एक २३ वर्षीया दलित युवती सफाइ दिँदैछिन्। चारैतिर आफूलाई सभ्य भन्न रुचाउने तर व्यवहार हेर्दा पशुजस्ता समाजका सदस्यहरु छन्। आक्रोशमा छन्, केरकार गर्दैछन्। युवतीको कोही छैन। श्रीमान् पनि वैदेशिक रोजगारीका लागि बाहिर रहेछन्। आफूलाई स्थानीय एक युवकले जबर्जस्ती गर्न खोजेको उजुरी प्रहरी चौकीमा दिएकी रहिछिन् उनले। त्यो झुटो भन्ने दावी त्यो जंगली भिडको रहेछ। त्यही… Continue reading
Author: Salokya
सावधान, सिम ह्याक गरी तपाईँको मोबाइलमा अपराधीले कब्जा जमाउलान्
मोबाइल फोन प्रविधिमा एउटा ठूलै सुरक्षा खोट पत्ता लागेपछि विश्वका आधा अर्ब मोबाइल फोन असुरक्षित देखिएका छन्। सिम कार्ड ह्याक गरी ती मोबाइलहरुलाई ह्याकरहरुले पूर्ण रुपमा नियन्त्रण लिन सक्छन्। यसरी नियन्त्रणमा लिइएका मोबाइलबाट उनीहरुले फोन गर्न सक्छन्, तपाईँको मोबाइलको सिममा भएका सबै जानकारी पाउन सक्छन् र आर्थिक अपराधसमेत गर्न सक्छन्। साइबर सेक्युरिटीमा यसलाई ठूलै चुनौतिका… Continue reading
एमाओवादी उत्पादनमा लाग्ने भन्थे, के-के उत्पादन भयो ?
एमाओवादीले माघमा हेटौँडामा तामझामका साथ गरेको महाधिवेशनले उत्पादनको कार्यनीति ल्याएको चर्चाले सगरमाथाको उचाइलाई नै चुनौति देला जस्तो थियो। उत्पादन र निर्माणको ब्युरो बनाएर देशको आर्थिक विकासमा लाग्ने हल्लाबाजी क्या रमाइलो थियो। आज छ महिनापछि फर्केर हेर्दा माओवादीले यो बीचमा के के उत्पादन गर्यो त ? किन गरेन ? ‘विवाद’ त उत्पादन गर्यो नि। सबै उत्पादनमा… Continue reading
आखिर किन बन्द भयो र कसरी फेरि खुल्यो डिस होम ?
बिना कुनै पूर्व जानकारी अकस्मात् बुधबारदेखि नेपालको एक मात्र डिटिएच कम्पनी डिस होमको प्रसारण बन्द भएपछि गाउँघरमा रुवाबासी जस्तै थियो। दुःखजिलो गरी कमाएको पैसाले मनोरञ्जन गर्न जेनतेन छाता ठड्याएका उनीहरु किन प्रसारण बन्द भयो थाहा पाउँदैनन्, के गर्नुपर्छ भन्ने पनि थाहा छैन। डिसहोमले अब अर्कै स्याटेलाइटबाट प्रसारण गर्ने भएकोले छाता मिलाउनु पर्छ, हाम्रा प्राविधिकहरुले घरैमा… Continue reading
निशा गाइडको हैसियतले सगरमाथा चढेको पुष्टि
नेपाल सरकारलाई तिर्नुपर्ने सलामी (रोयल्टी) छल्न नायिका निशा अधिकारीले गाइडको हैसियतमा सगरमाथा चढेको पुष्टि भएको छ। शुक्रबार निशा आफैले फेसबुकमा राखेको प्रमाणपत्रमा स्पष्ट उल्लेख छ- उनको हैसियत ‘चिनियाँ पर्वतारोहण दलको गाइड’ हो। पहिलो पटक सगरमाथा चढ्दै गरेकी निशा आफैलाई त अरुले ‘गाइड’ गर्नुपर्यो होला, उनले के गाइड गरी होलिन्। सगरमाथा चढ्नु ख्यालख्यालको काम हैन, यसमा… Continue reading
गोजी छामेर केबलकार चढ्नुस्
नेपालको पहिलो केबल कार सेवा कम्पनी मनकामना दर्शन प्रा. लिले मनकामना केबल कारको टिकट शुल्क साउन १ गतेदेखि सय रुपियाँ बढाएको छ। अब केबल कारबाट मनकामना पुग्न नेपाली र भारतीयलाई ५ सय ७५ रुपियाँ लाग्नेछ। यो दुईतर्फी भाडा हो। जानेमात्र वा आउनेमात्र भए ३ सय ४५ रुपियाँ लाग्नेछ। बालबालिकालाई ३ सय ५०, विद्यार्थीलाई ४३० र… Continue reading
हैन, के खाले म्यानेजमेन्ट गर्छौँ हामी हँ?
नेपाली आकाशमा नौलो परिवर्तन गर्ने जस्ता ठूल्ठूला कुरा खोकेर तामझामका साथ सुरु भएको बीबी एयरवेजको सञ्चालन अनुमति खारेज भएको छ। नौलो परिवर्तन गर्न नपाउँदै तीन महिनामै यो आकाशमै बिलाउन पुगेको छ। योसँगै लगानीकर्ताको केही अर्ब रुपियाँ पनि झ्वाम् भएको छ। ध्वजावाहकको बिजोग भइरहेको स्थितिमा यो एयरवेज आउने समाचार आउँदा नै शंका लागेको थियो- इन्टरन्यासनल एयरवेजको… Continue reading
डिस होमले दियो दुःख
परम्परागत केबल टिभीको राज रहेको सहरबजारमा टेलिभिजन प्रसारणको नयाँ प्रविधि डिटिएच खासै लोकप्रिय नभए पनि ग्रामीण भेगतिर यो निकै चलिसकेको रहेछ। माथिको फोटो मनाङको हो। मनाङको दुर्गम ठाउँमा रहेका घरहरुमा समेत डिस होमका छाता ठडिएको देख्दा छक्क परेको थिएँ। हिजोदेखि डिस होममा एउटा च्यानल पनि नआउने भएपछि बिचराहरुलाई कति पीडा भयो होला! देशभरका दुई लाखभन्दा… Continue reading
मतदाताभन्दा मत बढी ल्याउने ‘महान’ नेता
अघिल्लो संविधान सभा निर्वाचनमा बाबुराम भट्टराईले देशभरका अरु ६ सय सभासद्मध्ये सबैभन्दा बढी मत ल्याएर विजयी हुने रेकर्ड राखेका थिए। यस पटक भने उनी कूल मतदाताभन्दा बढी मत ल्याउने महान् नेताको रुपमा अर्को रेकर्ड राख्न सफल भएका छन्। हालै उपाध्यक्ष पद त्यागेर त्यागको अर्को महान् नमूना देखाएर वरिष्ठ नेतामा बढुवा भएका भट्टराईले आफूले ल्याएको मतभन्दा… Continue reading
त्यति साह्रो निराश पनि नहोउँ…बन्दैछ नेपाल
नेपालमा केही हुँदैन। सब चोर छन्। सब भ्रष्ट छन्। फोहरको डुङ्गुरमा बसेर कसरी वासना आएको छ भन्ने ? नकारात्मकताको बीचमा बसेर कसरी सकारात्मक सोच्ने ? यहाँ केही हुनेवाला छैन। भत्किसक्यो, सिद्धिसक्यो….!! अहिले नेपालमा अधिकांशको विचार यस्तै छ। तर सिकिस्त रोगले थला परेर आफू मर्छु भन्ने थाहाभइसकेको मान्छेलाई बाँच्ने आशा हुन्छ। डुबिरहेको मान्छेलाई एउटा सिन्काले पनि… Continue reading
विदेशबाट फर्केकाले कत्रो टिभी कर नतिरी ल्याउन पाइन्छ?
यसपालिको बजेटले विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ। यस अन्तर्गत अब वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको ३० इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने छैन।… Continue reading
तपाईँ हाम्रो चासोका के रैछ त बजेट भाषणमा ?
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आइतबार राति गरेको बजेट भाषणको प्रति अर्थ मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरेर पढ्दापढ्दै लागेका केही कुरा- सन् २०२२ सम्ममा नेपाललाई विकासशील मुलुकको दर्जामा स्तरोन्नति गर्ने लक्ष्यलाई पनि मनन् गरेको छु (पेज ३) यी त सब भन्ने कुरा न हुन्। पञ्चायत कालमा वीरेन्द्र सरकार पनि सुरुमा सन् २००० सम्म एसियाली मापदण्डमा पुर्याउने भनिबक्सन्थ्यो। त्यो… Continue reading
यो फोटो त फिल्म सुटिङको दृश्य पो रहेछ
पीजे क्लबले आयोजना गरेको यसपालिको नेपाल फोटो प्रतियोगिता २०६९ मा ‘न्युज’ विधामा जजहरुले अन्तिम चरणमा छानेको तर पुरस्कार नजितेका फोटोहरु हेर्दै गर्दा यो फोटोले एकदमै आकर्षित गरेको थियो मलाई। वाह, आन्दोलनकारी विद्यार्थीको आक्रोशलाई कति गज्जबले क्याप्चर गर्न फोटोग्राफर सफल भएको ! के खाएर हुनु, यो त एक्टिङ पो रहेछ। एउटा चाइनिज फिल्म ‘अप इन द… Continue reading
विदेश जानेको लर्को, रेमिट्यान्स त आयो तर त्यसैले रेट्यो देशको अर्थतन्त्र, समाज पनि बिग्रँदै
आर्थिक सर्वेक्षण २०६९/७० ले नेपालमा रोजगारीको स्थिति भयावह भएको देखाएको छ। लामो समयदेखि देशमा कुनै नयाँ उद्योगधन्दा खुल्न सकेको छैन। न कुनै उल्लेख्य विदेशी लगानी नै आएको छ। अनि के गर्ने त ? काम खोज्न बाहिर देशमा जाने। ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि बाहिरिएका छन् र यो क्रम जारी छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको… Continue reading
धारामा थोपो पानी नझरे नि पैसा तिर्नैपर्छ
जुन सुविधावापत् शुल्क तिर्नुपर्ने हो, त्यो दिँदै नदिए पछि त्यसको शुल्क तिर्नुपर्छ कि पर्दैन। सोझो हिसाबमा पर्दैन। तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले त धारामा थोपै पानी नझरेर धारै प्रयोग गर्न छाडेकालाई पनि अहिलेसम्म तिर्न बाँकी पैसा (मतलब न्युनतम महसूल) तिर्न आओ, नत्र भोलिपर्सि मेलम्ची आउँदा बदला लिन्छौँ भनेर धम्क्याएको यो विज्ञापन आजको गोरखापत्रमा पढ्दा… Continue reading
सुको नजितेका तर राम्रा फोटोहरु
पीजे क्लबले आयोजना गरेको वार्षिक फोटो प्रतियोगिताका विभिन्न विधामा सर्वोत्कृष्ट हुनेहरुलाई हिजो उपराष्ट्रपति परमानन्द झाले पुरस्कार दिए। सहभागी साढे सात हजारभन्दा बढी फोटोहरुमध्येबाट निर्णायक चरणबाट छानिएका १ सय ५१ उत्कृष्ट फोटोको प्रदर्शनी हिजोदेखि काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यी फोटो हेर्न सकिन्छ। त्यहाँको हलमा झुण्ड्याइएका मध्ये… Continue reading
के गाली खाइराख्नुभा नेताहरु, यसो (कू) तर्क गर्न नि सिक्नुपर्यो
बहालवाला मन्त्री र पूर्व प्रधानमन्त्रीको मर्यादाक्रम एउटै हो भन्न पनि नजानेर गाली खाइरा’छन् नेताहरु भारतीय विदेश मन्त्री सलमान खुर्सिद नौ घण्टाका लागि नेपाल आउँदा उनी बसेको होटलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, झलनाथ खनाल र शेरबहादुर देउवा लाम लागेर ‘दर्शनभेट’ शैलिमा भेट्न गए। यही कुरालाई लिएर प्रोटोकललाई ध्यान नराखेको भन्दै नेताहरुलाई गाली गर्ने… Continue reading
भारतीय विदेशमन्त्री आउँदा वैद्य चीनतिर, प्रचण्ड नेपालतिर
प्रधान न्यायाधीश खिलराज रेग्मीको चुनावी सरकारले भारत सरकारसँग गरेको आपत्तिजनक सम्झौतालाई सर्वोच्चले हालका लागि रोक्न आदेश दिएको छ। त्रिभुवन विमानस्थलको अध्यागमन प्रणाली आधुनिकिकरण गर्ने र लुम्बिनी र पशुपतिनगरस्थित नेपाली भूमिमा भारतीय इमिग्रेसनको चेक प्वाइन्ट राख्न दिने सहमति तत्काललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइएको हो। भोलिदेखि नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश मन्त्री सलमान खुर्सिदलाई न्यायाधीश… Continue reading
कुकुर, लाटोकोसेरोदेखि बोका र ढालसम्म चुनाव चिह्न
सरकारले तोकेको समयमा भए पनि नभए पनि अब चुनाव ढिलोचाँडो हुने नै छ। निर्वाचन आयोगको तयारी चलिरहेको छ। एक जुगमा दुई पटक आउने संविधान सभाको चुनावमा यसपालि अलि अर्कै किसिमको अप्ठेरो परेको छ। पहिलो निर्वाचनमा ७५ दल दर्ता भएका थिए तर जम्मा ५४ दलले मात्रै निर्वाचनमा सहभागी भए। यस पटक संविधान सभा सदस्य बन्न पाए… Continue reading
मनाङमा पनि सडक विस्तार
अहिले सडक विस्तारको लहर चलेको छ। काठमाडौँका विभिन्न भागमा मापदण्डविपरीत बनेका घरटहराहरु भत्काइँदैछन्। गएको महिना मनाङ पुग्दा त्यहाँ पनि सडक विस्तार देख्न पाइयो। हुनत बेसिसहर-चामे सडकमा औपचारिक रुपमा गाडी गुड्न थालेको गएको मंसिरमा त हो। तर पनि यो दानाक्यु भन्ने ठाउँमा होटल सञ्चालकले आफै सडक साँघुरो भएको महसूस गरी आफ्नो पर्खाल आफ्नै खर्चमा भत्काएका रहेछन्।