ, त्यसको लागि साम दाम दण्ड भेद सबै अइ‍पनाउन उनीहरु तयार छन्। तर जनस्तरबाट आएको बिरोध पनि खप्नु छ – अनि त के चाहियो – पु क दा प्रस्ताव गर्ने, अरु दलका नेता पुकदा संग थरर भएर बिरोध सम्म गर्न नसक्ने, जनताको बिरोध भएपछि यो त एमाले वा काङ्ग्रेसले प्रस्ताव गरेको नाम हो भनेर आफू पानी माथिको ओभानो हुने, भित्र भित्र प्रेसर गरेर सिफारिस गर्न लगाउने, र अन्त्यमा लोकमानलाई आयुक्त बनाउने, दोष जति अरु पार्टीलाई दिने। मान्न पर्छ माओबादीको खुराफातलाई। नेपालको इतिहासमा यति सम्म खुराफाति र जनता झुक्याउन खप्पिस पार्टी आज सम्म थिएन ।

    पहिले उनीहरु राणा शासक संग नजिक रे, पछि राजा संग, त्यसपछि काङ्ग्रेस संग (कोइराला विषेश गरी)। तर ती सबै पुराना कुरा भए – आज आएर उनलाई बुई चढाउने माओबादी नै हो – कसैलाई रति भर भ्रम नहोस्।

    Reply
    1. mahesh says:
      May 7, 2013 at 2:01 pm

      रघु जी
      प्रस्ताव गर्ने केपी ओली हुन्. तपाइँ सोर्है आना झुटा कुरा नगर्नुस. नापत्याय कान्तिपुर हेर्नुस. हिजो सत्ता नपाउदा प्रम लाइ बोलाएको बैठाक नै बहिस्कार गर्ने कांग्रेस एमाले ले किन दर्ह्यो अडान नलिएको त उसो भए? लोकमान त गिरिजा रामशरण महत र कांग्रेस को धर्म पुत्र नै हो, नपत्याए उसले २०४८ देखि ५६ सम्म कांग्रेस को हाली मुहालीभएको बेला मा उसले पाएको प्रमोशन सुबिधा लाइ हेर्नुस न.

      Reply
      1. raghubir says:
        May 7, 2013 at 9:21 pm

        महेश जी,

        म त अझै छर्लङ्गै देख्छु कुरो। लोकमानलाई प्रमुख आयुक्त बनाउनु छ माओबादीलाई – कुरो पक्का छ – हिजो आजका प्रचण्ड लगायत माओबादीको अभिब्क्तिबाट पनि स्पष्ट हुन्छ।

        जहाँ सम्म प्रस्तावको कुरो छ, हुन सक्छ के पी ओलीको मुखबाट भएको हो , वा , आज प्रचण्डले पत्रकारलाई भनेको कुरा मान्ने हो भने एमाले ले ल्याएको informal प्रस्तावलाई संयन्त्रको बैठकमा मधेसी मोर्चाले formal प्रस्ताव ल्यायो। कसले ल्यायो कुरा गौण छ, किनभने त्यो संयन्त्र बनेकै त्यसरी छ – सबैलाई थाहा छ अख्तियार माओबादीको भागमा परेको हो , त्यो र लोकसेवा आयोग। त्यसैले प्रस्तावको जरा कता छ खोजिरहन नपर्ला। र अहिलेको बबालमा पनि माओबादी, र त्यसमा पनि, शिर्ष माओबादी नेताको कुरा सुन्यो भने थाहा भइहाल्छ, लोकमानको पछाडी backing कसको छ भन्ने।
        जहाँ सम्म काङ्ग्रेस संग को सम्बन्ध छ, वा गिरिजा संगको सम्बन्ध थियो भनिएको छ, त्यो त पक्कै थियो र त्यै सम्बन्धको आधारमा उनी मुख्य सचिव सम्म हुन पुगेका हुन्। त्यसमा शंका छैन। तर कुरो उनी मुख्य सचिव थिए कि थिएनन् भन्ने होइन, आजको स्थितीमा – त्यो त बिगतको कुरो भो। आजको मुख्य एजेन्डा उनी अख्तियार प्रमुख बन्ने कि नबन्ने भन्ने हो – र अहिलेको परिस्थितीमा उनी बने भने पनि माओबादीको बुई चढेर बन्ने छन् र यदी उनलाई नबनाउने हो भने पनि माओबादी सुप्रिमो प्रचण्डले नबनाउने भन्नुपर्छ। जब सबै साँचो/चावी प्रचण्डको हातमा छ भने एमालेका ओली र बितेर गइसकेका गिरिजालाई मात्र दोष दिनु कत्तिको ठिक हुन्छ ?
        गिरिजा, ओली, काङ्ग्रेस , एमाले सबैका आफ्ना कमजोरी थिए र छन्, सबैले बेलामा गल्ति गरेका पनि छन् र अझै पनि गर्दैछन्, तर यो लोकमानलाई आयुक्त बनाउने मामलामा भने एमाले काङ्ग्रेसको होइन, माओबादी र भारतको दह्रो चाहना छ – एमाले र काङ्ग्रेसका ठुला भनिएका नेताहरुले माओबादी र भारतको संयुक्त मोर्चाको खुलेर बिरोध गर्ने आँट गर्न नसकेका मात्र हुन्।
        माओबादीकै शब्द सापटी लिएर भन्नुपर्दा – बिस्तारबादी भारत, सामन्ती राजाबादी लोकमान र क्रान्तिकारी मुक्तिदाता माओबादीको बिचमा यो कसिलो गठबन्धन कसरी बन्न गयो भन्ने चाहिं मेरो सानो दिमागले बुझ्न सकेको छैन।

        Reply
        1. Suman bhote says:
          May 8, 2013 at 2:53 am

          रघु जी…. सुप्रिमो प्रचण्ड ले येस्पटक पनि आफ्नो ताकत देखाएकै हो?
          प्रचण्डले छानेको भएपनि, अब उसैलेनै यो समस्या को समाधान गर्ने जस्तो देखियो….. सबै समस्याको समाधान प्रचण्ड नै हो? देख्नेले त तेही भन्छन भोलि…. प्रचण्डलाइ त के गारो भयो, लोकमान जस्ता टट्टू उसग धेरै छन्, फेर्दीनछ…..

          Reply
          1. raghubir says:
            May 8, 2013 at 7:13 am

            सुमन जी,

            तागत मात्रै देखाएको भए त राम्रै हुने थियो – तागत कहाँ बाट आयो भन्ने कुरा पनि बुझ्न जरुरी छ। यो episode मा भारत कतै न कतैबाट संलग्न छ – दुःख, सरम र पिडाको कुरा के हो भने – आज भारतको इच्छा पुरा गरिदिन अग्र पंक्तिमा उभिएका छन् – स्वनामधन्य क्रान्तिकारी नेता प्रचण्ड। अरु चण्ड मुण्ड ओली र शेरबाहादुरको के कुरा गर्नु। अनि असल छविका भनिएका चुनावी मन्त्रिपरिषद्का अध्यक्ष देखि स्वतन्त्र भनिएको न्यायालय सम्म यहि इच्छा पुरा गर्न लागिपरेका छन् – एउटा स्वतन्त्र देशको स्वतन्त्र नागरिक हुँ भन्ने भ्रम पालेका म जस्ता लाखौंको भ्रम आज बाँकी रहेन – कति नमिठो अनुभुति हो यो – आफैं बिचार गर्नुस।

            रिस चाहीं सबैभन्दा बढी उहि हाम्रा प्रचण्ड दाई संग उठेको छ – १५ हजार नेपालीका छोराछोरीको रगतको खोलो बगाको यहि दिन देख्न रैछ होइन त। थुक्क। क्रान्ति, नयाँ नेपाल, जनबाद, माओबाद – कुन बादले स्वतन्त्रता र dignity बिक्री गर्न सिकाउँछ हँ ?

            लेख्न र कमेन्ट गर्न पनि अब मन छैन। यो देशमा जन्मनु नै हाम्रो दुर्भाग्य रैछ। अरुलाई के गाली गर्नु – अब आफ्नै भाग्यलाई धिक्कार्दै बस्ने हो।

            Reply
  9. raju says:
    May 7, 2013 at 8:25 am

    हिजो जन आन्दोलन दबाउने नाइके कटवाल लै हीरो बनाएको नेपाली हरु ले अजै भुली सकेको छैनन्,,,प्रचण्ड ले कटवाल लै हतौना खोज्दा एमाले र कोन्ग्रेस्सी हरुले भुकेको पनि ताजै छ नेपाली जनता को दिमाग मा,,,अब दुर्ज कुराम राई ससस्त्र प्रहरी को आइ जी पी बन्ने मा छ तर कुनै नेपाली कुकुर लै यो कुरा था छैन अनि बन्दुक नबोक्ने र आफ्नो हाकिम ले लाए अराए को कम गर्ने लोकमान शिंग कार्की मात्रै प्रतिगमन को नाइके भाको छ,,,,अनि कान्तिपुर पत्रिका ले जसलाई छायो तेस्लाई हेरो बनाउने अनि प्रतिगमन को नाइके बनाउने छुट पाको छ हैन,,,,भनेपछि हिजो को सहि साशन कल को नाइके चै लोक मन शिंह कार्की हो हैन त?

    Reply
  10. Krishna Lamsal says:
    May 7, 2013 at 5:46 am

    हामि ले बुझ्नु पर्ने कुरो के हो भने कथित आन्दोलन हरु कहिले पनि जनता को हित गर्ने हेतु ले भएका थिएनन, खालि लाटा सोझा जनता लाइ उल्लु बनायो र सत्ता को भर्यांग चड्यो. ०७, ४७, ६३ सबै को उद्येश्य एउतै थियो, सत्ता को स्वाद. अब त झन् रास्ट्रपति को पद पनि सृजना भएको छ. जो प्रधान मन्त्रि भैसके, उनीहरुको गिद्दे दृस्टी रास्ट्रपति पद मा. होइन अब जब राजा/राजतन्त्र लाइ लगाएको सबै आरोप प्रत्यारोप हरु प्रचंडे जत्तिकै हावादारी थिए भन्ने कुरो घाम जत्तिकै टड्कारो हुँदा हुँदै पनि, राजतन्त्र पुनर्स्थापना मा जोड किन नदिने. क्यानाडा, अस्ट्रेलिया तिर अर्कै देश को रानी लाइ आफ्नो भनेर देश मा रात्रपति को पद नै नराख्ने, हामि चाहि हुँदा खाँदा को राजा हटाएर फेरि यी फटाहा नेता हरु को लागि कुकुर ले हड्डी लुछाचुडी गरे झैँ गर्न लाइ……..भुत्रा को रात्रपति को पद. यदि हिम्मत छ भने साथि हो, यस्ता लोके, बोके र ट्वाके को बिबाद मा न अल्झी कन राजसंस्था पुनर्स्थापन तिर लागौ, यसैमा सबै नेपालि को कल्याण छ.
    राज्संथा पुनर्स्थापना कि………….जय.

    Reply
  11. Suman bhote says:
    May 7, 2013 at 2:35 am

    यो मान्छे न मावो बादी हो….. न कांग्रेस…. न राजा बादी………
    यो मान्छे त अबसर बादी रहेछ……..

    Reply
    1. Gyan says:
      May 7, 2013 at 5:37 pm

      भोटेजी, अवसरवादी रे? हामी कंहा पसिना चुहाएर दिनको छाक टार्ने बाहेक राजनीति र निजामतिमा चर्ने खेल्नेहरु को छैनन् अवसरवादी? ल एउटा कोही फुट्या कौडी बराबर भए नाम लिनुस त?

      Reply
  12. Gaurav says:
    May 7, 2013 at 1:46 am

    भूपालमान सिंहले नेपाली जनताको लागि के त्यस्तो गरेको थियो र उनको नाउँमा उनका छोराले सचिव हुँदा हुलाक टिकट खुलाएको हो? लौ भनौ उनले गर्न चाहे रे, अरुले चुपचाप गर्न दिने? यो क्रान्तिकारी भने बैद्यको माओवादी पनि अरु केही होइन खालि बी टीम रहेछ माओवादीको|
    प्रचण्डको यो क्रियाकलाप जनतालाई अपाच्य हुने भयो|

    Reply
  13. शशांक लामा, न्युयोर्क says:
    May 6, 2013 at 11:28 pm

    लोकमानको कुरो उक्के पछि ०४६ सालमा प्रज्ञा प्रतिष्ठान भवन घेरेर ” लोकेलाइ लैजा, ए हैजा….” भनेर नारा दिएको पो याद आयो| तर ति लोकमान नभएर लोकेन्द्र थिए|

    Reply
  14. शशांक लामा, न्युयोर्क says:
    May 6, 2013 at 11:23 pm

    नौलो नेपालको कसीमा लोकमानलाइ घोटेर हेर्ने हो भने उनी १५ क्यारेटमा पनि पर्दैन| १८ क्यारेटका सुशीलदा र झलनीद खनालोभले उनलाई १८ क्यारेटमा उकाल्ने निर्णय गरेपछि गगन थापा र योगेश भट्टराइ जस्ता चांदीहरु जतिनै टल्के पनि के गर्नु ? ताप्के तात्नु पर्नेमा बिंड मात्र तातेर के पो गर्नु?

    Reply
  15. abbu says:
    May 6, 2013 at 8:52 pm

    आलोचना सबै को भएका छन् / मान्छे कहाँ पूर्ण हुन्छ / उसका त गुण र अबगुण को चर्चा हुनु पर्छ / क्ष्यमता र योग्यता को कदर हुनु पर्छ/ भूपालमान कहाँ अपबाद हुन सक्छन र / आलोचना ब्रम्हा, बिष्णु , महेश्वोर को पनि भएको छ / आलोचना मर्यादा पुरुसोत्तम रामचन्द्र को पनि भएको छ / आलोचना भगवान कृष्ण को पनि भएको छ / भगवान बुद्ध . रजनिस , साइ बाबा , गान्धी सबै को आलोचना भएको छ / जंगल मा बसेर तपस्या गर्ने को पनि आलोचना गर्ने हाम्रो समाज मा भूपालमान कहाँ छुट्न सक्थे र / प्रचण्ड ले गरेका अपराध को चर्चा गर्दा कुनै पुस्तक बन्न सक्छ / बाबुराम ले गरेका कुकर्म को ब्याख्या गर्दा कुनै उपन्यास बन्न सक्छ / अरु राजनीतिक पार्टी हरु मा पनि त्यस्तै हो /तर लोकमान ले गरेका अख्तियार को दुरुपयोग ले केहि पन्ना मात्र भरिन्छ / यसरि हेर्दा अरु भन्दा लोकमान अपेछ्याक्रित स्वोछ देखिन्छन /

    कुनै पनि व्यक्ति यहाँ निस्पक्ष्य छैन / त्यसो हुदा लोकमान संग त्यो अपेक्षा गर्नु बेकार हुनेछ / जुन मुलुक मा अदालत द्वारा अपराधी घोसित व्यक्ति संसद / मन्त्रि / प्रधानमन्त्री बन्न सक्छ , त्यो मुलुक मा सर्बगुन सम्पन्न व्यक्ति खोज्नु बालुवा पेलेर तेल निकाल्न खोज्नु जस्तै हो / त्यस्तो मुलुक र त्यस्ता नेता हरु ले पाउने व्यक्ति यस्तै हुन् / जुन मुलुक का राजनीतिकर्मी /राजनीतिज्ञ अपराधी छन् / जुन मुलुक का अपराधी हरु राजनीतिक दल हरु का प्रभावसाली पद मा रहन्छन , त्यो मुलुक ले लोकमान भन्दा योग्य व्यक्ति कसरि पाउन सक्छ /अब राजा लाइ पनि फिर्ता ल्याउनु पर्छ / लोकमान को सफल कार्यकाल को सुभकामना

    Reply
  16. Milan says:
    May 6, 2013 at 8:10 pm

    यसमा उदेक मान्नु पर्ने केही कारण छैन| विगतलाई हेर्नुस, छर्लंग हुन्छ| हामी सुध्रिने होइनौ, परम्पराका कट्टर छौ|
    गहिरेर हेर्यौ भने नातावाद, जातिवाद र पैसावादले प्रमुख भूमिका खेलेको हुन्छ चाहे माओवादी होस् वा खाओवादी| नेपाली जनता भाँडमा जाए भन्दा हुन्|
    १. २००७ सालको क्रान्ति पछि को प्रधान मन्त्रि भए? त्यही निरङ्कुश र जहानिया शासनका भाग्दार मोहन शमशेर?
    २. नरशम्सेरले आफुले पाएको अधिकार भन्दा सीमा नाघेर प्रजातन्त्रका योद्द्धाहरुलाई जनता समक्ष कुटीपीटी फाँसी दिए| पछि कथित ०७ सालको प्रजातन्त्र पछि हातमा शहीदको रगत बोकेका उनी अझ मौलाए, अरु जनता मुक दर्शक भएर हेर्या हेर्यै भए|
    3. बीपीलाई जेल हाल्ने ताका प्रधान मन्त्रि भएका सुर्य बहादुर थापा कति चोटी प्रधान मन्त्रि भए? सुर्य बहादुर प्रधान मन्त्रि भएका बेलामा बीपी नेपाल पसे पछि बीपीको कस्तो र कसले दिनहु भर्त्सना गरे त्यो स्मरण गर्न उबेलाको गोरखापत्रमा हेर्नुहोला|
    4. राष्ट्रको धन नेपालको बन भन्थ्यौ| जनमत संग्रह बेला सुर्य बहादुरले कसरी मान्छेको कुरै छाडौ चरा चुरुंगी र जानवारको समेत मनै रुने गरी नेपालको बन संधैलाई संहार गरे त्यो इतिहासले लेख्नेछ| उनी फेरी फर्की फर्की प्रधान मन्त्रि बने| जनमत संग्रहको बेला बीरेन्द्रले सुर्यबहादुरलाई अघि सारेर झेला गरेर नजितेको भए अहिले सम्म पनि राजतन्त्रको कुनु रुप दिगो रहने थियो होला|
    5. सेना लगाएर प्रजातन्त्रको अधिकार माग्नेलाई लोकेन्द्र बहादुर चन्दको पालामा गोली हानेर मारे| फेरी उनी नै पछि प्रजातन्त्रका हीरो भएर फेरी पनि प्रधान मन्त्रि बने|

    ओउल्याउन खोज्या के भने कुहिया सड्या र जनताले धिक्कारेका, पशु प्राणीले समेत लल्कारेका व्यक्तिलाई रीसाइकल गर्दै ल्याउने चलन परम्परा नै उखेलेर फाल्नुपर्छ| नत्र नराम्रो काम गरे पछि को बाटो रहन्न भन्ने प्रेरणा कसरि पाउने?
    नत्र भने तपाईलाई यो प्रश्न? त्यसको मतलब के हाम्रो नेपालमा लोकमान भन्दा योग्य त्यो पदको लागि अरु कोही नभएको हो? सो पदलाई सुहाउने उनका विलक्षण कार्यक्षमता र खुबी केही देखिएन| हामी नेपालीको लम्पसार पर्ने बानी कहिले छुट्ने हो? भाले गाडीले किचिदा पनि चक्का जाम गर्ने नेपाली अहिले किन यति ठुलो बबण्डरको बिरोध गर्दैनन्?
    प्रचन्डले किन लोकमानलाई प्रस्ताव गरे र ओली, सुशील, देउबा, माकुने अनि अरुले किन
    सहमतिमा टाउको हल्लाए? के हामी परम्परावादी, जातिवादी, नातावादी र पैसावादी स्वार्थी छौ?

    Reply
    1. Sam Sharma says:
      May 6, 2013 at 9:15 pm

      दिमाग भ्रष्ट र नैतिकहीन बिचार-कर्म भएपछी कसैको केही लाग्दैन / नेपालीले सूर्यबहादुर देखि अहीले सम्म कुनै राम्रो र योग्य राष्ट्र नेता पाएनन / सूर्यबहादुर त डाका र भ्रष्ट ब्यक्ती हो / उसलाई पनि अकुत सम्पती को मुद्दा हाल्नुपर्छ / तर लोकमान जस्ता भ्रस्टनै अख्तियारमा आएपछी कसरी न्याय हुन्छ / अब राष्ट्रपतीले बचाए मात्र हो / उनले पनि लोकमान र प्रचण्डको साथ दिएभने उनको पनि नैतिकतामा दाग लाग्नेछ / खै क्रान्तिकारी बैद्द्य-माओबादी कहा हरायो ? की उसले पनि “मौनम सम्मती लक्षणम” गरेको हो प्रचण्डको सिफारिसमा ?

      Reply
      1. jeevan verma says:
        May 7, 2013 at 7:29 am

        उनले पनि लोकमान र प्रचण्डको साथ दिएभने उनको पनि नैतिकतामा दाग लाग्नेछ

        लग्छ तपाई लै राष्ट्र पति को कालो पर्तूत को बारेमा थाहा छिन उनि कांग्रेसी भ्रस्ट नै हुन् | के कोहि गिरिजा को प्रिय भएर पनि भ्रस्ट नहुन सक्छ र ?

        Reply
  17. Chetan Nepali says:
    May 6, 2013 at 7:31 pm

    हैन कुरा नाबुज्य: यो प्रचनडेले त सुशिले, झाले, शेरे, माकुने, गच्छेदार सबलाई पंगु बनाएरै छाडे बा !! तर यो बाठो प्रचंडे कुन दिन आफ्नै चलाखीले गर्दा खाल्डोमा चै अबस्य पर्छ ! दिन छोटो हुँदै छ जस्तो लग्यो…….

    Reply
  18. Aadarsh says:
    May 6, 2013 at 7:08 pm

    लाज सरम नभयका; सर्वहारा, मजदुर र गरिब जनताको नाम भजायर देश लुटन पल्केका नेताहरुलाई मेरो सलाम छ

    Reply
  19. भक्तपुरे says:
    May 6, 2013 at 6:22 pm

    अब दुहबीमा भुपालमान सिंहको सालिक पुनर्स्थापना गरेर प्रचण्डले अनावरण गर्नुपर्छ अनि प्रचण्डले वैतरणी तर्छन ।

    Reply
  20. Ram Hari Adhikari says:
    May 6, 2013 at 5:58 pm

    लोकमानलाइ एनेकपा माओबादी ले अख्तियार प्रमुखमा सिफारिस गर्नुको कारण
    धेरैलाई लोक मान सिंह कार्की एनेकपा माओबादीका खम्बा हुनुहुन्छ भन्ने थाहा छैन र तेसै कारणले उहालाई राजाबादी भनेर आरोप लगाईं रहेका छन. सुन्नुहोस बास्तबिक कुरा के हो भनेर.
    लोकमान बिद्यार्थी काल देखि नै जुझारू क्रांतिकारी हुनुहुन्थ्यो. आफ्ना महा सामन्त पिता भूपाल मान सिंहको हजारौं बीघा जग्गा उहाले गरीब सुकुम्बासीहरुलाई दिनु भएको र मोहिहरुलाई पास गरेर दिनु भएको थियो. उहा २०४५ मा कमुनिस्ट पार्टीका तत्कालीन महासचिब कामरेड किरणको आदेशमा राजाको आतंरिक जासूसी गर्न देखावाटी राजाबादी बनेर राज प्रासाद सेवामा छिरेर राजा बिरेंद्रलाई झुक्याउनु भएको थियो. उहा जनायुद्दमा जाने घोषणा गर्दा नेकपा मोबादिको केंद्रीय सलाहकार हुनुहुन्थ्यो. पछि उहा पार्टीको आर्थिक बिभागको प्रमुख हुनु भयो. उहाले राजाको गोप्य ढुकुटी फोरेर जनायुद्दका घाइतेहरुको उपचारको ब्यबस्था मिलाउनु हुन्थ्यो. २०५८ सालमा दांगको सैनिक ब्यारेकको नक्सा उहाले नै उपलब्ध गराए पछि जनसेनाले दांग हमला गर्न सकेको थियो. उहा राजाको मान्छे बनेर बिदेश जाने तर माओबादी पार्टीको काम गर्ने गर्नु हुन्थ्यो. पछि ज्ञानेंद्रले संपूर्ण सैनिक शक्ति लगाएर गनतान्त्रबादिलाई भुटने आदेश दिंदा उहाले नै बन्दुक समातेर ग्यानेंद्रलाई,” टैले तेसो गरीस भने म तलाई अहिल्यै सिध्याई दिन्छु” भनेर त्यों आदेश रोक्न लगाईं कांग्रेस र एमालेका नेताको ज्यान जोगाउनु भएको थियो.
    तेस्कारण देशमा लोकतंत्र ल्याउन उहाको ठुलो योगदान छ. उहा खासमा ” रास्ट्रपिता” कहलिनु पर्ने मान्छे हो. तेस कारण उहालाई सम्मान पुर्बक सबैले स्वीकार गरौं.

    Reply
  21. Sisir says:
    May 6, 2013 at 2:30 pm

    यो हो असली सुशाशनको नमुना .. जय होश कमरेडहरुको .. एउटा भ्रस्ताचारिले न हो अर्को महा भ्रस्टचारीलाई जोगाउने .. अदालत प्रति जागेको अलि अलि सम्मान र विश्वास पनि खिले र लोकेको मुद्दा प्रकरण र अदालती फैसलाले पुरै तुहाई दियो ..

    Reply
  22. Jeevan Thapa says:
    May 6, 2013 at 2:25 pm

    उफ नेपालको मिडिया … कहिले कटवाललाई हिरो बनाएको छ त कहिले कार्कीलाई …? कहिले कहीं त राजनीति देखि टाढा बिजनेस न्युज हेर्न पहियोस न !!!!

    Reply
  23. पुष्प says:
    May 6, 2013 at 1:06 pm

    माओवादीलाई ‘लोकतान्त्रिकरण’ गर्नुपर्छ भनेर कुर्लिनेहरूको ‘लोकतन्त्र’ कस्तो हुन्छ भनेर देखाइदिए प्रचण्डले ।

    Reply
    1. तेन्जिंग गाबा says:
      May 6, 2013 at 2:22 pm

      ए,,,,,,, बल्ल कुरो बुझियो
      सार्बजनिक स्थानमा नै “लोकतन्त्र” यसरी देखाउनु त् नहुने हो /
      ,,,,,,,,,
      ,,,,,,,,,,,,,,,
      ,,,,,,,,,,,,,,,,,,,,,,,
      ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
      ( एउटा नबुझेको कुरो: होइन नेपाली भाषामा “अन्डकोष” लाई कहिले देखि “लोकतन्त्र” भन्न थालेछन ह ?)

      Reply
      1. पुष्प says:
        May 6, 2013 at 3:19 pm

        हेर्न मरिहत्ते गरेपछि के गर्नु । अनि एकजनाले भने भा पो … दुई चारजना भएपछि सार्वजनिक वा निजी भन्ने कुरै आएन ।

        Reply
      2. Harke says:
        May 7, 2013 at 1:04 pm

        धनयुद्दलाइ जनयुद्द देख्नेहरुले अन्डकोषलाइ नै राज्यकोष देखे भनेर के अचम्म मान्नु र ?

        Reply
        1. पुष्प says:
          May 7, 2013 at 4:44 pm

          अर्थ न बर्थ गोविन्द गाई । तपाईंहरूचाहिँ राज्यकोषलाई अण्ढडकोष देख्ने ! छैन कि कसो ?

          Reply
  24. Nischal says:
    May 6, 2013 at 12:16 pm

    जसले जे गरेपनी चल छ नेपाल मा भनेको यहि हो साथी हो…

    Reply
  25. saru says:
    May 6, 2013 at 11:34 am

    अब चिन्ता त जन आन्दोलन नै गलत थियो र यस्मा लाग्ने हरु सबै मुर्ख थियो भनेर पो प्रमाणित हुने भयो भनेर लागि रहेको छ. यी भर्स्ताचारी हरुले जनता को रगत मा होलि खेलेका हरुले surf powder ले लुगा पखालेर चम चम टल्किने सेतो पो बनाइ दिएको छ. अब मलाई त लोक मान लै नै गुरु थापेर यो नया नेपाल मा कसरि बाँच्ने भनेर सिक्न मन लागि रहेको छ. जय पुरानो नेपाल

    Reply
  26. निरायण says:
    May 6, 2013 at 11:09 am

    यो देशका नेताले यस्तै काम बाहेक अरु के नै गर्न सक्छन र राम्रा राम्रा काम गर्ने भएत देश कहा पुगिसक्थ्यो नि!

    अव लोकमान हुदै बिस्तारै ग्यानेको पालो पनि आउछ ।
    ढुक्कसग बस पारस पालो पक्कै पनि आउछ ।
    ढुक्कसग बस प्रकास पालो पक्कै पनि आउछ ।

    ढुक्कसग बस नेपाली जनता अझै के के देख्नु छ
    ढुक्कसग बस नेपाली जनता अझै के के…………………………………………………….!
    ढुक्कसग बस नेपाली जनता अझै के के…………………………………………………….!
    ढुक्कसग बस नेपाली जनता अझै के के…………………………………………………….!

    Reply
  27. तेन्जिंग गाबा says:
    May 6, 2013 at 10:19 am

    जेठीसासु कामरेड (कयोदेबी यमी ) “लोकसेवा आयोगको अदक्ष्य” हुने भएसी अब राज्यकोष लुछ्ने भिड भर्ती हुने नै भयो / अनि त्यो भिडले उठेर-बसेर-सुतेर-दाया हातले बाया हातले-अगाडिबाट-पछाडिबाट जताततै बाट जे पनि हसुर्ने नै भए /
    अनि त्येस्तो कुकर्मको छानबिन गर्न “कामरेड लोकमान कार्की” ले बाहेक अरुले सक्छ त् ?

    कुरो सुरो बुझ्नु छैन प्याच्च बोल्छन झारपातहरु /

    Reply
    1. pradip says:
      May 6, 2013 at 11:44 am

      सिफारिस गर्ने केपी ओली हुन्, मान्छे हरु प्रचण्ड लाइ गालि गर्दछन
      अब लोकतन्त्र लाइ लोक मान बाहेक कसले बलियो पार्न सक्छ?
      लोकतन्त्र र लोकमान कति सुहाउछ. लोकतन्त्र को बेला मा पनि राज कुमार, ज्ञानेन्द्र, महेन्द्र, शाह नाम वा थर भएको लाइ पनि राखिन्छ त?
      पंचायत भएको भए पन्च मान लाइ प्रजातन्त्र भएको भए, ………………प्रजा लाइ राखिन्थ्यो, लोक तन्त्र मा लोकमान लाइ राखियो त के भयो?

      Reply
  28. Krishna Lamsal says:
    May 6, 2013 at 9:40 am

    जन आन्दोलन लोकमान ले दबाएको होइनन ज्ञानेन्द्र ले दबाएको हुन्. ज्ञानेन्द्र ले जे जति सजाय पाउनु पर्ने हो पाई सकेका छन्. अन्य ले सजाय पाई रहनु पर्ने जरुरि छैन, लोकमान निर्दोष छन्.

    Reply
    1. Vijay says:
      May 7, 2013 at 10:19 am

      निर्दोष रे??? निर्दोष त ति थिए जो लोकतन्त्र लोकतन्त्र भन्दै छातीमा तातो गोलि खाएर मृत्युबरण गर्न पुगे, निर्दोष ति हुन् जो आन्दोलनको दमनले अपाङ्ग जीवन जिउन बाध्य छन्, निर्दोष ति जनता हुन् जो देशको उज्यालो मुहार हेर्न पाइएला कि भनेर ज्यान को पर्बाह नगरी आन्दोलनमा होमिए ! अनि, तपाई भन्नुहुन्छ ति सबै दोषी, एउटा निरङ्कुश को आदेश पालन गर्दै जनताको छातीमा गोलि ठोक्न आदेश दिने चाई निर्दोष?? तपाइको सोचाइ देखेर दया लाग्यो !!

      Reply
  29. Toyannath Dahal says:
    May 6, 2013 at 9:16 am

    राजनिती भनेको नै दाउपेजको खेल हो । कोईराला परिवारमा निकट र प्रचण्डसँग नजिक भएका लोकमानलाई एमाले नेताले पनि काध हाले नी यसलाई कसरी बुझने ? यी समग्र विरोधका बाबजुद लोकमान लोकमान भन्नुले लोकमान पनि केही हो है । हिजो विरोधी व्यवस्थाको हिमायती हुदा पूर्वाग्रही आरोप लगाएका थियौ भन्ने कुरा नेताहरुले ओकल्ने हो भने सवैले कुरा बुझ्ने थिए की ?

    Reply
  30. Uddav Bhandari China says:
    May 6, 2013 at 8:44 am

    साथीहरुले बझ्नु भएको होला राजनिति फोहोरी खेल भनेर ़ इतिहास भनेको जित्नेहरुको घोडाको लगाम हो ़ इतिहास जित्नीहरुको लागी लेखीन्छ हारनी हरुको लागी होइन त्यसकारन राजनिति गरने हरुले हारनको लागी राजनिति गर्दैनन जितनकइ लागी राजनिति गर्दछन ।

    रा – राक्षसको जस्तो ब्यबाहार गरेर
    ज – जनतालाइ
    नि – नियन्त्रणमा राखेर
    ति – तिर हानेर , सासन गर्ने पद्धति नै राजनतिको परीभषा हो ,

    Reply
  31. तेन्जिंग गाबा says:
    May 6, 2013 at 8:20 am

    बधाई छ “कामरेड लोकमानसिंह कार्की”
    लौ अब ढाडमा टेकेर टाउकोमा हान्नु पर्छ है कामरेड
    (ढाड र टाउको कसको भन्ने चाही भनि राख्ने नपर्ला)

    Reply
  32. madan bajracharya says:
    May 6, 2013 at 7:50 am

    बिगतको चुनावमा पनि हाम्रो सामुन्ने कुनै गतिला दहरु कुनै थियनन/कुनै कुनै उम्मेद्वारहरु दल खराव भय पनि राम्रै थिय/ उनीहरुको कदर गर्नु हाम्रो बाध्यता पनि हो जिम्मेवारी पनि हो/ अनि बाकि मत त् खराव मध्य कम खरावलाई नै दिनु हाम्रो बाध्यता थियो/ तेसैले सबै भन्दा लामो र पटक पटक सरकारमा पुग्ने तर सबै भन्दा नालायक ठहरीयका कांग्रेस यमाले भन्दा नारा राम्रो लगाउने मावोबादी दल त् उतम नै होला ठानेर समर्थन पनि गरियो भोट पनि दिईयो/ तर ई नारा राम्रो लगायर सके झुक्याउने नसके थर्काउने तेतिले पनि नभय सुर्क्याई हाल्ने आफुलाई मावोबादी भनेर “मावो” र मावोबादकै ईज्जत नालीमा मिलाउने जमात त् कम खराव मात्रै होईन अति खराव भयको देखियो/

    यसैले अब यसपालिको चुनावमा हामीले बिकल्प छैन भनेर खराव मध्य कम खराव दललाईनै फेरी पनि मत दिनु मुर्ख्याई हुनेछ/ तसर्थ अब हामी जनताले यस्तो नीति लिनु पर्छ कि धेरै खराव दललाई धेरै खराव; ज्यानमारा रास्ट्रमारा र महा भ्रस्टहरुले नै देउन हामि नदिने/ अनि मध्यम खरावलाई तेस्तै चरी पसुराम र दिपक मनाङ्गे जस्ताले नै देउन हामि नदिने/ अनि कम खराव दललाई तेही डल्ले पिल्ले र नेताको र्याल खकार पुछ्ने चम्चे हुक्केलेनै देउन हामि नदिने/ यसपालीको चुनावमा हामीले आफ्नो भोट निधारमा कुनै दाग नलागेको ईमान्दार ब्यक्तिलाईनै दिनु पर्छ चाहे त्यो जितुन बा नजितुन/ यसरि भोट दिन सकेमा कमसेकम लौ मैलेट रास्त्रमारा, महाभ्र लाई भोट दिन पुगेछु भनेर पर्स्चाताप त् गर्नु पर्दैन/

    Reply
  33. Ekraj says:
    May 6, 2013 at 6:57 am

    लौ मोज गर्ने भयो| यसको कार्यकाल को इतिहास कोत्त्यौन्दा तेही नेपालअरु फटाहा, चोर, भ्रस्टचारी, नियेम मिच्ने सबै गुण ले परिपूर्ण स्याल रहेछ तेसैले अक्तियार जस्तो निस्टवान बेक्ती चाहिने ठाउमा फिट भयो| धन्य हो नेपाल का पार्टी, मन्त्रि परिसद र अरु यस्तै चोर र लुटेरा का जमात|

    Reply
  34. jeevan says:
    May 6, 2013 at 6:55 am

    त्यो बेलाका पन्चेहरु अहिले क्रान्तिकारी हुँ भन्दै हिड्छन भने लोकमान पनि त चेन्ज भए होलान नि त हाहा हाहा !!!!!

    Reply
  35. kisaan Thapa says:
    May 6, 2013 at 6:53 am

    कुनै दिन यिनै झलनाथले ज्ञानेन्द्रलाई राष्टपतिका रुपमा प्रश्तावित गर्नेछन् । शुशिल र गच्छेदारहरुले समर्थन गर्नेछन् । पुष्पकमल र बिप्पाराम हरुले घटनास्थलबाटै मनमोहन सिंहलाई sms गर्नेछन् र भन्नेछन् ‘हो गया काम सर जी’ । योगेश भट्टराई, रविन्द्र अधिकारी, घनश्याम भुसाल, गगन थापा र विश्वप्रकास शर्माहरु फेसबुकमा स्टाटस लेखेर Like र commebt गनेर वस्नेछन्.
    अनि मनमोहन ले प्रचण्ड र बिप्पाराम भट्टराई लाइ भन्नेछन ” ओये प्राजी , गोरा साहब से पुछ लिया ? अगर ओ खुश है तो मेरे को कोहि दिक्कत नही ” उत्तर मा प्रचण्ड र बिप्पाराम ले” सब हो गया सर जी” भनेपछि मनमोहन ले ज्ञानेन्द्र लाइ फोन गरेर भन्नेछन ” ओये लक्की लक्की ओये “

    Reply
  36. दीप says:
    May 6, 2013 at 6:43 am

    जनता ले तेही पुराना नेता हरु र पार्टी लाइ मात्र भोट दिन्चन/ एउटा नया भर्खर को व्यक्ति जो अर्थसास्त्र वा कुनै बिसयमा मास्टर गरेको युबक जो चाही ३०-३५ वर्ष को होस् जस्तो ओबामा जस्तै उमेरको अनि एस्तो व्यक्ति लाइ प्रधान मन्त्रि बनाउने अनि Nepal भरि को खोला नाला बात बिजुली निकाली बिजुली ट्रेन, बस ,हरु छिटो छिटो बनाउने भने ३४० अरब रुपया पेट्रोल किन्न बिदेसिने थिएँन / गाव मा जानुस उही, कांग्रेस, एमाले, माओ, मधेसी, जनजाति का , देउबा, कोइराला, नेपाल, प्रचण्ड मात्र लाइ मात्र पुजा गर्छन जनता के गर्ने ?

    Reply
  37. Satya says:
    May 6, 2013 at 6:02 am

    संबिधान सभा भंग भएको खबरले मलाई धेरै दिनसम्म स्तब्ध पारेको थियो / यी चार दलका शिर्ष नेताहरुले संबिधान सभालाइ भंग गरे भने अझै तिनिहलाई नै नेता मानी उनीहरुले जे जे निर्णय गरे त्यहि नेपाली जनताले मानी रहनु पर्ने किन? बिद्यार्थी संगठन र पार्टीका युवा नेता-कार्यकर्ताहरुले सर्व प्रथम यी चार दलका शिर्ष नेताहरुलाइ घोक्राएर निकाल्नु पर्छ या त यिनीहरुले गरेको निर्णय मान्दैनौं भनेर आन्दोलन गर्नु पर्छ / नपुंगसक बिद्यार्थी संगठन र पार्टीका युवा नेता-कार्यकर्ताहरुले के नै गर्ने आँट गर्न सक्छ र बृद्ध भत्ता खाए जस्तै केहि काम नगरी पार्टीबाट भत्ता खाएर बस्न पाए पछि /
    हामी नेपाली जनताले यती मात्र बुझे हुन्छ कि एमाओवादिले एक तीरले दुइ तिन वटा शिकार गरेका छन / मतलब यो काण्डले कांग्रेस र एमाले तहस नहस त भै हाल्छ र भै राखेको पनि छ / सबै भन्दा धनी पार्टी एमाओवादी भै सकेका छन् / सोझा-सिधा र लोभी-पापी जनतालाइ चुनाबमा एमाओवादिले डर धाक धम्कि र पैसाले किनेर भए पनि जिती हाल्छ / नेपालको राजनैतिक दल भनेको जनताको लागि किमार्थ होइन होइन / यो त आठ दश जना मिलेर गर्ने थोरै लगानीमा सबै भन्दा धेरै फाइदा हुने उत्तम व्यापार हो /

    Reply
  38. punya hawaii says:
    May 6, 2013 at 5:52 am

    बास्तबमा १७सालमा महेन्द्रले नेपालमा दलिय ब्यबस्था अफाप सिद्ध भयो भनेको भनाइमा कति दूर दर्शिता रहेछ भन्ने अहिले दलका नेता भनाउदाहरुले लोक मानको पाउ पुजेर सिद्ध गरे।अब भ्रष्ट हरुको कालो धन शुरक्षित हुने भयो । जय दलिय ब्यबस्था जयजयजय……………………

    Reply
  39. yukta says:
    May 6, 2013 at 5:41 am

    बा! बा! हात्ती छाप चप्पल बलियो कि हात्ती ? उस्तै उस्तै हो बा ! अनि बाबा चार दल का नेता हरु बलियो कि लोकमान सिंह कार्की बलियो ? बाबु लोकमान सिंह कार्की नै बलियो नि किन भने हात्ती ले चप्पल किच्दा चप्पल लाई केहि हुदैन तर लोकमान सिंह को आर्थिक सक्ति ले यी नेता हरु लाई किचेर थचक्क र निरह पारि दियो त्यसैले बाबु आज को दिन मा लोकमान नै बलियो !

    Reply
  40. samrat~ says:
    May 6, 2013 at 5:02 am

    सर्ब प्रथम, प्रचण्ड तलाई थुक्क !!! अब त दुध को दुध पानि को पानि भैसक्यो कति को भ्र्स्ताचारी रहेछ यी नेता हरु भनेर. आफु सत्ता बाट बहिरे पछि भ्रस्टाचार को अवियोग मा पर्ने पक्का पक्कि भए पछि कत्रो घिनलाग्दो चाल. अनि दुइ मुखे सर्पो प्रचंडे को चुरी फुरी अति नै बढेको छ झन् दक्चिन पन्थी र उत्तर पन्थी को नेता हरु को चरण छोएर आए पछि त कल्ले छुने. अनि कांग्रेस र एमाले को लुते कुकुर नेता हरु ले पनि सघाउने पर्यो नत्र कार्की अख्तियार को हाकिम भए पछि जस जस ले सघायेन तेस तेस को खेत खन्ने नै भयो.

    अरु ठाउ को जनता मा त चेतना भै सक्यो प्रचंडे दुइ मुखे सर्पो हो भनेर. चलाकी गरेर मधेश बाट उठ्न लागेको छ. अब हेरम त्याहा को जनता मा कति चेतना जागी सक्यो भनेर. जब सम्म चुनाब मा येस्ता दुइ मुखे सर्पो हरु को टाउको कुचालिदैन तब सम्म हाम्रो देश मा येस्ता भ्रस्टचारी दानब हरु ले जनता हरु लाइ सधै आफ्नो खुट्टा मुनि राखी रहने छ. जनता हरु चाहे मधेश को होस् वा पहाड को आगामी चुनाब मा तिमि हामि को नै हात हुनेछ आउने नेपालि पुस्ता अहिले को कुहिएर सड़ी सकेको सबै नेता हरु लाइ बधालेर पाखा लगाए मात्र देश मा शान्ति अनि बिकास हुने छ भनेर. सबै भन्दा बढी खबरदार प्रचंडे संग. यो दुइ मुखे सर्पो लाइ कुचाल्नै पर्छ. मधेश को जनता हरु एस्लाई कद्दपी जित्न न देउ !

    Reply
  41. Biswash says:
    May 6, 2013 at 3:29 am

    पापको घैटो भर्दै छ बिस्तारै ….कुनै न कुनै दिन त फ़ुट्छ नै |
    “प्रतीक्षा गर …..
    समयले मानिसलाई काहाँ काहाँ पुर्याउछन …”
    भन्दै गाइएको गीत को सम्झना आयो |

    Reply
    1. xyz says:
      May 7, 2013 at 7:24 am

      यो गीत गाउने को पृष्ठभूमि पनि कम छैन हो मित्र

      Reply
  42. द्रोण says:
    May 6, 2013 at 2:53 am

    लोकमान ज्यु चाकरी च्याम्पियन हुनुहुदोरहेछ, तेसैले धेरै हसुर्न सफल हुनुभएको छ |
    जसलाई पनि रिझाउने एउटा कला उहामा रहेछ भनौ अहिलेलाई |

    Reply
  43. Meghmani Ghimire says:
    May 6, 2013 at 2:30 am

    हाम्रा देशका नेता नै ठिक छैनन् कसलाई के भन्ने, लोकमान सिंह बाहेक नेपालमा अख्तियारको प्रमुख बन्ने मानिस नै नेताहरु ले भेटेनन , लोकमान सिंह अख्तियार प्रमुख
    हुदा नेताहरुलाई ढुक्क , कुरा सिधै छ अब नेताहरु बिरुद्द अख्तियारमा मुद्दा चल्दैन जे जे गरेपनि हुन्छ ……………………………

    Reply
  44. Ram Thapa Magar says:
    May 6, 2013 at 2:23 am

    त्यो दिन टाढा छैन जसरि लिबियाका तानाशाह कर्णल गद्धापिलाई जनताले लखेटी लखेटी मारे /नेपालमा पनि यी तानाशाहहरुले हामीले जे गरे पनि हुन्छ भन्ने मानसिकताबाट ग्रसित भै जनभावना बिपरित हिड्दै रहे भने गद्धापिको नियति भोग्न बाध्य हुने छन/

    Reply
  45. K Sharma says:
    May 6, 2013 at 1:42 am

    यो सरासर अलि अलि तुस मात्र रहेको प्रजातन्त्रको अबसन गरिएको हो । माओबदीको कुटिल चालमा फसेर काङ्रेस र एमालेले पनि माओबदीको अगाडी आत्मा समर्पन गर्नु नेपाल र नेपालीको लागि, जना आन्दोलन भाग २ को उपलबधी माथीको कुठाराघात हो ।

    एमाले काङ्रेस -एमाङ्रेस्स नेताहरुको निरिहा र कुन्ठित ब्यक्ती बादी प्रबिधिको, भ्राष्ट्रचारको ढाक छोप गर्ने बिकल्पको रुपम त्यो कर्की लाई ल्याइएको हो ।

    नेपालको नेताहरुको संस्था र पार्टी भन्दा ब्यक्ती ठुलो हो भन्ने भ्रम ले आज नेपाल अघोसित रुपम असफल राष्ट्र भाई सकेको छ, न्याय पलिक (रेग्मी एण्ड कम्पनी), चार दल को सिन्डिकेट, नेपाल प्रहरि, नेपाल आर्मी, र निर्दलिए सरकार बनाएर देश चलाउनु र यो अवस्था सम्म ल्याइ पुर्याउनु भनेक माओबदीको कुटिल चाल र सत्तकब्जाको अर्को रुप हो । अब नेपाली जनतले यि ६०१ जना लाई नै देश बाट निकाल गरेर कुनै पनि पद्मा ५ बर्स भन्दा बस्न नपाउने कानून बनाउनु पर्छ नत्र अब केहि दिनमा तिनै दिपक मनागे -गृह मन्त्रि, चरि – अर्थ , चक्रे, परसु राम बस्नेत्, कुमार लामा, गणेश लामा, घैटे हरु नेपालको मन्त्रि र प्रधान मन्त्रि भएको हेर्न धेरै दिन कुर्नु पर्दैन . यो अवस्थामा देशलाई ल्याई पुर्याउने काम एमाङ्रेस को हो ।

    अब जनत सदै यिनी रगत पिपासु हरु को पछि लागि रहने हो ने पशु पति नाथ ले नेपाली जनता को रक्षा अरु कसै ले पनि गर्न सक्दैन ।

    Reply
  46. Aaman says:
    May 6, 2013 at 12:43 am

    आज कान्तिपुर, नागरिक, सेतोपति, टुइटर,फेसबुक जताततै लोकमान छाकोछ/
    लोकमानलाइ लोकतन्त्र लाको छ /
    प्रजातन्त्र खेर गाको छ /
    जनतालाई भाउन्न भाको छ /

    Reply
  47. िदवा says:
    May 5, 2013 at 11:47 pm

    अख्तियार मा लोकमान
    जनता सबै शोक मान
    देश खस्यो भढ्खालोमा
    माने मान् नमाने नमान्

    Reply
  48. Nabin Adhikari says:
    May 5, 2013 at 11:03 pm

    छेपारो ले रंग फेरे जस्तो रंग फर्ने लोके लाई प्रचंडे ताला-चाबी बुजायेर आर्थिक क्रान्ति गर्न खोजेको होला? की कसो साथिहो ?

    Reply
  49. raj kunwar LONDON says:
    May 5, 2013 at 10:19 pm

    कुनै अचम्म मान्नु पर्नी छैन , लोकमान लै अक्तियार प्रमुख बनाउदा , यो कर्मिक योजना अनुसार नै बनायको हो , अब प्रचण्ड को १२ करोड को , लाजिम्पाटको महल , सुमार्गी संगको करोडोउ को लगानी , अनि नक्कली लडाकु को शिबिर को अरबौ को हिसाब किताब अब बैद हुनिभयो, बधाई छ , शर्बहारा को नेता प्रचण्ड तिमीलाई ………….

    Reply
  50. रामेश says:
    May 5, 2013 at 10:09 pm

    केहि लागेन भने चोर लाइ नै ढुकुटी को साँचो दिनु भन्थे तेही गर्या होला … हामि भन्दा कम जान्ने बुझ्ने होलान र प्रचण्ड ??
    फेरी हिजो सद्दे मान्छे अख्तियार प्रमुख हुदा चै भ्रस्टाचार रोकिय थियो र ??

    Reply
  51. naबिन says:
    May 5, 2013 at 10:08 pm

    अब बिस्तारै ज्ञानेन्द्रलाई पनि राजा हुन सिफारिस गर्ला जस्तो छन् यी मुर्ख नेता
    हरु ले !

    Reply
    1. jeevan verma says:
      May 6, 2013 at 5:31 am

      तपाईले कुरा नबुझे जस्तो छ – कार्की लाई कुनै बाद को समर्थक भनेर होइन भ्रस्ट भएकै कारणले नियुक्ति गरिएको हो | उसो त गिरिजा ले पनि कार्की लाई महत्व पूर्ण पद दिन चाहेकै थिए |

      प्रचण्ड को साथै झले, माकुने लगायतले समर्थन गर्नु को कारण चाही – कार्की ल्याएमा सबै भ्रस्ट हरु लाई जोगाउछ | पत्रकार (वा पत्रुकार जे भन्नुस ) सुर्य थापालाई पत्याउने हो भने अलि सफा भनिएको माकुने ले पनि प्रसस्तै माल जम्मा गरे जस्तो छ | झले त झले भै गो | अन्तरिक काल मा मन्त्रि हुँदै उ भ्रस्ट चार को लागि कहलिएको थियो |

      जहाँ सम्म कांग्रेसी कु कुरा छ, भ्रस्ट चार नगर्ने वास भ्रस्टाचार को समर्थन नगर्ने कांग्रेसी हुन् सक्दैन |

      Reply
  52. resham says:
    May 5, 2013 at 9:48 pm

    सारै लाज लाग्दो र निरासाजनक काम/ सबैको बिरोध हुदा हुदै पनि नब राजाहरुले गरेको सरम लाग्दो निर्णय /अझै हेदै जाऊ के के देख्न र सुन्न पाइन्छ /

    Reply
    1. Rimal Hari says:
      May 6, 2013 at 12:16 am

      कसले गर्यो र बिरोध, केहि मान्छे ले हुन्न भन्दै मा बिरोध हुन्छ र ? ल मैले बिरोध गर्दिन रे नि त ? यो कांग्रेस र एमाले को निर्हियेता हो भन्छु म | येदि बिरोध नै गर्ने हो भने अलि हुन पर्यो नि अडान लिएर | जनता लाइ यो कुरा गर्यो भने मक्ख पर्छन भनेर बिरोध गरेजस्तो गरेको हो माकुने र कांग्रेस ले | नत्र अझै बिरोध गरम न सबै मिलेर, अझै ल्याम न आंधी हुरी आन्दोलन को | एमाले ले त झन् नाटक नै गर्यो नि, पहिला support गर्यो पछि हुन्न रे………हाहा हाहाहा हाहाहा………! मलाई त एमाले को पो तमाशा देख्दा मज्जा लागेछ……….|| हेर्न लाएक को छ अहिले एमाले को इस्थिती |||

      Reply
      1. resham says:
        May 6, 2013 at 10:31 pm

        कोहि कोहि साथीहरु माओबादी अनि कांग्रेस नि एमाले अनि मदेशी दलको चाटुकार अनि अन्धभक्ति अनि समर्थनमा लोकमान को स्तुति गाएको देखिन्छ बा/ शिर्ष नेता भनाउदा नब राजाहरुले गरेको निर्णय को बिरोध त उनीहरुकै तल्लो तहकै कार्यकर्ताले पनि गरेर्कै छन् नि/ अब नेताहरुको कुबुद्धिले लोकमान को नियुक्ति सगै ठोक्मान साशन सुरु भो कि कसो?

        Reply
  53. Bishnu Adhikari says:
    May 5, 2013 at 9:40 pm

    “सर्पको खुट्टा सर्पले देख्छ” भने झैँ एउटा भ्रष्टाचारी लाई नदेख्न आर्को भ्रष्टाचारी लाई ल्याइएको हो सबै लाई चेतना भया………/
    बिष्णु अधिकारी

    Reply
    1. Bibek Dhakal says:
      May 6, 2013 at 1:23 pm

      खप्पर योग भनेको त बल्ल बुझियो- जनताको खप्पर फ़ुटाउन ठुलो भूमिका खेल्ने जस्ताको खप्पर चम्किने योग रहेछ….बधाई छ तिमीहरुलाई! अरु जे सुकै गर तर “एट लिस्ट” त्यो अफ्रिका को गृहयुद्दा ग्रस्त मूलूकको फोटोमा मानव खप्पर छरपस्ट देखिने जस्तो चाही नबनाउ है !

      Reply
  54. Sam Sharma says:
    May 5, 2013 at 9:12 pm

    जनता सम्बेदंशील, सचेत, र सच्चा छन् भने यस्तो नैतिक हरामको नाइके प्रचण्डलाइ आगामी चुनाबमा हराउनु पर्छ / त्यसो भए मात्र उसको “पोलिटिकल डाउनफल” हुन्छ / यस्ता चोर नेताहरुलाई देशको भाग्यको निर्णायक बनाउनु हुदैन /

    Reply
    1. Govinda Paudel says:
      May 5, 2013 at 10:19 pm

      माओबादी अनि बाराभ, पुकदा उर्फ प्रचण्ड “क्रान्तिकारी” रे, यी छदम क्रान्तिकारी को धोति फुस्केको नि देख्नु परो यिनै आँखाले . मान्छेलाई एक पटक, दुइ पटक झुक्क्याउन सकिन्छ सधै भरि होइन भन्या सुनेको थिए, हो रहेछ . ल हेर्नुस त यी क्रान्तिकारी ले अन्ततः विवादको चुलीमा रहेका, राजाको शासन कालमा मुख्य सचिव पड्काएका लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाइ छाडे, यो नियुक्ति माओवादीको कोटामा परेको रहेछ .प्रचण्डको इच्छाले लोकमान नियुक्त भएका हुन् रहेछन.

      तर प्रचन्डले यो नियुक्तिमा पनि ‘बिदेशी र राजाबादी’ को चलखेल भएको भनेर भोलि देखि भाषण ठोक्दै हिडे भने पनि अनौठो चै नमाने हुन्छ.

      Reply
    2. Rimal Hari says:
      May 6, 2013 at 12:19 am

      के माकुने र एमाले का नेता हरु चुनाब हरेर downfall भाको छ र ? कुरा गर्छौ यार ? माकुने दुइ ठाउँ बाट हरेर झन् prime minister भयो |

      Reply
    3. Bibek Dhakal says:
      May 6, 2013 at 1:51 pm

      अफसोच यो नेपाल हो मित्र! याहा चुनाब हार्दैमा, भ्रस्टाचारको मुद्दा लाग्दैमा, ज्यानमार उद्योगमा परेपनि “डौनफल” हुनेवाला छैन! बरु उल्टो “अप्लिफ़्ट” हुदै जान्छ , एकैचोटी “माथि” तिर लिफ्ट भएर नगएसम्म!

      Reply
  55. Madhab Bhattarai says:
    May 5, 2013 at 9:07 pm

    लोकमान सिंह कार्की अख्तियार प्रमुखमा सिफारिस हुनु भएकोमा वहाँलाई मेरो हृदय देखि नै बधाई छ. अब “दिपक मनांगे”, “चरी” भन्ने दिनेश अधिकारी, “गणेश लामा”, “कुमार घैंटे”, “पर्सुराम बस्नेत” लाई लोकमान सिंह कार्की ज्यु कै सिफारिसमा एमाओबादी, कांग्रेस, एमाले, मधेसी मोर्चाले तत्काल अख्तियारको आयुक्क्त पदमा नियुक्त गरी अख्तियारलाई पूर्णता दिइयोस. .

    Reply
  56. योगेश आदी says:
    May 5, 2013 at 9:02 pm

    प्रचण्डले सोचे जस्तै लोकमानले नूनको सोझो गर्ला कि नगर्ला ? प्रचण्ड बच्ने अर्को पासा फ्याके !! जनताले लखेटी लखेटी मार्नेछ प्रचण्डलाई… गद्दाफीलाइ झैँ !!

    Reply
    1. Rimal Hari says:
      May 6, 2013 at 12:22 am

      कुरा चाही अलि सोचेर गर्न पर्छ साथी | रिस त मलाई पनि उठेको छ नि | रिस उठ्यो भन्दैमा येसरी बोल्न हुन्न | यो सभ्य पनि होइन राम्रो पनि होइन |

      Reply
  57. madan bajracharya says:
    May 5, 2013 at 8:48 pm

    खिलराज रेग्मी पनि त् मावोबादी कै च्वाईस हो त् उसले कसरि मावोबादीको अर्को “च्वाइस” लाई अख्तियार प्रमुख बन्न बात रोक्न सक्छ?

    “लोके” राजाबादी भयको बा जनयुद्धको अपराधि भयको आदि आदि कुराहरु गर्नु बेकारको कुराहरु हुन्/ राजा बादी बन्नु कुनै अपराध होईन; यो मात्र राजनैतिक आस्थाको बिषय हो/

    अब जनयुद्धकै कुरा गर्ने हो भने “भारतीय बिस्तारवाद मुर्दावाद” भनेर जनयुद्ध गर्नेले नै “भारत देवो भव:” भन्दै भारतको भक्त बन्ने प्रण गरेर भारतको आशिर्वाद खोज्न भारतमा “ओली-यात्रा” गर्न थालि सकेको अबस्थामा लोकेले तेती बेला जनयुद्ध दवाउन खोजेको आधार मै मात्र अयोग्य त् अब भन्नै मिल्दैन/ तर उनित अयोग्य हुन् नै/

    अख्तियारले नै भ्रस्ट र सरकारी सेवाको निमित अयोग्य ठहर गरेको अनेकौं बिबादास्पस्त मुद्दामा लिप्त रहेको “व्यक्ति” मावोबादीको निमित योग्य बन्नु बात ई आफुलाई मावोबादी भन्ने कुनै पनि मावोबादी हुन् भन्छ भने मात्र ‘आँखा नदेख्नेको नाम “नेत्रमान” भय जस्तै मात्र हो/

    तर मावोबादी भन्ने बात यस्ता काम हरु हुनुमा पनि म केहि सकारात्मक कुरा देख्छु/ त्यो हो मावोबादी भनेको भ्रस्ट र बेईमान; रास्ट्र बिरोधि; गरिबमाराको बिरोधि हुन् भनेर भ्रमित हुनेहरुको आखा यस्ता कुराहरु बाट खुल्ने छन्; चुनावको मुखैमा नीति बिचलित मावोबादीको पोल उनीहरु बाटै खुल्नु राम्रै कुरा हो/ तर कांग्रेस यमाले पनि यो मुद्दामा लुत्रुक्क पर्नुको कारण के हो त्यो बुझ्न सकिन/ अब यो मुद्दामा भ्रस्टाचार निवारण संस्थाकै निष्ठावान रास्ट्र सेवक कर्मचारीले बिरोध गरी मात्रै केहि हुन् सक्छ/ यस्तो व्यक्ति हाम्रो प्रमुख बन्ने भय हामि यो संस्थामा रहन्दैनौ भनेर उहाहरुले आन्दोलन गरे सायद केहि हुन्छ/

    मित्रहरु म काम चलाउ नेपाली लेख्न र बोल्न मात्रै जान्छु/ मेरो नेपाली लेखाई पनि अशुद्ध छ/ यो कुरामा आफुलाई मावोबादी भन्नेहरुले गिल्ला त् फेरी पनि गर्लान नै/ तर तेस्तो प्रबिती पनि उनीहरुको “बिशेस बिशेसता” नै भयकोले म केहि भन्न चाहन्न/ तर नेपाल यउटा बिबिध भाषा बोल्ने नागरिकहरुको देस हो र सबैले सबैको भाषा सुद्ध बोल्न लेख्न सक्दैन भन्ने मित्रहरुले स्वाभाविक रुपमा लिई दिनु हुनेछ भनेर बिस्वस्त छु/ नक्कली मावोबादिले जेसुकै भनुन तेस्मा मलाई चिन्ता छैन/

    Reply
    1. द्रोण says:
      May 6, 2013 at 2:49 am

      मदन जी
      तपाइको लेखाइ बेजोड छ, कलम मा दम छ |धेरै सिर्जनात्मक तर्क हरु प्रस्तुत गर्नुहुन्छ |
      भासा ठुलो कुरा होइन ,भाबना ठुलो हो |दुख न मान्नुहोस |कृपया लेख्दै जानुहोस |

      Reply
  58. Ram Raj says:
    May 5, 2013 at 8:45 pm

    लोकमान लाइ खान देउ
    प्रचण्ड लाइ खुवाउन देउ
    को चै सद्धे छ र यो देशमा
    ब्यर्थ को यो चिन्ता नलेउ

    जहा जो सुकै आए पनि
    यहा जस्तै तन्त्र छाए पनि
    भ्रस्ट्राचारि पर्न छाड्ने हैन
    निर्धो जनता मर्न छाड्ने हैन

    काले काले मिलेका छन्
    भाले मार्न खोजेका छन्
    पालेको भाले मरे के भो
    उनीहरुको छाक टरे भैगो
    ************************

    Reply
  59. ranjan says:
    May 5, 2013 at 8:43 pm

    कन्तिपुर जस्तो लोकमान को बिरोधमा जेहाद छेडी रहेको पत्रिकाले समेत लोक मान को प्रस्ताब खड्के ओलीले राखेको र समर्थन चाही शेर बहादुर देउपाले गरेको भनेर लेखेको परिप्रेक्षमा लोकमानको नियुक्तिमा एकोहोरो प्रचण्डको बिरोध गर्ने हरु रतन्धोका रोगि हुन् कि कुण्ठा र हिनताबोधका मनोरोगी ?
    रंजन

    Reply
  60. Basanta Thapa,Maryland,USA says:
    May 5, 2013 at 8:43 pm

    हामी कति भ्रस्ट र बेमान छौ सक्छौ भने हामी लाइ कार्यबाही गरेर हेर नेपाली भेडा जनता हो \ तिमीहरु हाम्रो पछि पछि लाग्न र हामीले भनेको मान्न जन्मिएका हौ \ हामी ले जसलाई अख्तियारले भबिस्यमा कुनै पनि सरकारी नोकरीमा अयोग्य ठहराइएका व्यक्ति लाइ अख्तियार का प्रमुख बनाएका छौ \

    Reply
  61. rakesh says:
    May 5, 2013 at 8:25 pm

    म जस्तो स्वतन्त्र व्यक्तिलाई यो सिफारिसमा घोर अप्पात्ति र बिरोध छ.भ्रस्ट नेताहरु मुर्दा बाद बाद सुन्दर नेपाल जिन्दाबाद.
    राकेश लिस्बोन.

    Reply
  62. shekhar dhungel says:
    May 5, 2013 at 8:22 pm

    सायद यो श्री ५ महाराजा धिराज ज्ञानेन्द्र बिर विक्रम शाह देब लाई नारायणहिटी दरबार मा पुनर्स्थापना गर्ने कुटनीति हो होइन भने अब नेपाल असफल राष्ट्र हुने निश्चित छ .बिदेशी को आर्थिक अनुदान र सहयोग बन्द हुनेछः .
    जन भावना बिपरित प्रचण्ड को यो निरंकुशता ले देश लाई असफल राष्ट्र घोषणा गराएरै क्रम भंगताको अर्को क्रान्तिकारीता पुरा गर्ने छ .जन युद्ध को नाम मा प्राण गुमाएका आत्मा हरु ले प्रचण्ड लाई शान्ती सित बाच्न दिने छैनन् यो चेतना होस्

    Reply
    1. Rimal Hari says:
      May 6, 2013 at 12:31 am

      के गर्ने मन को कुण्ठा त पोख् नै पर्यो नि || अब तिम्रो काम उही चेतना भया भन्ने बस्ने त हो नि | अब तिमि जस्तो अनि माओबादी जस्तो ले त हो नि देश बेच्ने | चेतना भया………भ्याआआआआ …….भ्याआआआआअ……….भ्याआआआआ…..भ्याआआआअ…………भेडा करायो येसरी……..!!

      Reply
      1. Abhi says:
        May 7, 2013 at 1:20 am

        Your comment makes it easy for any reasonable man to understand who is a sheep.

        Reply
  63. बेखालाल नेपाल says:
    May 5, 2013 at 8:12 pm

    प्रचण्डको कम्युनिस्ट पार्टीलाई आगामी निर्वाचनमा खर्च धान्न कोहि त चाहियो नि ! लोकमान कार्की संग राजाको पाला देखि कमाएको कालो धन जो छ |

    Reply
  64. Bhaktapure says:
    May 5, 2013 at 8:01 pm

    अन्ततः सच्चा ” ‘लोक’ तन्त्र” देखाई छाडे | लोकको खील गढ़यो | अब यी दुनियाँ नव राजा रजौटाहरु भन्दा साँच्चिकै र एउटै राजा किन नमान्ने? आखिर ‘लोक’ को हृदयमा उही राजै त छन् | राजतन्त्रै आएनी केहि फरक पर्दैन अब | छु मतलव?

    Reply
  65. mahesh says:
    May 5, 2013 at 7:48 pm

    अहिले को लोकमान लाइ यो स्तर मा पुर्याउने को होला? कांग्रेस र गिरिजा हुन्.
    जर्नेल भूपालमान सिंह कार्की को छोरो लोकमान सिंह कार्की हुकुम प्रमांगी बाट राजपरिषद को सोझै उप सचिव मा नियुक्त हुन्. तेती खेर राजपरिषद बाट सेवा परिबर्तन गर्न पाइदेन थियो. यिनले गिरिजा लाइ येति रिझाए कि यिनी लाइ सरुवा गर्न को निमित्त नियमावली नै परिबर्तन गरियो र यिनी लाइ राजसभा बाट राजश्व अनुसन्धान मा सरुवा गरियो. तेती खेर यिनी ले एउटा राम्रो काम गरे त्यो हो बिदेशी मुद्रा दुरुपयोग(२५ लाख डलर) गरेको आरोप मा मोहन गोपाल खेतान लाइ कारबाही गरियो र १२ करोड धरौटी मा राखेर मुद्दा चलाइयो. एमाले को सबै भन्दा ठुलो चन्दा दाता खेतान लाइ कारबाही गरेको एमाले लाइ मन परेन र ९ महिने सरकार को बेला मा मोहन गोपाल खेतान को मुद्दा नै फिर्ता गरियो. तेती बेला देखि एमाले यिन को छाया देखेर पनि तर्सिन्छ. तेस्पछि पनि यिनी ले गिरिजा लाइ येति रिझाए कि ५६ साल को कृष्ण प्रसाद भट्टराइ को सरकार को अबसान पछि बनेको गिरिजा को सरकार ले यिनी लाइ सह सचिव बाट प्रमोशन गरेर जलश्रोत सचिव बनायो त्यो पनि कांग्रेस को अत्यन्त इमान्दार र गिरिजा समर्थक तत्कालिन जलश्रोत राज्यमन्त्री बलदेव शर्मा मजगैया को बिरोध का बाबुजुद. यिनी लाइ गिरिजा ले कति चाहन्थे भने बरु उनले आफ्नो अन्धो समर्थक बलदेव शर्मा को राजिनामा गराए जलश्रोत राज्यमन्त्री बाट तर यिनी लाइ जलश्रोत बाट अन्यत्र लान चाहेनन् यिन को इच्छा बिपरित. ज्ञानेन्द्र को सरकार को र यिनी को सम्बन्ध बारे मा त स्पस्ट नै छ. तर गिरिजा आउदा गिरिजा को अत्यन्त प्यारो, राजा को सरकार हुदा राजा को नै अत्यन्त प्यारो र प्रचण्ड हुदा प्रचण्ड र खिलनाथ को नै प्यारो बन्न सक्ने यिनको खुवी लाइ भने मान्न पर्दछ.

    Reply
    1. madan bajracharya says:
      May 5, 2013 at 9:26 pm

      महेश ज्यु
      प्रथम त् मेरो नेपाली अशुद्द भयकोमा तपाईंको आपति हुने छैन कि भनेर आसा गर्छु/ किन भने तपाईं मुखले नेपाली राम्रो बोल्न लेख्न नजनेकोमा गिल्ला गर्ने मावोबादी होईन भन्ने कुरामा विश्वास छु/ अब तपाईंको कुरामा;

      तपाईंले गिरिजा आदिले अनेकौं बिबादमा मुच्छियको “लोके” लाई उकास्न जेजस्तै गरेको भय पनि गिरिजा आदिले तेस्तो काम गर्नुमा कुनै आपति र आस्चर्य मान्नु पनि पर्दैन; गिरिजा तेस्तो भयकोले नै सक्कली र अविचलित मावोबादिले तेस्को कुशासनको बिरुद्ध जनयुद्ध समेत गरेको थियो/

      गिरिजाले त् उसलाई सहसचिव बात सचिव मात्रै बनायो तर गिरिजातन्त्र र लोके माथि उकास्ने ब्यबस्था भंग भैसकेको अबस्थामा लोकेलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने त् अहिलेका बैद्यले नक्कली मावोबादी भनेकालेनै गरेको हो नि!!!/

      महेशज्युले तपाईं आफै लोकलाई अख्तियारको प्रमुख बनाउन सिफारिस गर्ने दलको भयता पनि “लोके” गलत भयको केहि विवरण दिनु बात महेशज्युले सब्दमा कांग्रेस यमालेलाई दोष दिनु भयता पनि लोके अख्तियार प्रमुख बनेकोमा असन्तुस्ट हुनु अत्यन्त सकारात्मक कुरा हो/ यस कुराले कसैलाई केहि सोच्न अबस्य पनि बाध्य पर्ने छ/

      Reply
      1. रामेश says:
        May 5, 2013 at 10:18 pm

        मदन जी,
        तपाइँ ले महेस जी को भनाइ नबुझ्नु भएको जस्तो लाग्यो | …..
        गिरिजा ले त उसलाई काखी च्यापे, दबाब दिएर पद मा पुर्याए … अनि हाम्रो प्रचण्ड ले चै पुर्याउनु नहुने ?? तेही बेला मा गिरिजा ले नगरेका भए लोकमान यस्तो धनि भ्रस्टचारी हुने नै थिएनन् अनि प्रचण्ड ले यसरि नियुक्ति को लागि मरिमेट्ने नै थियनन | तेसैले खस दोषी गिरिजा हुन् … 🙂

        Reply
        1. mahesh says:
          May 6, 2013 at 11:37 am

          तर लोके लाइ बिरोध गरिएको भ्रस्ट भएर हो कि निरङ्कुश सत्ता कोसमर्थक भएर हो? शायद उ भ्रस्टचार मा मुछिएको छैन, बिरोध गरिएको निरङ्कुश सत्ता को समर्थक भएर हो. येदि तेसो हो भने राजा को सैनिक शासन को एउटा कर्मचारी को के हैसिएत हुन्थ्यो होला र? उसलाई बिरोध गरिएको राजा को निरङ्कुश शासन को समर्थक भएर हो. अब त्यो शासन जुनशासन को प्रम भारदार नियुक्त गरिएको झैँ गरेर नियुक्ति गरिएको निरिह प्रम थियो भने मुख्य सचिव को के हाल थियो होला?

          —–जन आन्दोलन दबाउन खोज्ने प्यार जंग थापा लाइ पुनर्स्थापित संसद मा सफथ लिन लगाएर चोख्याइयो गिरिजा को जोड बल मा.
          ——कटुवाल को पैताला चाट्दै हिडे कांग्रेस एमाले हरु.
          ——जन आन्दोलन को दोषी बासुदेव ओली लाइ सशस्त्र को आइजीपी बनाएर पुरस्कृत गरियो.
          ——–कमल थापा संग भोट माग्न रामचन्द्र र प्रचण्ड दुवै हात जोड्दै गए,
          अनि लोके को नियुक्ति मात्रै हो त जन आन्दोलन बिरोधि?
          आन्दोलन को मर्म हिजो नै तोडियो. चाहे त्यो सरकार को नियुक्ति लाइ उल्ट्याउने रास्तापति को गैर्ह संबैधानिक कदम लाइ साथ् दिएर वा दुवै क्षेत्र बात हारेको लाइ प्रम बनाएर हरुवा हरु को टिम मा सरकार संचालन गरेर.
          चुनाव भयो भने अब हुने माननीय हरु: महेश बस्नेत, दिपक मनांगे, गणेश लामा. परशुराम दिनेश चरी, सुजन पौडेल. किनभने तपाइँ हामी ले हराएर के भो त, समानुपातिक त छ नि यिनी हरु लाइ लैजान. कुनै पार्टी ले पनि बहुमत नल्याएर खिचडी सरकार बनेको अबस्था मा(जुन अबश्य्भाम्बी छ) के यिनी हरु मन्त्रि हुदेनन त? परशु राम र महेश बस्नेत ग्रिह सहायक, वा गणेश लामा हरु अर्थ सहायक मन्त्रि बनेको हेर्ने दिन टाढा छैन. यो हेर्न भन्दा त चुनाव नै नभोस, जाओस कथित लोकतन्त्र भडखालो मा भन्ने लाग्दछ मलाइ त.

          Reply
          1. madan bajracharya says:
            May 6, 2013 at 3:23 pm

            महेशज्यु
            तपाईंका यक यक सब्दले तपाईं पनि “लोके” लाई अख्तियार प्रमुख पदमा नियुक्त गरेकोमा अशंतुस्त रहेको स्पस्ट देखाउंछ/ आफ्नो दलको नेताको गलत कार्यको पनि समर्थन गर्ने कुनै कार्यकर्ता निष्ठावान कार्यकर्ता हुनै सक्दैन/ तेस्ता कार्यकर्ताहरु त् “धमिरा” जस्तै हुन्छ पार्टीलाई खोक्रो बनाउंदै लग्ने!!!/

            हजार नागरिकको बिरोध लत्याउन खोज्ने दुस्ट नेताले पनि यक जना सहि कार्यकर्ताको अशंतुस्ती लत्याउन हजार चोतिनै शोच्नु पर्ने हुन्छ/

            Reply
  66. pradeep says:
    May 5, 2013 at 7:31 pm

    जनान्दोलन २०६२-६३ बल्ल पो सार्थक भयो जस्तो छ ! नेताहरु र जनता ले जस जसलाई आन्दोलन दबाउने र जनता मार्ने लिस्ट मा राखेका थिय तिनीहरु सबैलाई पद र प्रतिष्ठा मिलिसक्यो ! धन्य नेताहरु कसरि जनता अगाडी मुख देखाउछौ ! लोक मान सिंह लाई बद्नाम गर्नु र गालि गर्नु कुनै तुक छैन ! यो त सिर्स नेता हरुको खेल हो ! अब लोक मान ले देस प्रति बफादार हुने र नेताहरु लाई ठेगान लगाउने बेला भयो !

    Reply
  67. raj says:
    May 5, 2013 at 7:24 pm

    एस्तो ताल छ यो देश का सर्वहारा वर्ग को नेतृत्व गर्ने नेता को | यो भन्दा ठुलो घात के होला नेपाली जनता लाई| जस ले जनान्दोलन दमन गर्यो उही अख्तियार प्रमुख | के उक्त पद का लागि योग्य बेक्ती को कमि छ नेपालमा |अनावस्यक र सानो कुरा मा टायर बालेर देसै बन्द गराउने बिद्यार्थी नेताहरु लाई यो निर्णय ठिकै लागे जस्तो छ | यो नियुक्ति ले अख्तियार को कद कति घट्यो तेस को लेख जोखा भविस्य मै होला | चुनाब मा योग्य ब्येक्ति लाई भोट दिनुस भन्छन , छान्नु पर्ने येंनै बिबेकहिन, विचार सुन्य, नालायकहरु बाट त होला नि | अनि देशको हालत दिन प्रति दिन खराब | जनता लाई आन्य कुनै विकल्प हरु पनि भैदिय कति राम्रो हुन्थियो होला |

    Reply
  68. Tulasi Wosti says:
    May 5, 2013 at 7:02 pm

    प्रभू अब कसले बचाउछ मेरो देशलाइ यी राक्षसहरुको हात बाट, के गर्नु देश र देशबासीको सेवा गर्छु भन्ने हरुको नियत नै चोर भय पछि, लूट कति लूटन सक्छौ , लाज, शरम, घिन अनि कसै माथि पनि दया माया नभयका पापी हरु, मरे पछि नर्क मा पनि बास नपावोस तिमिहरुले त ~:O

    Reply
  69. Krishna (Maryland) says:
    May 5, 2013 at 6:58 pm

    लोकतन्त्र मा लोकमान !!!!!
    पक्का पनि नाम राम्रो लागेर छानेको हुनु पर्छ / हुनत जीउडाल पनि खाइलाग्दो छ लोकमान जी को // ए बाबा हो नि ? चार दल का शिर्षमुर्ति हरुले लिखित तथा मौखिक परिक्षा लिएर उत्तीर्ण गराएको उम्मेदबार हुन् यिनी / कुनै बुंदे सहमति भएको हुनुपर्छ पर्दा पछाडी /
    वाह रे प्रचण्ड वाह !!!!!

    Reply
  70. Rakesh says:
    May 5, 2013 at 6:56 pm

    प्रचण्ड , माओबादी र खिलराज रेग्मी ………………. हजार थुइक्क

    Reply
  71. bibash says:
    May 5, 2013 at 6:51 pm

    I don’t think there is any difference between Baburam Government and this one. Mr. Khil raj Regmi ! please don’t be the weapon of these dirty political leaders. How can we believe that you are going to conduct fair election mr. Chief Justice.

    Reply
  72. nisha says:
    May 5, 2013 at 6:48 pm

    होइ होइ इमान जमान नभका नेता ले देश लै ठुलै खाल्डो मा हाल्नी भए रक्षा गर पशुपति ………….

    Reply
  73. सुमन says:
    May 5, 2013 at 6:16 pm

    दुधको साक्षी बिरालो|
    कांग्रेसले समर्थन गरेको जस्तो गरे अनि एमालेले जति बिरोध गरे पनि प्रचण्डले चाहे अनुसार आखिर लोकमान अख्तियार प्रमुख भैछाडे| खिलराजले समेत रोक्न सकेनन| किन होला?
    लोकमानका करतुतहरु के हुन् त्यो पनि फेरी लेखौ है|
    लोकमानले आफुलाई निष्पक्ष देखाउन चुनाव अघि नै प्रचण्ड र बाबुराम-हिसिलाको सम्पति विवरण खोजी गरेर कारवाही गरे ठिक हुन्छ| अब यस्तै ताल हो भने पत्रकारलाई गुमराह बनाउदै राजाको शासनमा पैसा बाँढ्ने कमल थापा फेरी गृह मन्त्रि भए आश्चर्य मान्नु पर्दैन|

    जे होस्, संबिधान नबनेको मुख्य कारक र कारण दुवै कांग्रेस र एमाले हुन्| एमाले र कांग्रेसका पिछलग्गुहरुले जति नै वकालती गरे पनि सुशील कोइरालाले लोकमानलाई समर्थन गर्नु को अर्थ के हो?

    Reply
  74. Maheswor says:
    May 5, 2013 at 6:11 pm

    आफ्नो भ्रस्टाचार लुकाउनलाई कार्की भन्दा योग्य व्यक्ति अरु छैनन् नत्र भने नाम मात्रको लडाकुको हिसाब बुझाउनु पर्ने हुन्छ नि होइन त ? कार्की र दाहाल बीच यहि कुरामा सहमति भएको हुन सक्छ

    Reply
  75. Ekraj says:
    May 5, 2013 at 6:07 pm

    यी फटाहा हरुको झुण्डहरुले हाल सम्म केनै जनतालाई मान्यहुने र इमान्दार र निस्ट बेक्ती लाई नियुक्तगरेका छन् र? यिनीहरु यस्ता मानिश्हरु नियुक्त गर्दछन जसले इनको कर्तुतलाई जोगौछ र उल्टो लुटेको पैसाको हिस्सा इनिहरुलाई बुझौछा| तेसै नेपालका चोर नेताहरु सुगुर जस्ता मोटा, फोकटका महल र महंगा मोटर चढेर हिड्ने, सात पुस्तालाई पुग्ने सम्पत्ति लुट्छन|
    यो ब्वाँसोले फेरि भस्मासुर पार्ने भयो|

    Reply
  76. yukta says:
    May 5, 2013 at 6:06 pm

    लोकमान सिंह कार्की लाई अख्तियार प्रमुख मा नियुक्त गर्यो भन्दै मा कुनै नौलो कुरा होईन भ्रस्टचारी नेता हरु ले आफ्नो कर्तुत लुकाउन भ्रस्टचारी लाई नै नियुक्त गरे पछि कसको के लाग्छ ? जनआन्दोलन को बेला माथि हेलिकप्टर बाट निहत्था आन्दोलित जनता हरु लाई गोलि ठोक भनेर आदेश दिने त्यस बेला का शक्तिसाली व्यक्ति भोलि यो देश को प्रधानमन्त्रि भयो भने हामीले अचम्म मान्ने कुरा नै छैन ! हिज का डोन गुण्डा हरु भोलि यो देश को गृह मन्त्रि भएर प्रहरी हरु लाई नै उल्टै आदेश दियो भने हामीले कुनै अचम्म मान्नु पर्ने छैन ति सबै व्यक्ति हरु बर्तमान मा छाती फुलाएर हाम्रा पानी मरुवा नेता हरु लाई नै खुला मंच बाट नै च्यालेन्ज दिई रहेका छन् किन त ? किन कि हाम्रा लोक तन्त्र का नेता भनौदा हरु सबैले जनता हरु ले खुन पसिना अनि बलिदान दिएर ल्याएका लोकतन्त्र बिर्सी सकेका छन खाली चाहिएको छ सत्ता अनि कसरि हुन्छ अकुल सम्पति जोड्ने ! कसरि हुन्छ आफ्नो मान्छे लाई राम्रो कमिसन आउने ठाउ अनि पद मा नियुक्ति गर्ने बस ! यिनी हरु लाई आफ्नो देश को प्रगति मा कुनै चासो छैन ! यी नेता हरु लाई ईतिहास ले कहिले माफी दिने छैन ! ७५% जनता ले पत्याउन छाडी पनी सकेको छ ! यस्ता भ्रस्टचारी नेता हरु लाई भोट दिनु भन्दा मजा ले घर मा बसे हुन्छ !

    Reply
  77. sudha says:
    May 5, 2013 at 6:04 pm

    अख्तियारको प्रमुखमा लोकमानसिंह कार्की हुने भएपछि अब सत्यनिरुपण तथा मेलमिलाप आयोगको संयोजकमा बालकृष्ण ढुंगेललाई राख्दा फरक पर्दैन होला ।

    Reply
  78. चित्र says:
    May 5, 2013 at 5:58 pm

    अख्तियारले अयोग्य भनेको लाइ अख्तियार को प्रमुख, अयोग्य लडाकु लाइ सैनिक बनाउ प्रचण्ड जी तपाईकै राज छ अहिले म त भन्छु कुनै अयोग्य लाइ नै सरकार प्रमुख बनाउदा पनि हुन्थ्यो त प्रधान न्यायाधीश नै किन चहियो

    Reply
  79. Manjil says:
    May 5, 2013 at 5:57 pm

    राजनीति तेस्तो खेल हो जसमा कसैले पनि हर्ने खेल खेल्ने कुरै भयन तेस्मा झन् प्रचण्ड नेपाली राजनीति का तेस्त खेलाडी हुन् जसले हार्ने आबस्त आयमा खेल को रनाभुमि नै मिल्काएर हिड्ने हैसियते रक्छन/ गिरिजा ले उनलाई दियको अन्तिम अचिर्बाद पनि तेही हो/ नेपाली को यो अहो भग्ग्य हो कि गिरजा अनि प्रचण्ड जस्ता ऐजुरु नेपाली राजनीतिका क्रान्तिकारी नेत्रित्यो मा विराजमान भय ………….

    Reply
  80. Shiris says:
    May 5, 2013 at 5:56 pm

    एउटा नाटक अनि भ्रस्ट नेता र तिनका कार्यकर्तालाई चोख्याउनको लागि गरिएको ताण्डब नाच |

    Reply
  81. Suraj Shrestha says:
    May 5, 2013 at 5:55 pm

    मेरो बिचारमा यो नियुक्ति फिर्ता नभएमा आम निर्वाचन लम्ब्याउने या हुन नै नदिने वाताबरणको सम्भावना बढने देख्द छु
    यो हाम्रो राजनैतिक, प्रशासनिक र न्याययीकको नैतिक दिवालियापनको उत्कृस्ट पराकास्टा हो

    सुरज श्रेष्ठ

    Reply
  82. sandip sharma says:
    May 5, 2013 at 5:54 pm

    आगामी चुनाब मा ये माओबादी हार्ने पक्का भयो

    Reply
  83. Daya says:
    May 5, 2013 at 5:52 pm

    अब एमान्ग्रेस र एमाओबादिका वाहियात कमेन्ट पढ्न देख्न पर्ने भो फेरि माइसंसारमा

    Reply
  84. kedar says:
    May 5, 2013 at 5:50 pm

    लोकमान बाहेक अरु किन भेटेनन र लोकमान मै अख्तियार मार्फत आफ्नो क्रान्ती पुरा गर्ने तेत्रो के तत्व भेटे महान सर्बहारा क्रान्तिकारी प्रचण्डले भनेर कसैले सोधे भने महान क्रान्तिकारी पार्टीको महान कार्यकर्ता कार्यकर्ताले कस्तो चैं तार्किक उत्तर दिन्छन को नि ? कोहि हुनुहन्छ भने पाउन हजुर उत्तर |

    Reply
  85. dharmendra says:
    May 5, 2013 at 5:45 pm

    हाम्रो नेताहरु मा नैतिकता नै कहाँ छ र पतन हुनलाई / यी नया प्रमुख त भ्रस्टचारी लाई कारबाही गर्न नभई बचाउको लागि आउनुभको,,,,धन्य हुने थियो पुरानो फाइल क पन्ना नहराए

    Reply
  86. Parixit says:
    May 5, 2013 at 5:15 pm

    भ्रष्टाचारी नेताहरु ले भ्रष्टाचार गरी कामाएको पैसा लुकाउन लाई अर्को भ्रष्टाचारी लाई अख्तियार प्रमुख बनाएछन, नैतीकता भएको नेताहरु भए पो लोक लाज हुन्छ र च्याउ उम्रे जस्तो उम्रेका नब धनाढ्य टुप्पा बाट पलाएका लोक लाज पचाएका, अघोरी देशद्रोही हरु को जमात ले एउटा नैतीक पतन भएको व्यक्ती लाई अख्तियार प्रमुख मा नियुक्ती गरेको मा के आश्चर्य मान्नु, ज्यानमारा हरु ले त्यो भन्दा बढी के गर्न सक्ने हुन र ?

    Reply
  87. Dinesh says:
    May 5, 2013 at 5:06 pm

    १००% मा ९९ % सबै नेताहरु चोर डाका आनी भर्स्ताचारी तै पनि हाम्रो देश नेपाल महान छ अनि हामी नेपाली जनता.. ? के गर्नु देश ऊनी हरुको बिर्ता झैँ भयो… गर मोज गर मोज युवा सबै खाडी मुलुक मा गइ सक्यो नेपाल मा बाकी बश एस्त नेताहरुको राज हुने भयो..आफै कारबाही गर्ने आफै माला लगाएर कुर्ची मा राखने..?

    Reply
  88. kedar says:
    May 5, 2013 at 5:01 pm

    जुन कुकुर धेरै भुक्छ तेस्ले कहिलेइ टोकेको था छैन ….यो महान को पनि महान सर्बहारा क्रान्तिकारीले पनि न क्रान्ति पुरा गर्छ न सर्बहाराको भलो गर्ने वाला छ |

    Reply
  89. Surya says:
    May 5, 2013 at 4:39 pm

    थुक्क खिलराज तिमि यति सम्म घिनलाग्दो गरि गन्हाएका होलाउ भनेर त सोचेका पनि थिएनौं। मान्छे ( त्यो पनि आफुलाई न्यायाधिश भन्न रुचाउँछ) यो हद सम्म गिर्न सक्छ भनेर पत्याउन पनि गारो भएको छ ! तिमीले त नेपाल का अहिले सम्म का नेता भनाउदा हरु र सबै अपराधीहरुको हर्कत लाइ पनि माथ दियौ !

    Reply
  90. lorke says:
    May 5, 2013 at 4:35 pm

    आफ्नै छानबिन गर्ला भनेर त प्रचण्ड ले लोक मान लाइ ल्याको हो नि/ अरु आए त छिडी मा हाल्देला भनेर पहिले तारतम्य मिलाको/ नत्र राजा को नाम पनि सुन्न नचाहेर राजमार्ग लाइ लोक मार्ग, रत्न राज्य क्याम्पस लाइ कुन्नि के , अनि राजा को नाम भए जत्तिका नाम फेरेर अर्को राख्न खोज्ने हरु अहिले राजा कै हुकुम मा मुख्य सचिब भएका लै किन ल्याउनु? येसो गर्नु नै थियो त माइला दाई लाइ किन गालि गर्नु? अब कमल थापा लाइ पनि केहि न केहि बनाए भो नि हैन र? किन भनेर सोध्दा व्यक्ति बिशेस को कुरा नगरौ रे कस्तो हासो लाग्दो कुरा/ हुन त हामि कमेन्ट ठोक्ने मात्रै त हो केहि गर्न सक्ने हैन/ गर्ने जम्मै उनीहरु ले नै हो/ हामि त रमिते/ तालि हान्यो बस्यो/

    लोर्के

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme