श्री ४ दलले आफ्नो तजबिजीले संविधानका बाधा अड्काउ फुकाएर प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष बनाए। त्यसका लागि २५ बुँदामा बाधा अड्काउ फुकाउनु परेको थियो। के के बुँदामा त्यसो गरिएको भन्ने बारे शपथ लिएपछि मात्र राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो। सार्वभौम भनिएका जनतालाई बाधा अड्काउ फुकाउनु अघि यसबारे सुँइकोसमेत दिइएको थिएन।
Author: Salokya
खिलराज रेग्मीले शपथ लिए (नयाँ प्रमको बायोडाटासहित)
धेरै दिनदेखि हुने कि नहुने ढिकिच्याउँ ढिकिच्याउँ भइरहे पनि, दलहरुका अधिकांश नेतालाई नै मनैदेखि यस्तो प्रस्ताव मन नपरे पनि हुनै नसक्ने असारमा चुनाव गर्ने उद्देश्यका साथ प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाएका छन्। उनले आजै राष्ट्रपतिसामु शपथ लिए। शपथ विशेष इजलासले उनलाई रोक्ने उद्देश्यले दायर गरिएको रिटको सुनुवाई हुनु केही घण्टा अघि भएको… Continue reading
यसरी गरे नेताहरुले निर्दलीय व्यवस्थाको सहमति
फोटोमा देखिएकाहरु नेपालका प्रमुख भनिने दलहरुका मै हुँ भन्ने नेताहरु हुन्। तर यी नेताहरुले लौ हामी अब मिल्न सकेनौँ, हामी असफल भयौँ, नेतृत्व लिइदिनुपर्यो भन्ने खालको सहमतिमा हस्ताक्षर गरिरहेका हुन्। आज राति अबेर विशेष समितिको सचिवालयमा बसेको बैठकमा यस्तो हस्ताक्षर गरेका हुन्। उनीहरुको हस्ताक्षर २५ बुँदे बाधा अड्काउ फुकाउ र ११ बुँदे राजनीतिक सहमतिमा भएको… Continue reading
शिवरात्रिको रमझम
सत्यम् शिवम् सुन्दरम् ! पवित्र पाशुपत क्षेत्रमा शिवरात्रिको रमझम हेर्न पुगेको थिएँ। झण्डै पाँच घण्टा बिताउँदा पनि समय गएको पत्तै भएन। केही फोटो तपाईँहरुका लागि लिएर आएको छु।
जय शम्भो ! शुभ शिवरात्री !!
हिन्दुहरुको महान चाड महाशिवरात्रीको अघिल्लो रात यस्तो देखियो।
असंवेदनशील अख्तियार
साउदी अरबबाट फर्किंदा अध्यागमन कर्मचारीबाट रकम लुटिएकी मात्र हैन,प्रहरीबाटै बलात्कृतसमेत भएकी युवतीको वास्तविक परिचय मिडियामा अहिलेसम्म आएको छैन। तर अख्तियारले भने आज एक सार्वजनिक सूचना छाप्दै ती युवतीको वास्तविक परिचय सार्वजनिक गरेको छ। विशेष प्रकृतिको अपराध (बलात्कार, मानवबेचबिखन)मा पीडितको पहिचान गोप्य राख्नुपर्ने कानुनी व्यवस्था भए पनि अख्तियारको असंवेदनशीलताका कारण यस्तो भएको हो। यसअघि प्रहरी प्रधान… Continue reading
विनोद चौधरीभन्दा उपेन्द्र महतो गरिब ?
अमेरिकी म्यागेजिन फोर्ब्सले एक अर्ब डलर सम्पति हुने विश्वका सबैभन्दा धनीहरुको सूचिमा नेपालका विनोद चौधरीको नाम पनि समेटेपछि उनको चर्चा यतिखेर चुलिएको छ। यो सूचिमा अहिलेसम्म कुनै पनि नेपाली परेका थिएनन्। तर किन ? के अरु कुनै नेपाली विनोद चौधरी जत्तिको धनी छैनन् ? एकै पटकमा करोडौँ रुपियाँ दान दिने उपेन्द्र महतो चाहिँ चौधरीभन्दा ‘गरिब’… Continue reading
चाभेज रहेनन्, अमेरिकाको एक ‘शत्रु’ घट्यो
भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा मंगलबार मृत्यु भएको छ। अमेरिकाको नाकै मुनि रहेर ‘अमेरिकी साम्राज्यवाद’लाई चुनौति दिएको बताउने चाभेजले आफू ‘अमेरिकाको शत्रु’ भएको घोषणा सार्वजनिक रुपमै गरेका थिए। जिउँदो रहँदामात्र हैन, मृत्युपछि पनि अमेरिकासँगको यो शत्रुता कायमै रह्यो। उनको मृत्युको घोषणा गर्ने सम्बोधनमा उपराष्ट्रपति निकोलस मादुरोले देशविरुद्ध षड्यन्त्र गरेको भन्दै अमेरिकी दूतावासका एक… Continue reading
गरे के हुन्न रैछ त नि
बाग्लुङको बलेवा क्षेत्र र छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा हेर्दा त नजिकै देखिन्छ। तर एउटा ठाउँ वारी र छ अर्को पारी। बीचमा कालिगण्डकी नदी। कुश्मा जान पैदल हिँडेर डेढ दुई घण्टा लाग्थ्यो। के गर्ने त ? पुलै बनाउने हो भने दूरी लामो भएकोले अति नै महँगो पर्छ। सरकारको मुखमात्र कति ताक्ने ? आफै किन केही… Continue reading
के भन्छन् राजीनामाबारे डा. भगवान कोइराला
जिम्मेवारी सम्हालेको १०८ दिनपछि राजीनामा दिएका त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले आफूले त्यस्तो निर्णय गर्नुको कारणबारे जानकारी दिन लामो विज्ञप्ति निकालेका छन्। ‘म चुप बसेर छेउ लाग्न चाहन्थेँ तर..’, विज्ञप्तिमा उनले लेखेका छन्, ‘हजारौँले यसलाई गम्भीर रुपमा लिए र मैले यस्तो निर्णय लिनुको कारणबारे जान्न चाहे।’ उनले त्यसमा आफू नियुक्त हुँदाको अवस्था,… Continue reading
विनोद चौधरी नेपालका पहिला अर्बपति
अमेरिकाको फोर्ब्स म्यागेजिनले वर्षेनी निकाल्ने विश्वभरका अर्बपतिहरुको सूचिमा विनोद चौधरी नेपालको पहिलो अर्बपतिका रुपमा दरिएका छन्। उनको कूल सम्पति एक बिलियन अमेरिकी डलर अर्थात् झण्डै ८८ अर्ब रुपियाँ रहेको म्यागेजिन बताउँछ। म्यागेजिनले उनलाई नोटेबल न्युकमर्सको सूचिमा पनि राखेको छ। २१ जना एक बिलियन सम्पति भएकाहरुको नोटेबल न्युकमर्स सूचिमा उनको नाम २० औँ नम्बरमा रहेको छ।… Continue reading
पारसले आफै पानीसमेत खाए, भएको के रैछ उनलाई?
पूर्व युवराज पारस शाहको उपचार भइरहेको अस्पतालले आज वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताएको छ। ११ दिनपछि होस आएका उनलाई अहिले मेसिनको सहायताबाट सास लिन नपर्ने भएको छ। अर्थात् उनी भेन्टिलेटरको सहायता बिनै सास फेर्न सक्ने भएका छन्। उनी अहिले कुराकानी गर्न सक्ने अवस्थामा भएको र आज बिहान त आफैले पानी समेत… Continue reading
यसकारण तीन महिना नि टिकेनन् डा. भगवान कोइराला
टियु टिचिङ अस्पतालमा कार्यकारी निर्देशक भएको तीन महिनामै डा. भगवान कोइरालाले राजीनामा बुझाएका छन्। गंगालाल ह्रदयरोग केन्द्रको प्रमुख भएर मुटु रोगको उपचारमा नेपाललाई आत्मनिर्भर र दक्षिण एसिया कै नमूना बनाउने श्रेय पाएका डा. कोइराला किन टिचिङमा चाहिँ तीन महिना पनि नटिकेका त? किनभने उनले धेरै नै राम्रा कामहरु गरे, अनेकौँ सुधारका उपाय लागू गरे। अनि… Continue reading
उहिले र अहिले – ३
माथिका दुई वटा फोटोको समयको अन्तर ९३ वर्ष रहेको छ। हनुमानढोका दरबार क्षेत्रको जगन्नाथ मन्दिर देखिने गरी खिचिएको बायाँको फोटो सन् १९२० को हो भने अर्को फोटो अस्ति भर्खर खिचेको हुँ। दुई फोटोमा झट्ट हेर्दा खासै अन्तर देखिन्न।
बिहानै पैसा बुझेर नि रातिसम्म सेवा नदिने ‘झेलिकम’
अपडेट (फागुन २१): टेलिकमले आज सूचना जारी गर्दै एडिएसएलमा समस्या आएको स्वीकार गरेको छ। ‘केही प्राविधिक सुधार गर्नुपर्ने’ भन्दै २० र २१ गते एडिएसएलको म्याद सकिने ग्राहकलाई सिस्टमबाटै २५ गतेसम्म थप गर्ने व्यवस्था गरिएको सूचनामा जनाइएको छ। यो अवधिमा रिचार्ज कार्डबाट महसूल भुक्तान गर्न सकिने पनि टेलिकमले जनाएको छ। सूचना हेर्नुस्। शनिबारै यस्तो व्यवस्था गरेको… Continue reading
अमेरिकी उपनिवेशलाई नेपालको आधा दर्जन गोल
खेलले देश चिनाउँछ त्यसै भनेको हैन रैछ। नर्दन मारियाना आइल्यान्ड नामको देशबारे धेरै नेपालीलाई अत्तोपत्तो थिएन। आज नेपाली राष्ट्रिय टोलीसँग भएको खेलपछि बल्ल मानिसहरुले यो देशबारे सोधखोज गर्न थाले। यो देशका राष्ट्रपति बाराक ओबामा हुन्। अर्थात् यो देश अमेरिकाको उपनिवेश हो। सानो टापु, कम जनसंख्या, ओसेनियाबाट भर्खरै एएफसीमा आवद्ध हुन आएको, ठूलो प्रतियोगिता अहिलेसम्म नखेलेको… Continue reading
‘चुल्ठेमुन्द्रे’हरुको आज प्रदर्शन, सर्वोच्चमा मुद्दा पनि हाल्ने
अपडेट (फागुन २०): अधिवक्ता सुवास लामिछाने र विकल्प राजभण्डारीले लामो कपाल पालेको र कानमा मुन्द्रा लगाएकै भरमा प्रहरीले अपराधीसरह व्यवहार गरेर स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन गरेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय र महानगरीय प्रहरी परिसर हनुमानढोकालाई विपक्षी बनाई आज रिट दायर गरेका… Continue reading
यस्तो हुँदो रहेछ ‘मृत्यु उत्सव’
बत्ती नभएकोले ल्यापटप चार्ज नहुने र इन्टरनेट पनि राम्रोसँग नटिप्ने हुनाले यहाँ देखिएको तामाङ मृत्यु संस्कार ‘घेवा’ मा देखिएका दृश्यहरुको वर्णन र फोटो अनि भिडियो विस्तृत अपलोड गर्न सकिने अवस्था छैन। माथि देखिएको फोटो घेवाको मुख्य दिन अर्थात् दोस्रो दिन दिउँसो नाच्नेहरुको हो। घेवा घरभन्दा माथि गई उनीहरुले मेकअप गर्दा रहेछन्। त्यहीँ मेरो क्यामेराका लागि… Continue reading
चुनावका लागि तयारी
-डा. डोलेश्वर भण्डारी- राजनैतिक पार्टिहरुले चुनावका लागि करिव करिव तयारी शुरु गरि सकेका छन् । सवै जसो पार्टिहरुले वलवान, तेजी, सैंयौं मान्छेको वध गर्न पनि नडराउने, निडर, हुल दंगा मचाउन सक्ने, विपक्षी उम्मेद्वारले दरखास्त हाल्न अगाडि नै उनको सफाया गराउन सक्ने, मतदान केन्द्रहरुवाट मतपेटिका क्याप्चर गर्न सक्ने, टाटु ले सजिएका, याँ याँ परेका मुन्द्रे र… Continue reading
‘मरिसकेपछि पाल्नुपर्ने’ अनौठो चलन
खासमा लालमाइको पोइलाई यस पटक ससुराली आउन रहर लाग्नुको कारण आफूले देखिआएको भन्दा फरक खालको संस्कृति हेर्नु र बुझ्नु थियो। पोहोर बिहेको संस्कार हेरेको थिएँ, यस पटक मृत्यु संस्कार हेर्दैछु। सबभन्दा अनौठो मलाई यो कुरामा लाग्यो- मृत्युपछि दाहसंस्कार गरी जलाइसकेपछि खप्परको हाडको टुक्रा लिएर आएर घेवा नभएसम्म कुनै घरमा राखी पाल्नु पर्ने रहेछ। पाल्नुपर्ने मतलब,… Continue reading