Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब जागिर माग्न पनि हाइवे जाम

Posted on May 7, 2013May 7, 2013 by Salokya

highway गएको हप्ता एउटा मोटरसाइकलले बच्चालाई ठक्कर दिएपछि पृथ्वी हाइवे जाम भएको भोगेपछि लेखेको ब्लग पढ्नुभएको थियो। यो हप्तादेखि भने जागिर माग्दै हाइवे जामको खबर सुन्नुपर्नेछ। बेरोजगारलाई रोजगार चाहियो, नभए बेरोजगार भत्ता चाहियो भन्दै वैशाख २५ देखि मुख्य मुख्य हाइवेमा चक्काजाम गरिँदैछ। चक्काजामको व्यापक पोस्टरिङ गरिएको छ। चक्काजाम वैशाख २५ देखि भनिएको छ, केही घण्टाका लागि हो कि कति दिनका लागि हो कि केही पनि खुलाइएको छैन। बेरोजगारको नाममा चक्काजाम गर्ने चाहिँ को त ? माओवादी !

चक्काजाम गर्ने बेरोजगार युवाका नेता हुन् हातमा महँगो आइफोन बोक्ने चन्द्रबहादुर थापा ‘सागर’। यिनी पूर्व सभासद् पनि हुन्। संविधान सभा भंग भएर बेरोजगार भए लगत्तै उनलाई बेरोजगार युवाको चिन्ता लागेर उनीहरुलाई संगठित बनाउने काममा लागेका हुन्। यसअघि उनी वाइसिएलका नेता थिए। वाइसिएलको जिम्मेवारीबाट पनि उनलाई हटाइएको थियो। पार्टी निर्णयविपरीत बेरोजगार युवा संघ खोलर वाइसिएललाई एनजिओकरण गर्न खोजेको भन्दै थापाको वाइसिएलभित्र चर्को आलोचना भएपछि उनलाई संयोजकबाट हटाइएको थियो।

आफ्नै पार्टी सरकारमा रहँदा बेरोजगारी समस्या हल गर्न दबाब दिन नसके पनि अब चार दलको कठपुतली रेग्मी सरकार बन्दा दबाबमूलक कार्यक्रम सुरु भएको छ।

उनीहरुको माग- शक्तिशाली बेरोजगार युवा आयोग गठन गरी शैक्षिक, अर्धशैक्षिक, खेलाडी र कलाकार सम्पुर्ण बेरोजगार युवाहरुको सार्वजनिक गरी परिचय पत्र दिनुपर्ने, रोजगारको ग्यारेन्टी सहित कार्यविधी र कार्यतालिका सार्वजनिक गर्नुपर्ने, न्युनतम १५० दिनको रोजगार वा सो बराबरको बेरोजगार भत्ता तुरुन्त शुरुवात गर्नुपर्ने, ३६५ दिनकै रोजगारीको ग्यारेन्टीका लागि समय अवधि र क्षेत्र ठोस गर्नुपर्ने… आदि इत्यादि।

माग पूरा भएको छैन। त्यसैले वैशाख २५ गतेदेखि पूर्वपश्चिम हाइवे र पृथ्वी हाइवे रोक्ने रे।

२६ गते आमाको मुख हेर्ने औँसी छ। नेपालीका लागि यो एउटा महत्त्वको परम्परा हो। टाढा रहेका छोराछोरीहरु पनि त्यो दिन आमा भएको ठाउँमा पुग्ने गर्छन्। अब यो हाइवे जामले आमा र सन्तानलाई पनि छुटाउने भएको छ। कसको आँट यी महानको चक्काजामको अवज्ञा गर्ने ! चार दलको रबरस्ट्याम्प सरकारको के आँट र बेरोजगारको आवरणमा माओवादीले गरेको आन्दोलनमा हस्तक्षेप गरी चक्काजाम खुलाउने ! हामी त बिचरा जनता न पर्‍यौँ। सहनै पर्ने जे भए पनि ! जतिसुकै जरुरी काम होस्, जतिसुकै आपतको काम होस्- उनीहरुले जाम गर्ने आदेश दिएका छन्, पाइन्न जान।
highway

56 thoughts on “अब जागिर माग्न पनि हाइवे जाम”

  1. Tilak says:
    May 9, 2013 at 3:08 am

    बन्द गर्न चाहने नापुसक हो! किनभने आफ्नो घर त पक्कै पनि छैन! भए बाबाको घर पैला बन्द गर्नेथियो! अनि मात्र बाटोको कुरा मा विचार गर्नेथियो! सबैको भाबिसे बन्द गरि आफ्नो भाबिसे खोल्न खोज्ने मान्छे माथि दैब लागोस हे इस्वोर भगवान !!! किनभने तेस्लाई जति अरु कसैलाई पनि पाप लाग्दैन!

    Reply
  2. Hari Gautam says:
    May 8, 2013 at 5:22 pm

    कमाएर खाने हुति नभएका हरुले गर्ने नै यहि हो ||| हामी चाही देशको हालत बिग्री रहेको छ केहि गर्न सके पनि आर्थिक उन्नति हुन्थ्यो कि भनेर यहाँ सात समुन्द्र पारि दिन रात नभनी पसिना बगाउछौ अब नेपाल मा बस्ने हरु चाही नाटक देखाएर कहिले पनि नअघाउने भए|

    Reply
  3. kusan sharma says:
    May 8, 2013 at 4:02 pm

    कर्मबीर बन्न सीप सिक युवा हो,चक्का जामले त तिमिहरुलाई पनि नेता मात्र बनाउछ l

    Reply
  4. Uttam says:
    May 8, 2013 at 3:33 pm

    अब बेरोजगारीमाथि पनि राजनीति रंग छायो! कसैलाई छोडेन येस्ले!

    Reply
  5. Lekh raj Poudel (australia) says:
    May 8, 2013 at 3:01 pm

    “खाने थाल छैन हग्ने कोपरा ”
    हैन कसले ल्यायो एस्तो प्रस्ताब हँ?
    देश मा बाटो छैन, बत्ति छैन, कुनै युवा लाइ योग्य बनाउने निसुल्क तालिम को व्यवस्था छैन, चिठी कहाँ पठाउने घर को ठेगाना छैन, खाने पनि छैन, सौचालय छैन, सडक बालबालिका जन्मेको जन्म्यै छन् उनि हरु को उचित व्यवस्था छैन, मानिस रोग ले मर्न लाग्दा जाने गतिलो अस्पताल छैन, औसधि छैन , रेल छैन , इन्टरनेट को स्पीड छैन, रोजगारी नभयर सबै बिदेशिनु को विकल्प छैन आदि आदि …

    अझै बुझ पचायर एस्तो अरबौ को देश लाइ घात हुने मह्त्तोकंक्षी प्रोजेक्ट सम्भाव्यता अध्ययन गर्छु भनेर देश को पैसा खान खोज्ने एक दुइ जना engineer हरु (चाकड बाज ) को कुरा कत्तिको जायज होला त्यो हामी सबै ले बुज्ने बिषय हो /

    Reply
  6. rijal says:
    May 8, 2013 at 2:24 pm

    बेरोजगार लाइ रोजगार दिनु पर्छ तर यो चक्का जाम ले त रोजगारी हुने पनि बेरोजगारी हुने भए ……………..

    Reply
  7. Deepak Parajuli says:
    May 8, 2013 at 9:54 am

    त्यतिकै राजा ज्ञानेन्द्र ले सत्ता आफ्नो हात मा लिएको थियो / यी माओबादी लगायत का डाका हरु ले देश लाई कहिले पनि उभो लगाउदैनन / नेपाली जनता ले राजा निकालेर ठुलो गल्ति गरे / माओबादी ले देशको शासन को चाबी भारत लाई बुझाई सक्यो / अब देश लाई भारत मा गाभ्न मात्र बाकी छ /

    Reply
  8. Denesh says:
    May 8, 2013 at 9:02 am

    म त छक्क पर्छु…हाम्रो देश को चाला देखेर ये भगवान … अझै के के हुनेहो ….

    Reply
  9. Manoj Thapa says:
    May 8, 2013 at 7:44 am

    जसले भारतीय बिस्तारबाद, अमेरिकी सम्राज्यबाद, घरेलु राष्ट्रघाती दलाल (अरु के के बिसेशन हरु पुरा नाम पनि औंदैना) को बिरुद्ध लड्ने भन्दै अशिछित युवा वर्ग को शक्तिलाई दुरुपयोग गरेर, उनीहरुको भबिस्य बिगारेर, किताब च्यातेर, स्कुलहरु भत्काएर, आगो लगाएर, पुलहरू मा बम हानेर, पन्द्रहजर भन्दा बढीको निर्दोषहरुको रगतको बलिदान गरेर, लाखौं को अंगभंग बनाएर,लाखौंलाई आमाबाबु श्रीमान श्रीमती बिहिन बनाएर, लाखौं गरिब जनताले आफ्नो रगतलाई पसिना बनाएर, खाडीमा गएर जम्मा गरको अलिअलि भएको सम्पति लै बुर्जुवा को नाममा सबै लुटेरा, आफ्ना सख सन्तानको नाउमा अरबौको सम्पति जम्मा गरेर, साधारण जनतालाई बहुबिबाह को नाममा हातखुट्टा काट्ने ले आफ्नो छोरा को तिन तिन पल्ट अरुको स्वास्नी घिसार्दा पनि उ त सारै सोझो छ र निर्दोष छ भन्दै फलाक्ने. आफु दुइ पटक सरकारमा जाँदा इतिहासमै नभएको ब्रमलुत मचाएर, देशलाई सय वर्ष पछि धकेलेर. इंडियाको एक्नाम्बर को दलाललि गरेर, लोकमान सिंह कार्कीलाई अक्तियार को प्रमुखमा नियुक्ति गरेर अनि अहिले फेरे आएर बेरोजगारको नाममा फेरि सडक जाम. कति लेख्नु. येस्तै हो. हेर्दै जाउँ, येस्तै हो भने अरु दुइ चार बर्समा नेपालको स्तिथि के हुनेहो. I don’t think there is any solution until all ordinary people come to the road, grab all those blood suckers and cut their off. This is already too much.

    Reply
  10. Ram Bista says:
    May 8, 2013 at 5:00 am

    जनताले अब यो चाँही कुरा भयो भने के गर्ने होला ? भन्नु पर्ने कुरा केहि पनि बाँकी रहेन जस्तो छ अब. किन भने यो मुलुकमा हुन पर्ने हुनु नपर्ने सबै कुरा करिब करिब भैसक्यो भने पनि हुन्छ. यो सबै हाम्रा देसका लम्फुहरुले गर्दा भएको हो ताकी समयमा देस हाक्ने नियम कानून निर्माण नगर्दा लफंगाहरूको अगाडी गुण्डाराजहरुले उदण्ड मच्चाउन छुट पाई रहेछन.

    Reply
  11. amar says:
    May 7, 2013 at 10:42 pm

    पार्टी ले रेलिङ्ग भाच्ने,तयेर बाल्ने र ढुंगा हान्ने काम दिन छोदे६ कि क्याहो?

    Reply
  12. raju k. c. says:
    May 7, 2013 at 10:41 pm

    चक्का जाम गर्न सबैलाई बानी नै भएको छ अचेल ,डाइबर ले बलत्कार गर्छ अनी पुलिस ले पक्रियो भने बलत्कारीलाई छुटाउन ,काठ तस्कर लाई छुटाउन ,तोड्फोड मा निस्किएका राजनीतिक दल का कार्यकर्तालाई छुटाउन होस् या भिखारिले भिख कम दियो भनेर होस् ,चक्का जाम को शब्द उच्चारण गरे सबै बन्दहुन्छ यो बडो बिडम्बना हो
    नेपालमा अती स्वतन्त्रता भएर हो जस्तो लाग्छ ,जब सम्मा गल्ती गर्नेलाई झुण्ड्याउने कानुन बन्दैन तब सम्म यो जारी नै रहन्छ

    Reply
  13. Ganesh25 says:
    May 7, 2013 at 10:09 pm

    Unemployment benefits are in most of the European Countries and Australa.
    Everybody gets unemplyment allowances and is enough to pay rent, buy food, petrol for cars, pay fess to schools/colleges, travel by bus/metros/trains etc etc. So why not in our country ? Why so fussy to do something good for our own citizens ?. Why Nepalese should suffer, because of primitive old and non-sence financila policies. Sure, must be changed and should be changed. We need and we all want now. that’s it.

    Reply
    1. shiva says:
      May 8, 2013 at 11:53 am

      ति देशहरुमा मान्छेहरु काम गर्छन, Tax तिर्छन र केहि पैसा गरीबको लागि जान्छ | यसरि पैसा खन्याउन सरकारलाइ कहाँ बाट पैसा आउछ? काम नगरी भत्ता दिनु भनेको गरिब जनताको पैसाको दुरुपयोग हो जुन पैसा अरु महत्त्वपूर्ण कामको लागि खर्छ गर्नुपर्ने हुन्छा, जस्तै स्वास्थ्य, शिक्षा, र बिकास | भत्ता दिने काम भनेको बिकाश को बाधक हो |

      “Why so fussy to do something good for our own citizens ?” युवा भएर आफ्नो सारा जिन्दगि एउटा न एउटा माग राखी सडक तताउदै “something good ” गरेको भन्न लाज लाग्नु पर्ने हो | काम गर्नु पर्ने कति छ कति, काठमाडौँमा धुलो ले हिडी सध्या छैन, त्यहि पृथ्वी राजमार्ग नौबिसे-काठमाडौँ बाटो को हालत त्यस्तो छ, जम्मा गर्नुस न बेरोजगारहरु — कहिले काही स्वयंसेवा गरेर पनि देखौनुस न वर्षको एक पटक — बन्द गर्नु भन्दा | त्यत्र बिद्यार्थी दिन दिनै किर्तिपुर क्याम्पसको मुखैमा त्यत्रा खाडल हुदा कसैले एउटा ढुंगा हल्दैना, यसो एक दिन १०० जना जम्मा भएर एक एक ढुंगा हाल्दिने हो भने कति फरक पर्थ्यो? लौ कुर्ची भाचौ भन्ने हो भने उत्ति खेरी ज्म्म्मा हुन्छन | त्यस्ता मान्छेलाइ दिनु पर्छ जागीर | युवा भएर जागीर छैन भने creative हुनुस, आइडिया लगाउनुस र देशलाई पनि केहि दिनुस | केहि पनि गर्न नसक्ने र अर्काले कमाइदिएको पैसाले कति दिन पुग्छ र ? एकपटक ऐना हेर्नुस, दोष सरकारको केहि छैन, हरेक जनता खाली चुस्न मात्रै खोज्ने, गर्न खोझ्दा भाजो हाल्ने र बन्दै बन्द गरेर इकोनोमी डामाडोल पर्ने गरेपछि लाउछौ बेरोजगारको परिचय पत्र | बरु त्यसको नामकरण चुसक-पत्र या निकम्मापत्र राखे हुन्छा | “fuss over something good ” थुक्क मोटो बुद्धि |

      Reply
  14. Prakash PM says:
    May 7, 2013 at 9:44 pm

    साथीहरुको कमेन्ट पढ्दा सबै नेपाल बन्दको बिरोधि देखियो यो सकारात्मक कुराहो जो मपनि चाहन्छु ! तर यहाँ १ ब्यक्ति हाबी भयकोले उसलाई भन्न सबैलाई सगिलो भयो ! हामीले देखेकैहो पालै पालो राजनीतिक दलले बन्द गर्दा बन्द सफल भयो भनेर हिड्ने राजनीतिक कार्यकर्ता , पत्रकारहरुलाई ! आफु निकट राजनीतिक दलले बन्द गर्दा बन्द नगर्न दबाब दिउ ! अनि मात्र नेपाल सान्त सबल बन्छ कि कसो ????

    Reply
  15. RANJAN says:
    May 7, 2013 at 7:53 pm

    साथीहरुको कमेन्ट पढ्दा सबै नेपाल बन्दको बिरोधि देखियो यो सकारात्मक कुराहो जो मपनि चाहन्छु ! तर यहाँ १ ब्यक्ति हाबी भयकोले उसलाई भन्न सबैलाई सगिलो भयो ! हामीले देखेकैहो पालै पालो राजनीतिक दलले बन्द गर्दा बन्द सफल भयो भनेर हिड्ने राजनीतिक कार्यकर्ता , पत्रकारहरुलाई ! आफु निकट राजनीतिक दलले बन्द गर्दा बन्द नगर्न दबाब दिउ ! अनि मात्र नेपाल सान्त सबल बन्छ कि कसो ????

    Reply
    1. rakesh says:
      May 8, 2013 at 6:02 am

      लगभग ९९ % नेपाली हरु जो यूरोप मा बस्छन तिनीहरु लाई ” अंग्रेजी ” न त बोल्न आउछ न त तिनी हरु ले बुज्छ
      ” आइ एम योर पाईलोट ज्याक । दिस इज ९ नंबर एयर बस अफ युरोलाईन कंपनी, वि ह्याभ फोर हुइल्स टु फ्लाई ।”
      यो भने को के हो सर ???

      Reply
  16. resham says:
    May 7, 2013 at 7:25 pm

    कतिको नेपाल बन्द र चक्का जाम गर्ने? यो देशको लागि घातक कुरा हो / राजनीतिको खुइले अनि लम्फु कुरा हो यो/ बनि अति खराब भो है साथी हो/

    Reply
  17. Tulsi Paudel says:
    May 7, 2013 at 6:12 pm

    ल अब सडक बन्द होइन बरु लाजिम्पाट दरबार बन्द गर्न जाउ अनि मात्र केहि हुन्छ कि / अर्बौ को लुट बाट केहि करोड त कसो नआउला र ?

    Reply
  18. mohan says:
    May 7, 2013 at 5:19 pm

    कति बन्द अब यो बन्द भन्ने कुरा सुन्यो कि रीस मात्र आउ६ ;

    Reply
  19. dharmendra says:
    May 7, 2013 at 5:19 pm

    थुक्क छबिलाल का लुटेरा सन्तान हरु

    Reply
  20. सार्थक says:
    May 7, 2013 at 5:07 pm

    सबैको शक्ति देखाउने ठाउँ सडक र निमुखा जनता मात्रै भएका छन । सक्छौ भने जनताको मन जितेर देखाओ न त्योभन्दा ठूलो शक्ति के छ यो दुनियामा ?

    Reply
  21. रबिन्द्र राज गिरी says:
    May 7, 2013 at 4:37 pm

    यो चक्का जाम/सडक जाम गर्नु र टायर बाल्ने गर्नुको सट्टा ५ मिनेटको लागि आफ्नै सास जाम गरे समस्याको समाधान निस्कन्छ भन्ने कुरामा मलाई पूर्ण बिश्वास छ |

    Reply
  22. bishnu says:
    May 7, 2013 at 4:17 pm

    ६२ ६३ साल को आन्दोलन ले राजा रजौटा फल्यो उनीहरुलाई छेउ कुना लगायो र पार्टी भनौदा माओबादी, कांग्रेस, एमाले लाई मनपरी सासन गर भनेर जिम्मा लगायो.. अब येही पारा हो भने ७० ७१ साल को नया आन्दोलन पक्कै आउछ अनि त्यो आन्दोलन को सुनामी ले यीनीहरुको जरो टुप्पो नभेटिने गरेर सोहोर्छ, न त्यो आक्रोशित जनताले कुनै रायमाझी आयोग को दोषी कुरेर बस्छ न कुनै प्रचंडे को इशारा…………जनता आजित भैसके अब एउटा सुरुवात गराउन सक्ने सक्चम मान्छे को खाचो छ.

    Reply
  23. chandra says:
    May 7, 2013 at 4:16 pm

    यो सबै ले चना -चटपटे बेच्न बसे हुने हॊ…

    Reply
  24. anil pun says:
    May 7, 2013 at 4:16 pm

    माईसंसार गाली गर्ने चौतारी मात्रै बन्नु भएन।आफूले जानेका, बुझेका, सिकेका सिप र देशलाई काम लाग्ने बिचार,सल्लाह दिन पनि सक्नु पर्छ।यहाँ त नेपालमा रोजगारी नपाएर जो मान्छे बिदेशीएका छन उनिहरुनै आफू किन बिदेशीन बाध्य भएँ भन्ने कुराको हेक्का सम्म छैन र यो गम्भिर बिषयमा पनि गाली सिवाय केही आउदैन।देश कमजोर अर्थतन्त्रले थिलोथिलो परेको छ।जन्ता बाँचेका छन त रेमिटेन्स र धनि देशहरुले दिने ऋण र सहयोले गर्दा।एकजनाले जागिर गरेर पुरा परिवार पाल्नु पर्ने बाध्यता छ।गरेर खान्छु भन्नेलाई रोजगारी छैन।

    देशमा प्रयाप्त मात्रमा रोजगार नभएकोले बर्षेनी हजारौ संख्यामा बिदेशीनुर्ने बाध्यता छ भन्ने कुरा सर्बबिधितै छ।शिक्षित र सचेत यूवा बर्गले कुनै न कुनै रुपले राज्यसत्तालाई रोजगारीका बाटो खुलाउन प्रेसर दिनु आवश्यक हो।तर चन्द्र बहादुर थापाको जस्तो हाईवे बन्द या नेपाल बन्दको बिकल्पमा अरुनै उपाय लगाउन सक्नु पर्छ।

    Reply
  25. Lohani Indra says:
    May 7, 2013 at 4:08 pm

    प्रचंडे नरसिंहको महान पार्टीको महाननीति यहि त हो नि. अरु थोक त जानेको भए पो गर्नु नि.

    Reply
  26. द्रोण says:
    May 7, 2013 at 1:46 pm

    येस्तै पाराले त् युवा हरुले भोलि मन परेकी ठिटी पाउन पनि हाइ वे जाम गर्न सक्छन है |
    साबधान !!
    ”जे गरे नि जसो गरेनी हुन्छ नेपाल मा ”

    Reply
    1. Harke says:
      May 8, 2013 at 12:38 am

      भोलि हैन द्रोण जी, हिजो-अस्ति नै गरिसके नी…..!
      चितवन र नवलपराशी केटाहरु टिका-लगाएर, बिहे नगर्ने भन्दै भागेछन…..तेसपछि केटी पाटीले राजमार्ग बन्द गराएको २ हफ्ता मात्रै त भयो नी…!

      Reply
  27. Nakul Gautam says:
    May 7, 2013 at 12:47 pm

    स्वतन्त्रता चाइ हाम्रै देसले मात्र पायको रछ बा!!

    Reply
    1. pradip says:
      May 7, 2013 at 1:56 pm

      येस्तै उरन्ठेउलो काम गर्दो रहेछ र पो माओबादी ले पदीय दायित्व बात झिकेर बेरोजगार बनाएको रहेछ सागर लाइ. जे होस् बेरोजगार संघ को नेता भएको ले बेरोजगार लाइ ढुंगा हान्ने काम त दिनु पर्यो नि सागर ले.

      Reply
  28. Nabin Adhikari says:
    May 7, 2013 at 12:44 pm

    पढ्ने बेलामा भाटा र बन्दुक बोकेर जंगल पसेउ अइले चक्काजाम गर्न लाज लाग्दैन नपुंसकहरु हो? यो सबको जिम्बेवार प्रचंडे हो ?किन जादैनौ लाजिम्पाट दरबार घेर्न?

    Reply
  29. अजय श्रेष्ठ says:
    May 7, 2013 at 12:38 pm

    चक्का जाम होईन भाई हो नेपाल बन्द गर्नु पर्छ ।

    Reply
  30. Jeevan Thapa says:
    May 7, 2013 at 12:19 pm

    लुटको सम्पति, बाउको सम्पति, ससुराली ले दिएको दाइजो इत्यादिमा राज गर्ने, आफै मेहनेत गरेर सानो तिनो काम नगर्ने , जागिर खोज्न पर्यो भने मेनेजर भन्दा तलको पोस्ट लाइ जागिर नसम्झिने, गल्लीको भट्टी र चिया पसलमा बसेर बेकम्फुसे गफ चुट्ने, अर्कोले पसिना बगाएर अलि अलि कमाएको देख्यो भने लुटेर, चोरेर , छलेर कमाको हो भन्ने सम्झिने, बन्द हड्ताल गर्न सधै आगाडी निस्किने कामचोर हरु लाइ नै बेरोजगार भत्ता चाहिएको हुनु पर्छ/
    गरिब देशले जसो तसो ६०१ जना बेरोजगार हरुलाई त पाल्यो पाल्यो अब यो भन्दा बढी पाल्न सक्ला जस्तो मलाई लाग्दैन/
    अब जसले नेपाल बन्द , हाइवे बन्द गर्न खोज्छ तेस्लाई जनताले कारबाही गर्नु पर्यो …

    Reply
  31. Harke says:
    May 7, 2013 at 12:06 pm

    माओबादी देशको क्यान्सर हो…बढेको-बढेकै छ त….!

    Reply
    1. pradip says:
      May 7, 2013 at 1:53 pm

      अस्ति सिन्धु मा स्याल लामा लाइ रिहा गर भनेर बन्द गर्ने नेबि संघे र तरुण दल पनि माओबादी नै हुन् कि? हर्के ? बुद्दि कहिले फर्के?

      Reply
      1. Harke says:
        May 7, 2013 at 9:16 pm

        प्रदिप जी, अरु रोग पनि छन् क्या…बिबेक जी ले भन्या जस्तो…!

        Reply
    2. Bibek Dhakal says:
      May 7, 2013 at 2:53 pm

      एउटा यो त क्यान्सर हो…यसलाई बढ्न रोकेपानी अरु क्षय रोग, हेपाटाइटिस, अल्सर, पाइल्स, रुघा -खोकी पखाला सब पेण्डिङ्ग मा बस्या छन्….हैन यो सब रोगहरुको राम वाण औसधि खोज्न कहाँ जाने होला प्रभु? !!!

      Reply
  32. सुरेन्द्र सुबेदी हंगकंग says:
    May 7, 2013 at 11:40 am

    तारे भिर मा लगेर तारो हान्नु पर्छ यो सधै बन्ध,हड्ताल को नाम मा अरु को अधिकार हनन गर्ने फटाहा,भाते ,गोरु हरु लाई/ अझै मुख छाडी दिउ कि?

    Reply
  33. Dill says:
    May 7, 2013 at 11:34 am

    संगै संगै हुर्केको केटो ले हेर्दा हेर्दै अहिले काठमाडौँ मा स्वास्नी र आफ्नो नाम मा करोडौ को त जग्गा मात्रै जम्मा पारेको छ तेसैको व्यापार गरे त भैहाल्थ्यो नि चन्द्रे !!! अब त पुस्तौ पुस्ता पुग्ने पैसा र जग्गा जोडेको छस किन दुख गर्छस यार? छोड्दे तेस्ता बन्द सन्द बरु त्यो सबै बेचेर रातो पासपोर्ट मा येतै अमेरिका आइज . अनि माओबादी ले बस्न दियन भनेर असैलम हालेर हरियो पात लियर मोज गरेर बस्लास …त्स्सो गरे कसो होला चन्द्रे !!!! . कमसेकम तेहा काम गरेर खाने मान्छे को त उद्दार होला !!!!

    Reply
  34. Sisir says:
    May 7, 2013 at 11:18 am

    राजमार्ग बन्द गर्नेलाई सिदै गोलि ठोक्ने कानून नभएर भा हो यो सब .. एस्ता हरुलाई त सिदै Shoot at sight हुन पर्छ ..

    Reply
  35. Biahankhe says:
    May 7, 2013 at 11:00 am

    यहि हो नेपाल को भाग्य अनि नेपाली को दुर्दशा / तपाई हामी हरु लाई गाली गर्ने फुर्सद छ तर साँचो कुरा के हो बुझौं त / देस चन्द्र बहादुर थापा (सागर) ले चलाय का छैनन् / यो देस त गरिबी अशिक्ष्या को खाडल ले प्रताडित छ अनि तेसै का उपज को रुपमा जन्मे का गरिब का बुन्खायांचा हरु हुन् यी नेता हरु / दोस यिन को कत्ति पनि छैन / दोष त हाम्रो हो जसले सहि बाटो के हो र कसोरी त्यो बाटो हिंड्ने हो भन्ने कुरा को भेद पत्ता लगायॊ भने कसै ले पनि हाम्रो कपाल को एक रौँ पनि हल्लाउन सक्दैनन् चक्का जाम के कुरा / साथीहरु एस्तो कुरा को प्रचार भन्दा गाउँ मा भयका राम्रा काम हरु को बारे मा प्रचार प्रसार गरुन न है /

    बिशंखे

    Reply
  36. suren says:
    May 7, 2013 at 10:44 am

    जे गरे पनि हुन्छ बाबै हाम्रो नेपालमा…………

    Reply
  37. sagar says:
    May 7, 2013 at 9:40 am

    गोलि ठोक्नु पर्छ बन्द कर्ता हरु लाई
    पढ्ने बेला मा अरु का घर लुट्दै गुण्ड-गर्दी गर्दै हिड्ने अनि अहिले भत्ता चाहियो ? लाजसरम पचेका हरु . अलिकति त सरम हुनुपर्छ नि गु लथ्थक हरु लाई
    परिश्रम गरेर खान त सिक
    कति दिन लुट्छौ हँ जनता लाई ? कमाई गरेर खान नसक्ने हुतीहारा
    . खाने मुख लाई जुँगा ले छेक्दैन काम गर्ने जागर देखाओ काम गरेर खाओ लुटेरा होइन

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      May 7, 2013 at 10:34 am

      माओवादीको वास्तविकता दिन प्रतिदिन ओली जस्तो लिच्चडको मुखबाट निस्कने शब्द भन्दा पनि अझ घिन लाग्दो देखिंदैछ ! जनता बाट परिवर्तनको आशा देखाएर लुट भाग १ शुरु गरेका प्रचण्ड अनि महराले हेल्लो नेपालको ब्यापार जस्ता थुप्रै ब्यापार पर्दा पछाडी बसेर गरे, लडाकुको नाममा बाबुराम सरकार बाट रकम निकासा गराएर स्वयं बाबुरामलाई नै ‘बोको’ बनाएर ठुलो रकम कुम्ल्याए ! मामाको धनमा फुपुको श्राद्द गर्दै थुतुनो र मुतुनो दुबैमा नियन्त्रण नभएको माओवादी ‘राजकुमार’ छोराले अर्काकी श्रीमती संग सगरमाथा स्विटमा रति क्रिडा गरे ! यी माओवादी हरु रेखा थापाले जस्तै स्टंड हरु गरिरहन मन पराउने अनि आफ्नो स्वार्थ पुरा गर्न बाउको उमेरका लाइ पोइ बनाएर पोइको अंश पोइलाइ नै छुन नदिइ ब्वाई फ्रेन्ड संग अनुहार मिल्ने सन्तान पोइलाइ उपहार दिन मनपराउने जस्ता हुन् ! यसको पछिल्लो उदाहरण लोकमान सिंह कार्कीको नियुक्ति हो ! जसमा रात र दिन जस्ता प्रचण्ड र बाबुरामको मुख एकै ठाउँमा छ किनकी आफु सेफ ल्यान्डिङ् गरे पनि बाबुराम हिसिलाले गरेका थुप्रै अनियमिताको पर्दा फास हुने सम्भावनाले र उता प्रचण्ड आफैले बिभिन्न ब्यापारी माडे र ठेकेदारहरु मार्फत गरेको अर्बौंको भ्रष्टाचार दबाउन यो कार्कीलाई अख्तियार प्रमुख बनाउंदै छन् भने यिनै बाट दीक्षित यो अर्को भाषणको व्यापारीले पनि सबै तिर बाट आफ्नो अस्तित्व सकिने सम्भावना लाइ बचाउन एउटा यो नयाँ तरिका अपनाएको मात्र हो …आखिर चुनाव पनि आएको छ अब पार्टीले ‘बाल’ दिने वाला छैन गर्ने के त ? काम गरेर खाने नेपाली दलका कार्यकर्ताको बानि नै छैन लुट्न त एउटा समुह त बनाउनै पर्यो …फेरी जानेको धन्दा पनि त यहि हो ….कि कसो ??????

      Reply
  38. xyz says:
    May 7, 2013 at 9:31 am

    एउटा भेटघात कार्यक्रममा नेपाल मा आब राजनैतिक होइन आर्थिक कर्नती आवशेक रहेको कुरा गर्थे यो थापा काजी ले येसला त नया राजनीति पो थाले छ

    Reply
  39. Jeevan Thapa says:
    May 7, 2013 at 9:26 am

    अब नेपाल गएर नयाँ पार्टी खोल्नु पर्ने भयो …..

    Reply
  40. mahesh says:
    May 7, 2013 at 9:15 am

    पेल हो पेल रेग्मी सरकार डोजर ले पेल तर चक्का जाम गर्न अगाडी बढेका भेडा कर्येकर्ताहरुलाई होइन देशमारा नेता हरुलाई पेल……………..
    हुन्दैन बिहानी दुइ चार तारा झरेर नगए………बन्दैन देश ४००-५०० नेता मरेर नगए……

    Reply
    1. तेन्जिंग गाबा says:
      May 7, 2013 at 1:21 pm

      रेग्मीले के खाएर “डोज़र” लगाएर पेल्थे ?
      उनलाई नै “लोकमान” लगाएर पेलि राखेका छन् झल कमल कोइरालाहरुले

      Reply
    2. Bibek Dhakal says:
      May 7, 2013 at 2:48 pm

      पेलिहाल्यो नि! उता पूर्वमा कति दिन देखि बन्द भएर जनजीवन कष्टकर हुदा त्यो गुण्डाहरुलाइ पेल्न सक्या छैन….अब फेरी पश्चीम तिर कहिले देखि बन्द हुने हो?
      हाम्रा श्रीमान ले बरु प्रा न्या हुदै सरकारलाई सम्म अलि अलि पेलिराका थिए…अब त त्यो काम नि छुट्यो..अब हदै भए बालुवाटार मा बस्यो, म्यारिज खेल्यो अनि साइड को मान्छेलाई सिक्वेन्स लाग्न नदिन “तास” पेले मात्र हो

      Reply
  41. mani says:
    May 7, 2013 at 9:06 am

    भत्ता त नेता संघ मागे भै हाल्यो नि सरकार भन्धा धनि नेता भा को देश मा …
    तेशमा पनि जनता को पार्टी र नेता सबभन्दा धनि |

    Reply
  42. Jiban says:
    May 7, 2013 at 9:05 am

    नेपालमा नेतादेखी होनाहार युवा सम्मको बुद्दी नै यस्तो छ र काहा नेपाल उघो लाग्नु । सतीले सरापेको देश भनेको साच्चै रहेछ, सबैले मपाइ मात्र गर्न जानेका छन् । निष्छल हृदयले देश र जनताको लागी काम गर्ने ब्यती पाउन सकिदैन नेपालमा ।।

    Reply
  43. तेन्जिंग गाबा says:
    May 7, 2013 at 9:04 am

    “दानब अधिकार” को उपयोग भनेको यहि हो /

    Reply
    1. तेन्जिंग गाबा, हंगकंग says:
      May 7, 2013 at 9:30 am

      कुनै पनि समाजमा कुनै पनि अधिकार प्रत्यायोजन गर्दा उक्त समाज त्यो अधिकार उपभोग गर्न योग्य छ कि छैन त्येसको लेखाजोखा गर्नु पर्छ / कुनै पनि अधिकारको सदुपयोग-दुरुपयोग हुन् सक्ने सम्भावना जहिले पनि रहन्छ किनकी समाजमा सबै र सधै लेनिन-लिंकन मात्र जन्मेको हुदैन / हिजो सबै “धर्मशास्त्र” हरु समाजको कानून-संबिधान को रूपमा काम चलेको थियो अहिले त्यो असहज लागे पनि समय-परिस्थिति र समाजको चेतना अनुरुप त्यो समयको लागि सान्धर्भिक थियो / लोकतन्त्र-मानब अधिकार आदि इत्यादि पनि समय-समाजको चेतना सापेक्ष्य हुनु पर्छ/ हाम्रो जस्तो अनुशासनहीन समाजमा लोकतन्त्र-मानब अधिकार कत्तिको उपयुक्त हुन्छ भनेर कसैले कहिले पनि अध्ययन गरेको सुनिनमा आएको जस्तो लाग्दैन / हिजो बि.पी. ले नेपालमा प्रजातन्त्रको जग बसाउदा न त्येसको अध्ययन गरे न २०१७ सालमा महेन्द्रले “दलीय प्रजातन्त्र” हावा-पानी सुहाउदो नभएको घोसणा गर्दा “पंचायती ब्यबस्था” उपयुक्त भएको वा नभएको अध्ययन गरे / यो क्रम ३६-४६-६३ सम्मै जारि रह्यो / देश हचुवामा चल्दै गयो -चल्दै छ फलत हामी संसारमा नै एउटा अत्यन्त अविकसित, गरीब, असान्त राज्यमा दरिन पुग्यौ /
      बर्तमान परिप्रेक्ष्यमा पनि त्येही भैरहेको छ/ स्वतन्त्रता सबैलाई प्यारो हुन्छ तर “स्वतन्त्रता” र “छाडापन” मा के कति फरक छ भन्ने चेतना नभएकाहरुलाई लोकतन्त्र-मानब अधिकार जस्ता अधिकार प्रत्यायोजन गर्दा समाजमा मानब अधिकार-लोकतन्त्र माथि नै बितृष्णा जन्माउने काम गर्छ र कालान्तरमा त्यी अधिकारहरुको हत्या भै “तानशाही” राज्य व्यवस्थाको जन्म हुन्छ / यसको उदाहरणको निमित्त ठेली का ठेली दर्शनहरु पढी राख्न्नै पर्दैन २०१७ साल सम्झे मात्र हुन्छ /

      Reply
  44. mahesh says:
    May 7, 2013 at 9:02 am

    ये मुला साग हो….देशमा भएका कल कारखाना बन्द गराई हाल्योउ…….देशका हरेक पछयमा कमिसन तन्त्र मच्याई देशको अरबौ रकम नेता तथा कार्यकर्ताको बिलासिता मा लगाई हाल्योउ ………….देश को अर्थ तन्त्र कहिलै नउकासिने गरि धरएसी बनाइ हाल्योउ……..अनि चन्द्रे जी हात मा न्यु न्यु ब्रान्डका मोबाइल/लाप्टप/घडी लगाई लाजिम्पाटको दरबारमा बसी सेकुवा (१४००० निमुखा जनताको मासु) र बिएर (१४००० निमुखा जनताको रगत) डकार्दै हिड्ने लाइ घण्टा चाहियो जागिर………अलिकति पनि लाज लाग्दैन तिमि………………….हरुलाई……………………

    Reply
  45. razen says:
    May 7, 2013 at 8:35 am

    माओबादीले हुर्काएको पाठा, बाच्छा, डमरु, लीखा, जुम्राहरुको अगाडी कसको के आँट |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme